तपाई कति वर्षसम्म बाँच्नु हुन्छ ? आयु प्रायः जिन, पर्यावरण र तपाईको जीवनशैली आदिमा भर पर्ने कुरा हो । जीवनशैलीमा केही हेरफेर गर्दा मात्रै पनि व्यक्तिको बाँच्ने क्षमता बढाउन सकिने केही अध्ययनहरूले देखाएका छन् ।
सन्तुलित र स्वास्थ्यकर भोजन: ताजा फलफूल, तरकारी, साग, अन्न, प्रोटिन अनि हेल्दी फ्याट लगायत पोषक तत्त्व भरपुर खानेकुरा खाँदा समग्र स्वास्थ्यमा सकारात्मक असर पर्छ । यसले तपाईको उमेर बढाउन मद्दत मिल्छ ।
शारीरिक गतिविधि: तपाई हरेक दिन व्यायाम गर्नु हुन्छ ? हरेक दिन व्यायाम गर्नु मुटुको स्वास्थ्यको लागि राम्रो हुन्छ । यसले इम्यून सिष्टमले ठिकसँग काम गर्छ अनि समग्र स्वास्थ्य पनि राम्रो हुन्छ ।
हेल्दी वेटः
मोटोपना रोगको घर नै हो । यसका कारण कयौँ किसिमका समस्याहरू निम्तिन्छ । व्यक्तिको उमेरमा पनि असर गर्छ । उपर्युक्त आहार र व्यायामको साहाराले तौल मेन्टेन्ट गर्न मद्दत मिल्छ ।
पर्याप्त निद्रा:
खराब निद्राले अनेकौँ स्वास्थ्य समस्या निम्त्याउँछ । हरेक दिन ७ देखि ९ घण्टासम्मको निद्रा पुर्याउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसले तपाई बढी बाँच्ने सम्भावना पनि बढाउँछ ।
तनाव:
तनावले स्वास्थ्यको साथसाथै उमेरमा पनि नराम्रो असर पुर्याउँछ । यसको कारण कयौँ खाले रोग लाग्छ । सकेसम्म तनाव कम गर्ने कोसिस गर्नुस् ।
सामाजिक सम्बन्ध:
सामाजिक सम्बन्ध मजबुत बनाएर राख्नुहोस् । साथीभाइ अनि परिवारसँगको नेटवर्क पनि राम्रो छ भने शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसले पनि तपाईको आयु लम्ब्याउन मद्दत गर्छ ।
रक्सी सेवन:
धेरै रक्सी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । खाँदै नखानु भन्ने होइन । तर ठिक्क, सीमित मात्रामा पनि रक्सी सेवन गर्नुहोस् ।
पर्याप्त पानी पिउने:
तपाईको शरीरमा आवश्यक पानीको मात्रा पुगेको छ भने शरीरका सबै अङ्गहरूले राम्रोसँग काम गर्न सक्छन् । दिनमा कम्तीमा पनि २ लिटर पानी पिउन जरुरी छ । एजेन्सी
प्रकाशित:
३२९ दिन अगाडि
|
१० कात्तिक २०८०
१६ घण्टा अगाडि
|
३ असोज २०८१
१७ घण्टा अगाडि
|
३ असोज २०८१
२ दिन अगाडि
|
१ असोज २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
१२ दिन अगाडि
|
२३ भदौ २०८१
१३ दिन अगाडि
|
२२ भदौ २०८१
७१० दिन अगाडि
|
२५ असोज २०७९
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
७०९ दिन अगाडि
|
२६ असोज २०७९
६५८ दिन अगाडि
|
१५ मंसिर २०७९
७१४ दिन अगाडि
|
२० असोज २०७९
६४७ दिन अगाडि
|
२७ मंसिर २०७९