टन्न पैसा कमाऊ, सफल बनौं भन्ने चाहना हर व्यक्तिमा हुन्छ । आफ्ना अगाडि कुनै सफल वा धनी व्यक्ति देख्ने बित्तिकै म पनि यस्तै हुन पाए त भन्ने सोच नआउने कमै मान्छे होलान् । हर कोहीमा उ जस्तै बन्ने ईच्छा स्वतः उत्पन्न हुन्छ ।
इच्छा शक्ति छ भने हामी पनि हरेक क्षेत्रमा सफल बन्न सक्छौं । तर यसका लागि ती सफल व्यक्तिहरूको राम्रो बानी अनुसरण गर्नुपर्ने हुन्छ । अधिकांश सफल र धनी व्यक्तिमा उस्तै उस्तै खालका केही गुण भेटिन्छन् । आजको यो लेखमा हामीहरू तीमध्ये केही गुणबारे कुराकानी गर्न गइरहेका छौं । तपाईले पनि त्यस्ता गुणलाई अपनाएर उनीहरु जस्तै बन्न सक्नु हुन्छ ।
लक्ष्य तय
हरेक सफल व्यक्तिको बानी हुन्छ हरदम हर हमेशा कुनै न कुनै लक्ष्य बनाइरहने । तपाई पनि सफल हुन चाहनु हुन्छ भने आफ्नो जीवनको लक्ष्य तय गर्नुहोस् । हरेक दिन, हप्ता वा महिना म यतिसम्म गर्छु भन्ने अठोट लिनुहोस् । अनि हरेक दिन ती लक्ष्य पूरा गर्ने कोशिश गर्नुस् ।
हरेक दिन पढ्ने अनि सिक्ने
अधिकांश सफल व्यक्तित्वहरु सधैं केही न केही पढिरहन्छन् । नयाँ नयाँ सिप सिक्न आतुर हुन्छन् । यही खुबीले नै उनीहरूलाई सफलताको सिँढी उक्लिन मद्दत गरेको हुन्छ ।
लक्ष्यमा ध्यान
सफल मानिसहरू सधैं आफ्नै नियन्त्रणमा हुन्छन् । उनीहरुको ध्यान, ध्येय सधैं आफ्नो लक्ष्यमा केन्द्रीत हुन्छ । जस्तो सुकै खराब वा कमजोर अवस्थामा समेत आफ्नो ध्यान भट्किन दिँदैनन् ।
बिहान चाँडै उठ्ने
बिहान चाँडै उठ्नु स्वास्थ्यको लागि त फाइदाजनक छ नै यसले सफलताको कदम चुम्न पनि सघाउँछ । अधिकांश सफल मानिसहरू बिहान चाँडै नै उठ्छन् ताकि दिनभर काम गर्नका लागि बढी समय पाइयोस् । एजेन्सी
प्रकाशित:
३५१ दिन अगाडि
|
१३ कात्तिक २०८०
३ दिन अगाडि
|
२६ असोज २०८१
४ दिन अगाडि
|
२५ असोज २०८१
४ दिन अगाडि
|
२४ असोज २०८१
७ दिन अगाडि
|
२२ असोज २०८१
८ दिन अगाडि
|
२१ असोज २०८१
९ दिन अगाडि
|
२० असोज २०८१
१० दिन अगाडि
|
१९ असोज २०८१
७३५ दिन अगाडि
|
२५ असोज २०७९
७६९ दिन अगाडि
|
२१ भदौ २०७९
७७९ दिन अगाडि
|
१२ भदौ २०७९
७३४ दिन अगाडि
|
२६ असोज २०७९
६८३ दिन अगाडि
|
१५ मंसिर २०७९
७३९ दिन अगाडि
|
२० असोज २०७९
६७२ दिन अगाडि
|
२७ मंसिर २०७९