Above Header

शिक्षकहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ?

विद्यालय शिक्षा भनेको बालबालिकाहरुका लागि मोटिभेशनल कोर्स हो तर हाम्रो शिक्षामा त्यही मोटिभेशनल कोर्ष शून्य छ ।
शिक्षकहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ?

जनक रसिक

शिक्षक सेवा आयोग परिक्षा उत्तिर्ण भएर नेपाल सरकारको स्थायी शिक्षकको नियुक्ति लिएको आज ठीक एक वर्ष पुरा भयो । उक्त अवसरमा तमाम शुभचिन्तकले व्यक्त गरेका शुवेच्छा, शुभकामनाहरु हर्दिक रुपमा सम्झिरहेको छु । तर मेरो मन भने स्थीर थियो । अस्थायी रुपमा शिक्षण गरेकै दशक नाघिसकेको र नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण पेसाका धेरै आयामहरु ज्ञात भैसकेकोले स्थायी नियुक्ति मेरा लागि खास नयाँ उत्साहको विषय थिएन ।

आज एक वर्षको समिक्षा गर्दा शिक्षण पेसाप्रति उत्साह हैन, बरु झनै नैरास्यता थपिएको छ । मेरा दिनहरु निकै कष्ठकर रुपमा बितिरहेका छन् । भविष्य के हो, कुनै पूर्वानुमान छैन । सबल पेसागत योजना बनाउनका लागि राज्यका ठोस नीति नियमहरु छैनन् ।

तर पेसालाई सम्मानित पेसा बनाउन खोज्ने, अलिअलि सृजनशीलता भएको, काम गरेरै धेरथोर पहिचान बनाउन खोज्ने र विद्यार्थी तथा समुदायमाझ अलिअलि लोकप्रियता हासिल गर्ने प्रलोभन पालेको, हात हालेको र जिम्मेवारी पाएको ठाउँमा जसरी भए पनि केही न केही त सुधार गर्नैपर्छ भन्ने जिद्दी स्वभाव भएको, पाइला पाइलामा आत्मसम्मान र स्वाभिमानप्रति अति सजग र पेसाबाटै आफ्नो वैयक्तिक, पारिवारिक जीवन पनि व्यवस्थित बनाउन खोज्ने मजस्ता व्यक्तिहरुका लागि भने यो पेसा ठीक पेसा होइन । हामीजस्तालाई यहाँ न कुनै आकर्षण छ, न त जोखिम मोलेर काम गर्न सकिने वातावरण नै छ । पठनपाठन कसरी उत्कृष्ठ बनाउने भन्ने विषयभन्दा यावत अन्य विषयहरुको चिन्ताले घेरिसकेको हुन्छ ।

केही आकस्मिक प्रतिकुल घटनाहरुका कारण पनि यो समय मैले सोचेजस्तो काम गर्न सकेन । तर यो सीमित समयको कुरा मात्र भयो ।

आज एक वर्षको समिक्षा गर्दा शिक्षण पेसाप्रति उत्साह हैन, बरु झनै नैरास्यता थपिएको छ । मेरा दिनहरु निकै कष्ठकर रुपमा बितिरहेका छन् । भविष्य के हो, कुनै पूर्वानुमान छैन । सबल पेसागत योजना बनाउनका लागि राज्यका ठोस नीति नियमहरु छैनन् ।

विद्यालय शिक्षा भनेको बालबालिकाहरुका लागि मोटिभेशनल कोर्स हो । तर हाम्रो शिक्षामा त्यही मोटिभेशनल कोर्ष शून्य छ । शिक्षक आफै मोटिभेटेड छैनन्, उनीहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ? यस्तो शिक्षाले देशमा के सुधार हुन्छ, यस्तो पठनपाठनले बालबालिकालाई के बनाउँछ ? यस्तो पेसाले शिक्षकहरु कस्तो जीवन बाँच्छन् ? मेरा मनमा हरबखत यिनै प्रश्नहरु घुमिरहन्छन् । 

अब यहाँ बसिराख्नुको एकै मात्र लालशा छ, कुनै दिन आफुलाई ठीक लागेको परिवेशमा आफुलाई ठीक लागेको तरिका र ठीक लागेको जिम्मेवारी अनुरुप काम गर्न पाइयो भने “विद्यालय शिक्षा यस्तो हुनुपर्छ” भनेर नमुना स्थापित गरीछाड्ने ! त्यो सकिएला वा मेराे कोरा सपना मात्रै पो होला । यद्यपि, सपना र दृढ संकल्प अनि अस्वभाविक महत्वाकांक्षाले बाँधिराखेको छ । नत्र भने पलायन हुने कि भन्ने प्रश्न भने निरन्तर उठिरहन्छन् मगजमा । हेरौं, कैलेसम्म टिक्न सकिन्छ र केसम्म गर्न सकिन्छ ।

यो कुरा मान्दछु कि, मेरो जस्तो अनुभूति अरु धेरैको नहोला । "त‍ोकिएको काम चुपचाप गर्ने, काम काट्ने र हिंड्ने, किन अनावश्यक टाउको दुखाउने ..!" भन्ने स‍ोच बनाएर काम गर्नेलाई यो गजवको पेसा पनि छ, तर यसले स्थापित परिपाटीलाई निरन्तरता दिनुबाहेक कुनै सुधार र कुनै नयाँ निर्माण गरेको देखिंदैन । यहाँ  अनेक प्रकारका जोखिम मोलेर अनेक 'हर्कत' अपनाएर काम गर्नुपर्नेछ । 

मलाई थाहा छ, अहिलेलाई यो हास्यास्पद कुरा हो,  मैले आफूलाई प्रमाणित गर्न धेरै समय लाग्नेछ । मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक सम्मान छ ।

प्रकाशित:

३१३ दिन अगाडि

|

२१ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६७२ दिन अगाडि

|

२७ मंसिर २०७९