मोरङको ग्रामथान गाउँपालिकाको ‘हमर ग्रामथान’ नामक् कक्षा १ देखि ५ सम्मको पूर्वीया थारु भाषाको पाठ्यक्रम तयार भएको छ ।
पाठ्यक्रम निर्माण समितिका संयोजक रामसागर चौधरीलगायतले चैत २६ गते सोमवार ग्रामथान गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुणाबती धामी थारुलाई पाठ्यक्रम हस्तान्तरण गरेको छ ।
पाठ्यक्रम निर्माण समितिका संयोजक रामसागर चौधरी, सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत भीमप्रसाद न्यौपाने थिए । त्यस्तै, सदस्यमा राजेश सरदार, धिरेन्द्र कुमार चौधरी, राम बिश्वास, श्रवणकुमार सुतियारका साथै बिषय विज्ञके रुपमा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य प्राज्ञ डा कृष्णराज सर्वहारी रहेका थिए ।
सो अवसरमा कार्यवाहक अध्यक्ष गुणाबती धामी थारुले पाठ्यक्रम निर्माण समितिले समयमै प्रतिवेदन बुझाएकोमा धन्यवाद दिदै आगामी शैक्षिक सत्रदेखि पुस्तक तयार गराई लागु गराउने वचववद्धता गरिन् । संयोजक रामसागर चौधरीले पाठ्यक्रम बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।
स्मररण रहोस् मलुराम भगत, नन्दलाल चौधरी, हरिनारायण चौधरी, रुद्रनारायण चौधरी, रामसागर चौधरी लगायतको टोलीले थारु भाषाको पाठ्यक्रम विकास खेसरा समितिमार्फत् २०४९ सालमै ‘हमर पोथी’ नामक् कक्षा १ के पाठ्यपुस्तक हौली परिवारको संयोजनमे तयार गरेको थियो । फोटोकपी गरी सो पुस्तक हाल ग्रामथान गाउँपालिकाको देवी मावि तेतरियामा केही वर्ष पठनपाठन गरिएको थियो ।
प्रकाशित:
१८९ दिन अगाडि
|
२७ चैत २०८०
३ दिन अगाडि
|
२६ असोज २०८१
४ दिन अगाडि
|
२५ असोज २०८१
४ दिन अगाडि
|
२४ असोज २०८१
७ दिन अगाडि
|
२२ असोज २०८१
८ दिन अगाडि
|
२१ असोज २०८१
९ दिन अगाडि
|
२० असोज २०८१
१० दिन अगाडि
|
१९ असोज २०८१
७३५ दिन अगाडि
|
२५ असोज २०७९
७६९ दिन अगाडि
|
२१ भदौ २०७९
७७९ दिन अगाडि
|
१२ भदौ २०७९
७३४ दिन अगाडि
|
२६ असोज २०७९
६८३ दिन अगाडि
|
१५ मंसिर २०७९
७३९ दिन अगाडि
|
२० असोज २०७९
६७२ दिन अगाडि
|
२७ मंसिर २०७९