गरिबको घोषणापत्र

गरिबको घोषणापत्र

८६१ दिन अगाडि

|

२४ कात्तिक २०७९

बगरे मार्न तम्सिने बाख्राहरू

बगरे मार्न तम्सिने बाख्राहरू

८६१ दिन अगाडि

|

२४ कात्तिक २०७९

आफन्तीका अगाडि उभिइरहेका युवकहरूमध्ये एकजनाले अल्मलिँदैै सोेधे,“आफन्तीज्यू, हामी अहिले चुनावमा उठिरहेका थरी थरीका पार्टीका नेताहरू र तिनीहरूले बारबार भनेका कुरासित नमिलेका तिनीहरूका कामहरूबारे कुरा गरिरहेका छौँ । हामीले गरेका कुरा आजको यथार्थ हो । त्यसो भनेका हाम्रा यी नेताहरू पटक्कै विश्वास गर्न लायकका छैनन् । उनीहरूले बोेल्न त जे पनि बोल्छन्, तर आपूmले बोलेअनुसार गर्नेहरू हुँदै हैनन्, अझ बोलेकोभन्दा ठीक उल्टो चल्छन् । तिनीहरूलाई कजाउने कसले ?  लाज शर्म पचेका र जे खाए पनि पचाउन सक्ने भएका, सरकारमा छँदा ढुकुटी सोहोर्न गर्नु नगर्नु गर्न पछि नपर्ने, अनि चुनावको मुखमा मत पाउन तिनीहरूले जनतालाई झुक्याउन जे पनि भन्न सक्ने, सबैभन्दा स्वच्छ कोही छन् भने आपैm हूँ भनी प्रस्तुत गर्न पछि नपर्ने, लाज पचुवाहरू, विश्वका धनी मुलुकहरूलाई खुसी पार्न लम्पसार पर्ने भनूँ कि खुसी पार्न जानेका, विश्वकै नेताहरूको अर्कै अवतारका रूपमा स्वयं अवतरित अवतारहरू नै हुन् कि भनी जनतालाई झुक्याउन खोजी हिँड्ने चटकेहरू, हामीले चिनेका खप्पिस बगरेहरू हुन् ।  अहिले दशकौँसम्मका तिनीहरूका कामकुराले गर्दा चेतिएका जनता तिनीहरूलाई फालिहाल्ने कुरा गरिरहेका छन् । आजको स्थिति भनेको यही हो । हैन त, आफन्तीज्यू ? एउटा कुरो, केही मानिसहरू के भनिरहेका छन् भने यसपालिको चुनाउमा हामीले तिनीहरूलाई घोक्रेठ्याँक लगाउँला रे, तिनीहरूलाई हामी घोक्र्याइ हाल्छौँ रे, तिनीहरू त्यहाँबाट घोक्रिनेछन् रे तर तिनीहरूको ठाउँमा कसलाई पठाउने, कसलाई रोजी पठाउने ? हामी ती नयाँ अनुहारहरूलाई मात्र देखिरहेका छौँ, त्यो पनि भर्खरै, तिनीहरूलाई के कस्ता भनी चिनेका छैनौँ, हामीले तिनीहरूलाई कसरी पत्याइ हाल्ने ? पत्याउने आधार के ? केही थाहा छैन । अँध्यारोमा तारो हाल्ने, यो त तातो टाप्केबाट बच्न आगोमै फाल हाल्ने जस्तै हुँदैन र ? यस्तै भनिरहेछन् केही मानिसहरू, के गर्ने ? भन्नोस् त, आफन्तीज्यू ?” युवकको कुरा ध्यान दिई सुनिरहेका आफन्तीले आफ्ना अगाडि उभिइरहेका सबैका अनुहार एकसरो हेरे र लामो सास ताने । त्यसपछि आफन्तीले मधुरो स्वरमा भने, “उहाँ जनतामध्येकै हुन् । उहाँको कुरा हामीले सुन्नै पर्छ किनभने उहाँको मनमा जनताले दुःख नपाऊन् भन्ने चिन्ता छ । यो कुरा हामीले देख्नै पर्छ, उहाँको कुरा धेरै अर्थमा सही पनि हो । किनभने पुराना ती नेताहरू राम्रा होइनन् भन्ने हामीलाई जति थाहा छ नयाँ अनुहारहरू के हुन्, कस्ता हुन् पछि के हुने हुन् केही थाहा छैन । यो त यथार्थ हो नि ।  तर एउटा कुरा के हो भने अहिले हामीले पुराना तीनै उही नेताहरूलाई आफ्ना मत दियौँ भने उनीहरूले के के गर्छन्, त्यो त हामीलाई प्रष्ट छ । चुनावमा हाम्रा मत पाएपछि तिनीहरूले जनतालाई तृण बराबर सम्झन्छन्, कुल्चिन्छन्, हामीले केही भन्न पाउने छैनौँ । यो कुरा पनि हामीले बारबार भोगी थाहा पाएका हौँ, हैन र ? त्यसैले मानिसहरू के भन्दैछन् भने  यसपालि हामी ती सडेका, गन्हाएका, एक प्रतिशत पनि गुण नभएका ढोँगी मात्र हैन, खुल्लम् खुल्ला खराव गर्न सक्ने खराब काम गरेर पनि आपूm शतप्रतिशत राम्रा भनी आफ्नो वर्णन आपैmले गर्न सक्ने हामीले चिनेका त्यस्तालाई फाल्ने बेला त आजै मात्र आएको छ र हामी यस बेला चुक्यौँ भने हामीले के कुरा भोग्नुपर्ने हुन्छ त्यो पनि ताजा छ, हैन त ?  आज जनताका अगाडि हात जोडेर हिँडेका ती बगरेहरू भोलि हाम्रो मत पाएर हिँड्ने तिनीहरूका हातमा हामी आपैmले राखिदिएको हामीमाथि मार हान्ने खुुकुरी हुनेछन्, अनि एमसीसीलाई पन्छाऔँ भनी अनुरोध गरि हिँडेका जनतालाई “के बोल्छस् ?”, “मारौँ डन्डा” भन्दै हाम्रो टाउको फोरेका जस्ता कुरा दोहोरिनेछन् । पक्कै दोहोरिनेछन् । यो पनि त भइछाड्ने सत्य कुरा हो नि, हैन र ?  त्यसैले अहिले धेरै धेरै मानिसहरू ती धोखेबाज फटाहाहरूलाई घोक्रेठ्याँक लगाउन तम्सिरहेका छन् । उता ती नेता भनाउँदाहरू दुवै हात जोडी जनतालाई नमस्कार गर्दै हिँडिरहेका छन् । यो त बगरेले खसीलाई मार हान्नुभन्दा अघि पुुजा गरेको जस्तो तपाई हामीलाई लाग्दैन ? अहिलेको उनीहरूको चालढाल ठीक यस्तै हैन र ? भन्नोस् त, यस्तै हैन र ?” यति भन्दै आफन्तीले युवकहरूलाई हेरे ।  युवकहरू अवाक भएर आफन्तीलाई हेरिरहेका थिए । त्यसपछि आफन्तीले लामो सास फेर्दै भने,“म तपाईहरूलाई एउटा कथा सुनाउँछु । त्यो कथा आजको हाम्रो स्थितिसित मिल्दोजुल्दो छ । त्यसो भनेको यो आज हामीले सुन्नैपर्ने कथा हो । लौ, कथा सुन्नोस्,“कथा इसपको हो, राँगाहरूको कथा हो– “कथामा, सबका सब तरुना राँगाहरू आफ्ना आँखा रातो पार्दै आज आफ्ना सिङ तिखारिरहेका थिए । तिनीहरू जोशका साथ कतै नहेरी आफ्ना सिङ तिखारिरहेकै थिए । एउटा पाको राँगोले त्यो देखेर अचम्म मान्दै तिनीहरूसित सोधे,“नानीहरू हो, तिमीहरू के गर्दैछौ ? किन सबका सब, यसरी ? तिमेरुको सिङमा के भो ? किन सबैको सिङ यसरी चिल्लाएको ?” कसैले केही भनेनन् । आफ्ना सिङ तिखार्नमै लागिरहे ।  अग्रज राँगोले छक्क पर्दै फेरि सोधे, “नानीहरू, मलाई भन न, तिमीहरू यसरी आफ्ना सिङ किन तिखार्दै छौँ, सबका सिङमा के भयो, भयो के ? किन ? आपैm रिसाउँदै किन पागलसरि ? जवानीको जोश भन्दैमा जहाँ पायो त्यहीँ पोख्तै हिँड्ने त हैन नि ?” एउटा राँगोले पाको राँगोतिर फर्केर भन्यो,“काका, हामीले आज हाम्रा सिङ तिखारिरहेका छौँ, यो तपाईले देख्नुभयो, त्यसैले तपाईले सोध्नुभयो । तपाईंले हाम्रा दाजुभाइमध्ये कसै न कसैलाई ती बगरेहरूले दिनका दिन मारिरहेका देख्नुभएको छैन ? कि देखेर पनि नदेख्याजस्तो गरिरहनुभएको ? भन्नोस् त । हामीलाई छानी छानी मार्ने ती बगरेलाई हामी बाँकी राख्तैनौँ, सिध्याइछाड्छौँ । त्यसैले आज हामी आफ्ना सिङ तिखार्दैछौँ, बरु तपाईं पनि आफ्ना सिङ तिखार्नुस्, र त्यस बगरेलाई सिध्याउन हामीलाई सघाउनोस् ।” आफ्नो सिङ तिखार्दै रहेको राँगोको कुरा सुनिसकेपछि पाको राँगोले एकछिन आफ्ना आँखा चिम्म पार्दै सोचे, त्यसपछि बिस्तारै भने, “हेर्नुस् नानी, नानीबाबुले भनेको कुरा साँचो हो । त्यो बगरेले हरेक दिन हाम्रा कैयन् दाजुभाइमध्ये एक दुइ जनालाई टिप्दै लैजान्छन् । हामी देख्छौँ तर हामी केही गर्न सक्तैनौँ । अर्कोतर, हामीमाथिको उसको व्यबहार कस्तो विधि मायालु हुन्थ्यो, भोकाएका होलान् भनी चिन्ता लिएर उसले हामीलाई दाना ख्वाउँछ, तिर्खाएका होलान् भनेर पानी ख्वाउँछ, हाम्रो जिउको कति स्याहार गर्छ, त्यो पनि त हो नि, हैन र ? यसलाई पनि त बिर्सनु भएन नि । हैन र ?”  तरुनो राँगोले आफ्ना आँखा रातो पार्दै भन्यो, “हेर्नुस्, हामीलाई बगरेले गरेको माया, स्याहार, हामीलाई नै मार्न हैन र ? त्यसैले हामी त्यसलाई माया भन्दैनौँ । आखिर उसले गर्ने भनेको हामीलाई सिध्याउने नै त हो नि । त्यसैले हामी पनि हामीसित भएको सिङ तिखारिरहेका हौँ । हामी आज वा भोलि, एक न एक दिन त्यस बगरेलाई सिध्याउँछौँ, सिध्याउँछौँ, सिध्याइहाल्छौँ ।” पाको राँगोले एकछिन सोचे अनि बिस्तारै भने, “नानी, लौ हामीले त्यस बगरेलाई हाम्रा तिखा सिङले हानेर उसको मिति पु¥याइदियौँ रे, लौ, हामीले सिध्याइहाल्यौँ रे । त्यसपछि के हुन्छ ? त्यसबेला ऊजस्तो सिपालु बगरेको ठाउँमा नयाँ बगरे आउँछ । त्यस नयाँ बगरेलाई हामी राँगालाई धेरै कष्ट नहुने गरी मार्ने विधि राम्ररी थाहा छैन । भर्खरका बगरे पाका बगरेजस्ता त हुँदैन नि । अनि के हुन्छ ? भर्खर आएको नयाँ बगरेले हाम्रा दाजुभाइलाई सास्ती दिई दिई मार्नेछन् । यो कुरा पक्का छ ।  त्यसैले एकफेरा फेरि सोचौँ । रिसाएर हामीले आफ्ना सिङ तिखार्दैमा मानिसहरूले मासु खान छाडेका छैनन् । हेर्नुस् पुराना खप्पिस बगरेले दिने कष्ट भन्दा नयाँ बगरेबाट अझ बढी दुःख पाइने हुन्छ, कसो ?”  पाको राँगोको कुरा सुनेर अवाक भएका राँगाहरूले त्यसपछि आफ्ना सिङ तिखार्ने काम छाडे र झोक्रिएर बसे ।” इसपले हालेको यो कथा मैले तपाईहरूलाई सुनाएँ । कथाका राँगाहरूले पाका राँगोको कुरा सुनिसकेपछि अर्को बाटो देखेनन् । त्यसैले, कथा त्यहीँ टुङ्गियो ।  तर यो कथा सुनिरहेका तपाईहरू राँगा हैन, मानिस हो । बाटो नभएका ठाउँमा नयाँ बाटो खोल्दै हिँड्नेहरू भनेका मानिसहरूमध्ये पनि युवाहरू नै हुन् । अप्ठ्यारा जति पन्छाई अगाडि बढ्नेहरू पनि तिनै हुन् । पहाड फोर्दै, नदीलाई थुन्दै र तेस्र्याउँदै आफ्ना कमानमा राख्न खोज्ने, जङ्गल फाँड्दै अघि बढ्नेहरू पनि उनीहरू नै हुन् । उनीहरू अघि बढ्छन् । यसरी नै मानिसहरू यहाँसम्म आइपुगेका हुन् ।  आफ्ना अगाडि तेर्सिने तगाराहरू पन्छाउँदै बढ्ने काम राँगाहरूले गर्न सक्तैनन्, तगाराहरूलाई पन्छाउँदै अघि बढ्ने काम त मान्छेले मात्र गर्छन् । अहिलेसम्म तगाराहरू पन्छाउँदै यहाँसम्म आउने काम ती बगरेहरूले गरेका हैनन्, सच्चा मानिसहरूले गरेका हुन् । अहिले ब्वाँसाहरूलाई भगाउने काम पनि आजका मानिसहरूले नै गर्नेछन्”, यति भन्दै आफन्तीले आफ्ना अगाडि उभिइरहेका युवकहरूलाई हेरे । त्यसबेला आफन्ती अगाडि उभिइरहेका युवकहरू भित्रैदेखि जुर्मुराएका थिए । प्रस्तुतिः शान्तदास मानन्धर 

ए, धौलीका बाहरु

ए, धौलीका बाहरु

८६३ दिन अगाडि

|

२२ कात्तिक २०७९

जित ट्रासन   जब , नेताले टालिएको भोटोलाई खोज्दै आएर नमन गर्छन् कुच्चिएको कालो सिलावरको डेक्चीमा आलु ताछ्दै भान्सामा भेट्टिन्छन् कतै हलो जोत्दै खेतमा कतै मकै गोड्दै बारीमा तब, ए, धौलीका बाहरु , तिमीहरू यत्ति कुरा जरुर बुझ्नु उनीहरू हामीलाई एक चोक नचाएर एक छाक खुवाएर र, एक फाँक हँसाएर पाँच वर्ष हामीलाई रुवाउन आएका हुन् । ... चाहे कोही दार्चुलामा आएर गुमेको जमिन फिर्ता गर्छु भनेर कालीतिर जतिसुकै भुकोस् चाहे कोही ताप्लेजुङमा आएर वृद्धभत्ता बढाउँछु भनेर मेचीतिर जतिसुकै कराओस्   ए, धौलीका बाहरु , तिमीहरू यत्ति कुरा जरुर सम्झ्नु उनीहरू हाम्रा खोरहरुमाथि गिद्दे नजर लाउन आएका हुन् भरे चल्लो चोर्नलाई उनीहरू हाम्रा बालीहरुमाथि कर्के नजर लाउन आएका हुन् भरे अन्न खोस्नलाई ।                  धनगढी, कैलाली

‘एक बागी’  नागरिक अगुवाको बखान

‘एक बागी’ नागरिक अगुवाको बखान

८७२ दिन अगाडि

|

१३ कात्तिक २०७९

२०७२ को त्यो दिन सम्झन्छु, खगेन्द्र सङ्ग्रौला, सिकेलाल, कृष्ण खनाल, विजयलाल कर्ण, कृष्ण हाछेथु, दीपेन्द्र झा, युग पाठकलगायत विराटनगर पुगेका थियौँ ।  हामीलाई त्यहाँ बोलाउने वा पुर्याउने विराटनगरका मित्रहरू थिए। उनीहरू मध्ये दुई जना चिनेका खुसियाली सुब्बा र राकेश मिश्रको सम्झन चाहान्छु । अरू अरु मित्रहरू त्यतिखेर नै नचिनेको र अहिले पनि। कार्यक्रमको मकसद थियो नेपालको संविधान, २०७२ जारी भयो, त्यस पछिको अवस्थाको बारेमा विमर्श गर्नु। एकदिवसीय कार्यक्रम सम्पन्न भई फर्कँदा खगेन्द्र संग्रौला दाइले भन्नु भयो, आजकल नितान्त एक्लो भएको महसुस हुन्छ । अरु त अरू मोर्निङ्वाक हिँडने मेरो साथीले पनि छोडे। म बाटाको वारि पट्टि हिँड्छु, पारिपट्टिकाले धारे हात लाएर मेरो कुरो काट्दै, सराप्दै हिँडछन्। के भएको यो, माबुहाङ सर ? म पञ्चहरूको जगजगीमा पनि यति एक्लो कहिले भएको अनुभव गरिनँ। खगेन्द्र संङ्ग्रौला जस्तो निस्वार्थी, देश र जनताको बोली बोल्नु सिवाय उसको भन्नू अरु केही थिएन र छैन। उनले भनेको कुरा के थियो भने भूईँ मुन्छे जनजाति, मधेसी, दलित, महिला, संविधानमा आँटेनन्। उनीहरूलाई बाहिर पारेर जारी गरेको संविधानको के अर्थ ? उनको अपराध जन्यबोली त्यही थियो र अहिले पनि छ। अर्थात् ०७२ को संविधानमा तत् तत् समूहले हारेको थियो, खसआर्य समुदायले जितेको भाष्य चौतर्फी बनेको थियो। खगेन्द्र दाईको कुरा सुनेर मनमा माया पनि लाग्यो। मानौ दाइलाई मर्निङ वाकमा साथी  दिन पाए हुन्थ्यो तर उनी बस्ने चाबहिलमा, म कीर्तिपुरमा। युग पाठकसित कुरो भएको पनि हो, दाइसित अलिक बाक्लो भेटघाट गरौँ न पनि भने। तर जुरेन।  दाइलाई त्यो बेला मैले भनेको बिर्सेको छुइन, ‘दाइ यो कथित नेपाली समाज कति विद्रुप र कुरुप छ भने परिवारको कुनै सदस्य, छोराछोरीलाई नै भनौँ  कुष्ठ रोगले भेट्यो भने उसलाई एकान्त जङ्गलमा बास पारेर त्याग्ने समाज हो। त्यति कुरुप परिवार र समाज हो। तपाईंले जुन कुराको पक्षमा उभिनु भयो, उनै मान्छेहरु हुन्, जो जङ्गलमा नै बास गरून् भन्ने समाज हुन, दाइ, सँधै अवस्था त्यस्तो रहन्न।’  कार्तिक १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबली अटि नअटि भेला भएका मनुवाहरु एकसरो हेरेँ, खगेन्द्र सङ्ग्रौला दाइलाई सराप्ने मित्रहरू छन् कि भनेर । कसैलाई देखिन । उज्वल प्रसाईको एउटा ह्वाटस एपको खबर सुनेर भेला भएका मुन्छे रिटठो नबिराई गन्दा ५ सयको वरिपरि हुन पर्छ। खगेन्द्र दाइ को हुन् ? डा सविन निङ्लेकु को बखानमा, पाको जानकार, बुढोहरू सबै मरिसकेको अवस्था, युवा नयाँ पुस्ता जन्मि नसकेका वा हुर्कि नसकेको बखत पिसाचहरूले उत्पात मचाउँछन्, त्यो देखेर तिनका विरुद्ध लेख्ने खगेन्द्र सङ्ग्रौला, मैजिकल मार्कसिस्ट हुन्। सटिक विश्लेषण लाग्यो ।  खगेन्द्र सङ्ग्रौलाबारे उज्जवल प्रसाईंले लेखेको पुस्तक ‘एक वागी’को सार्वजनिकीकरण भएको आजको दिन उदघोषक गगन थापा, कमेन्टेटर डा सबिन निङ्लेकु, डा महेश मास्के, उषा श्रेष्ठ र लेखक उज्जवल प्रसाईंको विचारहरु सुनेर दिन फलदायी रहेको अनुभव गरेँ। लेखक उज्वल प्रसाई, र खगेन्द्र संग्रौलाको जय होस् ।

थारु भसाके तिन धार

थारु भसाके तिन धार

८७२ दिन अगाडि

|

१३ कात्तिक २०७९

                                                                                                                                                    फायल तस्विर नेपाल भासिक आर जातिय  विविधता के देस छेकी । नेपालके संविधान २०७२ मे १२३ टा जातके पहिचान करल छी । महज अखनतक आरना छुटल जातके पहिचन हावेके क्रम जारी रहल छी । भसा आयोगके खोजके आधारमे थप ८ रा जात फेनसे पता लगलकिस जकर चल्ते येतेकर भसाके संख्यामे बढोतरी हेथै ज्या रहल छी । उना जातके बाहुल्यतता के आधारमे थारुके जनसंख्या चौथा स्थानमे रहल छी ।  थारु भसा पुरु मेचीसे ल्याके पछिम महाकाली तक तराइके बहुत जिल्लामे बोल्थै आवि रहल छी । महज एक जघके थारुसब दोसर जघके थारुसङे बातचित करछी जन त सम्पर्क भसा नेपालीके सहयोग लेछी । यिटा दुखके बात छेकी आपने जातसङे दोसर भसाके परयोग करनाइ ?  वेह्यासे थारु भसाके विकास आर एकताके खातिर थारु कल्याण कारिणी सभा आर थारु निमाङ मेडिया मानक भसा बनावेमे आ–आपन तरिकासे पहल करिरहल छी । यिटाके खातिर बहुत जुम मिटिङ भी करी चुकलकिस । महज वोकरसियाके पहलमे जे काम हाविरहल छी, उनाके विहयाके देखलासे थारु भसाके तिन धार देखा परछी । पुरातनवादी सोच खास करिके पहेनकर सरजक आर परम्परावादी सोचमे आधारित रहल विचारवादीसवके  धारना कुन छी की थारु भसा नेपाली भसाके आधार ल्याके निखेके चाही । नेपाली वरनमलामे जतन्याँ वरन रहल छी, उनाके मान्याता देवेके चाही । जकर चल्ते अखनकर पुस्तासव जे एकटा लैया सोच ल्याके आगु बढलिस उना विचारसे फरक किसिमके धारना राखी रहल छी । थारु भसामे एकोटा बरन नै छुटेके चाही । तकरवाद तत्सम आर आगन्तुक सवदके हकमे भी वेह्या किसिमके मान्याता राखी रहल छी ।  यि किसिमके पुरातनवादी सोच आर बार्निक चस्मा लग्याके थारु  भसाके मानक बनावे लगिन कतन्याँ सहज हेती या नै हेती आवे वला समय मे थाह लागती ?  दोसर बात कुन छिकी थारु बाहेक आरना जातसव भी आपन भसा पहिचानके क्रममे आगु बढी रहल छी, ओहोना के अध्ययन करना जरुरी छी कि नै ? ओकराका आपन मौलिकताके अधार बन्याँ के उच्चारनके आधारमे आपने वरनमलामे सिमित रहल छी । वोकराका नेपालीके सवटा वरन क्यामनी सुकारे साकल्की ? हमराका आपन मौलिकता आर उच्चारनके अधारमे कुछ वरनसव छोड़िके थारु भसा निखे साकवी कि नै ?  मध्य–पुर्विया सोच मध्य–पुर्विया चिन्तनवादीसव फरक धारसे आगु बढी रहल छी । थारु भसाके वरन निर्धारन करे लगिन त्रिभुवन विश्व विद्यालयके नेतृत्वमे बरसो बरसोतक झापासे ल्याके बारा पर्सातक खोज अनुसन्धान, भासिक सर्वेक्छन, ल्याव टेस्ट, कथा रेकर्डिङ लगायत बहुत जिम्मेवारी बहन करल छी ।  वरन पहिचानसे ल्याके वरन निर्धारन, लेखन सैली, व्याकरन, सवदकोस निकाली चुकलकिस । थारु भसाके प्रचार प्रसार आर जग बरिय बनावेके खातिर बहुत जिल्लामे तालिम, लेखन अभ्यासके खातिर पतरिका परकासन आर अनौपचारिक सिछाके सुरवात लगातार अभ्यासके रुपमे करिरहल छी ।  मध्य–पुर्वियासवके सोच कुन छी की थारु भसामे अनावस्यक रुपमे नेपालीके सवटा वरन ढेरियाके भसाके बोझ नै बनावम । भसा सरल आर व्यवस्थित बनावम ।  हरेक भसाके आपने सिद्धान्त आर नियम रहछी । भसा विग्यानके अधार ल्याके आगु बढेके चल्ते आपन छेतर व्यापक रुपमे विस्तार करिलेल छी । जकर चल्ते झापासे ल्याके बारा पर्सातकके लेखनमे एकरुपता आने लतिन सफल भेल छी । पैछमा सोच खास करिके पछिम महर रहल थारुसवके सोच दुइ धारमे देखा परछी ।  राना थारु  आर डंगौरा थारु ।  अख्ने राना थारुसव हमराका थारु नै छेखिन कहिके थारुसे छुटिके जनजातिमे सुचिकृत भ्या गेल छी । यिटासे थारुसवके बहुत घटा भ्या रहल छी । क्यामकी राना थारुसे छुटलाके वाद थारुके जनसंख्या घटिरहल छी । तकरवाद छुटै जातमे सुचिकृत भेलासे वोखरुका अल्पमतमे परिये जेती । यिना बात वोखरुका मनन करिके पाछु फेनसे थारु जातिमे येवे करती यिटामे दुइ मत नै छी । अख्ने राना थारुसव भसा आयोगके नेतृत्वमे थारु व्याकरन निखेमे जुटी गेल छी ।  डंगौरा थारुसव भी वरन पहिचान करि लेलकिस । वोकरसियाके वरनमे त,थ,द,ध नै भेटलिस जन त आरना चिज मध्य–पुर्वियासङे मेल ख्या रहल छी । ह्रस्व, दिर्धके सवलमे खाली ह्रस्व निखेके अभ्यास करिरहल छी ।  अखनतक पछिम महर बहुत साहित्यिक सिर्जना भ्या गेल छी, आर कुछ समय कृष्णराज सर्वहारी जी गोरखापत्र दैनिकके थारु भसाके पृस्ठमे यिटा सैलीके अभ्यास करी चुकलकिस ।  थारु भसाके मानक बनावे लगना तिनोरो धारके एकेटा जगमे आनना जरुरी छी । वेह्यासे तिनटा धारसे जे फरक फरक विचार आवी रहल छी सव्हैके भासिक चस्मा लग्याके देखना जरुरी छी । तकरवादे बुझे साकती थारु भसा किरङके निखेके चाही ।  जव भसा फरक छी जन त वरन फरक होना स्वभाविक छी । अख्ने जे किसिमके संवाद आर पहल हावी रहल छी, सवका आपने अडानमे रहती जन त थारु भसाके मानक बनावे नै साकती ।  पुरातनवादीसवके आपन सोचमे परिवर्तन करना जरुरी छी । हरेक भसाके आपने सिद्धान्त आर नियम रहछी । जेरङ कोइ फुटबल खेलाडी खेलमे अभ्यस्त भ्या गेलाके वाद जव भलिवल खेले जेती त वे ट्याङ ल्याके मारे खोझती त कुन हेती ? वोहिरङे नेपाली निखाइमे अभ्यस्त हावेके कारनसे आर थारुके वरन निर्धारन प्रकियामे योगदान आर तालिम नै देवेके वजसे यि किसिमके दिगभ्रममे फसल छी । आव बात रहली मध्य–पुर्विया आर पैछमामे । यिना दुनोराके सोचमे बहुत समानता पेल जेछी, क्यामकी थारु भसाके विकासके खातिर एकटा निखेके सैली तयार करल छी । थारु भसा आपन मौलिक उच्चारनके अधारमे निखेके चाही । उच्चारन आर वास्तविक लवज छोडिदेलासे थारु भसा कुन महर जेती पता नै छी ।  वेह्यासे सवका आपन अडान छोडिके लैया सिरासे जानइ जरुरी छी । थारु भसाके मानक बनावे लगिन एकटा साझा लेखन सैलीके विकास करना जरुरी छी । लेखन सैलीके अधार मानिके निखलासे निखाइमे एकरुपता येती ।  तकरवाद सावदिक भिन्नताके बात रहती उना पर्यायवाची के रुपमे आपन स्थान ग्रहन करती । यि किसिमसे सुरुवात करलासे थारु मानक भसा बनावे लगिन सहज हेती । बुढीगंगा–२, बौराह, मोरङ निवासी लेखक हाल थारू आयोगके सदस्य हुइट