कञ्चनपुरमा साढे २ सय बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

कञ्चनपुरमा साढे २ सय बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

६३७ दिन अगाडि

|

१ असोज २०७९

सरकारले बल्ल स्वीकार्यो टीकापुर घटना राजनीतिक मुद्दाः प्रक्रिया पुरा हुन अझै कानुनी जटिलटा

सरकारले बल्ल स्वीकार्यो टीकापुर घटना राजनीतिक मुद्दाः प्रक्रिया पुरा हुन अझै कानुनी जटिलटा

६३८ दिन अगाडि

|

३१ भदौ २०७९

सरकारले टीकापुर घटनालाई राजनीतिक घटना भन्दै यससम्बन्धि मुद्दा खारेज गर्ने निर्णय गरेको समाचारले भदौ ३० गते देश तरंगित बन्यो ।  भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको समाचार आएपछि कतिपयले यस समाचारलाई विश्वास गर्न सकेनन् ।  किनकि सरकारको तर्फबाट कुनै आधिकारिक धारणा आइरहेको थिएन । उता थरुहट थारुवान संयुक्त संघर्ष समितिले समेत कुनै विज्ञप्ती जारी गरेको थिएन । जबकि विप्लव माओवादीले  भदौ ३० गते लामो विज्ञप्ती जारी गर्दै सरकारले आफ्नो आन्दोलनलाई राजनीतिक मुद्दा भन्दै फिर्ता लिने निर्णय गरेकोमा सधन्यवाद विज्ञप्ती जारी गरेको थियो । विप्लव माओवादीको झैं थाकस संयोजक रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मन्त्रीपरिषदको निर्णयको गृहमन्त्रालयको परिपत्रबारे समयमै विज्ञप्ती जारी गरिदिएको भए अन्यौलको अवस्था आउने थिएन । विडम्वना भदौ ३१ गते समेत विज्ञप्ती आउन सकेन ।  थाकस तथा संघर्ष समितिको तर्फबाट  तत्कालीन वार्ता टोलीका सदस्य रहेका प्रभात चौधरी ढकियाखबरसँग भन्छन्, ‘थारु समुदायका तर्फबाट सुखद समाचार सुनाउन आधिकारिक रुपमा हामीबाट ढिलाइ भएकै हो । अब यसबारे आधिकारिक विज्ञप्ती असोज १ गते शनिबार अवश्य आउनेछ । विज्ञप्तीको खेस्रा तयार हुँदैछ ।’ मुद्दा फिर्ता लिन अझै कानुनी जटिलटा थाकसका केन्द्रीय सदस्य तथा तत्कालीन वार्ता टोलीका सदस्य प्रभात चौधरीका अनुसार टीकापुर घटनाको मुद्दा फिर्ता लिने कानुनी जटिलटा भने यथावत छ । किनकि अहिलेको चालु अधिवेशन शनिबार असोज १ गते सकिदैछ । त्यसैले, रातारात मुद्दा फिर्ता लिने अध्यादेश ल्याउन सकिने अवस्थै छैन । मंसीर ४ पछिको नयाँ सरकारले मात्रै कानून संशोधन ल्याइ अध्यादेश मार्फत् प्रक्रिया अगाडि बढाएर टीकापुर टुंग्याउने अवस्था देखिन्छ ।  मन्त्रिपरिषद्को निर्णयमा के छ ? सरकारले टीकापुर घटनासम्बन्धि मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अद्र्धन्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फछ्र्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।  थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख थियो। 

टीकापुर घटनाका आरोपितहरूको मुद्दा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय !

टीकापुर घटनाका आरोपितहरूको मुद्दा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय !

६३९ दिन अगाडि

|

३० भदौ २०७९

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा के छ ? सरकारले टीकापुर घटनासम्बन्धि मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । ‘मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अद्र्धन्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फछ्र्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । तर यो निर्णय अझै सार्वजनिक गरिएको छैन ।  थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख थियो।  तत्कालीन वार्ता टोलीमा सरकारको तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका थिए भने थाकस तथा संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए। स्मरण रहोस्, सरकारले विप्लव र स्वतन्त्र समूहको मुद्दा खारेजी प्रक्रिया अगाडि बढाउने निर्णय गरे पनि टीकापुर घटनाबारे कुनै निर्णय नगर्दा खास गरी थारु समुदाय असन्तुष्ट थियो । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पहिलो मुद्दा रेशम चौधरी लगायत टीकापुर घटनाका राजवन्दीहरुको रिहाइको माग राखेको छ ।   

मुख्यमन्त्रीले शिलान्यास गरेको थारु राष्ट्रिय संग्रहालयः किन भत्कियो १२ घण्टा नपुग्दै 

मुख्यमन्त्रीले शिलान्यास गरेको थारु राष्ट्रिय संग्रहालयः किन भत्कियो १२ घण्टा नपुग्दै 

६३९ दिन अगाडि

|

३० भदौ २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास गरेको १२ घण्टा नपुग्दै भत्काइएको छ । थारु महिला सभाले आयोजना गरेको जिल्ल्ला स्तरीय झमटा प्रतियोगितामा सहभागी हुन आएको अवसरमा मुख्यमन्त्री  थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास गरेका थिए । संग्रहालयका अध्यक्ष जामुन महतोका अनुसार शिलान्यास गरेको खाल्डो, खम्बा उखेलेर फालिएको छ ।  भदौ २९ गते दिउँसो मुख्यमन्त्री नेपाली, संघीय सांसद तिलक महत, प्रदेश सांसद बिष्णुप्रसाद लामिछाने लगायतका नेताहरुको उपस्थितिमा शिलान्यास गरिएको थियो । शिलान्यास गरिएको खम्बा, खनेको जमिन पुरिएको छ  । अध्यक्ष महतोले यस विरुद्ध प्रहरीमा उजुरी दिने बताए । साथै, थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रले एक विज्ञप्ती जारी गर्दै दोषीहरुलाई कार्वाही गर्न माग गरेको छ । डण्डा संग्रहालयको विगत –थाकस जिल्ला निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष पुष्परत्न महतोबाट ११ फागुन २०६४ मा डण्डा क्षेत्रका थारुहरुको भला आह्वान । सोही भेलामा डण्डा संग्रहालय बनाउन सहमति । थाकस नवलपरासी जिल्ला अध्यक्ष खडकबहादुर थनेतको संयोजकत्वमा संग्रहालयको जग्गा व्यवस्थापन तथा आर्थिक संकलन समिति गठन । – खडकबहादुर थनेतको संयोजकत्वमा बसेको बैठकबाट ४ जेठ २०६५ मा हालको कावासोती नपा–१६, सहिदनगर, डण्डामा संग्रहालय निर्माण गर्ने निर्णय ।  –११ जेठ २०६५ मा पूर्व सांसद तथा एमाले नेता मझिलाल थारु थनेतको संयोजकत्वमा ५ सदस्यीय  संग्रहालय निर्माण समिति गठन । सोही दिन संग्रहालयको जग्गा तारबार गर्ने निर्णयअनुरुप सोही दिन कार्यान्वयन । १ हजार काठको पोल गाडेर ५ विगहा जग्गा बारबन्देज । –१२ जेठ २०६५ मा स्थानीय जनता माविका विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट बारबन्देज भत्काउँदै खाम्बो उखेलेर लगियो । सो जग्गाको घाँस बेचेर आम्दानी गर्दै आएको विद्यालयलाई सह्य नभएको ।  –२५ जेठ २०६५ मा पुनः तारबार लगाउने र संग्रहालय शिलन्यास गर्ने कार्यक्रम ।  –१६ असार, २०६७ मा संग्रहालयका लागि संस्कृति मन्त्रालयबाट ५ लाख विनियोजन । –संग्रहालयका निर्माणका लागि २०६८ पुस २० देखि २९ सम्म  डण्डामा थारु सांस्कृतिक महोत्सव सञ्चालन । संग्रहालयका लागि हाललाई ५७ फिट लम्बाई, १९ फिट चौडाईको फुसको घर बनाउने निर्णय ।   –२६ वैशाख, २०६९ मा थरुहट संयुक्त संघर्ष समितिबाट थारु प्रदेश स्थापनाको दवावको लागि एकदिन बन्द आह्वान । बाटो खुलाउने ब्राह्मण क्षेत्री दशनामी ठकुरीहरुद्वारा गठित राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिको अगुवाइमा थारु संग्रहालयमा आगजनी । –२७ वैशाख, २०६९ मा थरुहट संयुक्त संघर्ष समितिबाट थारु संग्रहालयमा आगजनी गर्नेहरुलाई कार्वाही गर्न विरोध प्रदर्शन । डण्डाबाट कावासोतीतर्फ गैरहेको जुलुसमाथि प्रहरीले गोली चलाउँदा धनबहादुर थनेतको ज्यान गयो ।  –६ कार्तिक, २०७२ को बैठकको निर्णयअनुसार प्रवासी थारु समाजको सहयोगमा संग्रहालयको प्रवेशद्वार गेट निर्माण, बुद्धको मूर्ति स्थापना । मूल गेटदेखि बुद्धको मूर्तिसम्म बाटो ग्राभेल ।  –वैशाख २०७३ मा संग्रहालय निर्माणका लागि स्थानीयबाट ५ लाख चन्दा संकलन । संग्रहालय पुनः निर्माण ।  –४, फागुन २०७३ मा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा विधिवत रुपमा थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्र दर्ता । ५ भदौ, २०७४ मा संग्रहालयको पहिलो अधिवेशन । अध्यक्षमा कमल राज गुरौ चयन । –गण्डकी प्रदेश सरकारबाट आव २०७५–७६ मा संग्रहालयका लागि १० लाख विनियोजन ।  –संग्रहालय निर्माण आन्दोलनमा सहिद भएका धनबहादुर थनेतको  १ माघ, २०७५ मा संग्रहालय अध्ययन केन्द्रको प्रांगणमा शालिक स्थापना । – २९ भदौ २०७९ मा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास । –३० भदौ २०७९ मा थारु राष्ट्रिय संग्रहालय डण्डाको भवन शिलान्यास गरिएको क्षेत्र १२ घण्टा नपुग्दै भत्काइयो । स्रोतः पंगेनी, मोतीलाल । २०७६ । थारु संग्रहालय र आन्दोलनको सम्बन्ध । पैदल अनुसन्धानः प्रयोग र उपलब्धि । सं, सोहनप्रसाद साह र महेशराज महर्जन । पृ.१३१–१४८ । काठमाडौंः मार्टिन चौतारी  

कैलालीमा सत्तारुढ गठबन्धनले यसरी गर्दैछ भागबण्डा ?

कैलालीमा सत्तारुढ गठबन्धनले यसरी गर्दैछ भागबण्डा ?

६४० दिन अगाडि

|

२९ भदौ २०७९

नागरिक उन्मुक्ति पार्टीले कैलालीका ५ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सबै क्षेत्रमा आफ्नो विजयीको झण्डा फहराउने दावी गर्दै आएकोमा सत्तारुढ गठबन्धन भागबण्डाको नजिक पुगेको समाचार छ ।  यसै क्रममा कैलालीमा काँग्रेस र माओवादी केन्द्रले २÷२ र नेकपा एकीकृत समाजवादीले एक सिट लिने गरी सहमतिको नजिक पुगेको बताइएको छ ।  तर नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको मत परिणामअनुसार अन्य दलको माग तथ्यगत नरहेकाले दाबी नपुग्ने बताउँदै आएको छ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी ‘उत्सव’का अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ र ५ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ माओवादी केन्द्र र क्षेत्र नं ४ समाजवादीले लिने गरी बाँडफाँटमा सहमतिको प्रयास भइरहेको छ ।  यद्यपि नेपाली काँग्रेसले क्षेत्र नं ३ सहित ३ वटा निर्वाचन क्षेत्र पाउनुपर्ने अडान राखेको बताइएको छ । त्यस्तै, प्रदेशसभातर्फ पाँच वटामा माओवादी केन्द्रको अडान छ । कञ्चनपुर लगायत अन्य जिल्लामा के छ ? उता तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ एक र प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ र ३ को १÷१ वटा प्रदेशसभा सिट पाउनुपर्ने माओवादी केन्द्रको माग छ ।  डोटी, डडेल्धुरा, दार्चुलामा १÷१ वटा, अछाममा २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र र बैतडीमा एउटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र पाउनुपर्ने माग माओवादी केन्द्रको छ । अध्यक्ष चौधरीले २०७४ को निर्वाचनअनुसार आफूहरुको सो माग राखेको बताए । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँड पेचिलो बनेको बेला सुदूरपश्चिम प्रदेशमा भने सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।  २०७४ को निर्वाचनमा जसले जहाँ जितेको थियो, त्यही निर्वाचन क्षेत्र पाउने तथा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम, नेकपा एमालेले जितेको निर्वाचन क्षेत्र बाँडफाँट गर्ने र शीर्ष तथा जनाधार बलियो भएका नेताहरुलाई प्राथमिकतामा राख्ने मोडालिटीका आधारमा भागबण्डाको प्रयास जारी रहेको बताइएको छ । १६ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४÷४ सिट मागेको बताइएको छ । सुदूरपश्चिमको ३२ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले १२, समाजवादीले १० पाउनुपर्ने अडान लिएका छन् । उता नेकपा एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले प्रदेशमा आफूहरुको प्रदेशसभा सदस्यहरुको संख्याको आधारमा प्रतिनिधिसभातर्फ ४ वटा र प्रदेशसभातर्फ १० वटा सिट माग राखेको बताए । तर नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले स्थानीय तह निर्वाचनको मतपरिणामलाई सबैलाई स्वीकारेर जानुपर्ने बताउँदै सिट बाँडफाँटको टुङ्गो केन्द्रबाटै हुने प्रष्ट्याए ।

२०१५ सालको चुनावमा डा के आइ सिंहको पार्टीको पर्चाः थारू भाषामै पहिलो लिखित दस्तावेज !

२०१५ सालको चुनावमा डा के आइ सिंहको पार्टीको पर्चाः थारू भाषामै पहिलो लिखित दस्तावेज !

६४१ दिन अगाडि

|

२८ भदौ २०७९

देश चुनावमा होमिएको छ । यतिबेला पहिलेका चुनावका प्रसंग पनि खोतलिन थालेका छन् । दंगाली मित्र सुदीप गौतमले केही पहिले सामाजिक सञ्जाल फेसबुकमा संयुक्त प्रजातन्त्र पार्टीको २०१५ सालको पर्चा पोस्ट गरेका थिए, जुन थारु भाषामा थियो । त्यसबेला खासै वास्ता गरिएन ।  तर थारु भाषा साहित्यको इतिहास केलाउँदै जाँदा २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चा हालसम्म प्राप्त थारु भाषामै पहिलो लिखित दस्तावेज हुने देखिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका लागि ‘थारु साहित्यको इतिहास’ (२०७३) लेख्ने क्रममा प्रकाशित थारु पुस्तकको सूची बनाउँदा यो पंक्तिकारले बढ्वा थारुको बढक्क जोर्नी (२००७) तथा जीवराज शर्माको हम्र ओ हमार बन्वा (२०१५÷२०१६) गीत संग्रह क्रमशः पहिलो तथा दोस्रो प्रकाशित पुस्तक भनी सूचना प्राप्त गरेको थियो । तर यी दुवै कृति अपर्याप्त छन् । हालसम्म यसको एक प्रति पनि फेला पार्न सकिएको छैन ।  त्यसैले, चौधरी रुपलाल महतो तथा बदरीनाथ योगी (दाङ) ले २०१६ सालमा संकलन तथा प्रकाशन गरेको ‘दंगीशरण कथा बड्किमार, गुरुबाबाकि जन्मौती’ लोककाव्य नै हालसम्म प्राप्त थारु भाषाको पहिलो कृति मानिन्छ । प्रकाशकका तर्फबाट बदरीनाथ योगी र नियमनाथ योगीको तर्फबाट लेखिएको थारु तथा नेपाली भाषाको भूमिकाको तल मिति १२÷१२÷१२ लेखिएको छ । अर्थात् यो कृति २०१२ सालमै संकलन भएर चैत १२ गते छापिनलाई तयार थियो । तर विविध कारणवश २०१६ सालमा आएर मात्रै यसको प्रकाशन सम्भव हुन सक्यो ।  यस हिसाबले २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चै भए पनि थारु भाषामा हालसम्म प्राप्त पहिलो लिखित दस्तावेज देखिन्छ । किसान भाइ हो भनेर सम्बोधन गरी यसको शीर्षक ‘धानक बाला’ राखिएको छ, जुन यस पार्टीको चुनाव चिन्ह थियो ।   ‘किसानहरुले पसिना चुहाएको प्रतिफल धानको बाला हो । यही धानको बालाले हाम्रो देशका पचासी लाख मान्छेको ज्यान पालेको छ,’ पर्चामा उल्लेखित यस तथ्याङ्कले त्यसबेलाको नेपालको जनसख्ंया ८५ लाख हाराहारी रहेको इंगित गर्छ ।  ‘हमार देशमा सकुनसे धेर मनई जग्गा जोतना बाट,’ अर्थात् हाम्रो देशमा सबैभन्दा बढी मान्छे जग्गा जोत्ने रहेका छन् भनेर किसानहरुलाई सम्बोधन गर्दै भनिएको छ, ‘गरीब किसनका छोराछोरी, श्रीमतीहरु पसिना चुहाएर उब्जाएको धानको बालामा आज राणा शासकहरुले मोज गरे । हामी किसानका हक बलजफ्ति दबाएर राखे । दाजुभाइहरु, धानको बालाको मजा लिनु छ, आफ्नो पसिनाको फल आफै खानु छ, धानको बाला छरेको खेत आफ्नो बनाउनु छ ।’ स्मरण रहोस्, २०१५ सालको चुनावमा काँग्रेसले पनि जसको जोत, उसको पोत नारा ल्याउँदै जग्गामा जोत्नेकै हक लाग्ने भनेको थियो ।  लगैना, खैना चिज सस्ता बनैना बा कहलेसे अर्थात् लगाउने, खाने चिज सस्तो बनाउनु छ भने धानको बाला चिन्हमा भोट हाल्न पर्चामा अपिल गरिएको छ ।  ‘गरीब किसानका नेता डाक्टर के आइ सिंह ११० दश दिनसम्म सरकारमा रहेको बेला गरीब दाजुभाइहरुको भलाइको लागि के के गरे, यो तपाईंहरुलाई थाहै छ,’ पर्चाको पुछारमा भनिएको छ, ‘आफ्नो हक लिनु छ, देशभर बाटो बनाउनु छ, स्कूल, अस्पताल बनाउनु छ । र, देशको उन्नति गर्नु छ भने संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला चिन्हमा वोट डारक जितायक होई (भोट हालेर जिताऔं) ।’ दंगाली थारु मतदातालाई सम्बोधन गर्न लखनउमा छापिएको यस पर्चामा कुनै मिति उल्लेख छैन । २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं ६२ दाङदेउखुरी दक्षिण पूर्वबाट टीकाबहादुर थापा उम्मेदवार थिए । थापा १५९९ भोट ल्याई चुनावमा तेश्रा भए, त्यहाँबाट परशुनारायण चौधरी १२,७३७ भोट ल्याई नेपाली काँग्रेसबाट विजयी भए । चौधरी वीपी कोइराला मन्त्रीमण्डलमा शिक्षामन्त्रीसम्म भए । त्यस्तै, सोही चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं ८० सल्यान दक्षिण पूर्व फलाङ राज्य दाङ उत्तर पश्चिमबाट तिर्थराज शर्मा उम्मेदवार थिए । शर्मा १८५२ भोट ल्याई चुनावमा दोश्रा भए, त्यहाँबाट नेपाली काँग्रेसका गणेशकुमार शर्मा ८,८७७ भोट ल्याई नेपाली काँग्रेसबाट विजयी भए । दाङमा थापा र शर्मा उम्मेदवार भएको संयुक्त प्रजातन्त्र पार्टीले त्यसबेलै थारु भाषामा पर्चा छापेर मतदाता फकाउने उपाय गरे पनि नेपाली काँग्रेसका परशुनारायण चौधरीले आफ्नो मातृभाषा थारुमा पर्चा छापेको देखिएन ।   

जब रेशमको गीतमा अभिनय गरिरहेका कलाकारहरु रोए....

जब रेशमको गीतमा अभिनय गरिरहेका कलाकारहरु रोए....

६४२ दिन अगाडि

|

२७ भदौ २०७९

भदौ २६ गते बिहान ८ बजे हामीले दिनहुँ चिया खाने ठाउँ ‘चाँदके पार’मा चिया खाइरहेका थियौं । धनगढीबाट बुहारीको फोन आयो, ‘बुवा आज माउ (सासुआमा) आउनुहुन्छ कि नाई ?’ मेरो जवाफ थियो, आफ्नो सासुआमासँग सोध न त, म त बाहिर चिया खाइरहेको छु ।  फोन आएपछि म अनुमान लगाइसकेको थिएँ कि अब महेन्द्र राजमार्गसम्म मेडमलाई पुर्याउन जानुपर्ने भैसक्यो, किनकि बिहान ९ बजे बस छुट्छ, ८ बजे फोन आएपछि तयारी सम्भव हुँदैन, ९ बजेको बस समात्न सकिन्न । म ढुक्क भएर चिया खाइरहेको थिएँ ।  मेडमको फोन आयो, ‘अलि चाँडै आउनु होला, मेरो धनगढी जानुपर्ने भैसक्यो !’  हुन्छ, खाना खाएर म मेनरोडसम्म छोडिहाल्छु नि किन चिन्ता गरेको भनेर जवाफ दिएँ ।  खाना खाँदा, तयार हुँदा १२ बजिसकेको थियो, एकछिन आराम गर्दा १ बजिसकेको थियो । मेडमलाई महेन्द्र राजमार्ग पुर्याउँदा झन् २ बजिसकेको थियो ।  बलियामा मेडमलाई किया गाडीमा बसालेपछि नजिकैको भल्कामा (जहाँ लम्कीचुहा नगरपालिकाको कार्यालय छ) नागरिक उन्मुक्ति पार्टीले ‘पार्टी प्रवेश’ कार्यक्रम राखेको समाचार पाइयो ।  अहिले आफू पनि लम्कीचुहा नगरपालिकामै बस्ने भएकोले कस्तो छ चहलपहल भनी उतैतिर हिँडियो । कार्यक्रममा पुग्नु अगावै चिनजानका साथीहरुसँग भेटघाट भयो र उनीहरुसँग फेरी चिया खान बसीहालियो । चिया खाने ठाउँ धेरै टाढा नभएकोले कार्यक्रमको आवाज अलि अलि आइरहेको थियो । आवाज ठम्याईले साथीभाईहरुले उनीहरुका पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर जोगेठ्वाले बोलिरहेको जानकारी गराए ।  चिया खाइरहेको र कुराकानी गरिरहेकोले धेरै कुरा बुझ्न सकिएन । जोगेठ्वाले भनेको एउटा कुरा बुझियो । उनले भनिरहेका थिए, ‘नागरिक उन्मुक्ति पार्टीलाई सानो भन्नेहरु अहिले नागरिक उन्मुक्ति पार्टीसँग डराइरहेका छन्, खुट्टा कमाइरहेका छन्, हिम्मत छ भने चुनावको मैदानमा एक्लै आउनुस्, हामी चुनाव लड्न मैदानमा आइसकेका छौं’ ।  कार्यक्रममा उदघोषकले पार्टी प्रवेश गर्नेहरुको नाम बाचन गरिरहेका थिए । कार्यक्रममा पुग्दा रैथाने मुङ्ग्रहुवा नृत्य भैरहेको थियो । सहभागीहरुलाई सोद्धा धेरै बक्ता बोलिसकेको जानकारी पाइयो ।  नृत्यलगत्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन थापाले कार्यक्रमलाई सम्बोधन गरे । उनले सारमा एमाले, काँग्रेस, माओवादीको कथनी र करणीमा धेरै फरक रहेको, आश्वासन प्रतिबद्धता घोषणा भन्दा निकै फरक रहेकोले त्यसको भविष्य राम्रो नरहेको, पहिचानलाई आवश्यक ठान्नेहरु, मान्नेहरु त्यसमा बस्नु भनेको गल्ती गर्नु हो भन्ने कुरा राखेका थिए । लगत्तै बर्दियाको सांस्कृतिक टोलीले नृत्यमा अभिनय गरेको थियो । अनि, पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।  नृत्य भनेपछि कार्यक्रमबाट निस्किरहेका सहभागीहरु पनि मञ्चतिरै तानिए । सांस्कृतिक टोलीका कलाकारहरुले रेशम चौधरीले जेलभित्रैबाट लेखेको ‘चार दिवारमा थुनिएर आज भोलि मन्द छु, धेरै भोट पाएर होला, झ्यालखानामा बन्द छु’, ‘थारु हुइलक कारनसे, अधिकार मंग्लक कारनसे इ सरकार जेलम डारल बा, बाबा टुँहार छावा जेलम परल बा, डाई टुँहार छावा जेलम परल बा’ भन्ने बोलको गीतमा अभिनय गरेका थिए ।  धेरै सहभागीहरु मोबाइलले नृत्यको भिडियो खिचिरहेका थिए । कलाकारहरु अभिनय गर्ने क्रममै साँच्चिकै रोएपछि माहौल नै बदलिएको थियो । उपस्थित धेरै जनाले आँशु थाम्न सकेनन्, धेरैजनाको आँखा रसाएको थियो । गीत सकिसकेको थियो तर कलाकारहरु मञ्चमै रोइरहेका थिए । उनीहरुलाई नेताहरुले हात समाई मञ्च बाहिर ल्याएको दृश्यले धेरैलाई भावुक बनाएको थियो ।  गीत सकिसकेको थियो तर कलाकारहरु मञ्चमै रोइरहेका थिए । उनीहरुलाई नेताहरुले हात समाई मञ्च बाहिर ल्याएको दृश्यले धेरैलाई भावुक बनाएको थियो ।  लगत्तै पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अधिकार मागेकै कारणले सरकारले रेशम चौधरी लगायत टीकापुर घटनाका राजवन्दीहरुलाई जेल हालेको तथा अहिले न्यायका लागि जनता सामु आइरहेको बताइन् । उनले आफूहरुको एफएम, रिसोर्ट लुटपाट भएको, जलाइएको, आफूले लगाउने गरगहना चोरिएको तर सरकारले उल्टै रेशम लगायतका थारुहरुलाई डाँका चोरी मुद्दामा जेल हालेको बताइन् ।  उनले सभामा सहभागी सबैलाई प्रश्न गरिन्, के हामीले मान्छे मारेकै हो ? डाँका चोरी गरेकै हो ? होइन भने किन हामीलाई अनाहकमा जेल सजाय भैरहेको छ ?  उनले के थारु, के पहाडी, सबै नेपाली एक रहेको बताइन् । उनले भनिन्, ‘म पहाडी कि छोरी हूँ, तर थारुकि बुहारी पनि हूँ । म पहाडकि छोरी हूँ, तर तराईकि बुहारी पनि हूँ । त्यसैले हामी सबै एक हौं । त्यसैले बिना संकोच, बिनाभेदभाव आउनुस्, सबै नागरिक उन्मुक्ति पार्टीमा गोलबद्ध होऔं ।’ कार्यक्रममा सहभागी भएकाहरुको अनुहार हेर्दा, उनीहरुको कुरा गराईलाई बिचार गर्दा लाग्थ्यो, उनीहरुमा नयाँ जोश जाँगर छ । परिणाम कस्तो आउँछ, पछि थाहा हुने कुरा भयो तर यतिबेला उनीहरुमा हौसला छ, अनुहारमा चमक छ । त्यसैले त प्रवेश गर्नेहरुको लर्को छ । उक्त दिन पनि ११३५ जनाले पार्टी प्रवेश गरेको कुरा उद्घोषक भक्त चलाउनेले जनाए ।