के हो अनत, किन बसिन्छ यसको ब्रत ?

के हो अनत, किन बसिन्छ यसको ब्रत ?

९७६ दिन अगाडि

|

२४ भदौ २०७९

के हो बणकी अतवार ?

के हो बणकी अतवार ?

९८२ दिन अगाडि

|

१९ भदौ २०७९

                                                                                                                                              फोटोः लखन दहित मनिराज महतो थारु समुदायको एउटा प्रमुख चाड मध्ये बणकी अतवार ब्रत पनि एक हो । यसलाई पश्चिमा थारुहरुले अटवारी भनेर मनाउँछन् । नवलपुरको थारु समुदायले कजरी तीज पछिको पहिलो आइतबारलाई बणकी अतवार ब्रत मनाउने गर्दछन् । आज भदौ १९ गते यहाँ बणकी अतवार मनाइँदैछ । बणकी अतवार पर्व खास गरी थारु पुरुषले व्रत बस्ने पर्व हो तर महिलाहरु पनि ब्रत बसनेने गर्दछन् । बिशेषतः बाँझो महिलाहरुको लागि ब्रत फलदायक मानिन्छ भने शरीरमा घाउ, चोटपटक र छालासम्बन्धि रोग नलागोस् भनेर ब्रत लिने गरेको पाइन्छ ।  बणकी अतवार पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्ने बारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसै गरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन् ।   भीमले थारु चेलीलाई एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले बणकी अतवारमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनिक कामकाजमा सहयोग पुगेको तर्क छ । ब्रत बिधि बणकी अतवार पर्वका लागि शनिबारको रात कुखुरा न बास्दै मध्येरातमा डटकट खाने   गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मीठा परिकारले डटकट खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन् । आइतबार विहानदेखि बणकी अतवारमा व्रत बसेकाहरुका लागि तेलमा नपकाइएको रोटी, फलफूल, सर्वत (पेय पदार्थ), काठ दाउरा, सल्लाको धुप, आदि तयारी गरिन्छ र बेलुकी पखसम्म सबै परिकार ब्रतालु आफैले तयार गरिसकेपछि नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । सूर्यास्त नहुदै ब्रतालुले आफू बस्ने ठाउँलाई गाईको गोबर पानीले लिपपोत गरेर चोखो बनाउँछन् र सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बसेर फरहर गर्छन् । विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ १२ गते मनाइए पनि नवलपुरमा बणकी अतवार भदौ १९ गते परेको छ । मैले सुनेअनुसार दाङदेउखुरीको लमही नगरपालिकाले पनि अटवारीको विदा भदौ १९ गते दिएको छ । अटवारी, बणकी अतवार जे नाम दिए पनि थारु चाडवाड एकै दिन मनाउन सके मात्र राम्रो सन्देश जाने थियो । व्रतालुका लागि खाने परिकार र अन्य तयारी गर्ने ब्यक्ति पनि व्रत बसेका हुन्छन् । आसन अगाडि राखिएको खानेकुरालाई एक भाग छुट्याई अग्नी देवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून र तेल खान वर्जित गरिएको हुन्छ ।  पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन् । पश्चिम तराईमा चेलीबेटीलाई अग्रासन दिने चलन भए पनि नवलपुरमा भने त्यो चलन पाइँदैन । बणकी अतवार ब्रत फल बणकी अतवार पर्व नितान्त थारु समुदायले मनाउने पर्व हो । बिभिन्न कारणले दुःख पाइरहेका ब्यक्तिहरुले यो ब्रत लिए सबै दुःख कष्ट नाश हुने, घाउ चोटपटक र छालासम्बन्धि रोगबाट मुक्त हुने, धन–यश, मनोकांक्षा पुरा हुने, निःसन्तान महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास रहँदै आएको छ । विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ १२ गते मनाइए पनि नवलपुरमा बणकी अतवार भदौ १९ गते परेको छ । मैले सुनेअनुसार दाङदेउखुरीको लमही नगरपालिकाले  पनि अटवारीको विदा भदौ १९ गते दिएको छ । अटवारी, बणकी अतवार जे नाम दिए पनि थारु चाडवाड एकै दिन मनाउन सके मात्र राम्रो सन्देश जाने थियो । लेखक पेशाले शिक्षक हुन्

नवलपुरका थारूहरूको चाडपर्व र स्थानीय बिदा              

नवलपुरका थारूहरूको चाडपर्व र स्थानीय बिदा              

९८२ दिन अगाडि

|

१९ भदौ २०७९

मनिराज महतो गण्डकी प्रदेशअन्तर्गत नवलपुर क्षेत्रमा थारू समुदायको केही चाडपर्वहरू हिन्दू दर्शन अन्तर्गतका जस्तै भएता पनि फरक मौलिकता बोकेको पाइन्छ । विशेष गरी कजरी तीज (हरितालिका तीज) पछिको पहिलो आइतबारलाई बणकी आइतबार, त्यसपछि अनन्त चतुर्दशी (अनत), जितिया, अमोसा (पितृ औंसी), दशैँ (भोगही), सोहराई (तिहार),  खिचरी(माघी), फगुवा (होली) जस्ता चाडपर्वमा यहाँका थारूहरूको आफ्नो बिशेष मौलिकता झल्कने गर्दछ ।  तर २०६० सालपछि नवलपुर क्षेत्रमा स्थानीय थारू समुदायको चाडपर्व ओझेलमा पर्न थालेको छ । यसको मुख्य कारण भनेको स्थानीय थारू युवामा आफ्नो भाषा, संस्कृति र चालचलनप्रति उत्साह नहुनु र जगेर्ना गर्नतिर नलाग्नु हो । त्यस्तै, कतिपय थारू बाहुल्य क्षेत्रमा समेत थारू चाडपर्वमा दिइदै आएको स्थानीय बिदा नदिइनु, विद्यालय स्तरमा स्थानीय चाडपर्वको बारेमा जानकारी नगराइनु र स्थानीय चाडपर्वकै बेला विद्यालयमा आन्तरिक परीक्षाहरू राखिनु आदि रहेको छ । पछिल्लो समय केही स्थानीय तहले विद्यालयहरूमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गरेका छन्, यो स्वागत योग्य कार्य हो । स्थानीय पाठ्यक्रममा सम्बन्धित नगरपालिकामा रहेका विभिन्न समुदायका चाडपर्व, चालचलन, रीतिरिवाज, संस्कार र संस्कृतिको बारेमा शिक्षा दिने र सम्बन्धित समुदायको चाडपर्वमा सम्मानको साथ स्थानीय विदा गरी विद्यार्थीहरूलाई परियोजना कार्यमा सहभागी हुन लगाइयो भने थप श्रेयस्कर हुने देखिन्छ । नवलपुरको आठ वटा स्थानीय तहमध्ये नवलपुरको मध्यबिन्दु नगरपालिकामा २०६८ को जनगणनाअनुसार कूल जनसंख्या ५४,१४० मध्ये थारूहरूको जनसंख्या १३,४७५ कायम भई पहिलो स्थानमा रहेका छन् । त्यस्तै, कावासोती नगरपालिकामा कूल जनसङ्ख्यमाा ६२,४२१ मध्ये थारूहरूको जनसङ्ख्या १५,६७७ कायम भई दोस्रो ठूलो समुदायको रुपमा रहेको छ । देवचुली नपा, गैडाकोट नपा, हुप्सेकोट गापा र बिनयी–त्रिवेणी गापामा पनि थारूहरूको सघन उपस्थिति रहेको छ । बौदीकाली र बुलिङटार गापामा भने थारूहरूको न्यून उपस्थिति छ । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लामा मात्र रहेको थारू समुदाय यस प्रदेशमा अल्पसङ्ख्यक समुदायको रुपमा रहेको छ । कला, संस्कृतिमा धनी रहेको थारू समुदायले यस प्रदेशको गरिमा र पहिचान उचो बनाइरहेको छ भने नवलपुरको मुख्य गहनाकै रुपमा स्थापित भई सकेको छ । थारूहरूको कला संस्कृतिले यस प्रदेशमा पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ ।  थारू समुदायको चाडपर्वसँगै रहेका कला संस्कृतिको संरक्षण गर्न नसकिए पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने र आर्थिक रुपमा गण्डकी प्रदेश र सम्बन्धित स्थानीय तहमा पर्यटन बिकासमा असर पर्न गई आर्थिक आय आर्जनको स्रोत पनि घट्ने देखिन्छ, जसबाट थारू समुदायमा पनि आर्थिक बिपन्नता चाँडै नै छाउने देखिन्छ । यस सम्बन्धमा प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूको ध्यानाकर्षण हुन जरुरी छ ।  थारू समुदायको मौलिक चालचलन, चाडवाडसंग समुदायको कलासंस्कृति, गीतबास समेत जोडिने भएकाले यसको संरक्षण र प्रवद्र्धनको लागि प्रदेश र स्थानीय सरकारहरूले समन्वय गरी आवश्यक्ताअनुसार सार्वजनिक र स्थानीय विदा दिनु उपयुक्त हुन्छ ।   नवलपुरका स्थानीय तहहरूको २०७९ को बार्षिक क्यालेन्डरमा स्थानीय विदा समावेश नभएका तर स्थानीय विदा आवश्यक ओझेलमा पर्न थालेका थारू चाडपर्वहरू यस प्रकार छः २०७९ भाद्र १९– बणकी आइतबार  २०७९ भाद्र २४– अनन्त चतुर्दशी (अनत) २०७९ असोज २ र ३– (जितिया) २०७९ असोज ९– अमोसा (पितृ औसीं) । यसैगरी जितियाको अवसरमा मध्यविन्दु नगरपालिकाले जितिया झामटा गीत प्रतियोगिता गर्न थालेकोमा खुशी लागेको छ । यस्ता कार्यक्रम अरु निकायले पनि गर्नुपर्छ ।

फकला थारूलाई जब सहरी विकास  मन्त्री चौधरीको फोन आयो

फकला थारूलाई जब सहरी विकास मन्त्री चौधरीको फोन आयो

९८५ दिन अगाडि

|

१५ भदौ २०७९

सूर्य बिसी  शुक्रबारको मध्यान्ह । घाम चर्किदै थियो । दाङदेउखुरी, लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरु शुक्रबारे हाफ छुट्टीका कारण घर घर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्राबासका मुक्त कमलहरी भने उत्साहित थिए । उत्साहित यस अर्थमा कि मन्त्री आउने खबर समयमै पुगिसकेको थियो र अब उनीहरुको उज्यालो भविष्यको सपना मन्त्रीमै हातमा पुगेको थियो ।  लावाजुनी छात्राबासमा बसिरहेका मुक्त कमलहरी किशोरीहरुले जीवनमै पहिलो पटक मन्त्रीसँग भेटघाट गर्दै थिए । त्यसो त यो भेट, भेटघाटको सामान्य उपक्रम मात्र थिएन, २ वर्षदेखि उनीहरुको छात्राबासको ऋण झण्डै तीन लाख पुग्दै थियो । बस्ने, खाने र पढ्ने यी जम्मै कुराको वातावरण बिग्रिएर उत्कर्षमा पुगको थियो । र तीनै मुक्त कमलहरी किशोरीका समस्या समाधान गर्न नायक बनेर उभिएका थिए सहरी विकास मन्त्री मन्त्री मेटमणि चौधरी ।  सामान्य स्वागत लगत्तै मञ्जिला चौधरीले कार्यक्रम सुरु गरिन् । कार्यक्रमका संयोजन गरिरहेका र झण्डै १८ वर्षदेखि कमलहरी मुक्त अभियानमा सक्रियतापूर्वक जोडिदै आएका फकला थारू बोल्न सुरु गरे, ‘त्यस्तै रातिको पौने एघार बजेको थियो । म भर्खर निद्रामा डुब्न लागेको थिएँ । मोबाइलमा घण्टी बज्यो । यसो हेरेको मन्त्रीज्युको कल रहेछ । यति राति मन्त्रीज्युको फोन अचम्म परेँ । तपाईँको स्ट्याटस पढेँ । अहिलेसम्म बैनीहरुको तिर्नुपर्ने ऋण कति छ, खाद्यान्नको कति । जम्मै बुझ्नुस् । म जिम्मा लिन्छु । भोलि नै विद्यालयमा गएर घोषणा गर्दिनुस् । म पर्सि त्यहीँ आउछु ।’ फकला थारु भावुक देखिए । सम्हालिदै उनी फेरि बोल्न सुरु गरे, ‘नानीहरुको २ वर्षदेखिको खानपिन, पढाई  अनि उपचार खर्चको ऋण ३ लाख पुग्न लागेको थियो । कमलहरी बैनीहरुको समस्या समाधान गर्न प्रदेश मन्त्री, मुख्य मन्त्रीदेखि संघीय मन्त्रीका कोठासम्म पुगेँ । ज्ञापन पत्र बुझाएँ । हार गुहार गरें तर आजसम्म सबैले आश्वासन मात्र दिए । भन्न बाँकी थियो त सहरी मन्त्रीज्युलाई मात्र थियो । एक्कासि उहाँले म छु । म समाधान गर्छु भनेपछि हेर्नुस् मन यति हलुको भयो कि म कसरी व्यक्त गरुँ ? अनि म ढुक्कले सुतेँ । माननीय मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्छु ।’  अब बोल्ने पालो होस्टेल वार्डेन बृजा चौधरीको थियो । नानीहरुको रेखदेख र स्याहारमा खटिएकी बृजाले आफ्ना कुरा यसरी राखिन्, ‘विद्यार्थी ३२ जना छन् । सरकारले जम्मा १४ जनाको जनही ४ हजार दिन्छ । १० महिनाको पैसा दिन्छ, हामीले १२ महिना पु¥याउनुपर्छ । तैपनि समयमा आउँदैन । बेलाबेलामा बिरामी पर्छन् । २ जना सिकल सेलका बिरामी थिए । एउटी त्यही रोगले बितिन् । महंगी बढेको बढ्यै छ । केले खाने, केले पु¥याउने, केले उपचार गर्ने निकै गाह्रो अवस्था छ । तनावले गर्दा राम्ररी पढ्न पनि सकेका छैनन् । घर पठाउँ भने यिनीहरुको घर पनि छैन । आज मन्त्रीज्यु आउँनुभाछ । धेरै खुसी लागेको छ । अब समस्या समाधान हुने आसा पनि जागेको छ ।’   मुक्त कमलहरीका तर्फबाट आशा चौधरीले पीडा पोखिन्, ‘खानेकुरा छैन । कापी किन्न गाह्रो छ । औषधी उपचार समयमा पाउन सकेका छैनौँ । बाहिर जाँदा साहुले खाद्यान्नको पैसा माग्छ । निकै गाह्रो छ सर हाम्लाई । सहयोग गर्छु भनेर मन्त्रीज्यु आउनुभयो । हाम्रो दुःख हेर्ने कोही रहेछ जस्तो लागेको छ ।’ सबैका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि सहरी विकास मन्त्री मेटमणि चौधरी बोल्ने समय आयो ।  ‘तपाईँहरु भाग्यमानी हुनुहुन्छ, किनकि यस्तै दुःख पाएका वर्गबाट आएका मानिसहरुले नै दुनियाँ बदलेका छन् । शक्तिशाली भएका छन् । अब्राहम लिङ्कनलाई हेर्नुस्, उनकी आमाले बच्चा पाउने ठाउँसम्म नपाएर मालिकको तबेलामा बच्चा जन्माएकी थिइन् । दाउरा बेचेर बच्चा हुर्काइन् । लिङ्कनले अमेरिका बदले । झमककुमारीलाई हेर्नुस् । सबैले उनलाई हेला गरे तर उनले हिम्मत हारिनन् । ठुलो कुरा आँट हो । हिम्मत हो । पैसा मात्र सब थोक होइन । तपाईँहरु पनि प्रधानमन्त्री, राष्ट्रपति बन्ने सोंच राख्नुस्   मेरो घरमा पनि खरको छानो नभएको भए, पानी चुहिने नभएको भए सायद मैले सबैका घरमा टिन लगाउने संकल्प गर्ने थिइनँ । आज तपाईंहरुलाई समस्या छ तर भोलि तपाईँहरुको निकै राम्रो हुनेछ । राम्रोसँग पढ्नुस् । अरु चिन्ता नलिनुस् । तपाईँहरुका समस्या म समाधान गर्छु । ढुक्क भएर पढ्नुस् । म नियमित सहयोग गर्नेछु । सरकारका तर्फबाट पनि सहयोग हुने वातावरण मिलाउनेछु ।’  मुक्त कमलहरी विकास मञ्चको कानुनी सल्लाहकार समेत रहेका फकला थारु निकै उत्साहित देखिए । उनले ती नानीहरुका लागि गरेको प्रयास बल्ल सार्थक हुदै थियो । मन्त्रीको त्यो कल अनि निरन्तर सहयोग गर्ने वाचा उनलाई एक मिठो सपना जस्तो लागिरहेछ ।  उनी सुनाउछन्, ‘मन्त्रीज्युले २ लाख नगद र ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । ठुलो राहत मिलेको छ । केही महिनालाई खाद्यान्नको समस्या पनि हल भएको छ । मन्त्रीज्युले निरन्तर सहयोगको व्यवस्था मिलाउँछु भन्नुभएको छ । मुक्त कमलहरी बैनीहरु पनि पढ्न कस्सिएकाछन् । निकै खुसी छन् ।’ बिसी, सहरी विकास मन्त्रीका प्रेस संयोजक हुन्   

थारू समुदायमा किन मनाइन्छ अट्वारी ?

थारू समुदायमा किन मनाइन्छ अट्वारी ?

९९० दिन अगाडि

|

११ भदौ २०७९

                                                                                                                सबै तस्विरः लखन दहित पश्चिमा थारू समुदायमा भदौको दोस्रो या अन्तिम आइतबारको दिन अट्वारी टिउहार विशेष महत्वका साथ मनाइन्छ । यस वर्ष भदौ १२ गते अटवारी मनाइने भएकाले थारू समुदायमा अट्वारी पर्वको चहलपहल सुरु भैसकेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशले भदौ १२ गते अटवारीको विदा पनि दिएका छन् ।  लेखक छविलाल कोपिलाका अनुसार सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंसी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दसैं लाग्छ । किनकि बर्का अटवारीपछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दसैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । लेखक कोपिलाका विचारमा केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । उनका अनुसार यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारू वस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाइँ थिएन । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो ।  कोपिला भन्छन्, कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई अटवारी मान्ने भन्ने तथ्यलाई बढावा दिन सक्छ । तर सँधै यस्तो हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखा परेको छ । यसमा एकरुपता हुनुपर्छ ।  कसरी मनाइन्छ अटवारी ? अट्वारी पर्वको लागि थारू चेलीहरु हरियो पात र दाउरा संकलनको जोरजाममा ब्यस्त छन् । तीन दिनसम्म मनाइने यो पर्वमा सुरुको दिन भटौर, डँट्कट्टन (दर) खाने, दोस्रो दिन ब्रत बस्ने र तेस्रो दिन आफ्ना दिदी बहिनीकहाँ अग्रासन अथवा कोसेली दिन जाने गरिन्छ । अट्वारीको दिन थारू समुदायमा मीठा परिकार पकाउन र पूजाआजा गर्नमा ब्यस्त रहन्छन् । खास गरी पश्चिम तराईका दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउने गर्दछन् ।       अट्वारी पर्वमा थारू समुदायका पुरुष मात्रै ब्रत बस्ने चलन रहेको छ । तर अहिले महिलाहरुसमे ब्रत बस्न थालेको देखिएको छ । अट्वारीमा ब्रतालु पुरुषहरु पानी समेत नपिएर निराहार ब्रत बस्ने गर्दछन् । यसअघि शनिवार राती भाले बास्नुभन्दा पहिलै मीठा मीठा परिकार बनाएर भटौर खाने गर्दछन् ।  ब्रत बसेको दिन ब्रतालु पुरुषहरु साँझपख पाँच पाण्डवमध्ये भेवा (भीमसेन) काो पूजा गर्ने गर्दछन् । भीमको पूजा गरेमा भीमजस्तै बलवान हुने  मान्यता रहेको छ । यसै गरी यस पर्वमा विभिन्न थरिका रोटी पकाएर पूजा गर्ने गरिन्छ । गन्यारि नामक् काठ घोटेर शुद्ध आगो बालेर सोही आगोबाट रोटी पकाइन्छ । र, त्यही आगोबाट यो पर्वमा परिकार पकाइन्छ ।  अझ विशेषत यस पर्वमा भीमको पूजाको लागि एककर मतलब एकातिरमात्रै पकाएको रोटीको बिशेष महत्व रहेको छ । थारू समुदायले यो रोटी भीमलाई नै समर्पित गरेर भ्याँओक रोटी बनाउँछ ।  भीम रोटी पकाउँदा पकाउँदै दुश्मनसँग लडिरहेका थारुहरुलाई सघाउन युद्ध लड्न गएको र लडाई सकेर आउँदा हतारमा एकातिर मात्र पाकेको रोटी खाएको भन्ने कथन थारू समुदायमा सुन्न पाइन्छ । त्यसैले थारू समुदायमा भीमको पूजाको लागि एकातिरमात्र पाकेको एउटा रोटी पकाउने चलन छ ।  दाङ्गका थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेलामा सुर्खेतको काँक्रे विहार घुम्न आएका पाँच पाण्डवमध्येका भीमले दंंगीशरणलाई सहयोग गरेर शत्रुलाई पराजय गरी विजय प्राप्त गरेको खुशियालीमा थारू समुदायमा अट्वारी पर्व मनाएको किम्बदन्तीमा उल्लेख छ ।  ब्रत बसेको दिन ब्रतालु पुरुषहरु दिउँसो भीमको पूजा सकेर रोटी, दूध, दही फलफूल मात्रै खाने गर्दछन् । दिन डुबेपछि खान पाइँदैन ।  आइतबारको पूजा सकेर सोमबार बिहान नुहाएर शुद्ध भई फरहार गर्ने चलन छ । फरहारमा गेडागुडीलगायत हरियो तरकारी पोंइको साग, कैंठा (चिचिन्डो), माछा, खँरिया, फुलौरि लगायत परिकारको बनाइन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीहरुलाई अग्रासन दिन जाने चलन छ ।  दिदी बहिनीहरु पनि दाजुभाइ आउने आसमा बसेका हुन्छन् ।  दाजुभाइको आगमनपछि विशेष स्वागत सत्कार गर्ने गर्दछन् । अन्तमा, सबै पाठक वर्गमा अटवारी २०७९ को शुभकामना छ ।  

किन धरमरिदै छ संघीयता  ?

किन धरमरिदै छ संघीयता  ?

९९५ दिन अगाडि

|

६ भदौ २०७९

राम मादेन  अहिले संघीयताबारे थरिथरिका प्रश्न आउँदैछन् । काँग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा असफल सविात हुँदै गएको तथा आगामी ५ वर्ष प्रदेश रहने नरहने जिकिर गरेका छन् । यस सानो लेखमा संघीयतामा देखिदै गएको कलो बादलबारे बुँदागत रुपमा चर्चा गरिएको छ । १. संघीयताबारे ठूला दलमध्ये काँग्रेस र एमालेकाे अहिलेसम्मकै दस्तावेजमा  संघीयताकाे खाका सम्बन्धमा शून्य प्रतिवद्दता रहेछ ।  फलस्वरुप: एमाले र कांग्रेसकाे आम अवधारणा पार्टीकाे दृष्टिकाेणबाट संघीयताकाे विपक्षमा बाेल्नु, लेख्नु नै धर्म हाे ।  २. नेपालकाे अन्तरिम संविधान २०६३ जारी हुँदा संघीयता उल्लेख नगरि जारी भएपश्चात् तत्कालिन मधेसी जनअधिकार फाेरमले मधेसमा ठुलाे विद्राेह गरेपछि संविधानकाे दाेस्राे संशाेधनपछि संघीयता राखियाे । यस अर्थमा मधेस आन्दाेलन नै संघीयताकाे  निर्णायक जननी हाे ।  ३. नेकपा माओवादी र जनता समाजवादी पार्टी संघीयताबारे पार्टीकाे दस्तावेजमा उल्लेख गरेर निरन्तर स्पष्ट छन् । राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि संघियताकाे मुद्दा उठाएकाे देखिन्छ ।  ४. राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि नै संघीयतालाई पार्टीकाे विधानमा उल्लेख गर्दै आएकाे छ । त्यस्तै, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, खम्बुवान राष्ट्रिय माेर्चा लगायतका पार्टीहरूले संघीयताकाे मुद्दालाई प्रमुख प्राथिकताकासाथ पार्टीकाे विधानमा उल्लेख गरेका छन् । ५.  संघीयतामा देश लैजानु नहुने भन्दै विराेध गर्ने दलहरूमा लाेकतन्त्रका लागि लडेकाे पार्टीमध्येबाट राष्ट्रिय जनमाेर्चा हाे ।  ६.  २५० वर्षदेखि जरा गाडेर सत्ता स्वाद चाखेकाे समूह राजावादी र हिन्दुवादी पार्टी रा. प्र. पा. ले संघीयताकाे खुलेर विराेध गरेका छन् ।  ७. युवा र सच्चा देशलाई माया गर्ने पार्टी भनेर खाेलिएकाे साझा विवेकशील पार्टीकाे पनि दस्तावेजमा संघीयताकाे  खाका छैन । विवेकशीलका एक नेता रविन्द्र मिश्र राजावादि भईसकेका छन् ।  ८. भर्खरै खाेलिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे संघीयताबारे खाकामा विचार स्पष्ट छैन ।  निष्कर्ष उपराेक्त तथ्याङ्कबाट के स्पष्ट हुन्छ भने परम्परागत मान्यता, विचार अवधारणा बाेक्ने पार्टी वा, परिवर्तन नचाहने वा काठमाडाैमै शक्ति केन्द्रित भईरहेमा आफू आफ्नाे पार्टी सुरक्षित हुन्छ भन्ने पार्टीहरू संघीयताकाे विराेध गरिरहेका छन् । सताले लामाे समयदेखि उत्पिडनमा पारेका, परेकाे जनता र  ठाउँ जस्तै मधेस, लिम्बुवान, खम्बुवान, थरुहटहरूले संघीयता जाेडदार रुपमा चाहेकाे देखिन्छ ।  जनताकाे तहबाट हेर्दा संघीयता नचाहनेहरू हिजाेदेखि कुनै न कुनै रूपमा सत्तासंग नजिक रहेकाहरूकाे जमात देखिन्छ । सत्ताबाट बाहिर रहेकाहरू संघीयता चाहिरहेका छन् ।  वर्तमान अवस्थामा संघीयताकाे विरुद्द उभिने पार्टीहरू संसद र सडकमा दर्विलाे देखिएका छन् । त्यसैले संघीयता धरमराउदै गरेकाे जस्ताे देखिएकाे छ ।  तर उनीहरूकाे विचार परिवर्तनकाे विपक्षमा छ ।  प्रतिगमनकारी शक्तिकाे अन्तत: हार भएकाे ईतिहास छ ।

‘गुरही चोक’मा गुरही मनाउँदा.....

‘गुरही चोक’मा गुरही मनाउँदा.....

९९६ दिन अगाडि

|

५ भदौ २०७९

धनगढीको, गुरही चोकमा गुरही मनाउने मेलोमेसो २०७९ साउन १७ गते जुर्यो । टीकापुरतिर काम विशेषले आएको बेला गुरही चोकमा गुरही मनाउनै भनेर धनगढीतर्फ पाइला मोडिएका थिए । कैलाली जाने दिन नै बहिनी उन्नती चौधरीसँग काठमाडौं मेरै घरमा भेट भएको थियो । उनले भनेकी थिइन्, ‘बाटो फराकिलो पार्ने नाममा फालिएको गुरही चोकको साइनबोर्ड यसपाली अवश्य लेखाइनेछ ।’ गुरहीको दिन टीकापुरबाट धनगढीका लागि हिँड्दा उन्नतीलाई फोन गरें, उही गुरही चोकको नामकरणको बारेमा । उनले जनप्रतिनिधिहरुसँग गुरही चोक नाम लेखाउनेबारे छलफल टुंगो लागिसकेको र आजै लेखिने सुखद जानकारी दिइन् । तर दिउँसो १२ बजे गुरही चोक पुग्दा साइनबोर्ड लेख्ने कुनै सुरसार थिएन । उन्नती चौधरी र इन्दु थारुले सखी सन्जाल मार्फत् थारु कल्याणकारिणी सभासँग सहकार्य गरी गुरही मनाउन निकै दौडधुपमा हुन्छन् । यसबारे इन्दुलाई फोन गरें । उनले गुरही चोक सम्बन्धमा जनप्रतिनिधिहरु सकारात्मक रहेको तर स्थानीय गैरथारुले यसको विरोध गरिरहेको बताइन् । अनि समाधानको उपाय के त ? इन्दुले नै समाधानबारे भनिन्, गुरही मनाउनेहरुको भीड जुट्दै गरेपछि त्यही भीडको आडमा गुरही चोक पनि लेखाउने योजना छ । नभन्दै दिउँसो पौने चार बजे त्यहाँ पुग्दा साइनबोर्ड लेख्न काम जारी रहेछ ।  ढिलो गरी औपचारिक कार्यक्रम सुरु भयो । पहिलेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गुरही चोक भनी बकायदा उद्घाटन गरिसकेकाले गुरही चोकको पुनस्थापना हुनुपर्ने जिकिर थाकस केन्द्रीय सदस्यद्वय प्रभात चौधरी, इन्दु थारु लगायत आयोजकहरुले गरे । त्यस्तै, प्रमुख जिल्ला अधिकारी किरण थापा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकला राना, वडाध्यक्ष जुगराम चौधरी लगायतले गुरही चोक स्थापना हुनेमा आशंका व्यक्त नगर्न भने ।  यसरी यसपाली गुरही चोकको नामले पुनर्जीवन पायो । यदि नाम लेख्दा कुनै अवरोध आएको भए पुनः २०७२ भदौ ७ को टीकापुर जस्तो घटना हुने स्थिति पैदा भएको थियो, जुन टरेको छ । अब फेरि पनि कसैले गुरही चोकको साइनबोर्ड फाल्ने, मेट्ने दुस्साहास कसैले नगरोस्, चेतना भया ।