सरला चौधरी
राष्ट्रिय थारु कलाकार मञ्चको २ दिने प्रथम महाधिवेशनले पुनः वीर बहादुर चौधरी (विनय वैद्य) को अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
चितवन, सौराहास्थित सौराहाको सेभेन स्टार होटलमा माघ २८ गते सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
जसमा वरिष्ठ उपाध्यक्ष रोशन रत्गैंया, उपाध्यक्षद्वयमा लक्ष्मीकान्त चौधरी, समिक्षा चौधरी, महासचिवमा विजयकुमार चौधरी, सचिवमा राधाकृष्ण चौधरी (आरके), अनुपमा चौधरी कोषाध्यक्षमा अञ्जु चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा राज कुश्मी, सोनु कुश्मी, मनिषा चौधरी, अमृता चौधरी, नरेश जोगी, वीर बहादुर चौधरी, अञ्जु चौधरी, गणेश चौधरी, राजन कुमार चौधरी छानिएका छन् ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि भूमि सुधार तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले थारु समुदायले राज्यलाई आवश्यक परेको बेला देशको वलियो खम्बाको निर्वाह गरेता पनि राज्य पक्षबाट यो समुदाय ओझेलमा परेकोले थारु समुदाय जागरुक हुनुपर्ने जिकिर गरिन् । थारु भाषामा विचार राख्दै उनले कलाकार देशको गहना हुन् भन्दै भाषा र संस्कृति संरक्षणको लागि थारु कलाकारहरुको आवश्यकता रहेको विचार राखिन् । आफूले रेशम चौधरीको गीत सुन्दै थारु भाषा सिकेको उनको भनाई थियो ।
त्यसैगरी, मन्तव्यकै क्रममा सांसद मेटमणि चौधरीले थारुहरु कमैया, कमलहरी मात्र नभएर थारु समुदाय देशको धरोहर भएकोले देशको राजनीतिक नेतृत्वमा थारु समुदाय आउनु पर्ने धारणा राखे । थारु यूवाहरुलाई आफ्नो इतिहासको बारेमा जान्न र बुझ्न जरुरी रहेको उनको भनाइ थियो । गीत संगीतको माध्यमले धेरै कुरा सिकाउन सकिने भएकोले थारुहरुको सर्वाङुगीण विकासको लागि राष्ट्रिय थारु कलाकार मञ्चले महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको उनले धारणा राखे । थारुहरु एउटा क्षेत्रमा मात्र नरहेर हरेक क्षेत्रबाट अगाडि बढे मात्र थारुहरुको समग्र विकास हुने उनले बताए ।
सम्मेलन उद्घाटनमा राष्ट्रिय थारु कलाकार मञ्चको वरिष्ठ सल्लाहकार नन्दुराज चौधरी, सल्लाहकार सोमती चौधरी, थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री प्रेमीलाल चौधरी, थाकस उपत्यका कार्यसमितिका सभापति सुमन चौधरी, थाकस चितवन जिल्ला सभापति ललित चौधरी, थारु आयोगका सदस्य सुवोध सिंह थारु लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रकाशित:
३६६ दिन अगाडि
|
१ फागुन २०८०
१० घण्टा अगाडि
|
१ फागुन २०८१
१९ घण्टा अगाडि
|
१ फागुन २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
४ दिन अगाडि
|
२७ माघ २०८१
१३ दिन अगाडि
|
१८ माघ २०८१
१७ दिन अगाडि
|
१५ माघ २०८१
२१ दिन अगाडि
|
११ माघ २०८१
८५७ दिन अगाडि
|
२५ असोज २०७९
८९१ दिन अगाडि
|
२१ भदौ २०७९
९०१ दिन अगाडि
|
१२ भदौ २०७९
८५६ दिन अगाडि
|
२६ असोज २०७९
८०५ दिन अगाडि
|
१५ मंसिर २०७९
८६१ दिन अगाडि
|
२० असोज २०७९
७९४ दिन अगाडि
|
२७ मंसिर २०७९