थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

५३ दिन अगाडि

|

७ चैत २०८१

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

१२६ दिन अगाडि

|

२३ पुष २०८१

प्रत्येक वर्ष माघको अवसरमा चयन गरिने बरघर प्रणालीमा लामो समय कि एकैजसो व्यक्तिको हातमा छ, कि चिट्ठा प्रणालीबाट बरघर चुनिन थालेका छन् । यसरी चिट्ठा प्रणालीबाट बरघरमा महिला तथा युवा आउने गरेकोमा लामो समय पदमा टिक्न गाह्रो अवस्था रहेको अनुभव बाँडेका छन् । ढिलो गरी प्राप्त समाचारअनुसार बाँकेको कोहलपुरमा पुस १७ र १८ गते आयोजित ‘महिला तथा युवा बरघरहरुलाई प्रशिक्षण’ कार्यक्रममा तिनीहरुले आफ्नो अनुभव शेयर गरेका हुन्  । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रायः बरघरहरुले चिट्ठा प्रणालीबाट बरघर चयन दिगो समस्याको समाधान नभएको बताएका हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–७, मरघट्टीकी बरघर गीता चौधरी गएको वर्ष चिट्ठा प्रणालीबाट बरघर चुनिएकी हुन् । महिला बरघर हुने भएपछि पोथी बासेको सुहाउन्न भनेर केहीले खिसी गरेको तीतो अनुभव पनि छ उनीसंग । उनलाई फेरि बरघर बन्न मन त छ । तर, चिट्ठा प्रणालीबाट बरघर चुन्ने परम्परा बसिसकेकाले आफूले पुनः दावी गर्न सक्ने अवस्था नभएको उनको भनाई छ । कार्यक्रममा सहभागी उनले भनिन्, गाउँको नेतृत्व सबैले पाउनुपर्छ भन्ने बुझाइ छ । तर, मन नभएकोलाई चिट्ठा पर्दा बरघर नाम मात्रको पनि भएका छन् । दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले पनि उस्तै अनुभव सुनाइन् । चिट्ठा प्रणालीबाट उनको नाम बरघरमा निस्किएपछि दोह्र्याएर चिट्ठा हाल्न केहीले जोड दिएका थिए । कारण खेतीपाती नगर्ने उनको परिवार मजदुरी गर्छ । उनले कसरी समय देलिन् भन्ने धेरैको आंशका थियो । तर पुरुषभन्दा राम्ररी गाउँ चलाएको गाउँलेहरुको मूल्याङ्कन छ । उनले भनिन्, जिम्मेवारी लिएको पहिलो वर्ष त सिक्दै लाग्छ । समाजसेवामा बल्ल रुचि बढ्न थालेको हुन्छ, पद छोड्नु पर्ने अवस्था आइसक्छ । उनको गाउँमा प्रत्येक वर्ष माघ ३ गते बरघर चयन हुन्छ । उनले अगाडि भनिन्, चिट्ठा प्रणालीबाट बरघर चयन भए कुनै दुःखेसो छैन तर पुनः जिम्मेवारीका लागि आग्रह भए पछि हट्दिन । बाँके, राप्तीसोनारीकी युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा आफूजस्ता युवाहरु गाउँको नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । एक सहकारीमा आवद्ध बाँके, राप्तीसोनारीकी अर्की युवा टीका थारु महिला हक, अधिकारका लागि बलियो आवाज उठाउँछिन् । उनले आमाको नामबाट नागरिकता निकालेकी छिन् । उनले भनिन्, गाउँको नेतृत्व पुरुषले दयाले दिनुभन्दा महिलाहरुले अग्राधिकारको रुपमा दावी गर्न सक्नुपर्छ ।   आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा अनुसन्धानकर्मी शेखर दहितले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका फिल्ड अधिकृतद्वय विमला चौधरी तथा निरन्जन चौधरीले महिलाहरु थारु गाउँको नेतृत्वमा आउन चाहना राखे पनि राम्रो समन्वय नभइरहेको बताएका थिए । मुक्तिपछि स्थापित नयाँ गाउँमा महिला बरघरहरु बढ्दै गए पनि पुराना गाउँमा परम्परागत ढंगकै नेतृत्व हावी रहेको बताइएको थियो । 

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

२०१ दिन अगाडि

|

७ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको पाँचौ दिन कार्तिक ७ गते विहीवार जुम्लाको सदरमुकाम होटल दौंतरीमा रइनपाइचान कार्यक्रमअन्तर्गत सञ्चारकर्मीलगायत लेखक, जनप्रतिनिधिहरुसंग साक्षात्कार गरिएको छ । कार्यक्रममा जुम्लाको तातोपानीमा कार्तिक ८ गते तथा सिंजामा ९ गते गरी दुई दिन कार्यक्रम हुने लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा धु्रवप्रसाद भट्टराईले जनाए । उनले १३औं संगोष्ठीमा ९० वटा कार्यपत्र प्राप्त भएकोमा ९० प्रतिशत कर्णाली क्षेत्रकेन्द्रीत रहेको जानकारी दिए ।  कार्यक्रममा पुस्तान्तरण नभएर हराउने चिन्ता भएकाले अभिलेखीकरणमा पछि परेको कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न जुम्लाका युवाहरुले आग्रह गरे । कर्णालीको जुम्लामा लोकवार्ताबारे यो ऐतिहासिक जमघट भएको जनाउँदै रारामात्रै घुमेर नजान आग्रह गरे ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको पुस्तकालयमा कर्णाली कर्नर खोलेकाले कर्णालीका बारेमा लेखिएका पुस्तक उपलब्ध गराइ दिन आग्रह गरे ।   प्राडा माधव पोख्रेलले कर्णाली जीवन्त संग्रह रहेको धारणा राख्दै  लोकको चिनारी बोक्ने गाउँकै ब्यक्ति भएकाले आफूहरु यहाँ सिकाउन भन्दा सिक्न आएको बताए ।  डा कुलराज निरौलाले लकर्णालीको लोकसंस्कृति जोगाउन यही क्षेत्र जाग्नुपर्छ भन्ने धारणा राखे । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष मनोहर लामिछाने तथा उपमहासचिव डा धनेश्वर नेपाल कर्णाली क्षेत्रमा कार्यक्रम गरिनुपर्छ भन्नेमा आफूहरु यही क्षेत्र भएकाले जोड गरेको बताए ।  कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले सबैलाई स्वागत गर्दै लोकसंस्कृतिका अध्येताहरुलाई जुम्लामा जहिले पनि स्वागत रहने धारणा राखे । कार्यक्रमका स्थानीय संयोजक राजबहादुर कुँवरले समग्र कर्णाली तथा खास गरी जुम्ला चिनाउन लोकवार्ता टोलीका अभियन्ताहरुलाई आग्रह गरे । उता गायिका पञ्चकली बुढाले कर्णालीबारे सुमधुर गीत प्रस्तुत गरेकी थिइन् ।  लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महेश नेपालीले गरेका थिए ।  कालिकोटको मान्ममा पनि संगोष्ठी सम्पन्न यसैगरी, कार्तिक ६ गते कालिकोटको मान्मस्थित जिल्ला समन्वय समितिमा संगोष्ठी भएको थियो । त्यहाँ मोतीराज बमले कर्णालीमा प्रचलित ढुस्को खेलबारे, धनजित शाहीले खाँडीचक्रको ऐतिहासिकताबारे, प्रदेश सांसद हिक्मत बहादुर शाहीले एक विराट व्यक्तित्वः नरहरिनाथबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, वेदप्रसाद पाण्डेले कर्णालीमा प्रचलित आशिका परम्पराबारे, दुर्गा काफ्लेले कालिकोटको लोकसंस्कृति तथा लोकसाहित्यबारे, शान्ति अधिकारीले कर्णालीको लोकसंस्कृतिको पोकोबारे, डा माधवप्रसाद लामिछानेले नाथ परम्परामा तन्त्रमन्त्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र सत्रको अध्यक्षता प्राडा कुसुमाकर न्यौपानेले गरेका थिए ।  कार्यक्रममा सांस्कृतिक अभियन्ता शान्ति अधिकारी, मनबहादुर विश्वकर्मा, चित्रसिह गाउँलेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिक्मत बहादुर शाहीले सम्मान गरेका थिए । कार्यक्रम सुरु हुनुअघि स्थानीय कलाकारबाट हुड्केली नृत्यका साथ आयोजकबाट मान्म बजार परिक्रमा गरिएको थियो ।  कार्तिक ८ गते जुम्लाको तातोपानीमा संगोष्ठी कार्यक्रम रहेको छ । कार्यक्रम कार्तिक १२ गते रारा घोषणापत्र जारी गर्दै समापन हुनेछ । कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा गरेका थिए ।

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

२०५ दिन अगाडि

|

३ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा भएको छ । मध्यपश्चिम विश्वविद्यालयको ग्रेजुयट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीको सभाकक्षमा भएको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यथाशिघ्र कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाइने जनाए । उनले लोकवार्ता परिषदको संगोष्ठीबाट प्राप्त महत्वपूर्ण निचोडले कर्णाली क्षेत्रको लोकसंस्कृति जोगाउन कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताए । सुर्खेतबाट सुरु भएको लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी दैलेख, कालिकोट, जुम्ला र मुगुको विभिन्न स्थानमा कार्तिक १२ गतेसम्म चल्ने आयोजक पक्षले जानकारी दिएको छ ।  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा मधुसुदन गिरीले कर्णाली क्षेत्रमा अझै पनि भाषिक, सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय अध्ययन हुन नसकेको धारणा राखे । अभौतिक विकास पनि विकास हो भन्ने शासकहरुले बुझ्न नसकेको उनको आरोप थियो ।  वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालले लोकवार्ता संगोष्ठीले कर्णाली प्रदेशलाई चिनाउन धेरै मद्दत गर्ने विश्वास लिएको बताइन् । सुर्खेतको कार्यक्रम संयोजक डा दीपक गौतमले आफूले करिब २१५ वटा कार्यक्रम गरेकोमा लोकवार्ता परिषद्को १३औं संगोष्ठी खास रहेको बताए ।  कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, लोकवार्ता परिषद् नेपालका निवर्तमान अध्यक्ष डा प्रेम खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।   कार्यक्रममा लोकगायक गंगाबहादुर केसी, वाद्यवादक प्रेमदेव गिरी, नृत्यनिर्देशक कुलमान नेपालीलाई आयोजकको तर्फबाट सम्मान पनि गरिएको थियो । साथै, लोकगायक केसी तथा डेउडा गायक यज्ञराज उपाध्यायले गीत गाएर मनोरञ्जन दिलाएका थिए । त्यस्तै, कार्यक्रममा डा दीपक गौतम लगायतको आधा दर्जन पुस्तक विमोचन भएको थियो । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष तथा १३औं संगोष्ठीका संयोजक मनोहर लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव डा ध्रुव भट्टराईले गरेका थिए ।  उद्घाटन सत्रपछि लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा कार्यपत्र सत्रको प्रस्तुति रहेको थियो । यस क्रममा डा प्रेम खत्रीले लोकवार्ता परिषद्को १२औं श्रृंखलासम्मको अनुभव, प्राडा माधवप्रसाद पोख्रेलले पौराणिक इतिहास, उपेन्द्र विकले जात प्रणालीले संस्कृतिमा परेको असर, यज्ञराज उपाध्यायले काली, कर्णालीको न्याउले गीतमा नवरस शीर्षकबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, रेशम विष्ट लोकरामायणबारे, मीना चौधरी तथा थानेश्वर लामिछानेले सुर्खेतमा थारु समुदायको पढाइको अवस्थाबारे, मानबहादुर चौधरी पन्नाले सुर्खेतका थारु गाउँको स्थाननामबारे, दलबहादुर शाहीले राज मलै बम्मको खाँडो प्रकाश परम्पराबारे यी लगायत अरु पनि कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठी सत्रको सहजीकरण थानेश्वर लामिछानेले गरेका थिए । उद्घाटन सत्र लम्बिदा कार्यपत्र प्रस्तोताहरुलाई समयाभाव भएको एक प्रस्तोताले बताए ।  असोज ४ गते दैलेखको दुल्लुमा कार्यक्रम रहेको छ (हेर्नुहोस् अन्य दिनको कार्यक्रमको सूची) ।   

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

२२६ दिन अगाडि

|

१३ असोज २०८१

सुर्खेतक वीरेन्द्रनगरमा एक समारोहके बिच राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतसे संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसे भासा, साहित्य विधाम क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) से सम्मानित हुइलकम थारु साहित्यकार मानबहादुर चौधरी पन्ना सम्मानित हुइल बाट ।  राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतके पैल्हा साधारण सभा ओ अइटि रलक बर्का डस्या ओ डेवारिक शुभकामना लेउडेउ कार्यक्रमम पन्नाह कर्णाली प्रदेशके वरिष्ठ कलाकार एवम् बर्का पहुना प्रेमदेव गिरी सम्मान पत्र डेल रलहिन् । पैल्हा साधारण सभाम संस्थासे कैगिल मेरमेरिक कार्यक्रमके आर्थिक वर्ष २०८०/०८१ ऋसार मसान्तसमके एक लाख ६१ हजार ७ सय ६५ रुप्या बराबरके आय व्यय प्रस्तुत कर्ल रलह ।  साधारण सभा कार्यक्रमम अध्यक्ष राजु चौधरीसे प्रस्तुत कैगिल आर्थिक ओ प्रगति प्रतिवेदन सर्वसम्मतसे पारित हुइल रह । अध्यक्ष चौधरी अइना दिनम संस्थाह आम्हिन् सशक्त रुपम बह्रैटि कलाकारिता एवम् सांस्कृतिक क्षेत्रम आघ लैजिना बाट ढर्ल ।  थारु भासा साहित्य कला संस्कृतिम विशिष्ट योगदान कैक राज्यसे सम्मानित हुइलक्म साहित्यकार पन्नाह हार्दिक बधाई डेगिल बट्टोइल । कला साहित्यम असल मार्गदर्शन कर्ना उहाँ हमार समाजके अगुवा हुइट कल ।  कार्यक्रमके वरिष्ठ कलाकार एवम् बर्का पहुना प्रेमदेव गिरी– ‘सुर्खेतके रङ्गमञ्चके इतिहास २०२९ सालठेसे विकास हुइलक हो । थारु गाउँघरम फेन थारु समुदाय थारु गिटबास जोगैटि अइल । आब इ कला संस्कृतिह अम्हिन् मैगरसे संरक्षण कर पर्ना ब्याला आस्याकल यकर लाग थारु युवा जुर्मुरैल बाट इ खुसिक बात हो कल । सुर्खेतसे थारु भाषा, साहित्य कला संस्कृतिम कलम चलुइया मानबहादुर पन्ना राष्ट्रसे क्षेत्रीय प्रतिभा पुरस्कार पैना कलक थारुनके गौरबके बात हो ।  कर्णाली प्रदेश चिन्हैना काम कर्ल इ खुसिक बात हो कैक हार्दिक बधाई डेटि आगामी दिनम घैखरसे कलम चलोस् कना शुभकामना डेल । ओसहख विशिष्ट पहुना थारु कल्याणकारिणी सभाके केन्द्रीय सदस्य कृष्ण बहादुर थारु – थारुनके भाषा साहित्यके इतिहासम सगुनलाल चौधरी सुरुआत करल गोचाली पत्रिका २०२८ पहिल पत्रिका हुइलक जिकिर कर्टि सुर्खेतसे थारु भाषा साहित्यम कलम चलैना, थारु पत्रिका निकर्ना एवम् गितबास संस्कृति बारेम कलम चलैना साहित्यकार पन्नाक विशिष्ट योगदान रहल बा ।  उहा कल₋ धनसम्पत्ति फिर्ता हुइठ तर भाषा, साहित्य, संस्कृति हेराइल कलसे कब्बु फिर्ता निहुइठ ओहमार आगामी दिनम लौव लौव पुस्ता हुक्र फे भाषा साहित्यम कलम चलाइ पर्ना आवश्यकता रलक धारणा व्यक्त कर्ल ।  साहित्यकार लेखक मानबहादुर चौधरी पन्नाअसक और स्रष्टा जन्म परल कना टिप्पणी कर्ल ।   कार्यक्रमम थारु कल्याणकारिणी सभाके थारु कल्याणकारिणी सभाके केन्दीय सदस्य मान बहादर चौधरी – थारु समुदायम संस्कृतिको अथाह भण्डार हुइलक ओहर्से थारु पहिचान बचाइ पर्ना जिकिर कर्टि सबजे मिल्ख अगारि बह्र पर्नाके विकल्प नि रहल जिकिर कर्ल । कार्यक्रमम विमेरमेरिक गाउँक थारु नाच प्रस्तुत कर्ल रलह ।  कार्यक्रमम थारु अगुवा समाजसेवी जागुराम बहादुर थारु, मानविर थारु, दुर्गबहादुर थारु, शेरबहादुर थारु लगायतके वक्ता हुक्र थारुनके कला संस्कृति बचाइक् लाग एकजुट हुइटि आघ बह्रपर्ना बातम जोड डेल रलह । थारु भासा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यताह संरक्षण करक लाग युवा पुस्ता ओ पुरान पुस्ता डुनु पक्षह जोर्टि एकजुट होख आघ बह्रक लाग पुर्खा हुक्र सरसल्लाह ओ सहयोग डिह पर्ना जरुरी रहल आउर बोलुइयन औल्यइल रलह । कार्यक्रमके सञ्चालन कलाकार जेबि डेमनडौरा कर्ल रलह । 

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

२३० दिन अगाडि

|

८ असोज २०८१

नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् । पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका छन् । मनोनयन भएका सदस्यहरू निम्न छन्ः १। देवमान चौधरी, वर्दिया २। हल्लुप्रसाद चौधरी, दाङ ३। शिवनारायण राना, कैलाली ४। साजनकुमार महतो, चितवन ५। शैलेन्द्र चौधरी, रौतहट ६। नमिता चौधरी, सप्तरी ७। वोरनारायण चौधरी, सुनसरी  ८। सरिता चौधरी, कैलाली ९। सुचि चौधरी, मोरङ १०। कुलमणि चौधरी, बारा

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

२३४ दिन अगाडि

|

४ असोज २०८१

पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक एक–दुईजना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन् । पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युुगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् । त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क) पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिनन्, ‘कहिल्यै त शून्य हुन्छ ।’ यो धामको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुने विश्वास छ । रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन् । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ । यति धेरै संरचना हुँदा पनि पर्यटकको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताइन् । रासस