बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

बसघरामा मन्त्री चौधरी र स्रस्टाद्वयलाई सम्मान 

२४२ दिन अगाडि

|

६ साउन २०८१

मुक्तिक सपना

मुक्तिक सपना

२४६ दिन अगाडि

|

२ साउन २०८१

बँढुवा कमैयाँ पटै नि हो कबसे बाँढल रहे मलिक्वाक डर ऋण शोषन ओ सौंकीसे पुस्टौ पुस्टा बिटल सौंकीमे सौंकी ठपल। बाबा छावा नटिव ऊ शोषक किसन्वाक लग जुनीभर कमाईल बर्खाम खौही डवाई बुट्टी डस्याम जरावरके लग लेहल ठोरचे पैंसा माटीक शरिर माटीम मिलल घटल नाई झन बर्हल  कैयो पुस्टौ बिटल  ऊ सौंकी, टिरे नाई सेकके कोई औरे ओर भागल कोई टङ्गके मारल कोई जहर खाईल कोई सौंकीक बडला जन्नी छाई कम्हलरिया पठाईल कोई शोषकनके राट रंगीन बनाईल कुवाँरी छाई नाई चाहके  सौंकीक कारन ईज्जट लुटाईल। हाँ ऊ कमैयाँ शोषन सहनाम घैंखर ना नाई कहल जुनीभर डुई छाक खाईक लग का बर्खैहा पानी का बैशाखी घाम जैसिन कर्रा रहे काम पशु हस मेहनट कर्ना बानी। जब ढिरे ढिरे चेट खुलल ठोर ठोर कमैयाँनके बस्टीम फे भगनुवा हेरल चरम दासत्वाके जंजीरसे ऊ बँढुवा कमैयाँ  मुक्ति खोजे लागल कबु नि ओरैना सौंकीसे दासत्वाके जुनीसे जन्नी छाईनके ईज्जटसे यौन प्यास मेटैन मलिक्वासे। जब मुन्टीम कफन बाँढल कमैयाँ हाँ मुक्ति मिलल ऊ मलिक्वाक सौंकीसे जेल हस ओकर बुक्रीसे हाँठगोर खैना खेट्वा खेर्हन्वासे ओ मुक्ति मिलल बचपन बिटल गाउँसे । नाई अटैना कमैयाँ गाउँक ऐलानी जग्गाम बीचढारमे न घर न घाटके गाउँसे घरसे निकरल सपना पुरा कर्ना आँटके। कमैयाँन दुखमे राजनिती करूईया नेटनके दलाल खुब उल्कैनै सपना डेखैनै रहेक लग अपन घर रही जोटे खाईक खेट्वा रही खुल्लै आँखीसे डेख्ली ऊ मुक्तिके सपना खै पुरा कहाँ हुईल न घर न घरबास अब,  जिन्गी हु गिल नेटनके दास।               जोशीपुर ५ सिमराना, कैलाली  

जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ

जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ

२५० दिन अगाडि

|

३० असार २०८१

एकपटक एउटा गाउँमा एउटी महिलाले तीन जना बृद्व मानिसहरूलाई आफ्नो घरबाहिर बसिरहेको देख्दछिन्। तिनीहरू त्यहाँ धेरै बेरदेखि बसिरहेका थिए। महिला बाहिर गएर भन्छिन्, ‘तपाईँहरूलाई म चिन्न त चिन्दिन तर धेरै बेरदेखि बसिरहेको देखेँ, भोक लागेको हुनुपर्छ । कृपया भित्र आउनुहोस् र केही खानुहोस्।' ती मध्ये एक जनाले सोधे, 'तपाईंको श्रीमान घरमा हुनुहुन्छ ?' उनले जवाफ दिइन्, 'हुनुहुँहुन्न।' 'त्यसो भए हामी भित्र आउन सक्दैनौं।', पुरुषहरूले भने। महिला घरभित्र पसिन् । साँझ उनको श्रीमान् घर आएपछि उनले बाहिर बसेका मानिसहरू र अगाडि भएको सबै कुरा सुनाइन्। श्रीमानले आफ्नी पत्नीलाई गएर ती मानिसहरूलाई भित्र आउन र केही खानेकुरा खान भन्दछन्। उनी बाहिर गइन् र उनीहरूलाई भनिन्, 'मेरो श्रीमान घरमा हुनुहुन्छ। उहाँले सबैलाई आमन्त्रित गर्दै हुनुहुन्छ। कृपया भित्र आउनुहोस् र हामीसँग केही खाना खानुहोस्।' तिनीहरूले जवाफ दिए, 'हामी सँगै घरभित्र जाँदैनौं।' जब उनले किन भनेर सोधिन्, एक जना वृद्धले बताए, उनले आफ्नो एक साथीलाई संकेत गर्दै भने: 'उसको नाम धन हो। यदि ऊ तिमीसँग गयो भने तिम्रो घर सधैं धन-सम्पत्तिले भरिनेछ।' त्यसपछि अर्को बूढो मानिसलाई देखाउँदै उसले भन्यो: 'उनको नाम सफल हो। यदि उहाँ तपाईंसँग जानुहुन्छ भने, तपाईंले सुरु गरेको कुनै पनि प्रयासमा सधैं सफल हुनुहुनेछ।' त्यसपछि उनले आफूलाई "प्रेम" भनेर चिनाउँछन् । 'म तिम्रो साथमा गएँ भने तिम्रो घर सधै मायाले भरिनेछ।' त्यसपछि उनले ती बृद्धलाई भित्र गएर आफ्नो श्रीमानसँग छलफल गर्न भनिन् कि उनीहरू मध्ये कुनचाहिँ घरभित्र जान चाहन्छन्। उनका श्रीमान् यो कुरा सुनेर खुसी भए र भने, 'धनलाई निम्तो गरौं। उहाँ आएर हाम्रो घर धन-सम्पत्तिले भरिदिनुहोस्।' उनकी श्रीमतीले असहमत भइन् र भनिन्, 'हामीले सफलतालाई किन निम्तो दिँदैनौं? उनीहरूको' बुहारीले यो कुरा सुनिरहेकी थिइन् । उनले आएर सुझाव दिइन्, ‘हाम्रो घरमा प्रेमलाई निम्तो दिँदा राम्रो हुँदैन र ? तब हाम्रो घर सधैंभरि प्रेमले भरिनेछ।' श्रीमान श्रीमती सहमत भए । महिला फेरि बाहिर गइन् र भनिन्, 'तिमीहरू मध्ये को प्रेम हो ? कृपया भित्र आउनुहोस् र हाम्रो अतिथि बन्नुहोस्।' प्रेम उठेर घरतिर हिड्न थाल्यो । त्यतिकैमा अरु दुई जना पनि उठेर उनको पछि लागे । महिलाले सोधिन्, ‘तिमीले भनेका थियौ कि सबै मिलेर आउन सक्दैनौ । मैले प्रेमलाई मात्र निम्तो दिएँ। तिमीहरू सबै किन आउँदैछौ?' बुढाले जवाफ दिए, 'धन वा सफलतालाई निमन्त्रणा गरेको भए अरू दुई जना बाहिरै बस्ने भए, तर प्रेमलाई निम्तो दिनुभएकोले उहाँ जहाँ जानुहुन्छ, हामी उहाँसँगै जान्छौं।' जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ।"  अंग्रेजीबाट अनुवाद : घनश्याम अस्तित्व

नाटक  पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

नाटक पूर्णविरामः कसले अठ्याइरहेको छ समयको गर्धन ?

२५७ दिन अगाडि

|

२२ असार २०८१

“आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान, फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ? कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको अधिनमा छ, ब्रम्हाण्डको आयु ?” मञ्चको अघिल्लो कुनामा सुतिरहेको एक वृद्धको आवाज सुनिन्छ । एकसरो वेरिएको कपडामा रहेका वृद्ध मरुभूमि जस्तो देखिने स्थानबाट उठेर दर्शकदिर्घातिर हेर्दै निरन्तर बोल्न थाल्छन् । “दिनको रक्तचाप बढेसँगै पग्लिँदै गइरह्यो, मानव जातिको अस्तित्व भयभित, त्रसित, आतंकित छन्, भूतकालका कंकालहरू ए सेपियन्सहरू ! बन्द गर अब सृष्टि । मानव जीवन पृथ्वीको स्वास्थ्यका लागि हानीकारक छ ।” वृद्धको आवाज सकिन नपाउँदै पृष्ठभूमिबाट केही मानिसहरू सेताम्मे भेषमा खासखुस गर्दै देखा पर्छन् । पृथ्वीमा अक्सिजन र पानीको अभाव भएपछि मुखमा विरुवाको अक्सिजन लगाएर पानी खोज्दै आइपुग्छन् । वृद्ध चुप लागेर कुनाबाट सबै नियालिरहन्छन् । डिटेक्टर मेसिनसहित पानीको खोजीमा आएका मानिसहरु मरुभुमीमा चिसो ठाउँ भेट्टाउँछन् । यो सबै वृद्धले देखेपछि रोक्न खोज्छन् । त्यसपछि ती वृद्धले सबै रहस्यहरु सुनाउन थाल्छन् र कथा अगाडि बढ्दै जान्छ । यो दृश्य हो सर्वनाममा मञ्चन भइरहेको नाटक पूर्णविरामको । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि मञ्चन भइरहेको नाटकका पूर्णविरामका लेखक नाटककार सुरज पराजुली हुन् । बढ्दो शहरीकरण र वातावरण विनाशले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने त हैन भन्नेमा लेखक चिन्ता व्यक्त गर्दछन् । उनी भन्छन् ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो ।’ उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनले रंगकर्मी, चलचित्रकर्मी, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायत सबैलाई एकपटक नाटक हेरिदिन अनुरोधसमेत व्यक्त गरे । नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् । नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसले विश्वमा धेरै मानिसहरुको ज्यान लिएको विगतको सन्दर्भमा नाटकमा पनि एक वैज्ञानिकले अक्सिजन सोस्ने भाइरस निर्माण गरेर वातावरणमा छरिदिन्छन् । जसले वातावरणमा भएको सबै अक्सिजन सोस्छ । मानिसहरुलाई सास फेर्नसमेत गाह्रो हुन्छ र विरुवाहरु खोज्न थाल्छन् । एन्टागोनिष्ट साइन्टिस्टको भुमिकामा रहेका रिनेक्स बस्नेतको अभिनयले नाटकलाई थप रोमाञ्चित बनाउँछ । नाटक पूर्णविराम वातावरण विनाश गरेर मानव बस्ती विस्तार गर्ने मनुष्य प्रवृत्तिमाथिको दरिलो झापड हो । नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजे पनि रहनेछ । कदरन्यूजबाट ।

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

२६५ दिन अगाडि

|

१४ असार २०८१

चेतनाथ धमला  काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ वार्षिकोत्सवका अवसरमा साहित्यिक पत्रकारिता दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार १३ गते प्रज्ञा हल कमलादीमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । सो अवसरमा  उहाँले वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा,डा. तुलसी भट्टराई ,निनु चापागाईं,डा.विष्णुविभु घिमिरे ,डा.अमर गिरी ,ईश्वरचन्द्र ज्ञवाली ,प्रा. घनश्याम कँडेल ,नरेन्द्रबहादुर श्रेष्ठ ,नरनाथ लुइँटेल ,प्रा.डा. कृष्णप्रसाद घिमिरे ,लोकबहादुर थापा मगर ,हरिगोविन्द लुइँटेल ,कृष्ण प्रसाईं र सावित्री श्रेष्ठलगायत १४ जनालाई 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान' अर्पण गर्नुभएको थियोे ।यस अवसरमा मन्त्री शर्माले नेपाल साहित्यिक पत्रकार सङ्घसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहकार्य गर्ने उल्लेख गर्दै साहित्यिक पत्रकारका समस्यालाई समाधान गर्न आफूले सक्दो प्रयत्न गर्ने बताउँदै प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गर्नु भएको थियोे । विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रमा सरकारी सञ्चारमाध्यम समावेशी देखिँदैन, यो दु:ख लाग्दो कुरा हो। तर प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोष स्थापना गरी पुरस्कार र अनुदान प्रदान गर्दै आएको छ ।साथै मातृभाषा साहित्यिक पत्रकारिताको उन्नायनमा समेत लागिपरेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको थियोे । विशेष अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार रोचक घिमिरेले सरकारी तवरबाट साहित्यिक पत्रकारितालाई उपेक्षा गरेको र यसको विशिष्टता बुझ्न नसकेको बताउनु भएको थियोे । सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा तथा साहित्यिक पत्रकार निनु चापागाईंले इतिहासदेखि नै साहित्यिक पत्रकारिताचाहिँ साहित्यको मेरुदण्ड बनेर आएको छ ।तर राजकीय निकायहरूले यसलाई महत्त्व नदिनु दुखद पक्ष हो भन्नु भएको थियो ।यसैगरी अर्का सम्मानित व्यक्तित्व वरिष्ठ स्रष्टा साहित्यिक पत्रकार डा.तुलसी भट्टराईले साहित्यिक पत्रकारिताले पुर्याएको योगदानलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताउनु भएको थियोे ।अर्का सम्मानित व्यक्तित्व ईश्वरचन्द्र ज्ञवालीले साहित्यिक पत्रकारले जनयुद्वलगायतका विभिन्न अग्रगामी आन्दोलनको पक्षधरता देखाउँदै सांस्कृतिक रूपान्तरणमा समेत अहम भूमिका खेल्दै आएका छन् ।त्यसकारण साहित्यिक पत्रकारिताको समाजमा विशेष भूमिका रहँदै आएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोडदिनु भएको थियोे । सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिताको गरिमामय इतिहासबारे चर्चा गर्दै छापा तथा विद्युतीय पत्रपत्रिकाका अनेकौँ समस्या जुदिरहेका छन् ।मातृभाषा साहित्यिक पत्रकारिताक‍ो प्रवर्द्धनका निम्ति सङ्घ एकसाथ रहने बताउनु भएको थियो । तिनको संरक्षणका लागि सरकारको भूमिका मुख्य निर्भर रहने बताउनु भएको थियोे ।उहाँले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा साहित्यिक पत्रकारको प्रतिनिधित्वलाई सुनिश्चित गर्न समेत माग गर्नु भएको थियोे । सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्तले साहित्यिक पत्रकारिताका ज्वलन्त समस्याबारे चर्चा गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे ।सङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्य लाकोजूले समग्र साहित्यिक पत्रकारिताका बारेमा नयाँ ढङ्गलेले सोच्नुपर्ने बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियोे । कार्यक्रमको उद्घोषक सङ्घका केन्द्रीय महासचिव चेतनाथ धमलाले साहित्यिक पत्रकारिताका आयामहरू समयसँगै बदलिँदै छन् ।तिनलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प छैन । जागरणकालमा रहेको मातृभाषा साहित्यिक पत्रकारिताको विकासमा सबैको चासो रहनुपर्ने बताउनु भएको थियोे ।