शम्शेरगन्जमा लेखक डिल्ली ओली
डिल्ली ओली
बाँकेको शम्शेरगन्जको नामकरण फलाबाङ राज्यका राजा शम्शेर बहादुर शाह (१९१९-२०००) को नामबाट रहेको हो।उनी वीर शम्शेरका ज्वाइँ थिए।उनको राज्य पश्चिममा हाल बाकेको पूर्बी क्षेत्र सुनार ( राजहाट ) सम्म फैलिएको थियो।
यो भावर क्षेत्र हो।इतिहासमा यो ठाउमा सल्ल्यानी राजाहरु र लखनउका नवाबहरुले सम्युक्त रूपमा हिउँदमा हरेक साल सिकार खेल्थे , सल्ल्यानीको निम्तोमा।यही सम्बन्धलाई आधार बनाएर भीमसेन थापाले सल्ल्यान उपर बक्र दृस्टी राखिरहे र अन्ततः सल्ल्यानलाई नेपालमा गाभेका थिए।
सल्ल्यानी र अवध बीचको सम्बन्धका कारणले सल्ल्यानीले अवधबाट बोली व्यबहार , खानपान आदि धेरैकुरा सिकेका थिए।फलाबाङ छुट्टै बाइसे राज्य हो।सुरुमा यहाँ सिंह बंशको शासन थियो।सल्ल्यानमा समालहरुको राज्य ब्यबस्था थियो।१८६४ मा सल्ल्यान नेपालमा विलय भयो।
सिंहहरुलाई समालहरुले फलाबाङबाट पहिलेनै लखेटि सकेका थिए।पछि पूर्व सल्ल्यानी राजखलकका तेज बहादुर शाहलाई राजा र फलाबाङ राज्य भनेर नेपाल सरकारले नै मान्यता दिएर नयाँ राज्यको हैसियत दिएको थियो।शम्शेर बहादुर त्यही समाल बंशका सल्ल्यानी कुलका थिए।यिनले धेरै काम गरेका थिए। ती मध्ये १९६० को दशकमा फलाबाङीहरुलाई ल्याएर अहिलेको शम्शेरगन्जमा बस्ती बसाएका थिए।
उनैको नामबाट यो ठाउको नाम शम्शेरगन्ज रहेको हो।सुगौली सन्धि देखि पश्चिम नेपालका महत्त्वपूर्ण तराईका जिल्लाहरू बाके ,बर्दिया ,कैलाली र कंचनपुर कम्पनी सरकार मातहत गएका थिए।सन १८५७ मा भारतमा भएको गदरलाई दबाउन कम्पनी सरकारको अनुरोधमा श्री ३ जङ्गको नेतृत्वमा ठुलो संख्यामा घोडचढी सैनिक जत्था लखनउ गएर गदर दबाउन सफल भएको थियो।त्यही नेपाली सैनिकले गरेको लुट्पाटलाई इतिहासमा लखनउ लूट भनिन्छ ।
गदर दबाउन नेपालले सहयोग गरेकोले कम्पनी सरकारले सुगौली सन्धिमा गुमेका मद्धे माथि उल्लेखित जिल्लाहरु नेपालले फिर्ता पाएको थियोे १९१६ को जेठ असारमा।ती ठाउलाई नयाँ मुलुक भनिन्छ ।त्यस लगत्तै राणाहरुले पहाडतर्फका आफना नातेदार , छोरी लियो छोरी दियोहरुलाई नयाँ मुलुकका जग्गाजमिन बिर्ताको रूपमा प्रशस्त मात्रामा बितरण गरे।
शमशेरगन्ज बिर्ता अन्तरगतको क्षेत्र होइन। यो ठाउलाई शमशेर बहादुरले आफ्नै बलबुताले आफ्नो मातहत पारेका थिए।श्री ३ बीरको ज्वाइँ र फलाबाङी राजा भएकोले उनलाई यो सहज भएको थियो।उनको मृत्यु २००० सालमा भएको थियो।उनी पछि उनका छोरा गेहेन्द्र बहादुर ( श्री३ जुद्धका ज्वाइँ) फलाबाङका राजा भए।उनको राज्याभिषेक २००२ मा दाङको तुल्सिपुर दरबारमा भएको थियो।
दाङ जाने क्रममा उनी आफ्नो राज्य अन्तरगतको शमशेरगन्जमा पाँच दिन बसेर सिकार खेलेका थिए। उनले यहाँ धेरै जनावरको सिकार गरे।सिकारको क्रममा उनले एउटा जरायो पनि मारेका थिए।त्यति ठुलो र अजङ्गको जरायो नेपालमा कसैले पनि नमारेको मैले कतै पढेको छु।४२ इन्च लामो उक्त सिङ गेहेन्द्र बहादुरका काहिंलो छोरा बीरेन्द्र बहादुर शाह ( लबराजा) ले बागबजार स्थित सल्यान हाउसको बैठक कोठामा मलाई देखाएका थिए। हालै शम्शेरगञ्ज भ्रमणको क्रममा यति कुरा फुरे ।
प्रकाशित:
७४१ दिन अगाडि
|
२७ फागुन २०७९
५४ मिनेट अगाडि
|
७ चैत २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
११ दिन अगाडि
|
२६ फागुन २०८१
१२ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९