कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

८३ दिन अगाडि

|

२५ मंसिर २०८०

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु, २६ देशका ५४ चलचित्र देखाइने

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु, २६ देशका ५४ चलचित्र देखाइने

८५ दिन अगाडि

|

२३ मंसिर २०८०

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ सम्म हुने भएको छ। ‘सामूहिक अधिकार’ नारासहित हुन लागेको महोत्सवको ११औँ संस्करण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ। सुभांगी खड्काको वृत्तचित्र 'द एज अफ लर्निङ' देखाउँदै महोत्सव प्रारम्भ गरिनेछ । आवेदनबाट छानिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ फिल्म महोत्सवमा देखाइनेछ । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्यान्ड, किर्गीस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म र वृत्तचित्र महोत्सवमा देखाइनेछ । बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई महोत्सवका निर्णायक हुन् । निर्णायकबाट छनोट उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार दिइने बताइएको छ । त्यस्तै एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ । फिल्म प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ । 'सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता' र 'सामूहिक अधिकार: अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व' विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुई प्यानल छलफल राखिएका छन् । यस्तो छ समय तालिका 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

८६ दिन अगाडि

|

२२ मंसिर २०८०

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ । यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए ।  थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ ।   

लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा आजदेखि लागु

लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा आजदेखि लागु

८७ दिन अगाडि

|

२१ मंसिर २०८०

तेजेन्द्र के.सी.  लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते राजधानी दाङ क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बिहीबारदेखि लागु हुने  भएको छ । प्रदेशको राजधानीको तोकिएपछि २०७७ असोज १६ गते राप्ती गाउँपालिकाको पूरै वडा, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा रोक्का राख्ने निर्णय गरिएको थियो । ३ वर्षपछि त्यो क्षेत्रका लागि जग्गा कित्ताकाट नगरी बिक्री वितरण गर्न पाउने गरी प्रदेश सरकारले गरेको निर्णय बिहीबारदेखि लागु हुने मालपोत कार्यालयले सूचना निकालेर जनाएको छ । जग्गा फुकुवा नहुँदा जनजीवन प्रभावित भएको, आर्थिक कारोबार र लगानी ठप्प भएको, घरायसी दैनिक कामकाज रोकिएको भन्दै आन्दोलनसमेत भएको थियो । लुम्बिनी प्रदेश सरकाले सर्तसहित नयाँ कित्ताकाट नहुने गरी जग्गा फुकुवा गर्ने निर्णय गरेको हो । मालपोत कार्यालय लमहीका कार्यालय प्रमुख मानबहादुर कुवरका अनुसार उक्त निर्णय बिहीबारदेखि लागु हुँदैछ । ‘निर्णय कार्तिकमा भए पनि बल्ल यहाँ इमेलबाट पत्र आयो, हामीले पनि सोही अनुसार सूचना जारी गरेका छौँ, भोलिदेखि काम गर्ने छौँ ।’ हाल जग्गा पासको काम रोकिँदा राजस्व संकलनमा पनि असर परेको थियो । त्यसमा सबैभन्दा धेरै मारमा राप्ती गाउँपालिका परेको छ । उक्त गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीका अनुसार तीन वर्ष जग्गा रोक्का हुँदा राजस्वमा धेरै असर परेको थियो । राप्ती गाउँपालिकाले हालै पुरानो कित्ताकाटलाई यथावत् राख्दै नयाँ घडेरीका लागि पनि एउटा मापदण्ड बनाएको बताइन् । जग्गा फुकुवा प्रक्रिया कार्यान्वयनका लागि पत्राचार गर्दा सर्तसहितको भनिएकाले राजधानी व्यवस्थापनमा असर नपर्ने गरी कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले बताए । जग्गा फुकुवाको लागि सर्त निर्धारण गर्न गठित समितिको सिफारिस अनुसार कित्ताकाट नहुने गरी किनबेचसम्म फुकुवा गर्दा जग्गा एकीकरण कार्यमा प्रतिकूल असर नपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको पूर्वाधार विकास समितिको बैठकबाट रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो । राजधानी क्षेत्रका १४ वटा वडाको जग्गा कारोबार फुकुवाका लागि आवश्यक प्रतिवेदन तयार पार्न ढिलाइ भएका कारण फुकुवासम्बन्धी निर्णय गर्न ढिलाइ भएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पनि राजधानी तोकिएको १४ वटै वडालाई लक्षित गरेर जग्गाको ल्याण्ड पुलिङ्गको काम अघि बढाउने तयारी गरेको मन्त्री पाण्डेयले बताए । राजधानीका नाममा जग्गा कारोबारीहरू सलबलाउन सक्ने, भू–माफियाको चलखेल गर्न सक्ने भन्दै तत्कालीन सरकारले राजधानी घोषणा गर्नु ४ दिनअघि नै राजधानी क्षेत्रको जग्गा किनबेच तथा कित्ता काटमा रोक लगाएको थियो । 

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

९१ दिन अगाडि

|

१७ मंसिर २०८०

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा कैलालीको धनगढीमा पहिलो रानाथारू भाषा-साहित्य सम्मेलन हुने भएको छ । शनिवार १६ मङ्सिरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते रुबस होटेलमा सम्मेलन गरिने जनाएको छ । कार्यक्रममा नेपाल तथा भारतबाट समेत रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार (मोठी), रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको कार्यक्रम संयोजन पदम बहादुर रानाले जनाए । विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवं एकरूपतामा जोड दिइने रानाले बताए । कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण प्रयास रहनुका साथै विविध लोक सांस्कृतिक प्रस्तुति एवं लोक स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

९४ दिन अगाडि

|

१४ मंसिर २०८०

तनहुँको  आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ ।  उक्त क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।  समुन्द्र सतहदेखि करिब दुई हजार उचाइमा रहेको यस स्थानमा रैथाने अर्ग्यानिक रायो साग खेती गरिएको हो । उक्त वडाका करिब २० घरधुरीले करिब ३० रोपनी क्षेत्रफलमा साग खेती गरेको स्थानीय किसान आसिक गुरुङले जानकारी दिए । सागको प्रति मुठा रु ५० र गुन्द्रुकको प्रति मुठा रु एक सयमा बिक्री गर्ने गरिएको छ । उक्त मूल्यमा पाउँदा उपभोक्ताले खुसी भएर लैजाने गरेका छन् ।  दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरु बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको स्थानीय किसान एवं वडा सदस्यसमेत रहेका लक्ष्मण गुरुङले बताए ।  आफूले यसवर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए । सुरुमा आफ्नो परिवारको लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।  करिब १५ दिनको अवधिमा रु एक लाख बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । सुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रुपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताए । किसानले उत्पादन गरेका बस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्याउन सहजीकरण गर्दै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेको आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए । गाउँपालिकाले किसानलाई बीउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा पालिकाले जिम्मा लिने प्रवन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले गुन्द्रुकको पनि उत्तिकै माग आउन थालेको छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।  स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरुप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रासस

दिदिबहिनी र दाजुभाइ बीचको प्रेम र समर्पणको प्रतीक : समाचकेवा पर्व

दिदिबहिनी र दाजुभाइ बीचको प्रेम र समर्पणको प्रतीक : समाचकेवा पर्व

९६ दिन अगाडि

|

१२ मंसिर २०८०

सरला चौधरी काठमाडौँको विभिन्न ठाउँमा थारु महिला समाज र थारु महिला सभाको आयोजनामा काठमाडौबासी थारुहरुले समाचकेवा पर्व मनाएका छन् । समाचकेवा पर्व खास गरी पूर्वी तराईमा बसोबास गर्ने थारु समुदायमा मनाइने मौलिक पर्व हो । यो पर्व कात्तिक शुक्ल द्धितीया अर्थात् भाइटिकाको दिनदेखि शुरु भई कात्तिक पूर्णिमाको दिन समापन गरिन्छ । यसै सन्दर्भमा काठमाण्डौको विभिन्न ठाउँमा थारु महिला समाज र थारु महिला सभाले समापन गरेको हो। यो पर्व दिदिबहिनी र दाजुभाइबीच प्रगाढ प्रेम र समर्पणको रुपमा मनाउने परम्परा रहेको थारु भाषा साहित्य केन्द्र वसघराको भुलाइ चौधरीले बताए । उनको अनुसार दुइ हजार बर्ष पहिले गरभ देशमा गरभा नामका राजा थिए ।  उनको रानीको नाम आदम्पिती थियो । उनको दरबार सबै कुराले भरिपुर्ण थियो । उनका छोरा साम र छोरी सभा थिइन । दरबारको परम्परानुसार समाको विवाह सेन वंशीय राजा चक्रबर्तिसँग भएको थियो । समाको सानैमा विवाह भएको कारणले उनी माइतीमै बस्दथिन् । दरबारमा धेरै मानिस आउजाउ गर्थे, भाइभारदारहरु पनि धेरै थिए । समा असाध्यै राम्री गुणवती थिइन । एक जना भाइदारलाई समा असाध्यै मन पथ्र्याे । उ समाको प्रेममा पागल थियो तर समा विवाहित भएको कारणले समाले  भारदारको प्रेम प्रस्ताव अस्विकार गरिन् । यहि बदला लिनको लागि कुरौटे भारदार राजासँग समा चरित्रहिन भएको चुग्ली लगाए  छ । र राजाले भारदार अथवा चुग्लाको कुरा सुनेर समालाई बनवास जान आज्ञा दिए । राजाको आवेगमा आएर लिएको निर्णयलाई रानीलाई असह्य भएछ र विलाप पुर्ण गीत गाउँछिन् । यही गीत गाउँदै थारु समुदायका महिलाहरु घर घरमा समाचकेवा मनाउने प्रम्परा रहेको थारु महिला समाजकी केन्द्रिय सचिव अनिता र्चाैधरीले बताइन् । समा जब वनबास तिर लाग्छिन्, उनका भाईहरु दरबार फर्कन आग्रह गर्दछन् । तर समा भने आफ्नो वुबाको आज्ञा पालनको अपमान नगर्ने भन्दै दरबार फर्कन अस्विकार गर्छिन र बनवास तिर लाग्छिन् । बनबासमा दुख कष्ट नहोस भन्दै लावालस्कर सहित उनलाइ चाहिने सामग्री र उनको सबभन्दा मन पर्ने कुकुर संगीतको भमरा, नतुवा लगाएत आवश्यक बस्तुहरुको बन्दोबस्त गरेर उनी सँग पठाइन्छ । जब उनी बनबासमा पुग्छीन् राजाले चुकलालाई दण्ड सजाय दिन्छन् । त्यही बदला लिनको लागि फेरीपनि चकलाले फेरी जंगलमा आगो लगाइ दिन्छ तर समाको सात भाई जंगलमा आगो निभाउँछन् । समा चाँही अर्को जूनीमा भाइबहिनीको रुपमा फेरीपनि जन्म लिने बाचा गर्दै चराको रुपमा परिणत हुन्छिन् । भाइहरु जंगल पुग्दा दिदिलाई चराको रुपमा देखेर वियोगान्त स्वरुप बहिनीको माया नपाए पनि अर्को जन्ममा समा र चकेवाको रुपमा जन्म पाउँ भन्दै फर्किए । त्यही दिनदेखि भाइबहिनीको प्रतिक रुपमा थारु समाजमा समाचकेवा मनाउन थालेको जनविश्वास रहेको थारु समाजकी केन्द्रिय अध्यक्ष गीता चौधरीले बताइन् ।