प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक विमोचन गरिदै ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय (आजउरा) प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठकमा आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन भएको छ ।
असार ९ गते आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक, डा कृष्णराज सर्वहारी, नविन मुखिया कुमाल तथा तिलकबहादुर कुमालको कुमाल जातिको चिनारी, कर्णबहादुर बुढामगर, बलराम अधिकारीको अठार मगरातः मगर, खाम पाङको शब्दकोश तथा गणेश राईको बाम्बुले भाषाको शिर उभौनी पुस्तक विमोचन गरे ।
सो क्रममा प्रम प्रचण्डले आदिवासी, जनजातिहरुकै अधिकारको लागि सबैभन्दा बढी समय खर्चिएको आफूले तिनको भाषा, संस्कृतिको उत्थानको लागि बजेट कटौटी गर्ने कल्पनासमेत नगरेको बताए । आदिवासी, जनजातिहरुको हक, अधिकारको लागि आवाज उठाउने पार्टीलाई कम भोट आउने गरेकोमा भने उनले दुःखेसो पोखे ।
(आजउरा) प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले प्रतिष्ठानको महत्व बुझी यसलाई खारेजीमा नलग्न प्रमसंग आग्रह गरे । स्मरण रहोस्, (आजउरा) प्रतिष्ठान खारेज हुने कार्यालयको पहिलो नम्बर सूचीमा रहेको छ ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा तथा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सरकारले आयोगको लागि पर्याप्त बजेट नछुट्याएकोमा दुःखेसो पोखे ।
आजउरा प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठक आज असार १० गते पनि जारी छ ।
प्रकाशित:
२७० दिन अगाडि
|
१० असार २०८१
८ दिन अगाडि
|
२९ फागुन २०८१
१० दिन अगाडि
|
२६ फागुन २०८१
११ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९