थारू समुदायमा किन बनाइन्छ ढिक्रीको थरिथरि आकार ? 

 थारू समुदायमा किन बनाइन्छ ढिक्रीको थरिथरि आकार ? 

१०१६ दिन अगाडि

|

१७ असोज २०७९

नेवार समुदायको दसैंः मोहनी नखः

नेवार समुदायको दसैंः मोहनी नखः

१०१६ दिन अगाडि

|

१६ असोज २०७९

सुनिल उलक नेवाः परम्परा अनुसार कौलाथ्व पारुको दिनदेखि मोहनी नखःको शुरुवात हुन्छ । नेवाः वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।  हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वाः (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वाः रोप्नका लागि माटोको भेग (मुख खुला भएको भाँडा) मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाँडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वाः रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वाः रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वाः को पूजा मात्र गरिन्छ ।  सप्तमीको दिनमा नेवाःहरु फूलपाती भित्र्याउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसंगै बिभिन्न स्थानमा मनाउन थालिएको हो । नेवाःहरुको मोहनी नखःको शुरुवात भने सप्तमीको बिहान राँगोको मासु भित्र्याएपछि शुरु हुन्छ । यस दिन गुठीमा काटिएको राँगोको भाग गुठियारहरुमा बाँडिन्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनु पर्दछ । यही मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रा निकालिन्छ । यस मध्य एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनु पर्दछ । बाँया तर्फ पितृलाई चढाउनु पर्दछ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ । यसरी मासु भित्राए पछि बिहान समयवजी खाने गरिन्छ । यस दिन खासै भोज खाने चलन हुदैन । अष्टमीबाट भने दशैको रौनक अलग किसिमको हुने गर्दछ । बिहान पूजा पछि सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । अष्टमीको राती हरेक नेवास्हरुको घरमा ूकुछिभ्वयू खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा ूकूलछिभ्वयू भनिएको हो । तर पछि अप्रभंश भइ ‘कुछिभ्वय’ भन्न थालियो । यो भोज नेवाःहरुको परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलिपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानैपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको वस्को ठाँउमा केराउको ब्वः बनाएर भोज खाने गरिन्छ । कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आँगनमा पिखालखको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । भागको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ ।  परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ । यसपछि झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ । च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्दछ । यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाएको पनि हुन्छ । यस पछि भने तःकू ला राखिन्छ । शुरुमा झोल भएको मासुको तरकारीमा मासुको सानो सानो टुक्रा बनाइएको हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई तस्कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ । झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ । तस्कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ । भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ । नेवाःहरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ । पुरुष सदस्यलाई रक्सी  र महिला सदस्यहरुको लागि जाँड दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ । तस्कू ला पछि राखिने परिकार भने वाउँ चा ल्याउने गरिन्छ । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । वाउँ चा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ । खासमा यो अमिलो खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउन गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ । यसपछि दही दिने गरिन्छ । दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसंग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइनछ । सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्दछ । सिसाफुसासंग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ ।  कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बिचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनु पर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसंग अनुमति लिए पछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ । कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । कुछिभ्वयको भोलिपल्ट ‘स्याक्वत्याक्व’ भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।  ‘स्याक्वत्याक्व’ शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई सिकाःभूू लिने गरिन्छ । परिवारको ठूलादेखि साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टीका मोहनी सिन्ह बनाउने गरिन्छ । यही मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।  बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधिबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ । बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वाः निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वाः पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको क्वखा अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।  दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई लस्ल्हाये (दिने) गरिन्छ । टीका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टीका थाप्न जानुपर्छ ।

‘कुकुर र गाईलाई सम्मान तर मानिसलाई भेदभाव’

‘कुकुर र गाईलाई सम्मान तर मानिसलाई भेदभाव’

१०२१ दिन अगाडि

|

१२ असोज २०७९

भैरहवाः फरक लैङ्गिक पहिचान भएका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको हक अधिकार र न्यायको लागि संघर्ष गर्दै आइरहेको नील हिरा समाजले स्थानीय स्तरका विभिन्न राजनीतिक दलहरुबीच एकदिने कार्यशाला गोष्ठी  मंगलबार भैरहवामा  सम्पन्न गरेको छ ।              कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै  सुमन नेपालले तेस्रोलिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोण बिभेदपूर्ण रहेको कारण तेस्रोलिङ्गीहरु राज्यको हरेक निकायबाट अपहेलित र अवसरबाट बञ्चित हुनुपरेको बताए ।  त्यस्तै समाजका मनिला न्यौपानेले  नेपालको संविधानको विभिन्न धारामा नागरिकता सम्बन्धि हक, समानताको हक, सामाजिक न्याय लगायतका हक अधिकार समावेश गरिएतापनि फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु ती हक अधिकारबाट बञ्चित एवं अपहेलित हुनुपरेको गुनासो गरिन्।                 कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय तुलाराम घर्ती तथा दिपा विकले नेपाली समाजमा तेस्रोलिङ्गी र दलितलाई गर्ने व्यवहार फरक नरहेको दाबी गरे । तिनले हिन्दू धर्मले नै समाजमा जातीय एवं लैङ्गिक भेदभाव बीजारोपण गरेको ठोकुवा गरे । राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले नश्लीय मनोविज्ञान बोकेको नेपाली समाजले कुकुर र गाईलाई सम्मान दिएको तर मानिसलाई भेदभाव गरी समाजबाट टाढा राखेको आरोप लगाए ।                  

लखन थापा मगरलाई घोषणा गरिसक्यो २०७२ को संविधानले प्रथम शहिदः विवाद किन ? 

लखन थापा मगरलाई घोषणा गरिसक्यो २०७२ को संविधानले प्रथम शहिदः विवाद किन ? 

१०२३ दिन अगाडि

|

१० असोज २०७९

नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन शनिबार   बुटवलमा सम्पन्न भएको छ ।  कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष हिरु राना मगरले मगर महिला संघले संघको बिधान अनुसार पूर्ण संरचना अनुरुप सातै वटा प्रदेशमा र प्रदेश भित्रका ५३ वटा जिल्लाहरु साथै देशबिदेशमा समेत संगठन विस्तार गरिरहेको जनाइन् ।  मगर महिलाहरुको हक अधिकार स्थापित गर्दै राज्यको हरेक निकायमा मगर महिलालाई जनसंख्याको आधारमा अर्थपूर्ण समानुपातिक प्रतिनिधित्व गराउनका लागि नेपाल मगर महिला संघको स्थापना भएको जानकारी गराउँदै अध्यक्ष रानाले मगर समुदायको भाषा, संस्कार, संस्कृति र परम्परागत मूल्यमान्यतालाई संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै जानुपर्ने जिकीर गरिन् ।         आदिवासी जनजाति युवा संघका केन्द्रीय सचिव राधिका श्रीसले क्या लखन थापा मगरलाई २०७२ को संविधानले प्रथम शहिद घोषणा गरिसक्दा पनि कुनै एक राजनीतिक दलका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत भइसकेका व्यक्तिले सार्वजनिक रुपमै लखन थापा प्रथम शहिद होइनन् भनिरहँदा समेत मगरहरुले सोही व्यक्ति विशेषको जयजयकार गर्नु मुर्खता रहेको टिप्पणी गरिन् ।  कार्यक्रममा प्रदेश समितिले सम्पन्न आसन्न स्थानीय निर्वाचनबाट राज्यको विभिन्न तहमा निर्वाचित भएका प्रदेशभित्रका मगर महिला नेतृहरुलाई सल ओढाएर कदर(पत्र  प्रदान गरी सम्मान गरिएको थियो । स्मरण रहोस्, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन अधिवेशनमा अध्यक्ष पदको लागि केशरी तरामु मगर र स्मृति रोका मगरको उम्मेदवारी रहेको थियो । चुनावी प्रक्रियाबाट जाँदा जम्मा खसेको ३३ मतमध्ये स्मृति रोका मगरलाई १५ र केशरी तरामु मगरलाई १८ मत खसेको थियो । तरामु जम्मा ३ मतको अन्तरले विजयी भइन् ।        

सृष्टिसम्बन्धि ज्ञान दिने जितिया  

सृष्टिसम्बन्धि ज्ञान दिने जितिया  

१०३० दिन अगाडि

|

२ असोज २०७९

                                                                                                                                       तस्विरः प्रियासिंह थारू जितिया पावैन (पर्व) थारू, दनुवार, राजवंशी, कोच लगायत मैथिल महिलाहरु समेत ब्रत बसेर मनाउने गरेका छन् ।   जितियालाई महोत्सव भनेर अहिले वस्तुकरण गर्दा समाजले यसलाई कसरी बुझ्ने र मनाइने गरेको हुन्छ ? यी सवाल एक अवधारणा प्रदान गर्छ कि कुनै पर्व साँस्कृतिक वस्तुकरणमार्फत् मौलिकता र पहिचानको आधार कमजोर बनाएको हुन्छ । यो तर्कलाई नेपालमा छरिएर रहेका समग्र हिमाली समुदाय र नवउदारवादको आडमा थप बलियो भएको पर्यटन उद्योगले सही सावित गरेका छन् ।  सन् १९८० मा प्रकाशित ‘द जोओपोलिटिक्स अफ इन्फोर्मेसन’ मा प्रा.एन्थोनी स्मिथ पर्यटनले सबै संस्कृतिलाई वस्तुकरण गर्दै बजारका निमित्त संस्कृतिको मुल्य तोक्छ र अन्ततः साँस्कृतिक विशेषता र भौगोलिक वैभव विनास गर्छ भन्ने तर्क गर्छन् । उनको तर्क स्पष्ट छ र थारूले हाल गरिरहेको अभ्यास पनि उपरोक्त तर्ककै सेरोफेरोमा देखिन्छ ।  यो लेख मार्फत सामाजिक प्रतिरोधी क्षमता सशक्त बनाउन बुझाईमा देखिने कमजोरी हटाउनुपर्ने र पर्वलाई सामान्य घेरामा कैद नगरी यसका वहुआयाम उपर चर्चा गरिनुपर्ने आवश्यकता बोध गराउन सकिने विश्वास लिइएको छ । जितियाको परिचय जितिया गंगाको मैदानी भागमा महिला दिदीवहिनीहरुले मनाइने साँस्कृतिक पर्व बुझिन्छ । परापूर्वकालदेखि नै यो पर्व आश्विनको कृष्ण पक्षको सप्तमी र अष्ठमी तिथि पारेर मनाइने गरिन्छ । यो पर्वलाई खरजितिया भन्ने चलन छ । खरजितिया र अन्य किसिमले मनाइने जितियाबिच फरक देखिएका छन् । जितिया ब्रत कथाले जितियाको महत्व झल्काउँछ । खरजितिया संयोग मिल्नुपर्ने तिथिमा मात्र परिभाषित गरिन्छ । यो तिथि भनेको सप्तमी तिथि शनिबार र अष्ठमी तिथि आइतवार पर्नुपर्ने अनिवार्यता हुन्छ । यो भनेको जितिया तिथिअनुसार मनाइने पर्व भनेर बुझ्नुपर्छ ।  यसरी तिथि अनुसार शुद्ध लाग्ने गर्छ र विशेषतः विवाहित महिलाले मात्र खरजितियाको ब्रत बस्न पाउने हो । कारण जितिया ब्रत आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य, एवम् प्रगतिको लागि बस्ने हो ।  खरजितियाको लागि भाईको भूमिका उतिकै महत्वपूर्ण हुन्छ । ब्रत बसेकी दिदीवहिनीको पिँठ्युमा सिकीको घोडामा भाई आएर सिकीको धनुष र तीर तीन पटक छुवाउँदै ब्रतको प्रक्रिया पुरा गर्न सघाउँछ । यसरी भाइको साथ पाएर दिदीवहिनी आफ्नो माइती सम्झने गर्छे र कर्मघर तथा माइतीको नाम रोशन गर्न आफ्नो सारा वर्गत खर्च गर्छिन् । विधिसम्मत रुपमा जितिया ब्रत बस्नुपर्ने भएकोले शनिवार लहाई, आइतवार ओटघन तथा उपवास र सोमबार पारन गर्नुपर्ने हुन्छ । लहाईको दिन पोखरी, खोला अथवा इनारमा स्नान गरेर घेराको पातमा माटो, पिना तथा तेल र घेराको फूल सूर्यलाई अर्पण गर्ने चलन छ । त्यसदिन खानपिन गर्न मिल्छ तर ओटघन लिइ सके पश्चात खाना पानी केही नलिएर ब्रत बस्न सक्नुपर्छ । सोही दिन जितिया ब्रत कथा सुनेर दिनभरी शान्तपूर्वक बस्ने हो ।  यो कठिन ब्रत यस कारणले पनि हो कि अर्को दिन सूर्यको पूजा नगरिकन पारन गरिन्न र भिजाएको बौटराको दाना तीन पानीसंग निलेर दही,च्युराको पारन गरिसके पश्चात ब्रत पुरा भएको बताइन्छ । यसरी हेर्दा यो साल पनि खरजितियाको तिथि मिलेको देखिएर शुइध लाग्ने भएको छ । सृष्टिसम्बन्धि ज्ञान दिने जितिया   माथि उल्लेख गरि नै सकियो कि जितियामा सूर्यको पूजा गरिन्छ । तर सूर्यको सृष्टि कसरी भयो ? पृथ्वी, चन्द्रमा तथा समुद्रहरु कसरी बने ? यसबारे जितियमा प्रसंग आउँछ । जितिया ब्रत कथा एक वैकल्पिक विश्वदृिष्टकोण पनि हो, जसले सृष्टिसम्बन्धि ज्ञान प्रदान गर्छ ।  कथाअनुसार, अन्धा अन्धी दुई मात्र आफ्नो जीवन सुदुर भूतलमा विताउँदै थिए । अन्धीले आफ्नो पनि अन्धालाई अचानक सुनिएको कदभोरका चराको आवाजबारे बुझ्न कर गर्छे । अन्धासंग प्रश्न गर्दै अन्धीले सो आवाज कुन दिशा तिरबाट आएको बताउनु भने ।  अन्धाको सचेत मनले त्यो अस्वीकार गर्दै थियो, कारण अन्धा सत्य भन्ने वित्तिकै उनको सर्वनाश हुने निश्चित थियो । सोही कारण चुपचाप बसेर अन्धाले अन्धीको कुरो मात्र सुनिरह्यो । तर अन्धी त्यो नबुझी नछाड्ने अडान लिइन् । अन्धीलाई उसले बतायो कि त्यो कुरा भन्ने वित्तिकै म मारिन्छु । तर अन्धीको जिद्दीले बाध्य भएर कदभोरका चरा पूर्व दिशामा बोलेको बताउने वितिकै अन्धाको शरीर मृत देखियो ।  किनकी कदभोरका चारको रुपमा आवाज निकाल्ने भगवान् थिए । त्यसरी अन्धी क्रोधित भएर भगवान्संग बदला लिन उनलाई कुना कुना लखेट्न थालिन् । अन्धीसंग जोगिन भगवान् निकै कोशिश गरे तर नसकेर नै उनले अन्धाको दुई हात र दुई खुट्टाद्वारा पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशा बनाए ।  साथै, पेटबाट आकाश र पिँठ्युबाट पाताल बन्न पुग्यो । रगतले समुद्र बने भने दुई आँखामध्ये दाहिने आँखाले सूर्य र बाँया आँखाले चन्द्रमा बने । तत्पश्चात् जलमग्न ठाउँमा माटोको जोरन पातालबाट ल्याउन गोरा माछा पठाए, जुन त्यही अड्किरहे ।  त्यसपछि बाम माछालाई सो काममा लगाए । बाम माछा पाताल पुगेर केही माटो लिएर आएपछि त्यही माटोको जोरन दिएर पृथ्वी बन्न पुगेको हो । त्यसपश्चात माटो र पानी दुइटै ठाउँमा जीवजन्तुको विकास हुन पुग्यो । यसरी सृष्टिसम्बन्धि ज्ञान जितियाको कथामार्फत् बुझाउन खोजिएको छ । सामाजिक–साँस्कृतिक महत्वको रुपमा जितिया  सबैलाई थाहा भएकै कुरो हो कि थारूको जीवनचर्या कृषि हो । कृषि प्रणालीमा रहेको यो जातिले धान लगाइसकेको समय हो भाद्र, आश्विन । यही महिनामा जितिया पर्व मनाउनु भनेको महिलाहरु लामो समयपश्चात माइत जाने फुर्सद पाउने गर्छन् । यसरी कर्मघर र माइतको सम्बन्धलाई कसिलो बनाउने गर्छ जितियाले ।  जितिया कथामा पनि के गर्न हुने र के गर्न नहुने सामाजिक शिक्षा समेटिएको छ । तर पूँजीवादी व्यवस्थाले उपरोक्त सबै सामाजिक सम्बन्धहरु परिवर्तन हुँदै गएको पाउँदछौं । साँस्कृतिक रुपमा जितिया अहिले मिडियामा छाउन थाल्यो । सामाजिक सञ्जाल तथा अनलाइन पोर्टल र भरसक युट्युब लगायतका मिडियाहरु प्रचार प्रसारमा सहयोग गर्दा बाँकी संसारले पनि त्यसको जानकारी पायो ।  तर कहिलेकाहीं मिडियाले गलत प्रचार पनि गरेको भेटिन्छ र जितियालाई थारूको तीज भनी बुझाउन खोजिन्छ । जितिया भनेको मात्र जितिया हो, भने तीज भनेको अलग पर्व मानिन्छ । जितियाको ज्ञान परम्परा पृथक छ । यसमा कथा पनि छ र साँस्कृतिक विरासत पनि । त्यसले पूर्खाको लामो ज्ञानको श्रृङ्खला जोडेर ल्याएको बुझ्न सकिन्छ । यसलाई वैदिक काल पूर्वको पर्व मान्न कुनै प्रमाण खोजी राख्नु जरुरी छैन । त्यसैले जितियाको जगमा नयाँ विज्ञानको खोजी गर्न पनि सकिने छ ।  जितियाको ज्ञान परम्परा पृथक छ । यसमा कथा पनि छ र साँस्कृतिक विरासत पनि । त्यसले पूर्खाको लामो ज्ञानको श्रृङ्खला जोडेर ल्याएको बुझ्न सकिन्छ । यसलाई वैदिक काल पूर्वको पर्व मान्न कुनै प्रमाण खोजी राख्नु जरुरी छैन । त्यसैले जितियाको जगमा नयाँ विज्ञानको खोजी गर्न पनि सकिने छ ।  अझ विश्व तापमान बढ्दै गएको परिवेशमा जितिया ब्रतले जैविक विविधतालाई संरक्षण र प्रवद्र्धन गर्न सघाउने साँस्कृतिक मान्यता विकास गर्न सकिन्छ । यसले सबै प्राकृतिक सिर्जनाहरुको महत्वलाई बराबरी रुपमा बुझ्ने गर्छ । जितियाको अर्थराजनीतिक महत्व  किसान परिवारको लागि जितिया सुख र दुःख दुइटै क्षण महसुस गराउने गर्छ । जितियामा अहिले सरकारी विदालगायत केही आर्र्थिक श्रोत समेत उपलब्ध गराउने गरिएको छ । त्यसको सही उपयोग गर्न जितियाको अर्थराजनीतिक महत्व प्रति सचेत बन्दै पहलकदमी लिनुपर्छ । त्यस क्रममा जितियामा यो पनि सुनिन्छ कि आलिशान पार्टी प्यालेस तथा हलहरुमा दिनभरी मनोरञ्जन गरिन्छ । तर अनावश्यक तामझामसहित होहल्ला मच्चाएर जितिया ब्रत फलिफाप हुने होइन ।  जितिया ब्रतको आफ्नै विशेष परम्परा छ । यसले अपो दीपो भव अर्थात् आफैं अनुभव गरेर सत्यको अनुभूति गर्नु भने सिकाउँछ तर उपभोक्तावादी संस्कृति हावी भएको वेला जितिया जनसरोकारको विषय भन्दा पर जान खोजेको हो कि आशंका उब्जाउँछ ।  एउटा भनाई यस्तो छ, ‘हथिया चित्रा चित्त मर्रावे, घर बैठक गिरहत अगराबे । कोठिया चौर के भात–धिमैर के माछ, ढक्ना ल्या भन्सिया नाँच ।’ यसको अर्थ खोजी गर्दा के देखिन्छ भने यतिवेला किसानहरुले चामल जुगाड गरेर राखेका हुन्छन्, जहाँ माछा खेतको पानीमै हुँदा धिमैरको माध्यमले माछा समातिन्छ । सोही माछा र भात थारूको पौष्टिक खानाको रुपमा यो समयमा हुने गर्छ ।  यसरी जितियामा अरु तरकारी नभए पनि माछाले नै छाक टार्ने गरेको बुझ्न सकिन्छ । अहिले वातावरण परिवर्तनले कहिले पानी परेको पर्यै हुन्छ भने कहिले खडेरी । त्यसैले अबको पूँजीवादी युगमा निर्णायक पूँजी ठहर भएको कारण यही पेशा अपनाएर पूँजी सञ्चय गर्न योजना बनाउने र सोहीअनुसार मौसमी खेती गरी जीवनस्तर उठाउने काम गर्न सकिन्छ । त्यो भनेको सहकारीमार्फत् अगुवाई लिने नै हो । गाउँ गाउँमा हाटबजार लाग्ने गर्दा आफ्नो उत्पादन बेच्न केही सहज त भयो तर उचित मोलको आभाव वेहोर्दै आएका साना किसानहरु अब ठूला कम्पनीहरुसंग प्रतिस्पर्धा कसरी गर्लान् ? सोचनीय सवाल यहाँ छ । कृषिमा पनि अब पूँजीपतिहरु लगानी बढाउँदै लगेपश्चात कृषि क्षेत्र अब निर्वाहमुखी अर्थतन्त्रमार्फत् अगाडि जान सक्ने स्थिति रहेन ।  त्यसैले, कृषि पेशालाई व्यवसायिक तुल्याउँदै उत्पादनमा आफ्नो उचित मुल्य तोक्ने साथै पशुपालन, माछा पालनको लागि क्रियाशीलता बढाउन सक्नुपर्छ ।  फलफुलको पनि जितिया ब्रतसंग प्रत्यक्ष सरोकार हुँदा वेमौसमी तरकारी, केरालगायत अन्य फलफुल आफैं उत्पादन गर्न क्षमता अभिवृद्धि गरेर जान सकिन्छ । ज्ञानसंगको साक्षात्कार त्यसको लागि जरुरी छ । सामाजिक–साँस्कृतिक जगमा ज्ञान मिमांशीय विधि अगाडि बढाउँदै क्षमता बढाउने र उद्यमशीलता हासिल गर्ने हो भने थारूलाई प्रतिस्पर्धारत संसारले रोक्न सक्ने स्थिति छैन ।  सिकीको मौनी, डलिया, धम्मा लगायत मोथिको गुन्द्री, गवहाको धम्मा, धमनी अनि बाँसको सामग्री बनाउन जाने विश्व बजारमा बेच्न सकिने परिवेश बनेको छ । त्यस्तै माटोले सिंगारेका घरहरु जसरी विस्थापित गर्न सरकारी नीति दवाव बढाउँदै लगिएको छ । त्यसले थारूलगायत कृषि पेशामा लागेकाहरुको ज्ञान संहारमा सघाउने भएको छ । केही मुठी भरका उद्योगी व्यापारीहरुको नाफा बढाउन यसखाले नीतिले बल पुर्याइरहेको कारण कृषि पेशाप्रति वितृष्णा बढेर गएको छ । त्यसैले जितिया वैकल्पिक अर्थतन्त्रको आधार बन्न सक्ने देखिन्छ । अन्त्यमा, जितिया पहिचानको आधार तयार गर्न मद्दत गर्छ । यसको इतिहास, दर्शन, सामाजिक–साँस्कृतिक पक्षलगायत आध्यात्मिकता, भौतिकता, आत्मरक्षासंग जोडिएका विषय सारको रुपमा बोकेको छ । संकट पर्दा कुनैबेला अचानक सो संकटबाट जोगिए आमाले खरजितिया ब्रत लिएको सम्झिने पुस्ताको कमी छैन । कर्मप्रधान पावैन जितियाको परिणाम सोहीअनुसार हुने विश्वास गरिन्छ र जितिया ब्रत कथामा विस्तारपूर्वक सोको जानकारी गराइएको मानिन्छ ।  यसले साँस्कृतिक क्रान्तिको विगुल फुकेको छ र मानिस हुनुको परिभाषा कर्मशील बन्नु हो भन्ने सन्देश दिने जितिया समाजवादी विचारधाराको नेतृत्व लिने देखिन्छ । यही कारण हो कि जितिया कुनै औपचारिकतामा सीमित हुनु भएन । न कुनै अलिशान पार्टी प्यालेसको तामझाम नै सुहाउँछ । जितिया औपनिवेशिकताबाट मुक्तिको मार्ग बन्न सकोस् । जितिया ब्रत बस्ने तथा त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सबैमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना । रातोपाटीबाट लेखक त्रिवि कीर्तिपुरमा एमफील–पीएचडी अनुसन्धानमा अध्ययनरत छन्

जितिया पावन बड्या भारी

जितिया पावन बड्या भारी

१०३२ दिन अगाडि

|

१ असोज २०७९

जितिया पावनके बारेमे आम कहावत छे, “जितिया पावन बड्या भारी, धियापुताके सुताके अपना लेलके भोरी थारी । नेपालके पुर्वी तराईमे थारु समुदाय लगायत अन्य समुदाय जितिया पावन मनछै । खास करिके बिबाहित महिलाना यिटा पावन मनछै । यिटा पावन आपन सन्तानके दीर्घायु हे सुस्वास्थ्यके कामना करते ब्रत करछे । जितिया के सामान्य अर्थमे जितिके यल, जितेवला हेछे । जितियामे जलम लेल बच्चाके नाम जितुवा या जितनी राखछै । जे बच्चा बरियदरिय हेछे हे खेलमे जितले रहछे जनत वखरु जितुवा, जितना कहछै ।  आसिन कृष्ण पक्ष (पितृपक्ष) के सतमी, अष्ठमी, नवमी तिथिमे बिबिध कार्यक्रम करिके जितिया पावन मनछे । यिटा पावनमे माता आपन सन्तानके सुस्वास्थ्य हे दीर्घायुके कामना करछे । यदि सनि दिन या मंगल दिन अष्टमी तिथि परलासे खरजितिया कहछे । खरके शाब्दिक अर्थ कडा, कठोर, कठिन हेछै । सतमी मे नहाय खाय, अष्टमीमे उपासल रहे, तव नवमीमे पारण समापन करछे । तीन दिनके कठोर ब्रत हेलके कारण खरजितिया कहछै । सामान्यतः तिथि मुताविक जितिया दुइ दिनके हेछे । ओटगन, उपास, पुजन हे पारणः सतमी दिनसे घर येङन साफ सुथरा करिके शुद्ध तरिकासे बिबिध पकवान बनछे । तालपोखर या लदीमे पितृ सासके केला पतामे खौरतेल चढछे हे स्नान करिके घर यछे । बिहान भिनसरमे दही, चुडा, केला वा माछ भात, रोटी जे तयार करल रहछे, ओटगन खेछे ।  सतमी मे नहाय खाय, अष्टमीमे उपासल रहे, तव नवमीमे पारण समापन करछे । तीन दिनके कठोर ब्रत हेलके कारण खरजितिया कहछै । सामान्यतः तिथि मुताविक जितिया दुइ दिनके हेछे । ओटगनमे ओलके तरकारी, माछ, मडुवाके रोटी कोनो कोनो घर परिवारमे अनिवार्य मानल जेछे । ओट के अर्थ लोक्याके, कोइनि देखे हेछे । सवकोइ सुतलेमे कोइनि देखे, ओटलागिके खानपान करलके कारण ओटगन कहछे । सतमीके रात घरके छतमे या छप्परके चारो कोनमे दही, चुडा, केला आदि पकवान केला पतामे राखिके भगवान जितमहान, पितृ, चिल्हा (गरुड), खटिया आदी देवताके निमन्त्रण लगिन चढछे ।  अष्टमीके दिन उपवास बैठल ब्रत करनीना बिहान स्नान करिके, शुद्ध बस्त्र हे सिङ्गार पटार करिके भगवान जितमहान, पितृ, गरुड, खटियाके बिधिवत पुजा करछे । घरमे बनल प्रसाद, फलफुल चढछे । चिराख पुजारीके धुपदिप देछे हे जितिया ब्रतके कथा सुनछे ।  ब्रत करनिना लाल सिनुर पिन्हिके शुभ संकेतके रुपमे जितमहान, गरुड, खटियाके लाल सिनुरके टिका लग्या देछे । पितृके चह्रल प्रसाद घरके आदमी नय खेछे । नवमीके दिन हेठपहरा पुजा समापन (पारण) करिके मूर्ति बनल छे, जनत बिसर्जन लदी, पोखरमे करछे । मूर्ति बनल नय छे, जनत प्रतिमा स्थापना करलनाके जलप्रवाह करछे । घर परिवारजन, इष्टमित्र मिलिके प्रसाद ग्रहण करछे । ब्रत करनीना आपन खुसी भोजन, प्रसाद ग्रहण करिके ब्रत समापन करछे । जितिया ब्रत कथाः महाभारत लडैमे गुरु द्रोणाचार्यके छल करिके पाण्डवना मारल की छल सेहास वकर बेटा अश्वत्थामा बदला लेवे लगिन पाण्डव वंशके संहार करेके प्रतिज्ञा करलकि छल । महाभारत लडै ओरली तव एक राती अश्वत्थामा पाण्डवके शिविरमे पैंसीके पाण्डवके पांचोरा बेटाके मारी देलके ।  मतर अभिमन्यु पत्नी उतरा गर्भवती रहेक, तव ब्रह्मास्त्र फेकिके गर्भ गिरावे चाहलकी । भगवान श्री कृष्ण वकर गर्भके रक्षा करलके मतर, जव समय पुगलि त मृत पुत्रके जलम देलके । मतर भगवान श्रीकृष्ण उटा मृत बच्चाके जिवित करिदेलकै, सेहास जिवित पुत्रिका नाम रहले । मृत्युसे जितिके यल कारण से जिवितपुत्रिका कहते कहते जितिया हेले । पाछु वेहा राजा परीक्षित नामसे जानल गेलै ।  वहिने दोसर कथामे गन्धर्वराज जिमुतवाहन नामके बड्खा प्रतापी, धर्मात्मा हे त्यागी राजा रहेक । वकर मातापिता बृद्ध अवस्थामे राजपाट त्यागिके वनप्रस्थ तपस्या करे गेले, सेहास जिमुतवाहन मातापिताके सेवा करे वनमे गेले । वतेकरा नागमाता के दुखित हे कानते देखिके जिमुतवाहन वकर दुःखके कारण पुछलके ।  नागमाता कहे लागले, हे देख, हमे नागके माता छेकिन । पंक्षीराज गरुड महर सवना बच्चा नागके संहार करे लागले सेहास बच्चानाके जिवित राखे लगिन । हरेक दिन एकटा नाग (सांप) गरुडके भोजन करे देवे परछे । आजु हमर बेटा चंखमुण्डके पला छेके । बेटा चंखमुण्डके मायाके कारणसे हमे दुखित छिन हे कानछिन ।  तव राजा जिमुतवाहनके दया लागले हे कहलके, हे देख माता, मन कानरोव आजु हमे गरुडके भोजन हेवे । हे बस राजा जिमुतवाहन लाल चादर होडीके सुति रहले । पंक्षीराज गरुड जी वकरा झपटीके नोहमे लटक्याके पहाडमे ल्यागलके । आर बेर सांपना सकबक करेक मतर यिवेर सकबक नय करलके कारण वकरा पुछलके । तव राजा जिमुतवाहन सवना कथा सुन्या देलकै ।  जिमुतवाहनके त्याग, बलिदानसे गरुड राज कहलके, हे राजन, जिमुतवाहन आजु दिनसे नागके बालबच्चानाके नय मारओ बचन देलके । वेहा दिनसे नागमाता सन्तानके जिवित राखे साकलके । सेहास जिमुतवाहन से जितिया पावन हेले कथामे छे । तेसर कथा थारु समुदायमे प्रचलनमे छे । एक समयके बात छेकी दय सोमती हे बहिन बेमती रहेक । दोनो मे मिलान असले रहेक मतर सोमती असल बिचारके रहेक जनत बेमती आपने मतिमे चलेक। सेहास श्रापके कारण दिदी सोमती गिधिन, बहिन बेमती खटिया हेलीछल । कनचनवटी राजमे मलयकेतु राजा रहेक हे नर्मदा लदीके बलथरीमे बडकी पांकरके गाछ रहेक हे वेहारा गाछीमे गिधिन हे धोनरीमे खटियाके बास रहेक ।  एक दिनके बात छेकी । जलनाना डाली बोकिके स्नान करे यले हे बहुत प्रेम भावसे पुजा करते गिधिन हे खटियारा देखलके । तव पुछलके, तोरा का कुन करछे । जलनाना जितिया पावनके बारेमे बतलके। बोखरुका दोनो बहिन जितिया पावन करे लगिन प्रण करके।  सतमीमे ओटगन खेलके अष्टमीमे उपास रहले । बेहा अष्टमीके दिन सहरके बडका बेपारीके मृत्यु हेलै हे । वेहारा पाकर गाछ लगत नर्मदा लदीके भितामे गाडि देलके । खटिया दिनभर उपासलके कारण जब रात हवेक, तब खटियाके भुख सतावेक, हे खिटियाके रहल नय गेली, राती के देखती कहिके मुर्दा ख्याके छुधा तृप्त करलके । मतर गिधिन धैर्य धारण करिके जितियामे उपासे रहलै । कुछ दिन वाद गिधिन हे खटिया मोरले, तव फेन वेहारा कनचनवटी राजमे मानुस तनमे जलम लेलके । दोनो बहिन मे दिदी गिधिनके नाम शिलवती हे बहिन खटियाके नाम कपटबती (कपुरावती) राखलकी । दोनो बहिन जहिने बाढने जैक वहिने एकसे एक सुनरी हेली । सिलवतीके बिहा साधारण परिवारमे हेली हे सातरा बेटा हेले । बेटाना बाढने गेली । सबकोइ इमानदार, कर्तब्य परायण रहेक सेहास राजा मलयकेतुके दरवारमे काम करे लागले ।  कपटवतीके बिहा राजा मलयकेतुसे हेली मतर वकरा बच्चा जलम लेते मातर मोरी जैक । वकर सातोरा बच्चा जिवित नय रहले । यिटासे रानी कपटवतिके बढिने डाह उठली हे शिलवतिके सातोरा बेटाके मुडी काटीके धररा माठमे कसिके लाल बरथीसे मुख बान्हीके शिलवति कते पठ्या देलके ।  शिलवति भगवान जितिया पावन करेक सेहास भगवान जितवहान सातोरा बेटाके माटिके मुडि बन्याके जोडी देलके हे अमृत छिटिके जिवित करि देलके । उमहर कपटवती शिलबतिके बेटाना मोरल खबर सुने लगिन, छटपट करेक मतर जिवित हेल खवर पेलके । काटलना मुडी सरिफा फलमे बदलि गेले । तव हारी हदियाके कपटवति पुछते पुछते शिलवतिके घरमे पुगली । शिलवति बहिन कपटवतिके पुर्व जलममे कथा फम कर्या देलकै, ते खटिया छेलै, हमे गिधिन । जितिया पावनमे तें उपास तोडले सेहास तोर बेटा एकोटानी रहलो हमे उपास नय तोडनी वकरे प्रतिफल भगवान जितमहानके कृपा से  हमर बच्चाना जिविते छे । कपटवतिके पुर्व जलमके बात झलझल फम परले हे वेहा ठिन प्राण त्याग करलके । जितिया ब्रत कथाके शिक्षाः   निष्ठासे कर्म कर भगवान फल देवे करतो । असल कर असल हेतु, खराब कर खराब हेतु। छलकपट करलासे दुख पेवा । सन्तानके रक्षाके लगिन हर प्रयास कर । धिरज बानलासे असल फल परापत हेछे। शिलवति (सोमती) ढवक असल मतिमे रह। कपटवती (बेमती) ढवक बेमतमे मत रह। आपन संस्कार, बोलीचाली, शिलस्वभावमे स्थिर बरीके रह । कुल धरम संस्कारके पुस्तानान्तर करे लगिन सन्तानके रक्षा करना हे असल शिक्षा दीक्षा देना चाही । बर्तमान अवस्थामे जितिया पावनः  जितिया पावन अखने संक्रमण कालसे गुजरी रहलेस । एक महर आधुनिक तामझाम से प्रभावित छि जनत दोसर महर आपन मौलिक संस्कार संस्कृति औडमे परिरहलेस । दोसर समाजके चमक दमकसे प्रभावित हे देखासिखि करि रहलेस । अखने जितिया पावन तीन तरिकासे मनछै। जितिया महोत्सव  जितियाके पावन खुसियाली ढवक थारु मौलिक खानपिन हे मनोरन्जनमे बिशेष जोड देलकेस । बिशिष्ट आदमीके बोल्याके सजधजके साथ भाषण बेसी पावन कम बुझछै । आर्थिक रुपमे मांहग छे। जितिया सांस्कृतिक कार्यक्रम  जितिया पावनके अवसरमे थारु कलाकारना नाचगान हे मनोरन्जनमे बेसी जोड देलछे । बौद्धिक विकासमे कम जोडबल करछे। विशेष करिके युवा पिढि बेसी लागल छे । आर्थिक रुपमे मांहग छे।  जितिया पावन हे ब्रत  थारु समुदायमे अज्ञानता हे पुस्तानान्तरके कमिके कारण जितिया पावन मौलिक रुमे कुछ परिवर्तन हेलछे । जितिया ब्रत कारेवाली महिलाना जितिया ब्रत करिरहलेस। यिटा पावनके सामुहिक रुपमे सांस्कृतिक रुपमे आगु बढना जरुरी छे । ब्रतमे घरपरिवारके सहभागिता बाढछि जनत पावनके रुपमे स्थापित हेछे ।   इटहरी–१२, खनार, सुनसरी

थारू र मगर इष्टः यी दुइ समुदायको गहिरो साइनो सम्बन्ध

थारू र मगर इष्टः यी दुइ समुदायको गहिरो साइनो सम्बन्ध

१०४० दिन अगाडि

|

२४ भदौ २०७९

                                                   नवलपरासी अग्यौलीका ननीराम महतो थारु र उनका मगर इष्ट नरबहादुर ठाडा (दायाँ) विद्रोही गिरी सयभन्दा बढी जातजातिमा विभक्त नेपालीहरूको सम्बन्ध कति गाढा र पवित्र छ भन्ने कुरा नवलपरासीका थारु र मगरलाई हेरे पुग्छ । मगर महाभारत पर्वत शृङ्खलाका बासिन्दा हुन्, थारू भित्री मधेसका । थारूहरू आफूलाई भूमिपुत्र भन्छन्, मगरहरू आदिवासी–जनजाति । आ–आफ्नै जातीय परम्परा भएका यी दुई समुदायको शताब्दीयौं पुरानो सहगमनबाट निर्मित धार्मिक–सांस्कृतिक सम्बन्ध भने अनुकरणीय छ । नवलपरासीको देवचुली–२ कीर्तिपुरका मगरहरू अघि नलागी शिरथानमा थारूहरूको कुल पूजा सुरु हुँदैन । मगरहरूको रजहर थानमा कुमारवर्ती माईको आराधना भएपछि मात्र सुरु गरिने पाँच–पाँच वर्षमा हुने थारूहरूको कन्तरी पूजामा मगर ढोके हुनैपर्छ ।  थारू र मगरको ठूलो सांस्कृतिक सहचार्य देखिने कन्तरी पूजाका लागि शिरथानमा चाहिने भेडी, परेवा र बाख्राको पाठी लिएर आउने मगरहरूलाई सीताबासमा बिसाउने चलन छ, जहाँ देवीले विश्राम गरेको विश्वास दुवै समुदायमा छ । देवचुली हिँडेका थारू गुरौ (पूजारी) मगर वस्ती कीर्तिपुरमा बास बस्छन्, जहाँ झमटा गाएर देवीको प्रार्थना गरिन्छ । भोलिपल्ट पाहुना पूजारीहरूलाई ‘बाटो देखाउन’ मगर समूह अगाडि–अगाडि उकालो लाग्छ । पूजाका लागि आगो पनि अग्निपत्थरमा काँचो बाँस रगडेर मगरले नै निकाल्नुपर्छ । यो परम्पराले थारू थलो कीर्तिपुरमा प्राचीन कालदेखि पहाडबाट मगरहरूको आगमन भएको देखाउने नवलपरासीका शिक्षक मनिराज महतो बताउँछन् । उनका अनुसार पहिले थारु र मगर एउटै दाजु भाइ भएको तथा पछि मगर पहाडमा र थारु तराईमा बस्न थालेको कथन छ । “कृषिमा निर्भर थारू र मगरबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, पारिवारिक र व्यक्तिगत सम्बन्धहरूको कडी चाहिँ इष्ट अर्थात् मीत लगाउने सौहार्द प्रणाली हो”, समाजशास्त्री शिवशङ्कर बस्याल भन्छन् । उनको भनाइमा प्रकृतिपूजक यी दुवै जातिलाई आर्थिक आवश्यकता पूरा गर्न इष्ट प्रणालीले जोडेको छ ।  धान रोपाईंपछि थाकेका थारूका घरमा पहाडबाट मगर इष्टको खसी कोसेली आइपुग्छ । यसलाई हर्धोन वा हिलो पखाल्ने भनिन्छ । पहाडमा चाडबाड आउँदा मधेसका थारू इष्ट धान, चामल, माछा आदि बोकेर उकालो चढ्छन् । मगर इष्टकै लागि वर्खामा माछा सुकाएर सिद्रा बनाउने थारूहरू धेरै भेटिन्छन् । हुन पनि, धान रोपाईंपछि थाकेका थारूका घरमा पहाडबाट मगर इष्टको खसी कोसेली आइपुग्छ । यसलाई हर्धोन वा हिलो पखाल्ने भनिन्छ । पहाडमा चाडबाड आउँदा मधेसका थारू इष्ट धान, चामल, माछा आदि बोकेर उकालो चढ्छन् । मगर इष्टकै लागि वर्खामा माछा सुकाएर सिद्रा बनाउने थारूहरू धेरै भेटिन्छन् । जितिया, ठूलो एकादशी, माघेसङ्क्रान्ति कोसेली आदान प्रदानका अन्य मुख्य अवसर हुन् । कोसेलीमा धान, चामल, सुन्तला, अदुवा, बेसार, कोदो, खसी, माछा, रोटी, अम्रिसो, पिँडालु, खुर्सानी, नाम्लो, डालो लगायतका घरेलु आवश्यकताकै चिजबिच हुन्छन् ।  इष्टलाई भनेर सोचेको सामान केही गरी अन्त जाँदैन । यस्तो आत्मीयताले दुवै समुदायको अर्थतन्त्र टिकाउने काम गरेको समाजशास्त्री बस्याल बताउँछन् ।  बाबुहरू इष्ट बाँधिएपछि छोराहरू स्वतः इष्ट हुने परम्परा छ । महाभारत पर्वत श्रृङ्खलामा पर्ने देवचुली, धौवादी, जौवारी, नरम, रुचाङ्ग, रकुवा, राकाचुली, हुप्सेकोट गाविसका मगर र त्यसको ठीक तल समथर भूभागका थारूहरूबीच एक घर एक इष्ट बनाउने चलन वस्तु विनिमय कालदेखि नै चलेको अनुमान छ । नवलपरासीको नवलपुर क्षेत्रमा पुराना पुस्ताका कुनै थारू छैनन्, जसको पहाडमा मगर इष्ट नहोस् । तर, अहिले इष्ट परम्परा क्रमशः घट्दै गएको देखेर चिन्तित छन्, शिक्षक महतो । खास गरी २०५२ सालमा नेकपा माओवादीले हिंसात्मक विद्रोह थालेपछि इष्ट हुने चलन हराउन थालेको हो ।  व्यापारिक नभई आत्मीय सम्बन्धमा विकसित भएकाले एक अर्काको खाद्यान्न लगायतका आवश्यकता पूरा गर्न सुरु भएको इष्ट परम्परा जसरी पनि जोगाउनुपर्ने रकुवाका दुर्गाबहादुर राना बताउँछन् । यसका लागि सडक र सूचना प्रविधिसँगै नयाँ जीवनशैलीमा आकर्षित भएका युवालाई जगाउनुपर्ने उनको भनाइ छ । हिमालबाट