महानन्द ढकाल
‘पहाडी दाइ, बस्नु त काम छ’ निङ्माले रोकिन् । चिया दिएर बाहिरिदै थिए पहाडी थारू । नजिकै उभिए । निङ्माले बस्न कर गरिन् । कुर्सी तानेर हलको कुनामा बसे पहाडी थारू ।
‘हैन अगाडि आउनु न,’ निङ्माले फेरि कर गरिन् । सँगै बस्न अप्ठ्यारो माने पहाडीले ।
‘कुर्सी नजिकै तान्नू ।’ निङ्माको आग्रहलाई आदेश सम्झेर थोरै अगाडि सरे पहाडी ।
‘एउटा कुरा सोध्नु थियो ।’
‘के कुरा मेडम ?’ पहाडी हड्बडाए । निङ्माको अनुहारमा हेर्न सकेनन् । केही बिगारेछु कि भन्ने लाग्यो उनलाई ।
‘रिसाउनु त हुन्न नि ?’ निङ्माले वचनले बाँध्न खोजिन् ।
‘रिसाउन्न मेडम, रिसाउन्न ।’ कुर्सी थोरै पछाडि सार्दै बोले पहाडी । निङ्माले पहाडीलाई हेरिरहेकी थिइन् ।
‘किन रिसाउनु र ? भन्नुस् न के होला मेडम ?’ सहज हुने प्रयास गर्दै थपे पहाडीले ।
‘पहाडी नाम कसरी रह्यो ? हजुर त थारू समुदायको मान्छे ।’ निङ्माले हाँस्दै भनिन् । फिस्स हाँसे पहाडी । अन्य कर्मचारीहरू पनि गललल हाँसे ।
‘किन मेडम ? राम्रो लागेन र मेरो नाम ?’ साहास बटुलेर प्रतिप्रश्न गरे पहाडीले ।
धेरै थारूहरूको नाम अतवारी, सोमलाल, मंगलराम, बुधराम, सुकराम भेटिन्छ । हजुरको पहाडी किन राखेको ? कसले राखिदिएको ?’ निङ्माले आपूmले फाइलमा पढेका केही नामहरू सुनाइन् ।
‘पर्बट्वा राखिएको थियो रे मेरो नाम । बाबा पर्बट्वा (पहाड) गएको बेला जन्मेको रहेछु म । पहाडको सम्झनामा पर्बट्वा राखियो । पछि पहाडी बनाइ दिएछन् ।’
‘राम्रो छ । नराम्रो त कहाँ भनेकी छु र ? धेरै थारूहरूको नाम अतवारी, सोमलाल, मंगलराम, बुधराम, सुकराम भेटिन्छ । हजुरको पहाडी किन राखेको ? कसले राखिदिएको ?’ निङ्माले आपूmले फाइलमा पढेका केही नामहरू सुनाइन् ।
‘पर्बट्वा राखिएको थियो रे मेरो नाम । बाबा पर्बट्वा (पहाड) गएको बेला जन्मेको रहेछु म । पहाडको सम्झनामा पर्बट्वा राखियो । पछि पहाडी बनाइ दिएछन् ।’
‘पहाडी कसले बनाइदियो त ?’
‘हाम्रो जिम्दारले । पर्बट्वा भनेर बोलाउँदा गाह्रो भएकोले पहाडी भनेका हुन् रे ।’
‘बजार जाँदा जन्मेको भए के हुन्थ्यो होला त पहाडी दाइ हजुरको नाम ?’
‘बजरिया, बजारु, बजरवा यस्तै हुन्थ्यो होला ।’ पहाडी हाँसे ।
‘जङ्गल गएको बेला जन्मेकाको नाम जङ्गली होला है पहाडी दाइ ?’ एक जना कर्मचारीले हाँस्दै भने ।
‘जङ्गली नाम भएकाहरू पनि छन् हाम्रो गाउँमा । थारूहरूले यसरी नै नाम राख्थे । मेरो पनि त्यसरी नै राखिदिए ।’ पहाडीले स्पष्टीकरण दिँदै निङ्माको अनुहार हेरे ।
‘किन रहेछ यसरी नाम राख्ने ?’ मुसुमुसु हाँस्दै सोधिन् निङ्माले ।
‘सम्झिन सजिलो हुन्छ भनेर राखेका रे ।’ हाँस्दै भने पहाडीले । ‘बाबा परदेश गएको बेला जन्मिएको भए परदेशी हुन्थ्यो मेरो नाम ।’ पहाडी थपे ।
‘धन्न देशभित्रै परदेशी हुनु भएनछ है पहाडी दाइ ?’ निङ्माले हाँस्दै भनिन् । पहाडी मुसुमुसु हाँसे । अन्य कर्मचारी गललल हाँसे ।
‘हो मेडम ।’ पहाडीले हाँसोमा हाँसो मिसाए । हाँस्नकै लागि हाँसेका थिए उनी । थारूहरूको नाम राख्ने चलन ठिकै जस्तो लाग्थ्यो पहाडीलाई । कर्मचारीहरूको हाँसोले शंका उब्जाइदियो ।
‘ठाम र काम अनुसारका पनि नाम हुन्छन् । जुन बार जन्म्यो, त्यही बार अनुसारका नाम राख्ने चलन बढी छ थारूहरूमा ।’ पहाडीले थपे ।
‘गाउँमा सबैको नाम यसरी नै राखिन्छ ?’
‘धेरैको यसरी नै राखिन्थ्यो । यस्तै चलन थियो मेडम । आजभोलि जन्मिएका बच्चाहरूको नाम त हिरो हिरोनीका नामबाट पनि राखिन्छ ।’
‘मान्छेको नाम मात्रै हो कि गाउँ ठाउँकोे नाम पनि यसरी राखिन्छ ?’
‘गाउँको नाम राख्ने चलन थोरै फरक छ मेडम । प्रायः थारू गाउँहरूका नामका पछाडि पुरुवा जोडिएको हुन्छ । त्यही पुरुवालाई लेख्नेहरूले पुर लेख्दै गए । पछिपछि पुर नै भन्न थालियो । रामपुर, लक्ष्मणपुर, दाङपुर, रानीपुर, ज्योतिपुर जस्ता धेरै गाउँहरू छन् हाम्रो ठाउँमा ।’
‘गाउँको नाममा पुर किन जोडेका नि ?’ आश्चर्य मान्दै सोधिन् निङ्माले ।
‘पुरुवाको सम्बन्ध गाउँ बस्तीसँग छ मेडम । पहिलाको जमानामा पाँच घर भएपछि एउटा पुरुवा मानिथ्यो रे । त्यसैले पुराना मान्छेले पुराना गाउँहरूको नाममा पुरवा नै जोडेर भन्छन् । रामपुरलाई रमपुरवा भन्छन् । दाङपुरलाई डङपुरवा, रानीपुरलाई रानीपुरवा भन्छन् । अब त पुरवा हराउँदै गयो, पुर मात्रै जोडिएको भेटिन्छ ।’ पहाडीको उत्तरले थप कौतुहलता जगायो निङ्मालाई ।
‘हजुरको कुन पुर हो त ?’
‘बद्रीपुर।’
‘बद्रीपुर !’ पहाडीको मुखबाट खस्न पाउँदा नपाउँदै बद्रीपुरको नाम उच्चारण गरिन् निङ्माले ।
‘हो मेडम, बद्रीपुर हो । किन अनौठो मान्नु भयो र ?’
‘माइला थारूको गाउँ ?’ माइलाको नामलाई जोड दिदै प्रतिप्रश्न गरिन् निङ्माले ।
‘हो मेडम, चिन्नु हुन्छ माइला दाइलाई ?
‘माइला थारू, हजुरको दाइ !’ निङ्माको मनमा खुल्दुली बढ्यो ।
‘हो मेडम, हाम्रो गोट्यार हुन् माइला थारू । हामी एउटै बस्तीमा बस्छौँ ।’
‘यो गोट्यार भनेको के हो ?’ निङ्माको अनुहारमा चमक आयो ।
‘आफ्नै सन्तानभित्रको मान्छे । कसरी चिन्नु भएको माइला दाइलाई ?’ पहाडीको अनुहार हँसिलो भयो ।
‘सुकुम्बासी भनेर चिनेको । आयोगबाट जग्गा पाउने पहिलो व्यक्ति ।’
‘कहीँ भेट भएको थियो र ? हामीले सँगै हो जग्गा पाएको ।’
‘भेट भएको थियो तर फाइलमा ।’ निङ्मा खितखितखित हाँसिन् । पहाडी अक्क न बक्क भए । अन्य कर्मचारीहरू पनि सँगसँगै हाँसे । पहाडीलाई अप्ठ्यारो लाग्यो । कसैको अनुहारमा हेर्न सकेनन् । कुर्सीबाट उठे । गिलासहरू बटुल बाटुल पारी बाहिर निस्किए । भित्र हाँसोको फोहोरा लामै समयसम्म चलेको सुनियो ।
बद्रीपुर, रामपुर, दाङपुर, लक्ष्मणपुर, रानीपुर जस्ता अधिकांश गाउँका नाममा पुर जोडिएको थियो । यसरी नाम पछाडि पुर जोडिनुको कारण केही छ जस्तो लागेको थियो उनलाई । अनौठा नामहरूले पछ्याइरहेका थिए निङ्मालाई ।
माइला थारू, बद्रीपुर । बुधराम थारू, रामपुर । मंगल थारू, लक्ष्मणपुर । सोमलाल थारू, रानीपुर । परदेशु थारू, दाङपुर, बर्दिया । यी नाम र ठाउँहरू कार्यालयको काम सम्हालेको दोस्रो दिन पढेकी थिइन् निङ्माले । अतबारी, सोमलाल, मंगल, बुधराम, सुकराम, जस्ता नामहरू बारसँग जोडिएका थिए । बद्रीपुर, रामपुर, दाङपुर, लक्ष्मणपुर, रानीपुर जस्ता अधिकांश गाउँका नाममा पुर जोडिएको थियो । यसरी नाम पछाडि पुर जोडिनुको कारण केही छ जस्तो लागेको थियो उनलाई । अनौठा नामहरूले पछ्याइरहेका थिए निङ्मालाई ।
निङ्मा रामेछापकी थिइन् । लोकसेवाले बर्दिया खटाएको थियो । सुकुम्बासी आयोग उनको कार्य क्षेत्र बन्यो । बर्दिया, सुकुम्बासी र थारू यी तीन ओटै शब्द नौला थिए उनका लागि । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नयाँ मुलुकका नामले परिचित थिए । थारूहरू बुह्रान भन्थे बर्दियालाई । बर्दिया निङ्मालाई दुर्गम लाग्यो । पृथ्वीको पल्लो कुनाको भूगोलजस्तो ।
घरदेखि यति टाढा पुगिएला लागेकै थिएन । कर्मले बर्दिया पु¥यायो । रामेछापको उत्तरी क्षेत्र चिन्ताङ् गाउँमा जन्मे हुर्केकी थिइन् निङ्मा । सामान्य परिवारमा । परिश्रमी थियो उनको परिवार । शिक्षालाई निकै महत्व दिन्थ्यो । एसएलसी प्रथम श्रेणीमा पास गरिन् गाउँकै स्कुलबाट । प्रथम श्रेणीमा पास गर्ने बिरलै भेटिन्थे चिन्ताङ् गाउँमा ।
भविष्य खोज्दै काठमाडौं पसिन् उनी । पढाइको मात्र चासो भयो । डुल्ने र घुम्ने फुर्सद नै भएन । ‘पढ्नुपर्छ, लोकसेवा पास गर्नुपर्छ’ यही सिकायो परिवारले । राम्रोसँग पढ्न सके जागिरले घुमाउँछ भन्ने बुझेकी थिइन् उनले । हुन पनि त्यस्तै भयो । पहिलो नियुक्ति नै बर्दिया भयो । गाउँदेखि निकै टाढा ।
नयाँ ठाउँ । नयाँ काम । नयाँ जिम्मेवारी । नौलो परिवेश । नयाँ मान्छेहरूको सङ्गत । ‘पढेर उत्तीर्ण हुनु र गरेर सफल हुनु’ फरक कुरा थियो । जागिरसँग पढाइको तालमेल थिएन । आखाँले देख्नु र कानले सुन्नुमा धेरै अन्तर थियो । उनका अगाडि चुनौतीका पहाड खडा थिए । पहिलो हप्ता फाइल मिलाउँदा मिलाउँदै बित्यो । सीतापुरदेखि राजापुरसम्मका फाइलहरू । न त कुनै पुरसँग परिचित थिइन् । न त कुनै फाइलसँग नै । हरेक पुर र फाइलहरूको अध्ययन गर्नु जरुरी ठानिन् निङ्माले ।
कामप्रति सचेत थिइन् निङ्मा । अप्ठ्यारोको अनुमान लगाउन सक्थिन् । विवेक पु¥याएर अध्ययन गर्ने बानी थियो । राम्रो कर्म गरे सफलताको नजिक पुगिन्छ भन्ने ज्ञान थियो उनलाई । विश्वास गर्थिन् परिश्रममा । सफलता नै जीवनको लक्ष्य थियो निङ्माको ।
पहिलो चरणका धेरै कामहरू सकेको थियो आयोगले । केही कामहरू अधुरा थिए । अभियान कहाँबाट सुरु गर्ने भन्नेमा सोचमग्न थिइन् निङ्मा । वस्तुस्थितिको अध्ययन गरिन् उनले । कार्यालयभित्र र बाहिरको । विभिन्न बस्तीमा हजारौं सुकुम्बासी थिए बर्दियामा । किसानहरू वर्षौदेखि भूमिहीन थिए । कन्द्राको सशक्त आन्दोलनपछि पहिलो पटक सुकुम्बासी आयोग बनेको थियो । आयोगले बस्ने बास दिएको थियो । फाइलहरूको अध्ययनबाट यही जानकारी पाइन् निङ्माले ।
कृषिका लागि उत्तम भूमि मानिन्थ्यो बर्दिया । बबई र कर्णालीले उर्वर बनाएको थियो बर्दियालाई । शरीरमा नसा पैmलिएजस्तै पैmलिएका थिए पानी बग्ने कुलाहरू । बबई र कर्णालीकोे पानीले जमिन मात्रै हैन, गुराँस फुलाएभैंm फुलाएको थियो जीवनलाई नै । जङ्गबहादुरको पालामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता आएको थियो अङ्ग्रेजबाट ।
नयाँ मुलुकका रुपमा चिनिन्थे यी ठाउँहरू । विभिन्न स्थानबाट बसाइँ सराइ गरी आउनेहरूबाट बस्ती योग्य बनेको थियो नयाँ मुलुक । थारूहरू बुह्रान भन्थे यो मुलुकलाई । बुह्रान सपनाको संसार थियो, गरीब थारूहरूकोे । थारूहरूले नै सिंंगारेका थिए बुह्रानलाई । बुह्रानको केन्द्र थियो बर्दिया । बर्दियाभित्रै पनि दुई बुह्रानहरू थिए । बबई वारिको भूभागलाई वल्लो बुह्रान र पारिको भूभागलाई पल्लो बुह्रान भनिन्थ्यो ।
थारूहरू आदिम जाति थिए बुह्रान क्षेत्रका । मुख्य पेसा कृषि थियो उनीहरूको । जीवन निर्वाहको माध्यम नै जमिन थियो । माटोमै खेलेर दिन बिताउने थारूहरूले किन माटोलाई आफ्नो बनाउन सकेनन् ? उनीहरू कसरी भूमिहीन बन्न पुगे ? निङ्माको मनले उत्तर खोजिरहेको थियो । आयोगबाट जग्गा पाएका पूर्व सुकुम्बासीहरूको गाँस र बासको गुजारा कसरी चल्दै छ ? सरकारको उपस्थिति छ कि छैन ? उनीहरू र अन्य समुदायका व्यक्तिहरू बिचको सम्बन्ध कस्तो छ ? शिक्षा र स्वास्थ्यको अवस्था के छ ? जातीय विभेद छ वा छैन ? जग्गाले जीवनस्तरमा परिर्वतन ल्यायो, ल्याएन ? जस्ता तमाम प्रश्नहरू निङ्माको मनमा एकपछि अर्को गर्दै थपिन थालेका थिए । कुनै न कुनै प्रश्नले प्रत्येक दिन छटपटी बनाउन थालेको थियो निङ्मालाई ।
समुदायमा घुलमिल हुन भाषा जान्नु अनिवार्य थियो । थारू भाषा सिक्नै पर्ने भयो निङ्मालाई । संस्कार र संस्कृति बुझ्नै पर्ने भयो, वस्तुस्थिति बुझ्न पनि । मनमा अनगिन्ती प्रश्नहरू खेलेका थिए । अध्ययनले मात्रै किनारा लगाउन सक्थ्यो जिज्ञासालाई । आफन्तसँग शेर्पा भाषा बोल्थिन् निङ्मा । आमा बुबाले सिकाएको पहिलो भाषा यही थियो । शेर्पा संस्कार र संस्कृति उनैको समुदायले सिकाएको थियो । नेपाली बोल्न पछि मात्रै सिकिन् । राम्रै बोल्थिन् नेपाली पनि । पढ्ने क्रममा सिकेकी । आपूmले सिकेको संस्कृति बिल्कुल फरक थियो थारूहरूको भन्दा ।
भाषाप्रति रुचि थियो निङ्माको । कथा, कविता राम्रै लेख्न सक्थिन् नेपाली भाषामा । अंग्रेजी झन् रोजाइको विषय थियो । समाजशास्त्र र अङ्ग्रेजी मुख्य विषय लिएर स्नातक गरेकी थिइन् । स्नातकोत्तरमा भने समाजशास्त्र मात्रै रोजिन् । काठमाडौं भित्रिएपछि नेवारी समुदायसँग सङ्गत भयो । धेरैजसो साथीहरू नेवार थिए । उनीहरूले नै सिकाए नेवारी भाषा र संस्कृति । हिन्दी उपन्यासमा उनको रुचि थियो । उपन्यास पढ्दा पढ्दै हिन्दी बुझ्ने भएकी थिइन् । अब भने थारू भाषाले लोभ्याउन थालेको थियो निङ्मालाई ।
‘मौकामा चौका हान्नु पर्छ’ यस्तै भन्छन् भन्नेहरू । पूर्वउत्तरकी निङ्मालाई दक्षिणपश्चिमको भाषा, संस्कृति र संस्कार बुझ्ने मौका जुरेको थियो । यस्तो मौका सबैलाई कहाँ जुर्छ र ? अवसरका रुपमा लिएकी थिइन् उनले यसलाई । उत्सुक र जिज्ञासु पनि थिइन् उनी । थारू समुदाय कौतुहलको विषय बन्दै थियो । फाइलहरूमा पढेका केही थारूहरूसँग प्रत्यक्ष भेट्न मन लाग्यो उनलाई । सबैसँग भेट गर्न सम्भव पनि थिएन । स्थलगत भ्रमण नगरी परिणाममुखी काम होलाजस्तो पनि लागेन । छिटो, छरितो र प्रभावकारी काम गरेर देखाउनु थियो । विभिन्न उपायको खोजीमा थिइन् उनी । बाँकी फाइलको अध्ययन थाती राखेर फिल्ड अध्ययनलाई प्राथमिकता दिने भइन् निङ्माले ।
निङ्माले जे गर्थिन्, मनले गर्थिन् । योजनाअनुसार गर्थिन् । मनले आँटेको गरिछाड्ने बानी थियो उनको । थारू भाषा, संस्कृति र संस्कारको ज्ञानलाई प्राथमिकतामा राखिन् । त्यो पनि व्यवहारिक रुपमा । भाषा सिकाउने कोही न कोही त चाहिन्थ्यो । दोभासेको खोजीमा थिइन् उनी । कार्यालयका सहयोगी पहाडी थारू थिए । थारू मातृभाषा थियो उनको । पहिलो दिनदेखि नै थुप्रै जिज्ञासा राख्दै आएकी थिइन् निङ्माले थारू संस्कार र संस्कृतिबारे । नयाँ परिवेश बुझ्ने प्रयास गरिरहेकी थिइन् ।
निङ्मासँग दर्जनौं प्रश्नहरू थिए । सानातिना कुराहरू सोधिरहन्थिन् पहाडीलाई । ‘किन सोध्नु परेको होला ? कति सोध्नु परेको होला ?’ यस्तै लाग्थ्यो पहाडीलाई घरी घरी । आपूmले जानेको त भन्नु, नजानेको कसरी भनिदिनु ? ‘खै मेडम ?’ भनेर जबाफ दिन्थे कतिपय प्रश्नका उत्तरहरू । निङ्माका कैयौँ जिज्ञासाहरू अलपत्र परेका थिए । ‘सोधेर भनौँला है मेडम’ भनेर पन्छिन्थे कहिलेकाहीँ । अन्य हाकिमहरू पनि व्यहोरेका थिए पहाडीले । पहिलाका हाकिम जस्तो लागिनन् निङ्मा । बिल्कुल फरक लागिन् । केही मायालु र केही जिज्ञासु पनि ।
निङ्माको अनौठो स्वाभाव थियो । खाली बस्दै नबस्ने । केही न केही गरिरहनु पर्ने । केही न केही बोलिरहनु पर्ने । कुनै न कुनै प्रश्न सोधिरहनु पर्ने । ‘यस्ता प्रश्नले के फाइदा गर्छ होला ? हाम्रो समुदायप्रति किन चासो राख्नु परेको ? हाम्रा आन्तरिक कुराहरू थुत्न खोजेकी त होइनन् ? हाम्रो सोझोपनबाट फाइदा लिन खोजेकी त होइनन् ?’ मनमा यस्तै यस्तै कुराहरू खेलिरहन्थे पहाडीको । कहिलेकाहीँ झर्को लाग्थ्यो । हाकिम भनेको हाकिमै हो । झर्को मान्नु पनि त भएन । निङ्माको थारू समुदायप्रतिको चासो देखेर चकित थिए पहाडी । कार्यालयका अन्य कर्मचारीहरूले समेत फरक अनुभूति गरेजस्तो लागेको थियो निङ्मालाई ।
चिया खाजा खुवाउनु पहाडीको दैनन्दिनी थियो । दिनको दुई बज्नै हुँदैनथ्यो । कर्मचारीहरू छट्पटाउँथे । भित्र बाहिर गर्न थाल्थे । टेबुल टेबुलमा चिया खाजा पु¥याउनै पथ्र्यो । निङ्माले नियम परिवर्तन गरिदिइन् । चिया नास्ताका लागि समय छुट्याइयो । सबैले सङ्गै खाजा खाने नियम बन्यो । कोठा कोठा चिया बोकेर चहार्नु पर्ने वाध्यता हट्यो । उनी खुसी भए । अफिसमा पारिवारिक वातावरण बन्यो । धेरै जना धेरैका आत्मीय साथी बने । घुलमिल हुने अवसर पाए सबैले सबैसँग ।
फिल्ड पनि कहाँबाट सुरु गर्ने ? भाषा, संस्कृति र संस्कार कसरी सिक्ने ? निङ्माले आपैmलाई प्रश्न गरिन् । हरेक काम नयाँ । हरेक मानिस अपरचित । मनमा छटपटी । धेरै विचार गरेर बद्रीपुर रोजिन् । बद्रीपुर रोज्नुका पनि कारण थिए । पहिलो कारण आयोगबाट सुरुमा जग्गा पाउने माइला थारू बद्रीपुरमा थिए । दोस्रो आफ्नै कार्यालय सहयोगी पहाडी थारूको गाउँ बद्रीपुर थियो । तेस्रो बद्रीपुर सदरमुकामबाट धेरै टाढा थिएन । चौथो बसाइँ अप्ठ्यारो भएमा फिल्ड कार्य छोट्याएर सजिलै फर्किन सकिन्थ्यो ।
पहाडीलाई नेपाली राम्रोसँग बोल्न आउँथ्यो । पहाडियाको घरमा जन्मिएका थिए पहाडी । बाल्यकाल पनि पहाडियाकै घरमा बित्यो । धर्मदत्त गौतम खुनपुरका जमिन्दार थिए । उनैको घरमा धेरै वर्ष कमैया बसे पहाडीका बुबा । बुक्रहीका रुपमा बसेकी थिइन् पहाडीकी आमा । बुबाआमासँगै बसेका थिए पहाडी र उनका दाइभाइ पनि । कोही बर्डिवा, कोही छेग्रहवा बनेर ।
पहाडीलाई नेपाली राम्रोसँग बोल्न आउँथ्यो । पहाडियाको घरमा जन्मिएका थिए पहाडी । बाल्यकाल पनि पहाडियाकै घरमा बित्यो । धर्मदत्त गौतम खुनपुरका जमिन्दार थिए । उनैको घरमा धेरै वर्ष कमैया बसे पहाडीका बुबा । बुक्रहीका रुपमा बसेकी थिइन् पहाडीकी आमा । बुबाआमासँगै बसेका थिए पहाडी र उनका दाइभाइ पनि । कोही बर्डिवा, कोही छेग्रहवा बनेर । धर्मदत्तका छोराहरूको सङ्गत थियो पहाडीको । उनीहरूबाटै नेपाली बोल्न सिके । रेखाहरू कोर्न सिके । अक्षरहरू फोर्न सिके पहाडीले पनि । त र ट को शुद्ध उच्चारण गर्न धर्मदत्तका छोराहरूले नै हो पहाडीलाई सिकाएको । ‘शुद्ध नेपाली बोल्दा रहेछौ त ?’ सबै हाकिमहरूले यस्तै भन्थे । निङ्माले पनि यस्तै भनेकी थिइन् पहाडीलाई ।
बाबुको मृत्यु कमैया छँदै भयो । धर्मदत्तकै घरमा । अस्पताल नै नदेखेर परलोक भए पहाडीका बाबु । बाबुको मृत्युपछि आमाको बिचल्ली भयो । एक्लो महसुस गरिन् । निराश भइन् आमा । कसैले सम्झाएर पनि सम्झिइनन् । खानपिन र बसाइँलाई मतलब गर्न छोडिन् । निराशाले लामो समय बाँच्न दिएन पहाडीकी आमालाई ।
धर्मदत्तले प्युठानी जमिन्दारको ऋण तिरिदिएर दाङको चित्रकुटीबाट बर्दिया ल्याएका थिए पहाडीका बाबुलाई । लामो समय कमैया बस्दा पनि ऋण चुक्ता भएको थिएन पहाडीको । बुबाको मृत्युपछि केही समय धर्मदत्तकै घरमा कमैया बसे उनी पनि । बुक्रही बनाएर राखे श्रीमतीलाई । हाकिम बनेर आएका सम्धीको सेवा गर्न सुकुम्बासी आयोगमा पठाए पहाडीलाई श्रीमतीबाट छुटाएर ।
भान्सेका रुपमा आयोग छिरेका थिए पहाडी । धेरैपछि कार्यालय सहयोगी बने । धर्मदत्तले धर्म गरेकै हुन् पहाडीलाई । कमैयाबाट कर्मचारी बनाइदिए । बाबु बाजेले समात्दै आएको बाटो परिर्वतन गराइदिए । पुस्तौनी तिर्न नसकेको ऋणबाट मुक्त गराइदिए ।
तर श्रीमतीसँग सँगै बस्ने वातावरण कहिल्यै मिलाइदिएनन् धर्मदत्तले । किन यस्तो गरे ? धर्मदत्तको भित्री आसय बुझ्ने प्रयास नै गरेनन् पहाडीले । भेट हुँदा निराश देखिन्थिन् पहाडीकी श्रीमती । केही भन्न खोजे जस्तो भाव झल्कन्थ्यो उनको अनुहारमा । तर श्रीमतीको निराश अनुहार कहिल्यै पढेनन् पहाडीले । ‘लिएर जान्छु’ भन्ने आँट मनमा पलाउनै सकेन उनको ।
‘जागिर हो भोलि कहाँ पुगिन्छ कहाँ ? सधैं मौका कहाँ मिल्छ र ? मौकामा अध्ययन गरिहाल्नु पर्छ’ भन्ने लाग्यो निङ्मालाई । थारू समाजको अध्ययन गर्ने तीब्र इच्छा बढ्यो । यही इच्छाले सुत्न दिएन निङ्मालाई । समाजशास्त्रकी विद्यार्थी थिइन् उनी । समाजप्रति चासो राख्थिन् । हरेक सामाजिक क्रियाकलापहरूले लोभ्याउँथे उनलाई । अध्ययनको लय पनि मिल्ने भयो निङ्माको ।
‘पहाडी दाइ, बद्रीपुर कति टाढा छ ?’ चिया पिउने क्रममा जिज्ञासा राखिन् निङ्माले ।
‘धेरै टाढा छैन । साइकलमा पौने दुई घन्टा लाग्छ ।’
‘गाडीमा ?’
डेढ घन्टा लाग्ला । किन र मेडम् ?’
‘किन गाडीमा धेरै समय ? बाटो कस्तो छ र ?’
‘कच्ची छ । ठाउँ ठाउँमा कुलाहरू तर्नुपर्छ । कुला तर्दातर्दै ढिला हुन्छ । बाटो पनि घुमाउरो छ ।’
‘गाडी त जान्छ नि ?
‘जान्छ जान त ।’
‘भन्नाले ?
‘कच्ची बाटो, धुलो बढी छ ।’
‘ठिक छ धुलोसँग डराउँदिन । आउने हप्ता फिल्ड जाने है त ।’
‘फिल्ड ! बद्रीपुर ! कति जना ?’ पहाडीले आश्चर्य माने ।
‘हो, बद्रीपुर । हजुर र म । ड्राइभर दाइले छोडेर फर्कनु हुन्छ । किन अनौठो मान्नु भयो ? जान सकिदैन र ?’
‘जान त सकिन्छ, किन नसकिनु ?’
‘अरु के अप्ठ्यारो छ र ? खान बस्न त पाइएला नि ?
‘पाइन त पाइन्छ तर...।’ पहाडीले बद्रीपुरको फिल्डलाई महत्व दिन खोजेनन् । बद्रीपुर नगए पनि हुन्थ्यो भनेजस्तो गरे । शङ्काको दृष्टिकोणले हेरे निङ्मालाई ।
‘तर भन्नाले ?’ निङ्माको प्रतिप्रश्नले झस्किए पहाडी ।
‘सुविधाहरू छैनन् भन्न खोजेको मेडम ।’ कुरो मिलाउन खोजे ।
‘ताजा खान र सुरक्षित बास भए त पुग्यो । खान पाइदैन र ?’
‘पाइन्छ, पाइन्छ मेडम । म व्यवस्था गरिहाल्छु ।’ पहाडीले ढुक्क पार्न खोजे निङ्मालाई ।
‘तीन दिनको बसाइ हुन्छ बद्रीपुर । हामीलाई नभई नहुने सामानहरूको बन्दोबस्त गर्दै गर्नू ।’ निङ्माले पहाडीलाई निर्देशन दिइन् ।
पहाडीले तयारी गरे । आवश्यक पर्ने लत्ता कपडा झोलामा हाले । केही औषधिहरू र अन्य वन्दोबस्तीका सामान प्याक गरे ।
(बुह्रान उपन्यासबाट, ढकालको यो उपन्यास २०७९ साउन २८ गते विमोचन भएको छ ।)
प्रकाशित:
९५० दिन अगाडि
|
२९ साउन २०७९
८ दिन अगाडि
|
२९ फागुन २०८१
१० दिन अगाडि
|
२६ फागुन २०८१
११ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९