सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

५१८ दिन अगाडि

|

२५ मंसिर २०८०

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

५१८ दिन अगाडि

|

२५ मंसिर २०८०

उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छन् । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैंगिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताएकी हुन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनले बताइन् । 'सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ,' उपसभामुख रानामगरले भनिन् । महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले बताइन् । उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्‍याउन सबैको साथ चाहिने बताइन् । महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्ने तर्क गरिन् । महिला अधिकारका लागि राष्ट्रिय अभियानकी अध्यक्ष सरिता घिमिरेका अनुसार सम्मेलनमा ४२ जिल्लाका महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् । विसं २०६२ देखि सञ्चालित उक्त संस्थामा हाल ५० हजार महिला आबद्ध रहेका उनले बताइन् ।

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु, २६ देशका ५४ चलचित्र देखाइने

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु, २६ देशका ५४ चलचित्र देखाइने

५२१ दिन अगाडि

|

२३ मंसिर २०८०

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ सम्म हुने भएको छ। ‘सामूहिक अधिकार’ नारासहित हुन लागेको महोत्सवको ११औँ संस्करण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ। सुभांगी खड्काको वृत्तचित्र 'द एज अफ लर्निङ' देखाउँदै महोत्सव प्रारम्भ गरिनेछ । आवेदनबाट छानिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ फिल्म महोत्सवमा देखाइनेछ । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्यान्ड, किर्गीस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म र वृत्तचित्र महोत्सवमा देखाइनेछ । बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई महोत्सवका निर्णायक हुन् । निर्णायकबाट छनोट उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार दिइने बताइएको छ । त्यस्तै एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ । फिल्म प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ । 'सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता' र 'सामूहिक अधिकार: अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व' विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुई प्यानल छलफल राखिएका छन् । यस्तो छ समय तालिका 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

५२१ दिन अगाडि

|

२२ मंसिर २०८०

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ । यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए ।  थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ ।   

बजार मोहले मातृभाषा संरक्षणमा चुनौती

बजार मोहले मातृभाषा संरक्षणमा चुनौती

५२५ दिन अगाडि

|

१९ मंसिर २०८०

एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने  बागलुङका  गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् ।  युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ । मगर खाम भाषा आठार मगरातअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोलिन्छ । खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेसा हो । पहिले–पहिले लेकबेँसी र घाँसदाउरा गर्दा खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बूढापाका पछिल्लो समय भाषाको प्रयोग कम हुन थालेपछि चिन्तित बनेका छन् । कहिले र कसको पालादेखि यो भाषा बोल्न थालिएको भन्ने यकिन नभए पनि संरक्षण गर्नुपर्नेमा पाकापुस्ताको चासो छ । निसीखोला गाउँपालिकाले पाठ्यपुस्तक नै मगर खाम भाषामा बनाएर लागू गरे पनि यत्तिले मात्रै भाषा संरक्षण नहुने स्थानीय थमबहादुर घर्तीले बताए । दिनदिनै गाउँ छाडेर बजार झर्नेको सङ्ख्या ठूलो भएको जनाउँदै उनीहरूलाई गाउँ नरोकेसम्म भाषा संरक्षण गर्न चुनौती हुने उनको भनाइ छ । आफ्नै गाउँठाउँमा सेवा सुविधा र रोजगार सिर्जना गर्न सकेमात्रै खाम भाषा र परम्परा जोगाउन सकिने घर्तीमगरले बताए । गाउँमा हुने सार्वजनिक कार्यक्रममा पहिले सबै खाम भाषा बोल्ने गरेकामा हिजोआज बोल्न छाडेको उनले गुनासो पोखे । स–साना बालबालिकालाई हरेक परिवारले आफ्नो भाषा सिकाउन नसके, अबको एक दशकमा यस क्षेत्रमा कोही पनि खाम भाषा नबोल्ने स्थिति आउन सक्ने घर्तीमगरको भनाइ छ । “मैले ठूलै हुँदासम्म अहिले बोल्ने खस भाषा बोल्न जान्दैनथे, गाउँघर सबैतिर खाम भाषा बोल्थे, मैले पनि सानैदेखि त्यही बोलेको हुँदा ठूलै भएर जान्ने बुझ्ने हुँदासम्म अरु भाषा बोल्न आउँदैनथ्यो, तर अहिलेका केटाकेटीलाई खाम भाषा सिकाउनुपर्छ”, उनले भने, “अब सरकारले गाउँ छाडेर बजार जानेलाई यहीँ रोक्नुपर्छ नत्र हाम्रो भाषा, पहिचान गुम्छ, मलाई साह्रै चिन्ता लागेको छ, मैले गाउँमा हिँड्दा साना बालबालिकालाई भेट्दा पनि खाम भाषामै बोल्छु र बोल्न लगाउँछु, हरेक घर–घरमा खाम भाषा नै बोल्नुपर्ने व्यवस्था गर्नुपर्छ ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताए । यस वर्षदेखि विद्यालयस्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागू गरेको उहाँको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने र गाउँघरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उनी बताउछन्। आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्तीमगरले बताए । उनले भने, “मगर खाम भाषा संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ, बूढापाकाले त पहिलेदेखि नै बोल्दै आउनुभएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ, गाउँमा बस्नेले त जसरी पनि भाषा बोल्ने गर्छन्, बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेलाई पनि भाषा संरक्षण गर्नतर्फ लाग्न आग्रह गरेका छौँ ।” रासस

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

५२७ दिन अगाडि

|

१७ मंसिर २०८०

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा कैलालीको धनगढीमा पहिलो रानाथारू भाषा-साहित्य सम्मेलन हुने भएको छ । शनिवार १६ मङ्सिरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते रुबस होटेलमा सम्मेलन गरिने जनाएको छ । कार्यक्रममा नेपाल तथा भारतबाट समेत रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार (मोठी), रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको कार्यक्रम संयोजन पदम बहादुर रानाले जनाए । विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवं एकरूपतामा जोड दिइने रानाले बताए । कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण प्रयास रहनुका साथै विविध लोक सांस्कृतिक प्रस्तुति एवं लोक स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

५२९ दिन अगाडि

|

१४ मंसिर २०८०

तनहुँको  आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ ।  उक्त क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।  समुन्द्र सतहदेखि करिब दुई हजार उचाइमा रहेको यस स्थानमा रैथाने अर्ग्यानिक रायो साग खेती गरिएको हो । उक्त वडाका करिब २० घरधुरीले करिब ३० रोपनी क्षेत्रफलमा साग खेती गरेको स्थानीय किसान आसिक गुरुङले जानकारी दिए । सागको प्रति मुठा रु ५० र गुन्द्रुकको प्रति मुठा रु एक सयमा बिक्री गर्ने गरिएको छ । उक्त मूल्यमा पाउँदा उपभोक्ताले खुसी भएर लैजाने गरेका छन् ।  दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरु बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको स्थानीय किसान एवं वडा सदस्यसमेत रहेका लक्ष्मण गुरुङले बताए ।  आफूले यसवर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए । सुरुमा आफ्नो परिवारको लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।  करिब १५ दिनको अवधिमा रु एक लाख बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । सुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रुपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताए । किसानले उत्पादन गरेका बस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्याउन सहजीकरण गर्दै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेको आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले किसानलाई बीउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा पालिकाले जिम्मा लिने प्रवन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले गुन्द्रुकको पनि उत्तिकै माग आउन थालेको छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।  स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरुप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रासस