कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

५०६ दिन अगाडि

|

७ पुष २०८०

पुस १७ देखि भादा होमस्टेमा महोत्सव हुँदै

पुस १७ देखि भादा होमस्टेमा महोत्सव हुँदै

५०८ दिन अगाडि

|

६ पुष २०८०

थारू होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ गतेदेखि महोत्सवको आयोजना हुने भएको छ। स्मरण रहोस्, धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादामा सन् २०११ देखि नै अंग्रेजी वर्षको पहिलो साता महोत्सव आयोजना हुँदै आएको छ। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारू कला, संस्कृति, खानपानको प्रवर्धनको लागि महोत्सव आयोजना हुँदै आएको हो। स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी नाचलगायत प्रदर्शन गरिन्छ । त्यस्तै, थारुमौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीको भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवा लगायतको रक्सी र जाँडको झोललगायतको बिक्री वितरण हुन्छ। पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ  ।

थाविस मवक्या  दाङको अध्यक्षमा अनिल चौधरी चयन

थाविस मवक्या दाङको अध्यक्षमा अनिल चौधरी चयन

५०९ दिन अगाडि

|

५ पुष २०८०

महेन्द्र बहुमुखी क्याम्पस दाङमा लामो समयदेखि नेतृत्वबिहीन थारु विद्यार्थी समाजले नेतृत्व पाएको छ । अनिल चौधरीको संयोजकत्वमा पुस ४ गते ५१ सदस्यीय मुल कमिटि गठन गरिएको छ । थारु कल्याणकारिणी सभाका दाङ जिल्ला अध्यक्ष अशोक चौधरीका अनुसार यो कमिटिले आगामी दिनमा बृहत् भेलाको आयोजना अधिवेशन गराउने छ ।  थाविस महेन्द्र बहुमुखी क्याम्पस दाङ ईकाई सक्रिय हुन नसक्दा यसको मुखपत्र हमार पहुरा पनि लामो समयदेखि प्रकाशन हुन सकेको छैन । थाविस मबक्या दाङ ईकाई २०४७ सालमा गठन भएको थियो । थारु विद्यार्थी समाज केन्द्र पनि लामो समयदेखि निस्क्रिय देखिएको छ । यसले नेतृत्वमा थारु युवाको अभाव खड्काएको छ ।  

चीनमा भूकम्प जाँदा सय भन्दा बढीको मृत्यु

चीनमा भूकम्प जाँदा सय भन्दा बढीको मृत्यु

५११ दिन अगाडि

|

३ पुष २०८०

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते  भएका  छन् । नेपाली समयअनुसार  पुस ३ गते बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

५१६ दिन अगाडि

|

२७ मंसिर २०८०

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।  महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मंसिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए । महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । अटेर गर्नेलाई कारबाही गरिने काठमाडौँ महानगरले जनाएको छ ।

अधिकृत पदमा लोकसेवाले खुलायो विज्ञापन

अधिकृत पदमा लोकसेवाले खुलायो विज्ञापन

५१६ दिन अगाडि

|

२७ मंसिर २०८०

२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ । आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो । १७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ । २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

५१६ दिन अगाडि

|

२७ मंसिर २०८०

पर्सा । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।    पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उनले बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा सिंहले बताए । रासस