गजलः चिउरा नाहि बैठ्ना घर डेउ सरकार

गजलः चिउरा नाहि बैठ्ना घर डेउ सरकार

८३८ दिन अगाडि

|

१७ मंसिर २०७९

डेरा ओ देउता

डेरा ओ देउता

८३८ दिन अगाडि

|

१७ मंसिर २०७९

                                                                                                                                                        हमार पहुरा  पहिले  जब जब मै निक्रुँ कोनो यात्रामे अचानक डगरेमका मन्दिरके साम्ने हाँठ डुवा करक लग उठे हे देउता, मोर आजुक यात्रा सफल करहो ।  मै सहरमे बैठ्ठुँ ओहेसे यहाँ, ठरवाना, मरवा कहुँ नै भेटैलुँ सोच्लुँ महि रक्षा करुइया देउता जब नै हुइट इ सहरमे  मै कसिक सुरक्षित रहम् ? मोर मेनम  प्रश्नके भुइँचाल उठल का सहरमे फेन मरुवा स्ठापना करे नै सेक्जाइ ? डेरा जिन्दगीमे मरुवाके स्ठापना ? इ डुरके बात हो इ केवल सपना हो पूरा नै हुइना सपना टै छोरडे ।  मने तुरुन्त समस्यक् समाढान भेटाके मै डंग पर्ठु सायड गुर्बावा मोर मनेम  पैंठके कहलाँ  अपन डेरक् एक कोन्वम डेहुरार काजे नै बनैठे ? हजुर,  आजकाल, मै अपन डेरक् एक कोन्वाहे डेहुरार मान्ले बटुँ आब जब जब निकरठुँ मै यात्रामे डेरक डेहुरार मानल कोन्वा ओर झुक्के डुवा मंगठुँ अई गुर्वावा, मोर आजुक यात्रा सफल करहो । सहरिया बाबु लोग पशुपति, गुहेश्वरीक् चक्कर कट्नासे का अपनेन्के मोर पद्चिन्ह पछ्यइयक नै चहबि ? आई डेरक् एक कोन्वा ओर डेहुरार बनाई ।  डेहुरार बनाई ।।                                                                                                                                                       गोचाली खबर (विद्युतकर्मी साहित्यिक समाजद्वारा काठमाडौंमा शुक्रबार आयोजित बहुभाषिक काव्य गोष्ठीमा वाचित कविता । डेराको साँगुरो कोठामा बसे पनि देउताप्रति आस्था जगाउने एउटा कुना छुट्याउनुपर्ने भाव कविताले बोकेको छ।)

अक्षर

अक्षर

८३९ दिन अगाडि

|

१६ मंसिर २०७९

अक्षर स–साना बच्चा–बच्चीहरूको भाँडाकुडी खेल्ने सामग्री होइन यो मदशालाभित्रको पेयवस्तु पनि होइन त्यसैले, यो कुनै तानाशाह अथवा कुनै बिलासी शासकको गिलासमा झ¥यो भने र, गिलासभित्रै अन्तर घुलन भयो भने या ककटेल भयो भने त्यसभित्रका झिल्काहरू उछिट्टिएर पत्करहरुमा पुग्यो भने देशैभरि डढेलो लाग्न सक्छ । बिजुलीको चमक जस्तै अथवा बिजुलीको तार जस्तै जब अक्षरहरू कुनै बौलाहाको खोपडीमा बेपर्वाह प्रसारण भयो भने त्यतिबेला, गिजोलिन्छन् तिमी हामी बसेको बस्ती र, बन्दछन् रणसंग्राम । होसियार रहनू अक्षरहरू जैविक हतियारभन्दा कैयौं घातक हुन सक्छन् आतङ्कका अहम् सामाज्यका किल्लाहरू हिंसक युद्धहरू सुरक्षार्थ तैनाथ सुरक्षा टुकडी र सुरक्षा घेरा त्रासदीपूर्ण कफ्र्यू डकार्ने तिम्रो जङ्गी आदेश अनि, तिमीसँग भए भरका शक्ति र अहम् तिमी जुन सुकै हर्कत गर अक्षर बौरियो भने आँधीको तीव्र आवेग मिसाइलभन्दा विध्वंश र आगो भन्दा उच्चतम रापले छिनभरमै खरानी बनाउन सक्छ । अन्याय, अत्याचार, दमनको सिंहासनमा बसेर जब शासकहरू भत्काउँछन् मानवताका आलीहरू र, फैलाउँछन् असंख्य भ्रम हुइचीलहरूले यो पीडा र परिबन्ध एक कविको आँसु पोखियो भने अक्षरहरूका अक्ष्यम्मे तीरहरूले दलाल, क्रूर शासकहरूको शीर छेदन गर्न सक्छ । जब मक्किनै लागेका घर बाढी पहिरोले बगाएको खेतबारी मृत्यु पर्खेर बसेका कैयौ जीवनहरूसँगै अभाव, गरीबी र भोकको लोहरोले घण्टा ठोक्छ अंगालेर यी वीभत्स आयामहरू समस्याका ती अग्ला–अग्ला पहाडहरू उछिन्छन् र क्षितिजको पारिलो घाम भेटाउन पुग्छन् अक्षरहरू । कहिलेकाही अक्षरहरू यो धर्ती र आकाश नारेर क्षितिज जोत्छन्, बादलको डल्ला फुटाउँछन् र, ताराहरूको बीउ छडेर जूनको उज्यालो फलाउँछन् ।

केशव र अन्नुको ‘खन खन खन’ बोलको गीत आउँदै

केशव र अन्नुको ‘खन खन खन’ बोलको गीत आउँदै

८४४ दिन अगाडि

|

११ मंसिर २०७९

गायक केशवराज महतो को शब्द, सङ्गीतमा रहेको सुन्दर एक सपना एल्बम को दोस्रो गीत खन खन खन ‘खन खन खन’ बोलको भिडियोसहित गीत आगामी मङ्सिर १५ गते  सार्बजनिक गर्ने निर्णय गरिएको छ । गीतमा महतोलाई गायिका अन्नु चौधरीले स्वरमा साथ दिएकी छिन् ।  यस गीतलाई सेबिल इन्टरटेन्मेन्ट च्यानलले ल्याउन लागेको हो । गीतको अरेन्ज गणेश चौधरीले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश केसीले  गरेका छन् । त्यसैगरी भिडियोको निर्देशन बिक्रम चौहानको छ। गीतमा नायक पुष्प खड्का र  अस्ट्रेलिया निवासी मोडल पुजा चौधरीलाई जोडीको रुपमा उतारिएको छ।   

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

८५६ दिन अगाडि

|

३० कात्तिक २०७९

डा सावित्री मल्ल कक्षपति भर्खरै हिन्दी सिनेमा ‘उचाइ’ सिनेमा हेरेर फर्किएँ । संस्कृतिविद् तेजेश्वर बाबू ग्वँगले नेपालीले लगाउने नेपाली टोपीलाई भावनात्मक रूपमा सगरमाथा (माउन्ट एभरेष्ट)को उचाइसँग तुलना गर्नुभएको छ । हुन पनि हामी नेपालीको सांस्कृतिक पहिरनको खाँटी र बिम्बात्मक अभिव्यक्ति हो यो ।  सिरको यही उचाइलाई बोकेर अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनीले यो टोपी लगाएर सिनेमाको प्रस्थान विन्दु तय गरेको छ र कथा माउन्ट एभरेष्ट बेस क्याम्पतिर अगाडि बढेको छ । सिनेमामा अधिकांश रूपमा नेपालको प्राकृतिक सुन्दरताले स्थान पाएको छ । यसबाट सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुन पुगेको छ । विश्व परिवेशमा पूर्वीय लोक विश्वासमा विशेष गरी हिमाली क्षेत्रका समुदायले हिमाललाई भगवान् वा देवी मानेर उनको चरण स्पर्श गर्ने गर्दछन् । घटनाको कार्यव्यापारले विभिन्न पात्रका विभिन्न जीवनभोगाइका विभिन्न तहको अन्तर्विकास गर्दै मृतक साथीको खरानीलाई बेसक्याम्पमा पुर्‍याएर समर्पण गर्नुले यसलाई पुष्टि गरेको छ ।  कथा,पटकथा, सिनेमाटाग्राफी र निर्देशन राम्रो छ । कथाको विकासको केन्द्रमा माउन्ट एभरेष्ट चढ्ने कार्य आएको छ । तर एभरेष्ट चढ्न हिँडेका र कथ्यको मूलधारमा आएका हरेक पात्रलाई आआफ्नो जीवनभोगाइ अभिव्यक्त गर्ने  स्थान दिएर प्रस्तुतिले न्याय गरेको छ । विभिन्न जीवनका विविध भोगाइलाई कतै दृश्य र कतै सूच्य प्रस्तुति दिएर निर्देशकले आफ्नो सिर्जनशील परिकल्पनाको उचाइलाई स्थापित गर्न सफल भएका छन् । ठाउँ ठाउँमा हाँसो छ, तर त्यो हाँसो जवर्जस्ती स्थापित भएको छैन, चरित्रको स्वाभाविक स्वभावसँग घुलेर आएको छ , चियासँग चिनी मिसिएजस्तै ।  मूलकथा जेष्ठ नागरिकले बोके पनि पछिल्लो युवापुस्ताको जीवनभोगाइ पनि सम्बोधन भएको छ । त्यही सम्बोधनले बेसक्याम्प पुग्न अवरोध भइरहेको बाटो खुलेर कथाको उद्देश्य पूरा भएको छ । नेपालमा भारतीय सिनेमा सुटिङका लागि सहयोग गर्नका लागि नेपाली जनशक्ति तयार भएकोमा खुसी लागेको छ । सुटिङका लागि लद्दाख छान्दै गर्दा नेपालमा सुटिङ गर्नुपर्छ भनेर यसलाई नेपाल भित्र्याएकोमा सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । यसरी त हुने हो पर्यटन प्रवर्द्धन । युवाले त गर्दैछन् । यस्तो कामलाई नीति निर्माताले सहजीकरण गर्नुपर्छ ।  नेपालको हिमाल र प्रकृति सिनेमाको माध्यमबाट विश्ववबजारमा पुग्नु यसको विशेषता हो । नेपालका र भारतका सम्पूर्ण टोलीलाई हार्दिक बधाई ।

उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन्

उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन्

८५६ दिन अगाडि

|

३० कात्तिक २०७९

छविलाल कोपिला छिमेकीले त आफ्फ्नो भन्छ, हाम्रो कालापानी किन ? हाम्रो भूगोल, हाम्रो भूमि हाम्रै हो, आनाकानी किन ? सत्ता बाहिर हुँदासम्म भुक्नेहरू सत्ताभित्र मौन छन् बुझ्ने कुरा बुझिसकियो लुकाउँछौ जानाजानी किन ? १ भाडामा समाचार बन्छ र भाडामै अखबार चल्छ भए धेरै दलालहरु र त दलालहरुकै बिचार चल्छ देश लुट्नु लुटाउनु, नियत या नियति बुझ्नै गाह्रो शालीन भाषण गरेर नै, भ्रष्टहरुको सरकार चल्छ । २ आगो बालेर आरनमा खारिनेछन् हतियारहरु मन्थन गर्रौ खुलेर आउँछ ती मीठा विचारहरु शीश–महलमा बसेर, न गर उचाइ चढ्ने कुरा बरु आऊ हिँडौं, भेटिन्छ लक्ष्य तरेर जंघारहरु । ३ देशको बेथिति र खराबीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति लुटेरा, भ्रष्ट र अपराधीहरूका बिरुद्ध  हुनुपर्छ क्रान्ति अब सुम्सुम्याएर हुँदैन, हामी खप्परमाथि प्रहार गर्नुपर्छ तिनै फटाहा, दलाल, पापीहरूका बिरुद्ध हुनुपर्छ क्रान्ति । ४ घोडा बन्नुस्, हात्ती बन्नुस्,  इमान कमिलो भइदियो भने दुनियाँले पत्याउनै छोड्छ विश्वास धमिलो भइदियो भने व्यवहार बोली, वचन राम्रो गर्नुहोस् सबैले सम्मान गर्छन् नत्र, आफन्त नै भुलिदिन्छन्, मन अमिलो भइदियो भने । ५ किसान हजुरको होइनन् है, मनलागि गाली गर्नुस् असक्षम नै हौ पुरापुर, अब त मैदान खाली गर्नुस् छिमेकीको आशिर्वाद या जालझेलले टिक्छ भने उठाउनुस् आसेपासेहरू, अझै हालीमुहाली गर्नुस् । ६ झगडाको बीउ रोप्नु छ भने, मस्जिद अगाडि देवी राखिदिनुस् मन्दिर अगाडि गाईको मासु, छिमेकीकोमा रक्सी राखिदिनुस् सलाई भन्दा पनि प्रज्ज्वलनशील हुन्छ, सद्भावको इन्धन पनि न पत्याए घर छेउकै छिमेकी–छिमेकी बीच चुक्ली राखिदिनुस् । ७ उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन् देश जलाउने बाँदरहरूले आफै खरानी घसेका छन् हेर्नुस्, होसियार रहनू होला भ्रमित आश्वासन बोकेर फेरि पनि, तिनै स्याल, हुइया गाउँ गाउँ पसेका छन् । ८