Above Header

को थिए महागुरु फाल्गुनन्द ?

उहाँलाई एक पटक राजद्रोही, देशद्रोही आरोप पनि लगाइयो तर उहाँले सत्यको कुरा गर्न छोड्नुभएन 
को थिए महागुरु फाल्गुनन्द ?

चन्द्रकुमार सेर्मा


हामी विश्वास गर्छौं- जब जब पाप बढ्छ, तब तब पापको नाश र धर्मको उत्थान गर्न यस धरतीमा अवतारहरूको अवतरण हुने गर्छ । किरात जनजातीय कुलवंशमा पापको भण्डार हटाउन ज्ञानको भण्डार लिई १९४२ कात्तिक २५ आइतबार महागुरु फाल्गुनन्दको जन्मावतरण भयो ।

महागुरु फाल्गुनन्दको जन्म पूर्वी नेपालको इलामस्थित इभाङ चुक्चिनाम्बामा भएको थियो, जुन अहिले माङसेबुङ गाउँपालिकामा पर्छ । बुबा जगनबाज र आमा हंसमती बेघाको साइँलो सन्तानका रूपमा जन्मेका महागुरु फाल्गुनन्दको सुरुआतको नाम नरधोज लिङ्देन थियो । उहाँको जन्मलगत्तै स्तनमा खटिरा निस्की आमाको परलोक भएकाले उहाँले काली बाख्राको दूध खाएर हुर्कनुपर्‍यो । बालककालमा रक्षाबन्धनका लागि उहाँको हातमा परिवारले फलामको चुरा लगाइदिएको थियो । फलाम लाउने बालकलाई ‘फलामे’ भनी बोलाउन थाले । अनि फलामेबाट फलाम सिंह हुँदै उहाँ अन्ततः फाल्गुनन्दका रूपमा प्रख्यात हुनुभयो ।

उहाँ एकचोटि माईपारि गाईगोठमा बुबाका लागि चामल पुर्‍याउन जानुभएको थियो । चामलभित्र मासु लुकाइएको रहेछ, त्यही कारण उहाँ बिमारी हुनुभयो । बुबाले गोठबाट बोकेर घरमा ल्याइपुर्‍याएपछि धामीझाँक्री लगाइयो । तर उहाँलाई निको भएन ।

दैवसंयोग, एउटा मध्यरातमा बिमारी बालक जुरुक्क उठेर रातारात गायब हुनुभयो । दिव्यपुरुषले हातको इसाराले बोलाई लगेको भन्ने थाहा नपाएका गाउँलेहरू खोज्दै जाँदा भोलिपल्ट बिहान मात्र उहाँ इलामको देवमाई–मेक्वामाई–माई अर्थात् तीन माईखोलाको दोभान जितपुरको खत्रक्पा फुल्लुङ्गीमा भेटिनुभयो । उहाँले गाउँलेहरूलाई आफूले रातभरि ईश्वरीय मिलन र आत्मज्ञान, परमात्माज्ञान पाएको; परमेश्वर तागेरानिङवाभूमाङको दर्शन पाई आत्मसाक्षात्कार मिलेको सुनाउनुभयो । यस्तो दैविक वर्णन सुनी गाउँलेहरू उहाँ भविष्यमा महाऋषि मुहिगुमअङसिमाङ हुने अडकल गरे ।

उहाँ बाल्यकालदेखि नै जाँड, रक्सी, माछामासु नखाई शुद्ध शाकाहारी हुनुभयो; जप, तप, ध्यान गर्न वनजंगल जाने गर्नुहुन्थ्यो; एकान्तपन मन पराउनुहुन्थ्यो; गोठालो जाँदा पनि यही क्रमले पटकपटक ईश्वर माङसँग आत्मसाक्षात्कार गर्न पाउनुभएको थियो । यस धरतीमा आफ्नो अवतरणको रहस्यबारे उहाँको देववाणी छ, ‘किरात सावायेहाङसाहरूले शासन चलाउन नीति कर्म, धर्म गर्न नजान्दा सबै ज्ञानगुण परमात्मा परमेश्वरको मनमस्तिष्कबाट फुत्त निस्केर गएकोले; धर्मदर्शन, ज्ञानदर्शन, राजनीतिक दर्शन, सारा मुन्धुम हराई जनशक्ति, राजशक्ति, देवशक्ति, धनशक्ति विलय भएकाले तिमीहरूलाई मुक्ति दिन, मोक्ष गराउन तागेरानिङवाभूमाङको आज्ञाले मेरो जन्मावतरण भएको हो । मैले देखाएको मार्ग अवलम्बन गर्दै पापकर्म र बलिपूजा त्यागी; जाँडरक्सी, माछामासु खान छोडी; कुकर्म, कुधर्म, कुसंस्कार, कुरीति, कुथिति, कुनीति छोडेर सत्य कर्म, सत्य धर्म, सत्य व्यवहार, सत्य कारोबार गरी दाम, काम, नाम कमाएर एकताबद्ध भई अघि बढ्नू, राजसिद्धि र देवसिद्धि प्राप्त गर्नेछौ ।’ यही क्रममा उहाँले १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेमा बृहत् धर्मसभा गरी सत्यधर्म मुचुल्का लिखित नेपालको पहिलो धर्मसभा गराउनुभयो । यस्ता गतिविधिमा लाग्नाले उहाँलाई एक पटक राजद्रोही, देशद्रोही आरोप पनि लगाइयो । तर उहाँले सत्यको कुरा गर्न छोड्नुभएन । सत्यको कुरा गरिरहने हुनाले उहाँ ‘सत्यहाङमा’ भनी सुपरिचित हुनुभयो ।

एक चोटि उहाँ माइला दाजु राजवत्तलाई पल्टनमा भेट्न जानुभएको थियो । अचानक उतै बेलायती भारतीय पल्टनमा भर्ना हुनुभयो । ध्यानी हवल्दार भई सात वर्षपछि पल्टन परित्याग गर्नुभयो र नेपाल फर्की आफूले सोचेका कामहरू भकाभक गर्न थाल्नुभयो । किरात भाषा, किरात लिपि, किरात संस्कार, किरात मुन्धुम र किरात धर्म गरी पाँच विषय उत्थानको अभियानमा उहाँ लाग्नुभयो । यही क्रममा पचास–साठी साम्जिक मुन्धुम प्रतिपादन, सातसात गोटा माङहिम मन्दिर स्थापना गर्नुभयो । जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुल्लुङ्गी, कर्मभूमि लोब्रे सिर्लौटी, तीर्थभूमि कुम्भकर्ण फक्ताङलुङमा निकै काम गर्नुभयो ।

यही योगदानका लागि महागुरु फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सोह्रौं राष्ट्रिय विभूति घोषणा गरियो । २०७४ मंसिर ३ गतेदेखि उहाँको जन्मदिनमा सार्वजनिक बिदा दिन थालियो । अहिले उहाँकै नाममा १५० गोटा मठमन्दिर सञ्चालित छन्, ४०–५० प्रतिमाहरू स्थापित भएका छन्, २०–२२ राष्ट्रमा किरात धर्म संघ–संगठन खोलिएका छन् । दुईदुई पटक किरातधर्म अन्तर्राष्ट्रिय महासम्मेलन भइसकेको छ ।

यसरी किरात धर्मलाई हिन्दु र बुद्ध धर्मपछि तृतीय दर्जामा स्थापित गराउने महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती कात्तिक २५ गतेलाई विश्वशान्ति र मानव एकता दिवसका रूपमा मनाऔं । जलशान्ति, थलशान्ति, आकाशशान्ति, वायुशान्ति, अग्निशान्ति, विश्वशान्ति, ब्रह्माण्डशान्ति, मानवशान्तिका लागि म परमात्मा परमेश्वर तागेरानिङवाभूमाङसँग प्रार्थना गर्छु । कान्तिपुरबाट

शेर्मा मुन्धुमविद् हुन् ।

प्रकाशित:

५२७ दिन अगाडि

|

२५ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

५५८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

५९२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६०२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

५५७ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

५६२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५०६ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

४९५ दिन अगाडि

|

२७ मंसिर २०७९