‘बा’

  ‘बा’

१६५ दिन अगाडि

|

१७ भदौ २०८१

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

१६९ दिन अगाडि

|

१२ भदौ २०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीको संयुक्त आयोजनामा दुर्गौलीमा शनिवारबाट सुरु भएको ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलवार भदौ ११ गते सम्पन्न भएको छ । कार्यक्रममा जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई अब राष्ट्रिय गतिविधिसँगै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गर्ने प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीमा पालिकाका कलाले सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले संस्कृतिको संरक्षणका सन्दर्भमा यो जीवन्त कार्यक्रम भएको बताउनुभयो । ‘नयाँपुस्तालाई लोकसंस्कृतिसँग प्रत्यक्ष जोड्न सक्नु यस कार्यक्रमको उपलब्धि हो । कार्यशालामा सहभागी सबैलाई प्रादेशिक प्रदर्शनीमा समेत भाग लिन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । जानकी गाउँपालिकाको सबै वडाको गाउँमा बनाइएको अस्टिम्की चित्र अवलोकन गर्दा चित्रकला कार्यशालाप्रति सन्तुष्ट रहेको जनाउँदै प्राज्ञ अधिकारीले अगाडि भन्नु भयो– अस्टिम्की कलालाई पनि मिथिला कलाझैं व्यावसायिक बनाउँदै अन्तरराष्ट्रियकरण गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । संस्कृतिविद् तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले अस्टिम्की कला र पर्वमा बनाइने कलाका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले गत वर्षदेखि नै अस्टिम्की कलाबारे कार्यशाला गरेर पुस्ता हस्तान्तरणमा जानकी गाउँपालिकाले अभियान चालेकोमा सराहना व्यक्त गर्नुभयो । उहाँले अस्टिम्कीकै बारेमा आफ्नो विद्यावारिधि भए पनि कुनै पनि विषयमा अध्ययन कहिल्यै नसकिने धारणा राख्दै भन्नु भयो, ‘म यहाँ पनि अध्ययन नै गर्न आएको छु । लोकसाहित्यका खास जानकार पुर्खाहरु नै हुन् ।’ सामान्य पूजा गरेर मनाइने अस्टिम्की देखिए पनि पुरुष हलो बनाउनदेखि जोत्न सिपालु हुनुपर्ने, महिला चुल्हो बनाउनेदेखि खाना पकाउने भातभान्सामा सिपालु हुनुपर्ने सन्देश दिएको छ । साथै, अस्टिम्कीले थारु समुदायको समग्र जीवनदर्शन बोकेकाले यसबारे व्याख्या विश्लेषण हुँदै जानुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जितबहादुर चौधरी, जगत चौधरी, वसन्ती चौधरी, जनक चौधरी, चन्द्रलाल चौधरी लगायत सहभागीले अस्टिम्की कलाबारे जिज्ञासा राखेका थिए । धेरैले हालसम्म यसमा गाइने गीतबारे प्रष्ट हुन पाएकोमा आयोजक तथा बक्ता  डा. सर्वहारीलाई धन्यवाद दिएका थिए । थारू संस्कृतिविद् तथा रेडियोकर्मी एकराज चौधरीले पनि गुर्वावाको विषयलगायत थारू संस्कृतिका बारेमा उठेका जिज्ञासाका बारेमा जबाफ दिनुभएको थियो ।  टीकापुर क्याम्पसका एसोसिएट प्रोफेसर नाथुराम चौधरीले अस्टिम्की कार्यशालाको छलफलको क्रममा ४० वर्ष मुनिको कसैले जिज्ञासा नराखेको गुनासो गर्दै युवाहरु चित्र बनाउनमा सहभागी भएसंगै यसको महत्वबारे थाहा पाउज.न जरुरी रहेको बताउनु भयो । विष्णुप्रसाद चौधरी प्रशिक्षक रहनुभएको कार्यशालामा २२ जनाले सहभागिता जनाएका थिए । समापन समारोहमा उत्कृष्ट (जुना चौधरी प्रथम, सङ्गीता चौधरी÷विनिता चौधरी द्वितीय, सम्झना चौधरी तृतीय र चन्द्रलाल चौधरी चौथो) लाई नगदसहित सम्मान तथा सहभागीलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो । समापन कार्यक्रममा  जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरी, वडा नं १ का वडाध्यक्ष सुरेशकुमार चौधरी, वडा नं ४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरिया, वडा नं ७ का वडाध्यक्ष कमल महतो, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, कार्यपालिका सदस्यहरू पार्वतीदेवी डङ्गौरा थारू, पवित्रा विश्वकर्मालगायतले  अस्टिम्की कलाबारे चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेत्रप्रसाद न्यौपानेले गर्नु भएको थियो ।  

हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट

हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट

१७४ दिन अगाडि

|

८ भदौ २०८१

अब त गर्वका साथ भन्न सक्छु म न्याय हराएको देशमा जन्मिएकी नागरिक हुँ जहाँ जन्मिन नपाउँदै/जन्मिँदै खोसिन्छ अधिकार निषेध गरिन्छ अधिकार माग्न र बन्डेज लगाइन्छ पहिचानका निम्ति लड्न पहिचानकै निम्ति लड्ने क्रममा नै घटिदियो इतिहासमै हामीले कहिल्यै नबिर्सिने टीकापुर घटना कल्पना नै नगरिने गरी दन्कियो ज्वाला खरानी भए कैयौँका घरहरु घरसँगै रहरहरू, सपनाहरू सबै सबै बाध्य भइ नचाँहदा नचाँहदै लगायो टीकापुरले छातीभरि रगतका राता टीका र, ओढ्यो कालो घुम्टो अहिले जबर्जस्ती लगाइ दिएका छन् दोषीको टीका टीकापुरलाई .... ए सरकार! आँखामा कालो पट्टी बाँधेको तिमीले उघार आँखा नओढाउ दोषीको खोल सुनेर पनि नसुनेझैँ नगर त्यो चित्कार वाह ! यति मीठो नाटक रच्ने तिमी कोचिदियो निर्दोषलाई नै काराबासमा अब त काराबासको पर्खाल हैन तिम्रो सोंचको पर्खाललाई भत्काउनुछ निर्धक्कको सास नफेरुन्जेलसम्म र, यो अन्तिम सास रहुन्जेलसम्म लड्नेछौ हामी पहिचानका लागि सदियौँदेखि औँलो पचाएका हाम्रा पुर्खाले अब त यसै पचाइन्छ नाथे बन्दुकको गोली बर्साऊ बरु यही छातीमै लाग्ने गरी । तर बिन्ती अत्ति भयो नबर्साउ झुठो बोलीको गोली ए सरकार ! कहिले गर्छौ रेशम चौधरीजस्ता निर्दोषहरुलाई रिहाई नभए फेरि पनि उत्रिन नपरोस् हजारौँ पार्वती चौधरीहरु काखे बालकलाई पिठ्यूमा बोकी आन्दोलनमा होमिन ।   ए सरकार, एक ‘ढकिया’ न्याय देऊ न्यायको पर्खाइमा भोकाएको देश यति बेला अन्यायको प्रदुषणले ग्रसित छ त्यसैले त होला मडारिएको छ यहाँ वर्षोँदेखि विभेद र दमनको कुहिरो बिछाइएको छ जाल षड्यन्त्रको लगाइएको छ कपोकल्पित झुठा मुद्दा बझाइएको छ निर्दोषहरुलाई ‘खोंगिया’मा ‘मच्छि’ बझाएझैँ अनि तड्पाइरहेछन् पानी विनाको ‘मच्छि’झैँ न्यायको लागि र हेरिहेछन् रमिता जहाँ जबर्जस्ती कोचिएका छन् निर्दोष रेशम चौधरीहरु जेल ए, भनि देउ न सरकार ! कहिलेसम्म चल्ने हो तिम्रो राजनीतिक चलखेल ? यो कस्तो कानुन हामीलाई मात्र लागु हुने ? जहाँ कर्फूयमा पनि छानी छानी थारुहरुकै घरमा सल्काइयो आगो खोसियो रोजीरोटी पोखियो सपना लुटियो अस्मिता मिल्काइयो कुनामा हाम्रो पहिचान र अस्तित्व र पहि¥याइयो दोषीको मुखौटा ए सरकार ! कहिले हटाउँछौ मनको खोट कहिले बुझिदिने टीकापुरको चोट नभए हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट नजोख हामीलाई अब सन्तुलन गुमाएको तिम्रो न्यायको तराजुले बरु देउ एक ‘ढकिया’ न्याय एक ‘डेहरि’ पहिचान एक ‘भौका’ समानता एक ‘भँक्रि’ उन्मुक्तिको सास ‘फुरे हम्रे’ कहिलेसम्म बन्ने ? ‘टोहार’ बँधुवा कमैया । बँधुवा कमैया ।।            कवियत्री भूमिका थारुको कहियासम अनागरिक ? (२०८१) कविता संग्रह प्रकाशित छ ।

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

१७९ दिन अगाडि

|

२ भदौ २०८१

नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज काठमाडौं, बबरमहल, साफ फल्चामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा आगामी असोज ४ र ५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुन लागेको हो ।  अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका   उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमल निभाले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तर माथि उठाउन योगदान पुग्ने बताए ।  आयोजक संस्थामध्येका एक नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकोले यसको विशेष महत्त्व हुने विचार राखे। आयोजक समितिका सदस्यसचिव एवम् नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिए । आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पारे । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारका विविध प्रश्नहरूको जवाफ दिएका थिए।

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

१८७ दिन अगाडि

|

२७ साउन २०८१

प्रत्येक महिनाको अन्तिम शनिवार कीर्तिपुरमा आयोजना हुने ठुम्रार साहित्यिक बखेरीको १००औं भाग साउन २६ गते प्रज्ञा भवनको देवकोटा कक्षमा भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘हमार संस्कृत्ति, हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औं भागमा ‘थारू कवितामा महिला हस्ताक्षर’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरियो ।  उक्त कार्यपत्रमा भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गर्नुभएको थियोे । यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताउनु भएको थियोे । सहभागीका तर्फबाट पुरुषोतम चौधरी, नरेन्द्रकुमार चौधरी ,इन्दु थारू,प्रणव चौधरी ,सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियोे । कार्यपत्र थारु कवियत्रीहरुले के विषयमा लेख्दैछन् भन्दा पनि कार्यपत्र तथ्याङ्मा अल्झिएको धेरैको टिप्पणी थियो । सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताउनु भएको थियोे । प्रज्ञा प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित यस विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रालि, जेनस इन्टरनेसनल प्रालि, अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक सङ्घ संस्थाहरू समेत आयोजकका रूपमा रहेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रुपले कविहरुको उपस्थिति गराउँदा संख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’ मातृभाषामै कविता लेख्ने कविहरु प्नि उम्दा भएको उहाँको भनाई थियो । संघीयताको कार्यान्वयनको क्रममा थारु समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उहाँले भन्नु भयो, मैले पनि टीकापुरबारे लेख, कविता लेखेर थारु समुदायप्रति सद्भाव जताएको छु ।  कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभएको थियोे । उहाँले संस्थागत योगदान पुर्याउने बर्दियाली थारू विकास मञ्च काठमाडौँ र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाई समेत कदरपत्र प्रदान गर्नु भएको थियोे । सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आआफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अरूण चौधरी ,गणेश वर्तमान ,प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, प्रकृति पूजा, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मी लगायतले कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहनु भएका तथा थारू लेखक सङ्घ नेपालका अध्यक्ष तथा ठुम्रार साहित्यिक बखेरीका संयोजक डा कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्ने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे । कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक सङ्घका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी सुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन यस सङ्घका आजीवन सदस्य शत्रुघन चौधरीले गर्नुभएको थियोे ।

चितवनमा थारु लेखक संघ गठन 

चितवनमा थारु लेखक संघ गठन 

१८७ दिन अगाडि

|

२७ साउन २०८१

थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारु लेखकहरुको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारु लेखक संघ चितवन गठन भएको छ ।  संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यहरुमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । साथै सल्लाहकारमा भजुमनराम महतो, लक्ष्मण प्रसाद चौधरी, डा संजय महतो, सत्यनारायण चौधरी, रामप्रसाद महतो र सन्तराम महतोलाई मनोनित गरिएको छ । थारु भाषा, संस्कृति र पहिचानका लागि थारु लेखक जन्माउन र अगाडि बढाउनका लागि थारु लेखकहरुबीच कचहेरीको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले बताए।  कचहेरीमा विभिन्न व्यक्तित्वहरुले विभिन्न विषयबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । साहित्यकार मनोज चौधरीले आख्यानमा थारु समाजबारे, लक्ष्मण प्रसाद चौधरीले थारु भाषा र पाठ्यक्रमबारे, भाजुराम महतो र डा संजय महतोले नामको राजनीति र थारु समुदायमा यसको प्रभावबारे, कारी महतोले थारु भाषाको मानकीकरण अभियानबारे, संजय चौधरीले सिमान्तकृत समुदाय र सामाजिक न्यायबारे, भजुमनराम महतोले थारु जातिको इतिहास बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । कचहेरीको उदघाटन सत्रमा खैरहनी नपा वडा नं ८ का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, थाकस पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थाकस क्षेत्रीय सभापति रामेश्वर चौधरी, झगरु चौधरी, सत्यनारायण चौधरी, शंकर महतो, धनवीर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कचहेरी थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो ।  २०७३ वैशाखमा दाङमा डा कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ गठन भएको थियो ।

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

‘थारू लखागिन’मा ‘पन्ना’ पुनः सर्वसम्मत अध्यक्ष  

१८७ दिन अगाडि

|

२७ साउन २०८१

लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा साउन २६ गते शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।  संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन भएको छ । जसको अध्यक्षमा मान बहादुर चौधरी पन्ना, उपाध्यक्षमा सुमित्रा चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यहरुमा सन्ध्या चौधरी, प्रतिमा चौधरी, रविना चौधरी, कलावती चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।  साधारण सभामा संस्थाले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०८०÷०८१ अषाढ मसान्तसम्मको १ लाख ७१ हजार ९७७  रुपैया बराबरको आय व्यय प्रस्तुत गरेको छ ।  साधारण सभामा अध्यक्ष मानबहादुर चौधरीले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना पेस गरेका थिए भने प्रगति प्रतिवेदन सचिव जित बहादुर चौधरीले प्रस्तुत गरेका थिए ।  अध्यक्ष पन्नाले आगामी दिनमा संस्थालाई अझै सशक्त रुपमा बढाउन नयाँ रणनीतिका साथ अगाडि बढ्ने बताउँदै थारू भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यतालाई संरक्षण गर्न युवा पुस्ता, पुराना पुस्तालाई जोड्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम गर्ने र थारू समुदायमा सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने योजना बनाएर अगाडि बढ्ने बताए । कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूले  सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारू उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारू समुदायमा राजनीति रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशबाट संस्कृति मन्त्रायलयबाट भाषा तथा साहित्य विधामा क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) बाट पुरस्कृत भएका सुर्खेतका स्रष्टा पन्नाले सुर्खेती थारूको गौरब बढाएकोमा बधाई दिदै आगामी दिनमा अझै सशक्त रुपमा कलम चलोस् भन्ने शुभकामना दिए ।   कार्यक्रममा थारू कल्याणकारिणी सभाका पूर्व केन्द्रीय पार्षद टेक बहादुर चौधरीले थारू समुदायमा संस्कृतिको अथाह भण्डार भएकोले पहिचान बचाउनुपर्ने र सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले सुर्खेतमा रहेका सबै थारू संस्थाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । लखागिन थारू उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारूले थारूहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारू समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  ।  कार्यक्रममा लखागिन थारू उत्थान मञ्चका सल्हाकार कालुराम दहितले थारू समुदायको अगुवाई गरी यस संस्थाले उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए । साथै, पुराना थारू लोकगीत, माँगर, सजना, मैना जस्ता भाकाका गीतहरुलाई जोगाउनुपर्ने आवश्यकता आंैल्याए । कार्यक्रममा थारू अगुवा समाजसेवी विष्णु चौधरी, मानविर थारू, शेरबहादुर थारू लगायतका वक्ताहरुले थारूहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।