Above Header

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

कैलाली जिल्ला कैलारी गाउँपालिका वडा न: ३ का वडाध्यक्ष सन्तराम चौधरीले केन्द्रीय सरकारले आफूहरुलाई हातखुट्टा बाँधेर जेठको रापिलो तातो बालुवामा सुताउने गरेको पीडा सुनाए । उनले उक्त कुरा लाहुर्निप र थाकस कैलारीको आयोजनामा जेठ २५ गते कैलारी गाउँपालिकामा सम्पन्न भलमन्सा ऐन, कार्यविधि मस्यौदा र योजना सम्बन्धि अन्तक्र्रियामा सुनाएका हुन् । 
भलमन्साहरुले पोखेको दुखेसोको जवाफ दिने क्रममा उनले आफू पहिले २ बर्ष कैलारी ३ भर्री गाउँको (१ गाउँको) मात्रै भलमन्सा रहेको, अहिले वडाध्यक्षको रुपमा ११ गाउँको भलमन्सा रहेको बताए । १ गाउँको भलमन्सा हुँदा आफू पनि यहाँहरुले भनेजस्तै कुरा राख्ने गरेको, तर पालिकामा पुग्दा त्यो भन्दा फरक स्थिति पाएको जानकारी गराए । वडाको बजेट लाखमा हुने, तर एउटै भलमन्साले करोडको योजना माग गर्दा त्यसको सुनुवाई भनेजस्तो हुन नसकेको बताए । उनले भने सबैले भन्छन्, केन्द्र प्रदेश ढलेपनि स्थानिय सरकार ढल्दैन, तपाईहरु जनताको असली सरकार हो । हो हामी भुईमान्छेको खास सरकार त हो, तर हाम्रो हातखुट्टा बाँधिदिने र जेठको रापिलो र तातो बालुवामा सुताउने काम त केन्द्रले गरिदिने रहेछ, यो कुरा कसले बुझिदिने ? शुरुमा केन्द्रले स्थानिय सरकारलाई बजेट पठाउँछ, हामी त्यही अनुसार योजना बनाउँछौं, तीन चार महिना मात्रै बाँकी रहँदा ५५ प्रतिशत भन्दा बढी बजेट बिनियोजन गर्न नसकिने पत्र आउँछ, करिब आधा बजेट नआउँदा स्थानिय सरकारको हालत के होला ? यस्तो बेलामा गाली खानुको अर्को बिकल्प छ ? उनले भलमन्साहरुसँगै दुखेसो पोखे । म यहाँहरुको पीरमर्का बुझ्दछु, भलमन्सा चलाएरै आएको ब्यक्ति हुँ, तर गर्ने के ?  


कार्यक्रममा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार जोहारी लाल चौधरी, लाहुर्निपका संस्थापक केन्द्रीय सदस्य सर्जुप्रसाद चौधरी, थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरी र अन्य ३ जना सहजकर्ताहरुले भलमन्साहरुलाई उनीहरुको भलमन्सा प्रणाली, प्रणालीको महत्व, भलमन्सा ऐन, प्रस्तावित कार्यविधिमा रहेको खास खास ब्यबस्था, भलमन्साहरुले गर्न सक्ने काम, उनीहरुको गाउँ टोल र पालिकासँगको सम्बन्ध, खेल्न सक्ने भूमिकाबारे सहजीकरण गरेका थिए । भलमन्साहरुले आफूहरुले गाउँ, टोलको विश्वास जिती भलमन्सा बनेको, तर पालिकामा योजना फर्म भरी पठाउँदा आफूहरुको योजनाको बेवास्ता हुने गरेको गुनासो राखेका थिए । वडा न: ४ का भलमन्साहरुका संयोजक जगलाल चौधरीले पालिका टोल बस्तीमा आउँदा आफूहरुको योजना पालिकाले छनौट गर्ने कुरा उठ्छ, पालिकामा जाँदा त्यो त वडाले गर्ने कुरा हो भन्छ, बर्षेनी यही भैरहेको छ, हाम्रो कुराको सुनुवाई हुँदैन भन्ने कुरा राखेका थिए । उनीहरु पालिकाले छाडा चौपायाको ब्यबस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए । कार्यक्रममा वडा न. २,३,४ का ५ महिला २३ पुरुष गरी २८ भलमन्साहरुको उपस्थिति रहेको थियो । 
   

प्रकाशित:

५ दिन अगाडि

|

२८ जेठ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

६१३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

६४८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६५७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

६१२ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

६१८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५६२ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

५५० दिन अगाडि

|

२७ मंसिर २०७९