Above Header

बुद्ध र अन्धो मानिस

बुद्ध र अन्धो मानिस

एउटा गाउँमा बुद्ध पाहुनाको रुपमा बसेका थिए । केही मान्छेले एकजना अन्धालाई समातेर ल्याए र भन्न थाले कि यो साथीलाई प्रकाश छ भन्ने कुरा सम्झाइदिनु पर्यो।

यिनले प्रकाश छ भन्ने कुरा इन्कार गर्छन् । यिनी सधैँ भन्छन् – प्रकाश छँदै छैन । अनि यिनी हामीलाई भन्छन् कि म छोएर देख्न चाहन्छु तिमीहरुको प्रकाशलाई । कहाँ छ, लेऊ, म त्यसलाई चाँडो भन्दा चाँडो छोएर हेर्न चाहन्छु ।

प्रकाश छोएर देख्न सकिँदैन । तर, अन्धो मान्छेले त चिजहरु छोएर नै जान्दछ । उसको लागि जीवनको पहिचान गर्ने बाटो नै स्पर्श हो । कुनै चिज हुनुको अस्तित्वको सबूत स्पर्श हो उसको लागि । ऊ भन्छ– म प्रकाशलाई छोएर देख्न चाहन्छु । उसले गलत कुरा त बोलेको होइन । उसले चिजलाई छोएर नै जान्ने हो । जेलाई छुन्छ, त्यो चिज छ भनेर मान्छ । जेलाई छुन पाउँदैन, त्यो छैन भनेर मान्छ । छुनु नै कुनै चिज हुनुको प्रमाण हो ।

फेरि त्यो अन्धो मानिस हाँस्न थाल्छ र भन्छ– ल्याएनौ त्यो प्रकाशलाई । अनि फेरि किन व्यर्थ प्रकाशको कुरा गर्छाै ? के सपना देखेका हौ ? प्रकाश छँदैछैन ?

ती मित्रहरुलाई बुद्धले भने– तपाईहरु आउनु भयो, मैले त सोचेको थिएँ सायद यति कुरा तपाईहरुले नै सम्झाउन सक्नुहुन्छ तर लिएर आउनुभयो । यिनी भन्छन् – म छोएर देख्न सक्तछु, स्वाद लिएर देख्न सक्तछु, बताऊ तिम्रो प्रकाशको आवाज, म त्यसको ध्वनि सुन्न सकूँ । तिम्रो प्रकाशमा सुगन्ध छ भने म त्यसको वासना लिन सकूँ ।

तर जब हामी यिनलाई भन्छौ– प्रकाशलाई छुन सकिँदैन, प्रकाशको सुगन्ध लिन सकिँदैन, वासना थाहा पाउन सकिँदैन, न यसको ध्वनि छ, यसलाई न देख्नै सकिन्छ । त्यसैले त यी अन्धा मानिस भनिरहेका छन् कि यो देख्नु भनेको के हो ? किनकि अन्धा मानिसलाई देख्ने कुरा थाहा हुन्थ्यो भने त यी अन्धा नै हुँदैनथे । र त्यसैले यिनी हाँस्दछन् र भन्दछन् कि नाहाकमा मलाई अन्धा सिद्ध गर्नको लागि किन प्रकाशको कुरा गर्दछौ ? तिमीले पनि देख्न सक्तैनौ, कसैले पनि देख्न सक्तैन, जे चिज छँदैछैन, त्यो कसरी देखिन्छ ?

बुद्धले भने – म यिनलाई सम्झाउँदिन । किनकि यस दिशामा यिनलाई सम्झाउनु नासमझी कुरा हुनेछ । म तिमीहरुलाई भन्छु कि यिनलाई कुनै पनि विचारकको समिप लिएर जानु जरुरत छैन । यिनलाई कुनै वैद्यको पासमा लिएर जाऊ । यिनलाई उपदेशको आवश्यकता छैन । यिनलाई उपचारको जरुरी छ । यिनका आँखाको इलाज गराऊ ताकि यिनी देख्न सकून् । जुनदिन भित्रबाट यिनले देख्न सक्लान्, त्यसैदिन यिनले जान्लान् । त्यस भन्दा पहिले होइन । त्यस अगाडि लाख बुद्धले सम्झाए पनि त्यसबाट कुनै फरक पर्दैन ।

त्यस अन्धा मानिसलाई वैद्यको पासमा लिएर गए । उसका आँखामा जाली लागेको थियो । ६ महिनाको ओखती प्रयोगले जाली काटियो । त्यो मानिस नाच्तै बुद्धको पासमा आयो । उनको चरणमा गि¥यो । अनि भन्न लाग्यो कि प्रकाश छ । तर बुद्धले भने –“छोएर देखाऊ कहाँ छ ? म छोएर देख्न चाहन्छु ।”

त्यो अन्धा मानिस हाँस्न थाल्यो र भन्यो कि होइन, यसलाई छोएर जान्न सकिँदैन । त्यसपछि बुद्धले फेरि भने –“म त्यसको स्वाद लिन चाहन्छु ।”

त्यस मानिसले भन्यो कि तपाई मजाक नगर्नुस्, त्यसको स्वादपनि लिन सकिँदैन । त्यसपछि पुनः बुद्धले भने –“बताऊ त्यसलाई ता कि म त्यसको ध्वनि सुन्न सकूँ ।”

उसले भन्यो कि तपाई पुरानो कुरा छोडिदिनुस् । अब मपनि देख्नसक्ने भएको छु । प्रकाशलाई देख्न सकिन्छ, म देखिरहेको छु, त्यो छ ।

तर बुद्धले भने – पहिले उनीहरु तिमीलाई यही कुरा सम्झाउँथे तर तिमी सम्झिदैनथ्यौ ।

त्यस मानिसले भन्यो– मेरो कुनै गल्ती थिएन । गल्ती थियो त उनीहरुकै थियो । जसले मलाई सम्झाँउथे । किनकि अन्धा मानिसलाई कसरी सम्झाउन सकिन्छ ? यदि मैले उनीहरुको कुरा मानेको भए म गल्तीमा पर्नेरहेछु । मैले उनीहरुको कुरा मानिन । मानिन र त उनीहरुले मेरो उपचार गर्नुपर्यो। यदि मैले उनीहरुको कुरा मानिदिएको भए सायद उपचारको कुनै जरुरत थिएन । मैले मानिदिन्थे कुरो खत्तम हुन्थ्यो, म अन्धाको अन्धै रहन्थें, र मैले कहिल्यैपनि प्रकाशको दुनियाँ थाहा पाउँदिनथेँ । जान्न सकिन्छ सत्यलाई मान्न सकिँदैन । सत्य सिक्न सकिँदैन, सिकाउनपनि सकिँदैन । सत्यको कुनै सिकाइ हुँदैन । त्यसैले सत्यको कुनै स्कुल हुँदैन, जहाँ सिकाउन सकियोस् । मान्छेहरुले सिक्न सकून्् । तर चिकित्सा हुन सक्तछ । आँखाको उपचार हुन सक्तछ ।  प्रस्तुतिः पुण्य कार्की,(सत्यकी खोजबाट)

प्रकाशित:

२३ दिन अगाडि

|

१० जेठ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

६१३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

६४८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६५७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

६१२ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

६१८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५६२ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

५५० दिन अगाडि

|

२७ मंसिर २०७९