थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

थारू पोशाकसहित पौवा लगाएर शपथमा आए गंगाराम

७८४ दिन अगाडि

|

७ पुष २०७९

मधेसी क्लस्टरमा किन रहन चाहँदैनन् थारु र मुस्लिम ?

मधेसी क्लस्टरमा किन रहन चाहँदैनन् थारु र मुस्लिम ?

७९१ दिन अगाडि

|

२९ मंसिर २०७९

एसके यादव मधेसी आयोगले मधेसी समुदायको सूचीमा मुस्लिम र थारु जातिलाई आफूमा समेटेको तथा व्यापक विरोधपछि अहिले हटाएकोबारे चौतर्फी चर्चा छ । आयोगका उपसचिव संविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको जानकारीअनुसार मधेसी आयोगको ‘नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ उपसमूह १ थारु जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरी दिन अनुरोध गरेकी छन् ।  मधेसी आयोगले तयार पारेको ‘नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ सरकारलाई गत साउनमा हस्तान्तर गरेको थियो । प्रतिवेदनमा १५१ जातिको सूची समावेश गरिएकोमा त्यसमध्ये थारु र मुस्लिम जातिको विषयमा विवाद उत्पन्न भएको थियो ।  आयोगले मधेसी जातको बारेमा अध्ययन गर्दा २०६५ माघ २१ गते मन्त्रिपरिषद्ले मधेसी जातिको बारेमा गरेको निर्णय जो कान्तिपुर दैनिकमा पहिलो पटक समाचारको रूपमा प्रकाशित भएको थियो, त्यसलाई आधार मानेको थियो । तत्कालीन मन्त्रीपरिषद्ले गरेको निर्णयमै थारु र मुस्लिमलाई मधेसी क्लस्टरमा राखिएको थियो । त्यसैलाई आधार मानी आयोगले सो जातिलाई आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो ।  आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रारम्भिक प्रतिवेदन तयार भएपछि थारु र मुस्लिम आयोगका पदाधिकारीहरूलाई बोलाएर यस विषयमा छलफल गर्दा त्यसबेला कसैले आपत्ति नजनाएको दाबी गरे ।  मिश्रले भने, ‘थारु र मुस्लिमलाई मधेसी क्लस्टरमा राखिएको बारेमा उहाँहरूलाई जानकारी गराएँ तर उहाँहरूले कुनै प्रतिक्रिया देखाउनु भएन, त्यसको प्रमाण हामीसँग सुरक्षित छ ।’ त्यति मात्र होइन, थारु तथा मुस्लिमका अन्य विज्ञहरू, राजनीतिक दलका नेता, अधिकारकर्मीहरूसँग पटक पटक त्यस विषयमा छलफल गरिएको छ । तर छलफलको क्रममा कसैको कुनै आपत्ति भएन । प्रतिवेदन तयार भइसकेपछि मुस्लिम आयोग र थारु आयोगसहित अन्य आयोगहरूलाई पनि पठाइयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पनि हस्तान्तरण गरियो । त्यतिबेलासम्म कसैको कुनै आपत्ति थिएन । जब राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदनमा मधेसीको जातीय सूची समावेश गरेर बुझाइयो अनि सबैतिरबाट त्यसको विरोध भएको अध्यक्ष दत्तले बताए ।  मुस्लिम तथा थारु समुदायका विभिन्न संघ संस्थाबाट विज्ञप्ति नै जारी गरी दबाब नै आउन थाल्यो । आयोगमा आएर ज्ञापनपत्र नै बुझायो । त्यसपछि बाध्य भएर मधेसी सूचीबाट मुस्लिम र थारुलाई हटाइएको आयोगका अध्यक्ष दत्तले बताए । तर अहिले मुस्लिम र थारु जातिलाई मधेसी सूचीबाट हटाएपछि ती जातिका विभिन्न अगुवाहरूले फोन गरेर आपत्ति जनाइरहेको बताए । उनले भने, ‘हिजोदेखि विभिन्न जिल्लाबाट सयौंं जना मुस्लिम तथा थारु जातिको फोन आएको छ, उनीहरू आफू मधेसी क्लस्टरमै बस्न चाहेको भनिरहेका छन् । उनीहरू चाँडै काठमाडौं आएर ज्ञापनपत्र पनि बुझाउने तयारी गरिरहेका छन् ।’ उता थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आफूहरू मधेसी सूचीमा बस्न नचाहेको पटक पटक भन्दा पनि मधेसी आयोगले सूचीमा राखेको दाबी गरे । उनले भने, ‘मधेसी आयोगले हामीलाई बोलाएर छलफल गर्दा विभिन्न आधारहरू देखाएर हामीले मधेसी क्लस्टरमा बस्न चाहन्नौ, थारुलाई मधेसीमा नराख्न आग्रह गर्‍यौँ, तैपनि उनीहरूले मधेसी सूचीमा जबर्जस्ती राखे ।’ थारु छुट्टै क्लस्टर हो भनी कानुनमा पनि छ । थारुलाई छुट्टै आरक्षण दिन सुरु गरिएको छ । निर्वाचन आयोगदेखि लिएर विभिन्न छात्रवृत्तिमा पनि थारुलाई छुट्टै क्लस्टरको रूपमा राखिएको छ । प्रदेश निजामती ऐनमा पनि थारुलाई छुट्टै क्लस्टरको रूपमा राखिएको छ । यति हुँदा हुँदै थारुलाई किन मधेसी क्लस्टरमा राखियो ? थारूको आफ्नै पहिचान र क्लस्टर रहेको कारण आफूहरू त्यहाँ बस्न नचाहेको उनले जिकिर गरे । २०४९ सालमा आदिवासी जनजाति क्लस्टरमा थारुलाई राखिएको थियो । पछि मधेश आन्दोलन हुँदा २०६५ मा थारुलाई मधेसी क्लस्टरमा पनि राखियो । उता आदिवासी जनजाति क्लस्टरमा पनि कायमै रह्यो ।  २०६५ मा मधेसी सूचीमा थारुलाई राखेको कारण थारु समुदायबाट ठूलो आन्दोलन भएको थियो । आफूहरू मधेसी होइनौँ भनी काठमाडौँदेखि विभिन्न ठाउँमा आन्दोलन भएको थियो । त्यही आन्दोलनपछि सरकार र थारु कल्याणकारिणी सभाबीच भएको सम्झौताका आधारमा २०७२ सालमा थारुलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएको आयोगका अध्यक्ष चौधरीले बताए ।  अहिले पनि आदिवासी जनजातिको सूचीमा थारुलाई राखिएको छ, अब विस्तारै आफूहरुले थारूको छुट्टै सूची तयार गरी आफ्नै पहिचानको आधारमा क्लस्टर कायम गर्ने उनले बताए ।  उता मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मधेसी आयोगले मुस्लिमलाई जवरजस्ती मधेसी सूचीमा राखेको प्रतिक्रिया दिए । नेपालको संविधान २०७२ जारी हुनुभन्दा अगाडि धेरै कठिन संघर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिंगो समुदाय र लोकतन्त्रमाथिको प्रहार रहेको उनको बुझाइ छ ।  उनले भने, ‘मधेश एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेशमा मात्र होइन, तराई, पहाड र हिमालमा समेत बसोबास छ, त्यस कारण सबैलाई एउटै बाकसमा राख्ने कोशिस गर्नु गलत हो ।’ मुस्लिम समुदायको आफ्नै छुट्टै भाषा, पहिचान छ, उसको आफ्नै छुट्टै क्लस्टर छ, त्यसैले मधेसी सूचीमा  राख्न कुनै आवश्यकता नरहेको उनले बताए ।  नेपालको कानुनले नै मुस्लिम अलग क्लस्टर हो, यसका लागि छुट्टै आरक्षणको व्यवस्था गरेको छ, यी सबै आधार हुँदा हुँदै मधेसी आयोगले मुस्लिमलाई जवर्जस्ती आफ्नो सूचीमा राखेको तर अहिले आएर त्यसलाई सच्याउन बाध्य भएको उनले बताए । 

यःमरि खानेकुरा मात्रै होइन, जीवन्त संस्कृति पनि

यःमरि खानेकुरा मात्रै होइन, जीवन्त संस्कृति पनि

७९९ दिन अगाडि

|

२२ मंसिर २०७९

शिखर मोहन  नेवार समुदायको परम्परागत संस्कृतिभित्रको विशेष चाड हो यःमरि पुन्हि । विशेष गरी नेवार अन्तर्गतको खेतीकिसानी गर्ने ज्यापु समुदायले नयाँ अन्न उपभोग गर्न साइतका रूपमा यो पर्वलाई लिने गर्छन् । तसर्थ नयाँ अन्न न्वागीका लागि सुरु गर्ने नेवार जातिहरूको पूर्णिमा पनि हो यो ।  हेमन्त ऋतुको समयमा यःमरि पुन्हि पर्व पर्छ । नेपाल संवत्का हिसाबले भन्दा नयाँ वर्षको दोस्रो महिना थिंलाको पहिलो पूर्णिमाका दिन अर्थात् धान्य पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।   संस्कृतिकर्मी ओमप्रसाद धौभडेल यो पर्वमा यःमरिलाई कुवेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिई पूजा गर्ने चलन नेवारी संस्कृतिमा रहेको बताउँछन् । यस दिन धान, अन्नका भकारीमा यःमरिलाई चढाउने चलन छ । यसरी चढाएको यमरी प्रसादका रूपमा खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास नेवारी समुदायमा रहेको धौभडेलको भनाइ छ ।  धौभडेलका अनुसार यस दिन यमरी बनाउँदा कुवेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, महादेव, पार्वतीहरूको आकृतिमा यःमरी बनाएर अन्नका भकारी र ढुकुटी र भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन छ । नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको यःमरि बनाई पूजा गरी चढाउने गरिन्छ । यसै गरी यःमरि पुन्हिको दिनदेखि छोटो दिनको अन्त्य भई लामो दिन सुरु हुने तिथिका रूपमा यो समुदायले लिने गरेको देखिन्छ । नेवारी संस्कृतिमा यो पर्वको विशेष आस्था छ । यस दिन विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ । यो पूजाआराधना गर्नाले धनसम्पत्ति र बुद्धिले भरिपूर्ण हुने जनविश्वास यो समुदायमा छ ।  यःमरिको महत्त्व नेपाल भाषामा ‘यः’को अर्थ मनपर्ने र ‘मरि’को अर्थ मिठाई भन्ने हुन्छ । स्वादका हिसाबले पनि यःमरि मिठाई जस्तै हुन्छ । यसमा चामलको पिठो, चाकु, तिल, घिउको प्रयोग हुने हुँदा यसमा विशेष प्रकारको स्वाद हुन्छ । यसलाई नेवारी समुदायले पञ्चतत्त्वको प्रतीकका रूपमा पनि लिने गरेको पाइन्छ ।  यःमरिमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ । यो बनाउने क्रममा तिल, चाकु र खुवा यःमरिभित्र राखिन्छ भने चामलको पिठो मुछेर त्यसको बाहिरी सतह बनाइएको हुन्छ ।  यःमरि नेवार समुदायमा जन्मसंस्कृतिसँग पनि जोडिएको देखिन्छ । खास गरी ती समुदायका बालबालिकाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दा सगुनका रूपमा यो परिकार खुवाउने चलन छ । जस्तै १२ वर्षभन्दा कम उमेरका बच्चाहरूको जन्मदिन मनाउँदा यःमरिको माला लगाएर पूजा गर्छन् ।  त्यसरी जन्मदिन मनाउँदा बच्चा जति उमेरको हो, त्यतिवटा यःमरिको माला लगाइदिए पूजा गर्ने चलन अझै छँदैछ । तर खास गरी जोडी वर्षमा जन्मदिन मनाउँदा यःमरि अनिवार्य गरिँदो रहेछ ।  यसै गरी नेवाः समुदायका गर्भवती छोरीलाई माइतीबाट दही, चिउरा खुवाउन जाने चलन छ । त्यसरी दही, चिउरा खुवाउन जाँदा १०८ वटा यःमरि सगुनका रूपमा लैजाने चलन पनि यो समुदायमा रहेको छ ।  नयाँ मन्दिर बनाउँदा होस् या घर बनाउँदा यःमरि अनिवार्य जस्तै हुन्छ । यसको अतिरिक्त मन्दिरमा नयाँ ध्वजापताका चढाउँदा धुरीबाट पूजा गरेर यःमरि खसाल्ने चलन अझै छ । नेपाल भेगन सोसाइटीका अध्यक्ष विकास श्रेष्ठका अनुसार हिजोआज यःमरि पर्व खुसियाली मनाउन र मीठो खाने उद्देश्य राखेर मनाइने गरेकोे बताउँछन् । तर यो नराम्रो भने होइन । कतिपयले यःमरि बनाएर बेच्ने गरेका छन् । व्यापार गर्ने जमानामा त्यो पनि फाइदाजनक नै हो । तर यःमरि पुन्हीलाई ज्यापु दिवस मात्र हो भन्ने सोचाइ राख्नु गलत हुन जान्छ । बरु यसलाई कृषकहरूको दिवस हो भन्दा राम्रो होला ।  अध्यक्ष श्रेष्ठका अनुसार यःमरि बनाउने सीपको विकास गरेर कसैले व्यापार गरेर फाइदा उठाउन चाहन्छ भने मौका दिनुपर्दछ । यसमा यःमरिको आकारमा बदलाव ल्याउन दिनु हुँदैन । यसको मौलिकता कायम रहनुपर्दछ । तर यःमरिभित्र राखिने चाकु र तिलमा ग्राहकलाई मनपर्ने विभिन्न कुराहरू राखेर बनाउन सकिन्छ । यसले यःमरिको स्वादमा केही फरक ल्याउनेछ । यःमरि बनाउने तरिका  सर्वप्रथम नयाँ धानको चामलबाट पिठो बनाइन्छ । त्यो पिठो तातोपानीमा मोलेर गिलो डल्लो बनाइन्छ । त्यसपछि त्यसलाई नरम कपडाले छोपेर केही समय राखिन्छ । अनि यःमरिभित्र हाल्ने पदार्थ तयार गरिन्छ । त्यसका लागि चाकु वा सक्खरलाई मसिनो गरी टुक्रा बनाइन्छ । टुक्रा बनाइएको चाकुलाई केही मात्रामा तिल हालेर एकछिन दूधमा पकाइन्छ ।  चाकु पकाउँदा स्वादका लागि अलिकति घिउ पनि हालिन्छ । केहीबेर पकाएपछि चाकु बाक्लो तर नरम हुन्छ । धानको गिलो पिठोको डल्लोलाई बूढी औँलाको सहायताले बीचमा प्वाल पार्दै लाम्चो र डोलो आकारमा बनाइन्छ । यसरी लाम्चो प्रकारको आकार बनाउँदा हातमा घिउ लगाएर बनाइन्छ । त्यसपछि दूधमा पकाइएको चाकु र तिलको बाक्लो खाद्यपदार्थ राखेर यःमरिको प्वाल बन्द गरिन्छ ।  यःमरि बनाउँदा भित्र चाकु र खुवा राखेर दुई प्रकारको बनाएको पाइन्छ । खुवाको यःमरि बनाउँदा चामलको पिठोको डल्लोभित्र दूधबाट बनाइएको खुवा अर्थात् कुराउनी मात्र हालिन्छ । यति गरेपछि काँचो यःमरि तयार हुन्छ ।  काँचो यःमरिलाई उमालेको पानीको बाफमा राखेर पकाइन्छ । करिब १० मिनेट बाफमा पकाएपछि यो खानका लागि तयार हुन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाइने भएकाले यःमरि स्वादिलो र स्वास्थ्यवद्र्धक पनि हुन्छ ।  देउसीभैलो जस्तै गीत गाउँदै मागेर खाइन्छ यःमरि पुन्ही अर्थात् धान्य पूर्णिमाको साँझ नेवारी समुदायका टोल टोलमा देउसी, भैलो खेले जसरी केटाकेटी, युवायुवतीहरू जम्मा भएर यःमरि माग्ने चलन छ । यःमरि माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यःमरि माग्ने गीत निकै चर्चित छ ः  त्यः सिं त्यः बकसिं त्यः थाबले यागु यःमरी छग ति यः  व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई तालापाता कुलिचां जुसें त्यः यःमरी माकु, उकि दुने चाकु व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा कुरी कुरी ।  दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरि एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनि चुली पारेर देऊ, यःमरि मीठो त्यसभित्र चाकु दिए तरुनी, नदिए बूढी, कुरी कुरी । यःमरि सम्बन्धि मिथक यःमरि पुन्हीसँग सम्बन्धित नेवारी समुदायमा एउटा ऐतिहासिक मिथक छ । जसअनुसार पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापार कर्म गरी बस्दथे । उनीहरु निकै धनी, दानी र उपकारी थिए । एक पटक धनसम्पत्तिका देवता मानिने कुवेरलाई ती दम्पत्तीको परोपकार र दान, धर्मप्रतिको विश्वास जाँच्न मन लागेछ ।  कुवेरले आफ्नो रूप परिवर्तन गरेर दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । उनले त्यस घरमा गएर भिक्षा माग्न थालेछन् । आँगनमा दीनहीन अवस्थाको एउटा मानिस आएर भिक्षा मागेको देखेपछि सुचन्द्रकी पत्नीमा दया जागेछ ।  उनले मीठा मीठा खानेकुरा दिएर त्यस भिखारीको निकै स्वागत सत्कार गरिन् । यो व्यवहारबाट प्रसन्न भएर कुवेरले आफ्नो सक्कली रूपको दर्शन दिएछन् । सुचन्द्रकी पत्नीलाई ज्ञान प्रदान गरेर अन्तध्र्यान भएछन् ।  धनका देवता कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्तीअनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको यःमरि बनाउन सिकिन् । उनले यःमरिकै कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् ।  अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीँ विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । त्यसपछि उनले अन्न, धन र यःमरि दान गरिन् । यसरी कुवेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धनसम्पत्तिको वृद्धि हुन गएको किंवदन्ती छ । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन यःमरि बनाएर कुवेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास नेवारी समुदायमा छ । यःमरि पुन्हीका दिन विभिन्न मठमन्दिरहरूमा मेला लाग्ने गर्छ । यस दिन बनेपाको धनेश्वर मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरू पनि स्वयम्भू, बौद्धलगायतका विभिन्न चैत्य र विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ । यो दिन काठमाडौंको वसन्तपुर, असन, इन्द्रचोक छेउछाउ ठूलो आकारको यःमरि बनाएर प्रसादका रूपमा सबैलाई बाँड्ने चलन पनि छ ।   यमरि पुन्ही नेवार संस्कृतिको विशेष पर्व हो । यो पर्व न्वागी खानेदेखि जीवनमा गरिने शुभ कार्यको सगुनका रूपमा पनि प्रयोग भएको पाइन्छ ।             

थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द

थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश रद्द

८०७ दिन अगाडि

|

१३ मंसिर २०७९

थारु समुदायका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन कात्तिक २० गते दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द गरेको छ । मंसिर ११ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशमानसिंह राउत र कुमार चुडालको संयुक्त इजलासले उक्त अन्तरिम आदेश रद्द गरेको हो । अन्तरिम आदेशको लिखित प्रति भने मंगलबार सार्वजनिक गरिएको हो । आदेशमा भनिएको छ, ‘…अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्नसक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट मिति २०७९/७/२०मा जारी भएको अन्तरिम आदेश कायम रहनू वाञ्नीय नहुँदा उक्त मिति २०७९/७/२० को अन्तरिम आदेश रद्द गरिएको छ। कानून बमोजिम गर्नू।’ सर्वोच्चले थारु कल्याणकारिणी सभाको केन्द्रीय महामन्त्री प्रेमीलाल चौधरी विरुद्धको निवेदनमा अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेश रद्द गरिपाउँ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव मधुकुमार मरासिनीले निवेदन दायर गरेका थिए । सरकारले भने थारु समुदायका व्यक्तिले मधेसी तथा आदिवासी/जनजाति दुवै क्लस्टरबाट सहभागिता जनाउन पाउने भएकाले प्रतिनिधित्व सुनिश्चितामा द्विविधा नभएको तर्क गर्दै अन्तरिम आदेश खारेजीको माग गरेको थियो । यता, थारु कल्याणकारिणी सभाले थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षका लागि भन्‍दै ४० वटा मुद्दा सर्वोच्चमा कायम रहेको र आजै थप २ वटा मुद्दा दर्ता गर्ने प्रक्रियामा रहेको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनले भने, ‘संविधानले नै आरक्षको प्रत्यभूत गरेकोले सरकारले यसलाई रोकेर थारु समुदायप्रति अन्याय गरिरहेको छ। हामी यसबारेमा थप मुद्दा दर्ताको तयारी गरेका छौं।’ अनलाइनखबरबाट यस्तो छ सर्वोच्चको आदेश : 

थारू पर्वः समाचकेवाको विविध आयाम

थारू पर्वः समाचकेवाको विविध आयाम

८२७ दिन अगाडि

|

२३ कात्तिक २०७९

                                                                                                                                           तस्विरः सरला चौधरी समाचकेवा थारू समाजको एक विशिष्ट साँस्कृतिक विम्ब दर्शाउने पर्व मानिन्छ । कार्तिक पूर्णिमाको दिन समाचकेवा समापन हुने र दिदीवहिनीहरुले आ–आफ्ना दाजुभाईलाई आशिष दिई भातृप्रेम सम्झाउने गरिन्छ । आशिष दिने गीत यसरी गाइन्छः अरही वोन के खरही कटाबल बृन्दा वोन बिट बाँस हे, ओही बाँस के कोरो छपायल बाँन्हलक बंगला चौपाल हे, ओही बंगला में सुते गेलै... भइया, ओही बंगला में सुते गेलै कनिया भौजी शिरी शिरी लागैछै वतास हे, उठाबे गेलै...बहिनो उठू भौजी भइलै परात हे, येहेन ननदो कतहूँ न देखलौ आधि आधि राती कहे परात हे, आजु हय मोर कातिक मास, समा खेले गेलै घनश्याम हे । यस लेखमा समाचकेवाको ज्ञान, सामाजिक–साँस्कृतिक तथा राजनीतिक विषयमा चर्चा  गरिन्छ । सामाजिक–साँस्कृतिक पक्ष अनुसन्धाता टम रोबर्टसनका अनुसार थारू जंगल नजिक बस्ने जाति हुन् । समाचकेवा पनि बृन्दावन नजिकको मानव बस्तीको साँस्कृतिसंग सम्बन्ध राख्दछ । कृष्णको छोरा शाम्ब र छोरी श्यामा समाचकेवाको मूल चरित्र हुन् । यो पर्व कार्तिक शुक्ल पक्षमा मनाउने चलन छ । कथाअनुसार कृष्णकी छोरी श्यामा आफ्ना संगीहरुसंग वन विचरण गर्ने र घरको काममा सघाउने गर्थिन् । उनको चक्रबात भन्ने केटोसंग प्रेम सम्बन्ध हुन्छ । उनीहरुको प्रेम सम्बन्धमा फाटो ल्याउन चुगला भन्ने पात्र हुन्छ । चुगला गाउँमा अशान्ति रुचाउने पात्र हो । चुगलाले छोरी श्यामा चक्रबातसंग अनैतिक सम्बन्धमा रहेको कृष्णको कानमा भरिदिन्छ । यसले कृष्णलाई विक्षिप्त बनाउँछ । अन्ततः कृष्ण छोरी श्यामालाई मानव जुनी नफापेको भनी उनलाई पंक्षीको रुपमा चकेवा बन्नु भनी श्राप दिन्छन् । त्यस दिनदेखि श्यामा चकेवा भएर तलाउमा जीवन विताउन थाल्छिन् । उता चक्रबात पनि प्रेम सफल बनाउन भगवान्को तपस्या गरी चकेवा बन्ने संकल्प लिन्छन् । अन्ततः उनी पनि चकेवा बन्छन् । यसरी दुइटै फेरि प्रेम सम्बन्धमा रहन पुग्छन् । बहिनीको सो दुःख देख्न नसकी शाम्ब बुवा कृष्णलाई खुशी पार्न भक्तिमार्ग अपनाउँछन् । भक्तिको वलमा एकदिन शाम्ब कृष्णलाई खुशी पार्न सफल हुन्छन् । सोही समय बुवा कृष्णलाई बहिनी श्यामा चक्रबातसंग चोखो प्रेममा रहेकोले उनीहरुलाई फेरि मानव जुनीमा फर्काउन कर गर्छन् । छोराको अनुरोधमा कृष्ण ती चकेवा बनेका चक्रबात र श्यामा दुबैलाई मानव जुनी प्रदान गर्दै संगै जीवन जिउन विवाह सम्बन्धमा गाँसिदिए । यसरी वहिनीलाई उद्धार गरी भाइले स्मरणीय योगदान गरेको कारण भाइप्रेमको रुपमा समाचकेवा पर्व वर्षेनी कार्तिक पूर्णिमासम्म मनाइने चलन छ । उपरोक्त कथामा दर्शाइएअनुसार मानव समाज शान्तिको खोजीमा रहने गर्छ । शान्तिको अवस्थामा मात्र समाज प्रगति उन्मुख हुने भए पनि चुगला जस्ता पात्र हरेक समाजमा अशान्ति ल्याउन प्रयत्नशील रहन्छन् । त्यसैले समाचकेवामा चुगलालाई उनीहरुसंगै सम्मानपूर्वक पानीमा सेलाउने चलन छैन । बरु जुंगामा आगो लगाइ अपमानसहित खेततिर हुत्याउने गरिन्छ । यसरी चुगलाहरु अपमानित जीवन बाँच्न बाध्य हुन्छन् भन्ने सन्देश दिन खोजिएको छ । साँस्कृतिक पक्षमा कुकुर, भमरा, नर्तकी, नाह खेवैया, मृदगिंयाँ आदि सामाजिक अवयव प्रदर्शित गर्छन् । यसले समाज प्रकृतिमैत्री हुनुपर्ने ज्ञान दिन्छ । ज्ञान पक्ष ज्ञान पक्ष समाचकेवाको महत्वपूर्ण ठानिन्छ । योसंग सम्बन्धित ज्ञान भनेको भक्ति हो । अर्थात् भक्ति मार्गमार्फत् समेत भगवान खुशी हुने सत्य स्थापित गर्छ । शाम्बले भक्ति मार्गमार्फत् बाबा कृष्णलाई खुशी बनाएको र श्यामालाई श्राप दिएर चकेवा बन्न लगाएको कृष्णको श्राप फिर्ता लिन बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै मानव जीवनमा भक्तिको महत्व छ भनी प्रमाणित गरेको छ । पूर्खाको उक्त ज्ञान आज पनि उत्तिकै महत्वका साथ स्वीकार गरिएको छ भन्दा अतिश्योक्ति नहोला । राजनीतिक पक्ष समाचकेवाको राजनीतिक पक्ष चाखलाग्दो छ । समाजमा राम्रो र नराम्रो दुइटै गतिशील भई काम गरिरहेको सन्देश दिएर द्वन्द्वात्मक संघर्ष स्वीकार गरेको छ । चुगला नराम्रो पक्षको विम्ब हो भने शाम्ब राम्रो पक्षको तर राम्रो पक्षको सम्मानित स्थान अन्त्यतिर मात्र प्राप्त हुने भएकोले उनीहरुबिच संघर्ष चलिरहन्छ । अर्को पक्ष विश्लेषण गर्दा समाचकेवा गीति कथाको रुपमा पनि बुझिएको छ । यसमा एउटा गीतमा बहिनीलाई भाइले सान्त्वना दिदै भन्छ– भाई– बाबा के सम्पतिया हे बहिना आधा दाइये देबौ फाँट । बहिनी– हम परगोतनी हे भइया मोटरिए के री आस । अर्थात् पैत्रिक सम्पतिमा वहिनीको आधा हक लाग्ने कुरा भाइले गरेको सुनेर बहिनीले म त अर्काको घर जाने मान्छे हुने भएकोले एउटा पोका भए नि पुग्ने जवाफ फर्काउँछे । सारमा समाजवादी चिन्तन समाचकेवामा देखिने गरेको र मानिस सद्भाव, प्रेमको भोका हुने गरेको सन्देश दिन्छ । भाइबहिनी बिचको सद्भाव प्रदर्शन गर्ने यो पर्वमा कृष्णजस्तो विवेकी अभिभावक पनि कहिलेकाहीँ भ्रममा परी आवेग प्रदर्शन गरेको देखिन्छ । तर समयको एउटा मोडमा आएर फेरि सम्हालिन पुग्दा समाज शान्ति उन्मुख भई प्रगति गर्छ । हाम्रा पूर्खाहरुले इतिहासको त्यो समयमा नै उदारवादी चिन्तन बोकेको पनि समाचकेवाले सन्देश प्रवाह गरेको छ । चक्रबात र श्यामाको पवित्र प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भई समाजको वस्तुगत अवस्थाको चित्रण गर्दै आएको बुझ्न सकिन्छ । छुवाछुत अथवा जातपातको ज्ञान गौण बनाउने समाचकेवा प्रेमले मान्छे बाँच्ने गरेको तथ्य सप्रमाण पेश गर्छ । अन्त्यमा,समाचकेवा भव्यताका साथ मनाउनुको अर्थ विशिष्ट ज्ञान जोगाउनु हो । समाजमा सद्भाव र प्रेमले मानिस बाँच्न सकिने एक महत्वपूर्ण आधार स्वीकार गर्न समाचकेवाले सघाउँछ । दोश्रो महत्वपूर्ण विषय राजनीतिक हो, जहाँ हामी जन्मजात नै समाजवादी हौं भन्ने दावी गर्छ । समाजवादको ज्ञान आज नयाँ मिमांशीय विधि र प्रक्रियाअनुसार दिन खोजेको देखिए पनि समाचकेवाले समाजवादको आधार सद्भाव र प्रेम हुने बोध गराएको छ । यसले मात्र आर्थिक वितरण समानताको आधारमा हुने प्रस्ताव गर्छ । यस अर्थमा समाजवाद हाम्रो लागि अनिवार्य ठहर भइ समाज गतिशील बन्न यही व्यवस्था नै लागु गर्न सक्ने हो भने शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ । समाचकेवा मनाउनुको अर्को महत्वपूर्ण पक्ष संस्कृतिको संरक्षण पनि हो । पहिचानजन्य राजनीतिलाई टेवा प्रदान गर्न र यसैको जगमा मजबूत लोकतन्त्रको अभ्यास गर्न समाचकेवाको योगदान रहन्छ । उदार पूँजीवादी लोकतन्त्र उपर उठ्ने प्रश्नहरुमध्ये सामूहिक अधिकार मुख्य ठहर्छ । आज लोकतन्त्रप्रति उठ्ने विविध प्रश्न साँस्कृतिक सापेक्षतावादको जगमा हल गर्न सकिने ज्ञान समाचकेवा पर्वले प्रदान गर्न सक्छ भन्ने दावी हो । यसलाई औपचारिकतामा सीमित गर्दै गर्दा अब त्यो भन्दा पर पूर्खाको ज्ञान र मिमांशामार्फत् विकास गर्दै लान जरुरी भइसक्यो । त्यसैले, पूर्खाको विरासतमा गर्व गर्दै त्यसलाई जोगाउनु भनेको आँखामा आँखा जुधाएर प्रश्न गर्नु हो । आफ्नो शिर उचो बनाउनु हो ।

बणकी एकादशीमा नवलपुरमा ३ ठूला मेला

बणकी एकादशीमा नवलपुरमा ३ ठूला मेला

८३२ दिन अगाडि

|

१८ कात्तिक २०७९

                                                                                हरिबोधनी एकादशीको गुनरही मेलाः सबै तस्विरः मनिराज महतो हरिबोधनी एकादशीको अवसरमा आजको दिनमा नवलपुरमा तीन ठाउँमा ठुल्ठूला मेला हुने गर्द्छ ।  एकादशी मेला थारुहरुको ठूलो पर्व हो। यस दिन ब्रतालुहरु गुनरही, बुढिया वा प्रसौनीमा लाग्ने एकादशी मेला घुम्ने गर्दछन्।  यसै दिन आगामी बर्षमा कतिको बर्षा हुन्छ भन्ने अनुमान गर्ने गरेको थारु किंवदन्तीहरुमा पाइन्छ।  यस दिन ब्रतालुहरु गुनरही स्नान गरिसकेपछि शिरथान (देवचुली) को टुप्पोमा हेर्ने चलन छ। यदि शिरथानको टुप्पोमा आजको दिन बादल देखिएमा असार साउनमा बर्षा हुने र किसानहरु लाई फाइदा पुग्ने तर सफा आकाश देखिएमा खडेरी पर्ने जनविश्वास रहेको पाइन्छ। एकादशी ब्रत र मेला शिरथान कुमारवर्ती देवीको एउटा बिशेष धाम हो। यस दिनमा मेणरी नाच सहितको जात्रा प्रत्येक गाउँबाट निकालिने चलन परापूर्वकालदेखि चलिआएको मानिन्छ। मेणरी नाच देव देवीको नाच हो। यो नाच महाभारत कथासंग सम्बन्धित छ। स्थानीयबासीका अनुसार मेणरी नाचमा प्रयोग गरिने मादलहरुको समेत नाम देव देवीको नामले राखिएको पाइन्छ। प्रत्येक मादलको ताल एकसाथ मिल्नै पर्ने र निरन्तर ताल मिलिरहनुपर्ने यस नाचको बिशेषता रहेको छ।  यदि कथम्कदाचित कुनै मादलको ताल बिग्रियो भने मादल फुट्ने पनि गर्दो रहेछ। अति नै देवदेवीको शक्ति अड्कल गर्न सकिने नाच हो मेणरी नाच।  

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

८३९ दिन अगाडि

|

१२ कात्तिक २०७९

छठ पर्वको आज  दोस्रो दिन, खरना गरी मनाइँदै छ । यस दिन  व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।  शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले  कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप ग्रहण गर्नेछन् ।  यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे ।  षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्‍तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी छठी माईको पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको  किम्वदन्ती  छ ।