थारु भाषामा ग्रामथान गाउँपालिकाको पाठ्यक्रम तयार

थारु भाषामा ग्रामथान गाउँपालिकाको पाठ्यक्रम तयार

३११ दिन अगाडि

|

२७ चैत २०८०

थारु विकासके चावी हुइटः डा.गोपाल दहित

थारु विकासके चावी हुइटः डा.गोपाल दहित

३१३ दिन अगाडि

|

२४ चैत २०८०

दुर्जन चौधरी  धनगढी । थारु भाषा, संस्कृति, प्रयास, प्रगति ओ चुनौती कना बिषयमे छलफल कैना क्रममे संविधान सभा सदस्य तथा पूर्व मन्त्री डा.गोपाल दहित थारु विकासके चावी हुइट कना विचार बातचित घरके पहिल बार्षिक उत्सवमे बट्वाइले बाटै ।  २४ चैतमे धनगढीमे आयोजना हुइल कार्यक्रममे उहाँ छलफल कैना क्रममे हम्रे अपन थारु भाषा, संस्कृति, भेषभुषा बचाइक लाग इतिहास हम्रे अपनेहे लिखे परल कोइ औरेजे आके हमार इतिहास नै लिखडी कलै ।  उहाँ आगे कहलै, हमार थारु भैयाहुक्रे कृषिमे आत्मनिर्भर किल नै होके पेशा विविधिकरण कर सेक्ले बाटै । कोइ बैदेशिक रोजगारमे जाइटा कलेसे कोइ लोकसेवा पास करके जागिर खाइटा कलेसे कोइ थारु परिकारके रेस्टुरेन्ट खोल्के व्यापार व्यवसाय सञ्चालन करटै । थारुन्मे सामाजिक चेतना, राजनीतिक चेतना आ सेकल बा । आब थारु अपन मुद्धा अपनेहे उठाई सेक्ना होगिल बटै । साथे उहाँ थारु विकासके चावी हुइट, थारुन्के चौतर्फी बिकास नै हुइटसम नेपालके समग्र विकास नै हुई सेकी कना बात बटैलै । उहाँ थारुनके जग्गा बिक्टि गैल सवालमे हम्रे थारु माल पाके चाल नै पैली, यी हमार बरवार चुनौतीके बाट हो कना विचार रख्लै ।   ओस्टके, थारु आयोगके सदस्य तथा अधिवक्ता शान्ती मोदी थारु आयोग धनगढी, धनकुटा, बुटवललगायत प्रदेशस्तरीय क्षेत्रमे विपन्न थारुहुकनके लाग लोकसेवा आयोगके फ्रि कक्षा सञ्चालन करल जनैलै । साथे महिला सशक्तिकरणके सवालमे थारु आयोग महिला सशक्तिकरणके लाग महिलाहुकनके लाग टमान खालके कार्यक्रम करटी आइल जानकारी डेली ।  डा दहित ओ अधिवक्ता मोदीसे थारु भाषा, संस्कृति, प्रयास, प्रगति ओ चुनौती कना बिषयमे सहजकर्ता इन्दु थारु बातचित करल रहि ।  बार्षिकोत्सवमे बातचित घरके बरघर ठाकुरप्रसाद करियाप्रधान, किसन्वा माधव थारुलगायतके व्यक्तिहुकनसे बातचित घरके थारु क्यालेन्डर विमोचन कैगिल रहे । कैलाली जिल्लाके धनगढीके थारु छात्रवासमे आई बातचित घर के एक वर्ष उत्सव मनाई कना मूल नाराके साथ समाज रुपान्तरणके लाग बातचित घरके सांस्कृतिक कार्यक्रमसहित भव्य रुपसे पहिल बार्षिक उत्सव मनागिल । 

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

थारूहरूलाई शासकहरूले कहिले सोधे होलान्- डउले डउले ?

३२० दिन अगाडि

|

१८ चैत २०८०

सबिना श्रेष्ठ संसारमा सबभन्दा धेरै भनिने शब्द हो – हेलो । अंग्रेजी जान्ने होस् वा नजान्ने, अधिकांशलाई 'हेलो' भन्न आउँछ। करिब करिब यो संसारभरकै मान्छेले जान्ने अभिवादनको शब्द हो। नेपालीहरू अभिवादन गर्नुपर्दा 'नमस्ते' वा 'नमस्कार' भन्छन्। थारू भाषामा 'गौर लागैचियै', 'जय गुरबाबा', 'राम राम' भनिन्छ। यसरी विभिन्न तरिकाले अभिवादन गरेपछि हाम्रो दिमागमा झट्टै अर्को प्रश्न आउँछ – तपाईंलाई कस्तो छ ? विशेषगरी, चितवनका थारूहरू 'तपाईंलाई कस्तो छ?' भनेर सोध्नुपर्दा 'डउले डउले' भन्छन्। यो उनीहरूको अभिवादन गर्ने शब्द पनि हो। एकअर्कालाई भेट्नेबित्तिकै सुरूमै उनीहरू यो शब्द भन्छन्। समग्र थारू समुदायले कस्तो छ भनेर खबर सोध्दा 'डउले डउले' भन्दैनन्। चितवनका थारूहरूले मात्र भन्ने यो शब्द प्रतिनिधिका रूपमा आए पनि समग्र थारू समुदायको कथा–व्यथा उस्तै हो। 'डउले डउले' शीर्षकमा नै पाटन दरबार स्क्वायरभित्र यति बेला मिक्सड–मिडिया प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा सबैभन्दा धेरै नयाँ–पुराना फोटा छन्। थारू समुदायले लगाउने र प्रयोग गर्ने सामग्री छन्। अनि 'लूप' मा चलिरहने एउटा भिडिओ छ। यी सबैले थारू समुदायको इतिहास, संस्कृति, जीवनपद्धति, ज्ञान, प्रतिरोध लगायत विषयबारे जानकारी दिन्छ। उनीहरूको समुदायमा के कति परिवर्तन भए र कति भएनन् भन्ने झलक दिन्छ।  'अहिलेसम्म थारूको इतिहास थारू आफैंले लेखेका छैनन्,' प्रदर्शनीमा संलग्न इन्दु थारूले भनिन्, 'हाम्रो हजुरबुबा, हजुरआमाहरूले लेख्न–पढ्न पाउनुभएन। जो पढ्न अनि लेख्न जान्थे, ती थारू समुदाय बाहिरका थिए। कि त विदेशी थिए। उनीहरू जति समय हाम्रोमा बसेर अध्ययन गरे पनि कति नै गर्न सक्छन् जस्तो लाग्छ।' यो प्रदर्शनी गर्दा पनि थारू इतिहास अनि उनीहरूको आवाज कसरी बन्ने भन्ने कुरामा आफूहरू सजग भएको उनले बताइन्। 'खास गरी हाम्रो इतिहासलाई कसरी देखाउने भन्ने विषयमा हाम्रा साथीहरूबीच धेरै बहस हुन्थ्यो। प्रदर्शनीका लागि फोटो छान्दा र त्यसलाई वर्णन गर्ने शब्द छान्दा हामी त्यतिकै सजग भएका थियौं,' उनले भनिन्। भनिन्छ, फोटो आफैंले हजारौं शब्द भन्छ। यो प्रदर्शनीमा २०६० सालदेखि हालै खिचिएका फोटा छन्, जसले थारूहरूको विगत र वर्तमानको चित्रण गर्छ। तिनले थारूहरूले बाँचेको जीवन, पहिरन, सामग्री, खानेकुरा लगायत वर्णन गर्छन्। पुराना फोटा हेर्नुभयो भने तपाईंले थारू महिलाहरूले सानादेखि ठूलासम्मले ब्लाउज, लेहेंगा लगायत पहिरन लगाएको देख्नुहुन्छ। अहिले यसरी पहिरन लगाउने चलन चाडपर्व र विशेष अवसरमा मात्र सीमित छ। त्यति बेला जुत्ताचप्पल लगाउने चलन पनि नआइसकेको देखिन्छ।  २०७० सालतिरको फोटो हेर्ने हो भने थारू गाउँका गाडामा काठको चक्का देखिन्छ। अहिले त्यसलाई टायरले विस्थापित गरिसकेको छ। उनीहरू भरपुर मात्रामा बाँसले बनाएका ढकिया, माटाका भाँडा प्रयोग गर्थे। अहिले छिटपुट प्रयोग गर्छन्। 'हामीले जोगाउनै नसकेको भनेको भौका भन्ने सामग्री हो। खरबाट बनाइने भौकामा आफ्ना लुगा, गरगहना तथा महत्त्वपूर्ण सामग्री राखेर घरमा झुन्ड्याइन्थ्यो। अहिले दराजले त्यसलाई विस्थापित गरिसक्यो। त्यो सीप हामीले जोगाउनै सकेनौं। अहिले फोटोमा मात्र सीमित छ,' इन्दुले भनिन्। नयाँ फोटामा हात्तीको रेखदेख गर्ने महिला माउतेहरू देख्न सकिन्छ। पुरूषहरूमा सीमित पेसामा आफूहरू पनि सक्षम छौं भनेर थारू महिलाहरूले प्रमाणित गर्दै लगेको देख्न सकिन्छ। थारू महिलाले आफ्ना शरीरका अंगमा बनाउने गोदना/टिका (ट्याटु) का फोटा पनि हालै खिचिएका धेरै छन्। थारू समुदायमा मृत्युपछि भगवानको घर जाँदा आफूसँगै लगिने कुराका रूपमा गोदनालाई लिइन्छ। त्यसमा कथाहरू पनि छन्। भगवानको घर कसरी जाने त? घोडा चढेर। उनीहरूले घोडा बनाए। जाँदाजाँदै बाटोमा भोक लाग्ला! चुह्लो अनि भाँडा बनाए। तरकारी काट्न हँसिया बनाए। आलु, भन्टा, लगायत खानेकुरा खोजे। बस्न डोरी अनि स्टुल बनाए। यस्तो कथासँगै गोदनामा मयुर, घोडा लगायत प्रकृतिसँग सम्बन्ध राख्ने कुराहरू पनि हुन्छन्। केही समययता इन्दु र उनका साथीहरूले पूर्वदेखि पश्चिमसम्मका थारू गोदनाको सीपबारे अध्ययन गरिरहेका छन्। त्यसक्रममा उनीहरूले थारू समुदायमा यो परम्परा लगभग लोप हुने स्थितिमा रहेको पत्ता लगाए। 'आफ्नो शरीरमा गोदना गर्छु भन्दै उनीहरूकहाँ मान्छेहरू नआएकै ३०–३५ वर्ष भइसकेछ। आधुनिक ट्याटु बनाउने र यस्ता मौलिक सीपलाई बेवास्ता गर्ने हो भने यो सीप हराउन धेरै समय लाग्दैन। हामीले त्यसलाई अभिलेख राख्ने प्रयास गर्दैछौं,' अनुसन्धाता पनि रहेकी इन्दुले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा थारूहट थारूवान आन्दोलनमा सहभागी भएका महिलाहरूको फोटा देख्न सकिन्छ। त्यतिबेला थारू पुरूष आन्दोलनकारीहरू बाटोमा देख्यो कि प्रहरीले समातेर लाने समय थियो। त्यही भएकाले थारू महिलाहरू आफ्नो मौलिक पहिरन लगाएर सडकमा आएका थिए। इन्दु आफैंले उक्त आन्दोलनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी थिइन्। २०७२ सालमा संविधान बन्ने तयारी भइरहेका बेला थारूहरूले भूमि चाहियो र संविधानमा आफ्नो पनि स्थान हुनुपर्‍यो भनेर आन्दोलन गरका थिए। 'तर हाम्रो माग पूरा भएन,' इन्दुले भनिन्, 'हामीले भनेजस्तो थारूहट थारूवान प्रदेश पाएनौं। हामीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा प्रदेश हुनुपर्छ भन्यौं। तर कैलाली कञ्चनपुरलाई त्यही अखण्ड सुदूरपश्चिममा राखिदियो। थारूहरूलाई संघीयताले छुँदै छोएन। अझ सुदूरपश्चिमलाई त छुँदै छोएन। जे पुरानो संरचना थियो, त्यही नै भयो।' उनले अगाडि भनिन्, 'हामीले जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्यौं। त्यो भएन। आफ्नै भाषामा पढ्न पाउनुपर्छ भन्यौं। त्यो पनि भएन।' थारू भाषाका शब्दहरू खस समुदायले बिगारिदिएकोमा इन्दुलाई झनै चिन्ता छ। 'हामी बरघर भन्छौं। उनीहरू बडघर लेख्छन्। हामी माघ मनाउँछौं, उनीहरू माघी भनेर लेखिदिन्छन्। हाम्रा ठाउँहरूको नाम पनि निकै बिगारिएको छ। यो हाम्रो मौलिक शब्द माथिको आक्रमण नै हो,' उनले भनिन्। यो प्रदर्शनीमा गुरही चोकको एउटा फोटो छ। धनगढीमा बस्ने थारूहरूले यो चोकमा गुरही पर्व मनाउँछन्। करिब २० वर्षअघि यो चोकलाई थारूहरूले सिडिओसहितको उपस्थितिमा गुरही चोक नामाकरण गरे। तर गैरथारूहरूले यसलाई क्याम्पस चोक भन्नुपर्छ भनेर विरोध गरिरहेका छन्। 'हाम्रो थारू बस्तीमा आएर उनीहरू भानुको मूर्ति राख्छन् र भानु चोक भन्छन्। मोतीराम भट्टको मूर्ति राख्छन् र मोती चोक भन्छन्। जुन चोकलाई सरकारले नै गुरही चोक भनिसक्यो, त्यसबारे हामीले भने अहिलेसम्म लडाइँ लडिरहनुपरेको छ,' उनले भनिन्। यो प्रदर्शनीको एउटा कुनामा 'मुक्तिक डगर' पत्रिकाका लेखहरू राखिएको छ। यो पत्रिका २०४९ सालमा इन्दुका बुबाले प्रकाशनमा ल्याएका थिए। वार्षिक रूपमा प्रकाशित हुने यो पत्रिका थारू भाषामा निस्किन्थ्यो। त्यसमा गीत, कविता, गजल अनि लेखहरूको संकलन हुन्थ्यो। २०५२ सालमा माओवादी युद्ध घोषणा भएपछि यस पत्रिकामाथि सरकारले अंकुश लगाउन खोज्यो। प्रहरीहरूले थारू घरमा छापा मार्न थाले र जसको घरमा यो पत्रिका छ; उनीहरूलाई समातेर लाने, धम्काउने र गिरफ्तार गरेर लान थाल्यो। सोही डरका कारण ज–जसको घरमा यो पत्रिका थियो, उनीहरूले त्यसलाई गाड्ने वा जलाउने गर्न थाले। 'मुक्तिक डगरमा आफ्नो अधिकारका लागि बोल्नुपर्छ, लड्नुपर्छ भन्ने खालका कुराहरू थिए। जमिनदारहरूको विरोध गर्ने, शासकहरूको विरोध गर्ने कुरा उनीहरूलाई पचेन। अनि सरकारले त्यसलाई नियन्त्रणमा लिन खोज्यो,' इन्दुले भनिन्, 'मेरो आमा, हजुरआमाले पनि प्रहरीले समात्छ भन्ने डरले हामीले पढ्नेबाहेक सबै किताब जलाउनुभयो कि माटोमुनि गाड्नुभयो।' यो प्रदर्शनीताका इन्दु र उनका साथीहरू थारू गाउँहरूमा यो पत्रिका खोज्दै हिँडेका थिए। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हुँदै दांगसम्म पुग्दा पनि उनीहरूले फेला पार्न सकेनन्। काठमाडौंमा बसेर अध्ययन–अनुसन्धान गरिरहेका कृष्ण सर्वहारीको घरमा फेला परेपछि स्क्यान गरेर प्रदर्शनीमा राखिएको हो। पत्रिकामार्फत थारूहरूलाई जागरूक बनाउने इन्दुको बुबाको २०५९ सालमा गोली हानेर हत्या गरियो। त्यति बेलासम्म उनले मुक्तिक डगर पत्रिकाको ६ अंक प्रकाशन गर्न सफल भएका थिए। इन्दुले पछि २०७५ सालमा यो पत्रिकालाई पुनः निरन्तरता दिइन्। यही पत्रिकाको छेउमा इन्दुले थारू भाषामा लेखेको एउटा कविता छ, जसमार्फत यो साम्राज्य कसको हो भनेर आफूले प्रश्न उठाएको उनी बताउँछिन्। 'जुन साम्राज्यमा मेरी आमाले मलाई जन्म दिँदा एकदम पीडा भएपछि अय्या भनेर कराउँदा जोडले नकरा भनेर आदेश दिइन्छ, यो साम्राज्य कसको हो भनेर कवितामार्फत प्रश्न गरेको छु,' इन्दुले भनिन्, 'यसमा अलिकति गीतको कुरा पनि ल्याएको छु। हाम्रो आमाहरूलाई सजना, धमार, मागर लगायत थारू गीतहरू गाउन नदिएर खाली मनोरञ्जन (साली भाटु) को गीत मात्र गाउन लगाइयो। आफ्नो विरह, मुक्तिको गीत गाउन नदिने यो साम्राज्य कसको हो ?' उनले अगाडि भनिन्, 'हाम्री आमाहरूले आफ्नो आवाजलाई अलिकति घरको भित्ता माटोले लिप्ने बेला दबाउनुभयो। अलिकति खेतमा धान रोप्ने बेला औंलाले माटोमा थिचेर दबाउनुभयो। यसरी आफ्नो आवाज दबाउँदा दबाउँदै उहाँहरूको आवाज नै गुमनाम बनाइयो। आजका आमाहरूले वर्षौंदेखि दबाइएको आवाज नै हामीलाई हस्तान्तरण गर्नुहुन्छ कि नयाँ प्रतिरोधको आवाज हस्तान्तरण गर्नुहुन्छ भनेर मैले कवितामा प्रश्न गरेको छु।' थारू महिलालाई अरूले हेर्दा अलि प्रतिरोधी र स्वतन्त्र सोच्छन्। उनीहरूलाई निर्णय प्रक्रियामा धेरै अधिकार दिइएको छ भन्ने पनि धेरैलाई लाग्ला। तर आफूलाई भने आफ्नी आमा, हजुरआमा र जिजुआमा हेर्दा त्यस्तो कहिले नलागेको इन्दुले बताइन्। उनले एउटा उदाहरण पनि दिइन्, 'मेरो जिजुआमा बिहे गरेर आएको केही समयमा नै मेरो जिजुबुबा बित्नुभएछ। उहाँ बितेपछि मेरो जिजुआमाको बिहे उहाँको देवरसँग गराइदिए। त्यसरी बिहे गराइदिँदा त्यसलाई कसरी स्वतन्त्र भयो भन्ने? मेरी जिजुआमालाई देवरसँग बिहे गर्न मन छ कि छैन भनेर कसैले पनि सोधेन जस्तो लाग्छ।' 'थारू महिलाले खेतमा काम गरेको देख्यो, माछा मार्न गएको देख्यो वा बाहिर कतै नाचगान गरेको देख्यो भन्दैमा उनीहरू स्वतन्त्र छन् भन्न मिल्दैन। उनीहरूको जीवन संघर्ष कस्तो थियो भन्ने खालको बहस आउनुपर्छ जस्तो मलाई लाग्छ,' इन्दुले भनिन्, 'थारू महिलाको कथा र संघर्षबिना थारू इतिहास अधुरो छ।' राष्ट्रिय निकुञ्जको धारणा आएपछि कसरी थारूहरूको रैथाने पेसामा हस्तक्षेप भयो भन्ने कुरा पनि हामीले प्रदर्शनीबाट थाहा पाउन सक्छौं। थारूहरूको माछा मार्ने संस्कृतिमा कसरी राष्ट्रिय निकुञ्जले असर पुर्‍यायो भन्नेबारे प्रदर्शनीमा लेखिएको छ, 'राष्ट्रिय निकुञ्जहरूमा आदिवासीहरूलाई माछा मार्ने अनुमति छैन। थारू र अन्य आदिवासीहरूलाई थाहा छ कि पार्कमा प्रवेश गर्दा उनीहरू पक्राउ पर्ने खतरा छ। तैपनि उनीहरू माछा मार्न छाड्दैनन्। किनभने उनीहरूका लागि माछा मार्नु केवल पेसा होइन, अस्तित्वको सार हो।' यो प्रदर्शनी सफल बनाउन इन्दुसँगै वीरेन्द्र महत्तो, सञ्जीव चौधरी, लवकान्त चौधरी, अर्नभ चौधरी, मारिया बोसेरेट र टम रोबर्टसनले भूमिका खेलेका छन्। प्रदर्शनीमा 'लूप' मा चलिरहने भिडिओ लवकान्त चौधरीको हो। यो भिडिओले थारूहरूको गुरूवा (पुजारी) मार्फत गराइने धार्मिक अभ्यास, थारू भरियाको कथा, मुलुकी ऐनले थारूहरूलाई कसरी 'दास' बनाएको छ, राष्ट्रिय निकुञ्ज बनाए पनि विदेशी राजाहरू आएर पार्कमा शिकार गर्न गएको लगायत विषय समेटेको छ। यो प्रदर्शनीले पूर्वदेखि पश्चिमका थारूको कथा र सीप पनि देखाउने प्रयास गरेको छ। उनीहरूले भोग्दै आएको प्रतिरोध काठमाडौंलाई सुनाउने प्रयास गरेको छ। प्रदर्शनी हेर्दै गर्दा र उनीहरूको इतिहास बुझ्दै जाँदा तपाईंलाई लाग्न सक्छ, सधैं शोषण गर्ने शासक वर्गले थारूहरूलाई कहिले सोध्यो होला — डउले डउले। अर्थात्, 'तपाईंलाई कस्तो छ?'   प्रदर्शनीको आज चैत १८ गते अन्तिम दिन रहेको छ ।  सेतोपाटीबाट

शनिश्रा महत्तमः स्वस्थ्यकर्मीसे लेके समाजसेवीसम् 

शनिश्रा महत्तमः स्वस्थ्यकर्मीसे लेके समाजसेवीसम् 

३२५ दिन अगाडि

|

१३ चैत २०८०

मानबहादुर चौधरी ‘पन्ना’ मनैन्के च्वाला एक ताल जरम पैलसे मुख जैना प्राणी हो । ओहमार मानुखके जरम पाख हम्र इ धर्तीम कुछ कर परठ । आपन बाँचल संस्कृति, सभ्यता, मूल्य, मान्यता, रहनसहन, परम्परा आदि विविध पक्षह उजागर कर्ना, संरक्षण कर्ना, पुस्तान्तरण कर्ना बहुट जरुरी रहठ । थारु कला, संस्कृति, सभ्यताके संरक्षणके लाग अहोरात्र खट्ना सकारात्मक सोचके धनी रलह शनिश्रा महत्तम । दुःखके बाट उहाँ आब इ दुनियामसे बिदा हो सेक्ल ।  वि.स. २०१२ साल असार १ गतेक दिन जन्मलक महतम वि.स. २०३७ सालम एसएलसी उत्तीर्ण कर्ल । भागीराम थारु ओ सनिसरा महतम जो सुर्खेतसे सबसे पैल्ह एसएलसी पास करुइया थारु समुदायक शैक्षिक अगुवा हुइट । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक अवस्थाम बहुट पाछ परल थारु समुदायम असिख शिक्षा क्षेत्रम पह्र परठ कना मोडेल बन्लक महतम प्राविधिक शिक्षा सिएमए पहर्ख स्वास्थ्यकर्मीके रुपम जागिर ओहर लग्ल ।  पैल्हक समयम थारु समुदाय आपन छाइछावन् पह्रैनासे फेन काम ओहर अग्रसर करैना प्रवृत्ति रलहिन् । ऊ ब्यालाम बहुट कम मनै स्कुल जाइट । असिन ब्याला एकठो नमुनाके रुपमा आघ बर्हलक महत्तम करिब २५ बरससम जागि¥या जिन्गि पाछ निवृत्त होखन एकठो सक्रिय सामाजिक अभियन्ताके रुपम अग्रसर अगुवाई कर्टि सुर्खेती थारु समुदायह आघ बहै्रल । शनिश्रा महतम सुर्खेतके थारु इतिहासके एकठो बल्गर योद्धा रलह ।  जागिरके क्रमम थारु बस्ती रहल जिल्ला कञ्चनपुरसे दाङ जिल्लासम स्वास्थ्य क्षेत्रम ढेर समयसम सेवा कर्लक महतम आफन थारु भाषा, साहित्य, संस्कृतिके चिन्तन मनन करट ।  वि.स.२०६१ सालम थारु कल्याणकारिणी सभाके शाखा स्थापना सुर्खेतम हुइल । टब उहाँ जागिरके सिलसिलाम सुर्खेतके छिन्छुम रलह । ओहब्याला सुर्खेतसे थारु कल्याणकारिणी सभाके सबसे पैल्ह आजीवन सदस्यफे बन्ल । थारु कल्याणकारिणी सभाके मेरमेरिक कार्यक्रमम बेला बेलाम सहभागी होखन मैगर सल्लाह ओ सहयोग कर्टि अइल ।  वि.स. २०६५ साल पाछ आफन जागिर्या जीवनम करल स्वास्थ्य क्षेत्रके अनुभव, ज्ञान ओ सिपह सदुपयोग कर्टि थारु बस्ती रहल वीरेन्द्रनगर नगरपालिकाके वडा नं १० स्थित पुरान घुस्राके चोकमा मेडिकल खोल्क कुछ समय ब्यतित कर्ल । आफन समुदायम बहुत सेवामुखी ढङ्गले निस्वार्थी रुपम सेवा कर्ल । वाकर पाछ मेडिकलके जिम्मेवारी आफन छाइ, डमन्डवाह जिम्मा लगाख निरन्तर सामाजिक, सांस्कृतिक अभियानमा आघ बहर्ल । जीवनके उत्तरार्धम थारु समुदायके भासा, कला, साहित्य, मूल्य, मान्यता, रहनसहन, संस्कृतिह कसिक बचैना कना सोचले निरन्तर समाजम घुलमिल हुइ लग्ल ।  जीवन निरन्तर बहटी रना लड्या हो । जिन्गीम उभरखाभर चल्टी रहठ । भविष्य सुग्घर हुइक लाग वर्तमान जिटी हुइ परठ । उहाँ जियटसम थारु लोक कला, संस्कृति, सभ्यता बचाइक लाक समाजम फुट्ख नाहि, जुट्ख जाइ परठ कना भावना रलहिन् । ओहमार उहाँ थारु कल्याणकारिणी सभा सुर्खेतके आयोजित बैठक, भेला कार्यक्रमम सहभागी हुइना, रचनात्मक सुझाव सल्लाह डेना करठ ।  वास्टवम धन रलक किल सम्पन्नता निहो, जुन चिज रैख फेन उपयोग ओ उपलब्धि निहो ऊ धन रैख फे नि रहल बराबर हो कना भावानात्मक उच्च विचार रलक महतम सुर्खेतके ढुरखम्बा रलह । वि.स. २०७६ सालम थारु लोकलयम रलक गीत रस रस साली हमार... कना गीतके बोलम बुदबुदीम सुटिङ हुइटी रह । उ गीतके सुटिङके आतिथ्यताम आमन्त्रित शनिश्रा महतम कार्यक्रमम जो आर्थिक सहयोग कर्ना बचन डेल । उ बाटले कलाकारिनके हौसला बहर्लिन् । उहाँ रस रस साली हमार...गीतके निर्माता बन्ल ।  उहाँ बहुट इमानदार, सहयोगी, सहृदयी, निष्कपट, निस्वार्थी भावनाके व्यक्ति रलह, ओहमार कहल वचन जैह्या पूरा करट । थारु कल्याणकारिणी सभासे आयोजित मेरमेरिक कार्यक्रमके योजना, परिकल्पना कर्ना, नैतिक, भौतिक एवम् समय समयम आर्थिकसमेत सहयोग कैख थारुनके सामाजिक, सांस्कृतिक पक्षह आघ बह्राइ परठ, दस्तावेजीकरण कर परठ कैख सुर्खेतके अगुवा बुद्धिजीवीन हौसैना, कामले काम सिखाइट कहसक कर्टि जाइ सिख्टि जाइ कना उहाँक भावना रलहिन् ।  यह क्रमम वि.स. २०७७ सालके पाँच्वा थारु साहित्य राष्ट्रिय सम्मेलन सुर्खेत, सुनसरी या काठमाडौँ कर्ना कैख व्यापक बहस चलल रह । इ बाट स्वयम् पंक्तिकार महतम जीह सुनैटि कि सुर्खेत कर्ना निर्णय कराउ कल । सुर्खेत जिल्लाह राष्ट्रव्यापी रुपम थारुनके रस्टीबस्टी बा कैख चिन्हाइ पर्ना बा, सुर्खेती पहिचान देखाइ पर्ना बा । यकर लाग जसिन सहयोग फे कर्ना कैख उहाँ वचन डेल रलह । उहाँके साथ समर्थन ओ सहयोगम सुर्खेतम पाँच्वा थारु साहित्य राष्ट्रिय सम्मेलन फे कैगिल । जुन सुर्खेतके लाग ऐतिहासिक काम रह । उ सम्मेलन सफल हुइनाम उहाँक् बहुट बरा योगदान बाटिन् ।  कभुकाल नि स्वाचल शब्दले केक्रो मन जिटट् ट कभु ओह मन फे टुक्रा टुक्रा हुइट कहसक पाँच्वा थारु साहित्य राष्ट्रिय सम्मेलन पाछ थाकस सुर्खेतसे कुछ खटपट फे हुइल । सम्मेलन पाछ कुछ आर्थिक रकम बचाख थारु जर्नल प्रकाशन कर्ना योजना स्वयम् इ पंक्तिकार ओ समाजसेवी शनिश्रा महतमके रह । तर, थाकसके कुछ पदाधिकारीन उ योजना मन नि पर्लक कारन खटनपटनले उहाँक संरक्षकत्वम लौव संस्था लखागिन थारु उत्थान मञ्च जन्मल ओ वि.स. २०७८ सालम खोजमूलक थारु जर्नल लखागिन प्रकाशन हुइल ।  लखागिन जर्नल प्रकाशन कर्नाम फे महतमके बरा भारी योगदान बाटिन् । उहाँ जर्नल प्रकाशन करक लाग गाउँ गाउँम लेख रचना संकलनठेसे लौव युवा पुस्ताके लर्कन आफन थारु भासा, कला, साहित्य, संस्कृतिके ज्ञान गरिमाके व्याख्या विमर्श करठ । लखागिन जर्नल प्रकाशन कर्नाम फे महतमके बरा भारी योगदान बाटिन् । उहाँ जर्नल प्रकाशन करक लाग गाउँ गाउँम लेख रचना संकलनठेसे लौव युवा पुस्ताके लर्कन आफन थारु भासा, कला, साहित्य, संस्कृतिके ज्ञान गरिमाके व्याख्या विमर्श करठ । उहाँ जुन जुन गाउँम जाइठ, उ गाउँम घन्टौसम बहस करट । बुह्रापाका, युवा, महिला, सबजन भावनात्मक रुपम लग्लसे केल सामाजिक, सांस्कृतिक एकता हुइना ओ हमार कला संस्कृति बच्ना उहाँक् विचार रलहिन् ।  थारु समुदायके ऐतिहासिक सख्या नाच आब गाउँ गाउँसे लोप हुइटि बा । थारुनके मौलिक पहिचान ब्वाकल संस्कृति कसिक बचैना हो कना बहुट चिन्ता ओ चासो करट । विभिन्न बैठक, सभा सम्मेलनम सख्या नाचके गीत, नाच ओ पैयाके संरक्षण झट्टहे कर परल कैख थारु बुद्धिजीवी, कलाकार हुकहन दबाब डेहट । सख्या हमार पहिचान हो, इतिहास हो, हमार पुर्खनके सहिदान हो, ओहमार यकर लाग सक्कु लगानी कर्ना कार्यपत्रसहित थारु कल्याणकारिणी सभाके बैठकम एक लाख रुप्या फे डेल रलह ।  उहाँ एकदमै खरो स्वभावके रलह । उहाँक उ रुप्या प्राप्त पाछ सख्या नाच डकुमेन्ट्री निर्मानके व्यापक छलफल हुइल । उहाँक पेश करल कार्यपत्र सख्या नाच निर्माणके निर्देशन, सम्पादन, लेखन सम्पूर्ण कार्य सुर्खेतके विश्वासिलो संस्कृतिविद मानबहादुर पन्नाह अप्नेहे टोक्ल रलह । ओहअनुसार करिब दुई महिनासम व्यापक छलफल हुुइल, विचार विमर्श हुइल । अन्ततः सख्या नाच निर्मानम लग्ली । ऊ ब्याला उहाँ रातदिन घामपानी नाकैख बहुत खट्ल । मै पंक्तिकार स्वयम् ओ उहाँ जोडी गोचाली बनल रलही । हरेक गाउँबस्तीम उहाँसे डगुर्लि । करिब ८० जहनसे ज्यादा कलाकार, बुद्धिजीवी, सरोकारवालाबिच पटक पटक छलफल प्रशिक्षण पाछ करिब दुई अठजार गीत गैना दिदीबाबुन अभ्यास करैली, वाकरपाछ रेकर्ड कर्ली ।  उह क्रमम सख्या नाचसम्बन्धी एक अठवार जटि वीनपा–२ खोलिगाउँम कलाकार ओ मन्डरेन प्रशिक्षण ओ तालिम डेलि । काम दु्रतगतिम आघ बह्रैना कामम डट्ख लग्लि । २०७८ कुँवार २५ मा खोलिगाउँम सुटिङके उद्घाटन कैख छायाङ्कन कर्ना योजनामुताविक काम आघ बह्रल । इ विषयम थाकस सुर्खेत सख्या नाच निर्मानके टिमह जुन सहयोगी भूमिका निर्वाह कर पर्ना रह उ नि करल । ओह फे अन्य सुर्खेती बुद्धिजीवी कलाकार हुकहनके सहयोगले करिब ६ महिना पाछ सख्या डकुमेन्ट्री निर्मान हुइल । उहाँ निर्माणम लग्लक अपुग थप रकमके व्यवस्था कैख पूरा कर्ल । असिख सख्या नाच डकुमेन्ट्री निर्माण २०७८ म पूरा हुइल तर यकर सार्वजनिक कर्ना काम २०८० कार्तिक २५ गते एक कार्यक्रमबिच कैगिल जुन कार्यक्रमम सुर्खेतके प्राज्ञिक, दिग्गज व्यक्तित्व डा.महेन्द्रकुमार मल्ल, वरिष्ठ अधिवक्ता धु्रव कुमार श्रेष्ठ हुकहनसे रिलिज करली । अन्य जिल्लासे निर्मान हुइल सख्या नाच डकुमेन्ट्री अनौपचारिक किल डेख्जाइठ । हाल सुर्खेतसे बनल सख्या नाच गीत निर्माण विधि विधानअनुसार मौलिक पहिचान झल्कना निर्मान कर्लक ओहर्से यकर गरिमा महत्व बहुट ढेर बा ।  हरेक मनैन्के चासो ओ ज्ञानके क्षेत्र फरक रहठ । संसारम मनैन्के ड्याखल ओ भ्वागल अनुभूति फे फरक रहठ । शनिश्रा महतम आफन जन्मल, हुर्कल ठाउँ, बाँचल संस्कृति, संस्कार गीतबास मजासे अनुभूत कर्ल रलह । ओहमार उहाँ लौव युवा पुस्तन इ बाट बुझाइ पर्ना महसुस करठ । हरेक दिन औपचारिक एवम् अनौपचारिक भेटघाट छलफलम थारु कला संस्कृतिके संरक्षण, सामाजिक जागरण कसिक लन्ना कना चिन्ता ओ चासो किल नाहि कामम अग्रसर होखन सँग सँग नेङ्ना, हौसला डेना, चाहे जौन ठाउँके कार्यक्रमम पुग्ना करठ ।  उहाँ राष्ट्रिय थारु कलाकारके टिमह, थारु कल्याणकारिणी सभाके अगुवा हुकहन पद किल ओगर्ख बेठ्ठो काम फे करो कैख अर्जि करठ । उहाँ राष्ट्रिय थारु कलाकारके टिमह, थारु कल्याणकारिणी सभाके अगुवा हुकहन पद किल ओगर्ख बेठ्ठो काम फे करो कैख अर्जि करठ । हम्र थारु पछुगर्लक कारन एकापसम ग्वारा कट्ना प्रवृत्तिले हो, आब पह्रल लिखल समाज बन्टी बा, ओहमार एकजुट हुइना सन्देश डिहट । प्रतिभाशाली व्यक्ति कुछ कर्ना सोचले प्रेरित हुइठ न कि और जहनसे हट्ना या जिट्ना । वास्तवम मनैन्के सोच, व्यवहार, विचार ओ कामले महान हुइना हो । महतम ज्या बोल्ना उ काम पूरा कर्ना इमानदार योद्धा रलह । उहाँक न कुहिनसे जिट्ना लक्ष्य रलहिन् ना ट कुहिनसे हट्ना लक्ष्य रलहिन्, रलहिन् ट केबल सामाजिक, सांस्कृतिक उत्थान कर्ना, आफन लोक कला संस्कृति बचैना ।  थारु समुदायम मौलिक मन्द्रा बजैना युवा पुस्ताके कमि हर जिल्लाम बा । ओसहख सुर्खेत जिल्लाम फेन लौव पुस्ताके युवा हुक्र मन्द्रा बजैना सिप नि हुइन् । हमार पुर्खा ओरैटि जैना कला संस्कृति हेरटि जैना प्रवृत्ति बहर्टी बा । यकरलाग कुछ ट कर परल कैख उहाँ सरसल्लाहम मन्द्रा बजैना तालिम २०८० वैशाख २१ ठेसे  जेठ १ गतेसम १० डिन्या तालिमके व्यवस्था प्रदेश सरकारके सहयोगम आयोजना कैगिल । गाउँ गाउँसे मन्द्रा बजैना युवा खोज्ली, मुस्किलसे १५ जहन मन्दर्या १५ जहन नचन्या बाबुन सिखैली । इ कामम फे उहाँके अग्रसरताम सम्पन्न कर्लि । थारु वर्गभिट्टर फे मेरमेरिक थर उपथर बा । आफन आफन गोत्र थरके बारेम चासो ओ सरोकार ढैना स्वभाविक बात हो । उहाँ दहित थर भिट्टरके थारु हुइलक कारन सुर्खेती दहित थारु गोट्यार भेला, सभा सम्मेलन, तथ्याङ्क संकलनम फेन बहुट काम कर्ल बाट उहाँ । सुर्खेतम दहितोन जगैना कामम फेन उहाँ अहोरात्र खट्ल । एकठो घर बनाइ ब्याला कैयोठो सर्ज ईंट्टा फ्वार परठ । फ्वारल ईट्टाले फेन घर निर्मान हुइट, ओसहख फुटल थारुन जोर्ख सिङ्गो समाज बनैना बा कना उहाँ विचार सोचह लौव पुस्ता सिख पर्ना बा ।   सुर्खेतम माघ महोत्सव मनैना सुरुवात सबसे पैल्ह २०६१ सालम इ पंक्तिकारके अग्रसरताम कैगिल रह । हरेक बरस गाउँम किल मनैना माघ महोत्सव कार्यक्रम इ २०८० सालम माघ महोत्सव वीरेन्द्रनगरके खुला मञ्चके प्राङ्गणम कैगिल । करिब २५ गाउँक मनैनके हजारौँ हजार सङ्ख्याके उपस्थितिले इ कार्यक्रम ऐतिहासिक बन पुगल । यकर श्रेय शनिश्रा महतम जो हुइट । कार्यक्रमके लाग उहाँक खटाइ डेख्ख मै चित पर्नु । बिमार मनै फे हरदिन युवा लर्कन खरखेटन गाउँ गाउँम प्रचारप्रसार कर्ल । मै विश्रामके लाग अनुरोध कर्नु तर उहाँ मै टुहिन अन्तिम सास रहठसम साथ डिहम कैख घर बैठ नि चहल । हरेक काम सफल बनैनाम उहाँ बोली ओ व्यवहार डेखाइट । जुन हम्र अगुवाई कर्ना मनै सिख पर्ना बाट हो ।  उहाँक सपना अन्सार सुर्खेतम थारु सङ्ग्रहालयके भवन कालिमाटी गाउँम निर्मान हुइल बा । इहिह सबजन मिल्ख सजाइक लाग छलफल कैख एकजुट होखन जैना धारना कैयो बेर सार्वजनिक रुपम कचहरी बैठक उठान कर्ल बाट । उहाँक डुसर सपना थारु भासा मु जाइटा यकर दस्तावेजीकरन कर्ना नियमित थारु जर्नल पोष्टा निकर्ना ओ थारु पुस्तकालय निर्माण कर्ना जोड रलहिन् । ओहमार थारु पुस्तकालयके लाग २०७७ साल सुर्खेतम आयोजना हुइलक पाँचौ थारु साहित्य राष्ट्रिय सम्मेलनके पुस्तक प्रदर्शनीम विभिन्न जिल्लासे प्रकाशित थारु पुस्तक करिब १० हजारके पुस्तक खरिद कैख थारु कल्याणकरिणी सभाह पुस्तकालयके लाग डेल बाट ।  उहाँक् टिसर सपना रलहिन् गाउँघरम लोप हुइटि रलक कला संस्कृति जगेर्ना कैख दस्तावेजीकरण कर्ना । आफन गाउँ ठाउँम पुरान पुर्खनके बेल्सल भासाम थारु गाउँके चोकके नामाकरन कर्ना । इ कामम फे सुरुवात आफन गाउँके सुरु कैसेक्ल बाट । उहाँ यह माघक बखेरीम गाउँम जैना डग्रिम मटाँवा चोक नामाकरन कैख साइनबोर्ड गार लगा सेक्ल । ओसहख आफन ख्यालल हुर्कल खोल्ह्वा, लड्या, बन्वाके नाउँ फे थारुनके ढरल अनुसर बेल्सना ओ घर परिवार एकापसम थारु भासाम ब्वाल पर्ना आग्रह रलहिन् ।                                                                                                                                                                लेखक मानबहादुर चौधरी ‘पन्ना’ थारु पन, थारु मन थारु धनके एकीकृत कैख एकजुट हुइना कना उहाँक विचार रलहिन् ओहमार थारु समुदायम स्थापित सहकारीके एकीकरनके लाग फेन रातदिन डौर्ल । एकठो बल्गर सहकारी बनाख थारुन्के आर्थिक स्तरोन्नति कर्ना उहाँक सपना पूरा कर्ना बाँकी बा ।  अन्ततः उहाँ यी भौतिक संसार छोर्क हमहनसे बिदा हो सेक्ल । बट्ठाके तौल नप्ना पलरा फे नि रहठ । हरेक मनैन् आफन पीडा गम्हीर लागठ । आब उहाँक निधनले घरपरिवार लगायत सारा सुर्खेती थारु समुदाय एवम् शुभचिन्तक बट्ठाम बा । आब हमारठे उहाँक डेखाइल विचार, सोच ओ सपना पूरा कर्ना जिम्मेवारी आइल बा । उहाँक डेखाइल डगर ओ सपना पूरा कर सेक्लसे केल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुइ । हम्र हमार भासा, कला, साहित्य, संस्कृति, सभ्यताके संरक्षण करक लाग मनमुटाव हटाख एक्क ठाउँम ठह्रैना जरुरी बा । हम्र आफन आफन ठाउँसे आफन समाज संस्कृतिके लाग कुछ न कुछ काम कर्बि, योगदान कर्बि कलसे किल उहाँप्रति सच्चा सम्मान हुइ सेकि ।    

लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव सम्पन्न

लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव सम्पन्न

३४१ दिन अगाडि

|

२७ फागुन २०८०

लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव शनिवार फागुन २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान तथा कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा ३ वटा विषयमा प्यानल छलफल चलेको थियो । जसमा बसाइँ सराइ समाज परिवर्तनका कथा विषयमा डा कृष्णराज सर्वहारीले डा गोपाल दहित तथा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यसँग छलफल चलाएका थिए । डा दहितले थारु समाजको बसाइँ सराइको कथाको दस्तावेजीकरण हुन नसकेकोमा यस्तो सार्थक बहसले त्यसलाई टेवा दिने बताए । मेयर आचार्यले यस क्षेत्रका थारु गाउँका अगुवा बरघरलगायतको जीवन्त इतिहासको कथा लेखनमा पालिकाले सघाउने बताए ।  आख्यान कति यथार्थ, कति कल्पना विषयमा सुमित्रा न्यौपानेले प्राज्ञ अमर न्यौपाने र डा अशोक थापासँग बहस चलाइन् । सेसनमा यथार्थ र कल्पनाको सही सम्मिश्रणले आख्यान खँदिलो बन्ने निचोड आयो । त्यसैगरी, अर्को सेसन रैथाने कथा शीर्षकमा सहजकर्ता पुष्कर रिजालले एकमाया विक र राजाराम गुप्तासँग लुम्विनी क्षेत्रको रैथाने कथाको बहस चलाएका थिए । एकमाया विकले दलित त्यसमाथि एकल महिलाले भोग्नुपरेको आफ्नो कथा सुनाएकी थिइन् । उनले समाजमा धेरैको कारुणिक कथा रहेको तर ती दस्तावेजीकरण हुन नसकेको बताइन् ।  कार्यक्रममा डा टीकाराम उदासीले लुम्विनी प्रदेशको आख्यानबारे विद्वत प्रवचन दिएका थिए । उनले यस प्रदेशमा आख्यान लेखनबारे धेरै काम भएको तर खँदिलो कार्य अझै हुन नसकेको बताएका थिए । कार्यक्रममा कथाकार सनत रेग्मी, नयनराज पाण्डे, डा इन्द्र भण्डारी इन्द्रेणी, सुमित्रा न्यौपाने र शेखर दहितको कथा क्रमशः कल्पना कार्की, वीपी अस्तु, शोभना देवकोटा, हीरा क्षेत्री र कृष्ण थारुले नेहरीकन वाचन गरेका  थिए ।  लुइटेल र ज्ञवाली पुरस्कृत यसैगरी, सोही कार्यक्रममा  हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानबाट स्थापित पूर्णिमा साहित्य रत्न २०७९ बाट  प्राडा रामप्रसाद ज्ञवाली तथा तुलसीराम स्मृति पुरस्कारबाट ऋचा लुइँटेललाई  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले हस्तान्तरण गरेका थिए । प्रतिष्ठानका साहित्य (गद्य) विभागका प्रमुख प्राज्ञ अमर न्यौपाने  कोहलपुरमा एउटा भिन्नै कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव बद्री ढकालले तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले  स्वागत गरेका थिए । 

दाङदेउखुरीमा खै थारू भाषाको पढाई ?

दाङदेउखुरीमा खै थारू भाषाको पढाई ?

३४७ दिन अगाडि

|

२१ फागुन २०८०

थारू अगुवा तथा बुद्धिजीवीहरुले दाङदेउखुरी जिल्लामा थारू भाषाको पठनपाठन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । लौव अग्रासन साप्ताहिकको आयोजनामा शनिबार फागुन १९ गते दाङको घोराहीमा भएको ‘थारू भाषाको वर्तमान अवस्था’ बिषयक् अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले कुनै पनि भाषा, संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने बताए । ‘भाषा थारूको भए पनि सम्पत्ति राज्यकै हो’– उक्त शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले भने, ‘थारू भाषाको संरक्षण र प्रवद्र्धनको काम पनि राज्यकै हो ।’ उनले घोराही उपमहानगरलगायतका कतिपय स्थानीय सरकारले थारू भाषा संरक्षणमा काम शुरु गरेकोप्रति खुशी व्यक्त गर्दै हुनुपर्ने जति काम स्थानीय सरकारहरुले नगरेकोमा चिन्ता व्यक्त गरे । थारू समुदाय आफैले थारू भाषा विर्सदै गएकोप्रति चिन्ता व्यक्त गर्दै डा सर्वहारीले भाषा संरक्षणका लागि यसको प्रयोगमा वृद्धि गर्नुपर्ने बताए । उनले जुनसुकै ठाउँमा बोल्दा पनि थारू भाषा र शब्दको परिकल्पना गर्दा अभिव्यक्तिमा पनि आउने भन्दै थारू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा विकास गर्न जरुरी रहेको धारणा राखे । उनले थारू भाषा संरक्षणका लागि विद्यालयमा पठनपाठन हुनुपर्ने, थारू भाषाका सञ्चार माध्यमको संरक्षण गर्नुपर्ने, विद्यालय, विश्वविद्यालयहरुमा थारू भाषामै साहित्यिक गतिविधि हुनुपर्ने र खासगरी थारू कल्याणकारिणीसभा, थारू लेखक, थारू विद्यार्थीहरुले स्थानीय सरकारलाई झक्झक्याउने काम गर्नुपर्ने औंल्याए । सो अवसरमा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा थारूहरुको पहिचान भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । ‘अहिले थारू भाषा बिग्रिन थाल्यो, अशुद्ध भयो । बोलीचालीमा पनि कमी आइरहेको छ’– चौधरीले भने– ‘भाषा जीवन हो । यसैले हामीलाई बाँच्न सिकायो, बोल्न सिकायो, त्यसैले आफ्नो भाषा संरक्षणमा लाग्नुपर्छ ।’  उनले घोराही उपमहानगरपालिकाले थारू भाषालाई सरकारी कामकाजको भाषा बनाएको र थारू भाषामै पठनपाठनको व्यवस्था मिलाएको भन्दै यसले थारू भाषालाई जीवन्त बनाउन टेवा पुग्ने बताए । उनले दाङमा डंगौरा र डेउखुरियाको अलग बोलाई भएकाले मानकको नाममा एकैमा मिलाउनु भन्दा छुट्टै पाठ्यक्रम पाठ्यपुस्तक जरुरी रहेको बताउँदै भाषालाई जटिल बनाउनेभन्दा पनि सरल बनाएर यसलाई जीवन्त बनाउन जरुरी रहेको विचार व्यक्त गरे । कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अनुसन्धान केन्द्रका निर्देशक डा जर्मन चौधरीले जनसंख्याको हिसावले थारू धेरै भए पनि थारू भाषी कम हँुदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले थारू भाषामै पठनपाठन हुँदा भाषालाई जीवन्त बनाउन सकिने भन्दै यसमा स्थानीय सरकारको भूमिका बढाउनुपर्नेमा जोड दिए । साथै, थारू भाषा संरक्षण र प्रवद्र्धनका लागि नियमित गतिविधि गर्न र सरोकारसँग जोडिएर काम गर्न छुट्टै संयन्त्र आवश्यक रहेकोमा जोड दिए । लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले थारू भाषाको लेखाईमा नेपालीपन बढी देखिएकाले मौलिकतामा जोड दिनुपर्ने बताए ।  लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक कुलवीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, थारू कल्याणकारिणीसभाका सल्लाहकार भुवन चौधरी, थाकसको थारू मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरी लगायतले विचार राखेका थिए ।  लौव अग्रासन साप्ताहिकका प्रकाशक, सम्पादक सन्तोष दहितको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रिकाकी समाचारदाता कल्पना चौधरीले गरेकी थिइन् । घोराहीको माला इन होटलमा भएको ‘थारू भाषाको वर्तमान अवस्था’ बिषयक् अन्तक्र्रिया कार्यक्रम लगत्तै सोही स्थानमा थारू आयोगको प्रायोजनमा थारू भसा साहित्य केन्द्रले थारू मानक भाषा लेखन शैलीबारे गोष्ठी आयोजना गरेको थियो ।     

मातृभाषा दिवसमा गुन्जिए मातृभाषी कविहरू

मातृभाषा दिवसमा गुन्जिए मातृभाषी कविहरू

३५८ दिन अगाडि

|

९ फागुन २०८०

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा मातृभाषा राष्ट्रिय सेवा पुरस्कार अर्पण तथा मातृभाषा कविता वाचन कार्यक्रम गरेको छ ।  फागुन ९ गते सिद्धार्थ कटेज धोवीधारामा सम्मपन्न कार्यक्रममा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले वरिष्ठ जनकविर गीतकार दुर्गालाल श्रेष्ठलाई  एक लाखसहित मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० प्रदान गरिन् । दुर्गालाल अस्वस्थ भएर अनुपस्थित हुँदा उनका छोरा सुमन श्रेष्ठले पुरस्कार ग्रहण गरेका थिए । उनले घरबाटै भिडियो मन्तव्य दिएका थिए । प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु चौधरी, जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, सुरेश आले मगर, डा चुन्दा बज्राचार्य लगायतले मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा जुनु थारु, विमला गुरुङ, भागवता कुमाल लगायत १७ मातृभाषाका २६ जना कवि,कवियात्रीहरूबाट मातृभाषामा कविता वाचन गरिएको थियो ।  यसैगरी फागुन ९ गते नै नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा आयोगको सहकार्यमा कमलादीमा मातृभाषाबारे गोष्ठी गरेको छ । उता यसपाली नेपाल प्रज्ञा प्रतिष्ठानले धरानमा विविध कार्यक्रमका साथ मातृभाषा कविता महोत्सव मनाएको छ । प्रतिष्ठानबाट डा योगेन्द्र प्रधानाङ्ग र बेचन उराँवलाई  जनही एक लाखसहित मातृभाषा साहित्य पुरस्कार दिइएको छ ।