Above Header

बालेनजी, ई: लाई ढल्न नदिनुस्

बालेनले खुसी भएर ई: लाई अंकमाल गर्नुपर्ने थियो र भन्नुपर्ने थियो-'ओहो, तपाईंले त मेरै मनका कुरा बोलिदिनु भयो
बालेनजी, ई: लाई ढल्न नदिनुस्

नयनराज पाण्डे

बिहानै सभागृह पुगें । ई: लाई भेटें । सबैभन्दा पहिला उनको खुट्टामै दृष्टि पुग्यो । उनी फुटपाथमा व्यापार गर्नेहरूलाई रोजगारबाट बन्चित नगरी तिनीहरूको अभिलेख राखी उचित ठाउँमा व्यापार गर्न दिनुपर्छ भनेर कति दिनदेखि उभिएको उभियै छन् । उनी आफ्ना कुराहरू महानगरका मेयरलाई बुझाउन चाहिरहेका छन् । हिजो अन्तिम समयमा सहमति भाँडिएको रहेछ ।

मैले करिब तीन दशकअघि 'महानगर' भन्ने कथा लेखेको थिएँ । निर्देशक आशान्त शर्माले केही वर्षअघि नाट्य रूपान्तर गरेर मण्डला थिएटरमा मन्चन पनि गर्नु भएको थियो । महानगरमा आफ्नै ज्यान बचाउनेलाई पनि मानिसले बिर्सँदोरहेछ । महानगरको यही स्वार्थी छविका बारेमा त्यो कथा लेखेको थिएँ । ई: को यो अभियानले महानगरको त्यही स्वभाव सम्झाइदियो ।

बालेनको अझै विश्वास लाग्छ । तर, यतिबेला त उनले खुसी भएर ई: लाई अंकमाल गर्नुपर्ने थियो र भन्नु पर्ने थियो-'ओहो, तपाईंले त मेरै मनका कुरा बोलिदिनु भयो । फुटपाथको उचित ब्यवस्थापन म पनि गर्न चाहन्छु । कसैको रोजगार खोस्नु मेरो पनि नियत होइन । आउनुस्, यो कुरामा तपाईं र म मिलेर काम गरौं ।'

म अझै आशावादी छु ।

बालेनप्रतिको विश्वास म यति चाँडै गुमाउन चाहन्न । भद्रगोल फुटपाथ त मलाई पनि मन पर्दैन । तर, बालेनहरूसित आइडिया छ नि । अलिकति दिमाग चलाउने हो भने फुटपाथ ब्यवसायीहरूलाई केही स्थान र समय निर्धारित गरेर भद्रगोल फुटपाथलाई कलात्मक पनि बनाउन सकिन्छ होला नि ! बालेनको ब्यवस्थापन खुबी यसबाट त अझै प्रखर देखिएला नि !

००

निम्नवर्ग/निमुखाप्रति राज्य निर्मम भैरहेको अहिलेको समयमा बालेन त्यो वर्गका लागि मसिहा बनून् । यसो सुन्दा यो कुरा अतिरन्जित लाग्ला । कतिले 'फिल्मी' पनि भन्नु होला ।

तर, यो सम्भव छ ।

नत्र, महानगरमा एकजना पनि भोकै सुत्छ भने, त्यस्तो महानगर फेरि पनि कुरूप नै हो ।

००

बालेनजी, ई:का खुट्टाहरू सुन्निएका छन् । उनलाई ढल्न नदिनुस् ।

उनी ढले धेरैलाई फेरि उठ्न गाह्रो हुनेछ ।

त्यसपछि शहरमा उठ्ने छ- तानाशाह !

प्रकाशित:

३५९ दिन अगाडि

|

१० असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७१० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७४४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७५४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७०९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६५८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७१४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६४७ दिन अगाडि

|

२७ मंसिर २०७९