Above Header
Above News Title

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैँ

नेपालबाहेक यी देशमा पनि मनाइन्छ दसैँ

हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ ।

हिन्दु धर्मावलम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्छन् ।
 
आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा  गरिन्छ ।  प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।
 
नवरात्रीभर सप्तशती  पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।
 
छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैँ मनाइन्छ । भारतमा विशेष गरी नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ । पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।
 
आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने  दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।

गुजरातमा दसैँको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुईवटा साना–साना रंगाएका  लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन्।


त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।
 
भारतबाहेक बंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैली केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।
 
करिब १ लाख नेपाल भाषी रहेको बर्मामा पनि दसैँ मनाइन्छ ।  नेपाल भाषीको बाहुल्यता रहेको पूर्व राजधानी सहर यांगुन, मन्डला  पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ  ।
 
वर्मापछि बंगलादेशमा पनि दसैँ मनाइन्छ । १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । त्यहाँ भएका हिन्दु धर्मावलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन् ।
 
त्यस्तै बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दसैँ मनाउँछन् । न्युज कारखानाबाट

प्रकाशित:

८९९ दिन अगाडि

|

१८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८९१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९२६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९३६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८९१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८४० दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८९६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८२९ दिन अगाडि

|

२७ मंसिर २०७९