Above Header

‘कविर’को तकदिरः शिक्षा आर्जनमा छलाङ

माओवादी विद्रोहको अन्त्यपछिपूर्व मेयर दुर्गा थारू ‘कविर’ले २०६५ मा एसईई पूरा गरेका थिए । त्यसपछि पनि उनले पढाइलाई रोकेनन् ।
‘कविर’को तकदिरः शिक्षा आर्जनमा छलाङ

ईश्वर लुइँटेल  
 
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्‍यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो, पुनः विद्यालयतर्फ सोझिएका उनका पाइलाले सफलता हासिल गरेको क्षण थियो त्यो ।  

माओवादी विद्रोहको अन्त्यपछि थारूले २०६५ मा एसईई पूरा गरेका थिए । त्यसपछि पनि उनले पढाइलाई रोकेनन् । बरु राजनीतिसँगै अघि बढाए । २०७४ को स्थानीय तह निर्वाचनमा बर्दियाको बारबर्दिया नगरपालिकाको मेयर निर्वाचित थारूले राजनीतिशास्त्रमा  स्नातकोत्तर उत्तीर्ण गरेका छन् । 

सोमबार काठमाडौंको दशरथ रंगशालामा देशकै सबैभन्दा जेठो विश्वविद्यालयले एकैपटक धेरै विद्यार्थीलाई दीक्षित गर्दै थियो । प्रमुख अतिथि थिए, राष्ट्रपति रामचन्द्र पौडेल । अनि, कुलपतिको हैसियतमा उभिएका थिए, थारूका राजनीतिक कमाण्डरसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड । १२ हजार ४ सय १५ जना दीक्षित भएको त्यो समारोहमा थारूले छुट्टै सफलताको महसुस गरिरहेका थिए । ‘पढ्नु, दीक्षित हुनु एउटा सामान्य कुरा हो,’ उनी भन्छन्, ‘तर, मेरो कुरा बेग्लै थियो । मान्छेले चाहेपछि र गरेपछि हुँदोरहेछ भन्ने प्रेरणा मैले दीक्षित हुँदाको क्षणमा महसुस गरिरहेको थिएँ ।’  

विद्यालय छाड्दा उनलाई पढाइको बाटो सधैँका लागि बन्द भएको लागेको थियो । लगत्तै सशस्त्र विद्रोहमा हिँड्दा त झन् बाँच्ने वा मर्ने टुंगो थिएन । ‘त्यसरी औपचारिक शिक्षाबाट टाढिएको मान्छे । शिक्षाको महत्त्व बुझेरै म पुनः पढ्न फर्किएँ । अहिले मेरो सपना साकार भएको छ,’ थारूले भने, ‘सपना देखेपछि पूरा हुँदो रहेछ भन्ने विश्वास भएको छ ।’ 

माओवादी ‘जनयुद्ध’ले उनलाई ‘कविर’ नामले चिनायो । कम्ब्याट ड्रेसमा बन्दुक बोकायो । लडाकु कमान्डरसम्म बनायो । बाल्यकालमा धेरै पढेर शिक्षित हुने र समाजलाई सकारात्मक दिशामा डोर्‍याउने सपना बोकेका उनले २०५१ सालमा १० कक्षा पढ्दापढ्दै गरिबीका कारण विद्यालय छाडे ।  

परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण काम गर्नुपर्ने भएकाले पढाइ छोड्न बाध्य भएको उनी बताउँछन् । यद्यपि, केही समयपछि फेरि पढ्न सुरु गरेका उनी भूमिगत माओवादी पार्टीको  विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भए । अखिल क्रान्तिकारीका क्रियाकलापमा लागेको भनेर उनी पक्राउ पनि परे । ३५ दिन हिरासतमा बिताएर अदालतले तारेखमा छाड्यो । फेरि अर्को मुद्दामा उनीविरुद्ध प्रशासनले पक्राउ पुर्जी जारी गर्‍यो । प्रहरीले खोज्न थालेपछि उनी भूमिगत भएर लडाकु बने । 

यसरी भूमिगत भएपछि विद्यालय गएर औपचारिक शिक्षा लिने अवसर गुम्यो । तैपनि उनी भेटेसम्मका पुस्तकहरू पढ्थे । २०५६ सालमा उनी फेरि गिरफ्तार भए । उनलाई बर्दिया कारागारमा राखियो । त्यहाँ रहँदा पनि पाएसम्मका पुस्तक पढेरै उनले अधिकांश समय बिताए । युद्धविराम हुँदा उनी छुटे ।  त्यसपछि पनि उनको पढ्ने रुचिमा कुनै कमी आएन ।

त्यसबेला पनि उनको झोलाभरि पुस्तक नै हुन्थे । थारूले करिब १४ वर्षपछि फेरि औपचारिक शिक्षालाई निरन्तरता दिने निर्णय गरे । विस्तृत शान्ति सम्झौतापश्चात् उनको लडाकुहरूको अस्थायी शिविर क्यान्टोनमेन्ट बसाइ सुरु भयो । पछि क्यान्टोनमेन्टबाट बाहिर निस्केर उनी माओवादीको युवा दस्ता वाईसीएलको केन्द्रीय सचिवालय सदस्य बने । केही महिनामै त्यहाँबाट निस्किएर माओवादीको बर्दिया जिल्ला सेक्रेटरी बने । त्यही जिम्मेवारीले उनलाई बारबर्दियाको मेयरसम्म बनायो ।

शिक्षामा निकै पछाडि रहेको बारबर्दियालाई पहिलोपटक निर्वाचित तिनै थारू नेतृत्वको स्थानीय सरकारले निकै माथि मात्र उठाएन, बारबर्दियाले शिक्षाक्षेत्रमा गरेको प्रगतिका कारण सिङ्गो देशकै ध्यान खिच्न सफल रहयो ।

थारू गत सोमबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित भएका छन् । दृढ इक्छाशक्ति भयो भने मान्छेलाई सफल हुनबाट कुनै पनि अप्ठ्यारोले रोक्न सक्दैन भन्ने उदाहरण पस्किन सफल थारू आफ्ना आगामी योजनाहरूबारे सुनाउँदै भन्छन्, ‘म एउटा राजनीतिकर्मी हुँ । यो राज्यव्यवस्था परिवर्तन गर्न मेरो पनि योगदान छ । अहिलेको राज्यव्यवस्थामा जनताको अवस्था बदल्नु छ । जनताको जीवनमा परिवर्तन ल्याउनु छ । देश समृद्धितर्फ अगाडि बढ्ने गरी काम गर्नु छ । यसमा म आफ्नो तर्फबाट कुनै कमी आउन नदिने गरी काम गर्नेछु ।’ शिलापत्रबाट

प्रकाशित:

३२७ दिन अगाडि

|

४ पुष २०८०

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित
इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

५ दिन अगाडि

|

२१ कात्तिक २०८१

थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 
थारु समुदायको बरघर प्रणालीमा महिला र युवा सहभागिता खै ? 

११ दिन अगाडि

|

१५ कात्तिक २०८१

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न
१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

११ दिन अगाडि

|

१५ कात्तिक २०८१

सिञ्जामा लोकवार्ताको खस सभ्यताबारे बहस
सिञ्जामा लोकवार्ताको खस सभ्यताबारे बहस

१३ दिन अगाडि

|

१३ कात्तिक २०८१

रविको गिरफ्तारीः नयाँ र पुराना सोंच बिचको लडाई ?
रविको गिरफ्तारीः नयाँ र पुराना सोंच बिचको लडाई ?

१३ दिन अगाडि

|

१३ कात्तिक २०८१

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै
जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

१९ दिन अगाडि

|

७ कात्तिक २०८१

लोकवार्ताको कार्यक्रममा संगीतमय भयो दैलेखको दुल्लू
लोकवार्ताको कार्यक्रममा संगीतमय भयो दैलेखको दुल्लू

२१ दिन अगाडि

|

५ कात्तिक २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७६२ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७९६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

८०६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७६१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

७११ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७६७ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६९९ दिन अगाडि

|

२७ मंसिर २०७९