भैरहवा
थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो ।
भेलाले राज चौधरी (सैनामैना)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रिता चौधरी (बुटवल), सचिव मनजीत चौधरी(तिलोत्तमा), सहसचिव रिता चौधरी (तिलोत्तमा) र कोषाध्यक्ष कृष्ण कुमारी चौधरी (तिलोत्तमा) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा चित्ररेखा चौधरी (बुटवल), केशब चौधरी (कोटहीमाई), सोमनाथ थारु (देवदह), अयोध्या चौधरी (देवदह), धनराज चौधरी (ओमसतिया), श्याम बहादुर थारु (ओमसतिया) र हरिचन्द्र चौधरी (शुद्धोदन) रहेका छन् र एक जना सदस्य कार्यसमितिको बैठकबाट निर्णय गरी मनोनित गरिने बताइएको छ ।
त्यसैगरी सल्लाहकारहरुमा सतिशकुमार चौधरी, बिजय बहादुर सिंह थारु, रेखाप्रसाद चौधरी, नरसिंह चौधरी र सरिता चौधरी रहेका छन् ।
उक्त भेलालाई नेपाल थारु राष्ट्रिय मंचका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार चौधरीद्वारा बुद्ध बन्दना वाचन गरेर गरिएको थियो ।
कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष गोकुल थारुको सभाध्यक्षता, केन्द्रीय उपाध्यक्ष राजेन्द्र चौधरीको स्वागत र केन्द्रीय सचिव राजेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित:
९८५ दिन अगाडि
|
१५ भदौ २०७९
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९