रोदी गुरुङको कि मगरको ?

रोदी गुरुङको कि मगरको ?

१९९ दिन अगाडि

|

१५ साउन २०८१

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन सम्पन्न

२०० दिन अगाडि

|

१४ साउन २०८१

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञाप्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन २०८१ प्रज्ञा प्रतिष्ठानमा शनिवार सम्पन्न भएको छ ।  तीनवटै प्रज्ञा प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्ज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गरेका थिए। प्राज्ञिक सम्मिलनबाट प्राप्त सुझावका आधारमा निम्नअनुसार ११ बुँदे घोषणापत्र जारी गरेको थियोे। (क) तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम तीनओटै प्रज्ञा-प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार कायम हुनपर्ने। (ख) प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनुपर्ने। (ग) सङ्घ, प्रदेश र स्थानीय स्तरका प्राज्ञिक निकायका प्राज्ञिक सदस्यहरूको पदीय नाम एउटै नराखी फरक गरिनुपर्ने । (घ) सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप र विकृतिलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार सम्बन्धित प्रज्ञा–प्रतिष्ठानमा रहनुपर्ने व्यवस्थाका लागि आवश्यक पहल गर्ने। (ङ) गण्डकी प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको भेलामा तयार गरिएको पोखरा घोषणपत्र तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा भएको प्राज्ञिक भेलाबाट पारित घोषणापत्रलाई कार्यान्वयनका लागि आवश्यक पहल गर्ने। (च) प्राज्ञसभा सदस्यहरूको सेवासुविधा समयानुसार नभएकाले उचित सेवासुविधाको व्यवस्थाका लागि आवश्यक पहल गर्ने। (छ) नेपाली कला, संस्कृतिको संरक्षण, सम्वर्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने। (ज) नेपाल सरकारको औपचारिक अन्तर्राष्ट्रिय भ्रमणमा तीनओटै प्रज्ञा-प्रतिष्ठानको प्रतिनिधित्व हुनुपर्ने। (झ) प्राज्ञिक लेखन, अनुसन्धान तथा सम्पादनमा एकरूपतालगायत तीनओटै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य पूरा गर्न आवश्यक सहकार्य गर्ने। (ञ) पुस्तक,पत्रपत्रिका र सङ्गीतसँग सम्बन्धित प्राविधिक सामग्री तथा ललितकलासम्बन्धी कच्चा पदार्थ आदिमा भन्सार लगायतका समस्या हल गर्नका लागि आवश्यक पहल गर्ने। (ट) नेपाली भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकलाको अभिलेख तथा सङ्ग्रहालय स्थापना गर्ने। (ठ) सबै विश्वविद्यालयमा कम्तीमा एक एक ओटा ललितकला, सङ्गीत, नाट्यकला, नृत्य आदि विषयको विभाग स्थापनाका लागि पहल गर्ने विषयमाथि विशद् विमर्शसहित घोषणापत्र जारी गरिएको थियो। कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको सभापतित्वमा भएको थियो ।

काठमाडौंमा गुरही पर्व मनाइने

काठमाडौंमा गुरही पर्व मनाइने

२०१ दिन अगाडि

|

१३ साउन २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि गुरही पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल पर्यटन वोर्डको हलमा आगामी साउन २५ गतेका दिन गुरही(गुर्या) २०८१ मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार बसेको बैठकले गुरही कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा मुल आयोजक तयारी समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा नौक्षार समुहकी गंगा चौधरी उपसंयोजक तथा सदस्यहरु थारु कलाकार मञ्चकी कोषाध्यक्ष अञ्जु चौधरी, परिवार गल्र्स होस्टेलकी सञ्चालिका किरण चौधरी, चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, आशा आर्टका बलराम चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका महासचिव विजय चौधरी, यूनिक थारु ग्रुपका नेपालु थारु, सुसेली कलेक्सनकी संचालिका सुशीला चौधरी, बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरी, सर्वहित समाज नेपालका अध्यक्ष बनस चौधरी, जेनस इन्टरनेशनल प्रालिका सञ्चालक शिव बहादुर चौधरी रहेका छन् ।  त्यस्तै, मूल आयोजक समितिका अन्य सदस्यमा थारुवान डटकमका मदन चौधरी, प्रदेश न्यूजका श्री चौधरी, हमार पहुरा डटकमका लक्की चौधरी, सफारी ट्रेड लिंकका विनय कुश्मी, ठुम्रार साहित्यिक बखेरीका संयोजक÷ढकिया खबर डटकमका डा कृष्णराज सर्वहारी, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, ख्याल बगालका अध्यक्ष प्रणव चौधरी, सोना फिल्म प्रालिकी सोनु चौधरी रहेका छन् ।  त्यस्तै, आर्थिक व्यवस्थापन तथा उपसमिति संयोजक अग्रासन महिला समुहकी उपाध्यक्ष किरण चौधरी, प्रचारप्रसार उपसमिति संयोजकमा चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, मञ्च व्यवस्थापन अतिथि सत्कार उपसमितिस ंयोजक अग्रासन समुहलाई चयन गरिएको छ ।  थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैसलयोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही(गुर्या)  पर्व मनाउने गर्दछन् ।  केही वर्ष यता कैलालीको धनगढीमा गुरही चोक नै नामकरण गरेर गुरही भव्यताका साथ मनाउन थालिएको छ । स्मरण रहोस्, यस वर्ष साउन २५ गते गुरही परेको छ । तर कैलालीको जोशीपुर गाउँपालिकाले साउन १ गते नै गुरहीको विदा दिने निर्णय गरेको थियो, जसको व्यापक विरोध भएको थियो । यद्यपि उसले आफ्नो निर्णय सच्याएन । 

लघुकथा : लुगा 

लघुकथा : लुगा 

२०२ दिन अगाडि

|

१२ साउन २०८१

                                                                                                                                                                             स्केचः दीपक गौतम प्राडा प्राज्ञ खेमराज खनाल  दुई जना मान्छे मन्त्रालय छिरे । दुबै नयाँ मन्त्रीलाई बधाई दिन चाहान्थे । एक जना ठुला व्यापारी र एक जना प्राध्यापक थिए । पालेले देख्यो, एउटा सुटबुट लाएको र अर्को सामान्य लुगा र चप्पल लगाएको थियो । व्यापारीले भन्यो, "पाले भाइ, मैले मन्त्रीजीलाई भेट्नु छ । छिटो लैजाऊ ।" प्राध्यापकले भने, "म नि जानु छ । मलाई नि लैजानु होस् ।" पालेले प्राध्यापकलाई भन्यो, "एक छिन पर्खनोस् है । एक जनामात्र जान मिल्छ ।" उसले व्यापारीलाई मन्त्रीकहाँ पुर्यायो । व्यापारीले मन्त्रीलाई नमस्कार गरे । भलाकुसारीपछि बाहिर निस्के । पहिले भेट्न दिएकामा पालेलाई धन्यवाद दिए । ऊ मख्ख पर्यो । पालेले प्राध्यापकलाई झर्कँदै भन्यो, "मन्त्रीजीलाई धेरै झर्को लाउने होइन नि । भेट्नेको ताँती लाग्या लागै छ । व्यस्त हुनुन्छ ।" प्राध्यापकले "हुन्छ" भनेर टाउको हल्लाए । दुबै भित्र पसे । मन्त्रीजी जुरुक्क उठे । प्राध्यापकलाई भने, "गुरुदेव नमस्कार ! तपाईंले पनि पाउकष्ट गर्नुभयो ?" प्राध्यापकले भने, "आफ्नो विद्यार्थी मन्त्री हुँदा कसलाई खुसी लाग्दैन र ?" भलाकुसारीपछि प्राध्यापक बिदा भए । पाले जिल्ल पर्यो । २०८१/०४/११ पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी ।  

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

२०८ दिन अगाडि

|

६ साउन २०८१

थारु भसा साहित्य केन्द्रद्वारा आयोजित बसघराको ७२औं श्रृंखलामा नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा हालै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित स्रस्टाद्वय बुद्धसेन चौधरी र मानबहादुर चौधरी पन्नालाई सम्मान गरिएको छ ।  साउन ५ गते ललितपुर, कुपण्डोलस्थित नाइटिंगेल स्कूलमा भएको कार्यक्रममा सम्मानित हुँदै मन्त्री तेजुलाल चौधरीले भने, ‘म एउटा जिम्मेवार पदमा आइपुगेको छु, यसमा सफलताको लागि सबैबाट सुझावको अपेक्षा राख्दछु ।’ मन्त्री चौधरीले अगाडि भने, ‘थारु खेलाडीहरु एसइई, प्लस टु सम्म राम्रै छन् । तर, त्यसपछि पढाइसंगै खेलकुद पनि खस्किदै जान्छ । थारु खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स सबै खेलमा अगाडि छन् । तर, त्यो खेलको कुनै संगठनमा छैनन् । यसले उनीहरुको खेलजीवन क्षणिक देखिन्छ ।’ उनले थारु युवाहरुलाई थाकसबाहेक अरु संगठनमा पनि लाग्न आग्रह गरे । थरुहटमा कहिलेकाहि थारु क्लबबाट खेल आयोजना भए पनि त्यो व्यवसायिक भन्दा रक्सी, खसी खानको लागि आयोजना गर्ने गरिएकोमा उनको चित्त दुखाई थियो । उनले अर्को प्रसंगमा बसघरा साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा सम्मानित मन्त्री तेजुलाल चौधरीका बारेमा विमल चौधरी, स्रस्टाद्वय बुद्धसेन चौधरी र मानबहादुर चौधरी पन्नाको बारेमा क्रमशः महेश चौधरी र डा कृष्णराज सर्वहारीले प्रकाश पारेका थिए । त्यस्तै,  बुद्धसेन चौधरी, अरुण चौधरी, उदयनारायण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, आशिष चौधरीलगायतले रचना वाचन गरेका थिए । कवि नन्दलाल चौधरीको रचना कल्पना चौधरीले बाचन गरेकी थिइन् । थारु भसा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव सियाराम चौधरी तथा स्वागत सचिव सहदेव चौधरीले गरेका थिए ।   

मुक्तिक सपना

मुक्तिक सपना

२१२ दिन अगाडि

|

२ साउन २०८१

बँढुवा कमैयाँ पटै नि हो कबसे बाँढल रहे मलिक्वाक डर ऋण शोषन ओ सौंकीसे पुस्टौ पुस्टा बिटल सौंकीमे सौंकी ठपल। बाबा छावा नटिव ऊ शोषक किसन्वाक लग जुनीभर कमाईल बर्खाम खौही डवाई बुट्टी डस्याम जरावरके लग लेहल ठोरचे पैंसा माटीक शरिर माटीम मिलल घटल नाई झन बर्हल  कैयो पुस्टौ बिटल  ऊ सौंकी, टिरे नाई सेकके कोई औरे ओर भागल कोई टङ्गके मारल कोई जहर खाईल कोई सौंकीक बडला जन्नी छाई कम्हलरिया पठाईल कोई शोषकनके राट रंगीन बनाईल कुवाँरी छाई नाई चाहके  सौंकीक कारन ईज्जट लुटाईल। हाँ ऊ कमैयाँ शोषन सहनाम घैंखर ना नाई कहल जुनीभर डुई छाक खाईक लग का बर्खैहा पानी का बैशाखी घाम जैसिन कर्रा रहे काम पशु हस मेहनट कर्ना बानी। जब ढिरे ढिरे चेट खुलल ठोर ठोर कमैयाँनके बस्टीम फे भगनुवा हेरल चरम दासत्वाके जंजीरसे ऊ बँढुवा कमैयाँ  मुक्ति खोजे लागल कबु नि ओरैना सौंकीसे दासत्वाके जुनीसे जन्नी छाईनके ईज्जटसे यौन प्यास मेटैन मलिक्वासे। जब मुन्टीम कफन बाँढल कमैयाँ हाँ मुक्ति मिलल ऊ मलिक्वाक सौंकीसे जेल हस ओकर बुक्रीसे हाँठगोर खैना खेट्वा खेर्हन्वासे ओ मुक्ति मिलल बचपन बिटल गाउँसे । नाई अटैना कमैयाँ गाउँक ऐलानी जग्गाम बीचढारमे न घर न घाटके गाउँसे घरसे निकरल सपना पुरा कर्ना आँटके। कमैयाँन दुखमे राजनिती करूईया नेटनके दलाल खुब उल्कैनै सपना डेखैनै रहेक लग अपन घर रही जोटे खाईक खेट्वा रही खुल्लै आँखीसे डेख्ली ऊ मुक्तिके सपना खै पुरा कहाँ हुईल न घर न घरबास अब,  जिन्गी हु गिल नेटनके दास।               जोशीपुर ५ सिमराना, कैलाली