डा ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधि

डा ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधि

७८८ दिन अगाडि

|

४ पुष २०७९

मिलनको आशामा ....

मिलनको आशामा ....

७८९ दिन अगाडि

|

२ पुष २०७९

हिमालको सिरेटोमा अस्तित्वमा आई पहाडको काख र तराईको सम्म फाँटमा बाँचिरहेको जीवन धर्म र संस्कारका जञ्जालमा रुमलिइरहेर सामाजिक अस्तित्वको खोजीमा होमिएको जीवन जिन्दगी र समाजका चक्रमा बाँचिरहँदा पर क्षितिजबाट तिमीले हेर्यौ वल्लो क्षितिजबाट मैले नियालेँ अनि, समयको चक्रले हाम्रो अस्तित्व एकीकृत गरिदियो ... प्रिय, तिमीलाई थाहा छ – शून्य आकाशमा डुलिरहेका सबैभन्दा नजिकका मिल्कीवे आकाशगंगा र एन्ड्रोमेडा आकाशगंगाका बीच अस्तित्व एकीकृत हुँदै गर्दा कुनै अदृश्य शक्तिले छुट्याइदियो अहिले पुनः मिलनको आशामा ब्रह्माण्डमा चक्कर लगाइरहेका यी दुई अस्तित्व पाँच अरब बर्षमा एक हुनेछन् ... प्रिय, हाम्रो अस्तित्व एकअर्कामा अन्तरघुलित नहुँदै समयको अर्को चक्रले घर्षण गराएर अनन्तकालसम्म मिलन नहुने गरी अलग–अलग अस्तित्वमा हुत्याइदियो हामी पनि यिनै दुई आकाशगंगाका प्रतिनिधि पात्र थियौँ क्यारे तिमीले पृथ्वी रहेकै मिल्कीवे आकाशगंगामै बस्ने सौभाग्य पायौ म एन्ड्रोमेडा आकाशगंगामा हुत्याइएँ ... प्रिय, एकाकार हुँदाहुँदै पनि छुट्टिएका यी आकाशगंगा पाँच अरब बर्षमा फेरि जोडिने आशामा नजिक सर्दै आइरहेका छन् हिजोको मिलनमा घर्षण भएर उछिट्टिएका अस्तित्व अबको मिलनमा एकअर्कामा समाहित हुने तरंगमा लम्किरहेका छन् बिशाल ब्रह्माण्डमा ... प्रिय, मिल्कीवेका दुई खरब तारा, एक खरब ग्रहहरुका माझ जीवन अस्तित्व बिद्यमान सानो ग्रह पृथ्वीकी तिमी बासिन्दा उछिट्टिएर दस खरब ग्रह र ताराहरु भएको एन्ड्रोमेडामा पुगेको मेरो अस्तित्व पुनर्मिलनको आशामा पर्खेर बसिरहेको छु ... मिल्कीवेबाट फैलिरहेका तिम्रा मुस्कान हेर्दै तिमीलाई कुरिरहेछु – अब मिलन हुँदा तिम्रो प्रेमको अनुभव र अनुभूति पाउने मलिनो आशामा ... प्रिय, पाँच अरब बर्षसम्म तिमीलाई पर्खिरहँदा अनन्तको मार्गमा डुलिरहन्छु जहाँ शान्ति छ, प्रकृति छ ईश्वरीय अस्तित्वसँग भलाकुसारी छ यही अनन्त ब्रह्माण्डको सानो कुनाबाट तिमीलाई नियाल्दै पुनर्मिलनको अभिलाषामा पर्खिरहन्छु ... पर्खिरहन्छु ...

'म रेशम चौधरी'

'म रेशम चौधरी'

७९४ दिन अगाडि

|

२६ मंसिर २०७९

-बलराम तिमल्सिना म रेशम चौधरी तपाईले सोच्नु भयो म केवल हलियाको बच्चा ! तपाईले खटाएको खेतमा खुरु खुरु जोत्न जानु पर्ने मैले तपाईले दिएको बाली खुरुखुरु थाप्नु पर्ने मैले कसले उकास्यो खै मलाई मैले त तिम्रो खेत अब जोत्दिन भनिदिएँ मैले त मलाई थरुवान चाहियो भनिदिएँ म रेशम चौधरी कस्तो अनाडी मान्छे त है मालिक ? दोश्रा ठूला एकीकरणकर्ता श्री ३ जङ्गबहादुरले अङ्ग्रेजको गुलामी गरे वापत थुक विर्ता पाएको म नयाँ मुलुकको हलिया मैले अलि होस गर्न पर्थ्यो कि जोशमा होस गुमाएँ सायद र मैले टेकेको पुरानै मुलुकको यो जमीन मेरो पनि हो भनिदिएँ ! म त जाँड खाएर सुत्नु पर्ने भाइ भाइ मारामार गर्नु पर्ने भाइ भाइको किचलो मिलाउन हजुरलाई ठेकी कोसेली बुझाउनु पर्ने मैले त थारु थारु एक होऔं भनि दिएँ मैले त आफ्नो निसाफ आफै गर्छु भनि दिएँ मालिकको रबाफ पनि नचिनी मुखै मुख जबाफ फर्काउने म रेशम चौधरी मालिक ! मान्छेहरूले भने देशमा गणतन्त्र आयो रेशम अब दिल खोलेर बोल्नु पर्छ मान्छेहरूले भने सङ्घीयता पनि पो आएको छ रेशम अब थरुवान पनि माग्नु पर्छ समावेशिताका पनि कुरा छन अब राज्यका हरेक निकायमा थारुहरूले पनि भाग खोज्नु पर्छ आफू त इमान्दार थारुको बच्चा होला होलाझैं लाग्यो नलागोस पनि कसरी सङ्घीय गणतन्त्र नेपाल भनिएकै छ यो ठग्नलाई गरिएको ठग घोषणा हो भनेर कहिलै ठग्न नजानेको म थारुको सन्तानले कसरी मानौं मालिक ? थरुवान पनि मागेकै हो हाम्रो भाग पनि खोजेकै हो तपाईकै कानून अनुसार चुनाव लडेर भव्य मतले सभासद भएकै हो तर म सभासद बनेको तपाईलाई चित्त बुझेन मालिक मलाई के थाहा तपाईभित्र जङ्गबहादुर छ भनेर ? म रेशम चौधरी जेलको चिसो छिंडीमा बसेर देखिरहेछु नयाँ सपना म बस्ने कोठरीमा हजुर हुनुहुदो रैछ रे म हजुरलाई भेट्न हातमा फलफूल बोकेर गेटमा रहेछु रे मालिक सपना पनि कस्तो डरलाग्दो है ? माफ गर्नु होला मालिक सपना भनेको सपनै त हो कतै सपनै देखेको कारणले अर्को मुध्दा नलागोस है मालिक !                 कविता संग्रह 'मामुली मान्छे' बाट

डेरा ओ देउता

डेरा ओ देउता

८०४ दिन अगाडि

|

१७ मंसिर २०७९

                                                                                                                                                        हमार पहुरा  पहिले  जब जब मै निक्रुँ कोनो यात्रामे अचानक डगरेमका मन्दिरके साम्ने हाँठ डुवा करक लग उठे हे देउता, मोर आजुक यात्रा सफल करहो ।  मै सहरमे बैठ्ठुँ ओहेसे यहाँ, ठरवाना, मरवा कहुँ नै भेटैलुँ सोच्लुँ महि रक्षा करुइया देउता जब नै हुइट इ सहरमे  मै कसिक सुरक्षित रहम् ? मोर मेनम  प्रश्नके भुइँचाल उठल का सहरमे फेन मरुवा स्ठापना करे नै सेक्जाइ ? डेरा जिन्दगीमे मरुवाके स्ठापना ? इ डुरके बात हो इ केवल सपना हो पूरा नै हुइना सपना टै छोरडे ।  मने तुरुन्त समस्यक् समाढान भेटाके मै डंग पर्ठु सायड गुर्बावा मोर मनेम  पैंठके कहलाँ  अपन डेरक् एक कोन्वम डेहुरार काजे नै बनैठे ? हजुर,  आजकाल, मै अपन डेरक् एक कोन्वाहे डेहुरार मान्ले बटुँ आब जब जब निकरठुँ मै यात्रामे डेरक डेहुरार मानल कोन्वा ओर झुक्के डुवा मंगठुँ अई गुर्वावा, मोर आजुक यात्रा सफल करहो । सहरिया बाबु लोग पशुपति, गुहेश्वरीक् चक्कर कट्नासे का अपनेन्के मोर पद्चिन्ह पछ्यइयक नै चहबि ? आई डेरक् एक कोन्वा ओर डेहुरार बनाई ।  डेहुरार बनाई ।।                                                                                                                                                       गोचाली खबर (विद्युतकर्मी साहित्यिक समाजद्वारा काठमाडौंमा शुक्रबार आयोजित बहुभाषिक काव्य गोष्ठीमा वाचित कविता । डेराको साँगुरो कोठामा बसे पनि देउताप्रति आस्था जगाउने एउटा कुना छुट्याउनुपर्ने भाव कविताले बोकेको छ।)

अक्षर

अक्षर

८०४ दिन अगाडि

|

१६ मंसिर २०७९

अक्षर स–साना बच्चा–बच्चीहरूको भाँडाकुडी खेल्ने सामग्री होइन यो मदशालाभित्रको पेयवस्तु पनि होइन त्यसैले, यो कुनै तानाशाह अथवा कुनै बिलासी शासकको गिलासमा झ¥यो भने र, गिलासभित्रै अन्तर घुलन भयो भने या ककटेल भयो भने त्यसभित्रका झिल्काहरू उछिट्टिएर पत्करहरुमा पुग्यो भने देशैभरि डढेलो लाग्न सक्छ । बिजुलीको चमक जस्तै अथवा बिजुलीको तार जस्तै जब अक्षरहरू कुनै बौलाहाको खोपडीमा बेपर्वाह प्रसारण भयो भने त्यतिबेला, गिजोलिन्छन् तिमी हामी बसेको बस्ती र, बन्दछन् रणसंग्राम । होसियार रहनू अक्षरहरू जैविक हतियारभन्दा कैयौं घातक हुन सक्छन् आतङ्कका अहम् सामाज्यका किल्लाहरू हिंसक युद्धहरू सुरक्षार्थ तैनाथ सुरक्षा टुकडी र सुरक्षा घेरा त्रासदीपूर्ण कफ्र्यू डकार्ने तिम्रो जङ्गी आदेश अनि, तिमीसँग भए भरका शक्ति र अहम् तिमी जुन सुकै हर्कत गर अक्षर बौरियो भने आँधीको तीव्र आवेग मिसाइलभन्दा विध्वंश र आगो भन्दा उच्चतम रापले छिनभरमै खरानी बनाउन सक्छ । अन्याय, अत्याचार, दमनको सिंहासनमा बसेर जब शासकहरू भत्काउँछन् मानवताका आलीहरू र, फैलाउँछन् असंख्य भ्रम हुइचीलहरूले यो पीडा र परिबन्ध एक कविको आँसु पोखियो भने अक्षरहरूका अक्ष्यम्मे तीरहरूले दलाल, क्रूर शासकहरूको शीर छेदन गर्न सक्छ । जब मक्किनै लागेका घर बाढी पहिरोले बगाएको खेतबारी मृत्यु पर्खेर बसेका कैयौ जीवनहरूसँगै अभाव, गरीबी र भोकको लोहरोले घण्टा ठोक्छ अंगालेर यी वीभत्स आयामहरू समस्याका ती अग्ला–अग्ला पहाडहरू उछिन्छन् र क्षितिजको पारिलो घाम भेटाउन पुग्छन् अक्षरहरू । कहिलेकाही अक्षरहरू यो धर्ती र आकाश नारेर क्षितिज जोत्छन्, बादलको डल्ला फुटाउँछन् र, ताराहरूको बीउ छडेर जूनको उज्यालो फलाउँछन् ।