अहिले असार अन्तिम चलिरहेको छ, आर्थिक बर्षको अन्त्य भैरहेको छ । नेता कर्मचारी, ब्यापारी, संघ संस्थाहरु हिसाब मिलानमा ब्यस्त छन् । पश्चिमका थारुहरुमा भने हरडहुवा अर्थात् हरढोवाको रौनक छाएको छ ।
असार अन्तिम साता भएकोले पनि होला, गाउँहरुमा दिनैपिच्छे हरढोवा चलिरहेको छ । सबैभन्दा बढी हरढोवा असार ३० मा देखिएको छ । कतिपय गाउँमा असार अन्तिम दिनमा पनि हरढोवा मनाउने समाचार प्राप्त भएको छ ।
आदिवासी थारुहरुले मनाउने हरढोवाबारे धेरैलाई थाहा नभएको पनि हुन सक्छ । हरढोवा भनेको धानबाली रोपाईं सकिएपछि मनाउने विशेष पर्व हो भनी बुझ्नु पर्दछ ।
आदिवासी थारुहरुको मूलपेशा कृषि हो । कृषि ब्यवसाय उनीहरुको जीवनको मूलआधार हो । उनीहरुका बालबालिकाहरु खेतीबारीको हिलो माटोसँग लडीबुडी गरी हुर्किन्छन् । जीवनको शुरुवात र अन्त्य खेतीपाती गर्दै बित्ने हुँदा कृषिमा गरिने धेरैजसो क्रियाकलापलाई उनीहरु पर्वको रुपमा मान्ने गर्दछन् ।
धान खेतीको शुरुवातमा ढुरिया पूजा (धर्ती पूजा, हरोट लेहाई), रोपाई गरिसकेपछि हरढोवा, धान हरियो भैसकेपछि हरेरी, धान काटिसकेपछि औली, धान डाईं गरिसकेपछि पेंडिया उनीहरुले खेतीपाती गर्दा बखतका पर्व हुन् ।
अहिले खेतीपातीका लागि ट्रयाक्टर उपलब्ध छ । तर, पहिले पहिले खेतीपाती गर्दा उनीहरुको महत्वपूर्ण हतियार भनेको हलो हुन्थ्यो, जसलाई उनीहरु ‘हर’ भन्दछन् । हर (हलो) कृषिमा नभई नहुने महत्वपूर्ण साधन हो, जसलाई उनीहरु धान रोपाईंपछि धोई पखाली, सरसफाई गरी जतनका साथ राख्ने गर्दछन् ।
रोपाईं सकिएपछि त्यही हर (हलो धुवाई) ढोवाई नै थारुहरुका लागि पर्व बन्न पुग्यो र हरढोवाको नामले परिचित हुन पुग्यो । त्यही हरढोवा बोलीचालीमा अपभ्रंश भई कतै कतै हरडहुवा हुन पुग्यो । बोलीचालीमा हरढोवा, हरडहुवा जे भनेपनि यो हर धुवाई उत्सव नै हो ।
किसानका लागि गहुँ, मसुरो, तोरी वा अन्य अन्नबाली भन्दा पनि धानबाली रोपाईं गर्दा सार्है मिहिनेत चाहिन्छ । धानखेतीमा मेनपावर पनि बढी लाग्ने, गर्मी अति हुने, कहिले लगातार परेको पानीले खेतमा टिक्नै गार्हो हुने, हातखुट्टा पानीले पाक्ने हुँदा धानबाली रोपाईलाई कठिन कार्यको रुपमा लिने गरिन्छ ।
धान रोपाईं समयमै गर्न सकिएन भने वष दिनको कमाई सकिन्छ, भोकै मर्नुपर्ने अवस्था हुन्छ । त्यसैले रोपाईं सकिएपछि सबैजना रमाउने र “अब वर्षभरी मुखमा माड लाग्ने भयो” भनी ढुक्क हुन्छन् र खुशी ब्यक्त गर्ने गर्ने गर्दछन् । त्यही कठिन कार्यमा सफलता प्राप्त गरेपछिको खुशियाली हो हरढोवा भन्दा फरक नपर्ला ।
हरढोवा गाउँभरीका मान्छे सँगै मनाउने गर्दछन् । घर घरमा मीठो खानेकुरा, परिकार तयार गर्दछन् । खेतीपातीको काममा सहयोग गर्नेहरु, जान्नेसुन्ने, सम्मानित ब्यक्तित्वहरु, चेलीबेटीहरुलाई घरमा बोलाउँछन्, खानपिन गर्दछन् र रमाउँछन् ।
हरढोवाको कुनै निश्चित तिथी, मिति वा बार छैन । यो गाउँभरीका किसानहरु धानबाली रोपाईं गरिसकेपछि सल्लाह गरेर मनाइने पर्व हो । कोही अघि, कोही पछि रोपाईं कार्यको थालनी गरे पनि गाउँमा सबैको रोपाईं सकिएपछि हरढोवा मनाइन्छ । रोपाई सकिने दिनमा पनि घर परिवार समान्य उत्सव मनाउने गर्दछन् । तर हरढोवा गाउँभरीका किसानहरु रोपाईं सकिएपछि सँगै मनाउने पर्व मानिन्छ ।
पश्चिममा प्रायः असार महिनाभित्र रोपाई सम्पन्न हुन्छ । त्यसैले, असार अन्तिम सातातिर कुनै दिन कुनै गाउँमा, कुनै दिन कुनै गाउँमा पर्व मनाइएको पाइन्छ । २०८० मा यो पवै असार ३० गते धेरै गाउँमा मनाइएको देखियो । असार ३१ गते पनि कतै कतै देखिदैछ । यसले यो बर्षको हरढोवा पर्वमा केही एकरुपता देखिएको छ, जुन जरुरी छ ।
वनविनाशका कारण वातावरण पर्यावरणमा आएको परिवर्तनले यस वर्ष वषातर्् निकै कम भइरहेको छ । असारमा धानबाली रोपार्इं गर्न सकिएन भने असोजमा धान पाक्न सम्भव हुँदैन र अर्को बाली उत्पादनमा पनि समस्या हुन्छ । त्यसैले,
किसानहरु सकेसम्म असार महिनाभित्रै ट्युबवेल, बोरिङ्ग, कुलो, नहर लगायतको स्रोतबाट धानबाली रोपाई गरिसक्ने मनस्थितिमा रहन्छन् । अगावै खेती सक्नेले रोपाईंमा पछि भएकालाई सख्लहरा भई सघाउँछन्, जुन निशुल्क हुन्छ । यसले संगै हरढोवा मनाउने कार्यक्रम सफल हुन्छ । एकरुपतामा बल पुग्छ ।
कहिले यो गाउँ, कहिले त्यो गाउँ आलोपालो हरढोवा मनाउनु भन्दा पनि सँगै धेरै गाउँ मनाउँदा राम्रो हुन्छ । आगामी दिनमा कम्तीमा जिल्लाभरी सँगै हरढोवा होस् भन्ने कामनासहित सबैमा हरढोवा पर्वको शुभकामना ।
प्रकाशित:
४३२ दिन अगाडि
|
३१ असार २०८०
१६ घण्टा अगाडि
|
३ असोज २०८१
१७ घण्टा अगाडि
|
३ असोज २०८१
२ दिन अगाडि
|
१ असोज २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
१२ दिन अगाडि
|
२३ भदौ २०८१
१३ दिन अगाडि
|
२२ भदौ २०८१
७१० दिन अगाडि
|
२५ असोज २०७९
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
७०९ दिन अगाडि
|
२६ असोज २०७९
६५८ दिन अगाडि
|
१५ मंसिर २०७९
७१४ दिन अगाडि
|
२० असोज २०७९
६४७ दिन अगाडि
|
२७ मंसिर २०७९