ए टीकापुरः के छ तिम्रो सुर ? 

 ए टीकापुरः के छ तिम्रो सुर ? 

१६६ दिन अगाडि

|

१६ भदौ २०८१

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

जानकी गाउँपालिकाव्यापी अस्टिम्की चित्रकलामा जुना चौधरी प्रथम

१६९ दिन अगाडि

|

१२ भदौ २०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जानकी गाउँपालिका कैलालीको संयुक्त आयोजनामा दुर्गौलीमा शनिवारबाट सुरु भएको ‘थारू लोकचित्रकला तथा मूर्तिकला प्रवर्धन कार्यक्रम’ मङ्गलवार भदौ ११ गते सम्पन्न भएको छ । कार्यक्रममा जानकी गाउँपालिका प्रमुख गणेश चौधरीले थारू लोककलालाई अब राष्ट्रिय गतिविधिसँगै आम्दानीको स्रोतका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गर्ने प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीमा पालिकाका कलाले सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले संस्कृतिको संरक्षणका सन्दर्भमा यो जीवन्त कार्यक्रम भएको बताउनुभयो । ‘नयाँपुस्तालाई लोकसंस्कृतिसँग प्रत्यक्ष जोड्न सक्नु यस कार्यक्रमको उपलब्धि हो । कार्यशालामा सहभागी सबैलाई प्रादेशिक प्रदर्शनीमा समेत भाग लिन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । जानकी गाउँपालिकाको सबै वडाको गाउँमा बनाइएको अस्टिम्की चित्र अवलोकन गर्दा चित्रकला कार्यशालाप्रति सन्तुष्ट रहेको जनाउँदै प्राज्ञ अधिकारीले अगाडि भन्नु भयो– अस्टिम्की कलालाई पनि मिथिला कलाझैं व्यावसायिक बनाउँदै अन्तरराष्ट्रियकरण गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । संस्कृतिविद् तथा साहित्यकार डा. कृष्णराज सर्वहारीले अस्टिम्की कला र पर्वमा बनाइने कलाका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले गत वर्षदेखि नै अस्टिम्की कलाबारे कार्यशाला गरेर पुस्ता हस्तान्तरणमा जानकी गाउँपालिकाले अभियान चालेकोमा सराहना व्यक्त गर्नुभयो । उहाँले अस्टिम्कीकै बारेमा आफ्नो विद्यावारिधि भए पनि कुनै पनि विषयमा अध्ययन कहिल्यै नसकिने धारणा राख्दै भन्नु भयो, ‘म यहाँ पनि अध्ययन नै गर्न आएको छु । लोकसाहित्यका खास जानकार पुर्खाहरु नै हुन् ।’ सामान्य पूजा गरेर मनाइने अस्टिम्की देखिए पनि पुरुष हलो बनाउनदेखि जोत्न सिपालु हुनुपर्ने, महिला चुल्हो बनाउनेदेखि खाना पकाउने भातभान्सामा सिपालु हुनुपर्ने सन्देश दिएको छ । साथै, अस्टिम्कीले थारु समुदायको समग्र जीवनदर्शन बोकेकाले यसबारे व्याख्या विश्लेषण हुँदै जानुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जितबहादुर चौधरी, जगत चौधरी, वसन्ती चौधरी, जनक चौधरी, चन्द्रलाल चौधरी लगायत सहभागीले अस्टिम्की कलाबारे जिज्ञासा राखेका थिए । धेरैले हालसम्म यसमा गाइने गीतबारे प्रष्ट हुन पाएकोमा आयोजक तथा बक्ता  डा. सर्वहारीलाई धन्यवाद दिएका थिए । थारू संस्कृतिविद् तथा रेडियोकर्मी एकराज चौधरीले पनि गुर्वावाको विषयलगायत थारू संस्कृतिका बारेमा उठेका जिज्ञासाका बारेमा जबाफ दिनुभएको थियो ।  टीकापुर क्याम्पसका एसोसिएट प्रोफेसर नाथुराम चौधरीले अस्टिम्की कार्यशालाको छलफलको क्रममा ४० वर्ष मुनिको कसैले जिज्ञासा नराखेको गुनासो गर्दै युवाहरु चित्र बनाउनमा सहभागी भएसंगै यसको महत्वबारे थाहा पाउज.न जरुरी रहेको बताउनु भयो । विष्णुप्रसाद चौधरी प्रशिक्षक रहनुभएको कार्यशालामा २२ जनाले सहभागिता जनाएका थिए । समापन समारोहमा उत्कृष्ट (जुना चौधरी प्रथम, सङ्गीता चौधरी÷विनिता चौधरी द्वितीय, सम्झना चौधरी तृतीय र चन्द्रलाल चौधरी चौथो) लाई नगदसहित सम्मान तथा सहभागीलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो । समापन कार्यक्रममा  जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरी, वडा नं १ का वडाध्यक्ष सुरेशकुमार चौधरी, वडा नं ४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरिया, वडा नं ७ का वडाध्यक्ष कमल महतो, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, कार्यपालिका सदस्यहरू पार्वतीदेवी डङ्गौरा थारू, पवित्रा विश्वकर्मालगायतले  अस्टिम्की कलाबारे चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेत्रप्रसाद न्यौपानेले गर्नु भएको थियो ।  

कृष्ण जन्माष्टमीको महिमा र थारू संस्कृति

कृष्ण जन्माष्टमीको महिमा र थारू संस्कृति

१७२ दिन अगाडि

|

१० भदौ २०८१

१.पृष्ठभूमि पहिल ट सिरिजल जल ठल ढरटी ।। सिरिजी ट गइल हो कुश कई  डाभ ।।१।।  डुसरे ट सिरिजल अन्न कई पेड ।। सिरिजी ट गइल हो अन्न कई बिरोग ।।२।। टिसरे ट सिरिजल अन्न कई डरिँ ।। सिरिजी ट गइल हो अन्न कई पाट ।।३।। चौठे ट सिरिजल अन्नकई फूल ।। सिरिजी ट गइल हो अन्नकई फल ।।४।। माथिको गीत अस्टिम्कीमा (कृष्ण जन्माष्टमी) गाइने गीतका हरफ हुन् । यो गीतमा धर्ती र जलको उत्पत्तिदेखी शुरु हुन्छ र अन्त्य भने कंशको बधमा गएर टुङ्गिन्छ । माटो र पानीको उत्पत्तिपछि धर्तीमा अन्न, जीव, सरिसृप लगायतको उत्पत्तिको वर्णन पाइन्छ । गीतको माध्यमबाट यसको वर्णन भएता पनि थारु समुदायमा यसलाई कलात्मक चित्रमार्फत उतारिन्छ । अस्टिम्की चित्रहरुको माध्यमले धर्तीको उत्पत्तिसंगै जलचर, थलचर, सरिसृप, बोटविरुवाहरुलाई विम्बात्मक थारु लोकचित्रहरुले व्याख्या गरिन्छ ।  अष्टिम्की लोकचित्र प्रकृतिबाट प्रेरित छ । पेन्टिङमा सूर्य, चन्द्रमा, रुख, बाँदर, माछा र कछुवा लगायतका चित्रहरू समावेश हुन्छन् भने कमेरोबाट निस्किएका प्राकृतिक रंग, सेतो ढुङ्गाको धुलो, रंगीन माटो, सिन्दुर, फूल र पातको घोल, जलेको जंगली घाँसको खरानी आदि समावेश गर्दछन् । बाँसका मसिना हाँगाका टुक्राहरू प्राकृतिक ब्रशको रूपमा प्रयोग गरिन्छ त्यसको टुप्पालाई थिचेर ब्रश जस्तो संरचना बनाइन्छ । अष्टिम्की चित्रकलाले जीवनको विकासलाई चित्रण गर्छ । थारुहरूले गुर्बाबालाई पृथ्वीको सृष्टिकर्ता मान्दछन् । थारु लोक महाकाव्य ‘गुर्बाबाक जन्मौटी’का अनुसार गुर्बाबाले ‘दुढही गंगटो र फेटुली गँड्यौला’को सहयोगमा अमरमाटी (माटो) ल्याई यो संसारको सृष्टि गर्नुभएको हो । थारु लोककथा अनुसार विकास हुनेमा पहिलो जीव माछा हो ।  अहिले जस्तो बजारमा पाइने विभिन्न कृतिम रङहरु पाइदन्थ्यो । त्यसको लागि प्राकृतिक रंङहरु बनाउने गर्दथे । कालो रङ्गको लागि कर्खा (दियोको ध्वाँसो) तयार गर्दथे, त्यसैगरि खयरको कट्ठा, पवईको विँया, केराको खम्बाको चोप, खरानी समेतको प्रयोग गरिन्थ्यो । चित्र बनाउनु भन्दा पहिले चित्रकारले निर्जला ब्रत बसि कमेरो माटो वा चुनढुङ्गाले निर्धारित डेहरी वा भित्ता व्यागग्राउण्डको लागि लिप्थ्यो । सबै भन्दा माथी दायाँ कुनामा सुर्य र माथिल्लो बाँया कुनामा चन्द्रमाको चित्र अंकित गर्नुपर्दछ । यस चित्रले पनि यस व्रहमाण्डमा अनेकौ ग्रह, उपग्रह भएजस्तै पृथ्वी सूर्यको उपग्रह रहेको व्याख्या गर्दछ । यसरी बनाइने अस्टिम्कीको चित्रमा महाभारत ग्रन्थका पात्रहरुलाई पनि उतारिन्छ जसमा ५ भाई पाण्डवहरुका चित्र लस्करै राखिन्छ । त्यसको तलतिर एकजना बधुलाई डोलीमा अन्माईरहेको बनाइन्छ त्यो द्रौपदीलाई देखाउन खोजिएको हो । त्यसका छेउछाउमा जंगली जीवजनावर हात्ती, घोडा, मयूर, हलो जोतिरहेको मानिसको चित्र हुन्छ । यसले पृथ्वीको विकासक्रमसंगै अस्टिम्कीको गीतमा भनेजस्तै अन्न, बाली फलाउने, मानव र जीवजनावरहरुको सहअस्तित्वलाई बुझाउदछ । २. गुर्बाबक जल्मौटी र अस्टिम्की चित्र समयक्रमसंगै मानव सभ्यता, कबिलाहरु, समूहमा परिणत हुदै गयो । सामाजिक मूल्य मान्यताको पनि निर्धारण प्रक्रिया शुरु भयो । रितिरिवाज, धर्म, संस्कृति, संस्कारहरु पनि क्रमिकरुपमा विस्तार हुदै गए । मान्छेहरुका फरक फरक आस्था र विश्वासहरु निर्माण हुदै गए । यस प्रसंगलाई पनि थारु समुदायले चित्रमा वर्णन गरेको पाइन्छ । उदाहरणको लागि अस्टिम्की चित्रमा महाभारतका कथाहरु भेटिन्छ । महाभारतमा पाण्डव र कौरवहरुको वरिपरि ग्रन्थ लेखिए पनि कंशको केहि थोरै व्याख्या पाइन्छ । तर यसलाई थारु समुदायहरुले प्रमुखताको साथ चित्र मार्फत एक बलशाली मथुराका तानाशाह कंशको चित्र पनि रेखांकित गर्दछन् । शक्तिशाली देखाउन कंशको शिर रावणको भन्दा वढि अर्थात १२ शिर बनाउछन जसलाई थारुहरुले ‘बरमुर्वा’ भन्दछन् । बनाइएको चित्रहरुमा पूजा गर्दा गल्तिले  बरमुर्वाकोमा टीका लगाउदा त्यस दम्पत्तिबाट जन्मिने सन्तान रुने, कराउने, भयभित हुने अस्वस्थ खालको जन्मिने विश्वास गर्दछन् । कंशले आफ्नो बहिनी देवकी कोखबाट जन्मिने सबै बच्चाको हत्या गर्दथे त्यसको बिम्ब होला बच्चाहरु तर्सिने, रुने, कराउने हुन्छन् भन्ने विश्वास अहिले सम्म छ ।  थारु समुदायमा ‘बरमुर्वालाई’ सामाजिक खलपात्रको रुपमा स्थापित गर्दछन् । अस्टिम्की चित्रको मुख्य विशेषता वा आकर्षण भनेको कान्हाको चित्र बनाएको हुन्छ । चित्रहरुको विचमा कान्हाको मुरली बचाउदै वा कदमको रुखमाथी बसेर कृष्ण लिला झल्किने तस्विर, वा उनलाई विष्णुको अवतारको रुपमा पनि व्याख्या गर्दछन् । चित्र बनाउदा पुरैनीको पात (कमलको पात) महत्वका साथ बनाउछन जुन मण्डलासंग  मिल्दछ । अहिले भने बजारमा पाउने कलरप्रिन्ट पोष्टरलाई टाँस्ने प्रचलन व्यापक वढ्दैछ । बनाइने चित्रहरुले थारु साहित्यको काव्यात्मक लोक शैलीमा धर्तीको उत्पत्तिको वर्णन गरिएको गुर्बाबक जल्मौटीलाई पनि विश्लेषण गर्दछ । गुर्बाबाले यस सृष्टिको रचना गर्दा पाताल लोकबाट खँेटुली गंगटो, दुढही गड्यौला लगायतको सहयोगबाट माटो ल्याएर यस धर्ती लोकको उत्पत्ति गरेका थिए । गुर्वावाको केहि प्रारम्भि अंश हाँ हाँ रे, पहिल ट बरसल ढुरिया ढुक्कुन । हरे अब डैया कलजुग ढरल मिरटी भवन ।।१।। हाँ हाँ रे डोसर ट बरसल गोबर कै रेख । अब डैया चार पाउ कलिजुग टेकल मिरटी भवन ।।२।। हाँ हाँ रे टिसरा ट बरसल कोइला कै रेख । अब डैया कोइ नही टिकही मिरटी भवन ।।३।। माथिको लोकश्रुतिले श्रृष्टिको कालखण्डलाई बर्णन गर्दै कलियुगको प्रबेशको परिकल्पना गरेको थियो जसमा शुरुशुरुमा धुलो, कणहरु, खग्राखको वर्षा भयो, त्यसपछि गोबर, कोइलाको वर्षा भयो यसरी लोकश्रुतिका अनेक श्लोक अध्ययन गर्दा धर्तिको क्रमिक विकासक्रमलाई व्याख्या गरेको पाइन्छ ।  अस्टिम्की चित्रको सबैभन्दा तल्लो भागमा नदीनाला, कछुवा, माछा, सर्प, बिच्छी, गंगटो लगायतको चित्र कोरिएको हुन्छ जसको अर्थ पानीमूनी पनि जीवनको सहअस्तित्व बारेमा बर्णन गर्दछ । यस धर्तीमा सरिसृपको विकासक्रम, मानवविचको सहअस्तित्व, चर चराचर, स्तनधारी, लगायतको जीवनचक्रको भरपूर चित्रको माध्यमबाट ब्याख्या पाइन्छ । ३.अस्टिम्कीका पात्र र केही मिथक महाभारतको कथानुसार द्रौपदी र युधिस्थिर कोठामा बसेको बेला भिम प्रबेश गर्दछन आपत्तिजनक अवश्थामा रहेकोले द्रोपदी एकदम लज्जित हुन्छिन । एकभाई प्रबेश गर्दा अन्य भाईलाई प्रबेश निषेध हुने पाण्डवहरुको सम्झौता अनुसार द्रोपदीको कोठामा प्रबेश गर्दा पादुका बाहिर राख्नु पर्ने हुन्थ्यो जसले गर्दा उनीहरु भित्र प्रबेशको जानकारी पाउथे तर युधिस्थिर प्रबेश गरेको बेला कुकुरले उनको पादुका गायब गरेकोले भित्र भिम छिरेछन् यस घटनाले द्रोपदी आक्रोशित र लज्जित हुनुपरेको प्रसंग छ त्यसैले उनले कुकुरलाई सार्वजनिक ठाउँमा अपमानित हुनु पर्ने सराप दिन्छिन् । त्यसलाई प्रतिविम्बित गर्न उक्त कुकुरलाई सबैभन्दा चित्रको पुछारमा कान्हा बसेको रुखको जरामुनी एक जोर कुकुरहरु संभोग गरिरहेको चित्र देख्न पाइन्छ त्यो भने उल्टो बनाइन्छ । यसलाई पाप, कुकर्मको फलसंग जोडेर ब्याख्या गरेको सुनिन्छ । थारु समुदायले अस्टिम्की पर्वमा कान्हालाई विशेषरुपमा पुज्ने भएता पनि पाण्डवहरुलाई पनि सम्झिन्छ । तर पाण्डवहरुका ५ भाई मध्ये सबै भन्दा वढि पुजिने भने भिमलाई हुन जसलाई थारुहरु ‘भेँवा’ भन्दछ । भिमको नाउँमा गरिने आराधना ‘अटवारी’ भनेर मनाइने पर्व भने भाद्र महिनाको कृष्णा जन्माष्टमीपछिको शुक्लपक्षको पहिलो आइतवारलाई मनाइन्छ ।  थारु लोककथा अनुसार एक राक्षसले थारु गाउँलाई धेरै दुख दिइरहेका थियो । गाउँलाई बचाउन हारगुहार गर्दा भिम रोटी पकाईरहेका रहेछन् उनी तावाको रोटी छोडी गाउलेहरुको सहयोगमा गएछन् र राक्षसको वध गरि गाउँलाई बचाए थिए रे । उनी फर्किदा रोटी भने एकतर्फी मात्र पाकेको थियो । भेवाँको आराधनामा थारु समुदायले पवित्र नयाँ आगोको बाल्छन् त्यसको लागि ‘गन्यारी’ भन्ने काठलाई एक आपसमा घर्षण गरि आगो निकाल्छन र त्यही आगोबाट भिमलाई चढाउने एउटा सबैभन्दा ठूलो रोटी ‘भउरी’ एकतर्फी पकाउछन् ।  त्यसैगरी, पाण्डवहरु सुर्खेलको बिहार (सुर्खेतको बिहार) मा बस्दा दाङका एक थारु राजा दंगीशरणलाई दुष्मणहरुको आक्रमणबाट बचाउन सहयोग गरेको प्रसंग पनि जोडिएको लोककथा धेरै छन् । ४.अस्टिम्की र आराधना थारुहरु प्रकृतिपूजक भनि चिनाउन चाहन्छन् । प्रकृतिमा रहेका हरेक सजिव तथा निर्जिवको पुजा अराधना गर्दछन् जसको उदाहरण ‘अस्टिम्की’ पर्व हो । अस्टिम्की चित्रहरु माथी उल्लेख गरेअनुसार प्रकृति र सजिव प्राणीहरुको सहअस्तित्व, जीवनचक्र, आस्था र विश्वास, वातावरणीय सन्तुलन, दुष्कर्म, भविष्यका परिणामलाई समेत चित्र मार्फत व्याख्या गरि पुज्ने गर्दछन् । थारु समुदायको ‘अस्टिम्की’ पर्वप्रतिको आस्था र महिमा अलौकिक छ । यो पर्व आउनुभन्दा पहिले देखि नै पूर्वतयारी गरिन्छ । गाउँमा भएको केरा, बेलौती, जामुन, काँक्रा, कागती, भोगटे लगायत मौसमी फलहरु साँचेर राखिन्छ । दुध, दहि, घ्यूको जोहो गरिन्छ । ब्रतालु महिलाहरु नयाँ कपडाहरुको व्यवस्था गर्दछन् । गरगहना, चुरा पोते, श्रृङ्गारका सामाग्रीहरु पनि किनमेल गर्दछन् । तन्नेरी देखि बुढाबुढीसम्म ब्रत बस्ने निधो भएपछि ब्रतालुहरु सम्तमी र अष्टमीबिचको रात भाले नबास्दै सबैजना नुहाईधुवाई गरि मिठो मसिनो परिकार पकाउछन् र दर खान्छन् । दर खाईसकेपछि अष्टिम्कीमा निर्जला ब्रत बस्नुपर्दछ । अष्टमीको विहान चित्रकारले पनि निर्जला ब्रत बसी चित्र बनाउछ । चित्र तयार नहँुदासम्म उसले केही खानु हुदैन । चित्र बनाउनेमा प्राय पुरुषहरु भए पनि महिलाहरु पनि थप रङ्ग बुट्टा थप्नमा मद्दत गर्दछन् । चित्र बनाउने ठाउँलाई पवित्र स्थानको रुपमा मान्ने भएकोले ब्रत नबसेको मान्छे उक्त ठाउँमा जान भने बर्जित गरिएको हुन्छ ।  साँझ सुर्यास्तसंगै ब्रतालुहरु नुहाएर नयाँ लुगा, गरगहनामा सजिएर अस्टिम्की चित्र भएको घरमा जम्मा हुन्छन् । सबै ब्रतालुहरु टपरीमा चामल, बलिरहेको दियो, धुप, अगरबत्ति, फलफूल, सिन्दुर, पुजा सामाग्री लिएर जान्छन् । घरमुली ज्येष्ठ सदस्यले अष्टिम्की चित्रमा पूजा गरिसकेपछि अन्य ब्रतालुहरु पनि पालैपालो चित्रमा टीका लगाई पूजा गर्दछन् । पूजा गरिसकेपछि लगेको चामल भूँईमा खन्याई चामलमाथी बलिरहेको दियो राख्छन्  जुन रातभरि ननिभोस भनि तेल थपि राख्छन् । दियो निभेको अशुभ मान्द्छन र ब्रतालुले ब्रतको नियम मिचेको हो कि भनि शंका गर्दछन् । चामलसंगै लगेको फलफूल, कागती, बेलौती, काँक्रा, केरा पनि राख्छन् । अष्टिम्की पुजा हेर्न आएका तन्नेरीहरु आफुसंग हसिया वा चक्कु लिएर आएका हुन्छन् ब्रतालु महिलाहरुले ल्याएका फलफूलका भेट्नो काट्नलाई तछारमछार गर्दछन् । खासगरि आफुले मन पराएको अविबाहित महिलाहरुले चढाएको फलफुललाई लक्षित गरि काट्ने भएकोले आफ्नो मायाको प्रस्ताव गर्न नसक्ने पुरुषहरुले अप्रत्यक्षरुपमा आफ्नो प्रेमलाई सार्वजनिकरुपमा व्यक्त गर्दछन् । महिलाहरु मकैको जरा सहितको बोटलाई चढाएको हुन्छन् साथसाथै मौसमी फलफूल भोग्टे, निबुवा, चढाउने गर्दछन् भने ब्रतालु पुरुषले मग्ग बास्ना आउने भैंरोपातीको बोट जरासहित चढाएका हुन्छन् । पूजाआराधना पछि सबै महिला पुरुषहरु आफ्नो घर फर्किन्छन र ‘फलाहार’ गर्दछन् । फलाहारपछि अष्टिम्की पुजास्थलमा सबै जना जम्माभई रातभरि कृष्णाअवतार, लीलासंग सम्बन्धि गीत गाई जागाराम बस्छन् । भोलि विहान सबैजना अष्टिम्की चित्र बनाएको ठाउँमा गई आफ्नो बलिरहेको दियो, भेट्नो, अलिकति चामल, धुप, पूजा सामाग्री लिएर नजिकको नदिमा सेलाउन जान्छन् । सेलाइसकेपछि ब्रतालुहरु नुहाएर फर्किन्छन र नुहाउदा आफ्ना शरिरमा भएका विकारलाई नष्ट होस् भनि प्रार्थना गर्दछन् र घर फर्कि पाकेको मिठो पक्वान खाइ अष्टिम्की मनाउछन् । ५.निष्कर्ष जीवन विकासको कथा चित्रण गर्ने आदिम परम्परा अष्टिम्कीले पश्चिम नेपालका थारुहरूमाझ ठूलो महत्व राखेको छ । भगवान कृष्णको जन्म दिनलाई चित्रकलाको रूपमा सौन्दर्यात्मक, कला रूपको प्रतिनिधित्व मात्र होइन, यसले जीवनको विकास, थारु संस्करणको चित्रण र पुस्ता देखि पुस्ता हस्तान्तरणका कथा बताउँछ ।  भागवत गीतामा योद्धा अर्जुनलाई कर्मको मूल्य सिकाउने भगवान विष्णुको रूपमा पूजनीय श्यामवर्ण देवता कान्हाको आराधना थारु समुदायले परम्परागत चलन भएता पनि अहिलेको नयाँ पुस्तामा भने बिकृति देखिन्छ । अष्टिम्की चित्रको आफ्नै महत्व र महिमा भएता पनि नयाँ पुस्ताले खासै रुचि देखाउदैन् । अहिले मनाइने अष्टिम्की निराहार ब्रत बसि बनाउने चित्रको ठाउँमा बजारको रेडिमेड पोष्टरमा पुजा गर्ने चलन बढ्दै गएको पाइन्छ । थप आकर्षक देखाउने खालका चित्रहरु पनि थप्ने गरेको पाइन्छ जुन गुर्बाबक जल्मौटी महाकाव्यमा वर्णन गरिएको छैन । साथै दर खाने बहानामा होटल, रेष्टुरामा गई मनाउने संस्कृति हाबी हुदै गएको छ । अष्टिम्की थारु लोक चित्रकला परम्पराको बारेमा थप तथ्यहरू पत्ता लगाउन र यससँग सम्बन्धित कथाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा अझ मूल्यवान र बिक्रीयोग्य बनाउन थप अनुसन्धान आवश्यक छ । नेपालको मिथिला कलालाई जसरी विश्वभर फैलाउन विभिन्न माध्यमहरु सहयोग गर्दैछन त्यसैगरी, पृथ्वीमा जीवनको विकासक्रमलाई थारुहरूको पुरातन चित्रकला शैली तथा संस्करणलाई लोकप्रिय बनाउन विभिन्न कार्यक्रमहरूमा अस्टिम्की लोक चित्रकला प्रदर्शन र प्रवद्र्धन गर्न आवश्यक छ । सबै जातजातीहरुका यस्ता महत्वपूर्ण कला, संस्कृति, पुरातन संस्कारलाई संरक्षण तथा प्रर्बद्धन गर्न राज्यले ध्यान पुर्याउनजरुरी छ ।  

टीकापुर विद्रोह दिवसः एउटै मञ्च, एउटै स्वर,  दलीय दासता स्वीकार्य नहुने

टीकापुर विद्रोह दिवसः एउटै मञ्च, एउटै स्वर, दलीय दासता स्वीकार्य नहुने

१७४ दिन अगाडि

|

८ भदौ २०८१

कैलालीको टीकापुरमा थारुहरुले ‘नवौं थारु बिद्रोह दिवस’ भदौ ७ गते शुत्रलवार सम्पन्न गरेका छन् । दिवसमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उद्ययन राज्य मन्त्री अरुण चौधरीसहित जिल्लाभरीका थारु अगुवा नेताहरुको उपस्थिति रहेको थियो । जहाँ सबैको एउटै स्वर थियो ‘आन्दोलनको बिकल्प छैन, दलिय दासता स्वीकार्य हुँदैन’ ।   गत वर्ष बिद्रोह दिवसको आठौं बर्षगाँठमा एउटै मञ्च प्रयोग गरिए पनि नेताहरुमा अलि अनमन देखिन्थ्यो । तर यसपाली भने बिबादरहित ढंगले एउटै मञ्च सहज स्वीकारिएको र मञ्चबाट बोलेको देखियो ।  कार्यक्रममा थारुहरुले थरुहट प्रदेश पाउनु पर्दछ भन्ने आवाज उठाएकै कारण जेल जीवन बिताएका सबै थरुहटवादीहरुलाई मुख्य अतिथि, बर्तमान मन्त्री, भू.पू. मन्त्री, जनप्रतिनीधिहरुलाई बिशिष्ट अतिथि र अन्यलाई अतिथिमा राखिएको थियो । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुको स्वागत मन्तब्य पश्चात बक्ताहरुले बिद्रोह दिवसमा मन्तब्य राखेका थिए ।  बक्ताहरुमा आदिवासी जनजाति महासंघका प्रदेश अध्यक्ष दल बहादुर घर्तीमगर, थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रेमवती राना, नेपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल राना, जेलजीवन काटिसकेका रामप्रसाद चौधरी, नेकपा माओवादीका कैलाली जिल्ला अध्यक्ष एवं कैलारी गाउँपालिकाका निबर्तमान अध्यक्ष लाजुराम चौधरी (अंकित), नेकपा एमाले कैलालीका जिल्ला सचिव एवं घोडाघोडी नगरपालिकाका निबर्तमान प्रमुख ममता प्रसाद चौधरी, नेपाली काँग्रेस कैलालीका उपसभापति खेमराज चौधरी, संबिधान सभा सदस्य कृष्णकुमार चौधरी (कुन्दन), सांसद लालबीर चौधरी, सांसद गंगाराम चौधरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामजनम चौधरी, थरुहट आन्दोलनका उठानकर्ता लक्ष्मण थारु रहेका थिए । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो । लोकगायक मनिराम चौधरी, गायिका सोमती चौधरीले गीतमार्फत् अझैं अन्तिम लडाई बाँकी रहेको, कसैको सामु झुक्तैनौं हामी, थरुहट राज्य छोड्दैनौं भन्ने सन्देश दिएका थिए ।   नेकपा माओवादीका जिल्ला अध्यक्ष लाजुराम चौधरी अंकितले २०६४ सालमा पार्टीको नीति र ब्यबहार मन नपरेपछि लक्ष्मण थारुसहित आफूहरुले पार्टीबाट बिद्रोह गरेको स्मरण गराउँदै थारुहरुको लागि कारवाही समेतको परवाह नगरेको स्मरण गराएका थिए । उनले अबका दिन प्रहरी, प्रशासन, सेनामा थारुको प्रतिशत कति ? त्यो खोजिने दिन आएको बताए ।   नेकपा एमालेका जिल्ला सचिव ममताप्रसाद चौधरीले थरुहट आन्दोलनलाई कतिपय ब्यक्तिहरु अन्डरस्टीमेट, अनदेखा गरिरहेको भनी रोष प्रकट गर्दै प्रदेशको सवालमा गहन छलफल र संविधान संशोधनमा धेरै ध्यान दिई अगाडि बढ्नुपर्ने विचार ब्यक्त गरे ।  नेपाल रानाथारु समाजका केन्द्रीय सदस्य कमल रानाले बर्तमान सरकारको संविधान संशोधनबाट थारुहरुको हक अधिकार सम्पन्न हुने कुरामा विश्वास नरहेको र सुदूरपश्चिम सरकारको ९ सदस्यीय समितिले थारुहरुको आरक्षणको मागलाई सम्बोधन गर्ला भन्ने कुरामा विश्वस्त हुन नसकेको बिचार ब्यक्त गरेका थिए ।  संबिधान सभा सदस्य कृष्णकुमार चौधरी (कुन्दन) ले थरुहट प्रदेशको लडाई निरन्तर जारी रहने आशय ब्यक्त गर्दै जनसंख्याको आधारमा राज्यमा थारुहरुको सुनिश्चितता अनिवार्य भैसकेको बताए । उनले यदि देशमा १०० जना आर्मीको भर्ती खुल्छ भने ७ जना थारुहरुको सिट अनिवार्य हुनुपर्ने बताए । उनले थारुहरुले मागेको जम्माजम्मी थरुहट प्रदेश, समान अनुपातमा सहभागिता र भाषा संस्कृतिको संरक्षण थियो भन्ने विचार ब्यक्त गरेका थिए ।  नाउपाका सांसद गंगाराम चौधरीले आफूले संसदमा टिआरसीमार्फत् थारुहरुमाथि लगाइएको झुट्ठा मुद्दा खारेज गरिनुपर्ने आवाज उठाएको जानकारी गराएका थिए भने पूर्वमन्त्री रामजनम चौधरीले थारुहरुको अधिकारका लागि दलीय ह्वीप नमान्ने र जबसम्म थारुहरुको माग, मुद्दा सुनुवाई हुँदैन, तबसम्म लडिरहने, संबिधान संशोधनले प्रदेश मिल्छ भने त्यसमा पनि ध्यान दिइनुपर्ने बताए ।  संस्कृति, पर्यटन तथा नागरिक उद्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो उमेर कम हुँदा पनि थरुहट आन्दोलनको शुरुवातदेखि आफू लागेको, आन्दोलनमै लाग्दा आफ्नो ट्रयाक्टरसमेत जलेको बताएका थिए । उनले अहिले पनि थारुहरुको लागि गर्न सकिने काम गर्ने धारणा राखेका थिए ।  त्यसैगरी, थरुहट आन्दोलनका उठानकर्ता लक्ष्मण थारुले आफू कोहलपुरमा हुँदा टीकापुरमा घटना घटेको र राज्यले जेल हालेको स्मरण गराउँदै उनले भने “कोही भ्रममा नबस्दा हुन्छ । हामी भाग्नेवाला छैनौं, अधिकारको लागि हामी यहीं लड्छौं, यहीं मर्छौं, यहीं बाच्छौं ।” जेल पर्दा काँग्रेस, एमालेका कतिपय ब्यक्तिहरु आफूहरुलाई हत्यारा भनेकोमा दुःख लागेको बताउँदै उनले त्यतिबेलाका डिएसपी विश्वराज खड्काले नै अखण्ड पक्षधरहरुलाई थारुहरुको घरमा ढुङ्गा हान्न लगाएको बताए । दलीय ह्वीप नमान्ने विचार ब्यक्त गरेका साथीहरुलाई सूचित गर्दै उनले अगाडि भने, साथीहरु विचार गर्नुहोला, असोज ३ गते हामी संबिधानका केही धारा जलाउँदै छौं ।  नाउपाका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीले लाल आयोग गठन कसले ग¥यो, किन ग¥यो र किन त्यसको प्रतिबेदन सार्वजनिक गरिएन ? भन्दै राज्यलाई प्रश्न गरे ‘के हामीले पहिचानको मुद्दा उठाउनु गलत थियो ? अधिकार माग्नु गलत थियो ? हामीले हाम्रो संस्कृति बचाइदेऊ भन्दा हाम्रो गल्ती के ? हामी निर्दोष हुँदाहुँदै पनि जेल कोचिनु थारु भएकै कारण हो ?’ उनले आफ्नो फूलवारी एफएम, रिसोर्टमा आगो लगाइएको सम्झँदै भने, मेरो त्यहाँ भएका सारा सम्पत्ति जलाइयो । तर, सबैभन्दा दुःखको कुरो मेरो त्यहाँ भएको छालाको पुस्तक, लिपि जल्यो । मसँग अरुले सामान लगिरहेका फुटेज छन् । तर, म यही ठाउँमा बस्नु छ, समाज मिलाएर लानु छ, त्यो जिम्मेवारी पनि मेरो हो ।  रेशमले रामजनम चौधरीलाई सभामा गरेको बाचा नबिर्सन अनुरोध गर्दै भने, ‘रामजनम दाजु, अब हुने थारु र थरुहटको लागि हुने आन्दोलनमा हामी छोड्दैनौं । भाग्नुहुन्छ भने घरैबाट खुट्टा समाएर घिसारेरै ल्याउँछौं ।’ उनले टीकापुरमा फेरी प्लेन उड्ने ठोकुवा गर्दै भने, “अब टीकापुर अर्को जिल्ला एक बन्छ, दुई बन्छ, तीन बन्छ ।”  कार्यक्रमको आयोजना थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कैलाली र थारु बिद्यार्थी समाजले गरेको थियो । अधिकारको लागि अब दलहरुको ह्वीपभन्दा माथि उठ्ने बक्ताहरुको एक आवाज थियो । टीकापुर अर्को जिल्ला बन्ने ठोकुवा त भयो, तर थरुहट प्रदेश बन्ने बनाउने ठोकुवा भने कसैले गरेनन् ।      

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

सुदूरपश्चिमको निजामती सेवा ऐनः  थारु समुदायको गम्भीर आपत्ति

१७८ दिन अगाडि

|

४ भदौ २०८१

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन खाकामा सुदूरपश्चिम प्रदेशका थारु समुदायले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले भदौ ३ गते सोवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उक्त संशोधनमा विरोध जनाएका हुन् । थारु, राना थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल भएको उनीहरुको भनाई थियो । संविधानले निर्धारण गरेका मापदण्डहरूलाई पूरा नगरेको र समुदायका लागि आरक्षित अधिकारलाई कार्यान्वयन नगरेको भन्दै उनीहरुले विरोध जनाए । आफूहरुको माग सम्बोधन गराउन आग्रह गरिएको नभए भदौ ४ गते मंगलवार १० बजेदेखि सुदूरपश्चिम प्रदेश सभा अगाडि धर्ना कार्यक्रम गर्ने थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले ढकियाखबरलाई जानकारी दिए । समुदायको जनसङ्ख्याको आधारमा संविधानले १८प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेकोमा प्रदेश सरकारले उपेक्षा गरेको उनीहरुको आरोप छ । साथै, महिलाहरूको लागि आरक्षित ३३ प्रतिशत प्रतिनिधित्वमा पनि १८ प्रतिशत थारु÷राना थारु महिलालाई समावेश नगरेकोमा उनीहरुको असन्तुष्टि छ।

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

काठमाडौंमा अस्टिम्की पर्व मनाइने

१८० दिन अगाडि

|

२ भदौ २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि अस्टिम्की पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नयाँ बानेश्वर, बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटको हलमा आगामी भदौ १० गते सोमबारका दिन अस्टिम्की मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार भदौ १ गते बसेको बैठकले अस्टिम्की कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा तयारी मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  कार्यक्रमको उपसंयोजकमा न्यौछार समूहकी रिता चौधरी तथा सदस्य सचिवमा अन्जु चौधरी रहेकी छिन् । त्यस्तै,  राष्ट्रिय थारु कलाकार मञ्चको संयोजनमा सांस्कृतिक समिति, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरीको संयोजनमा प्रचारप्रसार समिति, अग्रासन महिला समुहको संयोजनमा पूजा तथा मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, फोहर व्यवस्थापन समिति, किरण चौधरीको संयोजनमा आर्थिक व्यवस्थापन समिति लगायत समिति गठन गरिएको छ ।   तयारी समितिको सल्लाहकारमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, डा कृष्णराज सर्वहारी, बलराम चौधरी, डा रामबहादुर चौधरी रहेका छन् । डा रामबहादुर चौधरीले अस्टिम्की विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा गुरही तयारी समितिकै संस्थाका सदस्यहरु रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका छन् । चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीको संयोजकत्वमा २०७२ सालदेखि काठमाडौमा अस्टिम्की मनाउन थालिएको हो ।   

गुरही पर्वले प्रज्ञा गुञ्जायमान

गुरही पर्वले प्रज्ञा गुञ्जायमान

१८८ दिन अगाडि

|

२६ साउन २०८१

                                                                                                                                                                       तस्विरः दिनेश चौधरी काठमाडौं उपत्यकामा बस्ने थारु समुदायले शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा गुरही÷गुरिया पर्व मनाएका छन् ।  अग्रासन महिला समुहलगायत विभिन्न दुई दर्जन थारु संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु चौधरीले  भने, ‘विगत केही वर्ष यता थारु महिलाहरु संगठित हुँदै गएकोमा खुशी लागेको छ । महिलाहरुले यसलाई पर्व संगसंगै अधिकार प्राप्तीको आन्दोलनको रुपमा पनि लिनुपर्छ ।’   थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य इन्दु थारुले गुरहीलगायत धेरै महत्वपूर्ण चाडवाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्वनापूर्ण अवस्था रहेको बताइन् । उनले निकै संघषैपछि कैलालीको क्याम्पस चोकको नामकरण गुरही चोक बनाउन सफल भएको बताइन् । कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारु लगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रुपमा काठमाडौमा मनाउन पाएकोमा खुशी व्यक्त गरे ।कार्यक्रममा विभिन्न थारु कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए । गुरही पर्वले प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल गुञ्जायमान भएको थियो ।  कार्यक्रमपछि कपडाका गुरही (गुडिया) बालिकाहरुले चौरमा सेलाएका थिए भने बालकहरुले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए ।  अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा किरण चौधरीले स्वागत गरेकी थिइन् ।  कार्यक्रममा हालै दशरथ रंगशालामा भएको काभा भलिबल प्रतियोगिता उपविजेतामा उत्कृष्ट प्रस्तुती दिएकी सरस्वती चौधरी, भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मनिषा चौधरीलगायत महिला खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय महिला ह्यान्डबलत्रय खेलाडी संगीता चौधरी, अदिति चौधरी र हिलिना रानालाई पनि सम्मान गरिएको थियो ।  थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैलियोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही÷गुरिया पर्व मनाउने गर्दछन् ।  यसैबीच आज शनिवार साउन २६ गते दिनको १ बजे प्रज्ञाको देवकोटा कक्षमा थारु साहित्यको रचना वाचन ठुम्रार साहित्यिक बखेरीको १०० औं भाग हुँदै गरेको समाचार छ ।