थारु समुदायको पहिचान र अस्तित्व रहेको ग्रामथान (डिहवार थान) ले चर्चेको जग्गा अतिक्रमणमा पर्दै सुनसरीमा ग्रामथान संकटको अवस्थामा गुज्रिरहदा मोरङ्ग जिल्लामा पनि समस्या देखिएको छ ।
नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको आयोजनामा ग्रामथान समस्या प्रतिको छलफल कार्यक्रममा विभिन्न विकासको नाममा ग्रामथानको जग्गा अतिक्रमणमा परेको र त्यसले विस्थापित र संकटकै अवस्थामा पुगेको गहदार थानपतिहरुले उठान गरेका छन् ।
मोरङ्गको सुनवर्सी नगरपालिका वडा नं। ९ भेरवा टोल स्थित रहेको भेरवा ग्रामथानको ६१ बिगहा जग्गा ब्यक्ति र बिद्यालयको नाममा अतिक्रमण भएको ग्रामथान संरक्षक चन्द्र प्रसाद राजवंशीले बताए । त्याहा तिन भाई रहेको भेरवा, मदन र चन्दन जलकर ग्रामथानले चर्चेको ६१ बिगहा जग्गामा हाल २ बिगहा मात्र रहेको जनाए । सो जग्गा बिद्यालय, वडा कार्यालय, नगरपालिकाले अतिक्रमणगरी स्वयम ग्रामथान विकासमा बाधा पुर्याई रहेकोले त्याहा स्थानीय वासी चिन्तित रहेको भन्दै समस्या सामाधानका लागि पहल गर्न संरक्षक तथा थानपति राजवंशीले अनुरोध गरेका छन् । सो ग्रामथानमा एक हजार भन्दा बढी घरघुरीले परापूर्वकाल देखि पूजाअर्चना गर्दै आएको छ ।
बिराटनगर ४ खारजी टोलको बुडवा ग्रामथानले चर्चेको जग्गा ६ कठ्ठामा १५ धुर खुम्चिएको त्यसमा पनि ब्यक्तिले १० फिट मिचेको संरक्षक दिलिप चौधरीले बताए । बिराटनगर ८ भलवाही टोलको राजा जस्मन ग्रामथानको बाटो मिचिएको भन्दै आउजाउ गर्न बाटो समेत नरहेको बताए । बिराटनगर ४ को ज्वला टोलमा रहेको ग्रामथानको जग्गा मिचेको पाँचु थन्दारले बताए । राजा धनपाल ग्रामथानबाट गाउँपालिका नामाकरण गर्दा राजा हटाएर धनपाल मात्र राखेर पहिचान मासेको बताए । बिराटनगर ४ को मधुग्रामथान, बिराटनगर ८ का कोचारखाल ग्रामथानको साविक बाटो मिचेर नम्बरी दर्ता गरेकोले नीतिगत रुपमै बाटो निकासका लागि संरक्षक चन्द्रनारायण बिश्वासले सहयोग माग गरेका छन् ।
ग्रामथान संकटमा पर्दा लोप हुने अवस्थामा ग्रामथान संग जोडिएको जतिपनि चर्चेको जग्गा थारु समुदायको साँस्कृतिक भूमि ब्यक्ति वा राज्यले मास्न नपाइने नेपालको ऐन र नीतिमै रहेको भन्दै थारु समुदाय जागरुक भएर खोजी नीतिगरी संरक्षण गर्न सकिने लाहुर्निपका सचिव भिम राईले प्रशिक्षण गर्दै जानकारी गराए । भूमि सबन्धि ऐन २०२१ सालमा ल्याएर जग्गा नापी, कित्ता र हकवाला बनाईयो तर त्यो भन्दा पहिले बर्षौ देखि थारु समुदायको वसोवास र ग्रामथान रहिआएको छ भने पर्ती जग्गामा रहेको ग्रामथानको बाटो हालमा मिचेको अवस्था हुँदा पहिलेको श्रेष्ता र अहिलेको आधारहरुको प्रमाण जुटाएर फिर्ता गर्न सकिने कानूनी प्रावधानको बारेमा लाहुर्निपबाट परामर्श दिएका छन् । परामर्शपछि उपस्थित थानपति, गहदार, जेवार, संरक्षकहरुले ग्रामथन संरक्षणमा लड्ने भिड्ने प्रतिबद्धता गरेका छन् ।
ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन
कानूनि परामर्श सहित समुदाय संगठित भएर अगाडी बढ्दा ग्रामथान संरक्षणमा थप बल पुग्ने उधेश्यले ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन गरेको छ । श्री ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीको सभापतित्व र जिल्ला संयोजक महिनारायण दासको संयोजकत्व लगायत आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष दिलबहादुर थेवे, लाहुर्निप अध्यक्ष दिनेश घले र सचिव भिम राईको उपस्थितीमा तदर्थ समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी सुनवर्सी नगरपालिका ९, उपाध्यक्ष सोमनलाल माझी, बिराटनगर ४ खारजी, उपाध्यक्षमा राजकुमार राजवंशी बिराटनगर ८ भलवाही, सचिवमा दिलिप चौधरी बिराटनगर ४ खारजी, सहसचिवमा लालबहादुर ताजपुरीया सुनवर्सी नगरपालिका ६, कोषध्यक्षमा चन्द्रनारायण विश्वास बिराटनगर ५ का समितिमा पदाधिकारी चयन भएका छन् ।
सदस्यहरुमा कारु गच्छदार धनपाल गाउँपालिका, लग्नु राजवंशी बिराटनगर १४, रामसिंह राजवंशी बिराटनगर ८,जयप्रकाश राजवंशी बिराटनगर ४, भागवान वेस्रा जहदा गाउपालिका ७, रामदेव राजवंशी बिराटनगर ४ खारजी, गीता कुमारी राजवंशी रंगेली १ समितिका सदस्यमा चयन भएका छन् ।
समितिको सल्लाहकारमा दिलबहादुर थेवे, सावित्री चौधरी, अधिवक्ता राजकुमार राजवंशी, पत्रकार सुनिल चौधरी रहेको जानकारी दिए । ग्रामथान संरक्षण जिल्ला समितिले ग्रामथानको साझा मुद्धामा ग्राथान स्तरीय समिति गठन गर्दै गहदार, थानपति, समुदायलाई संगठित गर्दै लाने समितिका अध्यक्ष चन्द्र प्रसाद राजवंशीले जानकारी दिए । रामधुनी खबरबाट
प्रकाशित:
४३७ दिन अगाडि
|
२४ पुष २०८०
४८ मिनेट अगाडि
|
७ चैत २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
११ दिन अगाडि
|
२६ फागुन २०८१
१२ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९