अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

७० दिन अगाडि

|

०८ पुष २०८०

 घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ लोकार्पण

 घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ लोकार्पण

७० दिन अगाडि

|

०८ पुष २०८०

कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ पुस ७ गते शनिबार लोकार्पण भएको छ ।    सम्भव समूहबाट काठमाडौंमा आयोजित कार्यक्रम कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज राना तथा कवि अस्तित्वले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।   सो अवसरमा श्यामलले ६६ कविता समावेश  रहेको सङ्ग्रहमा ४० बढी कवितामा तत्कालीन ग्रामीण परिवेशको भोगाइ रहेकाले कृतिकारलाई ग्रामीण कविको उपमा दिए ।  मानिसले उसलाई आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविले समेटेको उनको भनाइ थियो । उनले अगाडि भने, “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ ।”  कवि राधिका कल्पितले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताईन् ।  यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको बताए ।   कृतिकार घनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गर्दै समीक्षकहरुले औंल्याएको सबै विषयबस्तु एउटै संग्रहमा अटाउन नसकिने विचार व्यक्त गरे । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

७७ दिन अगाडि

|

०१ पुष २०८०

ठुम्रार साहित्यिक बखेरीले कीर्तिपुरको बरघर रेस्टुरेन्टमा ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न गरेको छ । मंसिर ३० गते शनिवार सम्पन्न भएको कार्यक्रममा गणेश वर्तमान, भूमिका थारु, अरुण चौधरी, कृष्णराज सर्वहारी, हर्षित चौधरी लगायतले रचना वाचन गरेका थिए ।  कार्यक्रममा सिताराम चौधरी, डा रामबहादुर चौधरी लगायतले  हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने थारू साहित्यिक श्रृंखलाबाट खास गरी थारु युवाहरुले लाभ उठाउनु पर्नेमा जोड दिएका थिए ।  त्यस्तै,  श्रृंखलाका सुत्राधार डा कृष्णराज सर्वहारीले आगामी २०८० माघ २६ देखि २८ सम्म सुनसरीको गढीमा हुन गैरहेको आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा काठमाडौंबाट धेरैभन्दा धेरै सहभागिता जनाउन आग्रह गरे । २०७० मंसिर २९ गते १० वर्ष पहिले बखेरीको कार्यक्रममा प्रमुख अतिथि तात्कालीन सांसद जनकराज चौधरीलगायत सहभागी ।

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

८८ दिन अगाडि

|

२० मंसिर २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग' नामक कार्यपत्रसहित विचार गोष्ठीको आयोजना मङ्सिर १९ गते मङ्गलवार प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ । । उक्त ग‍ोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । कार्यक्रममा कार्यपत्र प्रस्तुत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले गर्नुभएको थियो । यस कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व ,मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था,जन्म संस्कार ,छेवर तथा गुन्यूचोलो संस्कार,विवाह संस्कार ,मृत्यु संस्कार,मगर भाषाका कर्मकाण्डीय पुस्तक,पुजाआजा,मगरका थान ,मन्दिर,चाडवाड ,नातापाता,खानाका परिकार ,नाचगान,मगर संस्था,मगर दर्शन,विस्थापन र संस्कारमा मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको थियोे । यस अवसरमा सदस्य सचिव सुवेदीले 'प्रत्येक जातजातिको मातृभाषा,संस्कृति र संस्कारका विषयमा सम्बन्धित पक्षसँग रहेर अनुसन्धान र बहसलाई प्रतिष्ठानले अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको थियोे । यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले स्वागत मनतव्यका क्रममा संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाकाे प्रयाेग कसरी भइरहेकाे छ र भाषा बाेल्नमा किन ह्रास आइरहेकाे छ भन्ने कारण खाेज्ने प्रयत्न कार्यपत्रले गरेकाे छ ।साथै उक्त भाषाका उपलब्धि, समस्या र समस्याका समाधानका उपायहरूका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गर्ने पनि जानकारी गराउनुभएको थियो। यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्रीले प्रत्येक भाषा,संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँलेे गर्नुपर्छ । त्यसले मात्रै भाषा र संस्कृति बाँच्छ' भन्नुभएको थियोे। यसै क्रममा भाषाविद् पूर्ण रानाले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।यस्तै सहभागीका तर्फबाट सुरेन्द्र थापा,डा.लालबहादुर पुन मगर ,नरकुमारी घर्तीमगर ,हेमबहादुर पुलामी मगर ,माया रोका मगर,उत्तमनारायण मल्ल र सञ्जोग लाफा मगर लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे । 

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

चित्रकलाबाट थारू संस्कृति संरक्षण गर्दै मित्थु थारू

९३ दिन अगाडि

|

१५ मंसिर २०८०

मित्थु थारू आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारू समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनी सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारू इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए। कैलालीको जानकी गाउँपालिका–३ का ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारू जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रूचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे। चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रूपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारू जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए। ‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारू जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ,’ मित्थुले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ। यतिबेला उनी बाँकेको बैजनाथ गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारू समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्। उनी दुर्गाशरणको कथामा आधारित थारू समुदायका देवी मयारी, थारूका राजा दगीशरण, भेंवाँ, ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्। मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रूपमा थारू संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए। मित्थुले दाङको दगीशरण–३ चखौरा गाउँमा थारू संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाउँदै आएका छन्। थारू संस्कृति जागरणकै लागि आफूले यो काम रोजेर व्यावसायिक रूपमा अघि बढेको उनको भनाइ थियो। रासस

रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

१०९ दिन अगाडि

|

२९ कात्तिक २०८०

नेपाली बाल साहित्यका धरोहर शान्तदास मानन्धरको ९० वर्षको उमेरमा बयोधा अस्पतालमा मंगलवार निधन भएको छ । उनी हर्निया रोगबाट पीडित थिए । मानन्धरको दाहसंस्कार बुधबार विद्युत्तीय शवदाहगृह आर्यघाटमा गरिदैछ । शुभेच्छुकहरुको दर्शनको लागि विद्युत्तीय शवदाहगृह परिसरमा बुधवार १२ देखि २ बजेसम्म पार्थिव शरीर राखिएको छ । उनी बालकोसेली, बालपोष र मचाक्यब नामक् बालसाहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक थिए । १९९१ साल जेठको शुक्लदशमीका दिन काठमाडौँमा जन्मिएका उनी १५ वर्षको किशोर उमेरदेखि औपचारिक सृजनायात्रामा लम्किएका थिए । उनका मरुभूमिमा एक राज्य कथासङ्ग्रह (२०२०),  बसिबियाँलो निबन्धसङ्ग्रह (२०३७), कथाकोसेली–१ बालकथासङ्ग्रह (२०४९), पानीको कथा सचित्र निबन्ध (२०५८),  हाम्रा बालबालिकाहरू र बालसाहित्य प्रबन्ध (२०५९), चार डाला नाक सचित्र बालकथा (२०४१), साहित्यमा लुसुनका विचारहरू अनूदित निबन्धसङ्ग्रह (२०२२),  कथाकोसेली–२ अनूदित बालकथासङ्ग्रह, (२०५०),  गुलिभरको लिलिपुट यात्रा अनूदित बालउपन्यास, (२०५२) प्रकाशित छन् । त्यस्तै, कथाकोसेली–३ अनूदित बालकथासङ्ग्रह (२०५३),  कथाकोसेली–४ (अनूदित बालकथासङ्ग्रह (२०५६),  कथाकोसेली–४ अनूदित कथासङ्ग्रह (२०५७),  कथाकोसेली–५ लोकबालकथासङ्ग्रह (२०५७), कथाकोसेली–६ अनूदित बालकथासङ्ग्रह (२०५८) हिउँकी रानी अनूदित परिकथासङ्ग्रह, (२०५८), म के बन्नुपर्ला ? (२०६१) प्रकाशित छन् । यसैगरी, उनले लुसुनको ‘आह क्युको साँचो कथा’ जस्तो चर्चित कृतिको अनुवादसमेत गरेका थिए । जीवनको उत्तराद्र्धमा पनि साहित्य सिर्जनामै निरन्तर क्रियाशील उनले रुम टु रिडुलगायत विभिन्न प्रकाशनका सयौं चित्रकथा सम्पादन गरेका थिए  ।  गत वर्ष उनलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । त्यस्तै, उनी पहिलो पारिजात बालसाहित्य सम्मान २०७०, जगदम्बाश्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरुबाट सम्मानित थिए ।

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

यी फिल्मी पाँच गीतः जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

१११ दिन अगाडि

|

२७ कात्तिक २०८०

कुवेर गिरी नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । सबैतिर झिलिमिली बत्ती बाल्ने भएकोले यसलाई उज्यालोको पर्वसमेत भनिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा पनि देख्न सकिन्छ ।  तिहारमा बज्ने अधिकांश गीत नेपाली फिल्मकै हुने गर्छ । हुन त हरेक वर्ष तिहारलक्षित गीतसंगीत बजारमा नभित्रिने होइन । तर, तिहारमा बढी बज्ने गीतसंगीतमा नेपाली फिल्मका पुराना गीत नै पर्छन् । तिहारमा बढी बज्ने नेपाली फिल्मका यस्ता छन् ५ गीतः ‘तिहारै आयो लौ झिलिमिली’ ‘तिहारै आयो लौ झिलिमिली’ बोलको यो गीत गाउँदेखि सहरसम्म तिहार लाग्नु अगाडिदेखि नै बज्न थाल्छ । यसले मानिसलाई तिहार आएको आभासमेत दिन्छ । तिहारमा यो गीत बज्न थालेको झन्डै तीन दशक भयो । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा रहेको गीतमा यादव खरेलको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । लोचन भट्टराई÷नूतन प्रधानको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री गौरी मल्लको अभिनय देख्न सकिन्छ ।  यो गीतको भिडियो तीन रात लगाएर खिचिएको निर्माण युनिटले बताएको छ । तिहारको माहोल तयार गरेर खिचिएको गीतमा कोरस कलाकारको समेत प्रयोग गरिएको छ । भिडियोका नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् । ‘अधरमा आज उनकै छ’ तिहारमा धेरै सुनिने गीतमध्ये ‘अधरमा आज उनकै छ’ बोलको गीत पनि हो । रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङको स्वर रहेको छ ।  फिल्म ‘अन्याय’मा रहेको यो गीतमा विश्व बस्नेत, मीरा माधुरी, गीताञ्जली सुनार लगायतका कलाकारको अभिनय छ ।  गीतमा भैलिनीको पनि प्रयोग भएको छ । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छ । फिल्म ‘अन्याय’को निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।  दियो बाली साँझकोः सुपरहिट फिल्म ‘चिनो’को गीत हो दियो बाली साँझको । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यो गीतले हरेक तिहारमा रौनकता थप्ने गर्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत यसमा छ ।  लक्ष्मीपूजाको महत्व बताउने यो गीतमा सुभद्रा अधिकारी, केशव भट्टराईको अभिनय छ । अभिनयमा स्थापित कलाकार सुनिल थापाले यो फिल्मबाट राते काइँलाको परिचय पाएका थिए । तुलसी घिमिरे निर्देशित फिल्मको गीतमा वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका थिए । ‘निधारमा लर्काएर सप्तरंगी टीका’ ‘निधारमा लर्काएर सप्तरंगी टीका’ बोलको गीत पनि पहिलेदेखि अहिलेसम्म पनि प्राथमिकतामा पर्दै आएको लोकप्रिय गीत हो । फिल्म ‘विजय पराजय’मा समावेश यो गीतमा भाइटीकाको प्रसङ्गलाई देखाइएको छ ।  अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसी दाजुभाइ र अभिनेत्री रूपा राणा बहिनीको रुपमा यो गीतमा देखिएका छन् । दिनेश अधिकारीको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा स्वर हेम लताले दिएकी छन् । ‘विजय पराजय’ फिल्म राजेन्द्र शलभले निर्देशन गरेका हुन् । ‘हाँसेर बोल बैनी’ फिल्म ‘माइती’मा रहेको यो गीत तिहारमा अत्याधिक बज्ने गर्छ । गीतमा दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्ग छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय यो गीतमा देखाइएको छ ।  राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले दाजुभाइ र दिदीबहिनी बिचको महत्व झल्काउँछ । फिल्मका निर्देशक अनिल संग्रौला हुन् ।