काठमाडौँ । आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ ।
आरती साहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । साहको न्यायको लागि लड्दै आएका आफन्तहरू आज २०७ दिन आइपुग्दा पनि न्याय पाउन सकेका छैनन् । साहका आफन्तसँगै समर्थनमा आएका प्रदर्शनकारीहरूले पत्र च्यातेर विरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोकस्थित आयोगको अगाडि केही बेर बसेर विरोध जनाएका थिए ।
धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरती साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ । आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रकाशित:
४९० दिन अगाडि
|
२४ पुष २०८०
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९