Above Header
Above News Title

थारू र मगर इष्टः यी दुइ समुदायको गहिरो साइनो सम्बन्ध

पहिले थारु र मगर एउटै दाजु भाइ रहेको कथनः शिक्षक मनिराज महतो
थारू र मगर इष्टः यी दुइ समुदायको गहिरो साइनो सम्बन्ध

                                                   नवलपरासी अग्यौलीका ननीराम महतो थारु र उनका मगर इष्ट नरबहादुर ठाडा (दायाँ)

विद्रोही गिरी

सयभन्दा बढी जातजातिमा विभक्त नेपालीहरूको सम्बन्ध कति गाढा र पवित्र छ भन्ने कुरा नवलपरासीका थारु र मगरलाई हेरे पुग्छ ।
मगर महाभारत पर्वत शृङ्खलाका बासिन्दा हुन्, थारू भित्री मधेसका । थारूहरू आफूलाई भूमिपुत्र भन्छन्, मगरहरू आदिवासी–जनजाति । आ–आफ्नै जातीय परम्परा भएका यी दुई समुदायको शताब्दीयौं पुरानो सहगमनबाट निर्मित धार्मिक–सांस्कृतिक सम्बन्ध भने अनुकरणीय छ ।
नवलपरासीको देवचुली–२ कीर्तिपुरका मगरहरू अघि नलागी शिरथानमा थारूहरूको कुल पूजा सुरु हुँदैन । मगरहरूको
रजहर थानमा कुमारवर्ती माईको आराधना भएपछि मात्र सुरु गरिने पाँच–पाँच वर्षमा हुने थारूहरूको कन्तरी पूजामा मगर ढोके हुनैपर्छ । 
थारू र मगरको ठूलो सांस्कृतिक सहचार्य देखिने कन्तरी पूजाका लागि शिरथानमा चाहिने भेडी, परेवा र बाख्राको पाठी लिएर आउने मगरहरूलाई सीताबासमा बिसाउने चलन छ, जहाँ देवीले विश्राम गरेको विश्वास दुवै समुदायमा छ ।
देवचुली हिँडेका थारू गुरौ (पूजारी) मगर वस्ती कीर्तिपुरमा बास बस्छन्, जहाँ झमटा गाएर देवीको प्रार्थना गरिन्छ । भोलिपल्ट पाहुना पूजारीहरूलाई ‘बाटो देखाउन’ मगर समूह अगाडि–अगाडि उकालो लाग्छ । पूजाका लागि आगो पनि अग्निपत्थरमा काँचो बाँस रगडेर मगरले नै निकाल्नुपर्छ । यो परम्पराले थारू थलो कीर्तिपुरमा प्राचीन कालदेखि पहाडबाट मगरहरूको आगमन भएको देखाउने नवलपरासीका शिक्षक मनिराज महतो बताउँछन् । उनका अनुसार पहिले थारु र मगर एउटै दाजु भाइ भएको तथा पछि मगर पहाडमा र थारु तराईमा बस्न थालेको कथन छ ।
“कृषिमा निर्भर थारू र मगरबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, पारिवारिक र व्यक्तिगत सम्बन्धहरूको कडी चाहिँ इष्ट अर्थात् मीत लगाउने सौहार्द प्रणाली हो”, समाजशास्त्री शिवशङ्कर बस्याल भन्छन् । उनको भनाइमा प्रकृतिपूजक यी दुवै जातिलाई आर्थिक आवश्यकता पूरा गर्न इष्ट प्रणालीले जोडेको छ । 

धान रोपाईंपछि थाकेका थारूका घरमा पहाडबाट मगर इष्टको खसी कोसेली आइपुग्छ । यसलाई हर्धोन वा हिलो पखाल्ने भनिन्छ । पहाडमा चाडबाड आउँदा मधेसका थारू इष्ट धान, चामल, माछा आदि बोकेर उकालो चढ्छन् । मगर इष्टकै लागि वर्खामा माछा सुकाएर सिद्रा बनाउने थारूहरू धेरै भेटिन्छन् ।


हुन पनि, धान रोपाईंपछि थाकेका थारूका घरमा पहाडबाट मगर इष्टको खसी कोसेली आइपुग्छ । यसलाई हर्धोन वा हिलो पखाल्ने भनिन्छ । पहाडमा चाडबाड आउँदा मधेसका थारू इष्ट धान, चामल, माछा आदि बोकेर उकालो चढ्छन् । मगर इष्टकै लागि वर्खामा माछा सुकाएर सिद्रा बनाउने थारूहरू धेरै भेटिन्छन् । जितिया, ठूलो एकादशी, माघेसङ्क्रान्ति कोसेली आदान प्रदानका अन्य मुख्य अवसर हुन् ।
कोसेलीमा धान, चामल, सुन्तला, अदुवा, बेसार, कोदो, खसी, माछा, रोटी, अम्रिसो, पिँडालु, खुर्सानी, नाम्लो, डालो लगायतका घरेलु आवश्यकताकै चिजबिच हुन्छन् । 
इष्टलाई भनेर सोचेको सामान केही गरी अन्त जाँदैन । यस्तो आत्मीयताले दुवै समुदायको अर्थतन्त्र टिकाउने काम गरेको समाजशास्त्री बस्याल बताउँछन् । 
बाबुहरू इष्ट बाँधिएपछि छोराहरू स्वतः इष्ट हुने परम्परा छ । महाभारत पर्वत श्रृङ्खलामा पर्ने देवचुली, धौवादी, जौवारी, नरम, रुचाङ्ग, रकुवा, राकाचुली, हुप्सेकोट गाविसका मगर र त्यसको ठीक तल समथर भूभागका थारूहरूबीच एक घर एक इष्ट बनाउने चलन वस्तु विनिमय कालदेखि नै चलेको अनुमान छ । नवलपरासीको नवलपुर क्षेत्रमा पुराना पुस्ताका कुनै थारू छैनन्, जसको पहाडमा मगर इष्ट नहोस् ।
तर, अहिले इष्ट परम्परा क्रमशः घट्दै गएको देखेर चिन्तित छन्, शिक्षक महतो । खास गरी २०५२ सालमा नेकपा माओवादीले हिंसात्मक विद्रोह थालेपछि इष्ट हुने चलन हराउन थालेको हो । 
व्यापारिक नभई आत्मीय सम्बन्धमा विकसित भएकाले एक अर्काको खाद्यान्न लगायतका आवश्यकता पूरा गर्न सुरु भएको इष्ट परम्परा जसरी पनि जोगाउनुपर्ने रकुवाका दुर्गाबहादुर राना बताउँछन् । यसका लागि सडक र सूचना प्रविधिसँगै नयाँ जीवनशैलीमा आकर्षित भएका युवालाई जगाउनुपर्ने उनको भनाइ छ । हिमालबाट


 

प्रकाशित:

९७७ दिन अगाडि

|

२४ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९