नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

२४६ दिन अगाडि

|

४ माघ २०८०

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

थारू समुदायमा हराउँदै निसराउ दिने परम्परा 

२४७ दिन अगाडि

|

२ माघ २०८०

सरला चौधरी माघ पर्वको तेस्रो दिन थारू समुदायमा छोरीचेलीलाई निसराउ दिन जाने परम्परा रहेको छ । तर, समय परिवर्तनसँगै यो परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ ।  माघ लाहानपछि नदी किनारमा पूजा गरी मटावा वा मान्यजनको हातबाट सेतो टीका लगाई एकापसमा आर्शीवाद लिने गरिन्छ । स्नानपछि घरमा आएर चामल, नुन र मासको दालको निसराउ काहार्ने गरिन्छ ।  लाहानको दिन काह्रेको निसराउ भोलिपल्ट विवाहित छोरीचेलीलाई कोसेलीको रुपमा चामल, मिठो परिकार र दक्षिणासहित निसराउ दिन जाने परम्परा रहेको छ । उता छोरी चेली पनि माइती आउने आसमा मिठा भोजन तयार पारी माइतीको राम्रो सत्कार गर्ने परम्परा छ । माघ पर्व थरू समुदायमा धुमधामको साथ मनाइए ता पनि निसराउ दिन जाने परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ । दाङदेउखुरी लमही–७, सतबरिया उचानिम्वु निवासी देवी चौधरीको अनुसार पहिला छोरी चेलीलाई अनिवार्य रुपमा माघमा निसराउ दिन जाने परम्परा थियो । उनले भनिन्, म पनि पहिला आप्नो नन्दहरुलाई निसराउ दिन गएँ तर अब छोरीहरुको पालोमा निसराउ दिन जाने गरेको छैन । यो परम्परा हराउन लागिसक्यो ।  निसराउ मात्र हैन, अब थारू परम्परागत गीत, बाजागाजा पुराना गरगहना पोशाक पनि हराउँदै छ । वर्तमान अवस्थामा युवायुवतीहरु डीजे लगाएर नाच्ने गरेको देवी चौधरीले बताईन् ।                                                                                             देवी चौधरीसँग कुराकानी गर्दै सञ्चारकर्मी सरला चौधरी । थारू समुदायमा माघको पहिलो साताभित्र प्रत्येक घर तथा गाउँमा विगतको घरायसी तथा सार्वजनिक कामको समीक्षा गरिन्छ । साथै, आउँदो वर्षको लागि नयाँ योजना बनाउने काम पनि गरिन्छ । थारू जातिले माघ पर्वलाई नयाँ वर्षको साथै मुक्ति दिवसको रुपमा पनि मनाउने गर्दछन् । 

हराउँदै माघको मौलिकता

हराउँदै माघको मौलिकता

२४९ दिन अगाडि

|

१ माघ २०८०

सन्तोष दहित लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा मनाउँदै आएकाले यतिबेला थारु बस्तीमा माघको रौनक देख्न पाइन्छ । बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता महत्वपूर्ण काम माघमा गरिने भएकाले माघको विशेष महत्व रहेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी बताउनुहुन्छ । माघमा सामाजिक, रीति, विवाह रीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपेलेसा गाउँघरका बाटाघाटा बनाउने जस्ता योजना समेत थारु समुदायले माघी डेवानीमा छलफल गर्ने गरेको उहाँले बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने पर्व भएकाले माघलाई सबैले चासोका साथ हेर्ने गरेको चौधरी बताउनुहुन्छ । माघमा थारु समुदायले नाचगान, खानपिन मात्र नभएर बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको मटावा, अघवा, चौकिदारको चयन गर्ने जस्तो महत्वपूर्ण काम हुने भएकाले थारु समुदायको माघलाई सबैले विशेष चासोको रुपमा हेर्ने उहाँको भनाइ छ । माघमा जति सामाजिक तथा सांस्कृतिक सौन्र्दय छ, त्यो भन्दा अझ स्थानीय तहले गर्दै आएको क्रियाकलापसँग जोडिने सामाजिक, विकास र न्यायको कामसँग जोडिने मटावा प्रथामा रहेको चौधरीले बताउनुभयो । कसरी चयन गरिन्छ, मटावा. बरघर थारू समुदायले हरेक वर्ष माघमा मटावा, बरघर चुन्ने गर्छन् । बरघर, मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरढु¥या’ मटावाको घरमा भेला हुन्छन् । सोही क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्छन् । गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने छलफल गरिन्छ । त्यही छलफलका आधारमा सकेसम्म सर्वसम्मतिबाट मटावा चयन गरिन्छ । मटावालाई सघाउनका लागि पहिला अन्य दुईजना व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि चुन्ने गरिन्छ । मटावाले गाउँको सामाजिकदेखि विकासको नेतृत्व गर्छ भने अघवाले गाउँमा कचहरी, ख्याल कार्यक्रम गर्नुपरेमा या गाउँका कुला, नाला, बाटो मर्मत गर्नुपरेमा मटावाको सरसल्लाहमा गाउँलेलाई खबर गर्ने, काममा लगाउने गर्दछन् । त्यस्तै चौकीदारको काम गाउँको सुरक्षादेखि लिएर अन्नबालीको रेखदेख गर्ने हुन्छ । थारु गाउँमा मिनी सरकार हरेक वर्ष माघमा थारु वस्तीमा मटावाको नेतृत्वमा अघोषित मिनी सरकार गठन हुने गर्दछ् । जसरी राजनीतिक दलहरुले सत्ता सञ्चालन गर्छन् त्यसैगरी थारु गाउँमा मटावाको नेतृत्वमा मिनी सरकारको झल्को पाइन्छ । ‘माघ मा गाउँका प्रत्येक घरमुली (गरढु¥या) मटावाको घरमा भेला हुन्छ्न् । संसद बैठक जस्तै मटावाहरुले माघमा आफ्नो घरमा गाउँको प्रत्येक घरधुरीबाट गरढु¥या (घरमुली) हरुलाई माघी डेवानीको लागि बैठक डाक्छन् । त्यही माघी डेवानीमा बितेका वर्षको कामको समीक्षा र आगामी वर्षको कार्ययोजनासँगै मटावा, अघवा, चौकीदार चयन गर्छांै’– मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो– ‘राजनीतिक दलले सरकार सञ्चालन गरे जस्तै मटावाले गाउँको न्यायिक कामदेखि सामाजिक र विकासका हरेक कामको नेतृत्व गर्ने गर्दछन् ।’ उहाँका अनुसार मटावाको समग्र गाउँ‘को नेतृत्व गर्ने जिम्मेवारी हुन्छ भने अघवाको काम गाउँघरमा भइरहेको गतिविधि तथा एक ठाउँबाट अर्काे ठाउँ‘मा खबर पु¥याउने अर्थात सञ्चारमन्त्री जस्तै जिम्मेवारी हुन्छ । त्यस्तै चौकीदारको जिम्मेवारी गाउँको सुरक्षादेखि गाउँभरिको अन्नबालीको रेखदेख गर्ने अर्थात गृहमन्त्रीको जस्तो जिम्मेवारी हुने गर्छ तर अहिले धेरैजसो गाउँमा अघवा र चौकीदार चयन गर्ने चलन हट्दै गएको उहाँले बताउनुभयो । अघवा र चौकिदारको काम पनि अहिले मटावाले आफै गर्दै आएको उहाँको भनाइ छ । घट्दै मटावाको क्रेज थारु समुदायको मटावालाई महत्वपूर्ण पद मानिए पनि अहिले विस्तारै मटावाको क्रेज घट्दै गएको पाइन्छ । पहिला जसरी मटावाको मानसम्मान हुन्थ्यो, अहिले नभएको स्वयं मटावाहरुले गुनासो गर्दै आएका छन् । स्थानीय तहले मटावाहरुलाई अधिकार नदिएको कारणले मटावाहरुको क्रेज घटेको मटावा महासंघका अध्यक्ष चौधरी बताउनुहुन्छ । पहिला गाउँको न्यायिक कामदेखि विकासको काम मटावाले हेर्ने गर्थे, अहिले विकासको काम टोल विकासका अध्यक्षलाई दिएपछि मटावाको महत्व घट्दै गएको मटावा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । त्यस्तै गाउँघरमा भएका झैझगडा पहिला मटावाले मिलाउँ‘‘दै आएका थिए तर अहिले स्थानीय तहले न्यायिक समितिमा लगेर मिलाउँछन्, जसले गर्दा पनि गाउँघरकाले मटावालाई त्यति महत्व नदिएको चौधरीले बताउनुभयो । ‘स्थानीय तहले पनि मटावालाई खासै महत्व दिदैनन्’– उहाँले भन्नुभयो– ‘बर्दिया, कैलालीका पालिकाले मटावा (बडघर)लाई कानुनी मान्यता दिएका छन् तर दाङमा दिएका छैनन्, जसले गर्दा पनि मटावाको क्रेज घटेको छ ।’ यद्यपि नाचगान तथा पूजापाठको लागि भने अहिले पनि गाउँमा मटावालाई सम्झिने गरेको उहाँ बताउनुहुन्छ । हराउँदै माघको मौलिकता पछिल्ला वर्ष थारु समुदायमा माघकोे मौलिकता हराउँदै गएको छ । माघको समयमा गाउँ–गाउँमा सुनिने मघौटा भाका, मघौटा नाच्न छाडेर युवाहरु डिजेमा आकर्षित हुन थालेपछि माघको मौलिकता हराउन थालेको थारु अगुवाहरुको चिन्ता छ । मादल, लहंगामा नाचिने मघौटा नाच हिजोआजका युवाहरु डिजेमा आकर्षित छन् । आफ्नै छुट्टै मौलिक बाजागाजा, माघमा गाउने मौलिक गीतका भाकाहरु छन् तर युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु अगुवारुहको ठम्याइ छ । यद्यपि माघको मौलिकता जोगाउन थारु कल्याणकारिणी सभालगायत विभिन्न थारु संघ संस्थाहरुमार्फत अभियानकै रुपमा गाउँदेखि शहरसम्म माघ विशेष कार्यक्रम भइरहेका थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । ‘माघमा मात्र नभई हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ’– उहाँले भन्नुभयो– ‘यी राम्रो पक्षलाई अंगाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्तान्तरण गर्न सकियो भने माघ मात्रै हैन हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिकता जोगिन्छ ।’ माघमा गरिने माघी डेवानीमा युवा पुस्ताले त्यति चासो नदिदा माघको महत्व घटेको आभाष भए पनि विगतको वर्षदेखि पछिल्लो समयमा यसको महत्व पुनः बढ्दै गएको उहाँले दाबी गर्नुभयो । नयाँ युगबोधबाट ।

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

थारू लोकसंस्कृति जगेर्ना गर्न बेलौरीमा ‘माघ म्याला’

२५२ दिन अगाडि

|

२७ पुष २०८०

थारू समुदायको लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले  कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘माघ म्याला’ आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा म्याला आयोजना गरिएको हो । मेला तीन दिनसम्म सञ्चालन हुने भएको छ । म्यालामा थारू समुदायको लोकसंस्कृति झल्कने गहना, पहिरन, खाद्य सामग्री, सहनसहन, लोककथा, गीत, भाषा, साहित्यसम्बन्धीका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । “म्यालमा पुग्ने दर्शक तथा अवलोकनकर्ताका लागि परम्परागत थारू परिकार पस्कने व्यवस्था मिलाएका छौँ,” सभाका बेलौरीका अध्यक्ष खडक चौधरीले भने, “थारू संस्कृतिसँग सम्बन्धित परम्परागत गीतसँगै सखिया, झुम्रा, मुग्रह्वा, मघौटालगायत नृत्य स्थानीय कलाकारले देखाउने व्यवस्था मिलाइएका छौँ ।” थारूसँग सम्बन्धित राष्ट्रियस्तरका कलाकारले म्यालामा पुग्ने अवलोकनकर्ता र दर्शकलाई मनोरञ्जन दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।  बुढापाकाबाट युवाले संस्कृतिका बारेमा जानकारी पाई परम्परागतकालदेखि चल्दैआएका असल संस्कृतिलाई जीवन्त राख्न मद्दत पुगोस् भनेर प्रत्येक वर्षको यसै बेला म्याला आयोजना गरिँदै आएको उनले बताए । थारू समुदायमा विद्यमान कुरीतिलाई हटाउनका लागि जनचेतना जगाउने कार्यक्रम समेत म्यालामा राखिएको उनको भनाइ छ । बिहीबार पुस २६ देखि सञ्चालन भएको म्याला पुस २८ गतेसम्म सञ्चालन हुनेछ । रासस

दाङ, कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

दाङ, कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

२९३ दिन अगाडि

|

१६ मंसिर २०८०

                             दाङको किसान आन्दोलनमा होमिएका कर्जाहीका महिलाहरू। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई निशा राई  कहिले जमीनदार विरुद्ध धावा बोल्दै त कहिले प्रहरीसँग पौंठेजोरी गर्दै ज्यानको परवाहै नगरी चार दशकअघिको किसान आन्दोलनमा होमिएका दाङ कर्जाहीका कर्मवीर महिला अहिले गुमनाम जीवन बाँचिरहेका छन्। ६ वर्षअघि मोटरसाइकलको पछाडि सीटबाट खेतका फुलेका तोरी नियाल्दै दाङको कर्जाही गाउँ पुगेकी थिएँ। शायद शरद्को एक महीना थियो, कर्जाही सुवर्णमय देखिन्थ्यो। मोटरसाइकलवाला थिए, कर्जाहीकै लौधन चौधरी। नेपाल पिक्चर लाइब्रेरीको ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ का लागि नेपालमा महिलावादको इतिहास खोतल्ने क्रममा मैले कर्जाही आन्दोलनबारे थाहा पाएकी थिएँ। कर्जाही आन्दोलनमा अधिकांश महिला जुटेका थिए। त्यसैले पनि म कर्जाहीका पात्र भेट्न सम्बन्धित भूगोलमै पुगें। लौधन मलाई लिन घोराही आएका थिए। घोराहीबाट अघि बढेको बाइक कर्जाहीको झुरुप्प परेको थारू बस्तीमा टक्क रोकियो। नजिकै धारामा एउटी १५/१६ वर्षकी किशोरी नुहाइरहेकी थिइन्। बेपरवाह। झन्डै झन्डै निर्वस्त्र। पानीले भिजेको पातलो पेटिकोट कम्मरसम्म दोबारेकी थिइन्। वक्षस्थललाई हातले मिचिमिची मस्त नुहाइरहेकी थिइन् उनी। वरपर तन्नेरी केटाहरू तासमा रल्लिरहेका थिए। तास खेल्नेहरूको नजिकै बसेका एक जनाको आँखा चाहिं किताबका अक्षरमा दौडिरहेका थिए। उनी लौधनका जेठा छोरा रहेछन्, ओभरसीयर बन्ने तयारी गरिरहेका। लौधनले आँगनमा बाइक रोके। रातो माटोमाथि गोबरले लिपेको सानो चिटिक्क परेको घर थियो त्यो। पाहुना अनुहार देख्नासाथ लौधनकी श्रीमती आश्माकुमारी खाना पकाउन जुटिन्। आश्माकुमारी गाउँका महिलामाझ परिचित नाम हो। “झन्डै समानुपातिकमा सांसद चुनिन लागेकी थिइन्,” उनलाई खाना पकाउन सघाउँदै गरेकी महिलाले सुनाइन्। “अनि के भो त?” मैले सोधें। “प्रस्तावमा परेको तर मनोनयनमा छुटिन्,” धार नलागेको चुलेसीमा भिन्डी च्वाट्ट पार्दै ती महिलाले भनिन्। क्षणभरमै एक हुल महिला भेला भए। कर्जाहीको भूमि आन्दोलनमा होमिएका ती महिलाहरू लौधन र आश्माकुमारीले बोलाएकाले आन्दोलनबारे कुरा गर्न आएका थिए। लौधनको भान्छा बाहिरको बैठक कोठामा बसेर उनीहरूले एकपछि अर्को गर्दै आफ्नो कथा सुनाए। पत्थरकली उर्फ इन्दिरा गान्धी २०३६ सालतिरको कुरा हो। दाङमा किसान आन्दोलन चर्किरहेको थियो। दंगाली किसान जमीनदार विरुद्ध आन्दोलनमा थिए। तिनै आन्दोलनरत किसानको भीडमा पृथक् पहिचान बनाएर अघि बढ्दै थिइन्, पत्थरकली। मक्किन लागेको नीलो फरिया लगाएर टूलमा बसिरहेकी थिइन् उनी। उज्यालिएकी थिइन्। “म खतियामा बसेकोथें, हान्न मार्न आए भित्रै,” बसिरहेको टूलबाट झट्टै उठेर भनिन्। आन्दोलनका वेला एक पटक १५/१६ जनाको प्रहरी टोली उनलाई पक्रन आएको रहेछ, उनले त्यही सन्दर्भबाट कुरा शुरू गरिन्। प्रहरी आएपछि “छत्! तिमीहरू के देखुन्, मर्दाना मान्छेहरू छत्” भन्दै पूरै दादागिरी शैलीमा पत्थरकली आफ्नी भतिजी आश्माको कोठाभित्र पसिछन्। प्रहरी आँगनमा ढुकेर बसेछन्। केही बेरपछि ढोकामा निशाना ताकेर प्रहरीले भनेछन्, “अब बन्दूक छोड्छु।” कोठाभित्र पत्थरकली र भतिजी आश्मा सँगै थिए। यी दुई काकीभतिजी हुन्, मिल्ने साथी पनि हुन्। घरभित्र दुई केटी, बाहिर बन्दूक भिरेका प्रहरी। तर पनि पत्थरकली डगमगाइनन्। बरु सिंह जस्तै गर्जिइन्, “हे सरकारका कुकुर! छोड् बन्दूक अहिले। गरीबको छातीमा ल छोड् बन्दूक, तैंले कति छोड्छस्,” पत्थरकलीले भित्रैबाटै हुङ्कार गरिन्। अब प्रहरीसँग भिड्नुको विकल्प थिएन। पत्थरकलीले पनि एउटा लट्ठी उठाइन्। “आश्मा, नङगी र उदुवालाई छोड्दे, यो दुई वटा सिपाहीसँग म आफैं लडछु।” नङगी र उदुवा भोटे कुकुर हुन्। कर्जाहीमा अर्को भोटे कुकुर पनि थियो- घोडवली। आश्माले कुकुर खोलिदिइन्। पत्थरकलीले प्रहरीमाथि अन्धाधुन्ध लट्ठी बजार्न थालिन्। अरू प्रहरी र जमीनदारहरू भोटे कुकुरको भुकाइ र टोकाइको डरले भागे। “त्यही वेला हो लट्ठी भेटाउने पुलिसले मेरो नाउँ इन्दिरा गान्धी राखेका। म इन्दिरा गान्धी जस्ती छु रे! मेरो हलो काटिदिनेको हात नै भाँचिदिएँ। अझ लिखपढ भइदिएको भए म कस्तो हुन्थें होला। डाँकाहरू सब तह लाउँथे होला हगी!” भिडन्तको विजय सम्झँदै सगर्व मुस्कुराइन् पत्थरकली। त्यसपछि सात-आठ दिनजसो करीब एक दर्जन जति प्रहरीको टोली कर्जाही चहार्थे। त्यस वेला पत्थरकलीले भोको पेटमै पौंठेजोरी गर्दै प्रहरी खेदेकी थिइन्। पत्थरकलीका दाजु ठग्गु चौधरी भूमिकै लागि आन्दोलनरत हुँदा पक्राउ परेका थिए। पत्थरकली हप्तैपिच्छे थुनामा रहेका दाइ भेट्न फचकपुरमा रहेको प्रहरी चौकी पुग्थिन्। पत्थरकलीबाट कुटाइ खाएका प्रहरी उनलाई हेर्दै भन्थे, “यो इन्दिरा गान्धी हो। यसलाई सक्दैनौं।” चौकीका एक-एक प्रहरी पत्थरकलीलाई नेपालकी इन्दिरा गान्धी भन्थे। तर पत्थरकलीलाई नै चाहिं इन्दिरा गान्धी को हुन् भन्ने थाहापत्तो थिएन। अहिले पनि उनलाई ‘इन्दिरा गान्धी भारतको ठूलो महिला नेता हुन्’ भन्ने मात्रै थाहा छ। “पुलिसले राखेको नाउँ हो यो मेरो। म पुलिसलाई काटेर फाल्छु भन्थें। सम्झिंदा नि आनन्द लाग्छ त्यो आन्दोलन। तिनीहरूले हाम्रो हलो काटिदिए। चित्त दुख्यो नि म किसानकी छोरीलाई,” उनले आन्दोलनको उद्देश्य सुनाइन्, “हुम आफ्नो हकहितका लागि लडेका थियौं। आफ्नो जग्गाको मोहियानीका लागि लडेका हौं के!” दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू (नाम अज्ञात)। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई आन्दोलन गरेकाले अहिले आफ्नै जमीनमा हलो जोत्न पाइएको उनी सुनाउँछिन्। यो अनुभव साटिरहँदा उनको छाती ढक्क फुलेको थियो। पत्थरकलीजस्तै आश्मा चौधरी पत्थरकलीपछि उनकी भतिजी आश्माले पनि आफ्नो कथा सुनाइन्।  “पहिला त पहाडीहरूको बहुतै डर। पानी चहार्न जाँदा डर। त्यस वेला त कस्तो भने पहाडीले हान्छ, मार्छ भन्ने मात्रै डर,” आश्माले भनिन्। २०३६ सालतिर आश्माहरूले जोत्ने भूमिको स्वामित्व पहाडी जमीनदारहरूसँग हुन्थ्यो। थारूले वर्षभरि जोत्थे, फसल पाक्थ्यो तर उनीहरूको पेट आधा मात्र भरिन्थ्यो। जमीनमा हक लाग्दैनथ्यो। पछि त जमीनदारहरूले हलो जोत्नै नदिएपछि उनीहरूले माटाको महत्त्व थाहा पाएका थिए। त्यसैले आश्माले पहाडी भनेर कुनै समुदायविशेषलाई जनाएकी होइनन्, माटो कैद गर्न खोज्ने जमीनदारलाई इंगित गरेकी हुन्। पत्थरकली, आश्मा र कर्जाहीका अरू थारू महिलाहरू आन्दोलनका दिनमा पैदलै २९ किलोमिटर टाढाको बिजौरीसम्म पुग्थे। बिजौरीमा जमीनदारहरूको घर थियो। “अहिलेका केटकेटी त क्यै गर्दैनन्, हामी त खानका लागि आन्दोलन गर्या हम हगी केवला!” भुइँमा थचक्क बसिरहेकी केवलातिर इशारा गर्दै आश्माले भनिन्। आन्दोलनका वेला कर्जाहीमा हप्ता दिनसम्म प्रहरी र थारू किसानहरूको भिडन्त चलिरहन्थ्यो। प्रहरीहरू राति राति आएर घरका सरसामान तोडफोड गर्थे। पाकेको खाना रछ्यानमा हुर्‍याइदिन्थे। राम्रा भाँडाकुँडा छानी छानी लग्थे।  एक पटक त प्रहरीले आश्माका मामा प्रेमलाल चौधरी र भाइ रामप्रसाद चौधरीलाई पनि पक्रेर लगेको थियो। घटनाको भोलि पल्टै सुकुवारी गाउँको प्रहरी कार्यालय पुगेर आश्माले अपशब्द सहित ‘कपाल पाकिसकेको मेरो बूढा मामालाई किन ल्याइस्?’ भन्दै थर्काएकी थिइन्। पहाडी जमीनदार प्रहरीलाई ‘हजुर’ भन्थे। आश्माले मुखै छाडिदिइन्। यो घटना सम्झँदा बहुतै आनन्द मान्छिन् उनी। “प्रेमलाल मामा र रामप्रसाद भाइलाई हतकडी लाएर थानामा राखेका थिए। काका ठाकुरामलाई पनि हतकडी लगाएर थानामा राखेको देखें। पत्थरकली, केवला, शान्ति, श्यामकला, सुसकला र लक्ष्मी सबैले हाम्रो मान्छेलाई छोडछौ कि के गर्छौ? भने,” आश्माले घटनाको बेलिबिस्तार लगाइन्, “म पनि मामालाई नछाडे काटेर फाल्दिन्छु भन्दै प्रहरीसामु जंगिएँ।” भोलि पल्ट प्रमुख जिल्ला अधिकारी सहित प्रशासन र कर्जाहीका महिलाबीच वार्ता भयो। चोरले झैं प्रहरीले घरका सरसामान र खाना चोरेर लगेको पुष्टि भयो। कुटपिट गरेको र पक्राउ पुर्जी विना मान्छे समातेको भनेर आश्मा बाझिन्। दुई पक्षकै छलफलमा प्रहरीको गल्ती ठहरियो। प्रहरीले माफी मागेर उनीहरूका आफन्त छोड्ने सहमति भयो। “म २५ वर्षे आइमाइको धम्क्याइँकै डरमा मामाहरूलाई छोडिदियो पुलिसले,” अट्टहास सहित उनले सुनाइन्, “हाम्रो अद्‌भुत शक्ति थियो भन्थे पछि पुलिसहरू।” आफूहरूले २०३६ सालमा गरेको आन्दोलनकै कारण जमीन जोत्न पाएको आश्माको बुझाइ छ। यस्ता आन्दोलन फेरि गर्नुपरे पनि आफू तयार रहेको बताउँछिन् उनी। “अझै पनि तागत छ। फेरि लड्न परे लडुँला लाग्छ,” उनले भनिन्। पहाडीको गन्ध थाहा पाउने नानची चौधरी कर्जाहीमा पहाडीको चालको गन्ध पनि थाहा पाउँथिन् रे नानची।  “पहाडीको गन्ध कस्तो हुन्थ्यो?” मैले सोधें।  दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू (नाम अज्ञात)। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई “जसको शरीरबाट पसिनाको गन्ध आउँदैन,” उनले जवाफ दिइन्, “गन्ध आउने त हामीहरूको पो! जो माटोमै जोत्छ, माटोमै पसिना बगाउँछ र माटोकै लागि खून पनि बगाउन सक्छ।” आन्दोलनका वेला दाङका एक कम्युनिस्ट पृष्ठभूमिका नेता नेत्रलाल पौड्याल गाउँका किसानलाई सामन्तवाद विरुद्ध जाग्नुपर्छ भन्थे। महिलाहरू जागेका पनि थिए। तर जमीनको आन्दोलनले जहान तितरबितर भइरहेको थियो। कतिपय आन्दोलनकारी हतोत्साही पनि भएका थिए। नानची भने त्यस्ता महिलामा उत्साह जगाइराख्न गीत गाउन थालिन्। केवला चौधरी मादल ठोक्थिन्, इन्दिरा चौधरी नाच्थिन्। उनीहरूले महीनौंसम्म गाउँदै गाउँलाई पहरा दिए। उनीहरूले गाएको गीत यस्तो थियो : कहा रे उठी जागी किसान दाजु भाइ जबसम्म रहल दि सामन्तीले दुख दिइ उठ जनता उठ जिमिन्दार के विरोध गर्न उठ आन्दोलनको तेस्रो दिन आन्दोलनबारे निर्मला चौधरी, सीताकुमारी चौधरी र केवला चौधरीको पनि आआफ्नै अनुभव छ। निर्मलालाई आन्दोलनको तेस्रो दिन अझै सम्झना छ। त्यस दिन जमीनदारहरूले निर्मला लगायतलाई रक्ताम्य पारेका थिए। निर्मला र केही साथी वरपरका गाउँ क्वाडी, पचुखा, पक्वैचौमा गुहार माग्न समेत धाएका थिए। त्यस वेला निर्मला आफ्नो बच्चालाई पिठ्युँमा बोकेरै गाउँ गाउँ पुगेकी थिइन्। सखी बेलकेशरी र उनले अरू महिलालाई आन्दोलनमा साथ दिन आह्वान गरेका थिए। कर्जाहीमा जमीनदारहरूको तीन-चार घरधुरी थियो। उनीहरू जमीनदारको घरमै पुगे। खोसिएका हलो, कोदालो सब फिर्ता लिए। घर फर्किए।  खिरिते गाउँमा जमीनदार रणबहादुर पछाईको घर थियो। निर्मला रणबहादुरको घरको बुइगलमा गइन्, बारूद भरिन् अनि बन्दूक पड्काइन्। यसपछि जमीनदारहरूको भागाभाग भयो। “मारकाट हुनलाग्या थियो। सबै मान्छेहरू लडाइँ गर्दै थिए। गाउँका सबै महिला थिए। जिमदारहरूले अचम्म माने। भागाभागको माहोल भयो,” अर्की आन्दोलनकारी सीताकुमारीले थपिन्, “केको डर। फेरि पनि आफ्नो अधिकारका लागि जान्छु म।” केवलाको अनुभव पनि कम छैन। उनले त्यस दिन आफूमाथि हातपात गरिरहेका प्रहरीको राइफल नै खोसेर हिर्काएकी थिइन्। विवाहको कथा कर्जाहीका कर्मवीरहरूले स्मरण भएसम्म आन्दोलनका स्मृति सुनाए। भित्र भान्छाबाट लौधनकी श्रीमती आश्मा आइन्। उनले स्टीलको ग्लासमा रक्सी ल्याएकी रहिछन्। आश्माले बैठक कोठामा भएका सबै महिलालाई रक्सी दिइन्। उनीहरूले स्वाट्टै पारे। अब सुन्न बाँकी कथा र जान्न बाँकी अध्याय आश्माकै थियो। आश्माले ३३ वर्षको उमेरमा विवाह गरेकी रहिछन्। उनलाई विवाहमा रुचि थिएन। घरगाउँमा जोकोहीले पनि ‘किन बिहे नगरेको?’ भनेर सोध्ने गर्थे। खासमा आश्माका मामाका छोरा हुन् लौधन। तर बिहेको प्रश्न अति नै भएपछि एक दिन लौधनले भन्दिए, “मेरो दिदीलाई मै विवाह गर्छु।” यसरी मामाका छोरा र फुपूकी छोरी श्रीमान्‌-श्रीमती भए। दम्पती हुन्, वेलावेला खटपट त हुन्छ नै। त्यति वेला आश्मा लौधनलाई ‘भाइ त होस्’ भन्दै हातले इशारा गर्दै कुरा मिलाउँछिन्। “मैले भनेको मान् भनेर हकार्छु। कुरा मिलिहाल्छ,” खितखिताउँदै उनले भनिन्। लौधनलाई श्रीमान्‌का रूपमा छुट्टै ओहोदाको सम्मान दिनुपर्ने झन्झट पनि आश्मालाई कहिल्यै आइलागेन। “अधिकांश विवाहमा महिला कान्छो उमेरको र पुरुष जेठो उमेरको हुने रहस्य पनि यही हो,” उनले ठोकुवा गरिन्। पत्थरकली उर्फ इन्दिरा गान्धीको विवाह पनि करकापमै भयो, बिरामी आमाले ढिपी कसेपछि। तर विवाहपछिको सम्बन्ध टिक्न सकेन। पत्थरकली पहिलो वर्षमै माइती फर्किइन्।  “विवाह किन टिकेन?” मैले सोधें। “म कस्तो ज्याद्री छु। पुलिसको हाँत भाँच्देको। लोग्नेको कुटाइ खाएर बसें होला त? म जस्तो आइमाईको बिहे उवेला नि टिकेन। अहिले नि टिक्दैन,” उनले सुनाइन्। वैवाहिक जीवनमा आफूलाई दासी जस्तो महसूस गरिन्। श्रीमान्‌लाई छोडेर माइतीमा स्वतन्त्र गुज्रिरहेको छ अहिले उनको बुढ्यौली जीवन। गूगलमा नभेटिने महिलावादी नेपालको अनेक आन्दोलनमा महिला सहभागिता भए पनि उनीहरूको योगदान लेखिन छुट्दै आएको छ। अहिले भने कर्जाहीका बागी महिलाहरूको कथा र भोगाइ सार्वजनिक जीवनमा महिला पुस्तकमा तस्वीर सहित छापिएको छ। कर्जाहीका महिलाको कथालाई मैले बारम्बार नेपालको महिलावादी आन्दोलनसँग पनि जोड्न खोजें। “तपाईंहरू महिलावादी हो?” मैले सोध्दा उनीहरू एकस्वरमा भन्थे, “होइन, हामी त अस्तित्ववादी हौं। माटोको अस्तित्व र आफ्नै अस्तित्वका लागि लडेको।” उनीहरूले यसो भनिरहँदा मैले काठमाडौंका थुप्रै महिलावादीलाई सम्झिरहेकी थिएँ। एक जना त अन्तर्राष्ट्रिय स्तरकै ‘फेमिनिस्ट’ छिन्। उनलाई तपाईंले गरेका कामहरू भन्दिनुस् न भन्दा “डिड यू गूगल मी?” भनेकी थिइन्। तर गूगलमा नभेटिने खाँटी फेमिनिस्टहरू चाहिं देशका कुनाकाप्चामा गुमनाम छन्। जसरी कर्जाहीमा गुमनाम बाँचिरहेका छन् थारू महिलावादीहरू। हिमालखबरबाट  

विभिन्न जनजातिमा कस्तो हुन्छ तिहार ?

विभिन्न जनजातिमा कस्तो हुन्छ तिहार ?

३१३ दिन अगाडि

|

२६ कात्तिक २०८०

झिलीमिलीको पर्व हो दीपावली । उज्यालो कसलाई पो मन पर्दैन र । तर, २०४६ सालको आन्दोलनपछि विभिन्न जनजातिमा दसैँ बहिष्कार प्रकरणसँगै दीपावलीमा पनि ग्रहण लाग्यो । खासगरी पूर्वी क्षेत्रका किरात अगुवाहरुले हिन्दूकेन्द्रित चाडपर्व आफ्नो नभएको तर्क अघि सारेपछि यस्ता चाडपर्व मनाउने–नमनाउने दुई धार देखिए । नेपाल बहुजातीय, बहुधार्मिक अनि बहुसाँस्कृतिक देश हो । त्यसैले यहाँ सबै जातजाति र समुदायका आ–आफ्नै विशिष्ट चाडपर्वहरु छन् । यी चाडपर्वमा एकले अर्कालाई सम्मान र आत्मसात गर्ने सहअस्थित्वको भाव पछिल्लो समयमा विकसित हुन थालेको छ । समय क्रमसँगै दीपावली पनि सबै जातजातिको साझा चाड बन्न थालेको छ । यति हुँदाहुँदै पनि हिन्दु आर्य समुदायमा दीपावलीको जुन धार्मिक महत्व छ, आदिवासी जनजाति समुदायमा भने यसलाई बेग्लै किसिमले लिने गरिएको पाइन्छ । आखिर कसरी मनाइन्छ त विभिन्न समुदायमा दीपावली ? मगर, राईहरु रमाउँछन् तिहारमा मगर समुदायका जानकार लेखक टीकाराम उदासीका अनुसार मगर समुदाय तिहारमा निकै रमाउँछ । तिहारमा तोरण टाँगेर गाउँघर सजाइएको हुन्छ । तिहारमा नाचिने मारुनी, पैसेरु नाचले मगर गाउँ गुञ्जायमान हुन्छ । एक गाउँबाट अर्को गाउँको नाच साटासाट हुन्छ, यसलाई भैलो ख्वाउने भन्छन् । भैलो ख्वाउँदा जाँडरक्सीका साथ राँगा काटेर, सेल रोटी टक्र्याएर नाच टोलीलाई भव्य खानपिनका साथ स्वागत गर्ने चलन छ । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ । भाइटीका लगाउने चलन पनि छ तिहारमा । दाजुभाइ टीकाको दिन आउन नसके उनीहरुको माला, टीका छुट्याएर राखिएको हुन्छ । मगर समुदायले तिहारको भैलीको उत्पत्ति आफ्नै समुदायबाट भएको तर्क गर्दै आएका छन् । पाल्पाका राजा बलिहाङलाई लिन काल आउने भएपछि उनले प्रजाहरूसँग सबैतिर बत्ती बालेर ‘फाइलो’ अर्थात बाँचियो भनेर गाउँदै बस्नु भनेको र त्यस्तो दृश्य देखेर काल पनि फर्केर गएको कथा मनोज घर्ती मगर उल्लेख गर्छन् । बान्तवा भाषाको मासिक पत्रिकाका सम्पादक पदम राईका अनुसार राई जातिमा दसैँ बहिष्कारको कुरा उठे पनि तिहार भने दिल खोलेर नै मनाइन्छ । कोरोना कहरले देउसी भैलो बन्द छ । तर, अरु वर्ष राई गाउँहरुमा देउसी भैलो खेलिन्छ । दीयो बालेर लक्ष्मी पूजा गरिन्छ । डा. भक्त राई भन्छन्, ‘तिहारमा खेलिने देउसी–भैली यहाँका रैथाने जातिबाटै सुरु भएको र पछि खस–आर्यको आगमनपछि सामाजिक, सांस्कृतिक अन्तर्घुलन भई तिहारमा कुकुर, गोरु, गाई र लक्ष्मीको पूजा गर्ने प्रचलन थपिएको हो ।’ उनको विचारमा नेपाली साझा संस्कृतिका रूपमा तिहारले स्थान बनाइसकेकाले यसलाई अंगीकार गर्नुको विकल्प छैन । थारूको डेवारी आम नेपालीले घर–घरमा बत्ती बालेर उज्यालो बनाएजस्तै थारू जातिले पनि बत्ती बालेर नै यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । यसलाई पश्चिमा थारूहरूले डेवारी अनि पूर्बिया थारूहरूले सुकराइत भन्छन् । नेवार समुदायको योमरीझैं लाग्ने ढिक्री परिकार थारूहरूको डेवारीको प्रमुख परिकारमध्ये एक हो । उज्यालोको प्रतीकका रुपमा दीयोको आकारमा बनाइन्छ ढिक्री । घरको देउता कोठा (डेहुरार)मा पूजा गर्दा देउतालाई ढिक्री नचढाइ खान पाइँदैन । डेवारी आउनु पहिल्यै घर सफा सुग्घर बनाइन्छ । किचली माटोले पोतिन्छ । । थारू समुदायमा काग अनि कुकुर तिहारले खासै अर्थ राख्दैन । लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ लक्ष्मी पूजाको बेलुका सर्वप्रथम डेहुरार (देउता कोठा) बाट दीयो बाल्ने काम हुन्छ । गरढुरिया (घरमुली) ले दीयो बालेर देवतालाई ढिक्री, रक्सी, जल प्रसाद चढाउँछन् । कहीँ–कहीँ प्रसाद चढाउँदै ‘भाग अलच्छिन डुर, आ लक्ष्मी घरे’ भन्दै नाङलो पनि ठटाइन्छ । घरभित्र दीयो बालेर सकिएपछि घर बाहिर आँगन, पँधेरा, गोठ लगायत स्थानमा पनि दीयो बाल्दै ढिक्री लुटाइन्छ । ढिक्री लुटाउनु भनेको केटाकेटीहरुलाई ढिक्री बाँड्नु हो । पूजा सकिएपछि ढिक्रीसँगै जाँडरक्सी, सुँगुरको मासु, माछा, पोंइ, पिंडालु लगायत तरकारी खाने चलन छ । लक्ष्मीपूजाको दिनदेखि घरघरमा गएर बर्का नाच गर्ने चलन थियो । अब यो नाच गाउँको अगुवाको घरमा सीमित भएको छ । फर्मायसका रुपमा अरुले यो नाच मगाउन सक्छन् । त्यस्तै, रातभरि झुमरा नाच पनि गरिन्छ । हरेरी पूजाबाट शुरू गरिएको बर्का नाच डेवारीमा बरघरको घरमा सकाएर मरूवामा गई डेसबँढ्या गुरूवाबाट पूजापाठ गरी विधिवत अन्त्य गरिन्छ । थारु समुदायमा पहिले दीयो बालेर लक्ष्मीपूजा त गरिन्थ्यो, तर भाइटीका लगाइन्नथ्यो । साहित्यकार छविलाल कोपिला भन्छन्, ‘भाइटीका थारू समुदायमा आयातीत संस्कृति हो । अरुको देखासिकीमा आएको यो संस्कृति थारूहरुले अंगीकार गरी राख्नु जरुरी छैन । किनकि दाजुभाइले दिदीबहिनीका लागि निस्राउका रुपमा कोशेली दिन जाने माघ पर्व छँदैछ ।’ उता मानवअधिकारकर्मी सुशील चौधरी समयअनुसार संस्कृति परिवर्तन हुने गरेकाले थारू समुदायमा भाइटीका भित्रिनुलाई राम्रै चलन मान्छन् । तामाङ र लिम्बूमा छैन तिहारको रौनक भाषाविद् अमृत योञ्जन तामाङका अनुसार तामाङ समुदायमा छयालिसको आन्दोलनपछि तिहारको रौनक छैन । उनले  भने, ‘पञ्चायती व्यवस्थामा सरकारी उर्दी जारी हुँदा हिन्दू चाडपर्व मान्नैपर्ने बाध्यता थियो । छयालिसपछि पहिचानको आन्दोलनको उठान भयो । यस क्रममा किरात समुदायका धेरै जनजातिले दसैँ वहिष्कार गरे । तर, तिहारको सवालमा आन्दोलनकारीबीच नै अलमल भयो । यसले तिहारको ह्याङ भने केही मात्रामा जारी छ ।’ तामाङ अगाडि भन्छन्, ‘हाम्रोमा भाइटीका पनि खासै हुँदैन ।’ कञ्चनजंघा बोर्डिङ स्कूल, ताप्लेजुङका प्रिन्सिपल काजीमान पालुङ्वाका अनुसार तिहार लिम्बूहरुको मौलिक पर्व होइन । उनी भन्छन्, ‘याक्थुङ लिम्बू चेली माइतीहरु बीचमा  फूल र माला लेनदेन गर्नुहुन्न भन्ने मुन्धुममा पाइन्छ । बलिहाङ तङ्नामका रुपमा याक्थुङ लिम्बुहरुले मनाउँदै आएको तिहार चाड याक्थुङ लिम्बुहरुको चाड हो कि होइन भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ ।’ पालुङ्वाको कथनअनुसार फूलले खेल्दा माइतीले हानेको फूलको थुँंगाले चेलीको बक्षस्थलमा लागेकाले चेलीको मृत्युु भएको मुन्धुम पनि वाचन गरिन्छ । त्यसैले, फूलले रंगिने तिहार लिम्बूहरुको होइन । तर, आफूले तिहारको सम्मान गर्ने उनको भनाइ छ ।                                            उता सानोठिमी क्याम्पसका उपप्राध्यापक अमर तुम्याहाङका अनुसार कुन जातको फूलले लागेर लिम्बू चेलीको मृत्यु भएको किंवदन्तीमा खुल्दैन । उनी भन्छन्, ‘०४६ सालको आन्दोलनपछि तिहार ओझेलमा परेको थियो । दार्जीलिङतिरका लिम्बूहरुको देखासिकीमा नेपालतिरका लिम्बूहरुले फेरि पनि यसलाई अंगालेका छन् ।’

कैसिक हेराइटा थारू पहिचान ?

कैसिक हेराइटा थारू पहिचान ?

३२३ दिन अगाडि

|

१६ कात्तिक २०८०

असिराम डंगौरा थारू कला संस्कृति पहिचान बचैना अभियानमे थारू बुद्धिजीवी अगुवा साहित्यकार युवा ओ पत्रकार लोग खास कैके करिब दुई ढाई दशकसे जमके लागल बाटै। कला संस्कृति थारू पहिचानके बारेम हर पत्रकार साहित्यकार बुद्धिजीवी हुक्रे कमसे कम दश बाराठो जनचेतना डेना लेख रचना पक्कै लिख सेकल हुइहि। दुई ढाई दशकके समयमे सैंयो अभियान नारा बैठक गोष्ठी कार्यक्रममे सहभागी हु सेकल हुइहि ।  मनो कोइ फरक नाइ परल, बडलटि रहल बैज्ञानिक ओ इन्टरनेटके जवानामे इ अभियान लेख रचना बैठक गोष्ठी सब सुखल बालुम पानी बरैना हस हुइटा। जब सम कार्यक्रममे रठि, टबसम पहिचान बचाइ हस लागठ । मने कौवा करैटि रहि, सुक्खुन सुखैटि रहि, अस्टे अवस्था बा थारू पहिचानके अभियानमे लागल मनैन्के। दिन प्रति दिन समाजमे उच्छृङ्खल कला संस्कृति ठाउँ बनैटि जाइटा । थारू पहिचान लोप हुइना स्थिति कैसिक पुगल टो ? यकर खास जर बुझेक् लग हमहन २०५७ साल ओर फेरसे उलिटके हेरेक परि।  तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाके पहलमे २०५७ सावन २ गते कमैया मुक्ति घोसना कैगिल। यी घोसना बँधुवा कमैयन्के लग लावा जिन्गिक आस लैके आइल। हर कमैया परिवारके मनैन्के मनमे अनेकौ सपना भरल । हुइना टो हर मनैन् अपन सपना डेखे पैना अपन जिन्गि स्वतन्त्र जिए पैना अधिकार रहठ।  डुखेक बाट यहे रहल, सरकार मुक्ति टो डेहल, मनो जिन्गि जिना जुक्ति नाइ डेहल।                                                                                                                                            लेखक असिराम डंगौरा भरल बर्खम कमैया मुक्ति घोसना करके कमैयन्के भरमे खेटि करूइया किसान ओ किसन्वक भरमे चुल्हा बर्ना कमैयन्के बहुट कर्रा फे कर डेहल। कमैया राखे नाइ पैना हो खेटि कैसिक लागि, कमैया लागे नाइ पैना हो, कुठ्लीम छाक टर्ना धान, चाउर नाइ हो। अपन लरका परकन का खवाइ, भुख कैसिक मेटि ? कमैया मुक्ति घोसना पाछे किसन्वक घारी बारीम बैठल कमैयन् अपन गाउँ ठाउँ छोरके लर्कन्के सुखि जिन्गिक सपना बोक्के औरे ठाउँ शिविर बैठे जाइ पर्ना हुइल। खास करके यहाँसे फेन थारू कला संस्कृति थारू पहिचान ओरैना सुरूवाट हुइल।  २०५२ सालसे माओवादीके उदयसे फे कुछ थारू पहिचानमे असर टो परल, मनो खासे कुछ फरक नाइ रहे । माओवादी योद्धन्के कहाइ खालि उच्छृङ्खल मेरिक समाजमे नाइ पच्ना नाचकोर न करो किल रहे ।  हर गाउँ गाउँसे कमैया शिविर ओर जबसे बसाइँ सरे लग्नै, टबसे थारू गाउँमे हर बरस डसैँहा मन्ड्रा बोल्ना फे मुश्किल परे ।  सचमे एकचो गहिर विचार करके अपन पुरान दिन याड करि, पहिले थारू कला संस्कृति नाच कोरमे मन्डरिया ओ नचनिया के रहे ?  पक्कै फे ऊ मन्ड्रा बोलुइया ओ मन्ड्राक टालमे फिरहारा मार मार नचुइया मनैया एकठो कमैया परिवारसे बिल्गिट । उ अस्टिम्कीक् गिट गउइया, झुम्रा सखियम नचुइया, भोजेम माँगर गउइया, महिला ढेर जैसिन कमैया परिवारसे बिल्गैं । डफ, मन्ड्रा, मन्जिरा कस्टार बजैना सब कमैया परिवारमे अभिन सम मिलि।  कमैया मुक्ति समयके माग रहे । ओकर पाछक् व्यवस्ठापनके समय भोगल मनैन् पटा मिलल् । मनो थारू संस्कृतिक पहिचान मेट्ना एकठो बरा कारन कमैया मुक्ति हो कहलेसे  फरक नाइ परि ।  कमैया मुक्तिसे पहिले थारू कमैया हुक्रे डिनभरिक कामके ठकान डट्करावन मेटाइक लग संघरिया–संघरिया मिलके डफ, मन्ड्रा बोलके साँझके नाचगान करैह । हर जोटे बेर सजना गिट गाईह, इहिनसे गाउँघर खेट्वा चैनार रहे। थारू गिट नाचगान भेग्वा अंगौछा लगुइया, हेल्का डिलिया, सुप्पा, छट्रि, बिर्चि, खटिया, मचिया बनैना सिप प्राय कमैयन ठन रहे। कमैया मुक्ति हुइल पाछे शिविर बैठे जैना हुइलेक ओरसे मन्डरिया एक शिविरमे, नचनिया डोसर शिविर टो गुरूवा अघरिया टिसर शिविरमे बैठे जैना मजगुर हुइनै। ऐसिके हर गाउँसे कमैयनके नाउँमे थारू कला संस्कृति ओ पहिचानके फे सास टुटगिल। छारा कर्ना क्रममे मन मिल्ना संगसाठ यारि दोस्ती छुटल । शिविरमे सत्तार गाउँक मनै सक्हुनसे मन राग नाइ मिले सेकठ, टबमारे रहल प्रतिभाके फे डबके डम टुटगिल। कमैया मुक्ति हुइल पाछे शिविर बैठे जैना हुइलेक ओरसे मन्डरिया एक शिविरमे, नचनिया डोसर शिविर टो गुरूवा अघरिया टिसर शिविरमे बैठे जैना मजगुर हुइनै। ऐसिके हर गाउँसे कमैयनके नाउँमे थारू कला संस्कृति ओ पहिचानके फे सास टुटगिल। थारू कला, संस्कृतिके पहिचान रहै कमैयन् । ऐसिक कहे बेर हजुर हुक्रन लागठुइ कमैया किल सबकुछ जानैह कि का ? मनो सच इहे हो, जब गाउँमे नाचगान हुए, टब दस मनैमे खाली ३ जे निम्न वर्गिय किसान कलाकार डेखा परैह, बाँकि सब कमैया परिवारसे रहै। यकर मटलब इ नाइ हो कि किसन्वन्के कुछ भुमिका नाइ रहे । कमैयन्के नाचगान कर्ना वाटावरन डेना टो किसन्वाक हामे रहे। थारू किसन्वनमे सयमे डुइठो रहल हुइहि, जे कमैयन कमैया सम्झना, नि कमैयन फे अपन परिवार सम्झना । किसन्वनके इटिहास फे बहुट बा । उ टो खासल अपन भोट बैंक बनाइक लग सरकार कमैया मुक्ति घोसना करल । गैरथारू कमैया, हलियनके अवस्ठा का रहे, कत्रा रिनमे रहै, इ नाइ जन्ठु, मनो थारू कमैयनके मुक्ति करे पर्ना मेरके बँढुवा फे नाइ रहै। हर थारू कमैयनके काम करटि रहल किसन्वक ठे ढेर से ढेर १०÷१५ हजार सौंकि रहल हुइ । नि ओत्रा फे नाइ रहल हुइ । टब फे मुक्ति हुइल पाछे फे बचल रिन कटाईक लग बहुट कमैया काम करके माघ पुगैनै।  हाँ, थारू कमैया भूमिहिन रहै कलेसे गाउँ ठाउँम रहल ऐलानी जग्गा वितरण करलेसे फे हुइना रहे। ऐसिक हेर्लेसे उ समय फे सरकार कमैया मुक्तिके नाउँमे थारू मत विभाजन करके  थारू एकता टुरल । लाल पूर्जाके सैचिन एकठो कागज पक्राइल । जग्गा कहाँ बा, पटै नि । अभिन सम कमैया उचित व्यवस्ठा कर्ना बाँकि बा। अब्बैके समयमे फे संघीयताके बहानामे थारून् डबाइक मारे जान बुझके थारू जात राजनितिम कमजोर हुइना मेरिक प्रदेश विभाजन करल बा। ओरौनिम थारू पहिचान बचैना अभियानमे लागल बुद्धिजीवी, साहित्यकार युवा, पत्रकार हुक्रन अत्रै कहम कि यदि हजुर हुक्रे थारू पहिचान बचैना चाहटि कलेसे कमैया मुक्तिसे पहिले अपनेक गाउँघरमे कौन मनैया डफ, मन्ड्रा बोलाए, सजना ढमार मैना सखिया अस्टिम्कीक् गिट के गाए ? पटा करि ।  ओ, वहाँ हुक्रन बहुट सम्मानपुर्वक ओइन समय समय गाउँ नानके गिट, कला संस्कृति सिप सिखा मांगि । ढोटि पोक्टा पारे, डफ मन्ड्रा बोलाइ, गाइ सिखि टो थारू पहिचान बचि । डिजेक टालमे पुठ्ठम मन्ड्रा बाँन्ढके मन्ड्रा बोलैना नाटक करके हमार पहिचान कबु नाइ बचि । जोशीपुर–५, सिमराना