मुख्यमन्त्रीले शिलान्यास गरेको थारु राष्ट्रिय संग्रहालयः किन भत्कियो १२ घण्टा नपुग्दै 

मुख्यमन्त्रीले शिलान्यास गरेको थारु राष्ट्रिय संग्रहालयः किन भत्कियो १२ घण्टा नपुग्दै 

९७० दिन अगाडि

|

३० भदौ २०७९

जब रामप्रसाद चौधरीको कुशको लाश बनाएर सद्गत गरियो...

जब रामप्रसाद चौधरीको कुशको लाश बनाएर सद्गत गरियो...

९७१ दिन अगाडि

|

३० भदौ २०७९

कुशको बाबु बनायो, कुशकै आमा बनायो मन्त्र पढायो, अभिषेक चढायो  मान्यो, वर्षौ अघि घरबाट निस्किगएका, ती उसकै साक्षात बाआमा हुन् कुशको बुख्याचामा प्राण भरेर  भूत भएका बाआमालाई फेरि मार्नु छ सद्गत गर्नु छ, श्राद्ध गर्नु छ, पिण्ड दिनु छ, तर्पण चढाउनु छ, वैतरणी तरउनु छ र स्वर्ग पठाउनु छ ।  आख्यानकार रामलाल जोशीका बाआमा आख्यानबाट लिइएको यी कविताका पंक्तिझैं रामप्रसाद चौधरीका छोरीहरुको अवस्था थियो भदौ २७ गते । बर्दियाको बारबर्दिया नगरपालिका–५, मगरागाडी गाउँका दुई दशकदेखि बेपत्ता शिक्षक रामप्रसाद चौधरी अब नआउने ठानेर उनका छोरीहरुले कुशको बाबु बनाइ सोमबार अन्त्येष्टि गरे । उनका परिवारका अनुसार बेपत्ता शिक्षक चौधरीलाई तत्कालीन शाही नेपाली सेनाले बीस वर्ष अघि बेपत्ता बनाएका थिए । बीस वर्षसम्म पनि नफर्किएपछि मृतक ठानी सोमबार उनको कुशको शव बनाई अन्त्येष्टि गरिएको हो । शिक्षक रामप्रसादको खोजी गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले उल्टो सहिद भयो भन्दै १० लाख रुपैयाँ थमाइदिएको परिवारको आरोप छ । अब तिम्रो श्रीमान कुनै पनि हालतमा घर नफर्किने कुरामा विश्वास गर्न परिवारले दबाब दिएका कारण अन्तिम काजकिरिया गरेको श्रीमती संगीता चौधरी सुनाउँछिन् ।  २०५९ साल भदौ १७ गते घरमै सुतिरहेका रामप्रसादलाई नेपाली सेनाको टोलीले पक्राउ गरेर लगेको थियो । रामप्रसाद गाउँमै रहेको बाल शिक्षा कक्षा पढाउने शिक्षक थिए  । सोमबार अन्त्येष्टि गरिएका रामप्रसादका तीन छोरीहरू थारु संस्कारअनुसार बाबुको काजकिरियामा बसेका छन् ।  द्वन्द्वकालमा सबैभन्दा बढी बर्दियाबाट वेपत्ता पारिएका छन्, जो प्रायः थारु समुदायका छन् । सबै तस्विरः भागीराम चौधरी

थाकस दाङ जिल्ला अधिवशेन  पुसमा हुँदै

थाकस दाङ जिल्ला अधिवशेन  पुसमा हुँदै

९७१ दिन अगाडि

|

२९ भदौ २०७९

थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।  त्यसै गरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका सचिव प्रकाश चौधरीले जनाए ।  यसै गरी बैठकमा असोज १३ गते डस्या मिलन कार्यक्रम,  थारु कल्याणकारिणी सभाको बर्षिक स्मारिका प्रकाशन गर्ने  निर्णय पनि गरिएको सभाका सचिव चौधरीले जानकारी दिए  ।  स्मारिकाको लागि भुवन चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा सन्तोष दहित, सदस्य प्रकाश चौधरी, रामपति चौधरी, दिपक चौधरी, नगेन्द्र चौधरी र सविता चौधरी सदस्य रहेका छन् ।  त्यसै गरी आगामी मंसिर ४ गते हुने  प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि  दाङबाट  प्रत्यक्ष तथा समानुपातिक सदस्यको लागि नाम सिफारिस भएका थारु नेताहरुलाई बधाई तथा शुभकामना दिने निर्णय भएको थाकस सचिव चौधरीले जानकारी दिए ।   थाकस दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरीको  बर्का पहुनाइमा सम्पन्न भएको थियो । केन्द्रीय अधिवेशनका लागि केन्द्रले भने कुनै मिति तय गरेको छैन ।

कैलालीमा सत्तारुढ गठबन्धनले यसरी गर्दैछ भागबण्डा ?

कैलालीमा सत्तारुढ गठबन्धनले यसरी गर्दैछ भागबण्डा ?

९७१ दिन अगाडि

|

२९ भदौ २०७९

नागरिक उन्मुक्ति पार्टीले कैलालीका ५ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सबै क्षेत्रमा आफ्नो विजयीको झण्डा फहराउने दावी गर्दै आएकोमा सत्तारुढ गठबन्धन भागबण्डाको नजिक पुगेको समाचार छ ।  यसै क्रममा कैलालीमा काँग्रेस र माओवादी केन्द्रले २÷२ र नेकपा एकीकृत समाजवादीले एक सिट लिने गरी सहमतिको नजिक पुगेको बताइएको छ ।  तर नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको मत परिणामअनुसार अन्य दलको माग तथ्यगत नरहेकाले दाबी नपुग्ने बताउँदै आएको छ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी ‘उत्सव’का अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ र ५ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ माओवादी केन्द्र र क्षेत्र नं ४ समाजवादीले लिने गरी बाँडफाँटमा सहमतिको प्रयास भइरहेको छ ।  यद्यपि नेपाली काँग्रेसले क्षेत्र नं ३ सहित ३ वटा निर्वाचन क्षेत्र पाउनुपर्ने अडान राखेको बताइएको छ । त्यस्तै, प्रदेशसभातर्फ पाँच वटामा माओवादी केन्द्रको अडान छ । कञ्चनपुर लगायत अन्य जिल्लामा के छ ? उता तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ एक र प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ र ३ को १÷१ वटा प्रदेशसभा सिट पाउनुपर्ने माओवादी केन्द्रको माग छ ।  डोटी, डडेल्धुरा, दार्चुलामा १÷१ वटा, अछाममा २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र र बैतडीमा एउटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र पाउनुपर्ने माग माओवादी केन्द्रको छ । अध्यक्ष चौधरीले २०७४ को निर्वाचनअनुसार आफूहरुको सो माग राखेको बताए । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँड पेचिलो बनेको बेला सुदूरपश्चिम प्रदेशमा भने सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।  २०७४ को निर्वाचनमा जसले जहाँ जितेको थियो, त्यही निर्वाचन क्षेत्र पाउने तथा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम, नेकपा एमालेले जितेको निर्वाचन क्षेत्र बाँडफाँट गर्ने र शीर्ष तथा जनाधार बलियो भएका नेताहरुलाई प्राथमिकतामा राख्ने मोडालिटीका आधारमा भागबण्डाको प्रयास जारी रहेको बताइएको छ । १६ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४÷४ सिट मागेको बताइएको छ । सुदूरपश्चिमको ३२ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले १२, समाजवादीले १० पाउनुपर्ने अडान लिएका छन् । उता नेकपा एकीकृत समाजवादीका नेता एवं सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले प्रदेशमा आफूहरुको प्रदेशसभा सदस्यहरुको संख्याको आधारमा प्रतिनिधिसभातर्फ ४ वटा र प्रदेशसभातर्फ १० वटा सिट माग राखेको बताए । तर नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले स्थानीय तह निर्वाचनको मतपरिणामलाई सबैलाई स्वीकारेर जानुपर्ने बताउँदै सिट बाँडफाँटको टुङ्गो केन्द्रबाटै हुने प्रष्ट्याए ।

वागमती प्रदेशभित्र नेवार तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने

वागमती प्रदेशभित्र नेवार तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने

९७३ दिन अगाडि

|

२७ भदौ २०७९

वागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार भदौ २७ गते बसेको बैठकले वागमती प्रदेशभित्र नेवार (नेपाल) तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।  प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मुक्तानले नेवार समुदायको नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाइन् ।  वागमती प्रदेशमा करिब १८ प्रतिशतले तामाङ तथा १२ प्रतिशतले नेवार बोल्ने गरेका छन् ।  भाषा आयोगको प्रतिवेदनमा वागमतीसहित देशका सातै प्रदेशमा नेपालीबाहेकका ११ वटा भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरिएको आयोगका सदस्य अमृत योञ्जन तामाङले जनाए । सोही सिफारिश अनुसार वागमतीमा तामाङ तथा नेवार दुई भाषा लागु गर्न थालिएको हो ।  लुम्विनी तथा सुदूरपश्चिममा थारु भाषा लागु गर्न भाषा आयोगले सिफारिस गरे पनि यी दुवै प्रदेशले कुनै ठोस निर्णय गरेका छैनन् ।   

बर्दियाका लालबहादुर र अस्मिता भए मिस्टर एण्ड मिस थारू

बर्दियाका लालबहादुर र अस्मिता भए मिस्टर एण्ड मिस थारू

९७४ दिन अगाडि

|

२६ भदौ २०७९

                                                                                                                                तस्विरः रजनीकान्त जसराज ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् ।  शनिबार काठमाडौँमा आयोजित ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई उचिछन्त्दै चौधरीले मिस थारुको उपाधि चजत्दा १५ प्रतिस्पर्धीलाई पछि पार्दै रत्गैयाले मिस्टर थारुको उपाधि हात पारे । दुबै विजेताले नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरे । जह इन्टरटेनेमन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा  मिस थारुतर्फ चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप र  सप्तरीकी सदीक्षा चौधरी सेकेण्ड रनरअप भए । दुबैले क्रममा ३० र २० हजार, क्राउनलगायत अन्य उपहार प्राप्त गरे । त्यसैगरी मिस्टर थारु तर्फ सप्तरीका रोशन चौधरी फस्ट रनरअप र  पर्साका लीलानाथ प्रसाद थारु सेकेण्ड भए । ती दुबैले पनि क्रमश ३० र २० हजार नगद र अन्य उपहार पाए ।  विभिन्न अवार्डहसमेत प्रदान गरिएको कार्यक्रममा मिस थारुतर्फ ट्यालेन्ट सोनु महतो, पर्सनालिटी रञ्जु चौधरी, बेस्ट वाक बिना धमला थारु, कल्चर रिप्रिजेन्टिटिभ सुष्मा कुमारी चौधरी, डिसिप्लिन केनिशा चौधरी, फोटोजेनिक रेनुका चौधरी घोषित भए ।  त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट असिम थारु, पर्सनालिटी लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ आशिष थारु, डिसिप्लिन हेमन्त चौधरी, फोटोजेनिक लिलानाथ प्रसाद थारु र पब्लिक च्वाईस राजीव चौधरीले पाए । थारु कला, संस्कृति प्रवद्र्धन गर्ने हेतुले जह इन्टरटेनेमन्ट प्रा।लिले  कार्यक्रम आयोजना गरेको जनाएको छ।  प्रत्येक वर्ष मिस एन्ड मिस्टर थारु प्रतियोगिता भए पनि कार्यक्रमपछि यी सेलिब्रिटी केही समयपछि गुमनाम हुने गरेका छन् । पूर्व मिस्टर थारु चन्दन चौधरी गत स्थानीय चुनावमा लहान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार थिए । तर निकै थोरै मत ल्याएका थिए ।  

टीकापुरमा थारु व्यापारी एकजुटः गठन भयो थारु ब्यापार समाज

टीकापुरमा थारु व्यापारी एकजुटः गठन भयो थारु ब्यापार समाज

९७५ दिन अगाडि

|

२५ भदौ २०७९

                                                                                                                                      तस्विरः केवालाल चौधरी टीकापुरमा शनिबार भएको थारु ब्यापारीहरुको भेलाले थारु ब्यापार समाज गठन गरेको छ । भेलाबाट रामप्रसाद चौधरीको  अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । रामप्रसाद रत्गैया झोला उद्योगको संचालक हुन् ।  त्यस्तै, समाजको उपाध्यक्षमा किसन चौधरी, सचिव रामसिंह चौधरी, कोषाध्यक्ष अमर चौधरी रहेका छन् । सदस्यहरुमा पार्वती चौधरी, लालबहादुर चौधरी, जितबहादुर चौधरी, दीपेन्द्र चौधरी र बहबहादुर चौधरी रहेका छन् । २०७२ भदौ ८ गते टीकापुर बजारका थारु व्यापारीहरुको घर, पसल छानी छानी आगजनी गरिएको थियो । त्यसबेला टीकापुर उद्योग वाणिज्य संघ नेतृत्वले आफूहरुको क्षतिपूर्तिबारे कुनै पहल नगरेको भनेर थारु व्यापारीहरु रुष्ट थिए । त्यसैबेला थारु व्यापारीहरुको छुट्टै संघ बनेको थियो तर यो संगठन खासै सक्रिय हुन सकेन । अहिले पुनः थारु व्यापारीहरुको संगठनलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।