उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

४९२ दिन अगाडि

|

२१ पुष २०८०

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

५०६ दिन अगाडि

|

८ पुष २०८०

बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाईलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७९) प्रदान गर्ने निर्णय गरिएको छ । गैरआवासीय नेपाली सङ्घको  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समितिले  गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई २०७७ सालदेखि प्रत्येक  वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कारु प्रदान गर्ने  गरेको छ ।  पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी  २०७८ सालमा चेतनाथ आचार्यको  उपन्यास    रुइबालाई पुरस्कृत गरिएको थियो ।  गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्या हितानको लाहुरेको रेलिमाई पुरसकृत हुँदै गरेको उपन्यासले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत  गरेको छ ।  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले पुरस्कार रकम हस्तान्तरण गर्ने मिति पछि थय गरिने बताए ।  

 घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ लोकार्पण

 घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ लोकार्पण

५०६ दिन अगाडि

|

८ पुष २०८०

कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ पुस ७ गते शनिबार लोकार्पण भएको छ ।    सम्भव समूहबाट काठमाडौंमा आयोजित कार्यक्रम कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज राना तथा कवि अस्तित्वले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।   सो अवसरमा श्यामलले ६६ कविता समावेश  रहेको सङ्ग्रहमा ४० बढी कवितामा तत्कालीन ग्रामीण परिवेशको भोगाइ रहेकाले कृतिकारलाई ग्रामीण कविको उपमा दिए ।  मानिसले उसलाई आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविले समेटेको उनको भनाइ थियो । उनले अगाडि भने, “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ ।”  कवि राधिका कल्पितले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताईन् ।  यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको बताए ।   कृतिकार घनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गर्दै समीक्षकहरुले औंल्याएको सबै विषयबस्तु एउटै संग्रहमा अटाउन नसकिने विचार व्यक्त गरे । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

५१३ दिन अगाडि

|

१ पुष २०८०

ठुम्रार साहित्यिक बखेरीले कीर्तिपुरको बरघर रेस्टुरेन्टमा ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न गरेको छ । मंसिर ३० गते शनिवार सम्पन्न भएको कार्यक्रममा गणेश वर्तमान, भूमिका थारु, अरुण चौधरी, कृष्णराज सर्वहारी, हर्षित चौधरी लगायतले रचना वाचन गरेका थिए ।  कार्यक्रममा सिताराम चौधरी, डा रामबहादुर चौधरी लगायतले  हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने थारू साहित्यिक श्रृंखलाबाट खास गरी थारु युवाहरुले लाभ उठाउनु पर्नेमा जोड दिएका थिए ।  त्यस्तै,  श्रृंखलाका सुत्राधार डा कृष्णराज सर्वहारीले आगामी २०८० माघ २६ देखि २८ सम्म सुनसरीको गढीमा हुन गैरहेको आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा काठमाडौंबाट धेरैभन्दा धेरै सहभागिता जनाउन आग्रह गरे । २०७० मंसिर २९ गते १० वर्ष पहिले बखेरीको कार्यक्रममा प्रमुख अतिथि तात्कालीन सांसद जनकराज चौधरीलगायत सहभागी ।

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

५२७ दिन अगाडि

|

१६ मंसिर २०८०

                              आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनका लागि हौली परिवार मोरङको आयोजनामा भएको तयारी बैठक आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी माघमा मोरङमा हुने तय भएको छ । थारु लेखक संघ, हौली परिवार तथा जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछन् । यसै क्रममा स्थानीय संयोजनकर्ता हौली परिवार मोरङको आयोजनामा मंसिर १५ गते तयारी बैठक बसेको छ, जसले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर, गढी वा दुहबीमा गर्ने निर्णय गरेको छ । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले स्थान आजैभोलि तय गरिने बताए । तयारी बैठकमा थाकस, महिला सभा, विद्यार्थी सभा, युवा सभा, पत्रकार, समाजका प्रतिष्ठित ब्यक्ति तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।  थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ पुस्तक प्रदर्शनी सुरु उता, जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ सप्ताहब्यापी पुस्तक प्रदर्शनी सुरु गरेको छ । बर्दियाको कोठियाघाटमा आयोजना गरिएको पुस्तक प्रदर्शनी मंसिर १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ ।  पुस्तक प्रदर्शनीमा खास गरी थारु भाषा साहित्यका पुस्तकका साथै स्थानीय लेखकका अन्य भाषाका पुस्तक पनि रहेको लेखक शेखर दहितले बताए । पुस्तक प्रदर्शनीको पहिलो दिन नै करिब १ सय थान पुस्तक बिक्री गरिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  यसैगरी, बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ एक कप चिया अभियान चलाएको छ । यसबाट १ लाख बढी रकम संकलन भैसकेको अभियन्ता शेखर दहितले जनाए ।  स्मरण रहोस् दाङदेउखुरीबाट सुरु भएको थारू साहित्य राष्ट्रिय सम्मेलन कैलाली, बर्दिया, रुपन्देही, सुर्खेत, कञ्चनपुर, बाँकेमा गरी सात श्रृंखला पार गरिसकेको छ । सातौं थारू साहित्य राष्ट्रिय सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सिधन्वामा भएको थियो । 

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

५२८ दिन अगाडि

|

१५ मंसिर २०८०

मित्थु थारू आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारू समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनी सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारू इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए। कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारू जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रूचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे। चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारू जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए। ‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारू जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ,’ मित्थुले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ। यतिबेला उनी बाँकेको बैजनाथ गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारू समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्। उनी दुर्गाशरणको कथामा आधारित थारू समुदायका देवी मयारी, थारूका राजा दगीशरण, भेंवाँ, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्। मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रूपमा थारू संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए। मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारू संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाउँदै आएका छन्। थारू संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो। रासस

रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

५४४ दिन अगाडि

|

२९ कात्तिक २०८०

नेपाली बाल साहित्यका धरोहर शान्तदास मानन्धरको ९० वर्षको उमेरमा बयोधा अस्पतालमा मंगलवार निधन भएको छ । उनी हर्निया रोगबाट पीडित थिए । मानन्धरको दाहसंस्कार बुधबार विद्युत्तीय शवदाहगृह आर्यघाटमा गरिदैछ । शुभेच्छुकहरुको दर्शनको लागि विद्युत्तीय शवदाहगृह परिसरमा बुधवार १२ देखि २ बजेसम्म पार्थिव शरीर राखिएको छ । उनी बालकोसेली, बालपोष र मचाक्यब नामक् बालसाहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक थिए । १९९१ साल जेठको शुक्लदशमीका दिन काठमाडौँमा जन्मिएका उनी १५ वर्षको किशोर उमेरदेखि औपचारिक सृजनायात्रामा लम्किएका थिए । उनका मरुभूमिमा एक राज्य कथासङ्ग्रह (२०२०),  बसिबियाँलो निबन्धसङ्ग्रह (२०३७), कथाकोसेली–१ बालकथासङ्ग्रह (२०४९), पानीको कथा सचित्र निबन्ध (२०५८),  हाम्रा बालबालिकाहरू र बालसाहित्य प्रबन्ध (२०५९), चार डाला नाक सचित्र बालकथा (२०४१), साहित्यमा लुसुनका विचारहरू अनूदित निबन्धसङ्ग्रह (२०२२),  कथाकोसेली–२ अनूदित बालकथासङ्ग्रह, (२०५०),  गुलिभरको लिलिपुट यात्रा अनूदित बालउपन्यास, (२०५२) प्रकाशित छन् । त्यस्तै, कथाकोसेली–३ अनूदित बालकथासङ्ग्रह (२०५३),  कथाकोसेली–४ (अनूदित बालकथासङ्ग्रह (२०५६),  कथाकोसेली–४ अनूदित कथासङ्ग्रह (२०५७),  कथाकोसेली–५ लोकबालकथासङ्ग्रह (२०५७), कथाकोसेली–६ अनूदित बालकथासङ्ग्रह (२०५८) हिउँकी रानी अनूदित परिकथासङ्ग्रह, (२०५८), म के बन्नुपर्ला ? (२०६१) प्रकाशित छन् । यसैगरी, उनले लुसुनको ‘आह क्युको साँचो कथा’ जस्तो चर्चित कृतिको अनुवादसमेत गरेका थिए । जीवनको उत्तराद्र्धमा पनि साहित्य सिर्जनामै निरन्तर क्रियाशील उनले रुम टु रिडुलगायत विभिन्न प्रकाशनका सयौं चित्रकथा सम्पादन गरेका थिए  ।  गत वर्ष उनलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । त्यस्तै, उनी पहिलो पारिजात बालसाहित्य सम्मान २०७०, जगदम्बाश्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरुबाट सम्मानित थिए ।