सरला चौधरी
राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम २०८० बुधवार अन्तराष्ट्रिय खेलकुद परिषद सातदोबाटोमा सम्पन्न भएको छ ।
कार्यक्रमको सहजीकरण थारु कलाकार मञ्चका महासचिव रोशन रत्गैयाले गरेका थिए । थारुकलाकारको अध्यक्ष विनय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका अग्रज व्यक्तित्वहरुका साथै २४ जिल्लाको अग्रज कलाकारको उपस्थिति रहेको थियो ।
थारुकलाकार मञ्चका सल्लाहकार नन्दुराज चौधरीले कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए भने सांगठनिक प्रकृया र अनुभवको बारेमा जनजाति प्रतिष्ठानका सदस्य शत्रुघन चौधरीले व्याख्या गरेका थिए । त्यसैगरी अग्रज कलाकार सोमती चौधरीले मानसिक रोग बाट बच्न गीत संगीत अपिहार्य रहको कुरा व्यक्त गर्दै आफ्नो गीत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा थारु आयोगकी सदस्य माननीय शान्ति मोदी, समाजसेवी तथा कुशल व्यवसायी शिव बहादुर चौधरी, व्यवसायी तथा युवा नेता सीताराम चौधरी लगायत उपस्थित कलाकारहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्यको क्रममा पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले कलाकारिता क्षेत्रलाई व्यवसायिक बनाउदै राष्ट्रियकरण गर्ने कुरामा जोड दिएका थिए । थारु कलाकारिता क्षेत्र अझै पनि राष्ट्रिय स्तरमा व्यवसायिकरण हुन नसकेको कुरा व्यक्त गरे र आगामी दिनमा कालाकारिता क्षेत्रलाई अघि बढाउन स्टुडीयो निर्माणनको लागि आफू प्रतिबद्ध रहेको कुरा व्यक्त गरे ।
प्रकाशित:
४०७ दिन अगाडि
|
१८ पुष २०८०
१० घण्टा अगाडि
|
१ फागुन २०८१
१९ घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९