Above Header
कविता

बरल टीकापुर

बरल टीकापुर

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न
सन्दर्भः महाभूकम्प २०७२ वैशाख १२

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

आफ्नो घरमा बस्न आएको बच्चा आफूले घुमाउन लैजाँदा महाभूकम्पमा परी मृत्यु भएको अवस्थाले म र मेरो परिवार मर्माहत भएका थियौं । जति दुःख भएपनि आफैलाई होस, अरुलाई नहोस् भनेर सोच्ने व्यक्ति आज त्यस्तो घटनामा पर्दा ग्लानी भयो ।
महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

मुख्य समाचार

सबै हेर्नुहोस्
लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

सुर्खेतमे थारु ठन्वक् उद्घाटन

सुर्खेतके वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरम थारु भुइह्यार ठन्वाके नवनिर्मित भवनके घुरघुट खोलाइ कार्यक्रम वैशाख ११ गते हुइल बा ।  उ अवसरमे ठन्वाके घुरघुट खोलाइ कार्यक्रमके बर्का पहुना वीरेन्द्रनगर नगरपालिकाके वडा नं १० के अध्यक्ष एवम् कार्यवाहक नगरप्रमुख डिल बहादुर रखाल कहल,₋ थारु समुदायके धार्मिक सांस्कृतिक पक्षसे जोरगिल ठन्वा निर्माण कार्यले संस्कृति जगेर्नाम एकठो इटा ठप्गिल ।  थारु पूजापाठ रीतिरिवाजके पुनर्जागरण हुइना हुइलक ओहर्से थारु समाजम एकठो लौव सन्देश जैने बा । ओसहख वडा नं १२ के वडा अध्यक्ष चुडामणि चपाईँ वडाके सहयोगम बन्लक ठन्वा निर्माणम नगरपालिका ओ वडा कैक करिव सवा पाँच लाख खर्च हुइल जनैल ।  कार्यक्रमम लखागिन थारु उत्थान मञ्च, सुर्खेतके अध्यक्ष एवम् थारु साहित्यकार मान बहादुर चौधरी ‘पन्ना’ कल₋ भुइह्यार ठन्वा थारुनके मूल संस्कृति हो । ठन्वा थारुन जोर्ना पुल हो, ठन्वा धार्मिक एकताके प्रतीक किल नाहि कि जीवनपद्धतिसे जोरगिल मैगर संस्कृति हो । यकर संरक्षण संवर्धन हुइना बहुत जरुरी बा । उहाँ ठन्वा निर्माण किल महत्वपूर्ण निहो, ठन्वाम कैजिना पूजापाठ ढुरेरी, हरेरी पूजा, मार मिन्ही नियमित कर्ना चुनौती रलक ओर्से पूजापाठके विधिह नियमित करपर्ना सुझाउ डेल ।  कार्यक्रमम थारु कल्याणकारिणी सभाके केन्द्रीय पार्षद कृष्ण बहादुर चौधरी, जिल्ला  सभापति अध्यक्ष बेचुलाल चौधरी, पदमपुरके समाजसेवी लालबहादुर चौधरी लगायतके वक्ता हुक्र ठन्वा निर्माणले सुर्खेती थारु समुदायमा एकठा असल पाठ सिखैलक धारणा व्यक्त कर्ल । ठन्वा निर्माण समितिके अध्यक्ष एवम् पदमपुर गाउँके महटावा दुर्ग बहादुर थारु ₋ पदमपुर गाउँम विगत २०७८ सालठेसे नियमित रुपम मारमिन्ही, ढुरेरी, हरेरी पूजा करैटि अइलक बात ढर्ल । करिब ३ बरस बर्दियासे गुरुवा लान्खन पूजा कैगिल कलसे हाल सुर्खेतम जो गुरुवा व्यवस्था कैगिल जनैल ।  कार्यक्रमम मेरमेरिक थारु नाच फे डेखा गिल रह । 

१८ दिन अगाडि

|

१२ वैशाख २०८२

सुर्खेतमे थारु ठन्वक् उद्घाटन

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार

सुशील चौधरी महाभूकम्प २०७२ वैशाख १२ ले ९ हजार भन्दा बढीको ज्यान लियो । हजारौ घाइते भए, लाखौलाख घरवारविहीन भए । त्यसमध्ये परिवार मेरो पनि प्रत्यक्ष प्रभावित परिवार रहन गयो । भूकम्पको पीडा बिर्सन नसकेर काठमाडौको अस्थायी बसोवास पनि मैले बर्दिया सारें । प्रवेशिका परीक्षा दिन तयार छोराको विद्यालय पनि स्थानान्तरण गर्नुपर्‍यो । धन्न शिक्षा मन्त्रालयले भूकम्पपीडित परिवारले सहजै आफ्ना बालबालिकाको विद्यालय स्थानान्तरण गर्ने अनुमति दियो ।   भूकम्पको दिन दिन (१२ देखि १४, बैशाख, २०७२) मा मैले जे देखें, त्यो क्षण र परिवेश मेरा लागि अविस्मरणीय छन् । म कहिल्यै भुल्न सक्नेछैन । जीवन र मृत्यु आकस्मिक कुरा हो, भाग्य भन्ने चिज छ भने मैले भाग्यले आजको जीवन पाएँ । संगै धरहरामा गएर पनि म धरहरा नचढ्नाले ज्यान जोगियो । त्यही धरहरामा मृत्युवरण गरेका भतिजले एक पटकमात्र आग्रह गरेको भए, सायद मैले टार्न सक्दिन थिए वा मिल्दैनथ्यो । उनी यति आत्मविश्वासी थिए कि आँटेको काम गरि छाड्थे । मलाई लाग्छ, सानोबाबालाई किन दुःख दिने भनेर उनले केही नभनी पूmर्तिका साथ भर्याङ उक्लिए । एसएलसी दिएर आएका जिज्ञासु युवकले दुई–तीन मिनेट धरहराभित्र जाने गेटैमा राखिएका ठूला–ठूला होर्डिङबोर्डका सूचना पढ्न समय विताएका भए उनी जोगिने थिए ।  भतिजको मृत्युपछि उनको आमा–बुवालाई कसरी बताउने र कसरी त्यो पीडा सहन गर्न सक्ने हुन् र मलाई के भन्ने हुन् भन्ने पीडादायी र अप्ठ्यारो परिवेशले मेरो हृदय छिया छिया भएको थियो । धरहरा ढलेर आफन्त गुमाएर सहाराविहीन भएर एकसुरे दिमाग लिएर फर्कदा बसन्तपुर दरवारको उराठ उजाड अवस्था देख्दा म झण्डै बेहोस भएको थिएँ । निरन्तर परकम्पका बीच काठमाडौका सडकहरुमा मोटरसाइकिलमा हुइकिँदा साँझ के धनी के गरीव, के नेता के जनता र सर्वसाधरण आफ्ना आलिशान महल छाडी सिरक र तन्ना च्यापेर खुल्ला ठाउँमा बास बस्न निन्याउरो अनुहार लगाई भौतारिरहेको दृश्यले मानव जीवन बुझ्न सघायो । सम्पत्तिको शान त क्षणिक रहेछ । प्रकृतिले कसैलाई विभेद गर्दो रहेनछ । जतिसुकै धनसम्पत्ति आर्जन गरेपनि विपत्तिमा त मान्छे नै चाहिने रहेछ ।  महाभूकम्प व्यहोरेको एक वर्षलाई फर्केर हेर्दा कठिन राजनीतिक अवस्थालाई निकाश दिन मुख्य राजनीतिक दलहरुबीच राजनीतिक सहमाति जुटाउने सवालमा महाभूकम्पले ठूलो भूमिका खेल्यो ।  संविधानसभाले नेपालको संविधान २०७२ असोज ३ गते जारी गर्‍यो ।  तराईकेन्द्रित आन्दोलन र नाकाबन्दी साथै त्यसले सिर्जना गरेको आपूर्ति व्यवस्थाको अवरोध सरकारको जिम्मेवारीवाट भाग्ने बलियो बहाना बन्यो । लामो राजनीतिक खिचातानी पछिभूकम्प पछिको पुनःनिर्माणका लागि प्राधिकरण त बन्यो तर अपेक्षाकृत काम सुरु गर्न सकेन । यही परिवेशमा म पुनः आफ्नो परिवेश, पीडा, अनुभूति साट्ने जमर्को गर्दैछु ।  २०७२ बैशाख १२ गते शनिवार परेको थियो । मेरी जेठी सासुको कान्छो छोरा भतिज (जगतराम थारु, वर्ष १६) प्रवेशिका परीक्षा सकेर घुम्न काठमाडौ आएको हप्ता दिन पुग्दै थियो । मेरो अफिसको कामको व्यस्तताका कारण घुमाउन लिएर जान सकेको थिएन । शनिवार परेकोले सो दिन विहानको खाना चाडै खाएर १०.३० बजे मोटरसाइकलमा हिँड्यौं । नैकापबाट कलंकी हुदै भोटेवहालको बाटो हुदै सबैभन्दा पहिले टाढैबाट धरहरा देखाएँ । न्युरोड, रत्नपार्क, रानी पोखरी, कान्तिपथ, नारायणहिटी, दरवारमार्ग हुदै सिंहदरवार, अनामनगर छिराएर संविधानसभा भवन देखाएँ । बानेश्वर चोकपुग्दा पुग्दा नपुग्दै मेरो मनमा दोधार भयो । शंखमुल हुदै पाटन कृष्णमन्दिर लैजाने कि सुन्धारा लैजाने ? ठिक त्यसैबेला माइतीघर तर्फको बाटो खुल्यो । बिहान सुन्धारा पुग्दा फर्केर आएर धरहरा चढ्ने  र मःमः खाएर घर फर्कने योजना गरेकोले मोटरसाइकिलको हैण्डल माइतीघर तर्फ मोडियो । सुन्धाराको पूर्वपट्टि रहेका निःशुल्क पार्किङ क्षेत्रमा मोटरसाइकिल राखेर टिकट घरतर्फ हान्नियौं । म आफै अभिभावकको भूमिका निर्वाह गर्न पाएकोमा दंग थिएँ भने भतिज धरहरा चढ्न लालयित भतिज फुर्तिलो ढंगले टिकट घरको सिढी चढे । उनको अनुहार खुशीले धपक्क बलेको थियो । म चिनी रोगी भएकोले दुई घण्टासम्म निरन्तर ड्राइभिङ गरेकोले केही शिथिलता महसुस गरिरहेको थिएँ । त्यसैले धरहरा नचढ्ने सोच बनाएँ । पचास रुपैयाँको टिकट किनेर भतिजलाई दिंदै जाउ चढेर आउ, म यही बगैचामा आराम गर्छु भनें । फेरि सोचें, उनी माथि गएपछि उनको फोटो कसले खिचिदेला । माथि धरहराको टुप्पोमा हेरें, आठ दस जना मानिसहरु देखिए । त्यहीका कसैलाई फोटो खिच्न अनुरोध गर्नु भने, उनले हवस् भनेर खुरुरु धरहराको प्रवेशद्वारतर्फ हानिए । म पूर्वको बगैचातर्फ लागें । नियतिको मिति पुगेको मलाई के थाहा, म भतिज धरहरा चढेर फर्केपछि मज्जाले मिठो मःमः खाँदै काठमाडौ घुमाईको अनुभव साटौला र भोलिको घुम्ने योजना बनाउँला भनेर मनमा खेलाउँदै के थिए, आफू असन्तुलत भएको महसुस गरें । हर्दाहर्दे म बगैचाको फलामको कुर्ची समातेर अडिने प्रयास गर्न थाले । फर्केर धरहरामाथि दृष्टिपात गर्दा त निरीह धरहरा घडीको लंगुर जसरी हल्लिरहेको थियो । क्षणभरमै धरहरा गल्र्याम्मै पश्चिमतर्फ ढल्यो । सुन्धारा पुरै धुलोले पुरियो । म अवाक भएं ।  मेरो छेउछाउका मानिसहरु रुन कराउन थालेपछि म पनि होशमा आाएछु । आफूसंगै केही क्षण आत्मियतका साथ कुराकानी गरिरहेको व्यक्ति धरहरासंगै ढलेको अवस्था थियो । सबै चिज गुमाएको बेसहारा मानिस जस्तो भएँ म । कति सपना बुनेर धरहरा चढेको छोरा सपनासंगै अलप भयो । सबै मानिसहरु आफन्त खोज्न पल्टिएको विवश खण्डहरको धुलोमा खोस्रन थाले । म पनि मुटुमा उर्लिएको पीडा र आँखामा बगिरहेको अश्रुधारासंगै आफ्नो मान्छे खोज्न थालें । त्यो धरहराको धुलोमा तप तप खसिरहेको आँसु विस्तारै बिलीन भइरहेका थिए । कतिपय जिउँदा व्यक्तिहरु भेटिइरहेको बेला कतै भतिज जिउँदै भेटिइ हाल्ने हुन् कि भन्ने झिनो आसमा खोज्ने सकेको प्रयास गरें ।  एक घण्टाको अनवरत खोस्राइपछि उनको जुत्ता सहितको खुट्टा भेट्टाएँ । उनले हिंड्दा जुत्ता लगाउँदै गर्दा मेरो नजर जुत्तामा परेको थियो । के थाहा, त्यही चिज उनको मृत्युको पहिचान गर्ने कुरा बन्ला भनेर । मैले अनुमान लगाएँ, उनी सातौ तल्लासम्म पुगेका रहेछन् । ठूलो चाङले शरीर च्यापिएकोले तत्काल निकाल्न सम्भव थिएन । केही क्षणपछि नेपाली सेनाको उद्धार टोली आवश्यक तयारीका साथ आइपुग्यो । चार पाँच घण्टा लगाएर धरहराका सबै भग्नावशेष छेउ लगाएर सबै घाइते र लाश निकालियो  ।  घटना त भयो, अब घरमा कसरी जानकारी गराउने भन्नेबारे म चिन्तामा परें । एकैपटक मृत्युको खबर कसरी दिने ? आखिर भन्न त भन्नै पर्छ । बर्दिया, गुलरियामा बस्ने भाई मानबहादुरलाई अवस्थाको बारेमा जानकारी गराएँ । गाउँका बरघर र जान्ने सुन्नेलाई अवस्था बताउन भनें । विस्तारै बताउने कुरा गरें । उता, मैले लाश नभेटाइसकेकोले अझै जिउँदै भेटिन सक्ने आशा मरिसकेको थिइन । साँभ mसात बजे घाईते र लाश राखिएको ठाउँमा गएँ । ट्रमा सेन्टरमा घाइतेहरु राखेकोले सबैभन्दा पहिले त्यहाँ खोजें, त्यसपछि बीर अस्पतालका पेटी, वार्दली, कोठा र आँगन चहारें । सयौको संख्यामा रहेको शव लस्करै राखिएका थिए । पहिचानका लागि हेर्दै गएँ, त्यहाँ पनि फेला पार्न सकिन । मन झनै हडबडायो । त्यहाँ केही पीडित परिवारले घाइतेहरु शिक्षण अस्पताल महाराजगंजमा राखेको छ अरे, भन्ने कुरा गरिरहेको सुनें । कतै मेरो मान्छे पनि घाइते मात्र पो छन् कि भनेर केही आशा लिएर, टिचिङतर्फ हानिएँ ।  उता, भूकम्पको ससाना पराकक्पन निरन्तर आइरहेको थियो । तर, त्यसको कुनै प्रवाह भएन । कसरी जिवित वा मृत अवस्थामा आफ्नो मान्छे भेटिन सक्छ भन्ने मात्र ध्याउन्न थियो । शिक्षण अस्पतालको परिसर भरिभराउ थियो, घाइतेहरुको उपचार भइरहेको थियो । घाइते र मृतहरुको सूची पनि हेरें तर पाइन । तब, शव राखिएको हलमा पुगें । एक एक गरी हेर्दै जाँदा भतिजको शव बल्ल फेला पारें । सग्लो शरीर, चौडा छाती, हातमा घडी, कम्व्याट ड्रेसमा सजिएको उनको शव बरफमा राखिएको थियो । पीडाका आँसु झर्न थाले वागमती भएर । यसरी अधैर्यताका साथ आफन्तको खोजी गर्दा मानिसका शवहरु बीचमा रहँदा भूकम्पको सामना मात्र गरिरहेको थिइन कि मृत्युसंग आमने सामने बसेर साक्षात्कार पनि गरिरहेको महसुस भइरहेको थियो । म संगै गएका साथी तथा घरबेटी चुर्ण वलीजीलाई ईसारा गर्दै शव चिनाएँ । शव पहिचानका लागि कागजात तयार गरिरहेको प्रहरीलाई आफ्नो मान्छे भएको बताएर नाम, वतन दर्ता गराएँ ।  शव त भेटियो, अब दाहसंस्कार यतै गर्ने कि लिएर गाउँ जाने, लिएर कसरी जाने ? ठूलो संकट आयो । गाउँबाट पनि घरी लिएर आउन सुझाव आउँथ्यो भने घरी त्यतै अन्त्यष्टी गरिदिन भनिन्थ्यो । तर म भने सकेसम्म शव गाउँ नै लिएर जाने सोचमा थिएँ । किनकि आफूकहाँ आएको बच्चा आफैले घुमाउन लैजाँदा भूकम्पमा परी मृत्यु भएकाले उनको आमा बाबु र आफन्तले अन्तिम पटक मुख हेर्न पाए भने राम्रो हुने कुरामा म अडिग थिएँ । मैले गाउँ लैजान काठमाडौका सबैजसो एम्बुलेन्स र शव वाहनहरुसंग विन्ति गरें । तर, यस्तो कठिन अवस्थामा उपत्यका बाहिर जान नसकिने बताए । साथी कृष्ण गौतमले पनि मलाई सघाउनु भयो तर केही लागेन । म निराश भएँ । अनिश्चितताको बालद मडारियो मानसपटलमा । पहिचान गरिएका शवहरु बुझ्दै आफन्तहरु जान थाले, शवहरु निरन्तर आइरहेका थिए । गर्मीको महिना दुई दिन बितिसक्दा शवहरु गनाउन थालिसकेका थिए । त्यसकारण सरकारले पहिचान नभएका शवहरु महानगरपालिकाले अन्त्यष्टी गर्ने निर्णय गरिसकेको थियो ।  ९औ थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुरस्कृत भएका लेखक सुशील चौधरी आफ्ना भनाई राख्दै । ब्रेन ह्यामरेजका कारण उनी विरामी छन् । मैले नेपालगन्जबाटै शब वाहन लिएर आउन अनुरोध गरें । मेरो अनुरोधलाई स्वीकार गरेर शववाहन आउने भयो । गाउँमा सबैले गक्ष्यअनुसार सहयोग जुटाएर पठाउने व्यवस्था मिलाएका रहेछन् । गाउँबाट बरघर (दुर्गा थारु) जो नाताले मेरा मामा हुन् र मेरो अति मिल्ने साथी दुःखलाल चौधरी, अरु दुईजना आफन्तसहित् १३ बैशाखका दिन हिँडे । १४ गते बिहान १० बजे सम्ममा आइपुग्नु पर्नेमा मुगलिङ खण्डमा सुख्खा पहिरो गएर त्यहीं रोकिए । प्रहरीले छिटो शव उठाउन भन्न थाल्यो । आफ्नो शववाहन आइपुग्दैन । हुलमुलमा आफन्तको शव अरुले नै पो उठाएर लग्ने हो कि भन्ने अर्को डर । बल्ल बल्ल साँझ ७.०० बजे नेपालगन्जबाट शववाहन आइपुग्यो । मैले सन्तोषको लामो सास फेरें । साथीहरु भएपछि आँट पनि थपिदो रहेछ । १५ गते बिहान १२.०० बजे शव कालिका– ३, मयुरवस्ती, बर्दिया पुर्‍याइयो । थारु संस्कारअनुरुप अन्त्येष्टी कर्म गरियो ।  आफ्नो घरमा बस्न आएको बच्चा आफूले घुमाउन लैजाँदा महाभूकम्पमा परी मृत्यु भएको अवस्थाले म र मेरो परिवार मर्माहत भएका थियौं । जति दुःख भएपनि आफैलाई होस, अरुलाई नहोस् भनेर सोच्ने व्यक्ति आज त्यस्तो घटनामा पर्दा ग्लानी भयो । राम्रो गर्न खोज्दा पनि कहिलेकाही परिवेशका कारण अप्ठ्यारोमा परिने रहेछ । म आफैलाई त यति पीडा महसुस  भइरहेको छ भने हुर्केको सन्तान गुमाउँदा उनका बुवा आमालाई कति पीडा भएको होला, म अनुमान लगाउन सक्दिन । सायद, त्यो अभाव कहिल्यै पूर्ति हुनेछैन । करीब दुई महिना मैले नयाँ कुरा सोच्नै सकिन । जेठमा गाउँका सबै आफन्तहरुलाई निम्ता गरेर पूजा लगाइयो । धेरै वर्षदेखि कामको सिलसिलामा गाउँ बाहिर रहकोमा सबै गाउँलेलाई निम्ता गरेर भलाकुसारी गर्न पाउँदा मनमा एक किसिमको आनन्द आउँदो रहेछ । म दश वर्ष पछि पुनः गाउँ फर्केको थिएँ । सबैले माया दिए, मेरो आत्मविश्वास बढेर आयो ।  महाभूकम्पको एक वर्षको अवधिमा राज्यको तर्फबाट जुन रुपमा पुनस्थापना र पुननिर्माणका लागि तदारुकता देखाउनु पर्ने हो, नसकेका कारण एक वर्ष वितिसक्दा पनि भूकम्पपीडित जिल्लाका प्रभावित परिवारहरु पालमा बस्न बाध्य भए । सरकारी तथ्यांकअनुसार, धरहरामा साठी जनाको ज्यान गयो । मृतकलाई सरकारले जम्मा एक लाख चालीस हजार राहत प्रदान गरेको छ । धरहरा सञ्चालनको जिम्मेवारी लिएको संस्थाले विना विमा टिकट काटेर पैसा कमाएको कुरा सार्वजनिक भएको छ । पछि प्रधानमन्त्रीको आश्वानमा आफ्नो धरहरा आफै बनाउने घोषणा पनि गरियो । तर धरहरा भत्किदा ज्यान गुमाएका र घाइते भएकाहरुको अधिकारको सुनिश्चितता नगरी काम थाल्नु कत्तिको न्यायोचित होला । जीर्ण अवस्थामा रहेका इमारतको दुरुपयोग गरी पैसा कमाउने अनि घटनाप्रति जिम्मेवारी नलिने प्रवृत्तिले भोलिका दिनमा कस्तो सुरक्षा हुन सक्ला ? (पुनः प्रकाशित)  

१८ दिन अगाडि

|

१२ वैशाख २०८२

महाभूकम्पको सामनाः मृत्युसंग साक्षत्कार
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९

सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

२६ दिन अगाडि

|

४ वैशाख २०८२

सयौं बिगाहा खेतलाई सिँचाई गरेको र भबिष्यमा हजारौं बिगाहालाई सिँचाई गर्न सक्ने चौकीबाँध यतिबेला राष्ट्रिय गौरबको आयोजना भनिने रानी जमरा कुलरिया सिँचाई आयोजना, कुला चौधरी र जनप्रतिनिधिहरुका कारण संकटमा परेको छ । यसले कुलापानी चौधरी, जनप्रतिनिधि, भलमन्सा, आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार गम्भीर भएनन् भने अस्तित्व समाप्त हुन समय लाग्दो रहेनछ भन्ने सिख दिएको छ । कुरा कैलालीको लम्कीचुहा नगरपालिका–७, हरदहनी गाउँमा पर्ने चौकी बाँध र त्यससँग जोडिएको सामुहिक भूमिको हो । २०५२ सालअघि गाउँमा एउटा प्रहरी चौकी थियो, त्यही चौकी नजिकै बाँध भएका कारण त्यसको नाम चौकी बाँध रहन गएको हो । पहिले गाउँतिर चोर, डाँका बढी लाग्ने गरेकाले गाउँमा चौकी स्थापना भएको थियो । माओवादीको सशस्त्र युद्ध...

लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न
लुम्बिनी प्रदेशस्तरीय भाषिक तथा सांस्कृतिक संगोष्ठी सम्पन्न

१० दिन अगाडि

|

२० वैशाख २०८२

सन्तोष खनाल घोराही । नक्कल गर्ने प्रबृत्तिले नेपालमा भाषा संस्कृतिको महत्व घट्दै गएको र लोप हुने अवस्थामा पुगेको भन्दै साहित्...

उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 
उनीहरू त्यसै काठमाडौँ आएका होइनन् 

१९ दिन अगाडि

|

१० वैशाख २०८२

जित ट्रासन  उनीहरू यस युगका पनि  चाणक्य हुन्  अझै चन्द्रगुप्त जन्माउन सक्छन्  आन्दोलनको आँधी ल्याएर&nb...

१५ बुँदे घोषणा–पत्र  जारी गर्दै ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न
१५ बुँदे घोषणा–पत्र जारी गर्दै ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न

२३ दिन अगाडि

|

७ वैशाख २०८२

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा वैशाख ५ गते शुक्रवार १५ बुँदे घोषणा–पत्र पारित गर्दै ‘राष्ट्रिय मू...

दस्तावेज

सबै हेर्नुहोस्

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु (भिडियोसहित)

फुुलर्या कार्यक्रममे कृष्णराज सर्वहारी का कहठाँ ? (भिडियो)
अध्यायदेशबारे के भन्छन् लक्ष्मण थारू ?
एनटिभी कोहलपुरबाट थारू भाषामा ‘बठिनिया’ टेलिसिरियल आउँदै
लोककथाः हलो जोत्ने माछा

शिक्षा र स्वास्थ्य

सबै हेर्नुहोस्