Above Header

भूकम्प प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने खतरा

भूकम्प प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने खतरा

माया श्रेष्ठ 

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति ११ः ४७ मा गएको भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । साथै, राजधानीका ठूला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ ।

हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम संक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा संक्रामकजन्य रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रुपमा बस्न बाध्य छन् । आकस्मिक उपचार उद्धारपछि  विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट संक्रमकजन्य रोगहरूले सताउने गरेको उदाहरण पाइन्छ ।
प्रभावित क्षेत्रमा खाना, पानी, किट्जन्य रोग, हावाबाट सर्ने संक्रमणजन्य रोगले सताउन सक्ने सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन सुनाउँछन् । 

जाजरकोट, रुकुममा यसअघि देखिएका संक्रमजन्य रोगको प्रकोप, भूकम्पपछि आउने सक्ने स्वास्थ्यका जोखिमबारे अव पूर्व तयारीको आवश्यकता रहेको उनको भनाइ छ ।  

भूकम्प प्रभावित क्षेत्रमा संक्रामकजन्य सरुवा रोग फैलिने सम्भावना उच्च रहेकाले सरुवारोगसम्बन्धी स्वास्थ्य संयन्त्र बनाइ काम गर्नु पर्नेमा उनको जोड छ ।   

प्रभावित क्षेत्रमा यी रोगले सताउन सक्छ 

भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उपचार र गाँस, बास, कपासको तत्काल आवश्यक पर्छ । त्यस समयमा घरबाहिर धेरै मानिस सामूहिक बस्नुपर्ने बाध्यतामा पर्छन् ।  

सामूहिक रुपमा बस्दा शुद्ध पानी र खानेकुरामा शुद्धता भएन भने हैजा, झाडापाखला, फूड पोइजनिङ र किटजन्य रोगले समस्या उत्पन्न हुन सक्ने सरुवारोग विषेशज्ञ डा पुनले सुनाए ।  

यस अवस्थामा सामूहिक रुपमा बाहिर बस्दा बाहिरै शौच गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा एकजना व्यक्तिलाई हैजा लागेको खण्डमा अन्यमा चाँडै फैलिने सम्भावना हुने उनले बताए ।

उनले भने, ‘जाजरकोटमा अघिपछि पनि बेला बेलामा हैजा, पखालाको प्रकोप फैलिएको समाचार आउने गरेको छ । अहिले बाध्यतावश धेरैजना घर बाहिर बस्न बाध्य हुनहुुन्छ । यस समयमा ख्याल नगरेमा संक्रामकजन्य रोगले नसताउला भन्न सकिन्न ।’

अन्य किट्जन्य रोग 

नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रबटाइफस देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । सामूहिक रुपमा खुल्ला स्थानमा बस्दा स्क्रबटाइफस रोगको संक्रमणको जोखिम रहन्छ ।  बाहिर बस्दा माइट भन्ने किराले टोक्ने सम्भावना बढी हुने भएकाले मानिस बिरामी पर्न सक्ने डा पुनले बताए । 

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७६ जिल्लामा डेंगु संक्रमण पुुष्टि भएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम लगायतका स्थानमा डेंगुको संक्रमण न्यून वा हाल शुन्य अवस्थामा पुगेपनि राजधानीदेखि प्रभावित क्षेत्रमा मानिसहरू धमाधम जिल्ला गइरहेकाले संक्रमणको अर्को खतरा हुन सक्ने डा पुनको भनाई छ । 

यस याममा मौसमी फ्लूको संक्रमण देखिएको छ । अर्थात् रुघाखोकी लक्षण भएका बिरामी धमाधम पुष्टि भइरहेका छन् । फ्लू भाइरलले विगतमा जाजरकोटमा प्रकोपको रुप लिएको थियो । 

भूकम्प प्रभावित क्षेत्रमा मास्कबिना आतव जावत गर्नेको संख्या ठूलो भएकाले हावाबाट फ्लू फैलिने सम्भावना रहेको डा पुनको जिकिर छ । मौसमी फ्लू मुखको छिटा, सिँगान, कफ र सरसफाईको अभावमा संक्रमण हुने सम्भावना हुन्छ ।
यस विषम परिस्थितिमा आकस्मिक उपचार, गाँस, बास र कपासलाई जसरी महत्वका साथ लिएका छौँ, सोहीअनुसार स्वास्थ्य तथा सरसफाईलाई पनि प्राथमिकतामा पार्नुको विकल्प नभएको डा पुनको सुझाव छ । भूकम्पको सुरुवाती समयमा आकस्मिक उपचार भएपनि भूकम्पपछि फैलिन सक्ने रोगको प्रकोपलाई ध्यान राख्न उनको जोड छ । 

कसैमा पखाला, ज्वरो लगायतका समस्या देखिएमा आइसोलेट गरी उपचारको व्यवस्था गरेर प्रभावित क्षेत्रमा तत्काल फैलिन नदिने संयन्त्र बनाइ अघि बढेमा संक्रामकजन्य रोग फैलिनबाट जोगिन सकिने उनको भनाइ छ । 

प्रकाशित:

३१९ दिन अगाडि

|

२० कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७१० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७४४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७५४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७०९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६५८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७१४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६४७ दिन अगाडि

|

२७ मंसिर २०७९