कमरेड स्याउला

कमरेड स्याउला

९५८ दिन अगाडि

|

१२ असोज २०७९

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

‘हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ’

९५८ दिन अगाडि

|

११ असोज २०७९

नवराज लम्साल आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्य धन्य भएको छु । म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । आज यो भव्य सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु । ज्ञान परम्परा र वर्तमान हो, आज म बाँचेको युग सङ्गत÷विसङ्गतको दोसाँधमा छ । जीवनका आयाम र आयतन अनुत्तरित छन् । अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थर्थराएको छ । छन्, धेरैधेरै प्राप्ति छन्, आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधाआदि प्रशस्त छन् तर पनि किन अन्तर उज्यालो हराउँदै गएझैँ लाग्छ ? किन बाहिरी उज्यालोले आफैँ तिर्मिराएझैँ लाग्छ ? के हो यो, सार कि निस्सार ? आफूभित्रको आफैँ किन हेर्दैन मान्छे ? आफैँभित्र के देखिन्छ ? किन देखिन्छ र कसरी देखिन्छ ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ तर पनि मान्छे भित्रको स्वतन्त्र, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ ? अन्तर स्वतन्त्रताको मूल धमिलिएको त छैन ? मुहानको शान्ति खलबलिएको त छैन ? लेख्नु भनेको यही स्वाधीन स्वत्वको उपल्लो अभिव्यक्ति हो । लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध÷सङ्लो पार्नु हो । आज कहाँ पाउनु वेदका ऋचा लेखूँजस्तो लाग्ने नदी किनार ? समवेत स्वरमा देउराली घन्किने गायन कहाँ पाउनु ? कहाँ पाउनु लगौँटी कसेर खगोल अध्ययन गर्ने ज्योतिष बा र कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः ? कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आआफ्नै बाटोमा लागेका त होइनन् ? म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुतिरस्मृतिमार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? आज आफ्नै कञ्चन रङमा फूलले हाँस्न सकेको छैन । हावा आफैँ गह्रुँगोजस्तो छ, मैलिएजस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन् । सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन । समय आफैँ समयहीन जस्तो लाग्छ । यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ ? क्षमा गर्नुस्, यो निराशा होइन । म पुराना सन्दर्भतिर फर्कन खोजको मात्रै हुँ । आफूले आफैँलाई सम्झन खोजेको हुँ । षड्दर्शन, षड्शिक्षा, अन्तरको अँध्यारो फाल्ने शैक्षिक साधना र वयं राष्ट्रे जागृयामसँग आजको शिक्षाको सम्बन्ध के होला, होला कि नहोला ?  दुरुह, क्लिष्ट र खतराजन्य ज्ञानले जीवनलाई जीवन बनाउला कि यन्त्र ? मान्छे मान्छे हो कि मेशिन ? हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? ज्ञान अन्तर उज्यालो हो कि आर्जनको भर्‍याङ ? मानव जीवन रहस्य हो कि समस्या ? सत्यको परख कसरी गर्ने ? बाँच्नुको दर्शन के हो ? लेख्नु आनन्द हो कि परिवर्तन ? दुवै हो कि, दुवै होइन ? मेरा अक्षरहरू मैलाई सोधिरहन्छन् र आफ्नै प्रश्नले आफैँ थिल्थिलो हुन्छु, आफैँ निथ्रुक्क हुन्छु । लेख्नुअघि म आफैँलाई विनम्रतापूर्वक सोध्छु, लेख्ने के हो, पढ्ने के हो ? पढ्ने पाठक को हो ? यही विषय नलेखे के हुन्छ ? मैले नलेखे के हुन्छ र अहिल्यै नलेखे के हुन्छ ? साँच्चै कहिल्यै नलेखे के हुन्छ ? लेख्दै नलेखे के हुन्छ ? लेख्नु भन्नु त आफैँ पोखिनु हो । पोखिनुअघि पूर्ण रूपमा भरिनु जरुरी छ । आज कुन लेखक कहाँबाट कुन अमृत बिन्दु टिपेर कसरी भरिने हो ? चक्र शरीरमा पनि छ र समाजमा पनि छ । षड्चक्रभन्दा माथि छ, सहस्रार चक्र । जीवनका गिर्खागिर्खीभन्दा माथि छ, साधनापूर्ण विजय प्राप्त गरेपछि अनुभूत हुने त्यो उपल्लो मेधा शक्ति । लेखनको उद्देश्य त त्यतै जाने र लैजाने हो । एक्लै गएर कहीँ पुगिन्न । सँगै जानु छ समाजसँगै, सँगसँगै र हिँड्न नसक्नेलाई पनि सँगसँगैै लैजानु छ अक्षरको बाटो हिँडाएर– संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् । महाकाव्य परम्परा र अग्नि महाकाव्य परम्परा महाजीवन परम्परा भएर समाजमा लपक्क छ । रामायण र महाभारत हुन् वा अन्य विविध धार्मिक ग्रन्थहरू । भानुभक्त आचार्यको रामायण, शाकुन्तल आदि देवकोटेली महाकाव्य विरासत, आफैँ तात्न खोजेको चिसो चुलो, नरसिंह अवतारआदि हुँदै बगेको महाकाव्य परम्परामा अग्नि भएर मिसिन पाउँदा मभित्र खुसीको भर्भराउँदो ज्वाला उठेको छ ।   हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति ? कसरी लेखिँदै छ काव्य र यसको सारमा के छ ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय ? यसो भन्नु मेरो धृष्टता पनि होला तर भन्न मन छ– आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसुस गरेको छु । लेखकीय सत्ताको सर्वोच्चता  मान्छेभित्रको मनुष्यत्व र त्यही मनुष्यत्वको अविभाज्य स्वतन्त्र चेतना मान्छेको मूलशक्ति हो । स्वतन्त्र मान्छेले मात्र स्वतन्त्र धारणा बनाउन सक्छ र त्यही धारणाको स्वस्फूर्त नित्य निमग्नता लेखनकोे जग हो । आदेश, उपदेश वा कुनै पनि निर्देशनको परिधीय सीमा लेखनसत्ता हुन सक्तैन । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैँ बनाउँछ, बनाउन पाउनुपर्छ । नीति कि अनुभूति ? बोध कि अवधारणा ? परिवर्तन कि रूपान्तरण ? अन्तरबोध कि वचनको भारी ? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ । लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो ।  कुनै योगीको ब्रह्मस्वरूप आनन्द र कविता उज्यालोको आलम्वन, मलाई उस्तै उस्तै लाग्छ ।  चैतन्यबोध गरेको योगी त्यो चरम आनन्द बताउन सक्तैन तर एउटा कवि त्यही आनन्दमा पुगेपछि बल्ल उपल्लो कविता लेख्न शुरु गर्छ र काव्य निर्माण हुन्छ । कविता भन्नु आफैँलाई बिर्सिएपछिको आफ्नै बोधको उपल्लो कोटिको उज्यालो हो ।  र अन्त्यमा  आजको यो क्षण मेरो जीवनकै उपल्लो खुसीको क्षण हो । मेरो लेखन कर्मले फेरि एक पटक सामाजिक स्वीकृति पाएको छ । जीवनमा यो ठाउँमा यसरी उभिन आइपुग्छुजस्तो लागेको पनि थिएन । अक्षर, समय र ईश्वरलाई धन्यवाद ।  यतिखेर अग्नि महाकाव्यको पात्र ठुले कामीलाई सम्झेको छु । छेलाङी विश्वकर्मा र जुनीमायालाई सम्झेको छु । अर्धनग्न शरीर लिएर आरनमा प्यात्त निदाइरहेका तिनका सन्तानलाई सम्झेको छु ।  मैले खोज्दै हेर्दै हिँडेका आरनहरू सम्झेको छु । त्यहाँका अग्निज्वाला सम्झेको छु । आफैँभित्रका निजी आवेग, संवेग सम्झेको छु र आफ्नै सात वर्षकी नातिनी आयरालाई सम्झेको छु, जो अग्नि लेख्ने बेला मेरो काखमा लुटुक्क निदाउँथी । सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो र त्यो परको परम दिव्य उज्यालो एकाकार होस्, चैतन्यतर्फको अक्षर यात्रा जारी राख्न सकूँ । अक्षर ईश्वर हो र यसैको पूजामा निरन्तर निरन्तर लागिरहनु सकूँ । सबैको आशीर्वाद मिलोस् । मदन पुरस्कार विजेता महाकवि नवराज लम्सालले मंगलबार ललितपुरको पाटनढोकामा आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तब्यको सम्पादित अंशः

लोक संस्कृतिका अभियन्ता आरसी सम्मानित 

लोक संस्कृतिका अभियन्ता आरसी सम्मानित 

९६० दिन अगाडि

|

१० असोज २०७९

लोक संस्कृतिका अभियन्ता आरसी कोइराला अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । कोरियाको छनान शहरमा आयोजना भइरहेको ‘फेडेरेसन अफ इन्टरनेशनल डान्स फेस्टिबल’को १०औं वार्षिक उत्सव तथा जनरल कङ्ग्रेसले विश्वका ८५ भन्दा बढी देशबाट प्रतिनिधित्व गर्नेहरू मध्येबाट नेपालको प्रतिनिधित्व गर्ने आरसी कोइराला ‘रामचन्द्र’लाई FIDAF Best Activity Country Award 2021 बाट सम्मान गरेको हो । कोइरालाले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्न खेलेकोे भूमिकाको आधारमा उक्त सम्मानबाट सम्मनित गरिएको हो । ३० वर्षभन्दा बढी समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका कोइराला विगत १० वर्षदेखि FIDAF को कार्य समितिको उच्च पदमा रही काम गर्दै आएका छन् । २४ वर्षअघि एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्व जगतमा पुर्याउँदै आएका कोइराला FIDAF लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा आबद्ध  छन् । नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्दै आएका कोइरालाले सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भनेका छन्– ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ र यस क्षेत्रमा अझै केही गर्न प्रेरित गरेको छ ।’  

सर्वहारीलाई ‘प्रदेश रत्न’ पदक

सर्वहारीलाई ‘प्रदेश रत्न’ पदक

९६६ दिन अगाडि

|

३ असोज २०७९

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमाविशिष्ट योगदान पु¥याउने प्रदेशका व्यक्तित्वलाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । यसै क्रममा साहित्यकार डा कृष्णराज सर्वहारीलाई प्रदेश रत्न पदक (प्रथम) ले विभूषित गर्ने घोषणा गरिएको छ । थारू भाषा, साहित्यको उन्नयन, थारू शब्दकोश संकलन, थारू पाठ्यक्रम निर्माण एवम् थारू साहित्यको खोज अनुसन्धानमार्फत् सहयोग पुर्याएको भन्दै सर्वहारीलाई प्रदेश रत्न पदक दिइएको भनिएको छ । फुटल करम उपन्यास, दोसर घर जाइबेर मुक्तक, समयका उच्छवासहरु हाइकु, मामा भान्जा लोककथा, सुख्ली बालकथा, कमैया बस्तीमे भगन्वा लघुकथा, जोन्हु मामा बालकविता, ढोंढोंपोंपों हाँस्यव्यंग्य, भारतमे थारुन्के खोजी यात्रासंस्मरण लगायत विभिन्न विधामा सर्वहारीको थारू भाषामा पहिलो पुस्तकाकार कृति प्रकाशित भएको रेकर्ड छ । हालसम्म उनको थारू, नेपाली तथा अंग्रेजी भाषामा गरी ३२ कृति प्रकाशित छन् । लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ कार्यक्रममा विभूषित हुनेहरूको नामावली घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै प्रदेशका ६१ जनालाई विभूषित गर्ने निर्णय गरिएको हो ।

राष्ट्रपति के हाँठसे पुरस्कार पक्रेबेर खुसिके हल्कोरा

राष्ट्रपति के हाँठसे पुरस्कार पक्रेबेर खुसिके हल्कोरा

९६७ दिन अगाडि

|

३ असोज २०७९

शर्मिला सृष्टि सबसे पहिले नेपाल प्रज्ञा प्रतिष्ठानहे बहुट ढेर धन्यवाद बा, जे नेपाल प्रज्ञा मातृभाषा (थारू) साहित्य पुरस्कार २०७९ तराई मधेसमे बोल्ना मातृभाषा साहित्यके लग महिन फे एक लाख राशीके रकमसे सम्मानित करल ओरसे । सम्माननीय राष्ट्रपति विद्या भण्डारीके हाँठसे पुरस्कार पक्रेबेर खुसिके हल्कोराके साथसाथे माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा प्रतिष्ठानके संरक्षक जीवनराम श्रेष्ठप्रति आभारी बटुँ । ओस्टक कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ सदस्य सचिब प्राध्यापक जगतप्रसाद उपाध्याय हुकहनके झङ्झङ्ग्यार छहुँरिके बिचमे दोसल्ला डडुरे डडुर बधाई पाके गड गड बटुँ ।  महिनहे साहित्यके फँटुवामे दौडधुप कर्ना अपन साहित्यक कलमहे टिस्लार पर्ना जरुरी लागल वा । कर्मके फल एक ना एक दिन जरुर मिलठ । पेरुवा लगैबो टे एकदिन जरुर फल लागठ् । आज मै आपन कर्मके स्वाद चिखे पाइल अनुभूति करले बटुँ । ठोरचुन मोरिक साहित्यक पहुरा मनके फुला (२०६२), दुःखके हल्कोरा  (२०६४) प्रकाशन हुइल बा । साथसाथे कथा, कविता, नाटक आउर फे बिधामे कलम चलैले बटुँ मने प्रकाशनमे नै नन्ले हु । यी मै आपन बहुट वरवार कमजोरी मानटु । यी पुरस्कार आज महिन अप्रकाशित कृति झट्टसे झट्ट निकरना कहिके मन झक्झकुवाइटा । महिनहे साहित्यके फँटुवामे दौडधुप कर्ना अपन साहित्यक कलमहे टिस्लार पर्ना जरुरी लागल वा । कर्मके फल एक ना एक दिन जरुर मिलठ । पेरुवा लगैबो टे एकदिन जरुर फल लागठ् । आज मै आपन कर्मके स्वाद चिखे पाइल अनुभूति करले बटुँ । महिनहे साहित्य लेखनमे सहयोग साथ डिहुइया महानुभाव हुक्र, बिलाइल जुनिमे किताब छपाइक लग छपाइल बेलामे आर्थिक सहयोग डेहुइयनसे लेके मोरिक सहित्यक फँटुवामे आगेपाछे सहयोग साथ करुइया सक्हुनहे धन्यबाद डेहक चाहटुँ । अइना दिनमे आपन भाषा संस्कृतिके अखुवारी करनाके संग सगे मोर थारु जाति समुदायमे रहल अन्धविस्वास, फटरङ कुरीतिहे उजाभङ्ग कराक लग अपन साहित्यिक कलमहे चलैबु कना सोच्ले बटुँ । नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार पाके आज फेरसे मोर साहित्यक फुलरियामे छलाङ्ग मारडेले बा । पुरुस्कृत होके मोर मन आव कुछ करे परल कहिके थप बलबुटाके साथ कुलबुलाइटा । पुरस्कार डेहेवेर सहि मनैन हे छाने सेक्लेसे संस्थाके ओ ब्यक्ति डुनु जहनके लेखुइयक ओ डेहुइयक अर्थ रहट । नै ट कि अर्थ न तीर्थ । यी चिज नै हुइ कना मोर हरबड्डा बा । यी पुरस्कार पाके मिहिनहे ऐसिन अनुभूति हुइटा कि करल कामके मै पुरस्कार नै पैले हु कि अइना दिनमे कुछ करक लग मै पुरस्कृत हुइल बटुँ ।  साहित्यक टिपुन्नीमे अकेली एक्चोट्टे नै पुगे सेक्जाइठ । यी चिज मै खिडोर बिडोर करके बरी ध्यान नजर करके हेरले बटुँ । उपर चह्र्रेबेर खढ्ढुके फेन ओत्रै भारी देन रठिस । बिना खढ्ढुके मनै उपर चउह्रेबेर कर्रा परजाइठ । ओस्टके महिन फेन उपर बह्र्रेबेर बहुट जाने अपन हाँठके खढ्ढु बनाके उप्पर चहरना हौसला डेले बटै ।  आज मोर मनमे ऐसिन अनुभूति हुइटा कि मोरिक साहित्यिक हरेक पाइलामे सहयोग हौसला सुझाब डेहुइया मनके धनी धनवान हुकन फे मै पुरस्कार पाके ओत्रै खुसी लागट हुइहिन । अइना दिनमे फेन हजुर हुकनके सुझाव ओ साथ लेके मै आगे वह्रे सेकु कना अस्राके डगरमे बोटिया हेरके बैठल बटुँ । 

राजापुरमा थारू साहित्यमा आख्यान लेखन गोष्ठी

राजापुरमा थारू साहित्यमा आख्यान लेखन गोष्ठी

९६९ दिन अगाडि

|

१ असोज २०७९

युनिक नेपालको आयोजनामा जंग्रार साहित्यिक बखेरी, नेपाल र अमर शहिद बहुमुखी क्याम्पस, राजापुरको सहकार्यमा अमर शहिद बहुमुखी क्याम्पस, राजापुर, बर्दियामा थारु साहित्यमा आख्यान लेखन गोष्ठीको आयोजना गरिएको छ ।  ३१ भदौमा गरिएको सो आख्यान लेखनको अवसरमा अवसर कसरी खोज्ने बारेमा पनि अभिमुखीकरण गरिएको थियो ।  आख्यान लेखन गोष्ठीको सहजीकरण कथाकार शेखर दहितले गर्नु भएको थियो । सेसनमा शेखरले आफूद्वारा लिखित पुस्तकहरु गयर्वा बुडु, ठाँह्रा र थारु जोधामा समेटिएका कथावस्तु, कथाको महत्व, कथा लेखनका तरिकाको बारेमा उदाहरणसहित बोल्नु भएको थियो ।  हरेकसँग कथा हुन्छ तर हामीहरुले ती कथाहरुलाई लेखन र दस्तावेज गर्न सकेका छैनौ । दस्तावेज गर्न सकेको खण्डमा यसले अध्ययनका लागि महत्वपूर्ण सामाग्री हुने कुरा आख्यानकार शेखरले बताएका थिए ।  कार्यक्रममा अमर शहिद बहुमुखी क्याम्पसका प्रमुख अनिल चौधरीले हामीमा थारु भाषा पढ्ने बानीको विकास भएको छैन । सबै पाठ्यपुस्तकहरु कि नेपाली कि अंग्रेजी भाषामा छन् । यसले गर्दा थारु पुस्तक र यसको अध्ययन तर्फ पाठकहरुको ध्यान जान सक्दैन । यद्यपि, अहिले थारु साहित्यका अत्यन्त गहकिला पुस्तकहरु प्रकाशन भएको र पाठक संख्या बढेको कुरा चौधरीले उल्लेख गर्नु भयो ।  कार्यक्रमको सहजीकरण युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले गर्नु भएको थियो । उहाँले युनिक नेपालले पठनसिप विकासका लागि र अध्ययन सामाग्रीको सहज उपलब्धताका लागि युनिक पुस्तकालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।