Above Header
Above News Title

‘नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशमा उकालो लागेकै हो ?’ 

‘नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेशमा उकालो लागेकै हो ?’ 

महेन्द्र उपाध्याय पेशाले इन्जिनियर हुन् । साहित्यमा समेत दख्खल राख्ने उनी एमपी केयरलेसको नामले कलम चलाउँछन् । छँदाखाँदाको इन्जिनियरको सरकारी जागिरबाट राजीनामा दिएर उनी यही वैशाख ३० को चुनावमा होमिएका थिए । 
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लम्की–चुहा नगरपालिकाको मेयरमा उठेका उपाध्यायले सम्मानजनक मत ल्याए पनि जित्न भने सकेनन् । उनी आगामी संसदीय चुनावमा समेत आंकाक्षी छन् । कैलाली क्षेत्र नं २ (क)बाट प्रदेश सांसदको लागि उनले दावी गरेका छन् ।
 हालै उनले नागरिक उन्मुक्ति पार्टीको कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् । प्रस्तुत छ, उक्त प्रदेशमा पार्टीको संगठन विस्तारको कामबारे केन्द्रीत रही ढकियाखबर प्रतिनिधिले  उनीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंशः 


नागरिक उन्मुक्ति पार्टी अब थरुहट तराईबाट उकालो लागेको हो ? कर्णाली प्रदेशमा नागरिक उन्मुक्ति कसरी अगाडि बढ्दैछ ?
नागरिक उन्मुक्ति पार्टी उकालो लाग्नु भन्दा पनि आफ्नो पहिचान सुरक्षित गर्दै अगाडि बढेको हो भन्ने बुझौं । यसै क्रममा कर्णाली प्रदेशमा पनि संगठन बिस्तारको काम हुँदैछ ।

भन्नाले आगामी मंसिर ४ को चुनावमा नागरिक उन्मुक्ति पार्टीले कर्णालीमा पनि उम्मेदवार उठाउँछ, हो ?
हो, यसपालि हामी सकेसम्म कर्णाली प्रदेशमा रहेका सबै क्षेत्रबाट उम्मेदवार उठाउने लक्ष्यमा छौ । केही क्षेत्रमा त उम्मेदवार समेत ‘फिक्स’ भैसके ।
थरुहट तराई क्षेत्रमा आधार रहेको पार्टी हो, तपाईंहरुको । कुन कुन मुद्दा लिएर जाँदै हुनुहुन्छ कर्णाली प्रदेशमा ?
हाम्रो पार्टी आफ्ना प्रतिबद्धतामा गम्भीर छ । हामीले पहिचान दिलाउँछौ भनेकै छौ । त्यसैले कर्णालीको असली पहिचान दिलाउन लागि पर्नेछौ ।
सिञ्जा सभ्यता जस्तो गौरवशाली इतिहास बोकेको ठाउँ हो कर्णाली, जसले कहिल्यै हात फैलाएन । आज उहीँ ठाउँलाई एनजीओ आएजनजीओसँग हात डास्नुपर्ने कसले बनायो ? के यही माग्ने पहिचान हो कर्णाली प्रदेशको ? कदापि होइन ।
हजुरलाई अवगत नै होला, नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका  बाहुन क्षत्रीको उद्गम थलो भनेकै कर्णाली प्रदेश हो । कर्णालीले पर्यटकका लागि  रारा  बेचिरहनु  पर्दैन । ‘जाने है त तपाईंको पुख्र्यौली ठाउँ’ भन्ने नारासहित पर्यटन वर्ष मनाउने हो भने नेपालको एक चौथाइ मान्छे कर्णालीको आफ्नो गाउँ गाउँ पुग्छ । त्यसैले, हाम्रो पार्टीलाई कर्णाली पुग्न गाह्रो छैन ।
कर्णालीका जनताले सुन्लान् त तपाईंहरुको कुरा ?
कर्णालीको असली पहिचान हामी दिन्छौ भन्दा अवश्य सुन्लान् भन्ने हामी आशावादी छौं । माथि मैले भनेको पर्यटन सम्बन्धिको योजनाले कर्णालीको हरेक घर होम स्टे बन्न सक्छ । त्यो योजनामा सरकारको लागत भनेको सडक र खानेपानीमा मात्र लगानी गर्नुपर्छ । जनताको जे जस्तो घर छ, त्यही पाहुना आएर बस्छन ।

कर्णालीको विकास सातै प्रदेशमध्ये सबैभन्दा कम लागतमा  गर्न सकिन्छ । मात्र पोलिसी मेकिङ चाहिएको हो त्यो हामीसँग छ । जसले सबैलाई पहिचान दियो, आज उसैको पहिचान दोधारको अवस्थामा छ । हामी त्यो दोधार चिर्छौं । 


यसरी नेपालमा छरिएर रहेका सगोत्रीको भेटघाट हुन्छ, सम्बन्ध बढ्छ । नागरिक उन्मुक्ति कर्णालीको पहिचानलाई स्थायी गर्न जाँदैछ कर्णालीमा । यस्ता अनेकौ नीति छन् हामीसँग । मेरो  विचारमा कर्णालीको विकास सातै प्रदेशमध्ये सबैभन्दा कम लागतमा  गर्न सकिन्छ । मात्र पोलिसी मेकिङ चाहिएको हो त्यो हामीसँग छ । जसले सबैलाई पहिचान दियो, आज उसैको पहिचान दोधारको अवस्थामा छ । हामी त्यो दोधार चिर्छौं । 
कर्णालीमा संगठन विस्तारको अबको योजना कस्तो छ ?
यही भदौ १६ गते कर्णालीको सुर्खेत, मुगु, हुम्ला लगायत जिल्लामा साता दिने संगठन बिस्तारको क्रममा जाँदैछु । कार्यकर्ताहरु उत्सहित छन् । जिम्मेवारी बाँडफाँटपछि थप उत्साहित हुनेछन् भन्ने आशा छ ।

प्रकाशित:

९८५ दिन अगाडि

|

१६ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९