सन्तोष दहित
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा मनाउँदै आएकाले यतिबेला थारु बस्तीमा माघको रौनक देख्न पाइन्छ ।
बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता महत्वपूर्ण काम माघमा गरिने भएकाले माघको विशेष महत्व रहेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी बताउनुहुन्छ । माघमा सामाजिक, रीति, विवाह रीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपेलेसा गाउँघरका बाटाघाटा बनाउने जस्ता योजना समेत थारु समुदायले माघी डेवानीमा छलफल गर्ने गरेको उहाँले बताउनुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने पर्व भएकाले माघलाई सबैले चासोका साथ हेर्ने गरेको चौधरी बताउनुहुन्छ ।
माघमा थारु समुदायले नाचगान, खानपिन मात्र नभएर बितेको वर्षको कामको समीक्षा, आगामी वर्षको कार्ययोजना र गाउँको मटावा, अघवा, चौकिदारको चयन गर्ने जस्तो महत्वपूर्ण काम हुने भएकाले थारु समुदायको माघलाई सबैले विशेष चासोको रुपमा हेर्ने उहाँको भनाइ छ । माघमा जति सामाजिक तथा सांस्कृतिक सौन्र्दय छ, त्यो भन्दा अझ स्थानीय तहले गर्दै आएको क्रियाकलापसँग जोडिने सामाजिक, विकास र न्यायको कामसँग जोडिने मटावा प्रथामा रहेको चौधरीले बताउनुभयो ।
कसरी चयन गरिन्छ, मटावा. बरघर
थारू समुदायले हरेक वर्ष माघमा मटावा, बरघर चुन्ने गर्छन् । बरघर, मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार गाउँका प्रत्येक घरका मुख्य व्यक्ति अर्थात् ‘गरढु¥या’ मटावाको घरमा भेला हुन्छन् । सोही क्रममा उनीहरूले आगामी वर्षको कार्ययोजना तथा बितेको वर्षको समीक्षा पनि गर्छन् । गाउँका हरेक विकासका कामदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लग्ने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट ल्याउने आदि विषयमा व्यापक छलफल गर्नुका साथै आउने वर्षमा गाउँ चलाउने नेतृत्व कसलाई दिने छलफल गरिन्छ । त्यही छलफलका आधारमा सकेसम्म सर्वसम्मतिबाट मटावा चयन गरिन्छ ।
मटावालाई सघाउनका लागि पहिला अन्य दुईजना व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि चुन्ने गरिन्छ । मटावाले गाउँको सामाजिकदेखि विकासको नेतृत्व गर्छ भने अघवाले गाउँमा कचहरी, ख्याल कार्यक्रम गर्नुपरेमा या गाउँका कुला, नाला, बाटो मर्मत गर्नुपरेमा मटावाको सरसल्लाहमा गाउँलेलाई खबर गर्ने, काममा लगाउने गर्दछन् । त्यस्तै चौकीदारको काम गाउँको सुरक्षादेखि लिएर अन्नबालीको रेखदेख गर्ने हुन्छ ।
थारु गाउँमा मिनी सरकार
हरेक वर्ष माघमा थारु वस्तीमा मटावाको नेतृत्वमा अघोषित मिनी सरकार गठन हुने गर्दछ् । जसरी राजनीतिक दलहरुले सत्ता सञ्चालन गर्छन् त्यसैगरी थारु गाउँमा मटावाको नेतृत्वमा मिनी सरकारको झल्को पाइन्छ । ‘माघ मा गाउँका प्रत्येक घरमुली (गरढु¥या) मटावाको घरमा भेला हुन्छ्न् । संसद बैठक जस्तै मटावाहरुले माघमा आफ्नो घरमा गाउँको प्रत्येक घरधुरीबाट गरढु¥या (घरमुली) हरुलाई माघी डेवानीको लागि बैठक डाक्छन् । त्यही माघी डेवानीमा बितेका वर्षको कामको समीक्षा र आगामी वर्षको कार्ययोजनासँगै मटावा, अघवा, चौकीदार चयन गर्छांै’– मटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो– ‘राजनीतिक दलले सरकार सञ्चालन गरे जस्तै मटावाले गाउँको न्यायिक कामदेखि सामाजिक र विकासका हरेक कामको नेतृत्व गर्ने गर्दछन् ।’
उहाँका अनुसार मटावाको समग्र गाउँ‘को नेतृत्व गर्ने जिम्मेवारी हुन्छ भने अघवाको काम गाउँघरमा भइरहेको गतिविधि तथा एक ठाउँबाट अर्काे ठाउँ‘मा खबर पु¥याउने अर्थात सञ्चारमन्त्री जस्तै जिम्मेवारी हुन्छ । त्यस्तै चौकीदारको जिम्मेवारी गाउँको सुरक्षादेखि गाउँभरिको अन्नबालीको रेखदेख गर्ने अर्थात गृहमन्त्रीको जस्तो जिम्मेवारी हुने गर्छ तर अहिले धेरैजसो गाउँमा अघवा र चौकीदार चयन गर्ने चलन हट्दै गएको उहाँले बताउनुभयो । अघवा र चौकिदारको काम पनि अहिले मटावाले आफै गर्दै आएको उहाँको भनाइ छ ।
घट्दै मटावाको क्रेज
थारु समुदायको मटावालाई महत्वपूर्ण पद मानिए पनि अहिले विस्तारै मटावाको क्रेज घट्दै गएको पाइन्छ । पहिला जसरी मटावाको मानसम्मान हुन्थ्यो, अहिले नभएको स्वयं मटावाहरुले गुनासो गर्दै आएका छन् । स्थानीय तहले मटावाहरुलाई अधिकार नदिएको कारणले मटावाहरुको क्रेज घटेको मटावा महासंघका अध्यक्ष चौधरी बताउनुहुन्छ । पहिला गाउँको न्यायिक कामदेखि विकासको काम मटावाले हेर्ने गर्थे, अहिले विकासको काम टोल विकासका अध्यक्षलाई दिएपछि मटावाको महत्व घट्दै गएको मटावा चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । त्यस्तै गाउँघरमा भएका झैझगडा पहिला मटावाले मिलाउँ‘‘दै आएका थिए तर अहिले स्थानीय तहले न्यायिक समितिमा लगेर मिलाउँछन्, जसले गर्दा पनि गाउँघरकाले मटावालाई त्यति महत्व नदिएको चौधरीले बताउनुभयो । ‘स्थानीय तहले पनि मटावालाई खासै महत्व दिदैनन्’– उहाँले भन्नुभयो– ‘बर्दिया, कैलालीका पालिकाले मटावा (बडघर)लाई कानुनी मान्यता दिएका छन् तर दाङमा दिएका छैनन्, जसले गर्दा पनि मटावाको क्रेज घटेको छ ।’ यद्यपि नाचगान तथा पूजापाठको लागि भने अहिले पनि गाउँमा मटावालाई सम्झिने गरेको उहाँ बताउनुहुन्छ ।
हराउँदै माघको मौलिकता
पछिल्ला वर्ष थारु समुदायमा माघकोे मौलिकता हराउँदै गएको छ । माघको समयमा गाउँ–गाउँमा सुनिने मघौटा भाका, मघौटा नाच्न छाडेर युवाहरु डिजेमा आकर्षित हुन थालेपछि माघको मौलिकता हराउन थालेको थारु अगुवाहरुको चिन्ता छ । मादल, लहंगामा नाचिने मघौटा नाच हिजोआजका युवाहरु डिजेमा आकर्षित छन् । आफ्नै छुट्टै मौलिक बाजागाजा, माघमा गाउने मौलिक गीतका भाकाहरु छन् तर युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु अगुवारुहको ठम्याइ छ ।
यद्यपि माघको मौलिकता जोगाउन थारु कल्याणकारिणी सभालगायत विभिन्न थारु संघ संस्थाहरुमार्फत अभियानकै रुपमा गाउँदेखि शहरसम्म माघ विशेष कार्यक्रम भइरहेका थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो ।
‘माघमा मात्र नभई हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ’– उहाँले भन्नुभयो– ‘यी राम्रो पक्षलाई अंगाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्तान्तरण गर्न सकियो भने माघ मात्रै हैन हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिकता जोगिन्छ ।’ माघमा गरिने माघी डेवानीमा युवा पुस्ताले त्यति चासो नदिदा माघको महत्व घटेको आभाष भए पनि विगतको वर्षदेखि पछिल्लो समयमा यसको महत्व पुनः बढ्दै गएको उहाँले दाबी गर्नुभयो । नयाँ युगबोधबाट ।
प्रकाशित:
२४९ दिन अगाडि
|
१ माघ २०८०
१६ घण्टा अगाडि
|
३ असोज २०८१
१६ घण्टा अगाडि
|
३ असोज २०८१
२ दिन अगाडि
|
१ असोज २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
६ दिन अगाडि
|
२९ भदौ २०८१
१२ दिन अगाडि
|
२३ भदौ २०८१
१३ दिन अगाडि
|
२२ भदौ २०८१
७१० दिन अगाडि
|
२५ असोज २०७९
७४४ दिन अगाडि
|
२१ भदौ २०७९
७५४ दिन अगाडि
|
१२ भदौ २०७९
७०९ दिन अगाडि
|
२६ असोज २०७९
६५८ दिन अगाडि
|
१५ मंसिर २०७९
७१४ दिन अगाडि
|
२० असोज २०७९
६४७ दिन अगाडि
|
२७ मंसिर २०७९