Above Header
Above News Title

काठमाडौं उपत्यकाका थारुहरुले पर्यटन बोर्डमा मनाए अस्टिम्की 

काठमाडौं उपत्यकाका थारुहरुले पर्यटन बोर्डमा मनाए अस्टिम्की 

काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकाका थारूहरूले भदौ ३ गते शुक्रबार पर्यटन बोर्डमा  अस्टिम्की पर्व भव्यताका साथ मनाएका छन् ।
राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा काठमाडौंस्थित दर्जन थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम भएको हो  । 
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरे । मन्त्री चौधरीले भने,‘थरुहट भूमि छाडेर काठमाडौंमा रहेका थारु युवाहरु सामूहिक प्रयासमा अस्टिम्की लगायत चाडपर्व संयुक्त रुपले मनाउनु राम्रो काम हो तर यो संगै राजनीतिमा पनि चासो दिनुपर्छ । कुनै  न कुनै पार्टीमा लागेर नेतृत्वमा आउन नसके अघि बढ्न सकिदैन ।’ 

थारु आयोगका अध्यक्ष विष्णु थारुले जातीय जनसंख्या अनुसार लोकसेवा आयोग लगायतमा आरक्षण हुनुपर्नेमा जोड दिए । 
त्यस्तै, थारु संस्कृतिमा कृष्णचरित्र परम्परा विषयमा विद्यावारिधि गरेका डा कृष्णराज सर्वहारीले अस्टिम्कीबारे प्रकाश पार्दै यसमा गाइने गीतको सारतत्व, विश्लेषणबारे सबै थारु जानकार हुनुपर्ने बताए । उनले अस्टिम्की विशुद्ध चाड मात्रै नभएर यसका मुख्य पात्रहरु कान्हा, राधा, इसरु, जासु लगायतको जीवनशैलीबाट धेरैभन्दा धेरै पाठ सिक्न सकिने धारणा राखे । 

 

समाजसेवी शिव चौधरीले सहरिया थारुहरुले घरमा नेपाली, अंग्रेजी बोल्ने चलन हावी हुँदै गएकाले थारु भाषा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा देशभरिका राष्ट्रिय थारु कलाकारहरुको गीत, नृत्य प्रस्तुति रहेको थियो । सुर्खेतका थारु कलाकारहरु काठमाडौंमा अस्टिम्की मनाउन आइपुगेका थिए । राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रम ढिलो सुरु हुँदा अस्टिम्की टिक्ने कार्यक्रम प्रभावित भएको थियो ।

 

 

प्रकाशित:

९४४ दिन अगाडि

|

३ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८९१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९२६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९३६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८९१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८४० दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८९६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८२९ दिन अगाडि

|

२७ मंसिर २०७९