सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

२६ दिन अगाडि

|

४ वैशाख २०८२

लवका वरिस, जुरशीतल आ बरका मेला

लवका वरिस, जुरशीतल आ बरका मेला

२९ दिन अगाडि

|

१ वैशाख २०८२

मुना चौधरी लवका वरिसमे चैतके निन्हलाहा वैशाख १ गतेअर्थात् लवका वरिसके दिन खाइछै । चैतके अन्तिम दिन बरी, कचरी, पकौरी, बैगनी, चप, पियाजी बनाइछै । या फोफी फुलाइछै । सजुवाइन, अलहु, परोरके तरूवा तरैछै तेलपौर रोटी, दाइल बला रोटी, खिर, पुरी,  ठकुवा या जिलेबि बनाइछै । साझतकमे मर मेजवानसब झरैले लागैछै ।  लवका वरिसमे आफन्त सब एक दोसरके घर मेजवानी जाइछै  । मर मेजवानसब आबैछै तेकरवाद मर मरमेजवान या घरवैसा मिलके खाना खाइछै या पुरनका सालके बिदाह करैछै। बिहानके के परोसिया या आफन्तसब  येक दोसरसे  लवका वरिसके शुभकामना आदानप्रदान करैछै । तेकरबाद जलखैमे चैतके निन्हलाहा तरूवा बगहरूवा या तेलपौर रोटी खाइछै । येकरे कहैछै चैतके निन्हलाहा वैशाखमे खेनाइ । बिहाने घरघरमे छगरा, खसी काटैछै । भातमे बास्मती चौरके भात, खसीके मौस, रहाइरके दाइल, अलहुके सनुवा या तरू वावगहरूवा, बरी कचरी खाइछै  । मर मेजवान या घरवैसासब मिलके मासु भात ख्याके सिरहा जिल्लाके लहान भोटियाटोलके सलहेश फुलवाइर मेला देखैले जाइछै । आइ मेलाके फुलवारी मेला सोहो कहैछै। सलहेश फुलवाइरके गहवर अगारीके गाछमे चैत मैहनाके अन्तिम दिन फुलके कोपिला टुसाइछै या वैशाख १ गते फुल फुलैछै । यहया जादुमय फुल या मेला  देखैले नेपालभितरके या भारतीय दर्शनार्थीसब आबैछै । यी मेला दुई दिन लागैछै । चैत मैहनाके अन्तिम दिन लागैवला मेलाके कनकि मेला कहैछै । वैशाख १ गते लागैवला मेलाके बरका मेला कहै छै । यहै दिन मणिक दह, पताइर पोखैर, सिरहा बजार, कमल दहमे या गाम गाममे मेला लागै छै । मेला देखके आबैछै तेकरबाद । गाममे राइतभोइर नाच हैछै । गामके सबकोइ राइतभोइर जाग्राम रैहके नाच देखके लवका वरिस मनाइछै । बिहानके घरके बुज्रुक सब आपन शाखा सन्तानके मुरीमे जुर पाइन द्याके सैब दिन शान्त या शीलत रहे कैहके आशिर्वाद दैछै । बुज्रुकसबके टाङमे जुर पाइन द्याके गोर लागैत शाखा सन्तान सब बुज्रुकसबसे आशिर्वाद थापै छै । येकरे कहै छै जुरशीतल । वैशाख २ गते  लहान न. पा.  मे  पकडियागढ मेला लागैछै । लवका वरिसके दोसर दिन सक कोइ पकडियागढ मेला देखैले जाइछै  । तेकरवाद वैशाख मैहनाभोइर सप्तरी जिल्लामे शम्भुनाथ मेला लागै छै । मैहना भोइर मेला देखके  या आफन्त सबके भेटके तराईबासीसब लवका वरिस मनाइछै । यहाँ सब लवका वरिस कनङ्खे मनाइचियै ? प्रतिक्रियामे कहु ।

मदहा गाउँ

मदहा गाउँ

३४ दिन अगाडि

|

२६ चैत २०८१

                                                                                                                                                                                स्केचः देव कोइमी चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुुडेको गाडीले कोहलपुुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुुग्यो। बाँसगढी बजारस्थित रेडियो गुुर्वावा एफएममा छिरेँ। ‘प्रसारण अफ’ समय भएर हो कि कार्यालय सुुनसान थियो। केही बेरमा प्राविधिक लक्ष्मणदास पछलडंग्या र स्टेसन म्यानेजर पुुष्पा चौधरी आइपुुगे। आफू थारू लोककथाको खोजीमा आएको बताएपछि पुुष्पाले भनिन्, ‘यहाँबाट दुुई किमी पूर्व दक्षिण हाउपुुर गाउँमा लौवा थारूले रेडियोमा लोककथा सुुनाउँछुु भनेर खबर पठाएका थिए तर बेफुुर्सदीले हामी जान सकेका छैनौं। तपाईं ठीक समयमा आउनुुभएको छ। पहिला त्यतै जाने कि ? ’ पुुष्पाको जानकारीले के खोज्छस् कानो आँखोझैं भयो। रेडियो गुुर्वावाका कार्यालय सहायक रामकृष्ण चौधरीले साइकलको व्यवस्था गरिदिए र गाउँ घुुमाउन आफ्नो भाइलाई पनि साथ लगाइदिए। गर्मीले त्यसै पनि हप्हपी थियो। त्यसमाथि साइकलमा डबल सवारी, मलाई एक मन साइकल हाँक्ने भाइमाथि दया लाग्यो। हौवा थारूले यो बस्ती बसालेकाले उनकै नामबाट गाउँको नाम हाउपुुर भएको रहेछ। विद्युुत् प्राधिकरणमा काम गर्ने परशुु चौधरीको छिमेकी रहेका कथावाचक लौवाको घर खोज्न हामीले पहिले परशुुको घर सोध्यौं। बर्का टोलमा पसेका हामी उनको घर दैलेखी टोलमा रहेको थाहा पाएपछि फेरि आएकै बाटो फर्कियौं। परशुुको घर पत्ता लाग्यो। त्यही घर छेउमा एक बूढा व्यक्ति लामो डोरी तन्काएर, डोरी चिल्लो, नरम बनाउन घाममा उभिएर बुुढ्यौली पाखुुरा अँठ्याउँदै थिए। मैले थारू भाषामै सोधेँ, ‘लौवा थारूक् घर इहे हो ? ’ उनले जवाफ दिए, ‘को लौवा ? ’ परशुुले हामीलाई कथा सुुन्न पठाएको भनेपछि तिनी खिसिक्क हाँसे अनि कथा वाचन गर्ने पात्र आफू नै भएको जनाउँदै उनले भने, ‘मने मोर नाउँ टो लौवा नाही, जौवा हो।’ हामीले उनको नाम गलत भनेकोमा तुुरुन्त माफी माग्यो। तिनले आफ्नो नाम जौवा भन्दा न्वारनमा मेरो सहोदर दाइ ऋषिराज चौधरीको नाम पनि जौवा रहेको स्मरण भयो। पाँच दशकपहिले दाइ जन्मिँदा हाम्रो घरमा भोकमरी थियो। खानलाई एक गेडा चामल थिएन। थारू समुुदायमा नवजात शिशुुलाई चामलमाथि सुुताउँछन् तर चामल नहुुँदा दाइलाई जौमाथि सुुताइयो र न्वारनको नाउँ भयो, जौवा। स्कुुल पढ्न थाल्दा उहाँको नाम फेरियो। तर, यी बूढा जौवाको नाउँको कहानी के रहेछ, मैले त्यो भने कोट्याइनँ। जौवाले धाराप्रवाह ढंगले कथा वाचन थाले। कथा सुुन्न गाउँका केटाकेटी, छिमेकी ओइरिए। बूढाले कथा सुुनाउन थालेको थाहा पाएपछि जौवाकी श्रीमती पनि कान थाप्न आइपुुगिन्। जौवाको कथा भन्ने शैली चाखलाग्दो थियो। सुुरुमा उनले ‘धर्मी राजा’ नामक कथा सुुनाए। ‘पशुुसँग हुुर्कने राजकुुमार’ अनि अन्तमा बोक्सीसँग सम्बन्धित अर्को कथा। उनले अरू कथा पनि सुुनाउँदा हुुन्। तर, उनकी श्रीमतीले काममा बियाँलो देखेर छेकिन्, ‘अब पुुग्यो होला। अरूसँग पनि लिनुुहुुन्छ होला नि।’ जौवाले पनि मेरो काम छ भन्दै कथा भन्न आनकानी गरे। त्यसपछि मैले पनि अन्य कुुरा गर्नमै कल्याण ठानेँ। पूर्वमा बाँकेको खैरी खोला तथा पश्चिम कर्णाली चिसापानी पुुलसम्म मात्र जौवाको ६७ वर्षे घुुमाइ रहेछ अझसम्म। उनी देशौरी लवज बोल्दा रहेछन् जसलाई बाँके, बर्दियाको पुुरानो थारू बासिन्दा मानिन्छ। दाङबाट गएका डंगौरा थारूलाई त्यहाँ पछिबाट आएको मानिन्छ। तर, अचम्म उनले आफूहरू दाङबाटै बसाइँ सरेर आएको जानकारी दिए। छिमेकीहरू देशौरी हुुँदा डंगौरा भाषा सट्टा देशौरीमै रमाउन थालेको उनले जनाए। त्यसो त बोलीमा मात्रै होइन, डंगौरा र देशौरी थारूहरूको पहिरनसमेत फरक छ। जौवालाई धन्यवाद दिँदै मैले कुुनै दिन मिझ्नीको व्यवस्थासहित रात बस्न तपाईंको घरमा आऊँला र भएभरको कथा सुुनौंला भनेँ। उनले मीठो हाँसोमा साथ दिए, ‘ओहो मिझ्नी (बिजुुली पानी)को कुुरा गरेर, मेरो मनकै कुुरा छिन्नुु भो। ल ल हजुुरलाई जुुन दिन पनि मेरो घरमा स्वागत छ।’ महेन्द्र राजमार्गको उत्तरतिर साइकल सोझ्याए सहकर्मी भाइले। लक्ष्मणपुुर गाउँ छिचोल्दै हामी मदहा गाउँ आइपुुगेका थियौं। मदहा गाउँमा अवस्थित पञ्चायत रजत जयन्ती प्राविको साइनबोर्डले ध्यानाकर्षण गर्‍यो। पञ्चायती व्यवस्थाको पतनपछि धेरै कुुरा फेरिए तर यो विद्यालयको नाम किन नफेरिएको होला ? यस्तै सोच्दै विद्यालयको नामले एक मन हाँसो पनि उठ्यो। गाउँको चोकमा एक हूल युुवा थिए। हामीले तिनीहरूसँग बरघर (गाउँको अगुुवा)को घर सोध्यौं तर बरघरको घर बताउनुुसट्टा तिनीहरूले हाम्रो घर र आउनुु उद्देश्य पो केरकार शैलीमा सोध्न थाले। धेरै मद (रक्सी) पिउनेलाई थारू भाषामा मदहा भनिन्छ। मदहा गाउँका ती युुवकहरूको व्यवहार साँच्चिकै मदहाझैं थियो। त्यही बेला आकाशबाट अचानक पानी यति जोडले दर्कियो कि छेउको घुुम्ती पसलमा हामी ओत लाग्न बाध्य भयौं। पानी दर्किएर युुवा पनि तितरबितर भए, मन भित्रीबाहिरी दुुवै तहले शीतल भयौं। हामी ओत लाग्न पुुगेको पसले अधबैंसे थिए। मैले मदहा गाउँको कहानी सोध्दा पसले विपतराम चौधरीले रोचक प्रसंग निकाले। निकै समयपहिले गाउँमा एक चोर पसेको थियो। गाउँलेले थाहा पाएपछि लखेट्न थाले। चोर पक्राउ पनि पर्‍यो र पक्राउ परेको ठाउँमा नै उसलाई के गर्ने भनेर बैठक बस्यो। गाउँभरिका गरढुुरिया (घरमूली) बैठकमा अनिवार्य जानुुपर्ने भयो। गाउँकी एक महिलाको श्रीमान बाहिर गएकाले बैठकमा जानुुपर्ने भएछ। तिनी मद (रक्सी) बनाउने तरखरमा थिइन्। समयमा रक्सी नपारे कच्चा सामग्री बिग्रिने अवस्थामा थियो। त्यसैले उनले जुुक्ति लगाइन्, बैठकस्थलमै मद (रक्सी) बनाउने र बैठकमा भाग पनि लिने। त्यसै बेलादेखि यो गाउँको नाम मदहा पर्न गयो रे। दायाँ गालामा निकैै ठूलो डल्लो बोकेका एक बूढा व्यक्ति थिए पसलमा, जो आफ्नो गालाको डल्लो गम्छाले लुुकाउने घरिघरि असफल प्रयास गर्थे। तिनले पसलेसँग कैलालीको भजनीमा भगवान् निस्केकोबारे कुुरा गर्न थालेछन्। पसले आफू पनि ती कथित थारू युुवा जो ६÷७ महिनादेखि भगवान्को रूपमा पुुजिँदै छन्, को दर्शन गरेर आएका रहेछन्। सुुर्ती किन्न आउने एक युुवकले भोलि आफूहरूको टोली बस रिजर्व गरेर भगवान् हेर्न जाने बतायो। पसलेले भने, ‘मैले त देखिनँ तर धेरैले भनेको सुुनेँ, त्यो भगवान्को घर वरिपरि भएको रूखको प्रत्येक पातमा शिव पार्वती देखिन्छन् रे।’ मलाई ती कथित भगवान्को कथा सुुन्नुुभन्दा पनि लोककथा सुुन्नुु थियो। पसलेले जानकारी दिए, ‘तपाईंहरू आएकै बाटो फर्किनुुस्, पहिलो मोडमा नयाँ कुुटी बनेको छ, त्यहाँ एक साधुु बस्छन्। तिनले हजुुरहरूको इच्छा पूरा गर्नेछन्।’ पानी परेर दाइँ गरेको गहुुँ ठाँटबाँट लगाएर आएका साधुु भिजेको मुुसाझंै डल्लो परेर बसेका थिए। निकै बेरको आग्रहपछि तिनले कथा सुुनाउन थाले। तर, तिनले सुुदामा र कृष्ण मीत भएको कथा तथा अर्को अकबर र वीरबलको खिचडीको कथा सुुनाए, जो धेरै पत्रपत्रिकामा मैले पहिल्यै पढिसकेको, सुुनिसकेको कथा थियो। थारू लोककथा सुुन्न आतुुर मलाई ती कथाप्रति चासो थिएन, तैपनि धैर्य गरेर सुुनेँ। सहकर्मी भाइले गाउँका एक अन्धा युुवकसँग पनि कथाको भण्डार भएको जानकारी दिएपछि साइकलको हेन्डिल त्यतै मोडियो। २३ वर्षे यी युुवा कक्षा २ मा पढ्दापढ्दै आँखा पाकेर बिग्रिएपछि दृष्टिविहीन भएका रहेछन्। त्यसपछि दुुःखैदुुःखको भुुमरीमा परेका यी युुवाको नाम भने सुुखराम चौधरी रहेछ। यिनले रेडियो गुुर्वावामा प्रत्येक बुुधबार साँझ थारू भाषामा फुुलरिया कार्यक्रम अर्को सहकर्मीका साथ चलाउँदा रहेछन्, जसमा लोककथा नियमित वाचन गरिँदो रहेछ। उनले भने, ‘अझैसम्म सानोमा बाबाले सुुनाएका कथा सम्झिएर पस्किरहेको छुु। अब त बा कथा सुुनाउनुुस् भन्दा पनि लाज लाग्छ।’ हामीले कथा सुुनाउन भन्दा उनी त साँच्चिकै तरुनीझैं धेरै बेरसम्म लजाए। ‘सर त्यति टाढा काठमाडौंबाट आउनुुभएको छ, भन्दे न त एउटा कथा’, सुुखरामका बाबा रतानुुले भने। पछि उनले बाल मनोविज्ञानसम्बन्धी एउटा लामै कथा सुुनाए। उनको कथा सुुन्दासुुन्दै झमक्कै साँझ पर्‍यो। र, हामी बास बस्ने गन्तव्यमा लाग्यौं। कुुनै कथावाचकको घर रात बस्ने साइत जुुराउन सकिएन, होइन भने धेरै लोककथा बटुुलिँदो हो। त्यसपछि बर्दियाका धेरै गाउँमा साता दिन चक्कर लगाउँदा पनि जौवा थारू, सुुखराम चौधरीजस्तो कथा वाचक फेला परेनन्। कथाको खोजीले अझ गहिराइ पाउने थियो होला तर द्वन्द्वपीडित समितिको अनिश्चितकालीन बर्दिया बन्दको घोषणाले यात्रा थाती राख्नुुपर्‍यो। २०६५ सालमा गरिएको यो यात्राबाट फर्किंदा म घोरिएँ। लोककथा संकलन गर्ने क्रममा सुुुुनेभोगेका प्रसंग दस्तावेजीकरण गरिए यी पनि कुुनै दिन लोककथाझैं महत्व बोक्ने हुुन सक्छन् कि ? साभारः अन्नपूर्ण, फुर्सद, जेठ १९, २०७५ । शीर्षक परिवर्तन गरिएको ।

लम्कीचुहा पालिकाभर “चिरैं” पर्व एकसाथ सँगै मनाइने 

लम्कीचुहा पालिकाभर “चिरैं” पर्व एकसाथ सँगै मनाइने 

४४ दिन अगाडि

|

१७ चैत २०८१

कैलालीको लम्कीचुहा नगरपालिकामा “चिरैं” पर्व एकसाथ सँगसँगै मनाइने भएको छ । चैत्र शुक्ल पक्षमा मनाइने “चिरैं” पर्व पालिकाका सबै थारु गाउँमा चैत्र १९ गते मनाउने भनी बरघर भलमन्सा समितिले निर्णय गरिएको बरघर भलमन्सा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् ।  “चिरैं” पर्व एकै दिन सँगै मनाउनुको औचित्यबारे प्रष्ट पार्दै संयोजक अध्यक्ष दशराम थारु भन्छन्, ‘ अहिले किसानहरु काममा व्यस्त छन् । शुक्ल पक्षभरी पर्व मनाउँदा काममा लागेकाहरुलाई डिस्टर्ब हुन्छ । त्यसैगरी अलग अलग दिन पर्व मनाउँदा विद्यार्थीहरुको पढाईमा पनि असर पर्छ । समुदायको एकता एकरुपतामा पनि प्रश्न उठ्छ । त्यसैले एकै दिन सँगै मनाउने निर्णय गरेको हौं ।’ स्मरण रहोस्, लम्कीचुहा नगरपालिकामा गएको बर्ष पनि सबै गाउँले यो पर्व सँगै मनाएको थियो ।  “चिरैं” पर्वलार्ई थारु समुदायमा ‘कन्या स्वतन्त्रताको पर्व’ को रुपमा लिइन्छ । तर पर्वमा सहभागी हुन महिलाहरुलाई कुनै बन्देज छैन । “चिरैं” कन्या स्वतन्त्रताको पर्व भएको हुँदा यस दिन चेलीबेटी, छोरीहरुलाई खुशी राख्नुपर्ने थारु समुदायका हरेक अभिभावक आफ्नो कर्तब्य ठान्दछन् । भोकै नरहून् भनी आमा, बज्यैहरु दिउँसोको नास्ता बोकी चेलीबेटीहरुलाई दिन पनि जान्छन् ।  “चिरैं” पर्वमा केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । खाना खाई गाउँ भन्दा बाहिर बगिया (फलफूलको बगैंचा), बरपिपल वा कुनै रुखबरीख भएको ठाउँमा भेला हुन्छन् । गुरुवाले पुजा गरिसकेपछि केटीहरु आफूलाई मन परेको खेल (तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि) खेल्दछन् । उनीहरु चरा झैं स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वेच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आम मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ (बढोत्तरी हुन्छ) भन्ने मान्यता छ ।  यो पर्वमा ७ देवी (दुर्गा, काली, मरी, घोटैली, मैया, डहरचण्डी, बनसप्ती) को पूजा हुन्छ । देवीलाई श्रृङ्गार भाकल गरिएको हुन्छ । त्यसैले चेलीबेटीहरु सजिएर खेल्दा देवी खुशी हुन्छन् र समुदायमा सुख शान्ति बनिरहन्छ भन्ने आम विश्वास छ ।  “चिरैं” पर्व पालिका सबै गाउँ टोलका भलमन्साहरु हर्ष उल्लासका साथ एकै दिन मनाउनका लागि अध्यक्ष थारुले एक जानकारी पत्र लेख्दै सबै भलमन्साहरुलाई यसरी अनुरोध पनि गरेका छन्ः                

थारु पत्रकार संघको  केन्द्रीय अध्यक्ष चुनिए सन्तकुमार चौधरी

थारु पत्रकार संघको केन्द्रीय अध्यक्ष चुनिए सन्तकुमार चौधरी

६५ दिन अगाडि

|

२५ फागुन २०८१

थारु पत्रकार संघ नेपाल (थापस) को केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी चयन भएका छन् । संघको फागुन २४ गते शनिवार काठमाडौंमा भएको छैटौं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा छनोट भएका हुन् ।  त्यस्तै, थापसको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी, महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी, कोषाध्यक्षमा कारी महतो, सदस्यमा मिनादेवी विश्वास छानिएका छन् । निर्वाचन समितिका संयोजक श्रवण चौधरी, सदस्य मदन चौधरी तथा गीता चौधरीको टिमले पटक पटक समय थप गर्दा पनि अन्य उम्मेदवारी परेन ।  थप सदस्य कार्यसमितिको पहिलो वैठक बसेर मनोनित गरिने तथा संस्थाको काम द्रुत गतिमा अघि बढाइने अध्यक्ष चौधरीले प्रतिवद्धता व्यक्त गरे ।  को को भए पुरस्कृत ? थारु पत्रकार संघ, नेपालका लागि अभियन्ता इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गरेको जोखन–जगत रत्गैया स्मृति पुरस्कार २०८१ दाङको घोराहीबाट विगत १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदै आएको लौव अग्रासन थारु साप्ताहिकलाई प्रदान गरिएको छ । उक्त साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३० हजार रुपियाँ राशीसहित कदरपत्रले सम्मान गरियो ।  यसैगरी, पत्रकार दिनेश चौधरीलाई सतौन स्मृति पत्रकारिता पुरस्कार र गायक विकास चौधरीलाई सतौन स्मृति प्रतिभा प्रोत्साहन पुरस्कार जनही २५ हजार नगद राशिसहित पुरस्कृत गरियो । उक्त पुरस्कार वर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थापना गरेका हुन् । त्यस्तै, हिमालखबरकर्मी उर्मिला गम्वालाई १० हजार रुपियाँ राशीको ओएसिस पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । सो पुरस्कार पुरस्कार चितवनका डा मनोज चौधरीले स्थापना गरेका हुन्  । कार्यक्रममा छैटौं महाधिवेशनमा सहयोग गर्ने विभिन्न संघ संस्था, व्यक्तिलाई समेत कदरपत्रले सम्मान गरिएको थियो ।  उद्घाटन सत्रमा कसले के भने ? महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको मन्तव्यको क्रममा यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु कल्याणकारिणी सभा माघी महोत्सव मनाउन, थारु महिला समाज जितिया मनाउन मात्र स्थापना भएको भान भएको तिक्तता पोखे । थारुको नाममा खोलिएको कुनै संस्थाले द्रुत गतिमा कुनै सार्थक काम गर्न नसकेकोमा उनको असन्तुष्टि थियो । ‘कार्यक्रममा घोंघी खाने र मोटाउने’ बाहेक अर्थोक हुन नसकेको उनले बताए । थारु कल्याणकारिणी सभालाई कार्यालय बनाउन जग्गा तथा घरको लागि कति रकम चाहिन्छ, म जुगाड गर्छु भन्दा पनि कुनै ठोस प्रस्ताव नआएको उनको भनाई थियो । ‘थाकसले कति जना थारु विद्यार्थीलाई हालसम्म छात्रबृत्ति दियो ?’ कार्यक्रममा उपस्थित थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीलाई उनले प्रश्न तेस्र्याए । काम नगर्ने संस्था स्थापना गरेर समय वर्वाद गर्नुभन्दा आफ्ना छोराछोरीको पढाइ लेखाइमा ध्यान दिन उनले आग्रह गरे ।  मन्त्री चौधरीले नयाँ पत्रकार जन्माउन नसकेकोमा थारु पत्रकार संघप्रति तिक्तता पोख्दै संघलाई तालिमका लागि रकम चाहिए सघाउन तयार रहेको बताए । उनले थारु पत्रकार संघका लागि आफूबाट स्थापित सतौन स्मृति पत्रकारिता पुरस्कारका लागि हाललाई १ लाखको अक्षयकोष स्थापना गरिदिने घोषणा पनि गरे ।  उद्घाटन सत्रमा फोनिज वरिष्ठ उपाध्यक्ष तथा थापसका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्की चौधरीले हाल थापसको १७ जिल्लामा शाखा बिस्तार हुनु तथा करिब ३ सय पत्रकार गोलबद्ध हुनुमा थारु पत्रकार संघकै देन रहेको बताए । त्यस्तै, थापसका पूर्व अध्यक्ष तथा सल्लाहकार डा कृष्णराज सर्वहारीले आफूहरुले दुःखजिलो गरी हुर्काएको थारु पत्रकारको छाता संगठनलाई प्रदीप लेखीको नेतृत्वले विगत ३ वर्षमा एक पटक पदाधिकारीहरुको पूर्ण बैठकसम्म नबसाली शुन्य अवस्थामा पुर्याएकोमा कामकार्वाहीको अवस्था हेरी माइनस जिरो नम्बर दिन मन लागेको तिक्तता पोखे । उनले संस्थाका संस्थापकहरुको योगदान सम्झिन तथा मुखपत्र फुलरियालाई निरन्तरता दिन आग्रह गरे ।  उद्घाटन सत्रमा थारु आयोगका सदस्य सुबोधसिंह थारु, थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुृरधन राईले शुभकामना दिएका थिए ।  त्यस्तै, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, जातीय पत्रकार संघका पदाधिकारीहरु, स्थानीय विकास प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक कानुनलाल चौधरी, थापसका लागि पुरस्कार संस्थापक डा मनोज चौधरी, थापसका संस्थापक सदस्य तथा आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

८१ दिन अगाडि

|

८ फागुन २०८१

थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समिति देउखुरीको नयाँ समिति फागुन ७ गते सर्वसम्मत रुपमा चयन गरिएको छ ।  थाकसको तालिम हल लमही–३ स्थित, उत्तर मजगाउँको तालिम प्राङ्गणमा फागुन ६ गते सुरु भएको १७औ अधिवेशनमा गोकुल प्रसाद चौधरी सभापति चयन भएका हुन् । यस अघि उनी वरिष्ठ उपसभापति थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा बालगोविन्द चौधरी छानिएका छन् । यस अघि उनी लामो समय सचिव थिए । त्यस्तै, कार्यसमितिको अन्य पदाधिकारीमा चन्द्रा चौधरी, उपसभापति, किरण चौधरी उपसभापति, यम बहादुर चौधरी  सचिव,  शशी कुमारी चौधरी सहसचिव तथा प्रभावती कुमारी चौधरी कोषाध्यक्ष छानिएका छन् । यसैगरी, सदस्यमा मनिराम चौधरी, कर्कट चौधरी, शिव कुमार चौधरी, पुरन प्रसाद चौधरी, श्रीराम प्रसाद चौधरी, बसन्ती चौधरी, मंगल प्रसाद चौधरी, देवमणि चौधरी, निरज चौधरी, राजेन्द्र कुमार चौधरी र कल्पना चौधरी रहेका छन् ।            अधिवेशनको सभापतित्व सभापति प्रकाशकुमार चौधरीले गरेका थिए ।

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

९२ दिन अगाडि

|

२७ माघ २०८१

मटाँवा, बरघर, भल्मन्सा संघको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी चयन भएका छन् ।  दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको मटाँवा, बरघर, भल्मन्सा संघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।  यसैगरी, समितिमा वरिष्ठ उपाध्यक्ष विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिव मथुराप्रसाद थारु (बर्दिया), सचिव केशवा थारु (बाँके) चयन भएका छन् । उता सदस्यमा आशाराम थारु (कपिलबस्तु), रामबलि चौधरी (रुपन्देही, सुनिता डंगौरा (कञ्चनपुर), कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु (सुर्खेत), बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी रहेका छन् । विधानअनुसार उपाध्यक्ष, कोषाध्यक्ष, सचिव पद अझै पनि खाली रहेको छ ।  कतिपयले बरघर नभएकाहरु पनि मटाँवा, बरघर, भल्मन्सा संघको कार्यसमितिमा बस्ने लोभ गर्नु अशोभनीय रहेको टिप्पणी गरे । उता, कार्यक्रमको सहजीकरण गरेका वेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले कार्यसमितिमा ९९ सय प्रतिशत बरघरहरु नै रहेको बताए । मुख्यमन्त्री भइसकेका डिल्लीबहादुर चौधरी संघको संरक्षक भएर बस्नु पर्नेमा पुनः अध्यक्षको जिम्मेवारी लिनु ठिक नभएको एक सहभागीको भनाई थियो । नयाँ कार्यसमितिको नामावली घोषणापछि निर्वाचन समितिका संयोजक हल्लुप्रसाद चौधरीले शपथ खुवाउन खोजेका थिए । तर, अध्यक्ष डिल्लीबहादुर चौधरी नामावली घोषणा अगावै बाहिरिएकाले शपथ कार्यक्रम नै भएन ।  मटाँवा, बरघर, भल्मन्सा संघको बन्द सत्रको उद्घाटन नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले गरेका थिए । त्यस्तै, भेलालाई पूर्वमन्त्री दीपक गिरी, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मेजय तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए । सत्रको अध्यक्षता लुम्विनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले गरेका थिए । माघ २६ पहिलो दिनको उद्घाटन सत्रमा करिब १४० नाच इन्ट्री गरिएको थियो । समय नपुग्दा कतिपय टोली नृत्य प्रदर्शन नगरी फर्किएको थियो । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।