राजीव गान्धी हत्या : ३२ वर्षपछि जेलबाट बाहिर आएपछि नलिनीले के भनिन्  ?

राजीव गान्धी हत्या : ३२ वर्षपछि जेलबाट बाहिर आएपछि नलिनीले के भनिन् ?

८२० दिन अगाडि

|

३० कात्तिक २०७९

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

८३४ दिन अगाडि

|

१७ कात्तिक २०७९

नागरिक उन्मुक्ति पार्टीले आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को घोषणापत्रबुधबारसार्वजनिक गरेको छ । घोषणापत्रको पूर्णपाठ जस्ताको त्यस्तैः जन्मिदै मुद्दा लिएर जन्मिएको पार्टी हो– नागरिक उन्मुक्ति पार्टी । लहडमा खुलेको पार्टी भनेर सम्झिदै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । पहिचानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनलाई लिएर जन्मिएको सानो संगठन आज पार्टीमा रूपान्तरण हुन पुगेको छ । आफ्ना पाँच दर्जन सहकर्मीमाथि लागेको झुठा मुद्दा र करिब एक दर्जन साथीहरूलाई सरकारी झ्यालखानाबाट छुटाउने दायित्व पनि यही पार्टीको काँधमा छ । साँच्चै भन्नुपर्छ ‘टीकापुर थारू विद्रोह’का कारण नागरिक उन्मुक्ति पार्टीको जन्म भयो ।  टीकापुर थारू विद्रोहका कारण हामीले राज्य चिन्यौं । मानवअधिकार चिन्यौं । सरकार चिन्यौं । भन्नुपर्दा सबैलाई एकएक गरेर चिन्यौं । टीकापुर घटना कुनै एक कोठरीमा वा कुनै पहाडी गुफामा घटेको घटना होइन । त्यो घटनालाई हजारौंका आँखाले देख्यो । प्रत्यक्ष देख्यो । सत्य असत्य सबै देख्यो । तर सुनेनन् कसैले । कोट्याएर पनि यथार्थ बोलेनन् कसैले । अन्तर्राष्ट्रिय निकायको आँखामा धुलो झोँक्न राज्यले आयोग गठन ग¥यो । गल्ती आफूतिर सोझिएपछि राज्यले आयोगको फाइल सरकारी दराजमा थन्काएर राख्यो । त्यही फाइल सार्वजनिक गर्न ‘टीकापुर थारू विद्रोह’ राजनीतिकरण गर्न, झुठा मुद्दा लागेका आफ्ना सहकर्मी छुटाउन र समग्र देशको विकासमा हातेमालो गर्न सन् २०२२ फेब्रुअरी १५ तारिख अर्थात् विसं २०७८ फागुन ३ गते सोही घटनाका कारण डिल्लीबजार कारागागरमा रहेका माननीय रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।  टीकापुर थारू विद्रोहका कारण सात सुरक्षाकर्मी र एक बालकले सहादत प्राप्त गरे । हाम्रो नागरिक उन्मुक्ति पार्टी ती वीर सहीदप्रति सम्मानसहित श्रदाञ्जली अर्पण गर्दछ । ती वीर सहिदका सन्तानले पनि न्याय पाउनुपर्छ । तीमाथि व्यभिचार गर्ने तत्वको पहिचान गरिनुपर्छ साथै उक्त घटनापश्चात् टीकापुर वरिपरि थारू गाउँमा गरिएको बर्बर दमन र चरम यातनाको हिसाब किताब पनि राज्यले गरिदिनुपर्छ । के टीकापुर थारू विद्रोह कुनै लडाकु बन्द क्याम्पभित्र गरिएको हो ? के कसैको एकल आदेशमा त्यो बर्बरतापूर्ण घटना घट्यो ? होइन । त्यो घटना देख्ने नजरहरू हजारौं थिए । भिडन्त भइरहँदा रोक्ने, छुटाउने पनि हजारौं थिए र घाइतेहरूलाई बोकेर अस्पताल पु¥याउने पनि उतिकै थिए । ती सब राज्यलाई थाहा छ । राज्यले गठन गरेको लाल आयोगको प्रतिवेदनमा ती सबै कुरा उल्लेख छ । तैपनि राज्य मौन छ । आखिर त्यो फाइल नखोल्नुमा के रहस्य छ ? हजारौं नजरले देखेको त्यो दूर्भाग्यपूर्ण घटना कसले पो गरेन र त्यो घटनाको आलोचना घटना घटेकै हो, आँखाहरूले देखेकै हो  र पनि किन हुँदैन, त्यो घटनाको यथार्थ विवेचना ।  आखिर टीकापुर थारू विद्रोहलाई राज्यले राजनीतिक आन्दोलन किन मान्दैन ? विनाकारण निर्दोषलाई किन थुनिरहन्छ राज्यले ? त्यो घटनाका कारण थारूहरूले आन्दोलन तुहाए । विनाकारण चरम यातना र बर्बर दमन सहे । त्यति अन्याय गरेर पनि चित्त बुझाएन राज्यले । थारूहरूको पहिचानसहित संघीयताको मागलाई लत्यायो राज्यले ।  उद्देश्यसहितको आन्दोलन, बनाइयो विना उद्देश्यको  विशेषण अपुरो हुन्छ ब्याकरणमा, विना विशेष्यको  न तराजुसम्म भो, न त मागको झोली भरियो   भिजेनन् पैताला पनि, हरे कस्तो खोली तरियो ? दृश्य एउटा थियो बनाइयो दृश्य अर्कै  कथा एउटा थियो, पटकथा लेखियो अर्कै  खुल्ने हो कहिले प्रतिवेदन त्यो लालको  नखुलेरै जेलमा बेहाल भो रेशम लालको  भौगोलिक सांस्कृतिक पहिचानसहतिको संघीयता माग्दा अहिले धेरै लोकतन्त्रवादी नेताको टाउको दुख्छ । भूगोल, धार्मिक पहिचानका विषयमा फुस्रो अडान लिएर मभन्दा ठूलो कोही राष्ट्रवादी छैनन् भनेर देखाउने यिनको प्रवृत्ति छ । हामीले पहिचानको विषय उठान गर्नेवितिकै यी हामीलाई देशद्रोही देख्न थाल्छन् । तर जागजाहेरै छ, विगतदेखि वर्तमानसम्मको सबै आन्दोलनमा हामी यिनैको साथमा छौं ।  अहिले परिस्थिति फेरिएको छ । आगत विगत सबै जननिर्वाचन हामी जित्दैछौं र पनि राज्यले हाम्रो अभिमतलाई मत मान्दैन । उसको नजरले सहयात्री दोषी भए पनि निर्दोष हुन्छन् । चुनौती दिनसक्ने क्षमतावान नेताहरू निर्दोष भए पनि कालकोठरीमा थुनिन्छन् ।  एक चुनाव जित्यौं, दुई चुनाव जित्यौं  सबै चुनाव हामीले नै जित्यौं जनताले न्याय दिएको देख्दैनरैछ राज्यले  दोषी आफैंमा सामेल गराई निर्दोषी थुन्दोरैछ राज्यले  मर्ने मार्ने दुबैलाई चिन्याछ राज्यले  घटना देख्न्या दुई चार मान्छे किन्याछ राज्यले  सरकार चलाउने साँचो आफूसँग नभएपछि  एकदिन देश कसैलाई सुम्पिदिन्याछ राज्यले  जसले जनता मारिरहन्छन् उनै चुनावमा खडा छन् अरू सबलाई सानै ठान्छन् उनै जहिल्यै बडा छन्  कयौंको त्याग प्रष्ट छ सयौंले फटाए भोटो पनि  जहिल्यै टिकट उनैको भागमा दिइरहन्छ पार्टीले मोटो भनि पूजनीय मतदाता वर्ग,    राज्यले जारी गरेको ‘नेपालको संविधान २०७२’ अपूर्ण छ । देशको संविधान सर्वमान्य, सर्वपक्षीय हुनसकेन भने राज्यको संरचना परिवर्तन हुन रत्तिबेर लाग्दैन । हाम्रो नागरिक उन्मुक्ति पार्टी चाहन्छ, संविधान सर्वहिताय हुनुपर्छ । कानुन, नीति निर्माण गर्नेहरू पनि एक पक्षीय एक समूह बनाइनु हुँदैन । विभेदित संविधानले विग्रह उत्पन्न गर्छ । जातीय एकल नश्लवादको सबैभन्दा विरोधीहरूले नै संविधानतः यो देशमा एकल राज्य संरचना लागू गर्न खोजेका छन् । यो कुराको जोडदार आवाजको साथै सर्वपक्षीय, सर्वहिताय, सर्वमान्य संविधान निर्माणमा हाम्रो नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।  नागरिक उन्मुक्ति पार्टीलाई किन दिने भोट ? १.  स्वदेशको सम्पदालाई स्वदेशीले नै सदुपयोग गर्न पाउने आवश्यक कानुन बनाउन ।  जस्तै स्वदेशीले सजिलै लगानी गर्नसक्ने जल, ऊर्जा, कृषि क्षेत्रमा नागरिक लगानीको ग्यारेन्टी गर्न ।  २.  राज्यको कानुनले जातीय वर्गीकरण गर्न पाइँदैन । संसदमा सबै वर्ग र जातको अनिवार्य उपस्थिति बनाइनुपर्छ । त्यसैले निर्वाचन क्षेत्र पनि महिला, दलित, जनजाति, सीमान्तकृतका लागि आरक्षित गरिनुपर्छ । जस्तैः कर्णाली प्रदेशको कुनै एक क्षेत्र राउटेका लागि, मधेसको कुनै एक क्षेत्र मुसहरको लागि, जनसंख्या र क्षे त्रको आधारमा थारू, मधेसी, मुस्लिम, महिला, जनजातिको स्पष्ट आरक्षित क्षेत्र हुनुपर्छ । संसदमा सोही कानुन निर्माणका लागि पनि नागरिक उन्मुक्ति पार्टीलाई भोट दिनु आवश्यक छ ।  वास्तविकता जब–जब चुनाव आउँछ, नेताकी श्रीमतीले ढकुटीको साँचो पुछ्न थाल्छिन् । नेताजीलाई नातागोता याद आउन थाल्छ । बाको गम्छा, आमाको पछ्यौरी, भुराभुरीलाई नाना सम्झिन थाल्छन् उनी । चुनावको बेलामात्रै उसको नजरले गाउँको बाटो विग्रिएको देख्छ । पुल पुलेसा भत्किएको देख्छ । स्कुले टिनको छानो खिइएको देख्छ । ऊ प्रत्येक चुनावमा भतेर गर्छ । भोजमा सबैलाई आमन्त्रण गर्छ । मदिरा पिलाएर झुमिएको बेला प्रत्येक चुनवमा एउटै सपना बाँड्छ– गाउँ समृद्ध बनाउने, सहर स्मार्ट बनाउने र देशलाई अमेरिका, युरोप बनाउने । ऊ कहिल्यै छाती ठोकेर भन्दैन, म नेपाल बनाउँछु । मेरो गाउँ, बनपाखा, पखेरा जस्तो थियो, उस्तै बनाउँछु । अहँ, ऊ भन्दै भन्दैन, मेरो गाउँ पौराणिक बनाउँछु । बरू माइकको हरण फुट्ने गरी चिच्याई चिच्याई भन्छ, ‘म देशलाई स्वीट्जरल्यान्ड बनाउँछु ।’ ऊ सधैं सोझा गाउँलेहरूलाई सपनामात्रै बाँडछ । प्रत्येक चुनावमा जनता ढाँट्छ । गाउँ छेउँको बग्ने खेला देखाएर भन्छ– यो खोलाबाट विजुली निकालेर गाउँ, सहर झिलिमिली पार्छु । उद्योग, कल कारखाना चलाउँछु । बचेको विजुली विदेशमा बेच्छु । वास्तविक देखिने डाँडा देखाएर नेताजीले सपना बाँडछन्, ‘अब यही डाँडामा केवलकार चलाउने हो ।’ हाँसो त तब छुट्छ, जब कम्मरमुनि पान्ी बग्ने खोला देखाउँदै नेताजीले भाषण गर्छन्– ‘यी नदीहरूमा पानी जहाज चलाउँछु ।’ अब त हामीलाई पनि जनता ढाँट्ने नेता मन पराउने बानी भइसक्यो । जुन नेताले बढी ढाँट्छ, उही हाम्रो सर्वोच्च नेता । जसले प्रत्येक चुनावमा ढाँट्छ, उही सबैभन्दा पुरानो पार्टी । ढाँट्दा ढाँट्दा सताब्दी पु¥याउनै लागेका तिनै राजनीतिक पार्टीचाहिँ हाम्रो नजरमा ऐतिहासिक दल बनेको छ ।  आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू, हाम्रा राजनीतकि दलहरूले नीति, विधि, पद्धतिको कुरा गर्छन् । विधानमा लेख्छन् । कार्यकता प्रशिक्षणमा विदेशीबाद पढाउँछन् । सिद्धान्तका पंक्ति घोकाउँछन् । तर के, हाम्रो देश बनाउन आजसम ती नीति, बाद, सिद्धान्त लागू भएको छ ? हामीले कुन विदेशी नेताको बाद खोज्ने हो ? कुन देशको नीति, सिद्धान्त लागू गनूपर्ने हो ? हामीले हाम्रै देश बनाउने नीति, सिद्धान्त, बाद लागू गर्ने पार्टी र नेता किन खोज्दैनौं ? समाजमा सबैभन्दा बढी शोषक नेतालाई हामीले समाजवादी नेता भन्छौं । साम्यवादी नेताको दैलो नै सबैभन्दा बढी सुनचाँदीले सिंगारिएको छ यहाँ ।  त्यसैले दाजुभाइ तथा दिदी बहिनीहरू, नेपाली नीति, नेपाली परिवेशको समाजवाद, सामाजिक विकास संरचनाको  सिद्धान्तलाई अवलम्बन गर्ने नीति हाम्रो उदाउँदो नागरिक उन्मुक्ति पार्टीले लिएको छ । यो हाम्रो २०७९ प्रतिनिधिसभा एवं प्रदेशसभाको घोषणा पत्र हो । तर हामी दर्जनौं पाना जनतालाई बेवकुफ बनाउने शब्द खर्चिदैनौं । हामीले गर्नसक्ने सम्भव कुरामा मात्रै जोड दिन्छौं । गरेर देखाउन सकिनेजति मात्रै बोल्छौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी अहिले साइवेरियाबाट उडेको पन्छीको झुण्डजस्तै छ । भर्खरै साइवेरिया ताल छोडेको पन्छीले दक्षिण एसियाको सुन्दर देश नेपालको रारा, फेवा, घोडाघोडी पुग्न अझै केही महिना जरूर खर्चिनुपर्ला । तर गन्तव्य निश्चित छ, साइवेरियाको पन्छीजस्तै ।  नागरिक उन्मुक्ति पार्टीको चुनावी घोषणा पत्रमा साइवेरियाली पन्छीको कुरा कहाँबाट आयो भनेर तपाइँहरू अचम्म मान्नुहोला । प्रत्येक वर्ष साइवेरिया लेकबाट लाखौं पन्छीको झुण्ड संसार विचरण गर्न निस्कन्छन् । त्यसरी उडेका पन्छी कोही उड्दाउड्दै समुन्द्रमा खस्छन् । कोही विरामी भएर बाटोमै मर्छन् । कोही बाटो भुलेर भड्किरहेका हुन्छन् । मर्ने पन्छीहरूको कथै समाप्त भो तर बाटो भुलेर भड्किरहेका हजारौं पन्छीहरूलाई साइवेरियाली पन्छीले पुनः घर लगेर जान्छन् । हाम्रो पार्टी पनि त्यही लक्ष्यमा छ । यहाँ गन्तब्यविहीन, लक्ष्यविहीन, अर्थविहीन राजनीतिक दलहरूको दबदबा भयो । यिनलाई भड्किएको, भुलेको बोटोबाट सही दिशा निर्देश गर्न नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।  शुभारम्भ विसं २०७९ फागुन ३ अर्थात् २०२२ फेब्रुअरी १५ तारिख नेपाल सरकार, निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीलाई आधिकारिक प्रमाणपत्र प्रदान ग¥यो । फागुन ३ गते जन्मिएको पार्टीले २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजयी प्राप्त ग¥यो । पार्टी जन्म भएको ८७ दिनमै ९९ जनप्रतिनिधि र एक जिल्ला समन्वय समिति सदस्यलाई जिताउन सफल नागरिक उन्मुक्ति पार्टीले नौं महिनामै प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको सामना गर्दैछ ।  जन श्रमदानबाटै मुलुकको विकास गर्न सकिन्छ  ‘भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता’ स्थापना गर्ने पार्टीको मुख्य उद्देश्य हो । पूर्ण अधिकारसहितको स्थानीय तथा प्रदेश सरकार हुनुपर्दछ र बनाइनुपर्दछ । भूगोल, संस्कृति र पहिचान स्थापित गर्ने सपना बोकेको विश्वको एकमात्रै राजनीतिक दल नागरिक उन्मुक्ति पार्टीले अब अक्सफोर्ड, हावार्ड, क्याम्ब्रिज होइन, हाम्रो आफ्नै पहिचान पढाउने विश्वविद्यालय हुनुपर्दछ भन्ने उद्देश्य राख्दछ ।  १.  हामी विश्वका ठूला र विकसित राष्ट्रको उदाहरण दिएर होइन, आफैं विश्वमा नमुना बन्न सकौं, अरू राष्ट्रले हाम्रो सिको गरून् । विश्वमा उदाहरणीय देशअन्तर्गत कसरी स्थापित गर्न सकिन्छ भन्ने सोच राखेर नीति निर्माण गर्नसके मात्रै हाम्रो देश समृद्ध हुनसक्छ भन्ने चेतना अवलम्बन गरौं ।  २. सत्य तथ्य कुराको मात्रै आँकलन गरौं । हावाबाट विजुली, नदीहरूमा पानीजहाज, एक वर्षभित्रै रेल गुडाउने मनगढन्ते दाबी गरेर सपना बाँड्ने राजनीतिक युगको अन्त्य गरौं । बरू जनताको साइकल, रिक्सा, कार, सार्वजनिक यातायात चल्ने राजमार्गको मर्मत सम्भार गरौं । मेचीदेखि महाकालीसम्मको चौविसै घन्टा जनता आवतजावत गर्ने पूर्व–पश्चिम रेलमार्ग बनाइ रेल गुडाउने सपनाको शब्द कुनै राजनीतिक दलले आफ्नो चुनावी घोषणपत्रमा उल्लेख गर्दैछ भने बुझौं, त्यो राजनीतिक पार्टीले फेरि पनि जनता ढाँट्ने कोसिस गर्दैछ ।  ३. केही समय पहिलेमात्रै हाम्रो देश नेपालमा समूहमा जन श्रमदान गरी सामाजिक कार्य गर्ने अतिराम्रो संस्कार थियो । आजभोलि त्यो संस्कार व्यक्ति स्वार्थका कारण विलीनजस्तै भएको छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले हरेक जनसरोकार, सामाजिक विकास, सामूहिक क्रियाकलाप, सार्वजनिक निर्माणका हरेक कार्यलाई जनश्रमदानबाट सम्पन्न गर्ने उद्देश्य लिएको छ । यसले राज्यबाट जन रोजगार प्रदान गरेको देखिन्छ र अन्य अतिरिक्त कार्य गरी जनताको आय आर्जनमा वृद्धि हुनेछ । सबैले स्मरण गर्नुपर्छ, सामूहिक श्रमदानबाट आज ठूल्ठूला देशहरू अतिविकसित राष्ट्रको सूचीमा दर्जित भएका छन् । ४. हरेक विकास निर्माण कार्यमा जन श्रमदान नै हाम्रो पार्टीको अभियान हुनेछ । पारिश्रमिकसहतिको श्रमदानले मुलुकमा भ्रष्टाचारको न्युनीकरण गर्दछ । यस्तो श्रमदानबाट निर्मित हरेक विकास कार्य पारदर्शी हुन्छ । ‘परिश्रमिकसहितको जनश्रमदान ?’ आश्चर्य नमान्नुस्, सही प्रक्रियाको अवलम्बन गरेर नै हाम्रा छिमेकी राष्ट्रहरु आज विश्वको अति विकसित राष्ट्र बनेको हुन् ।  युवा स्वरोजगार कार्यक्रम अहिले हाम्रो देशको सबैभन्दा विकराल समस्या भनेकै यूवाशक्तिको श्रम बाह्य मुलुकमा खर्च भैरहेको अवस्था हो । विश्वकप खेल्ने आकर्षक खेल मैदान देखि संसारकै गगनचुम्बि महल बुर्जखलिफा निर्माणमा हाम्रै नेपाली युवा श्रमको मुख्य हात छ । भन्दा आश्चर्य लाग्ला, तर विदेशमा हाम्रै युवाहरूले उत्पादित अधिकांश खाद्य सामाग्री हामी यतै उपभोग गरिरहेका हुन्छौं । भौगोलिक स्वर्गको उपहार पाएको नेपाल विश्वमा साँच्चै अल्छि र सूताहाको उपमा पाइरहेको छ । के हुँदैन यहाँ ? के सम्भव छैन यहाँ ? सब सम्भव भएर पनि असम्भाव्यताको उपमा हामीले नै बोकिरहेका छौं । हामी कहाँ बगिरहेका खोला नालाले हाम्रै भूमि भिजाउन हामी किन सकिरहेका छैनौं ? आफ्नो जमीन आफै खनजोत नगरेर विदेशको भूमि जोत्न किन बाध्य भईरहेका छौं । यो सबै चेतनाको अभावले झेल्न बाध्य छौं हामी । १.  युवाहरूलाई विदेशिनबाट रोक्न हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवा स्वरोजगार कार्यक्रमलाई विशेष ध्यान दिएको छ । हिमाल, पहाड, तराइका कुनै जमीनहरू खालि हुन नदिने हामीले विशेष प्याकेज नै तयार गरिरहेका छौं । विदेशबाट आयात  हुने फलफूल, तेल, दुग्धजन्य पदार्थ, माछामासु, आदिलाई पूर्ण रूपमा विस्थापित गराई केही वर्षभित्रै निर्यात गर्ने अवस्थामा पु¥याउने छौं । २. हामी कहाँ भूगोलविद् कृषि विज्ञलाई सम्मान गर्ने र तिनीहरूबाट उचित सुझाव ग्रहण गरी शिरोपर गर्ने अवस्था सृजना भैसकेको छैन । सामान्य र सहज रूपमै खोलानालाको पानीले धर्ति कसरी भिजाउने ? हिमाल, पहाड, तराइमा के कस्ता खेती गरेर प्रचुर मात्रामा लाभ लिन सकिन्छ, सो को अध्ययन गरि यूवा स्वरोजगार कार्यक्रमको विशेष र बृहत योजनाको तर्जुमा गर्नेछौं । ३. फलफुल तथा लहराजन्य खेतीमा ध्यान दिई हरितकण संकलन गरेर विश्वका विकसित राष्ट्रले दिने क्षतिपूर्ति सिधैं संकलकले पाउने व्यवस्था गर्नेछौं । ४. सरकारले भर्खरै अनुमति दिएका मासु उपभोग हुने प्रकारका वन्य जीवजन्तु तथा पशुपक्षीलाई पालन गरि विक्री वितरणका लागि विदेश निर्यात गर्ने व्यवस्था मिलाउने छौं । ५. ‘टेक्यो कि हरित, देख्यो कि हरित’ हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवाहरूलाई ल्याएको विशेष योजना हो ।  ६.  हाम्रो नागरिक उन्मुक्ति पार्टीको जनप्रतिनिधि भएको स्थानमा निशुल्क फलफूलको विरूवा प्रदान गीि उत्पादन हुने अवस्था सम्मको विशेष योजना ल्याउने छौं । ‘हाम्रा जनप्रतिनिधिले यी कार्य गर्ने छैनन्’ ( क) कृषि जमीनको खण्डीकरण ( ख) सार्वजनिक सम्पत्तिको दोहन ( ग) ठेक्कापट्टाबाट लाभ (घ ) धार्मिक क्षेत्रमा लगानी ( ङ) राजनीतिक विभेद् नीति लेखिएका नीतिभन्दा देखिएको नीतिले आज मुलुक बर्बादीकरणको बाटोमा छ । समाज र राष्ट्रको भन्दा निजी स्वार्थका कारण देश डुब्दैछ । नीति बनाउने पनि उही, लागू गर्ने, गराउने पनि उहीका कारण समाज अग्रपथमा लम्किन सकेको छैन । के छैन यहाँ ? के हुँदैन यहाँ ? के सम्भव छैन यहाँ ? यति हुँदाहुँदै पनि हामी असफल मार्गको रिले दौड किन दौडिरहेका छौं ।  देश दलका नेता कार्यकर्ताको दलालीका कारण डुब्दैछ । गलत नीति निर्माणका कारण आज विदेशी मुद्रा सञ्चिति हुन सकेको छैन । वार्षिकी अर्बौं रूपैयाँ विभिन्न बहानामा विदेशिन्छ । आफ्नै देशमा युवाहरूलाई शिक्षित बनाउनसक्ने न शिक्षा नीति छ, न शिक्षालय नै । भएका विश्वविद्यालयहरू शून्य हुन थालिसके । खेत बाँझा छन् । भएको उत्पादन बिक्दैन । वन रित्तिन थालिसके । कंक्रिटको महलमा बस्नेले वस्त्रदेखि खानपानसम्म विदेशी प्रयोग गर्न थालेका छन् । अनि कसरी बन्छ मुलुक ? नेपाली किसानको धान तीन हजार रूपैयाँ क्विन्टल बिक्री हुँदैन, विदेशी चामललाई दस हजार रूपैयाँ क्विन्टल तिरेर खानुपर्छ । अनि कसरी बन्छ मुलुक ? नेपाली किसानको तरकारी ५ रूपैयाँ किलोमा बिक्दैन, विदेशी तरकारी ५० रूपैयाँ किलोमा उपभोक्ताले किनेर खान बाध्य छन् । अनि कसरी बन्छ मुलुक ? विचौलियाको निर्मलीकरण नभएसम्म देश विकास सम्भव छैन । देश बनाउन ठोस नीति निर्माण र त्यसको सही कार्यान्वयन एकमात्र विकल्प हो । जस्तै : १.  नीति बनाएरै तरकारी, फलफूलको आयात बन्द गरिदिनुपर्छ । विदेशी तरकारी र फलफूल खाएरमात्रै हाम्रो जीवनयापन स्वस्थ र समृद्ध हुन्छ भन्ठान्नु गलत सोचको घर हो । तरकारी, फलफूल उत्पादनमा यहीँको युवा शक्तिलाई परिचालित गर्नुपर्छ । यहाँ प्रशस्त खाली जमिन छन्, युवा बेरोजगार छन् । खाली रहेका जमिन उपयोगिता र बेरोजगारी अन्त्यका लागि भएका उत्पादन खपत गराउने अनि बचेका निर्यात गरी विदेशी मुद्रा सञ्चिति गर्ने ठोस नीति बनाउने प्रण हाम्रो नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।  २.  विदेशी मदिरा, सुर्तिजन्य पदार्थ, नेपालीको आयभन्दा अधिक महँगा पोसाकजस्ताको आयातित चिजहरू नीति बनाएरै बन्द गरिनुपर्छ ।  ३.  देशमा एउटै शिक्षा अध्यापन गराउनुपर्ने नीति ल्याउनुपर्दछ । शिक्षालाई सस्तो र महँगो बनाउने वातावरण बन्द गरिनुपर्दछ । कर्णालीको नागरिक, कमैया, गरिबले पढ्ने शिक्षा र धनीले पढ्ने शिक्षा फरक हुनु हुँदैन । क, ख, ग, घ र एबीसीडी अक्षर सबैका लागि समान बनाइनु पर्दछ । नागरिक उन्मुक्ति पार्टीले यो नीति ल्याउन ठोस पहल गर्ने छ ।  ४.  शिक्षा कतिसम्म निशुल्क ? नागरिकलाई शिक्षित बनाउनु राज्यको दायित्व हो । जबसम्म शैक्षिक शुल्क र शिक्षालयको मापदण्ड तोकिदैन, तबसम्म शैक्षिक क्षेत्रमा विकृति मौलाइरहन्छ । कम्तिमा स्नातकसम्मको शिक्षा राज्यले नागरिकलाई निशुल्क प्रदान गर्नुपर्दछ अनि मात्रै देशका नागरिक पूर्णरूपमा शिक्षित हुने अवस्थाको सिर्जना हुन्छ ।  देश सबल, सक्षम र समुन्नत बनाउनका लागि जनता शिक्षित हुनैपर्छ, त्यसैले उत्कृष्ट शिक्षा नीति ल्याउनका लागि नागरिक उन्मुक्ति पार्टीले पहलमात्रै गर्नेछैन, ल्याएरै छोड्नेछौं भन्नेमा हामी दृढ छौं ।  स्वरोजगारमूलक शिक्षा सुन्दा आश्चर्य लाग्छ । तर यथार्थ यही हो । अब विश्वले नै धेरै छिटो अपनाउने शैक्षिक प्रणाली यही हुनेछ । हाम्रो नागरिक उन्मुक्ति पार्टी विजयी क्षेत्रमा लागू हुने यो शैक्षिक प्रणाली विश्वमै लागू हुने पहिलो शिक्षा प्रणाली हुनेछ । इन्टरनेटका कारण आज विश्व सांगुरिएको छ । संसारका आश्चर्य, अद्भूत र कहिल्यै कल्पना नगरिएका कुराहरू हामी आफ्नै हत्केलामा राखेर मोबाइल यन्त्रमार्फत् देख्न सक्छौं । त्यसका बारेमा जानकारी पाउन सक्छौं र सिक्न सक्छौं । आज युरोप, अमेरिकालगायत संसारका विकसित, अति विकसित मुलुकहरूमा विद्यार्थीहरूलाई फेल गराउन पाइँदैन । त्यहाँ अहिले पुस्तकीय ज्ञानभन्दा बढी व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ । ‘अबको शिक्षा व्यवहारिक र स्वरोजगारमूलक हुनु पर्दछ’ यो विश्वका विद्वानहरूको कथन हो । मुलुकमा चेतनशिल विद्वान नेताहरूको कमिका कारण आज सभ्य शिक्षित र चेतनशिल युवाहरू विदेशिन बाध्य छन् । किन ? यो देशमा रोजगार सम्भव छैन ? हिजो विश्वका अन्य राष्ट्रमा कृषि उत्पादन निर्यात गर्ने हाम्रो देश आज आयात मात्रै गर्ने अवस्थामा कसरी पुग्यो ? के यहाँको प्राकृतिक भौगोलिक अवस्था  त्यति जर्जर छ ? आँखा चिम्लेर मनन गरौं । बालुवै वालुवा मरूभूमि क्षेत्र खाडी मुलुक नेपाली युवाहरूको मेहनतले आज विश्वकप खेल्ने मैदान भइसक्यो । माटो नपाइने मुलुकले धान चामलमा आत्मनिर्भर भई निर्यात गर्न थालिसके । विदेश जाने सबै युवाहरू वैज्ञानिक, इन्जिनियर, डाक्टर बन्न पक्कै गएका होइनन् । श्रम बेचेर घर गुजारा चलाउने उद्देश्यले विदेशिएका हाम्रा युवाहरू जे पायो त्यही काम गर्न बाध्य छन् । किन ? कारण एउटै हो, हाम्रो सरकारले व्यवहारिक रोजगारमूलक शिक्षा दिएकै छैन । हाम्रो देशमा गलत व्यक्ति र तिनको प्रकृति हावी हुँदै गएको छ । त्यही कारण पनि युवाहरू वाक्क भई प्रवासिन बाध्य छन् । स् वरोजगारमूलक शिक्षा भनेको के हो  ? ( क) आत्मनिर्भर कसरी हुने  ? ( ख) आज सिकिएको शिक्षा भोलि कसरी लागू गर्ने  ? (ग) डाक्टर, इन्जिनियर, पाइलटमात्रै देशका दक्ष जनशक्ति होइनन् । कृषक, शिक्षक, सानो व्यपारलगायत माछा, पशुपन्छी पालक, आदि पनि देशका शिक्षित र सभ्य नागरिक हुन् भन्ने स्वीकारयुक्त शिक्षाको सुरूवात गर्ने । आज विश्वको परिचय फरक फरक तरिकाले हुँदै गएको छ । कुनै देश धानमा निर्भर छ भने कुनै देश माछामा । कुनै देश तोरीमा निर्भर छ भने कुनै देश माछामासु वा दुधमा । हाम्रो देश सम्भावनै सम्भावनाको देश हो । यहाँ जे गरे पनि हुन्छ । राज्यले सही दिशा निर्देश गरे विश्वकै गन्तीमा आउने फलफूल निर्यात गर्ने देश भनेर चिनिन सक्छ । आफ्नो उत्पादनले हामी मजाले जीवन धान्न सक्छौं । तर चेतनाको कमि र नेताहरूको विचौलिया पाल्ने धन्धाले आज हामी दिनप्रतिदिन गरिबीको रेखामुनी झर्दै गइरहेका छौं । हामीले नागरिक उन्मुक्ति पार्टी त्यसै खोलेका होइनौं । हामीसँग देश बनाउने खाका छ ।  महिला उद्यमीको विकास नेपालमा करिब ८७ प्रतिशत महिला गृहिणीको नाममा घरमै जीवन विताउन बाध्य छन् । समाज र राष्ट्रका लागि ‘नरनारी एक रथको दुई पांग्रा’ कथनमात्रै हुन गएको छ । संविधानले ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भनेता पनि यो अझै पूर्ण लागू भइसकेको छैन । यहाँ कलकारखाना उद्योग सञ्चालक पर्यटन व्यवसायी, व्यापारी, सामाजिक कार्यको अगुवा, निर्माण व्यवसायी तथा राज्यले संविधानमा निर्धारण गरेभन्दा बाहेक महिला सहभागीता लगभग शून्य छ । तपाईँले कहिल्यै सुन्नुभएको छ, यो पाँचतारे होटल सञ्चालक महिला हुन् ? फलाना सिमेन्ट उद्योगको सञ्चालक महिला हुन् ? अब हुनेवाला प्रधानमन्त्री महिला हुन् ? धेरै बोल्नु वा घोषणा पत्रमा उल्लेख गरिरहनु जरूरत छैन । के हामी आफ्न श्रीमती, बहिनी, आमा वा घरका अन्य महिलालाई कुनै व्यवसाय प्रमुख वा मुख्य जिम्मेवारी दिन सहमत छौं ? जे जस्तो होस् घर, समाज, राष्ट्र उत्थानका लागि महिलालाई सँगै लिएर गए दौड सहजै जित्न सकिन्छ । अहिले राज्यको सबैजसो टप्कामा प्रतिस्पर्धा गर्न सक्षम महिलाहरूलाई जरैबाट मलजल गर्नु आवश्यक छ । यसको पहलकदमि नागरिक उन्मुक्ति पार्टीले गर्न चाहन्छ । ग्रामीण गृहिणीको उत्थान, समाज र राष्ट्रको उत्थान हो । अब महिलाले चुलोचौको मात्रै होइन, साना उद्यमी घरमै बसेर बन्न सक्छन् । घरकै आँगन, बारी, करेसा डुल्दै आय आर्जन गर्न सक्छन् । घरखर्च, छोराछोरी पढाउने खर्च आफ्नै पटुकीमा साँचेको पैसाले पु¥याउन सक्छन् । झुपडीमा बसेर महल किन्ने आँट छ भन्ने दम्भको सिर्जना हरेक ग्रामीण महिलालाई गराउनु जरूरी छ । त्यसका लागि नौलो नभए पनि व्यवस्थित र परिपार्जित योजना महिलाहरूको लागि हामीले अगाडि सारेका छौं । स्थानीय महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार प्रदान गर्नु हाम्रो पार्टी नाउपाको प्रमुख दायित्व हो । ( क) सामूहिक फलफूल तथा तरकारी खेती ( ख) सामूहिक पशुपालन (माछा, भैंसी, बंगुर, कुखुरा, बाख्रा, माहुरी, आदि) ( ग) सामूहिक साना उद्योग (कपडा, दुना टपरी, अगरवत्ति, इत्यादि) (क) सामूहिक फलफूल तथा तरकारी खेतीः– बाँझो तथा सुलभ मूल्यमा जग्गा भाडामा लिई सामूहिक फलफूल तथा तरकारी खेती गर्न लगाउने । आवश्यक उपकरण, मलको जोहोमा ध्यान दिने । उत्पादन विक्रि वितरणका लागि बजारिकरणमा सहयोग पु¥याउने । यसरी यो प्रणालीमा सहभागी हुने महिला समुहलाई निःशुल्क विउ विजन उपलब्ध गराउने । (ख) सामूहिक पशुपालनः– व्यवस्थित पशु आश्रय स्थल (खोर, गोठ, घार, आदि) बनाउन टेवा पु¥याउने । वीउ पशु सहुलियत दरमा उपलब्ध गराउने । बजारिकरणमा सहयोग गर्ने । (ग) सामूहिक साना उद्योगः– स्थानीय महिलाले सीपको सदुपयोग नै साना उद्योग मार्फत गर्ने हो । महिला समुहले दुना टपरी, कपडा, झोला, पौराणिक सामाग्री उत्पादन (ढकिया, डेलवा, छिटवा, आदि) अगरवत्ति, मैनवत्ति तथा अन्य प्रकारको साना उद्योग सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम नागगरिक उन्मुक्ति पार्टीले ल्याउने छ । उत्पादनसँग नागरिकलाई जोडने विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो । आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरूत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याएको छ ।    

नेपाली काँग्रेसले राधाकृष्ण थारूलाई सम्झियोः परशुनारायण ‘आउट’

नेपाली काँग्रेसले राधाकृष्ण थारूलाई सम्झियोः परशुनारायण ‘आउट’

८३८ दिन अगाडि

|

१२ कात्तिक २०७९

नेपाली काँग्रेसले शनिबार पार्टी कार्यालय सानेपामा आगामी प्रतिनिधि र प्रदेश सभाको घोषणापत्र सार्वजनिक गरेको छ ।  सो घोषणापत्रमा पार्टीको पथप्रदर्शक भनेर विभिन्न व्यक्तिहरुको नाम दिइएको छ । जसमा राधाकृष्ण थारूको नाम अँटाएको छ । तर परशुनारायण चौधरीको नाम छैन ।  त्यस्तै, थारु, भूमिहीन, कमैया समुदाय लगायतको शान्तिपूर्ण संघर्षलाई आत्मसाथ त गरिएको छ । तर थरुहट मुद्दा, आन्दोलनबारे केही प्रसंग छैन ।  मुक्त कमैया, कमलरी लक्षित रोजगारी कार्यक्रम, नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने लगायत योजना छ । को थिए राधाकृष्ण थारू ? बर्दिया, रत्नापुरका राधाकृष्ण थारू भूमिहीन किसान सुकुम्बासीका अगुवा थिए २०१५ सालमा बर्दिया क्षेत्र नं ६४ बाट प्रतिनिधि सभामा नेपाली काँगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमिहीनहरूलाई अधिकार दिलाउनमा ठूलो योगदान छ ।  पछि राधाकृष्णका दुई भाइ छोरा पनि सभासद भए । २०५६ को प्रतिनिधि सभामा मंगलप्रसाद थारू कांगे्रसबाट सांसद चुनिएका थिए भने अर्का छोरा गोविन्द थारू नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा आन्तरिक विधायक चुनिएका थिए । यसरी थारु समुदायबाट एकै घरका ३ जना सांसद हुने श्रेय राधाकृष्ण थारूको परिवारलाई मात्र छ ।  आगामी चुनावमा बर्दिया १ (क) मा प्रदेश सभातर्फ उनै राधाकृष्ण थारूका छोरा श्यामप्रसाद थारु नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार तय भएका थिए । अहिले बर्दियामा नागरिक उन्मुक्ति पार्टीको माहोल राम्रो छ । श्यामप्रसाद थारु विजयी भएको भए एकै घरका ४ जना सांसद हुने रेकर्ड कायम हुनेथियो । तर अन्तिम समयमा उनी टिकटबाट वञ्चित भए । २०१५ सालमा बीपी कोइरालाले राधाकृष्ण थारूलाई मन्त्री मण्डलको सदस्य बनाउन प्रस्ताव गर्दा उनले परशुनारायण चौधरीलाई सिफारिस गर्दै भनेका थिए– परशुबाबु पढे, लेखेका शिक्षित गे्रजुएट छन् । म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ । परशुनारायण तत्काल शिक्षा मन्त्री बनाइए पनि । परशुनारायण नेपाली काँगे्रसको महामन्त्रीसम्म रही पछि पञ्चायत प्रवेश गरेर मन्त्री भई सुविधाभोगी राजनीतिमा लागे तर राधाकृष्ण थारू काँगे्रसको राजनीतिक लिकबाट कहिल्यै टसमस भएनन् ।  विसं १९६७ मा जन्मिएका राधाकृष्ण थारूको २०४५ साल मंसिर २५ गते निधन भयो, त्यसबेलासम्म उनी नेपाली काँगे्रस बर्दियाको सभापति थिए ।  राजा महेन्द्रले लोकतान्त्रिक सरकारलाई २०१७ पुस १ गते ुकुु गरी निरकुंश पञ्चायती व्यवस्था थोपरे । त्यसबेला राधाकृष्णको बर्दियाको कोठिया र रत्नापुर गाउँस्थित घर प्रशासनले सिल गरेको थियो । पक्राउ पूर्जी जारी गरिएका उनी सपरिवार भारत प्रवास हुन बाध्य भए । पछि सुवर्णशमशेरको वक्तव्यपछि राजाले आममाफीको घोषणा गरेपछि उनी २०२५ सालमा नेपाल आए। राधाकृष्णको राजनीतिक यात्रा केलाउँदा धार्मिक अभियानबाट सुरु गरेको देखिन्छ । राणाकालमा सभा, भेला गर्न, गराउन पाइँदैनथ्यो । तर २००१ सालमा उनले बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी)हरूको सम्मेलन गराए । सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे । उनले रैतीहरूको नाममा जग्गा हुनुपर्ने आवाज उठाए ।  २००३ सालमा उनले रैतीहरूबाट सही छाप गराएर उनीहरूको नाममा जग्गा हुनुपर्ने भनी विन्तीपत्र चढाउन श्री ३ पद्मशमशेरकहाँ काठमाडौं गए । व्यवस्था विरोधी काँगे्रसी भएको विरोधीहरूले बात लगाएपछि डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे। उनले श्री ३ समक्ष विन्ती चढाए– हामी व्यवस्था विरोधी होइनौँ। थारू रैतीहरूको वारेस भई उनीहरूको नाममा जग्गा जमिन हुनुपर्यो भनेर विन्ती चढाउन आएका हौं। त्यसपछि राधाकृष्णले छुटकारा पाए। उनले चढाएको विन्ती पत्रले काम गर्यो २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो। टोलीले १३ हजार विगाहा जग्गा भूमिहीन रैतीहरूको नाममा गरिदियो । तर उनीहरूले सो जग्गा एक वर्ष पनि राम्ररी उपभोग गर्न पाएनन् । राधाकृष्ण थारूले पुनः आन्दोलन चलाए । पछि अधिकार सम्पन्न आयोग बर्दियामा पठाइयो, जसले २५ हजार विगाहा जग्गा भूमिहीनहरूको नाममा गरिदियो। त्यसपछि उनी जमिनदारविरुद्ध अर्थात् बेठबेगारीविरुद्ध अभियानमा पनि लागे। राणा शासन ढलाउन २००७ सालको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाईमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो। क्रान्तिकारीहरूले बजार कब्जा गरेपछि उनकै अध्यक्षतामा स्थानीय प्रशासन चलाउन स्थानीय क्रान्तिकारी सरकारका रूपमा समितिसमेत गठन गरिएको थियो।  मेलमिलापको नीतिपछि स्वदेश फिर्ता भएका राधाकृष्ण थारू अस्वस्थ थिए। तर ४ वर्ष लगातार प्रशासनमा तारेख धाए। पछि केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधानपञ्चको उमेदवारी दिएपछि उनलाई प्रशासनले दुःख दिन छाड्यो।  त्यसबेला प्रशासनलाई लाग्यो, राधाकृष्णले पञ्चायतको समर्थन गर्यो तर उनको मनमा काँगे्रसबाहेक अर्को राजनीतिक आस्थाले स्थान पाएन।  २०१७ सालको कुमा जफत गरिएको सेफ प्रशासनले उनको छोरा मंगलप्रसाद २०५६ मा सांसद भएपछि मात्रै फिर्ता गयिो । अर्को छोरा गोविन्द थारूका अनुसार सेफभित्र आमाको बिहेका कपडाबाहेक अरु केही थिएन । चालीसौँ वर्षसम्म प्रशासनको चौरमा राखिएको सेफ खियाले थोरै खाएको थियो तर राधाकृष्णको परिवारले साँचो फेला नपर्दा, फुटाएर पनि सम्भव नभएपछि सेफ खोलेर हेर्न सकिएन । राधाकृष्ण थारूको सम्मानमा बर्दियाको सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामकरण गरिएको छ। चोकमा उनको अर्धकदको शालिक पनि ठड्याइएको छ । उनको नाममा राधाकृष्ण थारू जनसेवा केन्द्र संस्थासमेत खोलिएको छ। संस्थाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले राधाकृष्णको नाममा पार्क बनाउने घोषणा गरे पनि त्यो गर्भमै छ । उता परशुनारायण चौधरीको गाउँ देउखुरी गोवरडिहामा भने शालिक समेत ठडिन सकेको छैन । काँग्रेसले पनि उनलाई सम्झनाबाट ‘आउट’ गरेको छ ।   

देउवा–प्रचण्ड मिलनः २० वर्ष टिक्ला त ?

देउवा–प्रचण्ड मिलनः २० वर्ष टिक्ला त ?

८४५ दिन अगाडि

|

६ कात्तिक २०७९

आगामी चुनावपछि प्रधानमन्त्री को बन्ने अहिलेदेखि रस्साकस्सी छ । प्रधानमन्त्री शेबहादुर देउवा काँग्रेसले सबैभन्दा बढी सिट जीत हासिल गर्ने भएकाले स्वतः आफू प्रधानमन्त्रीको हकदार भएको दावी गरिरहेका छन् ।  उता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अबको प्रधानमन्त्री त तपाईं नै हो भनेर सबैले भन्ने गरेको अभिव्यक्ति दिन थालेका छन् ।  अहिले देउवाले हालको गठबन्धन २० वर्ष टिक्ने भनिरहेका छन् । यद्यपि अहिलेको गठबन्धन प्रधानमन्त्री को बन्ने भन्ने सवालमै देउवा–प्रचण्ड मिलन कति समयसम्म टिक्ने भन्ने देखिन्छ । यसअघिको एमाले–माओवादी गठबन्धन ५० वर्ष टिक्ने प्रचण्डको अभिव्यक्ति थियो । तर त्यो बेलुनझैं फुस्स फु्टयो ।  २०५९ मा देउवा प्रधानमन्त्री हुँदा प्रचण्डको टाउकोको मोल ५० लाख तोकिएको थियो । आफूसँगका धेरै सहकर्मी एमालेमा गएपछि कमजोर धरातलमा रहे पनि अहिले प्रचण्ड देउवासँग प्रधानमन्त्रीको मोलमोलाई गर्ने अवस्थामा पुगेका छन् ।  यसअघिको एमाले–माओवादी गठबन्धन ५० वर्ष टिक्ने भनिएकोमा बहुमतको सरकार हुँदाहुँदै ५ वर्ष पनि टिकेन । चुनावपछि सरकार बनाउने बहुमत पुग्न कुनै गाह्रो छैन । तर हालको गठबन्धन २० वर्ष टिक्ने भनिरहेकोमा प्रधानमन्त्री पदकै कारण २ वर्ष पनि नटिक्ला भन्न सकिन्न ।  आगामी सरकारमा भागवण्डा गर्न ठूला दलहरु गठबन्धनमा गए पनि स्थानीय चुनावमा भाग लिएका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी तथा नेमकिपाले मात्रै एकल चुनाव लडिरहेका छन् । 

केपी ओलीको क्षेत्रबाट उम्मेदवारी दिदै गरेका युग पाठकको घोषणा पत्रमा के छ ?

केपी ओलीको क्षेत्रबाट उम्मेदवारी दिदै गरेका युग पाठकको घोषणा पत्रमा के छ ?

८७४ दिन अगाडि

|

८ असोज २०७९

आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको पनि लहर चलेको छ । यसै क्रममा चर्चित लेखक युग पाठक पनि देखिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका लेखक युग पाठकले ‘उत्स्रवण आन्दोलन’ घोषणा गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट चुनाव लड्ने बताउँदै आएका उनले नयाँ वैचारिक आन्दोलन सहित निर्वाचनमा होमिएको बताएका छन् । प्रस्तुत छः उनको घोषणा पत्र जस्ताको तस्तै  ।  उत्स्रवण आन्दोलन र उम्मेदवारी (झापा–५) घोषणा  वर्तमान हराएको मान्छेको आत्मविश्वास हुँदैन आत्मविश्वास नभएको समाजको आत्मसम्मान हुँदैन आत्मसम्मान नभएको देशको कुनै सपना हुँदैन ।। खडेरी परेको जमिनले बिरुवा उमार्दैन । विचारको खडेरी परेको समाजले सपना जगाउँदैन । त्यसैले हामी बत्ती बालेर एउटा यात्रामा निस्कँदै छौं । विश्वविद्यालय होस् कि राजनीतिक पार्टीका मञ्च, चोक चौतारो होस् कि संसद् भवन, हामीले हाम्रो समाजमा ज्वलन्त समस्यामाथि सार्थक ज्ञानको बहस नगरेको धेरै भयो । निराशा छ, आक्रोश छ, प्रश्नहरू पनि छन् । तर लिखुरे प्रश्नलाई निराशा र आक्रोशले छोपेको छ । निराशा र आक्रोश किन यस्तो हाबी भयो त रु किनभने हाम्रा प्रश्न पनि ठीक ठाउँमा परिरहेका छैनन् । प्रश्नले समाजको चित्त पक्रिएन भने जवाफ नै नाजवाफ हुन्छ । चित्त फाटेपछि फगत निराशा र आक्रोश मात्रै बाँकी रहन्छ । चित्तमा सपना भर्ने विचारको अँजुलीले हो । हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम हो स् उत्स्रवण आन्दोलन। ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो । दार्शनिक संकट उत्स्रवण आन्दोलनको पहिलो निस्कर्ष के हो भने मानव संसार आज दार्शनिक संकटमा छ । आजसम्म विकास र प्रयोग भएका दार्शनिक प्रणालीहरू आजका ज्वलन्त समस्याहरू समाधान गर्न सक्षम छैनन् । संसारभर मानव समाज फगत आक्रोश र निराशामा फँसेको छ । खतरनाक वातावरणीय र मानवीय संकटको तुलनामा आर्थिक, राजनीतिक वा अरू सतहमा देखिएका संकटहरू त केवल रोगका लक्षणजस्ता मात्रै हुन् ।  राजनीति त्यही दार्शनिक संकटमा गाँठो परेकोे छ, समाज व्यवस्था अल्झेको छ । उत्साह हराएको छ, सपना मुर्झाएको छ । भएका दर्शन वा विचारले यो संकट बुझ्न र समाधान दिन सकिरहेका छैनन् । जनताले आत्मबोध त गरेका छन् तर यसको गुह्य कारण बेपत्ता छ । त्यो बेपत्ता संकटको जरा हामीले पत्ता लगाएका छौं । संसारलाई जालभित्र पार्ने त्यो दार्शनिक वैचारिक चक्रव्यूहको नाम हो ः युरो–उपनिवेशी व्यूह । ५ सय वर्ष अगाडि रचना भएको यो राजनीतिक व्यूहले चमत्कारी वैज्ञानिक र प्राविधिक आविष्कार त ग¥यो तर साथसाथै मानव समाजलाई अन्याय, अत्याचार र असमानताको दर्दनाक चक्रव्यूहमा फँसाइ पनि दियो । अनि प्रकृतिको सन्तुलन नै खलबल्याइदियो । संसारलाई उपनिवेश बनाउँदै युरोपले यो व्यूह रचना गरेको थियो । यो व्यूहले हाम्रो मन, मस्तिष्क, र जीवन मात्र होइन, देश नै उपनिवेश बनाइसकेको छ । हाम्रा सपना, जपना, सुख, दुःख, खुसी, निराशा सबै यही व्यूहले उत्पादन गरिरहेको छ । हाम्रो आफ्नो स्वत्व नै छायाँमा परेको छ, विषादमा डुबेको छ । आफ्नो भूमिमा सपना नै देख्न नसक्ने अनुभूतिले ग्रस्त युवाले विदेशकै सपना सजाउन थालेको धेरै भैसक्यो । यो देशमा केही हुँदैन भन्ने त थेगो नै भैसक्यो । देशलाई आफैं बनाउने कुनै सपना नभएको देशमा भ्रष्टाचारको बिगबिगी हुनु अस्वाभाविक होइन । सिमानाले होइन, सपनाले देशको अस्तित्व बनाउँछ । जब जमिनमा टेकेको, जनताको जीवनमा जरा गाडेको र प्रकृतिसँग मितेरी गाँसेको सपना हुँदैन, तब मानचित्रमा हुँदाहुँदै पनि मान्छेले देश हुनुको अनुभूति गर्दो रहेनछ । त्यसैले सत्ता, शक्तिमा पहुँच हुनासाथ राज्यकोष दोहन गर्ने र भ्रष्टाचार गर्ने रोगले मान्छे ग्रस्त हुँदो रहेछ । मानौं, ऊ हतार–हतार भेटे जति चीज पोको पारेर कतै भाग्ने तयारी गरिरहेको छ । कृषि समाप्त हुने क्रममा छ । विदेशबाट ल्याएको रेमिटेन्सको पैसाले विदेशबाटै खानेकुरा आयात गरेर खानुपर्ने त्रासद् देश बनाइसकेका छौं हामीले । विचारको हिसाबले त नेपालमा लामो समयदेखि कृषि उन्मूलन कार्यक्रम नै चलिरहे जस्तो लाग्छ । हाम्रो उत्पादन नगण्य छ, आयातको अंक भयावह छ । के यस्तो देशले नयाँ पुस्ताको निम्ति सपना फुलाउन सक्छ रु सक्दैन र सकिरहेको पनि छैन । कल्पना गरेर ल्याउँदा यो देशको भविष्य खतरनाक मोडमा उभिएको छ । मानौं, युद्ध वा प्राकृतिक विपद्ले रेमिटेन्सको स्रोतमा धावा बोल्यो । हाम्रो अवस्था के होला रु आधा करोडभन्दा बढी मान्छे विदेशमा छन् । उनीहरू फर्कनु परेको घडी के होला रु उनीहरू निष्क्रिय र बूढो शरीर मात्र होइन, आक्रोशित र निराश मन पनि सँगै लिएर फर्कनेछन् । पैसाको स्रोत त सुक्छ नै, बाँझो र विषादीले जर्जर बनाएको जमिनबाट अचानक सबैलाई पुग्ने अन्न त उब्जँदैन । जहाँबाट हामी अन्न आयात गरिरहेका छौं, त्यहीँ खडेरी वा कुनै कारणले कम उत्पादन भैदियो भने रु आजको विश्व–व्यवस्था ९युरो–उपनिवेशी व्यूह०ले यस्ता संकट संसारभरि उब्जाइरहेको छ । यसको सबैभन्दा पहिलो शिकार नेपालजस्तै पराश्रित, परामुखी र परनिर्भर देश नै हुने हुन् । युरो–उपनिवेशी व्यूह ले संसारकै मानव–जगत्लाई भीरको डीलमा पु¥याएर छाडिदिएको छ । वातावरणीय संकट चरम छ । केही महिनाको खडेरी, तापमान वृद्धि र डढेलोले नै आज युरोप, अमेरिकालाई आच्छु–आच्छु पारिदिएका छन् । बेलायतको थेम्स नदी, जर्मनीको रायन नदी, अमेरिकाको कोलोराडो नदीहरू सुकेर भयानक संहारको संकेत गरिरहेका छन् । युक्रेन युद्ध होस् वा वातावरण्ीाय संकट, संसारकै अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । प्रकृति र मान्छेको जीवनमा आइरहेको संकट त झनै कहालीलाग्दो छ । प्रकृति बनाम मान्छे, संस्कृति बनाम संस्कृति, धर्म बनाम धर्म, देश बनाम देशको अपरिमित द्वन्द्वको सिद्धान्त युरो–उपनिवेशी दर्शनकै उपज हो । यो घर्षणको सिद्धान्तले मानव–जगत् मात्र होइन, प्रकृति नै भयानक ठूलो शोषण, दोहन र उपनिवेशको सिकार भयो । यसबाट बाहिर निस्कन हामीले आन्तरिक रूपमा प्रकट भएका विविध उपनिवेशी ज्ञान र राजनीतिबाट आफूलाई लाभाजस्तै बाहिर निकाल्नु पर्नेछ, अर्थात् उत्स्रवण गर्नुपर्ने छ । हामीले लामो समयदेखि निर्माण र अभ्यास गरेको राज्य–सत्ता युरो–उपनिवेशी व्यूहकै हिस्सा भएको हुनाले यसले पनि अनेक आन्तरिक उपनिवेशको रचना ग¥यो । प्रकृति, विविध समुदाय र महिलामाथि उपनिवेशी शासन चलाएर यसले परिवार, समाज र देशभित्रै अनेकन परस्पर विरोधी भिन्नताहरू सिर्जना ग¥यो । हामीले आन्तरिक उपनिवेशबाट मुक्त गरेर सबै हातहरू र सबै साथहरू नजोड्ने हो भने युरो–उपनिवेशी व्यूहबाट बाहिर निस्कने शक्ति पुग्दैन । त्यसैले यो दार्शनिक संकटबाट बाहिर निस्कनका निम्ति यो व्यूह चिन्ने नयाँ ज्ञान, नयाँ वैज्ञानिक दर्शन÷विचारको आवश्यकता छ र त्यही ज्ञान÷विचारको उज्यालोमा नयाँ राजनीति र नयाँ समाज स्थापना गर्नुको विकल्प छैन । अब त यो शासकीय अहंकार वा शक्तिको मात्रै कुरा रहेन, प्रत्येक व्यक्ति र प्रकृतिको अस्तित्वको सवाल हुन आयो । आफ्नो वर्तमान, आफ्नो स्वत्व नक्कली राजनीतिबाट जोगिन सक्कली राजनीति चाहिन्छ । नक्कली विकासबाट जोगिन सक्कली विकास चाहिन्छ । भूत र भविष्य चिन्न, वर्तमानको बोध चाहिन्छ । नक्कली राजनीति र विकासको बोझले नेपाल थिलथिलो भएको छ । नेपाली जनता निराश छन् । यी बोझ, यी निराशाबाट बाहिर निस्कन नेपाली जनताले नयाँ विचार र नयाँ चेतनाको ज्योति खोजेका छन् । आफ्नो स्वत्वको अनुभव हुनका लागि आफ्नो माटोको सुगन्ध चाहिन्छ । हामी उत्स्रवण आन्दोलनमार्फत् त्यही ज्योति संसारभर बाल्न खोजिरहेका छौं । युरोपबाट आयातित राजनीतिक विचारले धेरै परिवर्तनका निम्ति सकारात्मक योगदान ग¥यो । तर यसले निरन्तर संसारलाई उपनिवेश बनाइराख्ने प्रपञ्च पनि सँगसँगै ग¥यो । त्यसैले संसारै संकटमा पर्दा हामीले सोच्नुपर्ने भयो, हाम्रो स्वत्व के हो रु विकासे साँढे देखाएर हामीलाई अविकसित साबित गर्ने । पुँजीवादको भूत देखाएर हामीलाई भूतकालको नागरिक तुल्याउने । हामीलाई भूतकालमा ठेगान लगाएर युरोप अमेरिकामा भविष्य देखाउने । यो दार्शनिक प्रपञ्चबाट बाहिर निस्केर हामीले आफ्नो वर्तमानमा ठेगाना खोज्नुपर्ने भएको छ । हाम्रो स्वत्व र पहिचानमा खडा भएर आफ्नो भविष्यको रेखाङ्कन आफैं गर्ने नयाँ विचार खोज्नुपर्ने भएको छ । भविष्य भनेको बनाउने कुरा हो । आजको युरोप अमेरिका न त हाम्रो भविष्यको चित्र हो, न त उनीहरूकै भविष्य हो । वर्तमान चिन्ने र भविष्य बनाउने कुरा त सधंै एउटा रचनात्मक र सिर्जनात्मक प्रक्रिया हुन्छ । तर भूतकालको नागरिकले न वर्तमान चिन्छ, न त भविष्यकै खाका कोर्न सक्छ । ऊ युरोपको ऐनामा आफ्नो अनुहार खोज्दाखोज्दै मानसिक रोगी पो हुन्छ । हाम्रो सारा विकासको नारा, वैदेशिक लगानी, ऋण र अनुदानको खेल त आफूलाई हराएर अरुको फोटोमा आफ्नो अनुहार खोज्ने भ्रमको दन्तेकथा पो रहेछ । त्यसैले अब सबैको शीर उठाऔँ । प्रकृतिको शीर उठाऔँ, जग्गा–जमिनको शीर उठाऔँ, नदी–नालाको शीर उठाऔँ, वनजंगलको शीर उठाऔँ, जडीबुटीको शीर उठाऔँ, स्थानीय ज्ञानको शीर उठाऔँ, किसानको शीर उठाऔँ, आदिवासी र जनजातिको शीर उठाऔँ, दलित र महिलाको शीर उठाऔँ, थारु र मधेसीको शीर उठाऔँ, सबै–सबै उत्पीडित, अल्पसंख्यक, सीमान्तकृत, पिछडा वर्ग र समुदायको शीर उठाऔँ । सबै धार्मिक समुदायको शीर उठाऔँ, गरिब किसान–मजदुरको शीर उठाऔँ, अर्थात् सारा देशको शीर उठाऔँ । सबै समुदाय र सबै हातहरु जोड्न, सबैको श्रम र पसिना जोड्न, सबै जमिन र मन जोड्न, अब पनि हामीले पहल नगर्ने हो भने युरो–उपनिवेशी चक्रव्यूहबाट यो देश उत्स्रवण गर्न सक्दैन । ठूलो उपनिवेशी व्यूहबाट निस्कन हामीभित्रैका आन्तरिक उपनिवेशी जञ्जाल तोड्नैपर्छ । देशको वर्तमानमा जरा फैलाएर उभिने हो भने सबैको शीर उठाउनैपर्छ । नयाँ विश्वदृष्टि निर्माण अभियान पुरानो विश्वदृष्टि बदल्ने तागत नयाँ विश्वदृष्टिसँग मात्रै हुन्छ । सपना देख्ने तागत सिर्जनशील मस्तिष्कमा मात्रै हुन्छ । अरूजस्तै बन्ने सपना, सपना नै होइन । आफूजस्तै बनेर केही नयाँ सिर्जना गर्ने सपना नै वास्तविक सपना हो । सिर्जनशीलता र स्वप्नशीलतामा नै वास्तविक सुख र आनन्द हुन्छ । हामीले सिर्जनशील भएर नसोचेको कति भयो रु अरूजस्तै बन्ने होडमा आफ्नो वर्तमान गुमाएको कति भयो रु पुरानो विश्वदृष्टिको चक्रव्यूहमा परेर समाजको प्रयोगशील र स्वप्नशील चरित्र गुमाएको कति भयो रु हामी अझै पनि स्वीटजरल्यान्ड वा सिंगापुर हेरेर दुःखी छौं । अझै पनि लि क्वान यु वा अरू कुनै हिरो सम्झेर आफैंलाई नतमस्तक तुल्याइरहेका छौं । हामी आफैंले आफैंलाई चिन्न नसकेको कति भयो रु यस्तो लाग्छ, मानौं हाम्रा हरेक बच्चा गर्भदेखि नै हातमा डिभी भिसाको निवेदन बोकेर यो धर्तीमा च्याहाँ गर्न आइरहेका छन् । जवानहरू मानौं यस्तो छाति हुर्काइरहेछन् जो फगत विदेशी सेनामा भर्ती हुनकै लागि कुनै फिता खोजिरहेछ । देश भनेको जनता हो । जनताको सपना नै जब विदेश हुन्छ, देश कहाँ हुन्छ रु यी सबै युरो–उपनिवेशी व्यूहले उत्पादन गरेको जिनिस हो । सपना जब कुनै चिनियाँ कम्पनीको उत्पादन हुन्छ, त्यो सपना जुनसुकै बेला कुनै न कुनै सिमानामा अल्झिएरै समाप्त हुन्छ । त्यसैले वर्तमानमा खडा हुने हिम्मत गरौं । राजनीति केही हो भने जनताको सामूहिक र संगठित आवाज हो ।  राजनीतिलाई जनताकै राजनीति बनाउन अब पहल गर्नैपर्छ । राजनीति कसैले ठेक्का हालेर पाउने कुनै अवसर होइन । राजनीति कसैको पैत्रिक सम्पत्ति पनि होइन, जो वंशजका आधारमा पाउने कुरा हो । राजनीति त वर्तमानको कर्मको कसी हो । जनताले राजनीति छाम्न, परख गर्न पाउनु पर्छ । पाएनन् भने त्यो राजनीति नै हैन । आम जनतालाई हामी आह्वान गर्न चाहन्छौं, तपाईंको भागको राजनीति तपाईं स्वयम् गर्नुहोस् । राज्यलाई आफ्नो राजनीति अनुकूल हिँडाउन सधंै पहल गर्नुहोस् । शीर उठेको समाजले मात्र आफ्नो राजनीति आफैं गर्न सक्छ । एक जना मात्र मान्छे तपाईंको घर, समाज वा देशमा शीर झुकेको अवस्थामा छ भने तपाईंको घर, समाज वा देश कहिल्यै स्वस्थ र सबल हुँदैन । प्रकृति, मान्छे र ब्रम्हाण्ड सबै एक अर्कामा अन्योन्याश्रित रूपमा जोडिएका छन् । प्रत्येक चीज प्रत्येक चीजसँग जोडिएर मात्रै अस्तित्वको रचना हुन्छ । एकको विरुद्ध अर्को होइन, सबै सबै एक अर्कासँग जोडिएर नै ब्रम्हाण्डको रचना भएको हो । त्यसैले सबैको शीर उठेको समाज बनाउन जरुरी छ । अब हामी यस्तो महान् राजनीति बनाऔँ कि सबैको शीर उठेको समाज निर्माण गर्ने हाम्रो उद्देश्य होस् । अनि मात्र हामी एउटा सुखी, समृद्ध र रचनात्मक समाज बनाउन सक्छौं । एकको विरुद्ध अर्को भिडाउने युरो–उपनिवेशी विश्वदृष्टिबाट अब हामी लाभाजस्तै उम्लेर बाहिर निस्कौं र त्यसपछि लाभाजस्तै जमेर एउटा सुन्दर संसारको निर्माण गरौं । उम्मेदवारीको रहस्य दार्शनिक जवाफ नै वास्तविक प्रश्नको जवाफ हो । त्यसैले केही दार्शनिक सवालमा मन्थन गर्नु जरुरी भयो । यस सन्दर्भमा विस्तृत घोषणापत्र छिटै पुस्तकका रूपमा तपाईंको हातमा हुनेछ । त्यसले पनि पुग्दैन, नयाँ–नयाँ ठेली लेख्न र नयाँ विश्वदृष्टि निर्माणमा योगदान गर्न धेरै सिर्जनशील मस्तिष्कहरू सक्रिय हुनेछन् भन्ने विश्वास गर्नुपर्छ । यहाँनेर सवाल उठ्छ स् पुरानो वैचारिक पृष्ठभूमिमा बनेको संसद्मा उम्मेदवारी किन रु उसै पनि दलीय व्यवस्थामा एक जना स्वतन्त्र सांसदको भूमिका कति प्रभावकारी होला रु प्रश्न यो पनि छ । हामी के स्पष्ट गर्न चाहन्छौं भने उत्स्रवण आन्दोलनअन्तर्गत एक स्वतन्त्र उम्मेदवारी वा एक आवाजको भूमिका अहम् छ । वैचारिक अन्धकारमा छटपटाइरहेको दुनियाँमा यो एक बत्ती बाल्नु सरह महत्त्वपूर्ण छ । हामीले परिकल्पना गरेको दार्शनिक दृष्टि अनुरूप यो देश र संसारलाई नै हिँडाउन केही समय पक्कै लाग्छ । तर बत्ती कहीँ न कहीँबाट बाल्नैपर्छ । त्यसैकारण हामी पूर्व झापाबाट बत्ती बाल्न सुरु गर्दैछौं । यो बत्ती तुरुन्तै देशभरि र संसारभर बाल्न हामी प्रयत्न गर्नेछौं । जसलाई जहाँबाट बत्ती बाल्ने जुनून पैदा हुन्छ, त्यहीँबाट बत्ती बाल्न कुनै छेकथुन हुनेछैन । आलोचनात्मक र रचनात्मक हुने नैसर्गिक अधिकारसमेत प्रयोग गर्ने स्वतन्त्रता पनि सबैमा हुनेछ । यसैलाई जनताहरूको राजनैतिक स्वतन्त्रता भनिन्छ । हामी हुर्कनेछौं, बढ्नेछौं  र एउटा महान् सपनाको सन्देश संसारलाई दिन सफल हुनेछौं । तीन अभियान १ स्थानीय ज्ञानको शीर उठाऔँ मोबाइलको स्क्रिनमा हजारौं घण्टा घोप्टिएर हामीले अमेरिकी कम्पनीहरूलाई धनी बनाइसक्यौं । अब जनताको ज्ञानलाई तिनै सामाजिक सञ्जालमार्फत् भाइरल बनाऔं । फेसबुक पोस्ट, ट्विट, टिकटक जे बनाए पनि हुन्छ, तर हाम्रो परिवारभित्र भएका रैथाने ज्ञानलाई भाइरल बनाऔं । हाम्रा पनि ज्ञान छन् । कुनै ज्ञान ठूलो र कुनै सानो हुँदैन । संसारभर बनेका ज्ञान साझा हुन् । युरो–उपनिवेशी व्यूहले हाम्रो ज्ञानलाई पिछडा भन्यो । अब हामी भनौं, हामीसँग पनि पाइला–पाइलामा ज्ञान छ, हामी पिछडा होइनौं । यो नै हाम्रो वर्तमानमा उभिने औजार हो । हाम्रो वर्तमानको खोजी हो । यसैमा जोडेर ‘हामी पनि सोच्न सक्छौं’ अभियान चलाऔं । आफ्नै ठाउँमा गर्न सकिने अनेक कुरा हुन्छन् । समाजलाई स्वस्थ र सुन्दर बनाउने नयाँ–नयाँ उपाय हामी नै खोज्न सक्छौं । शिक्षक तथा विद्यार्थी साथीहरू प्रत्येक विद्यालय तथा कलेजलाई वास्तविक रैथाने चिन्तनगृह ९त्जष्लप९त्बलप० बनाउनुहोस् । स्थानीय जनप्रतिनिधि साथीहरू, तपाईंका प्रत्येक कार्यालयलाई सिर्जनशील काम गर्ने विश्वविद्यालय बनाउनुहोस् । प्रत्येक पार्टीका कमिटी, गाउँटोल सबैले आफ्नो समाज आफैं बनाउने उपाय सोच्नुहोस् । हामी सबैले बल नगर्ने हो भने केही वर्षमै यो देश ठूलो संकटमा फस्नेछ, त्यतिखेर हामी सबै भूकम्पले भुइँमा ल्याइपु¥याएका निरीह मानिसजस्ता हुनेछौं । हाम्रा रचनात्मक उपायहरू सकिने जति आफैं लागू नगरौं, राज्यलाई पनि गर्न बाध्य पार्ने आन्दोलन सिर्जना गरौं । एउटा नयाँ आन्दोलन, सपनाको आन्दोलन । आन्दोलन, आन्दोलन र आन्दोलनको आँधीबेहरी उठाऔं । २ जन–जनको शीर उठाऔँ युरो–उपनिवेशी ज्ञान–सत्ताको चक्रव्यूहमा परेका संसारका सबै सत्ताहरूले तह–तहका उपनिवेश निर्माण गरेका छन् । भूमि मात्र होइन, समुदाय तथा प्रत्येक व्यक्तिको चित्त, व्यक्तित्व र शरीरलाई समेत उपनिवेश बनाएर शोषणको सत्ता चलाएका छन् । यस्ता सत्ताहरूले शीर झुकाएका समुदायहरू, महिला, गरीब, किसान सबैको शीर उठाउन प्रत्येक समाजले आफैं जागरुक हुनुपर्छ । शीर झुकेका मानिसहरू हुनु भनेको समाज बिरामी हुनु हो । बिरामी समाजको आफ्नो स्वत्व हुँदैन । आफूभित्रको उपनिवेश खारेज नगरेसम्म अन्तराष्ट्रिय उपनिवेशकारी सत्तासँग लड्न सकिन्न । त्यसैले जन–जनको शीर उठाउने अभियानमा प्रत्येक ठाउँ र प्रत्येक मान्छे आफैं लागौँ । ३ प्रकृतिको शीर उठाऔँ युरो–उपनिवेशी व्यूहले भन्ने गरेको पुँजीवाद वास्तवमा सीधासाधा पुँजीको विकास गर्ने विचार होइन । यो पुँजीवादको नाभीमा नै युरोपले संसारभर लुट मच्चाएर रचेको उपनिवेशकारी विचार छ । त्यसैले यो पुँजीवाद संसारभर जहाँ–जहाँ पुग्यो, त्यहाँ–त्यहाँको स्थानीयता समाप्त पा¥यो । ९हाम्रा अमूल्य सभ्यता नष्ट ग¥यो र संसारभरको स्रोत–साधन दोहन गरेर भीमकाय पुँजीवादी सत्ता खडा ग¥यो । यसले विकासको नाममा प्रकृतिको यति विनास ग¥यो कि आज मानव स्वयम् अस्तित्वको संकटमा खडा छ । त्यसैले प्रकृतिको शीर उठाउने, प्रकृतिमैत्री कृषि प्रणाली ९हाम्रा परम्परागत ज्ञानमा आधारित खेती प्रणाली० मार्फत् रैथाने ९अर्गानिक० खाना र स्वस्थ जीवनको आधार निर्माण गर्ने अभियान हामीले नेपालबाटै सुरु गर्नु पर्नेछ । तत्कालीन राजनीति वैचारिक प्रणालीहरू जेजस्ता भए पनि माथि उल्लेख गरिएका धेरै कामहरू सुरु भैसकेका पनि छन् । विचार ठीक ठाउँमा पार्ने बित्तिकै यी कामले गति पाउँछन् र परिणाम निकाल्छन् । त्यसैले तत्कालीन राजनीति पनि जनताको ज्ञान, सीप, शील्प, श्रम र शक्तिको शीर उठाउने विचारकै बत्ती बालेर सुरु गर्नुपर्छ । हामी जुन ठाउँमा छौं, त्यहीँबाट थाल्नु नै वास्तविक थालनी हो । तर दुई दिन, दुई महिना वा दुई वर्षमै ठूलो परिवर्तन आउने छैन । त्यसैले हामी जहाँ जसरी बाँचिरहेका छौं, त्यहीँबाट उत्स्रवण अर्थात् लाभाजस्तै उम्लेर उठ्दै जाने हो । जहिलेसम्म हाम्रो विचार जमेर ठोस भैरहन्छ, यो सम्भव छैन । नयाँ विचारको शक्तिमार्फत् व्यावहारिक हस्तक्षेपसँगै उम्लिने, पग्लिने र यो चक्रव्यूहबाट राँको बाल्दै बाहिर निस्कने हो । त्यसैले हामीसँग भएको संसद्मा विचारको हस्तक्षेप गर्नु जरुरी भयो । जनताको राजनीतिलाई जनताकै घरदैलोमा पु¥याउने, जनताकै रैथाने सत्ताहरू स्थापना गर्ने र भुइँको शक्तिबाट संसारमा हस्तक्षेप गर्ने कामका निम्ति हामी झापा क्षेत्र नं। ५ मा चुनाव लड्ने छौं । निदाइरहेको र बेकम्मा भैरहेको संसद्लाई जगाएर असफल राजनीतिलाई जनताको सेवामा सक्रिय हुने राजनीतिमा बदल्ने छौं र जनतालाई राजनीतिक स्वतन्त्रता दिलाउन भगीरथ प्रयत्नमा जुटेका छौं । तत्कालीन एजेन्डाहरू १। कृषिलाई पहिलो प्राथमिकतामा राखिनु पर्छ । कृषिको आधुनिकीकरण नामको नक्कली कार्यक्रममार्फत् हालसम्म कृषिलाई ध्वस्त पारिएको छ । खानेकुरामा परनिर्भर समाज निर्माण गरिएको छ । आधुनिकताको नाममा किसानलाई निरन्तर अपमान गरिएको छ । खाने कुरामै परनिर्भर देश, कहिल्यै स्वाधीन हुन सक्दैन । त्यसैले किसानको शीर उठाउने र कृषिलाई प्रथम महत्त्व दिने विचारअन्तर्गत समाज र राज्यको चरित्र बदल्नु पर्छ । मोन्सान्टो जस्ता कर्पोरेटहरू संसारबाट उन्मूलन गरिनु पर्छ । कृषिलाई जनताको अधिकारको रूपमा स्थापित गर्नुपर्छ । कृषि भनेको विकसित हुनुभन्दा पहिलेको अविकसित समाजको विशेषता होइन । मानव समाजको अस्तित्वको पहिलो आधार हो । नेपालबाट पनि कृषिको कम्पनीकरण बन्द गरिनुपर्छ । कागजी झमेला हटाएर कृषि र किसानलाई राज्यले सीधै लगानी गर्नुपर्छ । कृषिमा सामुदायिक लगानी र पहल जुटाउने किसानलाई राज्यले सीधै सघाउनु पर्छ । कृषिमा सोचदेखि व्यवहारसम्म आमूल परिवर्तन हाम्रो प्राथमिक एजेन्डा हुनेछ । यसका निम्ति हामी सुरुदेखि नै लड्नेछौं । सबै पार्टी र राज्यका निकायले यो माग स्विकार गर्नैपर्ने स्थिति हामी ल्याउनेछौं । २। आफ्नो धर्तीमा अवसर नदिएपछि धेरै जनता वैदेशिक रोजगारीमा जान बाध्य भए । यो स्थिति उल्ट्याउन हामीले आत्मनिर्भर अर्थतन्त्र र आफ्नै खुट्टामा उभिने देश बनाउनै पर्छ । तर तत्कालै पनि रेमिटेन्सको जो राजनीति चलिरहेको छ, त्यसलाई बदल्न जरुरी छ । रेमिटेन्सको पैसाले देश चलाउने, भन्सार उठाउने, आयात गरेका सामानमा थप कर लगाउने, बैंकले त्यही पैसामा छेलोखेलो गर्ने, जीडीपीमा हिसाब निकाल्ने तर त्यही रेमिटेन्स कमाउन जानका लागि ऋण, मिटर ब्याज, दुःख, आँसु चैं श्रमिक जनताले एक्लै बेहोर्नुपर्ने रु यो उल्टो व्यवस्था हो । रेमिटेन्स कमाउने सबै जनतालाई आधारभूत ऋण राज्य र यसका निकायले आफैं दिनुपर्छ । अनि हालसम्म बेहोर्नुपरेको सबै मिटर ब्याज तत्काल मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्छ । उनीहरूले पठाएको रेमिटेन्सलाई बैंकहरूले पैसाकै छेलोखेलो मात्रै गर्ने धन्दामा लगाउन सक्ने, तर राज्यले त्यसलाई उत्पादनशील काममा लगाउन पहल किन नगर्ने रु हामी यो उल्टो व्यवस्थालाई सुल्टो पार्ने राजनीति र नीति बनाउन जोडदार धमाका उत्पन्न गर्नेछौं । ३। देश छ भने कोही किन सुकुम्बासी हुने रु देश भनेको साझा कर्मथलो हो । कोही भूमिपति र कोही भूमिहिन हुने देश हुँदैन । कि सबै जमिन देशको कि जनताको । त्यसैले ऐतिहासिक र प्राकृतिक विपत्तिका मारले भूमिहिन सुकुम्बासी बनाइएका सबै जनतालाई सुकुम्बासी हुनुको दुःखबाट एकैपटक मुक्त गरिनुपर्छ । तिनै जनताको शक्तिले आत्मनिर्भर अर्थतन्त्र र स्वाधीन देश बनाउनुपर्छ । यो राजनीतिक निर्णयका निम्ति हामी निरन्तर दबाब बनाउनेछौं । ४। विदेशीका सामु हात पसार्ने होइन, जनताको सामु अँगालो फैलाउने देशको मात्रै प्रगति हुन्छ । विकासका नाममा ठूला प्रोजेक्टको मात्रै नक्सा कोर्ने र ऋणमाथि ऋणको बोझ जनताको थाप्लोमा हाल्ने राजनीति अब फेर्नुपर्छ । जनता र राज्यको बीचमा आदानप्रदानको राजनीति बनाएपछि जनताकै पहल र राज्यको अभिभावकत्वमा हाम्रो प्रगति हामी आफैं गर्ने हो । यसले मात्र जनतालाई वास्तवमै सार्वभौम नागरिक बनाउँछ । ५। स्थानीय स्रोत, स्थानीय ज्ञान, स्थानीय उत्पादनमा जोड दिनुपर्छ । संसारबाट सिक्ने र चाहिने ज्ञान तथा साधन ल्याउने छँदैछ । तर एउटा शीर उठेको समाज र देशले मात्र संसारबाट सिक्न र आफ्नो भविष्यको खाका आफैं कोर्न सक्छ । शीर निहुरिएको समाज सिर्जनशील हुँदैन । हामी स्थानीय ज्ञान, स्रोतसाधन र स्थानीय उत्पादनको शीर उठाउने अभियान चलाउनेछौं । ६। शिक्षा र स्वास्थ्यको अधिकार मौलिक अधिकार हो । राज्य र समाज मिलेर सबैलाई शिक्षा र स्वास्थ्यको अधिकार ग्यारेन्टी गर्न रचनात्मक आन्दोलन चलाउनेछौं । ७। स्कूल कलेजबाट उदाउँदो पुस्ताको शीर उठाउँ । शिक्षालाई दबाब र अपहेलनाको होइन, सिर्जनाको आधार बनाऔं । शीर उठेको नयाँ पुस्ता वैज्ञानिक हुन्छ, दार्शनिक हुन्छ, विचारक हुन्छ, कर्मशील उद्यमी हुन्छ र देश काँधमा बोकेर उभिन्छ । घरघरबाट शरिर, मन र उत्पादकत्वको उपनिवेशबाट मुक्त गरेर महिलाको शीर उठाउँ । शीर उठेका महिलाले घर, परिवार, समाज र देशलाई जुरुक्कै उचाल्ने तागत राख्छन् । छरछिमेक, संघसंस्था र राज्यबाट उपनिवेशकारी विचार र व्यवस्था हटाउँदै सबै उत्पीडित समुदायको शीर उठाउँ । उँचनीच, भेदभाव र उत्पीडन हटाएपछि पुरै समाजको शीर उठ्छ । हातमा हात, साथमा साथ जोडिन्छ । प्रकृति, जलजमिन, वन, कृषिलाई उपनिवेशकारी दमनबाट मुक्त गरौं । प्रकृतिको पनि भाषा हुन्छ, आदानप्रदान हुन्छ । मान्छेको निरन्तर दमनविरुद्ध प्रकृति जाग्न थालिसक्यो । तीन हप्ताको खडेरीले नै युरोप, अमेरिकालाई थला बसालिदियो । त्यसैले ढिलो नगरी अब प्रकृतिको शीर उठाउँ । स्थानिय ज्ञान, सीप, शील्पको शीर उठाउँ । किसान र श्रमिकको शीर उठाउँ । स्थानीय कला, संस्कृतिको शीर उठाउँ । त्यसभित्र भएका उपनिवेशकारी, विभेदकारी विचार र व्यवहार हटाएर स्वस्थ जग बनाउँ । त्यही जगमा उभिएर संसारको ज्ञान अपनाउँ । राज्य, समाज र प्रत्येक परिवारले कृषि र किसानको महानतामा गर्व गरौं, लगानी गरौं । शीर उठेको किसान र मान्छेसँग नाता जोडेको कृषिले मात्रै मानव समाजको भविष्य जोगाउन सक्छ । आदरणीय झापा ५ का जनसमुदाय, नयाँ विचारसहित हामी सबै आत्मविश्वासी हुने, समाज र देशको उन्नतिको वास्तविक खाका कोर्ने र विश्वलाई नयाँ सन्देश दिने अभियानमा छौं । यो केवल चुनावमा उठ्ने वा जित्ने कुरा मात्र होइन, विश्वलाई नयाँ सन्देश दिने अवसर पनि हो । पुरानो राजनीतिले दिक्क र निराश भएका देशभरिका जनतालाई उत्साह दिने मौका पनि हो । आशा छ, हामीलाई जिताएर झापा ५ ले विश्व मानव जगत्लाई एउटा उत्साहको सन्देश दिनेछ १ अनि आफ्नो भविश्यको खाका आफैं कोर्ने नमूना राजनीतिको उदाहरण पेस गर्नेछ । नाराहरू जनताको राजनीति, जनताकै घरदैलोमा समुदायहरू जोडौं, साथहरु जोडौं, हातहरू जोडौं जनता र प्रकृतिको शीर उठाऔँ, देशको शीर स्वतः उठ्छ नेपालबाट संसारलाई नयाँ सन्देश दिऔँ  धन्यवाद । जय जनता,  जय पृथ्वी  ।

कन्द्रा आन्दोलनका  कडा क्रान्तिकारी रेशम  बहादुर चौधरीको देहावसान

कन्द्रा आन्दोलनका  कडा क्रान्तिकारी रेशम  बहादुर चौधरीको देहावसान

८८३ दिन अगाडि

|

२९ भदौ २०७९

                                                                                                              रेशम बहादुर चौधरीसँग लेखक शेखर दहित एक थारु जोधा (योद्धा) रेशम बहादुर चौधरीको २०७९ भदौ २९ गते देहावसान भएको छ । बर्दियामा उहाँको नाममा रेशमपुर गाउँ बसेको छ । उहाँ ज्ञानको खानी हुनुहुन्थ्यो । थारू भाषा, लोककला,संस्कृतिका ज्ञाता हुनुहुन्थ्यो । बर्दियाका कन्द्रा आन्दोलनको योद्धा जसको अथक कोशिसले भूमिहिन कमैयाहरू ओत लाग्ने जमिनको टुक्रा पाएका थिए।  मेरो थारू जोधाको एक सशक्त पात्र हुनुहुन्छ ।उहाँ बिरामी भएको थाहा पाएर भेट्न जाँदा उपहार ‘थारू जोधा’ पुस्तक  दिएको थिएँ।आफ्नो फोटो देखेर भक्कानिनु भयो । उहासँग फेरि भेट्ने बाचा गरेको थिए, कोईलाबासको बारेमा बुझ्न खोजेको थिएँ । ईच्छा अधुरो भयो। प्रस्तुत छ, थारु जोधा (२०७८) पुस्तकमा मैले उहाँबारे थारु भाषामा लेखेको लेखको सम्पादित अंशः कन्द्राके कर्रा क्रान्तिकारी रेशम     कन्द्रा आन्दोलनके बाट निक्रटि कि मनै बर्दिया जिल्लाह झल्झल्ह्यट सम्झठ । ओट्रकेल नाहि, कन्द्रा आन्दोलनके कारनसे सरकार ६५ जिल्लम भूमि सुधार व्यवस्था लागु कर्ना बाध्य हुइल रह । जहोर हेर्लसे फे घनघोर, चाक्कर, एकदम झब्स्यार बन्वा । बहुट कम साक्किर–साक्किर डगर, चारुवरसे लड्या–खोल्ह्वासे घेरल बर्दिया । दाङसे आपन जहान पर्यार भगा–भगा लानल रैतिन कहाँ सुख रल्हिन जे ? जिम्दारिनके मौजा कैख चिन्हठ बर्दिया जिल्लाह । ढ्यार मौजा राणाहुक्र जिरायत, बक्सिस पैल रल्ह । अनाजक भुखाइल हरकोइ जिम्दार सहजे पेट भर्ना ठाँट कलक बर्दियाह जो निशाना बनाइठ ।     हुइना ट आज फे बर्दिया राष्ट्रिय निकुन्ज (पहिलक शाही बर्दिया राष्ट्रिय निकुन्ज) ओ जिल्ला बन कार्यालयक बन्वा मिलाख बर्दिया जिल्लाके कुल क्षेत्रफल ५८ प्रतिशतसे फे ढ्यार बन्वक क्षेत्रफल रह । उह ब्याला बर्दियक ८० प्रतिशत जट्रा ठाउँ भर घन्घोर झबस्यार बाघभाल लग्ना बन्वा रह । देश विदेशसे बर्दिया जिल्लाम रज्वा, रजौतन सिकार ख्याल बर्दिया आइठ । राणा जिम्दार बर्दियक जंगली जनावरके शिकार खेल्क पर्चल रल्ह । सायद ओहओर्से हुइ, बर्दियाह शिकारिनके लाग स्वर्गभूमि कैख कहठ । सड्डभर बर्दियक जिन्वारके सुख्ठी खाक पर्चल जिम्दार अभिन फे किउ बर्दियासे काठमाडांै गैल भेटैलसे आब सुख्ठी मिलट कि नाही कैख जरुर पुछ्ठ ।      खास कना हो कलसे बर्दियक फर्गर ओ मल्गर माटी, जहोर टहोर चाक्कर फँट्वा केल बिल्ग । उप्परसे स्वाझ थारून डक्ल्या–डक्ल्या फ्वाँसे काम लगाइ पैना ओर्से सारा जिम्दर्वन बर्दियाह आँख लगैल रल्ह । कुल्वाभर्वा, पानीक फे महामजा सुबिस्टा रह । पच्छिउ ओर कौ¥यार (कर्णाली) पुरुबओर गेहर््वा (गेरुवा), दंगलड्या, ओरै खोल्ह्वा (ओराही) बुहर््या खोल्ह्वा (बुढी खोला), बबई लड्यक पानीसे खेतीपाती, रब्बिपाट मन्के फर्ना ओर्से सारा जिम्दार बर्दियम आँखी लगैल रल्ह । जट्टीक कलसे बर्दिया जिल्लाह नेपालके अनाजक बख्खारी कलसे कौनो फरक नैपरि । सारा नेपालीन बर्खाभर पाल सेक्ना अनाज फर्ना ठाउँ रह बर्दिया । मेहनती थारू किसान यी माटिह मल्गर करैल । बाघभालसे लरभिरके फँट्वा चाक्कर पर्ल । आपन रकट पस्ना चुहा–चुहा माटीह फर्गर करैल । सक्कु मौजम लिरौसीसे पानी लग्ना कुल्वा भर्वा सारिसा बेठबेगारी कैख पानीक सुविस्टा बनैल रल्ह । दिन पाख लगा–लगा डेसाहुर गैल । लड्यक  पाँख झर्ल, खेट्वम पानी चर्ल ओ अनाज फरैल । आपन जहान पर्यारके पेट भर्ल, जिम्दारिन पल्ल । ओइन्क खातिरदारीम आपन जिउ न्यौछार कर्ल ।     हुइना ट जिम्दारि प्रथा बर्दियम केल नाहि, बल्कि जिम्दारी सामन्ती प्रथा नेपाल नेपाल भर सक्कु ओर छिट्कल रह । खास कैख, तराई, मधेसके पुरुबसे पच्छिउँटक सब ओर जिम्दारनके जगजगी रल्हिन । ओस्टक छिमेकी देश भारतम फे जिम्दारि प्रथा मन्के चलल रह ।     दिनभर पसपौह्वनह हर जोट्ख पेटभर सानी बुसा, सुखल पैंरी–पंैरा ट खवा जाइट, थारू किसान, कमैया, बुक्रहिन पेटभर अनाज खैना सिहनी रल्हिन् । मर मर रात दिन पस्ना रकट माटिम मिलाख फराइल रब्बिपाट, अनाज बाली जिम्दर्वन सब सिमोट लिहै । कुछ बोल्लसे जिम्दार, कमैयन उप्पर बन्ढुक डाग डेम कैख धम्काइठ । विचारा थारू किसान, कमैया, जालम परल मच्छिहस रल्ह । ना ट कहु जाइ पैना, ना ट उप्पर नाक कैख फोँफरसे साँस लेह पैना । एकठो निरंकुस, तानाशाह शासन जिम्दर्वन चलैल रल्ह ।  जिम्दार आपन आपन मौजम कमैयन कजैना जुम्मा फे पैलक ओर्से हुइ कमैया, किसान, रैतिन काम अह्रैना, बेठबेगारी लगैना, आपन स्यहार सुसार करक लाग कम्लहर््या ढर्ना, बुक्रहि, सुसारी सब ढर्ल रल्ह ।     जिम्दारिनके खेट्वा जोट्लसे रैतिन साहबर्खा बेठबेगारी करक पर्ना रल्हिन । ओइन्क स्यावा सुसारके लाग आपन जवान जहानी छाईन कम्लहर््या लगाइक पर्ना रल्हिन् । जिम्दर्वक फर्माइस अन्सार टरटिउँहारमे घरम पालल छेग्रि भेंरि, मुर्गिचिङ्गना फे डेहक परिन । ओइन मनखुसाइक लाग घरम पालल् चिजबस्टो नैडेलसे जिम्दारिनके गारिभुवा ट पलि बा । ढ्यार सटावा पाइठ । रैतिनसे कुछ काम टर उप्पर, डाहिन बाँउ हुइलसे खुँटम बहान्ख कोर्रासे नङ्गट पिठी पोघाइठ । उ ब्याला रैतिन आपन जवान जहानिया छाई, पटोइह्यन जिम्दर्वनके लजरसे बचैना मुश्किल परिन । सोझ कलसे, जिम्दर्वन दिन रहटि ढुँरडेहट । डाईबाबन्के साम्ने बलजब्री गोचाली भिरलेहठ । विचारा निब्बर रैतिन आँस चुहैना सिवाय कुछ उपाय नैरल्हिन् । आपन भागहे खोब सरापट ।     उ ब्याला बाँके, बर्दिया, कैलाली, कन्चनपुर अवध राज्यसे नेपालह विर्ता डेहल ओर्से जिम्दारिनके दुव्र्यवहार फे व्रिटिश भारतक जिम्दारिन जस्टह रल्हिन् । लगभग १३५ वर्ष पहिल यी थारू बसाइ रहल जिल्ला अवध राज्यक एकठो हिस्सा रह ।     उ ब्याला बाँके, बर्दिया, कैलाली, कन्चनपुर अवध राज्यसे नेपालह विर्ता डेहल ओर्से जिम्दारिनके दुव्र्यवहार फे व्रिटिश भारतक जिम्दारिन जस्टह रल्हिन् । लगभग १३५ वर्ष पहिल यी थारू बसाइ रहल जिल्ला अवध राज्यक एकठो हिस्सा रह ।  बर्दिया, बाँके, कैलाली ओ कन्चनपुरके जिम्दारिनक सम्बन्ध अवधके जिम्दारिनसे खोब मिलिन । अबध राज्यके लखनउ, बहराइच, नानपारा, गोन्डा, टिकुनियक मुसरमान, हिन्दु जिम्दारिनके बाँके, बर्दिया, कैलाली ओ कन्चनपुरटक भारी भारी मौजा रल्हिन् । आब ओइन्क पहिलक जस्टह जिम्दारि नैरहिगैलिन । कुछ जिम्दारिनके नाउँ भर अभिन ओइन्क नाट नट्कुरिनक भर पलि बाटिन् ।     आपन फाँरल जग्गा, मल्गर कराइल माटी, अप्नह उब्जाइल अनाज, रब्बिपाट, पेटभर खाइ नैपैना, उप्परसे जिम्दारिनके गारीभुँवा, छाइ चेलिन ढुँरडेना, यी सब बाटसे थारून्क भित्र–भित्र मनम आगि सुल्गटि रल्हिन् । कमैया किसान एकजुट हुइटि रल्ह । थारू अग्वा सब निहत्था, बेसहारा कमैयन गोलबन्द करटल्ह ।     देश भर कमैयन, किसानन् जिम्दारिनसे भिरक लाग हौस्यार हुइटि रल्ह । गोलबन्द कर्ना व्याला बर्दिया भरिक १४ फाँटक अग्वा, कमैयन जिम्दारिनके विरोधम लर्ना बल जुटैटि रल्ह । गरिब, बेसहारा, दुखी कमैयन, जिम्दर्वन काम छोर्क जुट्ह्यालम फे जाइ नैडेना ओर्से कमैयन भिट्टर–भिट्टर गुरुस गुरुस रिससे उट्मुटैटी रल्ह । सक्कु कमैयन, अढेर्वन सहज जुटना कलक कन्द्रा गाउँ जो रल्हिन्, जौन आज्कल बर्दिया जिल्लाके मधुवन नगरपालिकाम परट ।     कन्द्रा गाउँ थारून्क ऐतिहासिक गाउँ हो । यि ठाउँ थारू लोक खिस्सा हिट्वक खिस्सासे फे जोर्के बटैठ अघट्यक पुर्खावन । हिट्वा आपन बाँरी गैया चह्राइबेर कनक रोटी लेक ओह कन्द्रम जाइट हुँ । सब गयर्वन एक पाँजर होजाइठ हुँ । बिचारा हिट्वाह भर हिगार डेहठ हुँ । अकेली सक्कु गैया गोरुन ओह कन्द्रम बैठक ख्यारठ हुँ ।     कन्द्रा आन्दोलनके जोधन कन्द्राह ऐतिहासिक एकदम फापल ठाउँ हो कठ । यी ठाउँसे आन्दोलन सुरु कर्लसे जित पक्का बा कना जनविश्वास अघट्यसे चलल रह । थारू पुर्खन्क ऐतिहासिक माटी, सक्कु ओरसे कमैयन जुट्ह्याला, भेला हुइना एकडम लिरौसी ठाउँ रल्हिन् । जस्टक साँप ओ सँपलिउरी झगरा कर्ठ । डटकर्क फेर्को बुटी सुँघ जैठ, ओस्टक कन्द्रा ठाउँ फे कमैयनक लाग बुटी सुँघना ठाउँ रल्हिन् । चारुओर्से कमैयन, अढेर्वन आपन आपन ढोकरी पोकरी बहान्ख यी कन्द्रम झोप्रीक खुँटा गर्ल रल्ह । ढ्यार कमैयन जिम्दर्वनके लाठीघुसा पाक डट्करल भाग–भाग सन्टाइ ओ आपन मुरीमाठ बचाइ आपन कबिलनसे दुखपिर सुनाइ ओहै कन्द्रम जाइठ । कोनौ जिम्दार भर सौकिहा कमैयन कन्द्रमसे घिस्या–घिस्या आपन सिर्वम लैजाइ खोजठ । टब्बु कन्द्रक कमैयन्क आग ओइन्क कुछ उपाय नैलागिन ।     कन्द्रक कमैया आन्दोलनह आपन मुल राजनीतिक एजेण्डा बनाइक लाग पार्टी फे हौसल रह । उ ब्याला कन्द्रा आन्दोलनम फे ४ पार्टीक झण्डा फर्फराई भिरल रह । कमैया, सुकुम्बासी, अढेर्वनके मुक्तिक लाग उठल आन्दोलन रलक ओर्से पार्टी फे आपन पक्षओर लैजाइक लाग खोब कोसिस करल । एमाले, नेपाली काँग्रेस, छोटछोट पार्टी जनमोर्चा ओ सद्भावनाक झण्डा कन्द्रक झोप्रिम फर्फराइट डेख पर ।     सब पार्टी कमैया, सुकुम्बासीनके माग मुद्दाह उप्र–उप्र साथ सहयोग डेहल करठ । उ ब्याला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भर कमैयनके लाग कब्बु नाबोलल्, ना ट कमैयनके मुद्दाह कौनो मेरिक ऐक्यबद्धता जनाइल । सक्कु पार्टीसे साथ सहयोग पइटी आइल कमैयन राप्रपासे डिक्याइल रल्ह । ओह झोँक राप्रपाके पार्टी कार्यालय गुलरियम टोरफोर फे कर्ल । पाछ साथ सहयोग डेना आस डेखाइल पार्टी फे आपन स्वार्थ पुरा नैहुना डेख्लक ओर्से रसरस आपन–आपन डगर लाग गैल रल्ह ।     सुरुम कन्द्रा आन्दोलनह साथ सहयोग करुइया गैरथारू फे डेख पर्ल । जग्गाप्रसाद पाण्डे, दिनेश श्रेष्ठ (राधाकृष्ण थारू जनसेवा समाजके अध्यक्ष) लगायतके अग्वन कमैयन्क जुट्ह्यालम कमैयनके पर्गा लेक खोब बम्कल । बाटक फे सिपार रलक ओर्से, बोल्ना, भासन कर्ना, आग टाग कर्ना हुइलक ओर्से जग्गाप्रसाद पाण्डेह कन्द्रा आन्दोलनके अध्यक्ष फे बनैल रल्ह । कन्द्रम बैठुइया सारा कमैयन लेक लुटपाट कर्ना जसिन कामम फे जग्गा प्रसाद पाण्डे उक्सैलक बाट कन्द्रा आन्दोलनके जोधा रेशम बहादुर चौधरी बटैठ । आपन आङ्गक लुग्गा ओ आपन पर्यार भगा–भगा लैगिल कमैयन ठे रासन पानी रना बाट नैरह । बिचारा कमैयन पेटम डाना भरक लाग जे जस्ट सिखाइन, ओकर बाट लिरौसीसे मानलेहठ । बिना सुझबुझ ओकर पाछ गुरगुर–गुरगुर लागजाइठ । रेशमबहादुर चौधरी कठ,“...जग्गाप्रसाद पाण्डे ओ दिनेश श्रेष्ठ लगायतके अग्वन जिम्दारिनके डालचाउर लुट्क गरिबगुर्वनके चुल्हम बट्ना बाटम सब कन्द्रक कमैयन एकमुठ कर्ल रल्ह ।” जस्टक रोविन हुड गरिब गुर्वनके लाग धनी बस्ती लुट्क आनल रासन पानी, असर्फी बाँटठ ।     मर्टा क्या नकर्टा हिन्दी उखानहस, कन्द्रम बैठल सारा कमैयन गोचार्क खैरापुरके प्रधानपन्चके अनाज लुटना सल्ला जग्गाप्रसाद पाण्डेहुकनके रल्हिन् । उ रात सारा कमैयन कन्द्रा बस्ति सुन पार्क खैरापुर प्रधानपन्चक (हालः गुलरिया नगरपालिकाके मेयर किट्टु यादव) घरम लुट गैल रल्ह । ओकर  घरम रहल लाही, मसरी, धान, चाउर सब अन्न बाली हाँठ्यपाल्या गन्ज्यम भर–भर लानठ । जौन उद्देश्यसे कन्द्रम कमैयन बैठल रल्ह, उ डगर छोर्क रसरस कन्द्रक कमैयन और लिक्या पक्रटल्ह । जिम्दारिन डक्लैना, लुट्ना कामम कमैयन लाग लागल रल्ह । आपन हक अधिकार, कन्द्रा आन्दोलनह कैसिक टिङ्गा पुगैना कैख जुट्ह्याला कम हुइ लागल रल्हिन ।     अग्वा, टिघ्वा मनै फे खराब कामम लाग लागल रल्ह । कन्द्रक कमैयन फे खराब डगरिम नेङ्गाइ लागल रल्ह । कन्द्रा आन्दोलनके अध्यक्ष जग्गाप्रसाद पाण्डे ओ सचिब काशीराम थारूक वानी व्यवहारसे कमैयन शंका करठ । ओइन्क व्यक्तिगत चालचलनके बाट टोल मोहल्लम फे खोब सुनजाइटह । ढ्यार दिनसे ओइन्म शंका करल कमैयन अध्यक्ष जग्गाप्रसाद पाण्डे ओ सचिव काशीराम के चिमा डाग लागल रल्ह । यी बाट ओइन पटा नैचल्लिन ।     रेशम बहादुर चौधरी कठ,“...उ डुनु जे एक्क तराजुक पल्रम टौलल हस रल्ह । गढ्न भख्खरिक लँवर्यन ब्यारक अँख्वारि करबेर खोब गाला मारट । ओइन आपन बाटम मोहन्या–मोहन्या खोब उसारठ..।” यी बाटसे कन्द्रक बुस्याल्हम आगी लागहस सरसहर््यट डमकगैल । सारा कमैयन यी बाटसे महाजोर डिक्याइल रल्ह । ओइन्क यी हर्कतसे कन्द्रा आन्दोलन बद्नाम हुइटि जाइटह, कमजोर हुइटि जाइटह । ओइन्क अगुवाइह कमैयन मन पराइ छोरडर्ल । जसिक टसिक आठ महिनासम जग्गाप्रसाद पाण्डे, काशीराम थारू, दिनेश श्रेष्ठहुकनके अगुवाइम कमैयन साथसहयोग कर्ल । पाछ ओइन्क अनैतिक कामसे रिसोटल कमैयन लौव अग्वा खोज्टी रल्ह । इह मौकाम रेशमबहादुर चौधरीह लौव अध्यक्षके पगरी बहानडेल ।     जसिक टसिक आठ महिनासम जग्गाप्रसाद पाण्डे, काशीराम थारू, दिनेश श्रेष्ठहुकनके अगुवाइम कमैयन साथसहयोग कर्ल । पाछ ओइन्क अनैतिक कामसे रिसोटल कमैयन लौव अग्वा खोज्टी रल्ह । इह मौकाम रेशमबहादुर चौधरीह लौव अध्यक्षके पगरी बहानडेल । यी बाटसे जग्गाप्रसाद पाण्डेक समूह रेशमबहादुरसे महाजोर ढिकल रल्ह । अग्वा डगर हेग्वा कटि कन्द्रक जन्यावन फे जग्गा पाण्डेहुकन कारबाही कर्ना सल्ला पर्ल रल्ह । जग्गा पाण्डे, काशीराम थारूह कर्खा लगाक कन्द्रा घुमैना योजना बनाख जुटल रल्ह । उ दिन जग्गा पाण्डे ओ काशीराम थारूके भाग बल्गर रलक ओर्से उ दिन जन्यावन नैभेटैल । सायद ओइन किउ पहिल सुनघुन डेसेकल रल्हिन् ।     यी घटनासे कन्द्रा आन्दोलन २ फर्चा होगिल रल्ह । एक पाँजर जग्गा पाण्डेक समूह रल्ह, ड्वासर पाँजर लौव अध्यक्ष रेशम बहादुर चौधरीक ओर लागल रल्ह । कुछ कमैयन आपन पाछ लगाक जग्गा पाण्डे आपन आन्दोलनह महान कन्द्रा आन्दोलनके ढोल पिट लागल रह । ड्वासर पाँजर, रेशम बहादुरके आन्दोलन ट पलि बा । भख्खर आपन रफ्तार पक्र खोजल कन्द्रक आन्दोलन रसरस कमजोर हुइ लागल रह । २ फर्चा हुइल कन्द्रक आन्दोलनम रेशमबहादुर चौधरीक पाँजर भर ढ्यार कमैयन डेखपरिन । कमैयन रेशमबहादुर चौधरीक ढ्यार आसभरोसा कर लागल रल्ह ।     अस्टह अस्टह ढ्यार मेरिक समस्यासे लोटपोट डब्नीभिर्या खेल्टी बहुदल आइल ब्याला कमैयन कन्द्रम औपचारिक बैठक २०४७ बैशाख ९ गतेसे शुरुवात करल रल्ह । सुरु सुरुम फाटफुट १÷२ ठो केल कन्द्रम झोप्री गर्ल रल्ह कमैयन । ६ महिनक भिट्टर कन्द्राम जिम्दारिनके शोषणसे सौंस्याटल कमैयन धमाधम झोप्री गार लागल रल्ह । कुछ महिना पाख भर कन्द्रम ग्वारा टेक्ना ठाउँ नैरहिगैल रह । कमैयन कन्द्रम आइठ डेख्ख कन्द्रा आन्दोलनके जोधन खुशी बिल्गट ।     एक मेरिक कमैयनके हिम्मत बहनगैल रल्हिन । कन्द्रा आन्दोलनके जोधन फे कमैयनके साथ सहयोग पाक मन बह्रल रल्हिन । आपन कमैयन कन्द्रम आइ नैडिहुइया जिम्दारिन कन्द्रक जोधन ओइनके घर घर बिजली माखुरके खोक्लम फे लिख लिख डक्लाइ लागल रल्ह । उ ब्याला रेशमबहादुर चौधरी कठ,“...हमार चिठ्ठी लम्मा नैरह, जिम्दारिन पहिलचो सम्झाक नरम भाषम लिखि । या ट टुह्र कमैयन बैठना ठाँटके व्यवस्था करो या ट फे कन्द्रम आइडेओ....।” जिम्दारिनके कौनो मेरिक जवाफ नैपैलसे कर्रक धम्काक फे लिख्ल । ओइन्क चिठ्ठी पहर्क जिम्दार कट्टुम मुट लागल रल्ह । कुछ अइगर जिम्दार भर कमैयन आइ नैडेहठ । चिठ्ठीक कौनौ मेरिक जवाफ नैपैलसे कन्द्रक सारा कमैयन जिम्दारिनके घर घर जाक कमैयनके भाँरा वर्तन, रहल दानापानी, लुग्री लट्टी, मुर्गी चिङ्गनी, सुअर माकर सब बोक्क कन्द्रम लानके झोप्री बना डेहठ । पुस्तौसे सौँकिम बुरल कमैयन, बघ्वक मुहमसे छुटकारा पाइलहस लागिन् । कन्द्रम लौसे खैना नैजुहैल्से फे कमैयन छुट्वा रल्ह । ओइन्क मन चौकस डेखपरिन् ।     २ फर्चा हुइल कन्द्रा आन्दोलन, महान कन्द्रा बगाल ढिर ढिर भुट्भुटाइ लागल रल्ह । जग्गा पाण्डेक पाछ लागल कमैयन फे रसरस रेशमबहादुर चौधरीक बगालिम मिल आइ लागल रल्ह । महान कन्द्रा आन्दोलनके पक्षम लागल कमैयन ढिलाइट डेख्क उपाध्यक्ष काशीराम थारू फे जयनगर गैगैल रल्ह । जग्गाप्रसाद पाण्डेक पाछ लागल सक्कु कमैयन ओइन्से आस टुर सेकल रल्हिन । सब जे रेशमके अगुवाइम रहल कन्द्रा आन्दोलनह जिउ ज्यान डेक लागल रल्ह । ५÷६ महिनाम कन्द्रा आन्दोलन फेर्को महाजोरसे ढिकल रह । बर्दियाके चटकल जिम्दार लल्लु बाबु, बासु उपाध्याय, किशोर गौतम, दमनध्वज चन्द लगायतके जिम्दार सब चुपचाप लागल डेख परठ । हुक्र गोप्य रुपसे प्रशासनसे मिल्ख कन्द्रा आन्दोलनके अग्वनम डाउँ ढारट । कन्द्रा आन्दोलनह कैसिक डबाइ सेक्जाइ कैख जिम्दार फे जुट्ह्याला कर डँटल रल्ह ।     जिम्दारिनके सिरुवा छोर्क आइल कमैयन खैना समस्या पर लागल रल्हिन । जिम्दारिनके घर कमाइ बेर लौसे जिम्दारिनसे सौँकि लेहक परिन, टब्बु पेटभर दाना पानी आपन जहान पर्यारह खवाइ पाइठ । कन्द्रा बस्तिम खौरही लिहि ट फे किहि से लिहि ? सबके दशा ट ओह रल्हिन । गुजारा चलाइक लाग बन्वा रुख्वा, डँर्यापट्या काट काट बेच लागल रल्ह । लग्घक बजारिम बेच्च घरक खर्चि न्वान, पिप्पर, ट्याल, चाउर लेह लागल रल्ह । एक पाँजर रुख्वा बरिख्वा कट्लसे हरेर परेर बन्वा उजार हुइना फे डर हुइल । ओ कमैयनके फे दिन भर भर ओह ब्यालो हुइ लागल रल्हिन् । कन्द्रा आन्दोलन बदनाम हुइट डेखक पाछ कन्द्रा आन्दोलनके अग्वा रेशमबहादुर यी सब बन्द करैल ।     कमैयनके दैनिक गुजारा करक लाग कुछ आयआर्जनक काम फे करक पर्ना रल्हिन, नै ट मुहम मार नैलग्टिन । रेशमबहादुर कमैयनके कुछ आयश्रोत बनाइक लाग बुह्राइल सेमरक रुख्वा काट्क ४ ठो टोङ्गही लाउँ बनाइ लगैल रल्ह । उ लाउँ कमैयन पालिक ओस्री कन्द्रक घट्वम चलाइ लगैल । उ ब्याला कुम्भर घट्वम लाउ ठेक्दार ४ रुप्या लेहठ । कन्द्रा घट्वम ओकर आधा २ रुप्या केल लेह लगैल, टाकि ढ्यार मनैन लिरौसीसे लड्यक वारपार कराइक सेक्जाए । ढिर ढिर मनै फे कन्द्रक घट्वक बाट पटा पैल । रस रस सारा मनै कुम्भर घट्वा छोर्क सब कन्द्रक घट्वम आइ लग्ल । ४ ठो लाउँ फे बराबर चल लागल रह । कमैयन फे काम पैना हुइल । दिनभरिक उठल पैसाक हिसाब किताब ढार लग्ल ओ कमैयनक लाग डाल, चाउर लानके कन्द्रम बठा लगाइ लग्ल ।     कन्द्रक घट्वम लाउँ चलैना फे कारन रह, टाकि कमैयन कन्द्रक जुट्ह्यालम आउजाउ करबेर लिरौसी हुइन । कुछ महिनासम लाउँ मन्के चलल् । जार महिनम पानीक डिउँ फे घट्टी गैल । भारी मनैन्के ठ्याकन पुग्ना पानी छोट लर्कन्ह घ्याचा पुग्ना हुइलिन । कन्द्रा बस्तिम अइना लिरौसी बनाइक लाग रेशमबहादुर चौधरी ४२ बरघरहुकन जुट्ह्याला बलाख सल्ला करल बाट बटैठ । सब बरघरहुकनके सल्ला सहयोगसे कन्द्रा घट्वम लाउ नैचलाख आब पुल बहन्ना बाट हुइल रल्हिन् । कन्द्रक घट्वम ४२ बरघरहुकनक बेगारीसे ६० मिटर नम्मा ओ २ मिटर चाक्कर स्याउने पुल (झालापाटासे बनल) जम्मा २ घण्टा म पुरा टयार करल बाट रेशम सम्झठ । आब कन्द्रा बस्तिम कमैयनक जुट्ह्यालम अइना झन लिरौसी हुइ लग्लिन । ढ्यार कमैयन, किसानन्, अढेर्वन उ कामक गुन मन्ना हुइल ।     असिक कन्द्रा बस्ति रस रस टङ्ग्रटि रह । आन्दोलन जिउगर डेख पर । आपन अभियान जोरटोरसे बह्रैटि लैजाइटह । ड्वासर पाँजर सिरुवा छोर छोर कन्द्रम आइल कमैयनसे जिम्दार महाजोर ढिकल रल्ह । ओइनसे कैसिक सौँकि असुल कर्ना बाटम सुर्टा मानठ । जिम्दार फे चुपाक कहाँ बैठ्ने रल्ह, आपन बलबुटा लगा लगा प्रशासनके कान फुँक्टि रल्ह ।  उ ब्याला खास कैख, काँग्रेसके मनै कन्द्रक मनैन फुँट्ल आँख डेख नैसेकठ ।     रस रस कन्द्रा वस्तिम कमैयन आपन जहानपर्यार लैख अइटि रल्ह । शोषक जिम्दारिनसे सौंस्याटल कमैयन कसिक ओइन्क पन्जमसे भाग सेक्जाइ कैख डाउँ लगैटि रल्ह । कन्द्रम कमैयनक बस्ति जमक गैल रह । एकठो अभियानक पाछ लागल गाउँ । बर्खौसे आपन अधिकार ओ पहिचानक लाग लागल आन्दोलन । पुस्तौसे जिम्दारिनके सौँकिसे डट्करल गाउँ । बलटल आपन अधिकारके लाग बोल भिरल गाउँ ।     जिम्दारिनके पर्गा लाग्घ, २०४९ कात्तिक २५ गते कन्द्रा वस्तिम प्रशासन हाँठि, डोजर लगाइल । राष्ट्रिय निकुन्ज, हाँठिसारसे १०÷१२ ठो डन्टारा हाँठि आइल रल्ह । ओत्रकेल नाही, ४÷५ ठो डोजर, बल्गर्वा फे कन्द्रा बस्तिओर टकैल रह । कन्द्रा बस्तिम एक पाँजरसे हाँठिन लगाक कमैयनके झोप्री, खर बन्ड्या उखाँर लागल रल्ह ।     जिम्दारिनके पर्गा लाग्घ, २०४९ कात्तिक २५ गते कन्द्रा वस्तिम प्रशासन हाँठि, डोजर लगाइल । राष्ट्रिय निकुन्ज, हाँठिसारसे १०÷१२ ठो डन्टारा हाँठि आइल रल्ह । ओत्रकेल नाही, ४÷५ ठो डोजर, बल्गर्वा फे कन्द्रा बस्तिओर टकैल रह । कन्द्रा बस्तिम एक पाँजरसे हाँठिन लगाक कमैयनके झोप्री, खर बन्ड्या उखाँर लागल रल्ह । डोसर पाँजरसे डोजर एक नासे चपचप चपचप कमैयनके झोप्री चापिर, सराटोल पर्टि आइल । लुग्गा ढर्ना भौका, न्वान ट्याल ढर्ना कुठ्ली, खट्या, मच्या, भाँरावर्तन सब कच्याक कुचुक पारडेहल रल्ह ।     कमैयन आपन खैना डाल, चाउर, दानापानी, भाँरावर्तन, बेडविस्टारा, कुछ चिजबरन भगाई नैसेक्ल । ओह खरबन्ड्यक खुरबुस्निम डाल, चाउर, न्वान, ट्याल, पिप्पर सब एक्कम मिलगैल रल्हिन् । प्रसासन फे कमैयन डक्लाइ लागल । बिचारन् सोग लग्टिक फिँफ्याइट । बुह्राइल बुह्राइल मनै छाटी पिट पिट खोब रुइठ । गरिबनके आँससे किहु फरक नैपरलिन् । सारा कन्द्रा बस्ति डेख्टी डेख्टी सराटोल बरावर होगैल रल्हिन् । आब चारुवर खह्रक टुट्ली टुट्ला खुरबुस्नि केल डेख पर लागल रह ।     प्रशासनसे कन्द्रा बस्तिह उजर्ना खबर कन्द्रक अग्वन नैपैलक नैहो । टब्बु फे ओट्रा भारी बस्तिसे कमैयन उहाँसे बेघर कर्ना मुश्किल काम रह । सब कमैयन एक मुठ होक प्रशासनसे डट्ना योजना फे बनैल रल्ह । ओहओर्से, कमैयन फे कन्द्रम अइना डोजरके डगर सब खँन्ढुक्का खाँनखाँन भारी भारी खटहा बनैल रल्ह । उप्परसे खट्हम झालापाटा ओ माटी फे डार्क पँट्ल रल्ह, टाकि डोजर उहाँसे निक्र ना सेक । आर्मी फे कन्द्रा अइना डगर पहिल चेकजाँज करसेकल रल्ह । आर्मी फे भारि समूह कन्द्रा अइना डगर बडल डर्ल ।     कुछ घन्टम, कन्द्रम लालभैल सिपैह्यन, बन्ढुक बोकल आर्मी बस्तिक चारुवरसे घेर सेकल रल्ह । लाग कि हुक्र आपन कमान्डरके आदेशके लाग अस्या लागल बाट, बन्ढुक डागक लाग । प्रशासनसे आइल अधिकारी, कर्मचारी, सिपैह्यनके कमान्डर सब डारु पिक ‘फिट’ रल्ह । ओइन्क आदेश अन्सार डेख्टी डेख्टी कन्द्रा सौलान पार डेल हाँठि ओ डोजर लगाक । आग आग सिडियो, सैनिक उच्चअधिकारी, आर्मी सब बारी बिँउरा, झँक्टि नेंगट । रेशमबहादुर कठ,“..उ ब्यालक सिडियो बारीम फरल हरेर पिप्पर टुर टुर आपन गोझ्यम ढार, उहिन पिप्पर टुरट कन्द्रक मनै डेख डर्ल । नारा जोर जोरसे लगाइल लागल रल्ह । ...खुर्सानी चोर देश छोर...।”     व्यवस्थित हुइटि रहल कन्द्रा डेख्टी डेख्टी सौलान होगैल रह । कमैयन पानी पिना, लुग्गा लट्टी ढुइना, लहैना, आपन जिवजिन्वारिन पानी पिआइक लाग लिरौसी बनाइक लाग १० ठो कुँवा खँडाइल रल्ह । कन्द्रा उजुरुइया अधिकारी, सिपैह्यन मद पि पि ओह कुँवाम हेग मुट डेल । फुहर उठा उठा ओह कुँवक भिट्टर डार डेल । कुँवा फुहर कर्लसे कमैयन पानी पिअ नैपैना हुइल । करक बुट बस्ति छोरक पह्रिन कैख अमानविय हर्कत डेखैल ।     कन्द्राके एकठो ऐतिहासिक दिन, २०४९ कात्तिक २५ गते हाँठि, डोजर लागल रह । कमैयनके बैठल बस्ति उठल पुठल हुइल रह । डगर, पिना पानीक लाग कुँवा, टिना टावनक लाग चाक्कर पर्टि गैल बस्ति पलभर्म बैराग लग्टिक बिल्ग लागल रह । उ दिन कमैयनके कौनो मेरिक औसान नैअइलिन् । लर भिर सेक्ना अवस्था फे नैरल्हिन । सब बन्ढुक्या सिपैह्यनसे चारुवरसे घेरल रल्ह । आपन झोप्रीक कोरै, बाटी, भिटा ढलट जरजर जरजर हेर्ल । ओइन ठे रोक सेक्ना कौनो मेरिक उपाय नैरल्हिन । उ दिन केक्रो घरम खैना नैपक्लिन । पानी पिआसलके मार मनै प्याक प्याक करठ । लड्यक पानी फटिक कराक पिना बाध्य हुइल रल्ह ।     बिहान्क बेजुबान कमैयन ठे जाँगर नैरल्हिन । जिम्दारिनसे लर्ना भिर्ना जोस पलभरिम पुलिस, आर्मिन लगाख डबा डेहल रल्हिन । कन्द्रक कमैयन ढ्यार सपना डेख्ल रल्ह । कन्द्रा बस्तिक सहारासे सारा कमैयन, जिम्दारिनके पुस्तौ पुस्ताके सौँकिक पन्जमसे मुक्ति हुइना । जाली फटाहा, सामन्ती जिम्दारिनके घमण्ड टुर्ना । आपन हक अधिकारक लाग लर भिर सिख्ना । उ दिन सारा बस्ति चुपचाप रह, बस्ति भैँयाए । डोजरके डाबल आपन झोप्रिक भिटा उठाइट, झोप्रिम मिलल आपन लुग्गा लट्टी खोजठ । डोजरके डाबल, पच्कल भाँराबर्तन ठोक्ठोकाइठ । टुटल खट्यक सिरैपाटी जोरठ । भुँइयम गिरल झोप्रिह फेर्को उठाइक खोजठ । माटिम मिलल खैना डाल, चाउर, न्वान, पिप्पर माटिसे अल्गाइ खोजठ । बुलडोजरके डाबल भाँरावर्तन पट्ठरसे सोझार खोजठ । बहुट पिरा डेना नजारा रह । डेखुइया मनै कठ, उ घटना हरकोइ मनैन्के आँस चुहा डेना रह ।     पानीक् प्यासल ज्वानजहान मनै ट प्याक प्याक छटपटाइठ कलसे भुखाइल लर्का, बुह्राइल मनै पेट पकर्क नै छट्पटैना बाटे नैरह । किउ रुख्वक छाँहिम गाल पकर्ल मन मर्ल रल्ह । सब कन्द्रक कमैयन मुर्झुराइल बिल्गै । कठ, मर्टा क्या नैकर्टा, रिससे चुरचुर कन्द्राबासी टिसर दिन कात्तिक २७ गते हर घरकुर्यासे १÷१ जे जिल्ला प्रशासन गुलरिया घेराउ कर्ना सल्ला हुइलिन् । रेशमबहादुर चौधरी कठ,“... उ ब्याला कन्द्रम सक्कु कमैयन मिलाख ४ हजार ९ सय ३९ घरकुर्या रह । जिम्दारिनके सिरुवा, बुक्रा छोर छोर उहै कन्द्रम बैठ आइल रल्ह, आपन अइना दिनके सुग्घर सपना लेक आइल रल्ह । सब घरकुर्यक मनै गन्लसे १८ हजार ३ सय ५६ जे कन्द्रम छारा कर्ल रल्ह । एकठो बहुट भारी गाउँ, कन्द्रा गाउँ बैठगैल रह...।”  कात्तिक २७ गते जब कन्द्रासे लगभग ५ हजार मनै कन्द्रा आन्दोलनके लाग गुलरिया गैल । सारा डगर लालभइल सरक छप्ल बिल्ग । लगभग २÷३ घन्टाके पैडर नेङ्गाइ पाछ कमैयन सारा गुलरिया बजार जोर जोरसे नारा लगाइ लागल रल्ह ।     कात्तिक २७ गते जब कन्द्रासे लगभग ५ हजार मनै कन्द्रा आन्दोलनके लाग गुलरिया गैल । सारा डगर लालभइल सरक छप्ल बिल्ग । लगभग २÷३ घन्टाके पैडर नेङ्गाइ पाछ कमैयन सारा गुलरिया बजार जोर जोरसे नारा लगाइ लागल रल्ह । जिल्ला प्रशासन कार्यालय गुलरियम धर्ना बैठल रल्ह । ढ्यार सामाजामा सहित कमैयन सदरमुकाम गैल रल्ह । सिधापानी लेक धर्ना सुरु कर्ल रल्ह । घरौरी पिच्छे १ मनै ४÷४ दिन धर्नम पाल्या कटाइक परिन् । आन्दोलनम पाल्या कटाक बाँकी दिन फे आपन जहान पर्यारके रेखदेख कर कन्द्रम जाइठ । कन्द्रा आन्दोलनह सम्झटि थारू जोधा कौशल्या थारू कठि,“...उ आन्दोलनम कमैयन्क महाहट्या हुइल रह । ना खैना, ना पिना ठेकान रह, बजहर््या चिज खाक ढ्यार कमैयन विमार फे परल रल्ह । २ रुप्यक सिटामोल खा खाक कन्द्रा आन्दोलन जिल्ला प्रशासनके गेटम धर्ना बैठल रल्हि । जिम्दारिनके पर्गा लाग्क प्रशासन फे हमार आन्दोलन डबाइ खोज...।”     एक दिन डु दिन करट करट दिन, पाख, महिना कट लागल रल्हिन् । २७ दिनसम नम्मा कन्द्रा आन्दोलन चलल् रल्हिन् । जबसम सरकार ओइन बैठ्ना ठाँट नैडेखाइ, उ धर्ना नैछोर्ना कमैयनके सल्ला रल्हिन् । भुख्ल प्यास बैठल धर्नम ढ्यार कमैयन बिमार पर्ल, टब्बु फे आपन आन्दोलनह नैढिलैल । गरिब, बेसहारा, बेजुबान, कमैयनक आन्दोलन बर्दिया जिल्लम पहिलचो एकमुठ होक ओत्रा नम्मा आन्दोलनक लाग घुट्ठी टेक्क हिरगरसे लागल रल्ह । बर्दियाके कन्द्रा आन्दोलन रस रस पत्रपत्रिकम फे ठाउँ पाइ लागल रह । यी आन्दोलन केन्द्र सरकार ठे पुग्ना बहुट समय लग्लिस् । सरकार फे कमैयनके आन्दोलनह सुनल नैसुनल हस कर्क कानम टेल डार्ख बैठल रह ।     उ ब्यालक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रल्ह । देशभर कमैया, सुकुम्बासी, हरुवा, चरुवा, दलित, मधेसी, मुसरमान, अल्पसंख्यक, किनार लगाइल मनैन्के चहा जट्रा भारी समस्या रल्हसे सरकारह कौनो मेरिक फरक नैपरिस्, ना ट ओइन्ठे यी निब्बर मनैन उठाइक लाग कौनो योजना रल्हिन्, ना ट यी डुब्बर मनैक बाट ओनाइठ । देशम सुकुम्बासी आयोग गठन कर्ना कौनो मेरिक चिल्वास नैरहिस सरकार ठे । २७ दिनसम करल लम्मा आन्दोलनह सरकार नजरअन्दाज कर्टि रह । पन्चायतकालम बनाइल बसोवास कार्यालय भर रह । टब्बु फे कमैयनके हकहित, अधिकारके लाग कौनौ मेरिक प्रावधान ओ व्यवस्था भर नैरह ।     कमैयनके आन्दोलनके कौनो मेरिक सुनुवाई नैडेख परलओर्से, कमैयन फे कन्द्रा आन्दोलनह आउर कर्रा बनैना सल्ला कर्टि रल्ह । बर्दियम चलल नम्मा आन्दोलन जिल्ला, क्षेत्र, केन्द्र कर्टि लड्यक हल्कोरा मारहस राजधानी सम पुग लागल रह । मेरमेरिक आलटाल, बहानाबाजीसे कमैयनक अवाजह डबाइ खोज्ना सरकार पहिल चो २०४९ सालम शैलजा आचार्यके अध्यक्षताम सुकुम्बासी आयोग गठन कर्ना सरकार मजबुर हुइल रह । बर्दिया जिल्लासे सुरु हुइल कमैयनके कन्द्रा आन्दोलनके कारनसे देशके ६५ जिल्लाम सुकुम्बासी आयोगक कार्यालय ढर्ल ओ सुकुमबासीन्क लाग काम कर्ना सरकार सँख्रल रह ।

२०१५ सालको चुनावमा डा के आइ सिंहको पार्टीको पर्चाः थारू भाषामै पहिलो लिखित दस्तावेज !

२०१५ सालको चुनावमा डा के आइ सिंहको पार्टीको पर्चाः थारू भाषामै पहिलो लिखित दस्तावेज !

८८४ दिन अगाडि

|

२८ भदौ २०७९

देश चुनावमा होमिएको छ । यतिबेला पहिलेका चुनावका प्रसंग पनि खोतलिन थालेका छन् । दंगाली मित्र सुदीप गौतमले केही पहिले सामाजिक सञ्जाल फेसबुकमा संयुक्त प्रजातन्त्र पार्टीको २०१५ सालको पर्चा पोस्ट गरेका थिए, जुन थारु भाषामा थियो । त्यसबेला खासै वास्ता गरिएन ।  तर थारु भाषा साहित्यको इतिहास केलाउँदै जाँदा २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चा हालसम्म प्राप्त थारु भाषामै पहिलो लिखित दस्तावेज हुने देखिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका लागि ‘थारु साहित्यको इतिहास’ (२०७३) लेख्ने क्रममा प्रकाशित थारु पुस्तकको सूची बनाउँदा यो पंक्तिकारले बढ्वा थारुको बढक्क जोर्नी (२००७) तथा जीवराज शर्माको हम्र ओ हमार बन्वा (२०१५÷२०१६) गीत संग्रह क्रमशः पहिलो तथा दोस्रो प्रकाशित पुस्तक भनी सूचना प्राप्त गरेको थियो । तर यी दुवै कृति अपर्याप्त छन् । हालसम्म यसको एक प्रति पनि फेला पार्न सकिएको छैन ।  त्यसैले, चौधरी रुपलाल महतो तथा बदरीनाथ योगी (दाङ) ले २०१६ सालमा संकलन तथा प्रकाशन गरेको ‘दंगीशरण कथा बड्किमार, गुरुबाबाकि जन्मौती’ लोककाव्य नै हालसम्म प्राप्त थारु भाषाको पहिलो कृति मानिन्छ । प्रकाशकका तर्फबाट बदरीनाथ योगी र नियमनाथ योगीको तर्फबाट लेखिएको थारु तथा नेपाली भाषाको भूमिकाको तल मिति १२÷१२÷१२ लेखिएको छ । अर्थात् यो कृति २०१२ सालमै संकलन भएर चैत १२ गते छापिनलाई तयार थियो । तर विविध कारणवश २०१६ सालमा आएर मात्रै यसको प्रकाशन सम्भव हुन सक्यो ।  यस हिसाबले २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चै भए पनि थारु भाषामा हालसम्म प्राप्त पहिलो लिखित दस्तावेज देखिन्छ । किसान भाइ हो भनेर सम्बोधन गरी यसको शीर्षक ‘धानक बाला’ राखिएको छ, जुन यस पार्टीको चुनाव चिन्ह थियो ।   ‘किसानहरुले पसिना चुहाएको प्रतिफल धानको बाला हो । यही धानको बालाले हाम्रो देशका पचासी लाख मान्छेको ज्यान पालेको छ,’ पर्चामा उल्लेखित यस तथ्याङ्कले त्यसबेलाको नेपालको जनसख्ंया ८५ लाख हाराहारी रहेको इंगित गर्छ ।  ‘हमार देशमा सकुनसे धेर मनई जग्गा जोतना बाट,’ अर्थात् हाम्रो देशमा सबैभन्दा बढी मान्छे जग्गा जोत्ने रहेका छन् भनेर किसानहरुलाई सम्बोधन गर्दै भनिएको छ, ‘गरीब किसनका छोराछोरी, श्रीमतीहरु पसिना चुहाएर उब्जाएको धानको बालामा आज राणा शासकहरुले मोज गरे । हामी किसानका हक बलजफ्ति दबाएर राखे । दाजुभाइहरु, धानको बालाको मजा लिनु छ, आफ्नो पसिनाको फल आफै खानु छ, धानको बाला छरेको खेत आफ्नो बनाउनु छ ।’ स्मरण रहोस्, २०१५ सालको चुनावमा काँग्रेसले पनि जसको जोत, उसको पोत नारा ल्याउँदै जग्गामा जोत्नेकै हक लाग्ने भनेको थियो ।  लगैना, खैना चिज सस्ता बनैना बा कहलेसे अर्थात् लगाउने, खाने चिज सस्तो बनाउनु छ भने धानको बाला चिन्हमा भोट हाल्न पर्चामा अपिल गरिएको छ ।  ‘गरीब किसानका नेता डाक्टर के आइ सिंह ११० दश दिनसम्म सरकारमा रहेको बेला गरीब दाजुभाइहरुको भलाइको लागि के के गरे, यो तपाईंहरुलाई थाहै छ,’ पर्चाको पुछारमा भनिएको छ, ‘आफ्नो हक लिनु छ, देशभर बाटो बनाउनु छ, स्कूल, अस्पताल बनाउनु छ । र, देशको उन्नति गर्नु छ भने संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला चिन्हमा वोट डारक जितायक होई (भोट हालेर जिताऔं) ।’ दंगाली थारु मतदातालाई सम्बोधन गर्न लखनउमा छापिएको यस पर्चामा कुनै मिति उल्लेख छैन । २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं ६२ दाङदेउखुरी दक्षिण पूर्वबाट टीकाबहादुर थापा उम्मेदवार थिए । थापा १५९९ भोट ल्याई चुनावमा तेश्रा भए, त्यहाँबाट परशुनारायण चौधरी १२,७३७ भोट ल्याई नेपाली काँग्रेसबाट विजयी भए । चौधरी वीपी कोइराला मन्त्रीमण्डलमा शिक्षामन्त्रीसम्म भए । त्यस्तै, सोही चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं ८० सल्यान दक्षिण पूर्व फलाङ राज्य दाङ उत्तर पश्चिमबाट तिर्थराज शर्मा उम्मेदवार थिए । शर्मा १८५२ भोट ल्याई चुनावमा दोश्रा भए, त्यहाँबाट नेपाली काँग्रेसका गणेशकुमार शर्मा ८,८७७ भोट ल्याई नेपाली काँग्रेसबाट विजयी भए । दाङमा थापा र शर्मा उम्मेदवार भएको संयुक्त प्रजातन्त्र पार्टीले त्यसबेलै थारु भाषामा पर्चा छापेर मतदाता फकाउने उपाय गरे पनि नेपाली काँग्रेसका परशुनारायण चौधरीले आफ्नो मातृभाषा थारुमा पर्चा छापेको देखिएन ।