जाँरक लाक जिन्गि जिना मनै

जाँरक लाक जिन्गि जिना मनै

८५९ दिन अगाडि

|

२५ फागुन २०७९

चितामाथि सुतेर हेर्दा .......

चितामाथि सुतेर हेर्दा .......

८५९ दिन अगाडि

|

२५ फागुन २०७९

डा प्रदीप ढकाल चितामाथि सुतेर हेर्दा  यौवनको घमण्ड क्षणिक रहेछ शक्तिको उन्माद व्यर्थ रहेछ रूपरङ्ग र सौन्दर्य विलीन भए धन र सम्पत्तिको तुजुक जलेर भष्मिभूत भयो गरिबीका परिधीहरू जलेर खरानी भए धर्मका पर्खालहरू क्षणभरमै विलुप्त भएर गए ज्ञान र मोक्षका तर्कवितर्कहरू व्यर्थ भए ..... चितामाथि बसेर सोचेँ – के मृत्यु दुःख हो ? अनुभव र अनुभूतिहीन हुनु पनि के को दुःख हुनु ? चितामाथि लम्पसार परेर घोत्लिएँ .... जन्म, जीवन र मृत्यु यी तीनवटा चरणमात्र त छन्् प्राणी जीवनका .... जीवन तर्क होइन, जीवन शब्द होइन, जीवन आदर्श होइन अनि जीवन व्यवस्था पनि होइन जीवन – जीवन हो .... म शिशुहरूलाई देखाउँछु – आकाशका तारा, चन्द्र, ग्रह र अन्य पिण्डहरू ताकि धर्तीका हाड र मासुका पिण्डहरूसँग द्वन्द्व गर्दै अल्मलिनु नपरोस् म उनीहरूलाई आकाशतर्फ नियालेर प्रेमको चमक देखाउछु ताकि धर्तीका कठोर मुटुहरूबाट उनीहरू बलात्कृत हुनु नपरोस् .... चितामाथि बसेर ..... आफ्नो व्यथित अतीत नियाल्छु – जीवनदेखि पर लगेर मसानघाट छाडी जाने त्यो निर्दयता जीउनु न मर्नुको अवस्थामा छाडिदिने त्यो कठोर मन पलपलमा परिवर्तित हुने  ती ऋतुका नियम सबै क्षणभरमै जलेर गए .... चितामा लम्पसार परेर हेर्दा ..... त्यो सिउँदोमा सिन्दूर होइन यही चिताको खरानी सजिएछ .... अनि रङ्गहीन, ओजबिहीन एक जिउँदो लास बनेर चुपचाप समाजमा विचरण गरिरहेकै रैछ ... चितामाथि बसेर ..... एकपटक फेरि आँखा च्यातेर हेरेँ – अझै कहीँ कतै आँशु बाँकी पो छ कि ! अनि प्रार्थना गरेँ – प्रेमको तृष्णा मेट्नका लागि विधाताले अर्को जीवन नदिई जन्म र मृत्युको चक्रबाट पर अनन्तमा विलीन गराओस् ... चितामाथि लम्पसार परेर .... म प्रेमसँगै डुल्दछु – जीवन, जगत्, ब्रम्हाण्ड एक प्रेमीको रूपमा – एक स्वतन्त्र आत्माको स्वरुपमा अनन्तको चीर यात्रामा ...... ।

खिस्साः माउक डमन्ड्वा

खिस्साः माउक डमन्ड्वा

८५९ दिन अगाडि

|

२४ फागुन २०७९

सोम डेमनडौरा बटास्या दश कक्षासम् पह्रल् बा । पह्र ब्याला उहिँका सब्से महान लग्ना शब्द कलक डाई रहिस् । हरेक कापी ह्वाए या पन्ना डाई लिख्ल रह । आठ कक्षा पह्र ब्याला डाई शिर्षकम निबन्ध लिख पर्ना रहिन् । ऊ डाई शिर्षकम निबन्ध लिख्क फस्ट मर्ल रह । टबसे ट झन् डाई भगवान, डाई सृष्टि, डाई संसार.....या कहि डाई जो सबकुछ । हरब्याला डाईक महानता गाए । भ्वाज करल् डु बरस पाछ रसरस डाई लिखल् पन्ना ढुह््यैटि गइल् । ऊ पन्ना पुराका पुरा मक्का गैल् । ड्वासर पन्नम झरझरसे लिख्ल रह– “म्वार जन्नी” । ऊ आपन जन्नीहँ बहुट मैया करठ् । आपन जन्नीक हर मागन पुरा करठ् ऊ, चहा पहार बिल्टाई पर । ठर्वक कन्ढा सम् बाटिस् वाकर जन्नी । टर जन्नीक आघ पुँछि हिलाइठ् बटास्या । माऊ, जेठिन्या, सरजिया, साली, साला.....हाँ अस्टहँ नाटनट्कुर पलि रठिस् वाकर घर । मिठमाठ पक्लसे सब्से पैल्ह वाकर सस्रार पुग पर्ठिस् । यदि निपुगल् कलसे बटास्यक जन्नी खटोलपाट शुरु । बटास्य फे बान पर्सेक्लिस् । लरौ साह्रे बार बजे राट्क साली फोन कर्लिस्, “दिदी, डाईक प्याट बठाईटिस् । भाटुहँ बिर्वा लेक पठाड्या ।” बटास्या हडर बडर पाइन्ट लगाक निकर्जाइठ् मेडिकलम बिर्वा लिह । बिर्वा डिह ड्वासर गाउँ पुग्जाइठ् । बटास्या जब घर पुगठ् ट राटिक डुई बजल् रहठ् । माघ ठिक हुइलक खबर सुनाइठ् । जन्नी एक चुम्मा डेठिस् । बटास्या बरा गहिँर निंड सुटठ् । ड्वासर राट वाकर डाइक दाँत बठाक जुरी आइ भिरल् रठिस् । दाँत आब चुपाई टब चुपाई कैक पिरा सहक बैठल् रठी । टर दस बजठ् बजठ् सह निसेक्ना होजैठिन् । बठ्ठक झार जुरी आजैठिन् । मन्का हनहनाई लग्ठी । हनहनाइठ् सुन्क ठर्वा मेढर्वन अन्कुस् लग्ठिन् । बटास्या बल्खिच कच्वाटहस् पुछठ्, –“का हुइटा डाई ट्वार ?” डाई ब्वाल पैल निरठि, टर्नी खपाकसे कचोट्ठी । “हिंकार जब फे अस्ट हुइटिन् । बठैहिन् चुपा रहहिन् ।” डाई– “निसेक्नाहस् लागटा छावा । बिर्वा लान्डेट्या ट ।” डाई बिन्ति कर्ठी । “अट्रा राट ट कहाँ जैहिँ ना । चिमचाम सुट रना हो । ना सुटहि ना सुट डिहीं । सिकार उकार ना खैहो ट कठुँ, आँखर आँखर चबैटि रठो । दाँत निबठाई ट का बठाई । चिमचाम सुटो । अट्रा राट कहाँ जैबो । मेडिकलक मनै फे ट निजग्ठ अट्रा जुन ।” जन्नी अट्रा कठिस् ट बटास्या फेर ओंडर जाइठ् पठ्रिम ।  

होलीको अवसरमा दिइयो १७१ जनालाई मूर्ख उपाधि

होलीको अवसरमा दिइयो १७१ जनालाई मूर्ख उपाधि

८६१ दिन अगाडि

|

२२ फागुन २०७९

भारत लगायत देशमा होलीको अवसरमा मूर्ख उपाधि दिने चलन छ । जसलाई निकै सम्मानको रुपमा लिइन्छ । जनकपुरमा पनि केही वर्ष यता होलीको अवसरमा मूर्ख उपाधि दिने चलन छ । उता सुनसरी, इटहरीका पत्रकार तथा लेखक सुविद गुरागाईले केही वर्ष यता होलीको अवसरमा सामाजिक सञ्जाल मार्फत् मूर्ख उपाधि दिने गरेका छन् ।  लेखक गुरागाईले सूचीकरण गरेका २०७९ का मूर्ख को कस्ता छन् त ? होली उपाधि तथा सम्मान – २०७९ ०१. एक नम्बरको मूर्ख – धर्मेन्द्र झा ०२. मूर्ख सम्राट – स्वागत नेपाल ०३. महामूर्ख – केदार भण्डारी ०४. सदाबहार मूर्ख – नारायण तिवारी ०५. मूर्खाधिराजपति – हिक्मत थापा ०६. मूर्ख महामण्डलेश्वर – साम्ब ढकाल ०७. मूर्खाधिपति – द्वारिका घिमिरे सुबोध ०८. मूर्ख शिरोमणि – धीरज भट्टराई ०९. मूर्खाधिश – डिल्लीप्रसाद पोखरेल १०. मूर्खेश्वर – राजेन्द्र गौतम ११. राष्ट्रिय मूर्ख – राजन मेहता १२. देशेमरु मूर्ख – छविरमण अधिकारी १३. सम्मानित मूर्ख – गोपाल कोइराला १४. मूर्खराज – रमेशकुमार सुवेदी १५. विशेष प्रकारको मूर्ख – दिनेश पौडेल १६. स्थायी प्रकृतिको मूर्ख – बद्रीविशाल पोखरेल १७. उत्कृष्ट मूर्ख – हरिराम पौडेल १८. जान्नेबुझ्ने मूर्ख – डम्बर खतिवडा अकिञ्चन १९. उच्चस्तरको मूर्ख – घनेन्द्र ओझा २०. प्राज्ञिक मूर्ख – कृष्णराज सर्वहारी २१. वास्तविक मूर्ख – सागर तिम्सिना २२. सर्वाधिक मूर्ख – नवीन गड्तौला २३. युनिभर्सल मूर्ख – यम घिमिरे २४. सुप्रिम मूर्ख – राकेश निरौला २५. अब्बल मूर्ख – कृष्ण आचार्य २६. उत्पात मूर्ख – वेदराज पौडेल २७. अचम्मको मूर्ख – वीरेन्द्र केएम २८. उच्चकोटिको मूर्ख – सन्दीप दाहाल २९. गतिलो मूर्ख – मदन राजभण्डारी ३०. भेट्रान मूर्ख – हरि डाँगी ३१. परिपक्व मूर्ख – भीम खतिवडा ३२. बिर्सन नसकिने मूर्ख – दिनेश अधिकारी ३३. सर्वश्रेष्ठ मूर्ख – गणेश खड्का ३४. सत्य औँल्याउने मूर्ख – सरोज बराल ३५. लोकप्रिय मूर्ख – ऋषि बस्ताकोटी ३६. विशुद्ध मूर्ख – नेपाली मोहन ढुङ्गेल ३७. सबभन्दा मूर्ख – डिल्ली आचार्य ३८. सम्माननीय मूर्ख – राजीव कोइराला ३९. अति आदरणीय मूर्ख – विजय श्रेष्ठ ४०. क्रिएटिभ मूर्ख – पेशल आचार्य प्यासी ४१. पटमूर्ख – अनुज पराजुली स्मित ४२. सुध्रिएको मूर्ख – कमल पुडासैनी ४३. मूर्खाचार्य – पुष्प पराजुली ४४. बालुवामा पानी हाल्ने मूर्ख – दिनेश भट्टराई ४५. प्रमुख मूर्ख – गेहेन्द्रचन्द्र ढुङ्गेल ४६. अपूर्व मूर्ख – चेतन धमला ४७. कोसी प्रदेशको मूर्ख – बाबुराम कार्की ४८. साँच्चिकै मूर्ख – धर्मराज खड्का ४९. विचित्रको मूर्ख – ईश्वर ओझा ५०. अघोषित मूर्ख – जीवन पानी ५१. असली मूर्ख – कौशल भट्टराई ५२. स्पेसल मूर्ख – लेखराज ढकाल ५३. रहरिली मूर्ख – शोभा आचार्य सुवेदी ५४. सुहाउँदिली मूर्ख – यमुना बस्नेत ५५. आफ्नै पाराकी मूर्ख – पवित्रा ल्वागुन ५६. ओझेलमा परेकी मूर्ख – बेबीडेजी गुप्ता ५७. सम्झनलायक – विष्णु भुर्तेल ५८. गजबको मूर्ख – राजन पौडेल ५९. भ्रष्टाचारविरोधी मूर्ख – दिनेश लम्साल ६०. नपत्याउँदो मूर्ख – सुकदेव चौधरी ६१. अति विशिष्ट मूर्ख – विराट अनुपम ६२. सक्कली मूर्ख – रमेश भट्टराई ६३. धेरै सोझो मूर्ख – शम्भु भण्डारी ६४. नयाँ नेपालको मूर्ख – छवि लुइटेल ६५. फन्टुस मूर्ख – कुसुम पोखरेल जङ्गली ६६. गफाडी मूर्ख – प्रकाश बस्नेत ६७. औपचारिक मूर्ख – विनोद ढकाल ६८. यथावत् मूर्ख – हिमाल दाहाल ६९. राम्रो गर्न खोज्ने मूर्ख – दीपक रोक्का ७०. विशिष्ट मूर्ख – भुवन सुवेदी ७१. अर्नासँग भिड्ने मूर्ख – देवराज घिमिरे ७२. धेरै जान्ने मूर्ख – महानन्द सापकोटा ७३. कोपिलाउँदो मूर्ख – सुस्मिता नेपाल ७४. गम्भीर प्रकृतिकी मूर्ख – इन्दु अंशु ७५. जब्बर मूर्ख – सनत सापकोटा ७६. रियल मूर्ख – जयन्ता पोखरेल ७७. फरक धारको मूर्ख – विसप ताम्राकार ७८. हतारमा निर्णय गर्ने मूर्ख – सदीक्षा नेपाल ७९. मूर्खहरूको राजा – राजकुमार शाही ८०. अति ज्याद्रो मूर्ख – पदम गौतम ८१. लप्पन–छप्प्न नजान्ने मूर्ख – महेश ढुङ्गाना ८२. सर्वस्वीकार्य मूर्ख – कृष्ण भट्टराई जुनेली ८३. चौथाइ मूर्ख – बद्रीप्रसाद कोइराला ८४. रेलिगेसनमा झरेको मूर्ख – सिएन गौतम ८५. हारमा पनि रमाउने मूर्ख – विनोद पाण्डे ८६. उपमूर्ख – रमेश अधिकारी ८७. नोमिनेसनमा नपरेको मूर्ख – सङ्केत अगस्ती ८८. छुटपुट मूर्ख – हरि ढुङ्गेल ८९. अचल मूर्ख – रामबिक्रम थापा ९०. पुरानो मूर्ख – सन्तोष खरेल ९१. मस्तराम मूर्ख – इकवाल अहमद ९२. देख्दा थाहा नपाइने मूर्ख – जनक चन्द ९३. नसुध्रिने मूर्ख – सुरज पराजुली ९४. सुकिलो मूर्ख – किरण टी लिम्बु ९५. सम्भावित मूर्ख – आकास भुर्चोके ९६.मर्नुको फाइदा बताउने मूर्ख – कृष्ण भुल्केली भट्टराई ९७. जेको पनि प्रमाण खोज्ने मूर्ख – शालिग्राम पाण्डे ९८. नवनीतम् मूर्ख – इन्द्र ढुङ्गेल ९९. निर्विकल्प मूर्ख – गणेशप्रसाद अधिकारी १००. नम्बरी मूर्ख – गीतनारायण एमटी १०१. कहिल्यै नथाक्ने मूर्ख – जेबि थुलुङ १०२. स्वघोषित मूर्ख – निरज भट्ट १०३. मूर्ख पर्सनालिटी – गोविन्द ढकाल बुइँपाली १०४. मूर्ख महापण्डित – गुणानन्द झा १०५. मूर्ख देशप्रेमी – जयराम गौतम १०६. मूर्ख डायस्पोरा – आचार्य प्रभा १०७. मूर्ख सर्जक – राजन कार्की १०८. मूर्ख सचेतक – विक्रमश्रि १०९. मूर्ख ज्वाजल्य–पट्ट – जिपी तिवारी ११०. मूर्ख सुन्दरी – सीमा बस्नेत १११. महामूर्ख शिरोमणि – सुनोज निरौला ११२. मूर्खमण्डली संयोजक – सुरेश सुवेदी ११३. मूर्ख भविष्यवक्ता – कमल दाहाल ११४. मूर्ख लिस्नर्स – रूपेश मेहता ११५. मूर्खलाल – टिबी सागर ११६. मूर्ख जागरण सम्मान – रमेश शुभेच्छु ११७. उल्लु शिरोमणि – भीम घिमिरे ११८. लाल बुझक्कड – दीपक आचार्य ११९. मूर्खमाया सम्मान – जुनु रिमाल १२०. मूर्ख अफ द इयर – पारसमणि गेलाल १२१. हनुमान त्रिशक्तिपट्ट – लक्ष्मी खतिवडा ज्वाला १२२. उत्कृष्ट लठुवा सम्मान – पुण्य आचार्य १२३. पलायन शिरोमणि – विमल अधिकारी १२४. सबैभन्दा ठुलो भन्टा सम्मान – धीरेन्द्र प्रेमर्षि १२५. पानीको किरो सम्मान – विमलमान श्रेष्ठ १२६. बैगुनरत्न शिरोमणि – हेमराज दाहाल १२७. अपजस शिरोमणि – कमल ढकाल १२८. अविश्वास त्रिशक्तिपट्ट – प्रभात खड्का १२९. मानार्थ मूर्ख सम्मान – धनराज गिरी १३०. चाउरिएको मरिच सम्मान – सितोस पोखरेल १३१. बाजिगर भूषण–रत्न – ठाकुर बेल्बासे १३२. मूर्खश्री सम्मान – बद्री भिखारी १३३. कित्ता परिवर्तन रत्न – चन्दन रौनियार १३४. कलियुगको कालीदास – भरत गुरागाई बर्बरिक १३५. कलियुगको श्रवणकुमार – सुनील पुरी १३६. कसैले नपाएको सम्मान – भेषराज घिमिरे १३७. हवेली विघटन रत्न – प्रभातरञ्जन पोखरेल १३८. मूर्ख परम्परा सम्मान – किशोर पहाडी १३९. उत्कृष्ट ढोक्सोभूषण – शशी कोइराला १४०. मूर्ख संरक्षक सम्मान – सुवर्णशमसेर विष्ट १४१. हिङ बाँधेको टालो सम्मान – गायत्री लम्साल १४२. करेला उपचार सुविख्यात पट्ट – विशाल सुवेदी १४३. मूर्ख सिर्जना सम्मान – शाश्वत ढुङ्गाना १४४. ताइँ न तुइँ सम्मान – लक्ष्मी नेपाल १४५. मात्रा चढावट सम्मान – घनश्याम न्यौपाने परिश्रमी १४६. कालीदासस्मृति सम्मान – दिनेश पौडेल गरिब १४७. जोगिरा ढ्याङ्ग्रो सम्मान – राजेन्द्र पोखरेल १४८. उल्लु संरक्षण सम्मान – जिबी गजल १४९. सम्हाली नसक्नु मूर्ख सम्मान – राजन खतिवडा (सम्ली राख) १५०. मूर्ख राष्ट्रसेवक सम्मान – अनिल पोखरेल १५१. जति भए पनि नपुग्ने सम्मान – विपिन किरण १५२. गेलभेँडा त्रिशक्तिपट्ट – महेश गुरागाई १५३. फाङफुङ त्रिरत्न भाष्कर – जनकऋषि राई १५४. यथास्थिति रत्न प्रथम – गणेश निरौला १५५. विवादित उद्यमी सम्मान – समीर कार्की १५६. श्री ७ मूर्ख सम्मान – चञ्चल भट्राई १५७. विज्ञानसम्मत मूर्ख सम्मान – ज्ञानमित्र १५८. अजम्मरी मूर्ख सम्मान – अमर खड्का १५९. घुमीफिरी रुम्जाटार सम्मान – विश्वमणि पोखरेल १६०. झनक्क बहादुर भूषण – कृष्ण अधिकारी १६१. बालापन बाँकी सम्मान – आस्था दाहाल १६२. हाहाहुहु मानक पट्ट – शरदराज गौतम १६३. जुनसुकै लहरमा मिल्ने भेडो सम्मान – लीलाराज भट्टराई १६४. नक्कली प्वाँख उज्यालो पट्ट – अच्युत घिमिरे बुलबुल १६५. माछामाछा भ्यागुतो सम्मान – सुनिता मरिक १६६. आलु रत्न भूषण – योषा गुरागाई १६७. हाँस न बकुल्लो भूषण – केशव दाहाल १६८. विचारले किचिएको मूर्ख सम्मान – मोहन तिम्सिना १७९. फुटेको मादल सम्मान – राजु केसी १७०. अलग्गै चिनिने मूर्ख सम्मान – अर्जुन शर्मा १७१. मनमौजी मूर्ख – सुविद गुरागाई भुलचुक लिनेदिने ।

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

थारू नायक तथा निर्माता परशुराम चौधरीको पोर्चुगलमा निधन

८६४ दिन अगाडि

|

२० फागुन २०७९

थारू नायक, निर्देशक तथा निर्माता परशुराम चौधरीको निधन भएको छ ।  गायक राजु चौधरीका अनुसार स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा पोर्चुगलमा हृदयघातबाट शुक्रवार मृत्यु भएको हो ।  उनले थारु फिल्म ‘बौछार’ को निर्माण, निर्देशन पनि गरेका थिए । जीवन एक लडिया फिल्मको पनि उनी निर्माता थिए । उनी अभिनित अन्य चलचित्रमा ई कैसिन नाता, बुह्रान, कमैया, तागतलगायत रहेका छन् । नायक संगत थारु भन्छन्, ‘मलाई उहाँले नै फिल्म क्षेत्रमा ल्याउनु भएको हो । खास गरी थारु चलचित्र जगतमा उहाँको निधनले अपूरणिय क्षति भएको छ ।  अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए । धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी सन् २०११ मा युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् । उनकी जेठी पत्नी र एक छोरी काठमाडौंमा छन् भने कान्छी पत्नी र दुई छोरी पोर्चुगलमै छन् । पारिवारिक स्रोतका अनुसार उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताइएको छ ।

लक्ष्मी चौधरीका दुई कविता

लक्ष्मी चौधरीका दुई कविता

८६५ दिन अगाडि

|

१९ फागुन २०७९

१. हे महादेव                      लक्ष्मी चौधरी मेरो पनि मन छ तिम्रो पनि ! मेरो पनि दुख्छ तिम्रो पनि मलाई पनि दया माया छ तिमलाई पनि म मा पनि रिस दाहा छ तिमीमा पनि मलाई पनि जीवन जिउनु छ तिमलाई पनि मनुष्य हौं समस्याले तिमलाइ पनि घेरेको छ मलाई पनि कसलाई दोष लगाउने जे छ त्यसमा खुशी हुन बाहेक केही उपाय छ र ? म पनि तिम्रो तिमी पनि मेरो हैन र ? महादेव । =====                                                                                                                                कवियत्री लक्ष्मी चौधरी २. एक पात्र हुँ  जसलाइ सृष्टि कर्ता अनि ममताको खानीको स्वरुप दिइन्छ जसलाई पुज्ने पनि गरिन्छ अनि कहिले कुट्ने पनि गरिन्छ । हो, त्यही पात्र भित्रको म एक पात्र हुँ । जीवन जिउन म मा पनि केहि आधार अनि आफ्नै शैली छ । कोमल हृदयमा आफ्नै चाहना अनि इच्छा छ तर म छोरी हो श्रीमती हो बुहारी हो आमा हो सासू हो , हो, त्यही संयन्त्र भित्रको म एक पात्र हुँ । अरुलाइ खुसी बनाउन आफ्नो खुशीलाई बलि चढाउने जीवनको दौडानमा आफू हारी अरुलाइ जिताउने हो त्यही मनकारी भित्रको म एक पात्र हुँ ।                             राप्तीसोनारी, बाँके

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

‘प्रज्ञाका आजीवन सदस्यहरुको भत्ता कटौतीले ‘भूइँचालो’ गएको छः’ कुलपति राई 

८६७ दिन अगाडि

|

१६ फागुन २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णयले ‘भूइँचालो’ गएको बताएका छन् । सांस्कृतिक संस्थानले तीनवटै प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यदेखि प्राज्ञसभा सदस्यसम्मलाई मंगलबार संयुक्त रुपमा गरेको शुभकामना तथा बधाई कार्यक्रममा कुलपति राईले उक्त जिकिर गरेका हुन् । कुलपति राईले अगाडि भने, ‘देशमा भ्रष्टाचारका अनेक तौरतरिका छन् । त्यो मध्ये एक प्राज्ञिक भ्रष्टाचार पनि हो । प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर हामीले प्राज्ञिक भ्रष्टाचार न्यून गर्ने कामको थालनी गरेका छौं ।’ नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो ।  नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका आजीवन सदस्यहरुलाई दिइदै आएको भत्ता कटौती गर्ने निर्णय गरेर राम्रो कामको सुरुवात गरेकोमा टिमको प्रशंसा गरे ।  ‘अहिले त कुनै मन्त्रीलाई कार्यक्रममा बोलाइए फूलमालाको लागि पनि पैसा उठाउने गरेको सुनेको छु । कुनै ठाउँमा नियुक्तिका लागि लाख होइन, करोड माग्ने गरेको सुनेको छु । यसरी त कसरी रोकिन्छ र भ्रष्टाचार ?’ मन्त्री किरातीले भने, ‘हामीले गुडाउने प्रत्येक थोपा तेलमा सहिदको रगत बगेको छ ।’ त्यसैले, आफूले भ्रष्टाचार हुन नदिने उनले प्रण गरे ।  आफू मन्त्री भएको ४५ दिन पुगेको बताउँदै उनले भने, ‘१ सय दिनका लागि हनिमुन टायम कुर्ने समय हामीलाई छैन ।’ आफ्नो मन्त्रालय मातहतका पदाधिकारीलाई निर्धक्क भएर काम गर्न उनले आग्रह गरे । कुलपति राईले आफ्नो तालुकदार मन्त्रालयको मन्त्रीले घुस नखाने प्रण गरेकाले आफूलाई काम जाँगर आएको बताए । उनले भने,‘सांस्कृतिक संस्थानका जिएम अशोक प्यासी राईले अढाई वर्षमा ७ मन्त्री झेलेछन् । तर म धेरै मन्त्री झेल्न सक्तिन । यदि सुदन किराती मन्त्रीको जिम्मेवारीबाट हटे कुलपतिबाट राजीनामा दिन सक्छु ।’ उनले आफू प्राज्ञिक काम गर्न आएकाले जागिर जोगाउने रहर नभएको पनि जिकिर गरे ।   सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छालीले आफूहरुको विधा काम नदेखिने विधा भएकाले हाललाई पेश्की बधाई लिने, बाँकी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले सांस्कृतिक संस्थानले तीनै प्रज्ञाका पदाधिकारीलाई एकै स्थानमा भेला गरेर आइसब्रेक गरेकोमा धन्यवाद दिए ।  संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले एउटा विभागमा जम्मा १०÷१२ लाख रकमले काम गर्न नसकिने भएकाले रकम बृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण गराइन् । ‘सानो रकमले थोरै काम हुन्छ, जुन देखिन्न, ’ शर्माले भनिन्, ‘तीनवटै प्रज्ञा प्रतिष्ठान मिलेर ‘डुप्लिकेशन’ नगरी कार्य गर्ने प्रतिबद्धता गरौं । यसबाट सबै सफल भइन्छ ।’ सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले भने, ‘सांस्कृतिक संस्थानको काम पनि तीनवटै प्रज्ञा प्रतिष्ठानसँग मिल्दोजुल्दो छ । त्यसैले, ‘डुप्लिकेशन’ नगरी काम गरौं । योजना बनाउन सँगै बसौं ।’ कार्यक्रममा ‘डुप्लिकेशन’ नगरी काम गर्ने चर्चा भए पनि सांस्कृतिक संस्थानले नवनियुक्त प्राज्ञहरुलाई शुभकामना तथा बधाई दिने कार्यक्रम गरे लगत्तै मंगलबारै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले तीनवटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । त्यसमा उपस्थित तीनै कुलपति तथा मन्त्री किरातीले पनि पहिलो कार्यक्रममा सबै बोलिसकेकाले आफूहरुसँग बोल्ने नयाँ कुरा नभएको जिकिर गरे ।