जनवातावरण सहकारी खरुवाखेराको नवौंं वार्षिक साधारण सभा, साढे ३ करोड बढी कारोबार

जनवातावरण सहकारी खरुवाखेराको नवौंं वार्षिक साधारण सभा, साढे ३ करोड बढी कारोबार

९६५ दिन अगाडि

|

४ असोज २०७९

कैलाली, कञ्चनपुर र बर्दियामा को को छन् नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ?

कैलाली, कञ्चनपुर र बर्दियामा को को छन् नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ?

९६७ दिन अगाडि

|

३ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीले कैलाली, कञ्चनपुर र बर्दियामा उम्मेदवार टुङ्गो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका यी जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ । पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली–१ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित छ । त्यस्तै, क्षेत्र नं २ बाट अरुण चौधरी, क्षेत्र नं ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको उनले बताए । क्षेत्र नं ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने उनले जनाए ।  सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको उनले जनाए । ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ । क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको संगठन विभाग प्रमुख चौधरीले जनाए । त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं १ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र नं २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ । नागरिक उन्मुक्ति पार्टीले कसैसँग गठबन्धन नगरी एकल रुपमा चुनाव लड्ने बताउँदै संगठन प्रमुख चौधरीले भने, ‘हाम्रो पार्टीको जन्म नै राजनीतिक उत्पीडन, अन्याय र विभेदबाट भएको हो । अहिलेसम्म ठूला दल भन्नेहरुले हामीलाई स्वीकार गर्नै सकेका छैनन् ।’

मगर महिला संघले मनायो रजत महोत्सव 

मगर महिला संघले मनायो रजत महोत्सव 

९६७ दिन अगाडि

|

२ असोज २०७९

नेपाल मगर महिला संघ तिलोत्तमा नगर समितिले शनिबार संघको २५औ स्थापना दिवस (रजत महोत्सव) को अवसर पारी एकदिने साइबर अपराध र कानुन विषयक अन्तर्क्रिया एवं प्रशिक्षण गरेको छ ।    योगीकुटीस्थित सगुन रिसोर्टमा भएको कार्यक्रममा  नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारु मगरले कार्यक्रमको उद्घाटन गरिन् । सो अवसरमा उनले भनिन्, नेपाल मगर संघको दाङमा सम्पन्न १२औ राष्ट्रिय महाधिवेशनले राज्य संचालनका मतियारहरुले मगर समुदायको सभ्यता र पहिचानलाई जानी जानी ओझेलमा पारे । मगर सभ्यता, पहिचान र अधिकार संवैधानिक रुपमै सुनिश्चित गर्नका लागि मगर अगुवाहरुले सडक र सदनबाट आवाज उठाउनुपर्छ ।   उनले आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन आयोगले समानुपातिकतर्फ बिभिन्न कलस्टर छुट्याए पनि प्रत्यक्षतर्फ त्यस्तो कुनै प्रावधान नरहेको कारण आयोगले महिलाहरुलाई विभेदमा पारेको जिकिर गरिन् ।         त्यस्तै कार्यक्रममा नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य केशरी तरामु मगरले संघले आफ्नो स्थापना दिवस पहिला असोज ३ गते मनाउँदै आएको तर सोही दिन देशका नश्लीय शासकहरुले मगर लगायतका उत्पीडित समुदायको अधिकार र पहिचानका मुद्दालाई बेवास्ता गर्दै एकपक्षीय ढंगबाट संविधान लागू गरेको हुँदा उक्त दिनलाई कालो दिनको रुपमा लिँदै आएको बताइन्।  त्यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष अन बहादुर सोती मगरले महिलाहरुले राज्यले संवैधानिक रुपमा प्रावधान गरेको अधिकार पाएको छन् कि छैनन् भनी महिला मगर संघले राज्यसंग ताकेता गर्नुपर्ने जिकिर गरे ।          कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक बेगम खनालले साइबर अपराध र कानुन विषयमा प्रशिक्षण दिएका थिए । राधिका श्रीस पुनको अध्यक्षतामा भएको  कार्यक्रममा  बहुजातीय साँस्कृतिक समूहबाट स्वागत गीत सहित बिभिन्न स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।     

२ थारुसहित २५ जना बने मन्त्री, एक मन्त्रीको व्ययभार कति ?

२ थारुसहित २५ जना बने मन्त्री, एक मन्त्रीको व्ययभार कति ?

९६७ दिन अगाडि

|

२ असोज २०७९

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल शुक्रबार छैठौं पटक पुनर्गठन भयो । आफ्नो ५ वर्षे कार्यकाल सकिनै लाग्दा मुख्यमन्त्री भट्टले २ जना राज्यमन्त्री नियुक्त गर्दै छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । एमालेमा प्रवेश गरेपछि केही दिन अघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो । २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वमा २०७४ फागुन ५ गते पहिलो मन्त्रीमण्डल गठन गरेका थिए । पहिलो मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट दीर्घ सोडारीलाई सामाजिक विकास मन्त्रालय, प्रकाश शाहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय पठानसिह बोहरालाई भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, माया भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो । नेकपा माओवादीका तर्फबाट झपट बोहरालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र विनिता देवी चौधरीलाई भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइयो । सोडारीमाथि अनुशासनको कारवाहीले दोस्रो पटक पुनर्गठन २०७५ साल कात्तिकमा तत्कालीन नेकपा एमाले र माओवादीको गठबन्धनबाट पहिलो प्रदेश सरकार बनेको नौ महिनामै मन्त्रीमण्डल पुनर्गठन गरिएको थियो । हालका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी तत्कालीन समयमा सामाजिक विकासमन्त्री थिए । पार्टीको अनुशासनको कारबाहीमा परेपछि उनी मन्त्री पदबाट निष्कासित भएका हुन् । सोडारी निष्कासित भएपछि २०७५ कार्तिक २७ गते सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरी दोस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गरियो । सोही समयमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । तर, उनले कञ्चनपुरको एक क्याम्पसमा आर्थिक अनियमितताबारे अदालतमा उजुरी परेपछि राजीनामा दिए । ३ वर्षसम्म तत्कालीन नेकपाको दुई तिहाइ बहुमतको सरकार चल्यो । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र माओवादी केन्द्र पुनः ब्युँतियो । नेकपा विभाजनपछि तेस्रो पटक पुनर्गठन सर्वोच्च अदालतबाट तत्कालीन नेकपा खारेज भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए । फलतः सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रीमण्डल फेरबदल भयो । २०७८ जेठ १४ गते ४ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरि तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरियो भने एक जना मन्त्रीको मन्त्रालय हेरफेर गरियो । आर्थिक मामिला मन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी नियुक्त भइन् । शाह, सोडारी, जोशी र खड्का एमालेबाट तथा धामी माओवादीबाट मन्त्री बने ।     मन्त्रीमण्डल पुनर्गठनअघि सरकारमा सहभागी एमालेका ३ जना मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका प्रकाशबहादुर शाह मन्त्रीमण्डलमा दोहोरिए । शाहसँगै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिइन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा चुनकुमारी चौधरी, सामाजिक विकास मन्त्रालयमा मनाकुमारी साउद, आर्थिक मामिला मन्त्रालयमा अर्चना गहतराज र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भए । भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालय पहिले नै रिक्त थियो । नेकपाको विवादले २०७७ पुस १४ गते मुख्यमन्त्री भट्टले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका थिए भने आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा राजीनामा दिएर ओली पक्षमा लागेका थिए । एमाले विभाजनले चौधौं पटक मन्त्रिमण्डल पुनर्गठन नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी बनेपछि पनि त्यसको असर यहाँको प्रदेश सरकारमा पनि प¥यो । नेकपा एमालेमै रहेका तत्कालीन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि उनले पदबाट राजीनामा दिए । सोही क्रममा प्रदेश सरकारले चौथो पटक मन्त्रीमण्डल गठन गरेको थियो । २०७८ असोज १ गते आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरी चौथो पटक मन्त्रीमण्डल पुनर्गठन गरियोे । कांग्रेसको प्रवेशले पाँचौं पटक पुनर्गठन २०७७ पुस ५ गतेको राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने कदमले पनि यहाँको प्रदेश सरकारमा विचलन ल्यायो । सर्वोच्च अदालतको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवा ५ दलीय सत्ता गठबन्धनमार्फत प्रधानमन्त्री बने । फलतः सुदूरपश्चिम सरकारमा प्रतिपक्ष रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिँदा विश्वासको मत दियो । सरकारलाई विश्वासको मत दिए पनि कांग्रेस लामो समय सत्ता बाहिर रह्यो । २०७८ चैत २५ गते नेपाली कांग्रेस प्रदेश सरकारमा सम्मिलित भइ पाँचौं पटक मन्त्रीमण्डल पुनगर्ठन गरियो । कांग्रेसको तर्फबाट संसदीय दलका नेता डा. रण बहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भए । एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी पूर्णा जोशीलाई फिर्ता बोलाइयो । रावलसहित कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहरा सामाजिक विकास मन्त्री र सचेतक टेकबहादुर रैका राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यी दुवै मन्त्रालय पनि यसअघि एकीकृत समाजवादीले पाएको थियो । एकीकृत समाजवादीका ३ मन्त्रीलाई राजीनामा दिन लगाएर कांग्रेसकातर्फबाट मन्त्री नियुक्त गरिएको हो भने एकीकृत समाजवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश रावललाई नियुक्त गरियो । उनी यसअघि उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री भइसकेका थिए । यसैबीच आर्थिक मामिला तथा योजना राज्य मन्त्रीमा अमर साउद र भौतिक पूर्वाधार तथा योजना राज्य मन्त्रीमा कुलवीर चौधरी पनि नियुक्त गरिए । यसअघिका आर्थिक राज्यमन्त्री माया तामाङ बोहरा र भौतिक राज्यमन्त्री चुनकुमारी चौधरीलाई राजीनामा दिन लगाइयो । २५ जना मन्त्री भए : ३ दोहोरिए, २ निरन्तर २०७४ को निर्वाचनपछि प्रदेश सभामा ५३ जना प्रदेशसभा सदस्य थिए । माओवादी केन्द्रको कारवाहीमा तत्कालीन अर्थमन्त्री बोहराले पद गुमाएपछि हाल ५२ जनामात्रै छन् । ५ वर्षे कार्यावधि पुग्नै लाग्दा २५ जना प्रदेशसभा सदस्य मन्त्री भइसकेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमा नेकपा समाजवादीका नेता दीर्घबहादुर सोडारी र प्रकाश रावल, नेकपा एमालेका प्रकाश शाह दोहोरिएर मन्त्री भएका हुन् भने, मुख्यमन्त्री भट्ट र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता देवी चौधरी ५ वर्षे निरन्तर पदमा रहेर कार्यकाल बिताउनेमा पर्दछन् । राज्यमन्त्रीको मासिक खर्च करिब डेढ लाख सुरुमा ७ सदस्यीय मण्डल रहेको सुदूरपश्चिममा कार्यकाल सकिने समयसम्म हाल ११ सदस्यीय मन्त्रीमण्डल छ । दलभित्रको किचलो, राष्ट्रिय राजनीतिमा देखिने उतारचढावसँगै यहाँ मन्त्रीमण्डल पुनर्गठन र विस्तार हुँदै आएको घटनाक्रमले देखाउँछ । जुन घटनाक्रमले अन्ततः अर्थव्यवस्थामा असर पारेको देखाउँछ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक सुविधा सम्बन्धी ऐन २०७५ अनुसार राज्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार, मन्त्रीको मासिक पारिश्रमिक ६३ हजार र मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७१ हजार छ । सरकारले राज्यमन्त्रीदेखि मुख्यमन्त्रीलाई आवास, गाडी, इन्धन, अतिथि सत्कार, सचिवालय व्यवस्थापन, सञ्चार, बैठक भत्ता, बिजुली, धारा, फर्निचरको नाममा सुविधा दिन्छ । यसरी मन्त्री र मुख्यमन्त्रीको सेवा सुविधा त परैको कुरा, एक जना राज्यमन्त्रीको मात्रै मासिक पाउने सुविधालाई सालाखाला हिसाब गर्ने हो, भने मासिक डेड लाख रुपैयाँ बढी व्ययभार आउने देखाउँछ । यहाँ मुख्यमन्त्रीसहित ७ मन्त्री ४ राज्यमन्त्री छन् । तर प्रदेश सरकारको वार्षिक कार्यसम्पादन भने निकै नै कमजोर छ । आर्थिक वर्ष २०७८/२०७९ मा प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव ६१ प्रतिशतमात्रै छ । जसको ७१ दशमलव ७१ प्रतिशत चालु खर्च छ भने पुँजीगत खर्च जम्मा ६४ दशमलव २३ प्रतिशतमात्रै छ । साभार : रातोपाटी

रेशम चौधरीको रिहाइबारे  संसदमा  उपेन्द्र यादव र राजेन्द्र महतोको गर्जन  

रेशम चौधरीको रिहाइबारे  संसदमा  उपेन्द्र यादव र राजेन्द्र महतोको गर्जन  

९६८ दिन अगाडि

|

१ असोज २०७९

शनिबार सकिदै गरेको प्रतिनिधि सभाको अन्तिम बैठकमा रेशम चौधरी लगायतको रिहाइबारे जोडदार रुपले आवाज उठेको छ । जसपा अध्यक्ष राजेन्द्र महतो र लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले मधेस, थरुहट आन्दोलन टीकापुर घटना तथा रेशम चौधरी लगायतको रिहाइबारे आवाज उठाएका हुन् । ‘म त ५ वर्षदेखि मधेस, थरुहट आन्दोलन, टीकापुर घटना मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइबारे कराको कराई गर्छु तर कुरा सुनिएन,’ लोसपा वरिष्ठ नेता महतोले भने,‘अहिले सुन्दैछु, सरकारले टीकापुर घटना मुद्दा राजनीतिक भनेर फिर्ता लिने निर्णय गरेको छ ।’ गठबन्धनलाई पनि जित्न गाह्रो भएपछि हार्ने अवस्था आएपछि बल्ल सरकारले टीकापुर घटनालाई राजनीतिक मुद्दा मान्न तयार भएको महतोले आरोप लगाए । नेता महतोले टीकापुर घटनामा निकै पटक नौटंकी भएकाले रेशम चौधरी लगायत सबै खबरदारी अवस्थामा रहनुपर्ने जिकिर पनि गरे । ‘रेशमजीहरु, याद गर्नुहोस्, फेरि पनि गडवड हुन सक्छ । उहाँलाई त यही संसदमा उपस्थित गराउन सक्नु पथ्र्यो । मधेस, थरुहट आन्दोलनका निर्दोषलाई रिहाइ गर्न यथाशीघ्र कानुन बनाइयोस्, फेरि पनि धोखाधडी नहोस् ।’ नेता महतोले यो देश बाहुन, क्षेत्रीको मात्रै होइन, मधेसी, थारु लगायत सबैको हुनुपर्ने बताउँदै गोली हानेर बनाइएको संविधान सबैको हुन नसकेकाले संशोधन हुनुपर्ने जिकिर पनि गरे । अर्को संसदको प्रथम बैठकले नै कानुन संशोधन गरेर यस्तो गरोस्, उनको भनाइ थियो ।  लाल आयोगको प्रतिवेदन खै ? उता अध्यक्ष उपेन्द्र यादवले विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनका बन्दीहरुलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्दै भने, थरुहट आन्दोलनका रेशम चौधरी, मधेस आन्दोलनका विभिन्न व्यक्तिहरु कैदीबन्दी रहेको अवस्थामा भएकाले तिनको तत्काल रिहाइ हुनुपर्छ ।’ यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरे । ‘थरुहट, मधेस आन्दोलनका बेला सत्यतथ्य छानविन गर्न लाल आयोग गठन भएको थियो । लाल आयोगले प्रतिवेदनसमेत तयार पार्यो । तर त्यो प्रतिवेदन अहिलेसम्म किन के कारणले सार्वजनिक भएन ?’ यादवले प्रतिप्रश्न गरे । स्मरण रहोस्, भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको छ । तरसरकारको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन । थाकस अन्तर्गत रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मन्त्रीपरिषदको निर्णयको गृहमन्त्रालयको परिपत्रबारे आफूहरुलाई जानकारी आएको संयोजक रुक्मिणी चौधरीले बताएकी छिन् । आज असोज १ मा  प्रतिनिधि सभाको अन्त्य हुन थालेकाले मंसीर ४ पछिको नयाँ सरकारले मात्रै कानून संशोधन ल्याइ अध्यादेश मार्फत् प्रक्रिया अगाडि बढाएर टीकापुर घटना टुंग्याउने अवस्था देखिन्छ । 

भजनी नगरपालिकाको ३ हजार घर डुबानमा, पुगेन उद्धार टोली : कालुराम चौधरी बगेर वेपत्ता

भजनी नगरपालिकाको ३ हजार घर डुबानमा, पुगेन उद्धार टोली : कालुराम चौधरी बगेर वेपत्ता

९६८ दिन अगाडि

|

१ असोज २०७९

 कैलालीको अति नै बाढी प्रभावित भजनी नगरपालिका पूर्ण रुपमा डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको बाढीले नगरपालिकास्थित १ देखि ९ वटै वडा डुबानमा परेको हो । भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाकाको कुनै भाग पनि डुबानले नबचेको बताउँदै ३ हजार घरधुरी डुबानमा परेको जानकारी दिए । शुक्रबारदेखि सीमित स्रोत साधनका बाबजुट उद्धारमा खटिएको बताउँदै उनले शनिबारसम्म पनि बाढी घट्नुको साटो झन झन बढ्दै गएपछि नगरबासीलाई सुरक्षित स्थानमा उद्धार गर्न निकै कठिनाइ भएको सुनाए । उनले भने, ‘केही नाउ र एक वटा स्टिमरको भरमा उद्धारमा छौ । सबै वडामा उद्धारमा माग भइरहेकोले सबै निकायसँग गुहार गरिरहेका छौ । तर प्रभावकारी रुपमा सहयोगी हात नपुगेको अवस्था छ । उद्धारकै चरणमा रहेकोले गाँस, बासको अवस्थामा अझै पुग्न सकेका छैनौ । तर मैले सबै वडाहरुमा व्यवस्था गर्न निर्देशन दिएको छु ।’ त्यस्तै, भजनी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले २०४० सालमा आएको महाविनाशकारी बाढी भन्दा भयङ्कर बाढी रहेको बताए । भजनी नगरपालिकालाई नै तहसनहस पारेको बताउँदै उनले सबैसँग सहयोगको अपिल गरे । स्थानीय पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आएको बाढीले सो क्षेत्र वर्षेनि डुबानमा पर्दैआएको छ । गत वर्ष बाढी आउँदा भजनी नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो । यसैबीच भजनी नगरपालिका ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षाका सबै निकायलाई उच्च सतर्कतामा राखेर उद्धार कार्य भइरहेको बताए ।

कञ्चनपुरमा साढे २ सय बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

कञ्चनपुरमा साढे २ सय बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो

९६८ दिन अगाडि

|

१ असोज २०७९

अविरल वर्षा आएको बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार जिल्लाको कृष्णपुुर नगरपालिकाका ७०, लालझाँडी गाउँपालिकाका १५०, शुक्लफाँटा नगरपालिकाका ३० र बेलौरी नगरपालिकाको ८ घर डुबानमा परेको छ । यसैबीच बाढीले एक झोलुङ्गे पुल बगाएको छ । जिल्लाको शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने बनहरा नदीमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी नायव उपरीक्षक शाहले जनाए । पुल बगाएपछि  आवत जावत बन्द भएको छ । बनहरा नदीमा जलस्तर  बढिरहेको र तटिय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।